November 6, 2009

स्याङ्जाको पश्चिम भेगमा भाइरल फिवरको प्रकोप

पर्वत र बाग्लुङ तथा आसपासका जिल्लामा भाइरल फिवरको प्रकोप बढिरहेका बेला स्याङ्जाको पश्चिम भेग तथा आसपासका जिल्लामा पनि यसको प्रकोप देखिएको छ ।
 
स्याङ्जाको क्षेत्र नं ३ मा रहेको मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार हाल मालुङ्गा, जगत्रदेवी, पेलाकोट तथा पाल्पाको यम्घा दर्लमडाँडा तथा गुल्मी जिल्ला लगायतका गाविसहरुमा हाल भाइरल फिवरको प्रकोप देखिएको मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा।टीकाराम भण्डारीले जानकारी दिनुभयो ।
स्वास्थ्य केन्द्रका अनुसार स्वास्थ्य केन्द्रमा करिब १ सय जना दैनिक आउने बिरामीमध्ये ६० देखि ६५ जनामा भाइरल फिबरका विरामी रहेको स्वास्थ्य केन्द्रका अहेव लिला भण्डारीले बताउनुभयो । अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई औषधीको अभाबले पर्याप्त मात्रामा औषधी बितरण गर्न नसकिएको समेत प्रमुख डा भण्डारीले बताउनुभयो ।
भाइरल फिबर रोग लाग्दा चर्को ज्वरो आउनेटाउको दुख्नेबान्ता आउने, शरीर काँप्ने लगायतका लक्ष्यणहरु देखा पर्ने स्वास्थ्य केन्द्रले जनाएको छ । यो रोग सरुवा रोग भएकोले सबैलाई उमालेर पानी पिउन समेत स्वास्थ्य केन्द्रले आग्रह गरेको छ ।

October 28, 2009

कालीगण्डकी महोत्सव शुरु

कालीगण्डकी बेँसीलाई पर्यटकीय जलमार्ग बनाउने उद्देश्यका साथ मनाउन लागिएको दास्रो कालीगण्डकी रिभर र्‍याफ्टिङ फेस्टिबल तथा राष्ट्रिय नदी महोत्सव २०६६ यही कात्तिक १२ देखि १५ गतेसम्म स्याङ्जामा सञ्चालन हुनेभएको छ । नेपालकै बहुचर्चित कालीगण्डकी नदीको किनारामा रहेको स्याङ्जाका कुवाकोट, रत्नपुर, चापाकोट पक्वादी, साखरलगायतका गाउँ विकास समितिलाई पर्यटकीय स्थलका रूपमा घोषणा गराउने अभिप्रायले गत वर्षदेखि कालीगण्डकी रिभर र्‍याफ्टिङ तथा राष्ट्रिय नदी महोत्सव आयोजना गर्न लागिएको हो ।

सो महोत्सवका लागि स्याङ्जा र पाल्पा जिल्लाको सिमानास्थित राम्दीघाटदेखि रत्नपुर गाविसको ज्याग्दीघाटसम्मको २८ किलोमिटर जलयात्रा तय गरिएको आयोजक समितिका कोषाध्यक्ष विष्णु थापाले जानकारी दिनुभएको छ । तीन दिनसम्म चल्ने नदी महोत्सवका लागि आवश्यक तयारीका काम अन्तिम चरणमा पुर्‍याइएको आयोजकले बताएका छन् ।

October 25, 2009

स्याङ्जाका दश गाविस सचिव विहिन

स्याङ्जा जिल्लाका दशवटा गाउ विकास समितिहरु हाल आएर गाविस सचिव विहिन भएका छन् । सचिबहरु गाविसमा नहुँदा गाविसका योजना तथा सर्वसाधारण जनताका सिफारिस, वृद्ध भत्ता देखिका सम्पूर्ण काम कार्वाहीहरु पूर्णतः प्रभावित भएका छन् ।
स्याङ्जाका दुई ओटा नगरपालिका सहित कूल साठी ओटा गाऊँ विकास समितिहरुमध्ये दशओटा गाविसहरु हाल आएर सचिवविहिन भएको जिल्ला विकास समिति स्याङ्जाले जनाएको छ । जिल्ला विकास समिति स्याङ्जाका नायव सुब्बा यामप्रसाद रेग्मीका अनुसार श्रीकृष्णगण्डकी, कुवाकोट, एलादी, छाङ्छाङ्दी, दारसिङ दहथुम, बानेथोक देउराली, तुल्सीभाज्याङ, किचनास, रापाकोट र साँखर गाविस हाल सचिव विहिन बन्न पुगेका छन् ।
रेग्मीका अनुसार नेपाल सरकारको स्वच्छिक अवकासको नीतिका कारण स्याङ्जाका गाविसहरु सचिव विहिन बन्न पुगेका हुन् । उहाँ भन्नुहुन्छ – सरकारले कर्मचारीलाई स्वच्छिक अवकासको नीति लिएर अवकास लिन लगायो तर गाविसमा पदपुर्ति गर्न सकेन जसले गर्दा गाविसमा बसोवास गर्ने सर्वसाधारणले त्यसको मार खेप्न बाध्य भएका छन् । उहाँ थप्नुहुन्छ ( सरकारले सचिवको बैकल्पिक व्यवस्था गरेर मात्र स्वच्छिक अवकासको नीति लिनुपर्थ्यो ।

