September 17, 2009

दशै गीत

 स्वर: नारायण गोपाल
विछोडको पिडा नसकी खप्न दशैको वेलामा

तिमिलाइ भेट्न आउदैछु फर्की रमाइलो गांउमा !

डांडा छ साक्षी त्यही दिन र राति निद छैन आंखामा
मनको कुरो वुझदैन कोही पहाडी पखामा !
तिमै लागि चुरा धागो मायाको चिनो लिएर
मीठा मिठा कुरा जति मनमा साचेर !
डांफे चरी झै म वेग मारी झुल्कीउला सामुमा
तिमीलाइ भेट्न आउदैछु फर्की रमाइलो गांउमा !
दुखपनि नासिएन भाग्यमा घाम उदाइ
सधैभरी सुखि हुन वसी उनको पाइ !
लैजाउला उनलाइ संगै हात समाइ इस्वरको  मन्दिरमा
मनको कुरा मुखैमा कही पहाडी पाखामा !
विछोडको पिडा नसकी खप्न दशैको वेलैमा
तिमीलाइ भेट्न आउदैछु फर्की दशैको वेलैमा !
मनको कुरा वुझ्दैन कोही पहाडी पाखामा
विछोडको पिडा नसकी खप्न दशैको वेलामा !

तिमीलाइ भेट्न आउदैछु फर्की रमाइलो गांउमा !!

(गीतको अडियो अपलोड हुन सकेन, त्यसका लागि क्षमा प्रार्थी छु ।)

August 5, 2008

विवाह गर्ने सुरमा हुनुहुन्छ भने ढिलो नगर्नोस् !

‘तपाइँ युवा हुनुहुन्छ, विवाह गर्ने सुरमा हुनुहुन्छ भने ढिलो नगर्नोस् । यो भन्दा राम्रो मौका आउने छैन,’ रुसका म्यारिज ब्युरो(लमी संस्था) यसै भन्छन् । यही अगस्ट महिनाको ८ तारिख विवाहको सबैभन्दा राम्रो साइत भएको उनीहरुको दाबी छ । ‘तीनवटा आठ (इस्वी सम्बतको साल आठ, महिना आठ र तारिख आठ) मिलेको संयोग पाउनु भाग्य नै हो’, लमी भाल्दिमि चेकभले भने ।

उनका अनुसार म्यारिज ब्युरोलाई अहिले काम गर्न भ्याइनभ्याइ छ । अगस्ट ८ मा विवाह गर्न नाम दर्ता गराउनेको संख्या निकै बढेको छ । ‘साधारण साइतभन्दा यसपटक विवाह गर्नेको संख्या दुइ तिहाइ बढेको छ’, मस्कोस्थित विवाह दर्ता कार्यालयकी प्रवक्ता येभेनिया स्मिरनोभाले भनिन् ।

ग्रीष्मकालिन समयमा प्रायः नौ सयदेखि एक हजारवटा विवाह मस्कोमा हुने गर्दछन् तर यस पटक विवाहका लागि नाम दर्ता गराउनेको संख्या एक हजार ६ सय ७५ पुगेको छ । मस्को महनगरको विवाह दर्ता कार्यालय विदाको दिन शनिवार र आइतबार पनि खुला राख्ने निर्णय नगर प्रशासनले गरको छ । ‘यस्तो मौका सधैं आउँदैन,’ विदाको दिन कार्यालय किन खुला राख्ने भन्ने प्रश्नको जवाफमा स्मिरनोभाले भनिन् । नगर प्रशासनले विवाह दर्ता कार्यालयको खाजा समय पनि घटाएको छ । ’ ‘हामी अगस्ट ८ को विवाह समारोहलाई अविस्मरणीय बनाउन जुटेका छौं । नगर प्रशासनका तर्फबाट सबैलाई सक्दो सहयोग गरिनेछ,’ स्मिरनोभाले भनिन् । उनका अनुसार त्यस दिन नगर प्रशासनले नवविवाहित जोडीलाई विशेष भोज दिनेछ ।

