July 3, 2009

मुक्तीनाथका मगन्तेहरु


ननिम्त्याइएका पाहुनाहरुको क्रिडास्थल भएको छ नेपाल । ती निम्तालुहरु सिंहदरवारदेखि भिविन्न नाममा खुलेका क्षेत्रीय तथा राष्टीय राजनीतिक पार्टीहरुमा चल्ता पुर्जा भएर रहेका छन । मुलुकका समस्याको गाठो फुकाउने ल्याकतमा ती ननिम्त्याइएका पाहुनाहरु शानसंग वसेका छन । तिनीहरुलाइ नेपाल प्यारो छैन प्यारो छ त केवल ख्वामितको आदेश । इनीहरुको दाउ अरु केही होइन । नेपालको अतिक्रमण सिवाय ।

अहिलेका आधुनिक विश्वमा शस्त्र अस्त्रले शुसज्जीत फौज पठाएर कुनै भुगोल मिच्न सकिदैन त्यसकालागि चौतर्फि अतिक्रमण भरपर्दो माध्यम वन्छ । लाग्छ मित्रराष्ट भारत कतै यस्तै ध्याउन्नमा लागेको त छैन । नत्र भने किन त घरैमा तरकारी पुर्याउने देखि, विहानै पत्रिका पुर्याइदिने, दारी वनाउने देखि जुक्ता टल्काउने, पुराना वोतल टिप्ने देखि वम पड्काउने सम्म विदेशी भैयाहरुको यत्रो विधी जगजगी ।

मुलुकको राजनीतिमा उपेन्द्र यादव र जेपी गुप्ताहुन या कालीमाटीको तरकारी पसलवाट घरघरै तरकारी पुर्याउने लखन भैया हुन सवै भारतीय नुनको सोझो गर्न खौज्ने त हुन नी । यीनलाइ नेपालको के माया होस । वैंक व्यालेन्स भारतीय वैंकमा छ , भारतीय आशीर्वादमा मन्त्री हुन पाइन्छ, आफन्त सवै भारतमै छन, यीनलाइ कसरी नेपाली भन्नु , कसरी नेपालका शुभचिन्तक मान्नु । यी ननिम्त्याइएका पाहुनाहरु पछिल्लो समय मुक्तीनाथको मन्दीरमा पनि देखिए । तराइको प्रचन्ड गर्मीमा रहने यी मेहमानहरु मान या नामान मै तेरा मेहमान भन्दै निर्लज्ज हाम्रो सोझोपनको फाइदा उठाएर सारा नेपालमा वेफिक्रि घुमेका छन यिनै ननिम्त्याइएका पाहुनाहरु ।


हैन कतै मागेर कतै थर्काएर त कतै धम्क्याएर राजेन्द्र महतो हुन या उपेन्द्र यादव यी सवै ननिम्त्याइएका पाहुनाहरु नेपाललाइ विभाजित गराउन लागेका छन । आत्मनिर्णय सहितको संघीयताको आवरणमा यी मेहमानहरुले नेपालको अस्तीत्व नै  नामेट पार्न त लागेका होइनन । एकिकरण गर्ने पृथ्वी नारायणका शालिकहरु तोडिदा नेपालको अखन्डतामाथि धावा वोल्दै आत्मनिर्णयका नाममा मधेश टुक्र्याउने खेल चलिरहेको छ । सच्चा नेपाली सचेत हुनु पर्ने वेला आएको छ यी ननिम्त्याइएका पाहुनाहरुसंग । आगे तपाइको जिम्मा । (photo: by Narmada Pandey)

April 11, 2009

थापाथलीको तनाव

हिजो म रोटरीक्लव थापाथली तर्फ जादै गर्दा वटुवा र विद्यार्थीबीच भएका झडपका केही दृष्य फेला पारे । शुल्क वृद्धीको विरोधमा आन्दोलनरत विद्यार्थीले तस्वीरमा देखाइएको मोटरसाइकल जलाइदिएपछि ।

मेटरसाइकल चालक उनका आफन्त र वटुवाले ठुलै तोडफोड गरे । तोडफोडवाट कलेजमा ५ लाख वढिको क्षीत भएको वताइएउको छ । घटनापछि थापाथली इन्जीनियरिङ कलेज अनिस्चतकालकालागि वन्द भएको छ ।

March 9, 2009

भगवान्लाई फोन सन्देश

नेदरल्यान्डमा आयोजना हुन लागेको एक कलाप्रदर्शनीमा भगवान्लाई फोन सन्देश पठाउन सकिनेछ । भगवान्को हट लाइन नाम दिइएको नम्बरमा फोन गरेर भगवान्लाई सन्देश छोड्न सकिने बताइएको छ ।

