October 19, 2008

इन्हुरेडद्धारा विस्फोटन र हत्याको निन्दा

Filed under: सरोकार

रौतहट जिल्लाको चन्द्रनिगाहपुरस्थित महेन्द्र राजमार्ग नजिकको चौकमा तर्राई आर्मी र तर्राई राष्ट्रिय मुक्ति सेना नामक संगठनद्वारा तीन र्सबसाधरण -एक महिला र दुइ बालबालीकाको ज्यान जाने गरी गराइएको विस्फोटन र ततपश्चात उत्पन्न भएको तनावप्रति इन्हुरेड इन्टरनेशनलले गम्भिर ध्यानाकर्षा भएको जनाएको छ ।

इन्हुरेडका अनुसार उक्त घटनामा परी अनुसार पूर्व पश्चिम महेन्द्र राजमार्ग सडक खण्डको रौतहट जिल्लास्थित चन्द्रनिगाहपुर चौकको प्रतिक्षालयमा बस कुर्दै बसेकी २० बर्षीया महिला शीला सिँजाली उनको २ बर्षीया छोरी सृष्टि सिँजाली र अर्को दुइ वर्षीय बालक दिवस थापाको घटनास्थलमा नै मृत्यु भएको र विस्फोटनबाट चार र्सवसाधारण घाइते भएका छन । घटनापश्चात उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीद्वारा चलाइएको गोलीबाट थप एक जना गम्भिर घाइते भएको समेत अध्यक्ष डा. गोपाल कृष्ण सिवाकोटीद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणा पत्र-१९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अभिसन्धि-१९६६ को धारा-६, अन्तर्राष्ट्रिय मानवीय कानुन तथा राष्ट्रिय कानुनको बर्खिलाप हुने गरी र्सार्वजनिक स्थलमा र्सवसाधरणको ज्यानजाने गरी गराइएको यस्तो अमानवीय र कायरतापूर्ण घटना जोसुकैले जुन सुकै उद्देश्यका लागि गराइएको भएता पनि इन्हुरेडले यसको घोर निन्दा एवं भ्रत्सना गरेको छ ।

जनताको शान्ति सुरक्षाको जिम्मेवारी सुनिश्चित गर्ने निकाय सरकार नै भएकाले यस्ता किसिमका घटना दोहोरिन नदिन र र्सवसाधारणको जीउ-धनको पूर्णरुपमा सुरक्षाको प्रत्याभूति दिलाउनका साथ उक्त घटनाको दोषी पत्ता लगाई यथाशक्य कानुनी कारवाही र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न साथै तनाव नियन्त्रणको बहानामा जथाभावी शक्तिको प्रयोग नगर्न इन्हुरेडले सरकार समक्ष जोडदार माग गरेको छ ।

अन्तमाः तर्राईमा विभिन्न बहानामा सशस्त्रद्वन्द्वरत समुहहरुलाई मानव अधिकारप्रतिको आफ्नो दृष्टिकोण स्पष्ट पार्न र मानव अधिकार र मानवयि कानुनको सम्मान गर्दै भविष्यमा यस्ता निन्दनीय क्रियाकलाप नदोहर्‍याउन हामी आग्रह गर्दछौ । सबैखाले समस्या समाधानको केन्द्र विन्दु वार्ता नै भएको इन्हुरेड इन्टरनेशनलको मान्यतालाई पुनःस्मरण गराउदै वार्ताको माध्यमद्वारा समस्याको शान्तिपूर्ण निकास खोज्न सम्बन्धित सबैमा इन्हुरेडले विज्ञप्ती मार्फत आग्रह गरेको छ ।

September 16, 2008

वेश्यावृत्तिलाई रोक्नु नुहुने भन्दै आन्दोलन

गृहमन्त्री वामदेव गौतमको निर्देशनमा राजधानीका डान्स, डिस्को र रेष्टुरेन्टमा हुने अनैतिक काममा प्रहरीले कडाई गर्न थालेपछि व्यवसायी र मजदूरहरु बिना लाइसेन्स मदिरा बेच्न पाउनुपर्ने र मसाज र दोहोरीको नाममा जारी वेश्यावृत्तिलाई रोक्नु नुहुने भन्दै आन्दोलनमा उत्रिएका छन् ।

आज उनीहरुले राजधानीका सम्पूर्ण रेष्टुरेन्ट व्यवसायी, दोहोरीका संचालक तथा मसाज व्यवसायीहरुको लगभग सय जना सहभागी भएको विसाल जुलुस निस्किएको छ । जुलुसमा गृहमन्त्री र प्रहरीको विरोध गर्दै युवायुवती ब्यानरसहित सडकमा निस्किएका थिए ।

राजधानीमा नांगो नृत्य गर्ने, यौन व्यवसाय गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको सो जुलुसमा सहभागी अधिकांश युवतीहरुले मुख छोपेका थिए । गृहमन्त्रीले राजधानीमा नांगा र अश्लिल नृत्य गर्ने गराउने डान्स, डिस्को, रेष्टुरेन्टका अलावा यौन व्यवसाय गर्ने मसाज र होटलमाथि कडाई गर्न निर्देशन दिएपछि दुइ नम्बरी धन्दा गर्ने र दिनदहाडै यौन व्यवसायमा लिप्त हुनेहरुलाई समस्या परेको छ ।