एउटा गाविसको कामहरु पनि सम्हाल्न हम्मेहम्मे भएको अवस्थामा जिल्ला विकास समितिले दुईरदुई ओटा गाविसको काम गर्न सचिवलाई लगाउँदा सर्वसाधारणलाई सेवा दिन समेत सचिवहरुलाई कठिनाई भएको गाविस सचिव हकहित संरक्षण माचका अध्यक्ष बाबुराम बस्यालले बताउनुभयो ।
बस्याल भन्नुहुन्छ - गाविसमा स्थानिय पदाधिकारीहरु नहुँदा गाविसको सम्पूर्ण बजेट बाँडफाँडयोजना तर्जुमा देखिका कामहरु एकातिर एउटै सचिवले गर्नुपरेको छ भने त्यैमाथि दुई तीनओटा गाविस हेर्नुपर्दा सचिवलाई निक्कै कठिनाई परेको छ । त्यसको असर सचिव तथा सर्वसाधारणलाई पर्न गएको छ ।
तर जिल्ला विकास समितिले भने खाली भएका गाविसहरुमा अर्को गाविसको सचिवलाई भेग मिलाएर काम गर्न जिम्मेवारी दिइएको दावी गरेको छ । उता निवुआखर्क गाविसका सचिव हिरामणि पाण्डेले भने निबुआखर्क र साँखर गाविसको जिम्मेवारी दिइएको छ । जिल्ला विकास समितिले भेग मिलाएर सचिवलाई काम गर्ने जिम्मा दिएको बताएपनि निबुआखर्क र साँखर गाविस झण्डै ५० किलोमिटरको दुरीमा पर्दछन् । पाण्डे भन्नुहुन्छ - दुई ओटा गाविस हेर्न निक्कै कठिनाई भएको छ एउटा गाविसमा जाँदा अर्कोमा पुग्न सकिदैन त्यसले गर्दा दुई ओटा गाविसको काम गर्न अफ्ठ्यारो भएको छ ।

October 21, 2009

मालुंगा अस्पतालमा विरामीको चाप

स्याङ्जाको  मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्दै गएपछि औषधीको समेत अभाव हुन थालेको छ । दशैँ सकिए लगतै स्वास्थ्य केन्द्रमा टाइफाईड भाइरल फिभर र छालासम्बन्धी रोगका बिरामीको संख्या ह्वात्तै बृद्धि भएपछि औषधीसमेत अभाव हुन थालेको अस्पत्ताल स्रोतले जनाएको छ ।
 
स्याङ्जा पाल्पा पर्वत र गुल्मी जिल्लाबाट विरामीआउने उक्त स्वास्थ्य केन्द्रमा विरामी संख्या बृद्धि भएपछि पैेदल यात्रागरी आउने समेत स्वास्थ्य सेवाको लागि घण्टौ कुर्नुपरेको बिरामीहरुको गुनासो रहेको छ । १२ जना कर्मचारीको दरबन्दी रहेको उक्त केन्द्रमा ८ जना कर्मचारी मात्र कार्यालयमा उपस्थित हुने हुँदा विरामीहरुले घण्टौ कुर्नुपरेको सहकर्मी टिकाराम अधिकारीले जनाएका छन् ।
स्वास्थ्य केन्द्रका मेडिकल अधिकृतलाई जिल्ला जनस्वास्थ्य कार्यालय स्याङ्जामा खटाइएको अहेव असाधारण विदामा रहेको र स्टाफ नस्र र कार्यालय सहायकको पदपूर्ति नभएपछि स्वास्थ्य सेवा प्रभावित भएको हो ।
कर्मचारीलाई काजमा पठाउने पदपुर्ति समयमा नगर्ने र स्वास्थ्य केन्द्रहरुमा पर्याप्त मात्रामा औषधी उपलब्ध नगराउने सरकारी फितलो नीतिको कारण आफुहरु समेत मर्कामा परेको स्वास्थ्य केन्द्रका सिनीयर अहेव तुलसीराम भण्डारीको भनाईरहेको छ ।
उहाँले सरकारले उपलब्ध गराउदै आएको प्राथमिक उपचारका ३५ थरी औषधी समेत पर्याप्त मात्रामा उपलव्ध नभएको वताउनु भयो ।