डच कलाकार जोहान भ्यान डे डोङले भगवान् सर्वव्यापी हुन्छन् भन्ने प्रस्तुत गर्न भगवान्लाई फोन सन्देश पठाउने व्यवस्था गरेका हुन् । तर, भगवान्लाई फोन सन्देश पठाउने प्रोजेक्टले भगवान्प्रतिको आस्थालाई ठट्टा बनाएको कतिपयले आरोप लगाएका छन् ।
नेदरल्यान्डको ग्रोनिगेन गाउँमा प्रतिस्थापन गरिएको भगवान्को हटलाइनले भन्छ- ‘यो भगवान्को आवाज हो । यो समय म मनुष्यसँग बोल्न सक्दिनँ तर, कृपया सन्देश छोड्नुहोला ।’

भगवान्को हटलाइन औपचारिक रूपमा शनिबारदेखि सुरु हुनेछ । तर, एक साताअगाडिदेखि नै भगवान्को फोन नम्बर एक्टिभ थियो । यस अवधिमा भगवान्लाई एक हजार फोन सन्देश मानिसले पठाइसकेका छन् ।
भगवान्को फोनमा पठाइएका सन्देश एकदमै गोप्य हुने बताइएको छ । भ्यान डे डोङले भने, ‘म पुजारी होइन । म कलाकार हुँ । म भगवान्लाई पठाइएका सन्देश सुन्ने छैन । फोन गर्ने मनुष्य र भगवान्बीचको यो कुराकानी एकदमै गोप्य हुनेछ ।’

भगवान्लाई फोन सन्देश पठाउने व्यवस्था गर्दा कसैको चित्त देखाउन नखोजिएको कलाप्रदर्शनको प्रवक्ता सुसान ग्रुटले बताइन् । ‘पहिले-पहिले चर्चमा प्रार्थना गर्न चर्च जाने चलन थियो । अहिले भगवान्लाई सन्देश पठाउने अवसर प्राप्त भएको छ । यसलाई भगवान्लाई प्रार्थना गर्ने आधुनिक तरिका भन्न सकिन्छ,’ सुसान भन्छिन् । भगवान्को हटलाइन ६ महिनासम्म खुल्ला हुनेछ ।

September 16, 2008

नाङगा साईटहरु बन्द गर्ने

गृहमन्त्री वामदेव गौतमले इन्टरनेटमार्फत फैलिएको अश्लीलता तत्काल रोकी साइबर क्याफेलाई पारदर्शी बनाउन प्रहरी अधिकारीलाई निर्देशन दिएअनुसार काठमाडौंमा रहेका साइबर क्याफेबाट क्याबिन हटाउनेदेखि अश्लील वेभसाइटहरू ब्लक गर्नेसम्मका योजना प्रहरीले अघि बढाएको छ ।
नग्न साइटहरू नेपालमा बन्द गराउन प्रहरीले महानगरीय प्रहरी आयुक्तको कार्यालयका डिएसपी रविन बस्नेतको नेतृत्वमा कार्यदल बनाएको छ । कार्यदलमा प्रहरी निरीक्षकहरू सीताराम रिमाल, प्रदीप केसी र नरेश मल्ल छन् ।
प्रहरीले प्रारम्भमा साइबर क्याफेबाट क्याबिन हटाउने अभियान सुरु गरेको छ । आइतबारबाट प्रहरीहरू उपत्यकाको साइबर क्याफेको अनुगमनमा लागेका छन् । कार्यदलले क्याबिन हटाउने, बालबालिकालाई साइबरमा प्रवेश गर्न रोक्ने, साइबरमा आउने ग्राहकको नाम र सूची राख्न लगाउनेलगायतका काम अगाडि बढाएको छ । दर्ताबिना चलेका साइबर क्याफे बन्द गराइने प्रहरीले जनाएको छ ।
अश्लील साइटहरू नेपालमा हेर्न नमिल्ने बनाउन इन्टरनेट प्रदायक (आइएसपी) हरूसँग प्रहरीले छलफल गरेको छ । छलफलमा आइएसपीहरूले नग्न साइटहरू बन्द गर्न तयार रहेको बताएका थिए ।
नेपालमा निजी क्षेत्रका ३३ वटा आइएसपी छन् । एक तथ्यांकअनुसार एसियाली राष्ट्रहरूमा अश्लील साइट हेर्नेहरूको संख्याका आधारमा नेपाल पाँचौं स्थानमा पुगिसकेको छ । नेपालमा करिब चार लाख इन्टरनेट प्रयोगकर्ता रहेको अनुमान छ । सरकारको आग्रहअनुसार इन्टरनेट प्रदायक र साइबर क्याफे सञ्चालक सरकारलाई सहयोग गर्न तयार देखिएका छन् ।
अश्लील साइटहरूका प्रयोगकर्ताको संख्या बढ्दै जाँदा यौनजन्य अपराधहरू बढेको र बालबालिकामा नकारात्मक असर परेको निष्कर्ष निकाल्दै साइटहरू ब्लक गर्ने अभियान सुरु गरिएको हो ।

