November 11, 2009

काठमाण्डौमा चिसो वढ्नै लाग्दा

नेपालीमा उखान छ चैत लागेपछि आइमाइपनि पोइला हिडछन अरे । शीशीरको उराठीमा आइमाइहरु पोइला हिड्नु स्वभाविकै पनि हो । चराको रुग्रुग्ती आवाज उराठीलो मौषमा खडेरी र जता हेरेपनि सुख्खा र पात खसेका रुखहरु शीशीरका शंकेत हुन । ऋतुहरुमा शीशीर अली उराठीलो मानिन्छ । काठमाण्डु शरदको अन्त्यमा आइपुग्दा अली चिसो वन्दै गएको छ । ज्याकेट लगाउनेहरु र शरीरमा स्विटर उन्नेहरु प्रसस्तै वढेका छन । म जस्तो विहानको मेलो भएको मानिसलाइ त चिसोले अझ वढि हमला गरेको छ ।

दिउसो पहार तापेर रमाउनेहरुमा यतिवेला केटाकेटी र वुढावुढी छन । अव त्यो हुलमा अधवैशेहरुपनि थपिने छन । काठमाण्डु अली वढि हाइटमा रहेकोलेपनि होला चिसोमा नामै कहलाएको छ । अव तिहार सकिएपछि स्कुल कलेजहरु शुरु हुदैछन । दशै तिहार विदामा वाहिरिएकाहरु पनि अव भित्रिदै छन । काठमाण्डौ थप व्यस्त वन्ने छ । अव वेलुका हल्का सिरेटोमा निस्कनु र कफीसंगै धुंवा उडाउनुमा वेग्लै मजा आउने छ । यद्यपि मन मिल्ने साथीहरुको खडेरी पर्दै गएकाले होला खासै पहिला जस्तो रमाइलो लाग्दैन कोही नेपालको भविष्य छैन भन्दै भाग्य अजमाउन अष्ट्रलीया त कोही अमेरिका नंया दुनिया हो भन्दै उतै लागेको छन ।

यही वसौ यही केही गरौ । यही जन्मियो यही दुख गरौ मिल्यो भने खुशी पनि यतै वाडौला भन्ने राष्ट्रवादी नारा लिएका हामी सिमित संख्यामा मात्रै यता छौ । वुद्धिमान नेता नभएको समाजले दुख पाउछ भन्ने भनाइ यंहा सार्थक भएको छ । जसरीपनि सक्ता कव्जा गर्नु पर्छ भन्ने माओवादी र पुरानै ढर्रामा रहेका दलका नेताहरुको अकर्मन्यताको सिकार मुलुक भएको छ । सुनौलो भविष्य नेपालमै अजमाउन वसेका हामी युवाहरु विशेष गरी त्यसको शिकार भएका छौ । खैर निरास भएर हुनेवाला केही छैन । यतिवेला गांउमा धान भित्र्याएको, पराल थन्क्याएको र परालका टौवामा लुकामारी खेली रहेको वा वांझा गरामा डन्डालौरा खेलेको वा गोरु चराइरहेको विगत मिस गरीरहेको मैले थप त्यसमा धेरै असल साथीहरुपनि मिस गरीरहेको छु । यो मेरो नोष्टाल्जिया तिनै प्रिय र परम मित्रहरुमा ।

February 26, 2009

नारायणहिटी सँग्रहालय खुल्ला

 

नारायणहिटी सँग्रहालय आजदेखी खुल्ला हुने भएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आज दिउसो नारायणहिटी सँग्रहालयको उदघाटन गरेपछि संग्रहालय औपचारीक रुपमा खुल्नेछ ।
संग्रहालय औपचारीक रुपमा आज देखि खुलेपनि र्सवसाधरणले भने भोलीदेखीमात्रै सँग्रहालयको अवलोकन गर्न पाउने छन् ।
आज नेपाल सरकारका सवै विभागीय प्रमुख, सभाषद, लगायतका पाहुनाहरुलाई मात्र निमन्त्रणा गरिएको छ । तत्कालिन राजा ज्ञानेन्द्रले दरवार छाडेपछि नारायणहिटी सँग्रहालयका रुपमा विकाश गरिएको नारायणहिटीभित्र संग्रहालयका रुपमा सवै तयारी पुरा भइसकेको संग्रहालयका उपसचिव जयराम महर्जनले जानकारी दिनुभयो ।


पहिलेा चरणमा दरवारका १९ वटा कक्ष, फोहोरा बगैचा र २०५८ सालमा तत्कालिन राजा विरेन्द्रको बंश विनाश भएको स्थल त्रिभूवन सदन खुल्ला गरिएको हो । सँग्रहालयमा प्रवेश शुल्क बापत नेपालीले १ सय, चिन तथा र्सार्क राष्ट्रका नागरिकहरुले २ सय र अरु मुलुकका नागरीकहरुले ५ सय रुपिया तिर्नुपर्ने छ । वद्यार्थीहरुका लागी भने २० रुपियामात्र प्रवेशशुल्क तोकिएको छ । नारायणहिटी दरवार २०२० सालमा बनाइएको हो ।

September 22, 2008

अग्निशिखाको निधन

प्रगतिशील साहित्यकार अग्निशिखाको ५५ बर्षको उमेरमा हृदयाघातबाट आज निधन भएको छ । आज बिहान ३ बजेपछि उहाँको गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा उपचार हुँदा हुँदै निधन भएको हो । राति १ बजेतिर उहांले अफ्ठ्यारो भएको भन्नुभएपछि उहाँलाई मेडिकियर अस्पतालमा पुर्याइएको थियो ।