October 8, 2009

भिषण वर्षापछि कालीगन्डकीको उत्पादन वन्द

कालीगन्डकीको जलाशय । अहिले जलासय अनपेक्षीत वढेको छ ।(फाइल फोटो )

पर्वत र स्याङ्जाको सीमामा पर्ने सेतीबेनी बजारमा गएराति परेको अविरल वषर्ाका कारण आएको बाढीले २० पसल डुवानमा परेका छन् भने रातभरि रुखमा बसेर ज्यान बचाएका ९ जना श्रमिकहरूलाई प्रहरी र स्थानीयवासीहरूको पहलमा उद्धार गरिएको जिल्ला प्रहरीले जनाएको छ । अविरल वषर्ाका कारण कालीगण्डकी र सेतीखोला बढ्दा बजार डुवानमा परेका हो । डुवानको कारण मानवीय क्षति नभए पनि करिब ११ लाख बराबरको क्षति र ३६ मुरी धानबाली नोक्सान भएको स्थानीयवासी ऋषिराम भुषालले जानकारी दिनुभयो । सो घटनास्थलमा एकीकृत नेकपा माओवादी क्षेत्र नं. २ पर्वतका सभासद्को टोली उद्धारकार्यमा संलग्न हुनुभएको थियो । उता पर्वत शालीग्राम गाविसको गोवाङमा बाढीले दुई घर परेको छभने पर्वत सेतीबेनी कालीगण्डकीको नदी तटबन्धन भत्किएर गाउँ नै जोखिममा परेको ऋषिराम भुसालले बताउनुभयो ।

पर्वतको माझफाट र खनियाघाटमा आएको पहिरोले मालढुङ्गा-बेनी सडक खण्ड अवरुद्ध भएको छ । पहिरोले सडक अवरुद्ध भएपछि बेनीबजारबाट बाहिरिने र भित्रिने यातायातका साधनहरू ठप्प हुँदा यहाँको जनजीवन प्रभावित भएको छ । माझफाटमा आएको पहिरोले पर्वत बेनीबजारका सयौँ पसल जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

३६ घण्टादेखिको अविरल वषाको कारण आएको पहिरोले भङ्गारा-८ स्थित रहेको बेतेनी प्रावि पुरिएको छ । करिब तीन सय विद्यार्थी अध्ययनरत सो विद्यालय पूर्णरूपमा पुरिएको स्थानीयवासी तथा ग्रामोदय मावि भङ्गराका प्रधानाध्यापक नरेन्द्र गौतमले बताउनुभयो । वषर्ाको कारणले फलामखानी गाविसको मदन-आश्रति निमाविको एक कोठा भत्किएको प्रहरीले जनाएको छ ।

सेदीवैणी शिला । अहिले यो पुरै जलमग्न भएको छ । (फाइल फोटो )

कालीगण्डकीको उत्पादन बन्द

 नेपालकै ठूलो कालीगण्डकी ए जलविद्युत् विभागले विद्युत् उत्पादन कार्य बन्द गरेको छ । मङ्गलबार साँझदेखि परेको अविरल वषर्ाका कारण कालीगाण्डकी नदीको बहाव बढ्न गई प्रभावित क्षेत्र डुवानमापर्ने खतरा बढ्दै गएपछि ड्यामका ढोका खोल्नु परेकोले उत्पादन कार्य बन्द गरेको विभागले बताएको छ ।

नदीमा पानीको सतह बढ्दै जाँदा अहिले सम्मकै उच्च ५५ सय क्युफिट पुगेको छ । पानीको बहाव बढे पनि पावर हाउसमा भने कुनै क्षति नभएको विभागका कर्मचारी मनिलाल गौडेलले बताउनुभयो ।

कालीगन्डकीको ड्याम, अहिले यंहाका सवै ठोका पहिलो पल्ट पुरै खोलीएका छन ।  (फाइल फोटो )