August 8, 2008

भियतनाममा लिंग परिवर्तन गर्न पाइने

भियतनाम सरकारले शल्यक्रिया गरी लिंग परिवर्तन गर्न पाइने कानुनी व्यवस्था गरेको छ । तर कुन लिंग धारण गर्ने हो त्यसको अन्तिम टुंगो लगाउन सरकारी चिकित्सकको स्वीकृति आवश्यक पर्ने पनि कानुनमा उल्लेख गरिएको एक अधिकारीले बिहीबार बताएका छन् ।

 उक्त सुविधा जन्मँदै लैंगिक असक्षमता भोग्न बाध्य सर्वसाधारणलाई मात्र प्रदान गरिने छ । तर आफूखुसी लिंग परिवर्तन गर्ने सुविधा भने उक्त कानुनले नदिएको अधिकारीहरुले बताए । ‘सबैलाई सबल लिंगसाथ बाँच्न सक्षम बनाउन यस्तो व्यवस्था गरिएको हो ।’, कानुनमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको कानुन विभागका निर्देशक गुयेन हुय क्वाङले सबल लिंग भएका महिला वा पुरुष दुवैलाई अंग परिवर्तन गर्ने सुविधा उक्त कानुदले प्रदान नगरेको बताए ।

लिंगले काम गर्ने नगर्ने जानकारी पाउन परीक्षण गरिने कानुनी प्रावधान छ । गोपनियताको हकलाई ध्यानमा राखी लिंग परिवर्तन गर्नेको नाम सार्वजनिक गरिने छैन । भियतनामीहरु लिंग परिवर्तन गर्न बैंकक जाने गरेकाले मुलुकमै यस्तो सुविधा प्रदान गरिएको क्वाङले बताए ।

June 9, 2008

बहुमुल्य श्रीपेच लण्डनमा बेचियो !

२३९ बर्ष पुरानो पूर्वराजा हरुले राजगद्धिमा बस्दा लगाउने श्रीपेच राजदरबारमा पनी अहिले सम्म नभेटिएको र एउटा श्रीपेच लनडन मा ९०,००० पौन्ड मा बिक्री भई सकेको भन्ने समाचारले ऐतिहांसिक र बहुमुल्य हिरा मोती जडीत श्रीपेचको बारेमा जनचासो  हुनु स्वाभाबिकनै हो । जुन ४ २००१ मा तात्कालिन राजा बिरेन्द्रको बंश नाश भएपछी अन्तिम पटक पूर्व राजा ज्ञानेन्द्रले श्रीपेच लगाएको देखिएको थियो ।

आजको टाईम्स अफ ईन्डियामा ९०,००० ह्जार पौन्डमा बिक्री भएको भनिएको श्रीपेच पूर्व राजा ज्ञानेन्द्रले जुन ४ २००१ मा लगाएको श्रीपेच नै हो वा पुरानो श्रीपेच हो भन्ने कुरा राजदरबारमा अनुसन्धान पछी मात्र थाहा हुने छ ।राज दरबार भित्र को सम्पत्ति को बारेमा अनुसन्धान गरिरहेको सरकारी टोलिले अहिले सम्म श्रीपेचको बारेमा केही बताएको छैन ।सरकारी अनुसन्धान टोलीले हेर्न बाँकी रहेको महेन्द्र मन्जिल दरबारमा उक्त श्रीपेच रहेको हुन सक्ने एक दरबार श्रोतले बताएको छ ।महेन्द्र मन्जिल दरबार बर्तमान सरकारले पूर्व राजा ज्ञानेन्द्रकी हजुरआमाका लागी निवास तोकेको छ ।

June 6, 2008

विद्यार्थी वर्वाद गर्ने शिक्षक !