August 15, 2008

माओवादी, एमाले र फोरमबीच शक्तिबांडफांडको सहमति

Filed under: सरोकार

सरकार गठन गर्न ७ बुंदे लिखित सहमति बनाएका नेकपा माओवादी, नेकपा एमाले र मधेशी जनअधिकार फोरमबीच शक्तिबांडफांडको सहमति पनि बनेको छ । जसअनुसार माओवादीले ९, एमालेले ६ र फोरमले ४ वटा मन्त्रालय लिने सहमति बनेको हो ।

केही मन्त्रालयको टुंगो भने नलागेको वताइएको छ । माओवादीले रक्षा, अर्थ, सहितका ९ वटा मन्त्रालय लिने , एमालेले गृह सहित ६ मन्त्रालय र फोरमले सूचना तथा संचार सहित ४ मन्त्रालय लिने सहमति काएम गरिएको छ । साना दल वाट जनमोर्चा नेपाललाई स्वास्थ्य, नेकपा मालेलाई भूमिसुधार या अन्य कुनै मन्त्रालय दिने गरी शक्तिबांडफांडको खाका तय गरिएको छ ।

साना दललाइ मनाउने जिम्मा माओवादी लाइ दिइएको छ । आज विहान वस्ने चारदलको वैटकले यससम्वन्धमा निर्णय गर्ने छ ।

July 17, 2008

सरकार गठन वारे एमाले वैठक

Filed under: सरोकार

राष्ट्रपति र उपराष्ट्रपतिको चयन तथा सरकार गठनका वारेमा अन्तिम धारणा बनाउन नेकपा एमाले केन्द्रीय कमिटीको आकस्मीक वैठक बस्दैछ । अहिले केहिवेरमा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने वैठकमा राष्ट्रपतिमा नेता माधव कुमार नेपालको नाम औपचारीक रुपमा अगाडी सार्ने निर्णर्य हुनेछ । त्यस्तै माओवादी माधव नेपाललाई मान्न् सहमत भए या नभए त्यसपछिको रणनितिका विषयमा पनि छलफल हुने छ ।

त्यस्तै सरकार गठन, एमालेको हैसियतका विषयमा पनि छलफल हुने एमाले स्थायी समितिका सदस्य अमृतकुमार बोहराले बताउनु जानकारी दिनुभयो । वैठकका काठमाण्डुमा उपलब्ध सबै केन्द्रीस्य सदस्यहरुको सहभागीता रहनेछ । राष्ट्रपतिको मनोनयन दर्ता अगाडी आजै माओवादी र एमाले विच पनि छलफल हुनेछ । यसैविच नेपाली कांग्रेसले माओवादी र एमालेको निर्णर्यपछि मात्रै आफ्नो आधिकारीक धारणा बनाउने भएको छ ।

अहिले प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला सहित कांग्रेस नेताहरुविच अनौपचारीक छलफल भएपनि माओवादी र एमालेको निर्णर्यपछि धारणा बनाउने स्रोतले जनाएको छ । कांग्रेसका बेहि नेताहरु भने बहिनै देखि राष्ट्रपतिमा उम्मेद्वारी, सरकार गठन बारे छलफल गर्न बालुवाटार पुगेका छन् ।

June 6, 2008

पूर्वराजा ज्ञानेन्द्रको सुरक्षा सशस्त्र प्रहरीले गर्ने

Filed under: सरोकार

पूर्वराजा ज्ञानेन्द्रको सुरक्षा सशस्त्र प्रहरी र सेना मिलाएर गर्न सरकारद्बारा गठित एक कार्यदलले सुझाव दिएको छ । कार्यदलले आवश्यक परेमात्र सेनाको प्रयोग गर्न समेत सुझाव दिएको छ । गृहमन्त्रालयको सहसचिव मोदराज डोटेलको संयोजकत्वमा गठित कार्यदलले आज गृहमन्त्रालयमा वसेको केन्दि्रय सुरक्षा समितिको बैठकमा कार्यदलले १४ पेज लामो सुरक्षा प्रतिवेदन बुझाउदै ज्ञानेन्द्र शाह परिवारको सुरक्षाको लागि सशस्त्र प्रहरीको ५० जना र नेपाली सेनाको २५ जनाको सुरक्षा दस्ता उपलब्ध गराउन सुझाव दिएको हो ।

सरकारले पूर्व राजा ज्ञानेन्द्रलाइ नागार्जुन दरवारमा वसोवासको बन्दोवस्त गरेको छ । त्यसैगरी डोटेल कार्यदलले नारायणहिटि दरवारमा परिचालित नेपाली सेनाको सुरक्षा दस्तालाइ छुट्टै वाहिनिमा रुपान्तरण गरि त्यहा नेपाल प्रहरी मार्फत सुरक्षा बन्दोवस्त गर्न समेत सुझाव दिएको छ ।