त्यहाँबाट उहाँलाइ गंगालालहृदय रोग केन्द्रमा रिफर गरिएको थियो । अस्पताल पुर्याएको केहिपछि नै उहांको निधन भएको थियो । वास्तविक नाम सुकदेव नेपाल भएपनि उहाँ पच्यायतकालीन आन्दोलन देखि नै अग्नी शिखाको नामले चिनिदै आउनु भएको थियो । शिखा अन्तर्राष्ट्रिय मामिला सम्बन्धि चर्चित स्तम्भकार हुनुहुन्थ्यो । उहाँका श्रीमति एक छोरा र एक छोरी छन् । उहाँको सवलाई आज ८ बजे एमाले पार्टी कार्यालयमा राखिने छ ।

आज दिउसो नै उहांको दाहसस्कार गरिनेछ । उहाँले थुप्रै कविता, कथा, गीत र नाटक पनि लेख्नु्भएको छ । उहाँको निधनप्रति विर्घाव्लग गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

September 1, 2008

मेरा सिमितताहरु र तपाइका संझनाहरु

विगत लामो समय देखि व्लग लेखनलाइ निरन्तरता दिन नसकेकोमा यंहाहरु प्रति क्षमा माग्नु पर्ने भएको छ । सधै हा हा-हो हो र रमाइलोले मात्र दुख पाइएलाकी भनेर एउटा कार्य संचालन तालिममा सहभागी हुनु परेपछि विहान वेलुका कप्युटरमा समय दिन नसकेकोले व्लग अपडेट हुन नसकेको हो ।

पि्रय पाठक शुभेच्छुक मित्र र सहयोगीहरुको संझनाहरु अनेकन छन । झक्झकाइएका इमेलहरुपनि प्रशस्त मात्रामा पाइरहेको छु । यद्यपि तपाइहरुको आवश्यकता, माया र संझनाहरु रहदा रहदैपनि नियमित भेट हुन नसकेकोमा म हुन सम्म दुखी भएको छु ।

यस बीचमा मुलुकमा अनेकन परिवर्तनहरु भएका छन, त्यस्ता परिवर्तनहरु तंपाइहरुसंगै वसेर शेयर गर्न नपाउदा कुत्कुति लागेकै हो । विद्रोही दलका नेताले मुलुकको कार्यकारी पद सम्हालेका छन, उनै वन्दुके मध्येका एक रक्षा मन्त्री भएका छन, अर्थविदका रुपमा नाम काएका जमानाका वोर्डफष्ट डा. वावाुराम भट्टराइले अर्थ मन्त्रालय समहालेका छन । यद्यपि त्यस्ता घटनाहरु लेख्ने मन हुदा हुदैपनि त्यसलाइ समय दिन नसकेकोमा दुख मनाउ गर्नु वाहेक मसंग केही विकल्प रहेन । भाइहरु विजय र सुरेशले दुर देशवाट दाइ कता हरायौ तिम्लाइ दैवले त दुख दिएन भनेर वेला वेलामा पुछेकै छन, सुपर पावर अमेरिकाको छाना मुनी रहने मोहन, सुमन र गिरिशले कतै वेपत्ताको सुचिमा त परेनौ भनेर वारवार विजुली पत्र भेजीरहेका छन, वमे र भरतले अष्ट्रेलीयावाट कतै टे्रकिङमा जादा विलायौ की भनेर साधेको सोध्यै छन । रमेशजी जो मेरो दिलको करिव हुनुहुन्छ उंहापनि मेरो सिमितता वुझ्दा वुझदै पनि लौ न नियमित हुनुस भन्नुहुन्छ । विद्यार्थीहरु जसले मलाइ म हुनुको गर्व दिलाएका छन उनीहरुका आपेक्षहरु छन, गोविन्द दाइ जो मेरा पत्रकारिताका गुरु हुन् भन्दापनि फरक नपर्ला वेला वेला डेस्क वाट संझिइरहेका छन । लु न कता हरायौ हो भाइ मायालु स्वरमा पूर्वेली भाकामा उन्लेपनि हकारिरहेका छन । समकक्षीहरु ज् अघोषित प्रतिष्पर्धामा छन उनीहरु श्रृजनात्मक प्रतिष्पर्धा हुन पाएन भनेर झक्झकाइरहेका छन ।

यी तमाम विषयहरु हुदा हुदैपनि मेरो औलाले यी किवोर्डलाइ धेरै पछि मात्र छुन पाए । घरी घरी सिमितताले घोचेका छन । नेपाली नारीहरुको महान पर्व तिजको रन्कोमा महिलाहरु रातै साडी चोलोमा रन्किएका छन । घरी घरी त एकवारको जुनीमा कतिसारो चिन्ता लिंउ हो जस्तोपनि लाग्छ तर के गर्ने भविष्यको चिन्ताले घरी घरी सताउदो रहेछ ।
राजधानीको गोप्य कोठामा विहान दश देखि वेलुका पांच वजेसम्म जोतिएर लिएको तालिम आज अठारौ दिनमा प्रवेश गरेको छ । अझै करिव दश वार्ह दिनपछि त यो तालिम पनि सकिएला । त्यतिन्जेल दशैले गम्लङगै छोपेको होला । अनि राखौला सुहाउदा तस्विर, अनी दशैका भाकाहरु ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com