सामान्यतया शिक्षकहरूको पढाउने काम हो । तर, बाँकेका एक शिक्षकले विद्यार्थीलाई पढाउने मात्र काम गरेनन्, आफ्नै एक छात्राका लागि कलम, कापी र ‘ड्रेस’समेत किनिदिए । फकाएर यौनसम्बन्ध राखे, त्यही बेला विद्यार्थीको नाङ्गो तस्बिर पनि खिचे । तस्बिर देखाएर ‘ब्ल्याकमेल’ गर्दै तीन वर्षसम्म यौनशोषण पनि गरे । सप्तरी घर भई हाल बाँकेको गणेश मावि, ढकेरीमा कार्यरत जीवछप्रसाद यादवले आफ्नै विद्यार्थी माया (नाम परिवर्तन)सँग पहिलोपटक यौनसम्बन्ध राख्दा माया कक्षा ९ मा पढ्दै थिइन् । उनी त्यतिबेला १४ वर्षकी थिइन् । अहिले उनी उच्च माध्यमिक तहमा पढ्दै छिन् ।

यादवले पहिलो यौनसम्बन्धमै मायाको नाङ्गो तस्बिर खिचेका थिए । पहिलो यौनसम्बन्ध राख्दा उनले मायालाई फकाएका थिए, त्यसपछि सम्बन्ध राख्दा उनले फोटो देखाएर ‘ब्ल्याकमेल’ गर्दै आएको दाबी मायाको छ । मायाका अनुसार तिम्रो नाङ्गो फोटो लिन आऊ भन्दै एकान्तमा बोलाएर यौनशोषण गर्दै आएका थिए । एसएलसीको तयारी गरिरहेको बेलासमेत शिक्षक यादवले दबाब दिएर यौनशोषण गरेको दाबी छात्राको छ । शिक्षक यादवले छात्रासँग धेरैपटक यौनसम्बन्ध राखे, फोटो पनि धेरैपटक खिचे, कहिले मोबाइलबाट त कहिले क्यामराबाट । सबै फोटो संकलन गरेर उनले दुईवटा सिडी बनाएका छन् । तिनै सिडीको आधारमा उनले पटक-पटक यौनशोषण गरे ।

‘पहिले उसले फोटो खिच्यो, फोटो सार्वजनिक गरिदिन्छु भनेर पटक-पटक यौनसम्बन्ध राख्यो,’ मायाले भनिन् । यादवले अरूसँग बिहे नगर्न पनि मायालाई धम्की दिँदै पत्र पनि लेखेका थिए । ‘मैले चाहेको बेला भेट्नुपर्छ, अरूसँग बिहे गर्न पाइँदैन, गरिस् भने फोटो सार्वजनिक गरिदिन्छु भनेर धेरैपटक धम्क्यायो,’ उनले भनिन् । शिक्षक यादवको ज्यादतीविरुद्ध मायाले प्रहरीमा उजुरी हालेकी छिन् ।

यादवमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को दफा ४ अनुसार हदैसम्मको कारबाही माग गर्दै प्रहरीमा जाहेरी उजुरी परेको छ । मायाका वकिलले यादवले बनाएको दुई सिडी र धम्कीपूर्ण पत्रलाई प्रमाणको रूपमा पेस गरेका छन् । यादवले मायालाई पठाएको पत्रमा लेखिएको छ, ‘तिम्रो नाङ्गो फोटो र सिडी चक्का मसँग छ । लिन आउनू । अन्यथा सार्वजनिक गरिदिन्छु ।’

मायाको उजुरीका आधारमा शिक्षक यादव पक्राउ परेका छन् । जिल्ला सरकारी वकिल कार्यालय बाँकेका न्यायाधिवक्ता उमाकान्त पौडेलले पीडितले दिएको जाहेरी किटानीका आधारमा अभियुक्त यादवमाथि अनुसन्धान भइरहेको बताएका छन् । उता यादवले भने शारीरिक शोषण गरेको आरोप अस्वीकार गरेका छन् । ‘उनी मेरी विद्यार्थी हुन्, मैले कापी, कलम र ड्रेस किनिदिएको हुँ । तर, एउटा शिक्षकले आफ्नै विद्यार्थीसँग यौनसम्बन्ध राख्न सक्छ र? ’ उनले प्रतिप्रश्न गरे ।

May 28, 2008

‘मस्ट वान्टेड’ बबन सिंहले शपथ लिए

 नेपाल प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेर पनि स्वतन्त्र उम्मेदवारकारुपमा संविधानसभा निर्वाचनमा अप्रत्याशित जित हासिल गरेर चर्चित बनेका बबन सिंहले मंगलबार कसैले पत्तै नपाउने गरी प्रहरीको कडा सुरक्षाघेरा पार गर्दै शपथ लिएका छन् ।