September 14, 2009

स्यागंजाका संभावनाहरु

अनन्तकुमार श्रेष्ठ  

  कोट नै कोटको जिल्ला हो स्याङजा । नुवाकोट सतौकोट भिरकोट आदि त चौविसे राज्यका चर्चित राज्यहरु नै हुन । गह्रौकोट कालिकाकोट बहाकोट चन्द्रकोट गिरकोट कोल्माकोट सिसे्रकोट खैरीकोट आदि चर्चित कोटहरु अर्थात मोहक प्राकृतिक भ्यूटावरहरु । राज्यले नेपाल भ्रमण वर्ष २०११ मनाउन जोडतोडले लागि रहेको छ । पर्यटनका नयाँ गन्तब्यका खोजिमा पर्यटन कर्मिहरु लागि परीरहेका छन । यस अवस्थामा समग्र स्याङ्जा जिल्ला यस्तो स्थान हो जहाँ विश्वको नै नमुना गन्तब्यहरु पोखरा र लुम्बीनीको विचमा पर्दछ । पोखराबाट मात्र ३५ किमी स्याङ्जा पर्दछ । नेपालको नमुना ग्रामिण पर्यटकीय गाउँ हाल सम्म एकछेउ पत्ता लाग्न नसकेको प्राचिन गुफा कैलाश गुफा भगवान रामाका पिता दशरथसंग जोडिएको अन्धाअन्धी दह र आधीखोला संसार कै ठुलो मानिएको शालिग्राम शाहवंशको शुरु राज्य तथा कुलदेविको थान स्वस्थानी ब्रत कथामा बर्णित सतिदेविका बाकी अंगहरु पतन भएको क्षेत्र छायाक्षेत्र ऐतिहासिक राजा रजौटाका दरवार तथा भग्नबसेश हिउ पर्ने पाचासेको लेक देखि भित्री मधेशलाई बिसा्रउने अन्न भण्डार गण्डकबेशी चापाकोट कुवाकोट रत्नपुर विभिन्न जातजातिका विविध संस्कृतिले भरिएको छ स्याङ्जा जिल्ला ।

मुकाम चिहाउने झ्याल हुनिकोट बाट स्याङ्जा चारैतिर आँखा चिहाएर हेर्दा सुन्दर स्याङ्जा बजार र सेराफेरो देख्दा जति मन आनन्दीत हुन्छ सायदै त्यो अनुभूति अरुबाट होला । स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जाबजार पुतलीबजार नगरपालिका । भुगोलको हिसावले देशका ठुला नगरपालिकाका रुपमा पर्दछ । कुल ७०।१४ वर्ग किमी क्षेत्रफल र २९६६७ जनसंख्या जनगणना २०५८ रहेको छ । सुन्दर पहाडी नगरपालिकामा पर्यटनको प्रचुर सम्भावना रहेको छ । पुतलीबजार नपाको पर्यटकिय विकास प्रमुख श्रोत हुनसक्छ । यसको विकासका लागि चारकोटको विकास गर्न जरुरी छ । नुवाकोट हुनीकोट सतौकोट र बहाकोट बास्तवमा यि कोटहरु पुतली बजार नपाका चारबटा सुन्दर पखेटाहरु हुन ।
यसलाइ सिगार्न सके नपा मोहक बन्दछ । चारकोटको प्रबद्र्धन गर्न पौवेगौडे फेदिखोला बहाकोट गाविस संग समन्वय गरेर बृहत पर्यटकीय योजना बनाई कार्यान्वयन गर्न सकिन्छ । पुतली बजारको अर्को विशेषता एग्रो टुरिजम पनि हो । २० हेक्टर भन्दा धेरै क्षेत्रमा रहेको कफि बगैचा करिव ३००० रोपनीमा फैलिएको सुन्तला बगैचा पनि कृषि पर्यटनको आर्कषक गन्तब्य हुन सक्छ । चर्चित चण्डीस्थान देविस्थान प्राचिन भैरव थान कालिका थान पवित्र मन्दिरहरु कैलाश गुफा पाचेश्वर महादेव गुफा गुफाहरु नुवाकोट बहाकोट सतौकोट दर्शनिय पौराणिक एतिहासिक स्थलहरु नेपाल कै पुरानो मानिने बजार पुतलीबजार चारखुट्टे बजार गुरुङ नेवार मगर आदि जनजातिका संस्कृतिहरु प्राचिन बौद्ध गुम्बाहरु पुराना मस्जिदहरु कफि तथा सुन्तलाका बगैचाहरुले भरिएको पर्यटकिय गन्तब्यका लागि पूर्ण प्याकेज रहेको छ यो नगर क्षेत्रमा ।