गत वर्ष जुलाइ ७ को दिन पनि मस्कोमा विवाह गर्नेको लर्को लागेको थियो । यसपटक आठ अंक परेको कारण उत्सवको वातारण हुने निश्चित भएके चेकभले बताएका छन् । ‘नयाँ जोडी तीनवटा अनन्तको संयोगमा मिल्नेछन् । के यो उत्सवभन्दा कम हो र -’ उल्लासपूर्ण स्वरमा उनले भने ।

आठको अंकले सम्पन्नता र सौहाद्रता ल्याउने विश्वास रुसमा छ । अंकको हिसाबले गर्नेले जे दाबी गरे पनि तथ्यांकले यस्तो देखाउँदैन । गत वर्ष जुलाइ ७ मा विवाह गरेका जोडीमध्ये एक चौथाइको एक वर्ष नपुग्दै पारपाचुके भइसकेको छ ।

यस वर्ष विवाहका लागि दर्ता भएका मानिसमा ४३ जना गत वर्ष जुलाइ ७ मा विवाह भएका छन् । ‘सायद यो दिनको कुरा होइन । अंकप्रतिको मानिसको आकर्षण हो,’स्मिरनोभाले भनिन् । अंकको संयोजन विश्वभरका मानिसलाई प्यारो छ ।

July 15, 2008

पेरिसमा साइकलको शोख !

विश्वका अति विकसित आठ मुलुकहरूमध्ये पर्ने फ्रान्समा साइकल चढ्नेहरुको संख्या ह्वात्तै बढेको छ । विश्वका अति विकसित राष्ट्रमा नयाँ-नयाँ मोडेलका कारहरु चढ्ने सोख मानिसमा बढिरहँदा पेरिसमा भने साइकलको शोख बढेको छ । फ्रान्सका नागरिकहरुमा यतिबेला गर्हौं र भद्दा साइकल चढ्नु फेसन नै बनेको छ । पेरिसमा आजभोलि भेलिब साइकल अति लोकप्रिय भएको छ । यो खैरो रङको साइकल एक वर्षअघि मात्र बजारमा आएको थियो ।

तर, अहिले यो साइकल पेरिसका हरेक सहरमा गुडेको देखिन्छ । यो साइकलको भाडा पनि अति सस्तो छ, किनभने त्यसमा विज्ञापन एजेन्सी र प्रमुख सहरहरूले अनुदान दिएका छन् । पेरिसमा यतिखेर करिब २० हजार ६ सय भेलिब्स गुड्ने गरेका छन् । साइकल भाडामा दिने स्टेसन नै १४ सय ५० भन्दा बढी छन् । ती स्टेसनको दूरी तीन सय गजभन्दा बढी छैन ।

करिब २१ लाख बासिन्दा बसोबास गर्ने पेरिसमा अधिकारीहरूका अनुसार गत वर्ष दुई करोड ७५ लाख व्यक्तिले आवतजावत गरेका थिए । यसअनुसार पेरिसमा दैनिक रूपमा सरदर एक लाख २० हजार भ्रमण हुने गर्छ । महिलाहरूले यो साइकल स्कर्ट लगाएर चढ्नु उपयुक्त ठान्छन् । पेरिसमा आजभोलि बिहान हुनासाथ मानिसहरू स्टेसनमा पुग्छन् र साइकल छान्न थाल्छन् ।

टायर नफाटेको, चेन भएको र बास्केट नचोरिएको साइकल उनीहरूको प्राथमिकतामा पर्छ । ३४ वर्षीया डाक्टर नताल्या घाइसारेट यो साइकलको वाषिर्क ग्राहकबापत् २९ युरो तिर्छिन् । वाषिर्क ग्राहक बनेपछि एकपटकमा ३० मिनेटसम्मका लागि उनले आफूले चाहेको ठाउँमा प्रयोग गर्न पाउँछिन् । त्यसभन्दा बढी प्रयोग गरेमा भने थप शुल्क बुझाउनुपर्छ । नताल्या भन्छिन्, ‘म यो साइकल मन पराउँछु । यसमा चढेर तपाइं पेरिस देख्न सक्नुहुन्छ, शारीरिक अभ्यास पनि हुन्छ ।’

July 10, 2008

ओबामालाई जिताउन महिलाले स्तन देखाउने !

