![]()
मेरो जन्म ?
म स्याङजा विर्घा ६ मा जन्मिएको हु ।
मेरो नाम ?
अफिसीयल डकुमेन्टमा अर्कै नाम भए पनि आफ्नै न्वारन अनुसार व्लगमा मेरो नाम "अनुप" नै हो ।
मेरो उमेर ?
मेरो जन्म मिति २०३५ साल असार २७ गते हो । वर्ष छुट्याउने काम तपांइहरु लाइ नै ।
मेरो अध्ययन ?
त्रिभुवन विश्व विद्यालयवाट स्नातकोत्तर सकेर ऐतिहासिक विषयमा विद्यावारिधी गर्दै छु । संभवत आउदा दुइ वर्षभित्रैमा विद्यावारिधी उपाधी लिन्छु होला । ( Post: 2066 वर्ल्ड वैंकले यही जुलाइवाट केही सहयोग गर्ने भएको छ । अव छिट्टै काम अगाडी वढ्दै छ । यद्यपि सेमिनार पेपर र रिभ्यू लिटरेचर सकिसकेको छु । अव फाइनल थेसिस लेख्न लागेको छु । ) .मेरो शोध सुपरिवेक्षक ?
मेरा आन्तरिक सोध सुपरिवेक्षक प्रा.डा. राजाराम सुवेदी हुन र वाह्य सुपरिवेक्षक प्रा.डा.त्रिरत्न मानन्धर र प्रा.डा.तिर्थ मिश्र हुन ।
मेरो पेशा ?
म एक विद्यार्थी हु । यद्यपी उपत्यकाको एक सामुदायीक कलेजमा मास कम्युनिकेसन पढाउछु । साथै एउटा वेभ पोर्टलमा सँम्वद्धं छु ।
मेरो विगत ?म स्याङजावाट राजधानी छिरेको पहाडे मुलको व्राम्हण हु । करिव चार वर्ष एक व्रोड सिट अखवारमा काम गरे । पछि एक नीजि उच्च माध्यमिक विद्यालयमा केही समय पढांए ।
![]()
मेरो सोख ?
मलाइ पहाडहरुप्रति विचित्रको आकर्षण छ । हरेक दुइ महिनामा राजधानीवाट पहाड यात्रामा निस्कनु मेरो शौख हो । फोटोग्राफी मेरो अर्को शौख हो ।
मलाइ मन पर्छ ?
कफी, किताव र भ्रमण ।
मेरो लक्ष्य ?
एक साधारण जीवन ।
मेरा आकर्षण ?
वुद्ध, गान्धी र रमण ।
व्लग किन ?
धेरै कुरा धेरैसंग वांडिदैनन त्यस्ता कुरा तंपाइसंग वांड्न ।
राजधानीमा कंहा ?
मध्यपुर ठिमी नगरपालिका लोकन्थलीमा ।
मेरो विश्वास ?
इश्वर, इमान्दारिता र कामप्रति ।
मेरो बिचार ?
अतिवाद वाहेकका सवै विचारको समर्थन । प्रजातन्त्रप्रति आश्था ।
मलाइ सहयोग गर्न चाहनुहुन्छ भने ?
ब्लग नीयमित पढिदिनुहोला । कमेन्ट लेख्न कन्जुस्याइ नगरीदिनु होला बस । मलाइ लाख हुनेछ ।
मलाइ सम्पर्क गर्न चाहनुहुन्छ भने ?
पो व नं २८३३ सुन्धारा काठमाण्डौ । फोनमा सम्पर्क गर्न चाहेमा +९७७-९८४१२७५६८७ ।
इमेल- pandeysum@gmail.com