यी स्थानह्रुको समुचित प्रबधान्त्मक कार्य गर्ने हो भने पुतली बजार साँच्चिकै पुतली जस्तै छ । पर्यटन प्रवद्र्धनका लागि गर्नुपर्ने केहि प्रमुख कार्यहरु हुन – नगर पर्यटन नीति तर्जुमा संयुक्त पर्यटन विकास समिति निर्माण नगर दर्शनका लागि निश्चित रुट तयारी सोहि अनुसारको स्थानीय स्तरमा चेतना र पर्यटन उन्मुख तालिम अभिमुखिकरण स्थानीय संघसंस्थाको प्रत्यक्ष सहभागिता वेभसाइट तथा पर्चा पम्पलेटको माध्यमवाट प्रचार प्रसार स्याङ्जामा कम्तिमा २ रात बस्ने १५ भन्दा माथिको पर्यटकिय समुहलाई १ रातको कम्तिमा बास खर्च नगरपालिकाले गरिदिने आउदा र जाँदा ब्यवस्थित स्वागत तथा विदाइ कार्यक्रम बगैचा ब्यवस्थापन कार्यक्रम ब्यापक रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सूचना प्रविधिको प्रयोग गरि प्रचार प्रसार गर्नु जरुरी छ ।
हालै मात्र १३ औ नगरपरिषद सम्पन्न भएको छ ।

जनप्रतिनिधी विहिन नगर परिषदको निरन्तरतामा यो अर्को परिषद थियो । राजनैतिक दलले बाडफाँड गरि पार्षदहरु तोकिएर परिषद सम्पन्न भयो । नगरको बृहद गूरुयोजना बनाउनु पर्यो भनेको आज १० वर्ष वितिसकेकॊ छ । परिषद सम्पन्न भयो तर करिव ४ करोडको प्रस्तावित बजेटमा पर्यटनलाई बजेट करिव २ लाख मात्र प्रस्तावित देखिन्छ । पुतलीबजार नपाका निमित्त कार्यकारी अधिकृत पम नारायण पराजुली भन्नु हुन्छ पर्यटन बिकासलाई नीतिगतरुपमा राखिएको छ अहिले बजेट विनियोजन नभए पनि म्याचिङ फण्डबाट पर्यटनमा खर्च गर्न सकिन्छू । पर्यटन पुतलीबजार नगरपालिकाको मूख्य आयको श्रोत हुन सक्छ । राज्यले पर्यटन बर्ष घोषणा गरि १० लाख वार्षिक पर्यटक मूलुकमा भित्राउने लक्ष्य साँचेको छ । यस कार्यमा समेत उल्लेखनिय टेवा पुग्न सक्छ । समृद्ध नगर बनाउने मुख्य आधार पनि पर्यटन नै हुन सक्छ । यसका लागि नगरपालिकाले स्थानीय समुदाय संघ संस्थाहरुको प्रत्यक्ष सहभागितामा स्पस्ट पर्यटन नीति र कार्यक्रम ल्याउन जरुरी देखिन्छ ।

September 9, 2009

स्यागंजाको शेरोफेरो


दर्के झरीमा स्यागंजा वजार:  भदौ १८ गते तमुवानले आयोजना गरेको वन्दका क्रममा सवारी साधन नपाएर अलपत्र अवस्थामा वसीरहदा प्रहरी कार्यालय अगाडीवाट लिइएको दर्के झरीको तस्वीर हो यो ।


वसेको वसिनडांडाः वन्दका बीच जेनतेन जिरो किलोमिटरसम्म एम्वुलेन्सको सहारामा पुगेपनि जिरोवाट पैदलै विर्घा जाने क्रममा जगत्रदेवी गाविस वटुवा डांडावाट लिइएको सिद्धार्थ राजमार्ग र वसीनडांडाको तस्वीर ।


डांडाको नजरः वटुवाडांडावाट देखिएको पुर्वी तस्वीर । तस्वीरमा गल्यागंवजार, पेलाकोट गाविस, जगत्रदेवी गाविस, कालीगन्डकी पालपाको हुंगी गाविस लगायतको मनमोहक दृष्य देखिन्छ ।


मनमोहक मालुंगाः हिड्दै पुरानो पैदलवाटो गुठी भन्ज्यागंवाट उकालिनेक्रममा वलाम भन्जीगंवाट देखिएको मालुंगा फाट ।