अमेरिकी राष्ट्रपतीय चुनाव जति नजिकै आउँदैछ, त्यत्ति नै आफ्ना उम्मेदवारलाई जिताउन समर्थकहरुले अनौठा-आनौठा प्रचार शैली अपनाउन थालेका छन् । डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्न सफल बाराक ओबामालाई राष्ट्रपतिको चुनाव जिताउन अमेरिकाका विभिन्न राज्यमा उनका समर्थकले प्रचारको अनौठो शैली सुरु गरेका छन् । यसैक्रममा अमेरिकी महिलाहरुले ओवामाको प्रचारको लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएका छन् । उक्त साइटमा महिलाले आफ्नो स्तन देखाउने भएका छन् ।

‘बुब्स फर बाराक’ नाम दिइएको उक्त योजनाका लागि १८ वर्षभन्दा माथिका सबै युवतीलाई फोटो पठाउन अपिल गरिएको छ । फोटो जेपिजी फर्म्याटमा र एक एमबीभन्दा ठूलो हुन नहुने भनी प्रसारित सूचनामा यो साइटमार्फत दर्शकले ठूला-साना, सेतो-कालो, खैरो, रातो, प्राकृतिक वा शल्यक्रियामार्फत ठूलो-सानो बनाइएका स्तन हेर्नसक्ने उल्लेख गरिएको छ ।

फोटो पठाइएको २४ घन्टाभित्र बेबसाइटमा हेर्न सकिने पनि सूचनामा जनाएको छ । समाचारमा जनाइए अनुसार अमेरिकी महिलाहरुले सो साइटमा कैयन फोटो पठाइसकेका छन् । फोटो पठाउने महिलाहरुले बाराकलाई चुनाव जिताउन आफ्नो तस्वीर प्रयोग गर्न पाएकोमा खुशी समेत व्यक्त गरेका छन् । हेरौं, थप चुनाव प्रचारशैली कस्तो हुने हो ?

June 19, 2008

तेलको भाउँ बढ्यो भने के हुन्छ ?

हवाई जहाजका प्वाख पलाउने भए !

गाडीहरू ब्याट्रीले चल्ने भए !

ट्याक्सी र कार हरू हावाको सहयोगले गुडने भए !

मोटरसाईकलहरू १२  पाग्रेंले चल्ने भए !

हट्  हट्  घोढी हट् हट्   KAWASAKI घोढी   हट्  हट् !

June 18, 2008

अनलाइनमा मानिस के चाहन्छन् ?

अनलाइन जीवनसाथी खोज्न सुरु गर्दा आफू अनलाइन-प्रेम विषयमा पुस्तक लेख्छु भन्ने जेन कालोकियालाई थाहा थिएन । तर, आठ वर्षअघि अनलाइनमा प्रेमी खोज्न सुरु गरेकी जेन अनलाइनबाटै भेट भएका दुई सय पुरुषसँग डेटिङमा गइन् । वेबप्रेम सम्बन्धका बेफाइदाका बारेमा उनले पुस्तक नै तयार पारिन् । आफ्नी एक साथीले अनलाइनमा भेटेको एक साथीसँग बिहे गरेपछि जेन आफ्ना लागि पनि अनलाइनमार्फत जीवनसाथी खोज्न लागेकी थिइन् ।

केही वर्षमा उनले थुप्रै पुरुषबाट आकर्षक इमेल र म्यासेज पाइन् । कसैले उनी राम्री भएको लेखे । अन्यले आफ्नो उमेर, तौल, कपाल र वैवाहिक सम्बन्धका बारेमा ढाँटे । एकजना भने उनका थेरापिस्ट नै हुन पुगे । आफ्नो अनुभवलाई समेटेर जेनले अनलाइनमा कुरा गरिरहेको मानिसले ढाँटेको पत्ता लगाउने उपायसहितको पुस्तक ‘कन्फेसन अफ अनलाइन एडिक्टः अ ट्रयु अकाउन्ट अफ डेटिङ एन्ड रिलेटिङ इन द इन्टरनेट एजु लेखेकी छिन् । त्यस पुस्तकमा इन्टरनेट डेटिङको लतका विभिन्न भोगाइका बारेमा लेखिएको छ । वेब-डेट विषयमा जेन अनलाइन कोर्स पनि निर्माण गर्दैछिन् ।