पौने ३ बजे सुरु भएको शपथ कार्यक्रम सुरु हुनैलाग्दा ट्याक्सीबाट ओर्ली परिचयपत्र देखाए आफू सम्मेलन केन्द्र छिरेको उनले बताएका छन । शपथ सकिनाबित्तिकै बाहिर निस्केको र एउटा पान खाएर फ़ेरि बाटो लागेको पनि उनले खुलासा गरेका छन् ।

फरार अवस्थामै चुनाव लडेका रौतहटको ब्रह्मपुरी-१ का सिंह हालसम्म सार्वजनिक भएका छैनन् । निर्वाचनमा विजयी भएको प्रमाणपत्र पनि उनका आफन्तले लगिदिएका थिए । राजधानीमा गत भदौ १६ गते भएको मानवताविरोधी बम विस्फोट, रौतहटको ब्रह्मपुरीमा भएको दलितको हत्याकाण्ड तथा गत चैत्र ७ गते गौरमा भएको नरसंहार घटनामा सिंह मुछिएका छन् । तर उनी भने आफूले कुनै अपराध नगरेको सरकारले जबर्जस्ती अभियोग लगाएको दाबी गर्छन् ।

जनमतबाट विजयी भए पनि प्रहरीले खोजी गरिरहेकाले सार्वजनिक हुन नसकेको सिंहले बताउंदै आएका छन । बबनले सदभावना महतोका अजय गुप्तालाई पराजित गर्दै ९ हजार २ सय १ मत प्राप्त गरी सभासदमा विजयी भएका हुन् ।

May 27, 2008

५ हजार कुकुरको बन्ध्याकरण !

काठमाडौं उपत्यकाका गल्लीमा हिंड्ने ५ हजार सात सय भुस्याहा कुकुरको बन्ध्याकरण गरिएको छ । भुस्याहा कुकुरको संख्या घटाएर शहर ब्यवस्थित गर्न कुकुरको बन्ध्याकरण गरिएको बताइएको छ । काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर क्याटले सडकबाट संकलन गरेर ५ हजार कुकुरको बन्ध्याकरण गरेको हो ।

काठमाडौंमा अहिले करिब २५ हजार कुकुर छन् । चार वर्षअघिदेखि क्याटले कुकुर संकलन गरेर बुढानिलकण्ठस्थित पशु आश्रयमा कुकुरको बन्ध्याकरण गरेको हो । ५ हजार सात सय कुकुरको बन्ध्याकरण पछि काठमाडौंका सडकमा बच्चा कुकुरको संख्या पनि घटेको बन्ध्याकरणमा संलग्न डाक्टर झाको भनाई छ । क्याटले कुकुर बन्ध्याकरण गर्नुका साथै रोगी कुकुरको पनि उपचार गर्ने गरेको छ ।

May 25, 2008

यस्तो पनि हुंदो रैछ !

ठाउँ नभएपछि के गर्ने ? भएका सिटपनि मान्छे खाँद्न भनेर झिकेपछि बस्ने कहाँ ? आखिर जानै पर्छ। खाँदाखाँद छ भनेर जति पर्खेपनि अर्को खाली पाइने होइन। कि त लगाउनुपर्‍यो ११ नंबर। झन दशै र तिहारका बेला त तिल का दाना फ्याँक्दापनि बाहिरै पोखिएला जस्ता हुन्छन बस र ट्रक। तर यस्तो मामिलामा हामी एक्ला भने रहेनछौ है! हामी भन्दा अझ तगडा रहेछन अफ्रीकी मुलुकका केहि नागरिकहरु। तस्बिरले त्यही देखाउँदैन त ? यो तस्बिर फ्रान्सको ल मोंद दैनिकको मासिक पत्रिकामा छापिएको हो। फोटो प्रतिष्पर्धामा छानिएको रहेछ यो ९००० फोटा मध्ये। खिचिएको रहेछ सन २००६ अक्टोबरमा नाईजेरियाको तेनेरे भन्ने राजमार्गमा दौडिरहेको बेला। संयोगपनि गज्ज्बकै परेछ, नेपालमा दशै तिहार पर्ने बेलामै। साँच्चिकै यो दुर्घटना भयो भने यिनको हालत के होला ? एक ब्यापारीले कतै लैजान लागेको रहेछ यि मजदूरहरुलाई। यो तस्बिर आन्द्रे बेनामूर भन्ने फोटोग्राफरको हो।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com