मिर्मी मुनी काली थुनेकोः श्रीकृष्ण गन्डकी मिर्मी र नैपालकै ठुलो कालीगन्डकी परियोजनाको वांध। पारीपट्टी मोहनडांडा गाविस ।

August 26, 2009

मालुंगामा स्नातकतहसम्म पढाइ हुने

स्याङ्जा जिल्लाको मालुगां गाविस स्थित सार्वजनिक उच्च माविमा स्नातक तहको पढाइ साचालन हुने भएको छ। गाविसको पाँचलाख आर्थिक सहयोग र स्थानीय संघसंस्था र अभिभावकबाट संकलित रकमबाट क्याम्पस साचालन गर्न लागिएको क्याम्पस साचालक समितिका अध्यक्ष शालिकराम बस्यालले जानकारी दिनुभयो ।
क्याम्पस साचालनपछि स्याङ्जाका श्रीकृष्णगण्डकी मालुगां राम्दी र पाल्पाका म्याग्मा लगायतका गाविसका विद्यार्थीलाई उच्च शिक्षाका अध्ययनका लागि सहज हुने छ। मानविकी र शिक्षा संकायका कक्षाहरु साचालन हुने उक्त क्याम्पसको स्थापनापछि आर्थिक अभावका कार ण बाहिर जानुपने विद्यार्थी र विभिन्न कारणले पढाई पूरा गर्न नपाएका गृहिणीलाई फाईदा पुग्ने स्थानीय अभिभावक कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

स्याङ्जा जिल्लामा फलफुलका विरुवा वितरण

स्याङ्जा जिल्लाको दक्षिणी भेकका कालिगण्डकी किनारका छेउछाउका गाविसका कृषकलाई जिल्ला कृषि विकास कार्यालय स्याङ्जाले फलफूलका विरुवा सहुलियत दरमा वितरण गरेको छ। लामो समयसम्म खडेरी परेको कारण खेतमा रपेको धानको बिउ मरे पछि हजारै  विघा जमिन त्यसै बाँझो हुने डरले केही धान गहूँ धान भन्दा फलफूल खेती उपयुक्त हुने ठाने र आफूहरु फलफूल खेतीतर्फ आकर्षित भएको कृषकहरु बताउँछन्।

जिल्लाका विर्घा आलमदेवी श्रीकृष्णगण्डकी जगत्रदेवी तुलसीभाज्याङ, पकवादी, चापाकोट रत्नपुर गाविसमा फलफूलका विरुवा ५० प्रतिशत सहुलियत दर मा कृष तथा सहकारी मन्त्रालयका सचिव शंकर प्रसाद पाण्डेको विशेष पहल र जिल्ला कृषि विकास कार्यलय स्याङ्जाको सहयोगमा कृषकको मागलाई मध्यनजर गरेर विरुवा वितरण गरिएको हो । साउन १ गते मात्रै आँपका दुई हजार, ५० लिचिका एक हजार आठ सय तीस वटा विरुवा वितरण गरि सकिएको जिल्ला कृषि विकासका वरिष्ठ कृषि विकास अधिकृ त वीरेन्द्रबहादुर हमालले बताउनुभयो ।

कृषकले बाहिर बजारमा एक प्रतिआँपको विरुवाको ५० तिर्नु पर्ने र लिचिको एक प्रतिको  १८ तिर्नु पर्ने भएकोले कृषक मर्कामा परेको र कृषकले सहुलियत दरमा विरुवा पाउँ भन्ने निवेदन परे पछि कृषकलाई सहुलियत दरमा आँपको विरावालाई रू. २६ र लिचिको प्रतिबोट रू १० का दरले वितरण गरिएको अधिकृत हमालले जानकारी दिनुभयो ।

August 12, 2009

स्याङजामा चारसय क्षयरोगी

स्याङजा जिल्लामा चारसयभन्दा बढी क्षयरोगी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय, स्याङजाले जनाएको छ । सुरुमा खोकी लाग्ने, तौल घट्ने, खकारमा रगत आउनेजस्ता लक्षण देखिने क्षयरोग १५ देखि ४९ वर्ष उमेरका मानिसमा बढी मात्रामा लाग्ने गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका सुपरभाइजर विष्णु सुवेदीका अनुसार स्याङजाका पञ्चमूल, वालिङ, मालङ र जिल्ला अस्पतालमा निःशुल्क खकार परीक्षण गरिनुका साथै जिल्लाभरका स्वास्थ्यकेन्द्रबाट औषधि वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com