‘म हप्ताको तीनरचार दिन डेटिङ जान्थेँ । एक आइतबारको दिन त मसित तीनवटा डेटिङ थिए स् ब्रेकफास्ट, लन्च र डिनर,’ आफ्नो अनुभव सुनाउँदै उनले भनिन्, ‘किनभने कसैले तिमी कति राम्री छौ, म तिमीसँग भेट्न चाहन्छु भनेको इमेल खोल्नु एकदमै प्रलोभनकारी कुरा थियो ।’ अनलाइन डेटिङ उद्योग बृहत्तर फैलिएको छ र अझ फैलिनेक्रममा छ । सुरुसुरुमा अनलाइनमा भेटेको मानिससँग प्रत्यक्ष डेटिङ जान उनलाई अप्ठेरो लाग्थ्यो । ‘अनलाइनमार्फत भेटेका मानिसलाई प्रत्यक्ष भेट्नुअघिसम्म मलाई अनलाइनका मानिस वाहियात हुन्छन्जस्तो लाग्थ्यो । तर, यो सही नभएको मैले पाएँ,’ ४६ वर्षीया जेनले बताइन् ।

उनका अनुसार अनलाइनमा भेटिने राम्रा व्यक्तिबीच कोही ढँटुवा मानिस पनि हुन्छन् । जेनको अनुभवमा केही विवाहित पुरुषले आफ्नो सक्कली फोटो अनलाइनमा पोस्ट गर्दैनन् । सेल नम्बर दिँदैनन् । तर, अबेर राति इन्सट्यान्ट म्यासेज पठाउँछन् । कोही विवाहित पुरुष एक रातमात्र बिताउने चाहना व्यक्त गर्छन् । कतिपयले आफू दुब्लो भएको बेलाको या कसैले टाउकोमा कपाल भएको बेलाको फोटो प्रेषित गर्ने गर्छन् । ‘मैले डेटमा भेटेका एक व्यक्ति तालुखुइले थिए । उनी मोटा पनि थिए । अनलाइनमा प्रेषित उनको फोटो करिब २० वर्षअगाडिको जस्तो देखिन्थ्यो । मैले उनलाई यसबारे सोधेँ । ती मानिसले ढाँट्दै आफूले चस्मा लगाएकाले र कपाल काटेकाले फरक देखिएको हुन सक्छ भन्दै टारेँ,’ जेनले अनलाइनमा आफूले भेटेका मानिससँगको डेटिङ अनुभव सुनाइन् ।

कैयौंपटक विभिन्न फरक मानिससँग डेटिङमा गएपछि उनले आफू नसुहाउँदो पुरुषसँग समय नखर्चिने निर्णय गरिन् । उनले आफ्नो डेटिङ शैलीलाई पनि केही सुधारिन् । पहिलो डेट प्रायः कफीपानमै सीमित हुने उनी बताउँछिन् । आफूलायक पुरुष फेला पारेपछि मात्र डिनरका लागि बुक गर्न उनी सल्लाह दिन्छिन् । अनलाइनमा भेटेका व्यक्तिसँग डेटिङ जानुअघि उनीहरुको प्रोफाइल राम्रोसँग पढ्ने सल्लाह जेनको छ । वर्तमान प्रेमी भिक्टरलाई जेनले अनलाइनमा नै भेटेकी हुन् । अहिले अनलाइन डेटिङका बारेमा केही नकारात्मक धारणा नभए पनि यो लत नै बन्न सक्ने उनी बताउँछिन् । अनलाइनको फेन्टासी जीवन छोड्न गाह्रो हुने जेनका थेरापिस्टले समेत पुस्तकमा लेखेका छन् ।

‘मानिस कुन नियतले अनलाइनमा आएको छ पत्ता लगाउनुस् । अनलाइनमा मानिसका विभिन्न कारणले आउँछन् । कोही एक्लो महसुस भएका कारण आउँछन् । कोही साथी बनाउन चाहन्छन् । कोही बिहे गर्न चाहन्छन् । कोही केवल यौनसम्बन्ध राख्न चाहन्छन्,’ उनी भन्छिन् ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com