कार्यदलको प्रतिवेदन अनुसार सुरक्षा समितिले सुरक्षा बन्दोवस्तीको लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीलाइ आजै पत्राचार गर्ने भएको छ । गत शुक्रवार सरकारले डोटेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेर सुरक्षाको अध्ययन गरेको थियो

June 3, 2008

माओवादीले राष्ट्रपतिको दाबी छाड्ने

Filed under: सरोकार

 

नेकपा माओवादीले राष्ट्रपतिको दाबी छाड्ने संकेत दिएको छ । २१ जेठमा नेपाली कांग्रेस र माओवादीको शिर्ष नेताहरुको छलफल पछि माओवादीले उक्त संकेत दिएको हो ।

बैठकका सहभागी एक नेताका अनुसार संविधान संशोधनका विषयमा पनि माओवादी निकै लचक भएको छ । बालुवाटारमा वरिष्ठ नेता डा.बाबुराम भट्टर्राई सहित पुगेका प्रचण्डले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र कांग्रेस कार्यवाहक सभापति सुशील कोइरालासहितका नेतासंग गम्भीर छलफल गरेका थिए । कांग्रेस नेताहरुले माओवादीलाई सरकारको नेतृत्व गर्न सघाउने तर उसले राष्ट्रपति र प्रधानमन्त्री हटाउन र चयन गर्न साधारण बहुमतको संवैधानिक प्रावधानलाई स्वीकार्नुपर्ने प्रस्ताव गरेका थिए । माओवादीले संविधान संशोधनमा साधारण बहुमतको प्रावधानले अस्थिरता निम्तनसक्ने खतरा औल्याएको बुझिएको छ ।

स्रोतका अनुसार जिम्मेवारी बांडफांडमा एउटै दलले दुइवटा महत्वपूर्ण जिम्मेवारी लिन नपाउनेबारे पनि छलफल भएको थियो । भोलि एमालेसहितको तीन दल छलफल गरी टुंगो पुग्ने सहमति बनेको बुझिएको छ ।

May 28, 2008

गणतन्त्र कार्यान्वयनको लागि देशभर प्रदर्शन

Filed under: सरोकार

गणतन्त्र कार्यान्यनको लगि दवाब दिन आज देश भर सर्बसाधासरणले प्रदर्शन गरेका छन् । यसैगरी नागरिक समाजको अगुवाइमा आज विहान वसन्तपुरवाट दबाब र्‍याली निस्किएको छ । हजारौ नागरिक सहभागी रहेको जुलुस माइतीघर मण्डला, नयाँवानेश्वर हुँदै तीनकुनेमा आएर समापन भएको छ ।

यता विभिन्न राजनीतिक दल र तीनका भातृसंगठनले पनि आज राजधानीमा दबाव तथा विजयउत्सव निकाली रहेका छन् ।
। नेकपा एमाले, माओवादी र नेपाली कांग्रेस लगायतका राजनितीक दलले आज विजयउत्सव मनाउन जनतालाइ आह्वान गरेका छन् ।

यसैबीच अहिले पनि संबिधान सभाको बैठक हुने अन्तराष्ट्रिय सम्मेलन केन्द्र अगाडी नागरिक समाजको अगुवाइमा प्रदर्शन भइरहेको छ । आज देशका मुख्य सहर पोखरा, बुटवल, दमक, वीरगंज लगायतका ठाउँहरुमा प्रदर्शन भइरहेका छन् ।

May 27, 2008

तीन दल सेरेमोनियल राष्ट्रपतिमा सहमत

Filed under: सरोकार

 

प्रमुख तीन दल गणतन्त्र घोषणालगत्तै सेरेमोनियल राष्ट्रपतिको संवैधानिक व्यवस्था गर्ने सहमतिमा पुगेका छन् । १४ जेठमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबीचको बैठकपछि उक्त सहमतिमा पुगेका हुन् ।

एमाले महासचिव झलनाथ खनालका अनुसार गणतन्त्र घोषणाको प्रस्ताव पेश गर्न सरकारलाई आग्रह गर्ने र सम्मानित राष्ट्रपतिको संवैधानिक व्यवस्था गर्ने सहमति भएको हो । माओवादी अध्यक्ष प्रचण्डले संवैधानिक राष्ट्रपतिको व्यवस्था गर्ने सहमति भएको बताए । राष्ट्रपतिलाई संवैधानिक वाधा अड्काउन फुकाउने अधिकार रहनेछ । नेपाली सेनाका परमाधिपति पनि राष्ट्रपति रहनेछन् ।

सेरेमोनियल राष्ट्रपतिमा सहमति भएपनि गणतन्त्र नेपालको भावी राष्ट्रपति को हुनेभन्नेबारे सहमति बनेको छैन । स्रोतका अनुसार कांग्रेसले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई अघि सारेको छ भने माओवादीको पनि आफ्नै दाबी छ । कार्यकारी अधिकारसहितको प्रधानमन्त्रीको व्यवस्था गर्नेबारे पनि दलहरुको सहमति भएको छ । यद्यपि राष्ट्रपति र प्रधानमन्त्री एउटै या छुट्टाछुट्टै दलले सम्हाल्ने भन्नेबारे टुंगो लागेको छैन ।

यसअघि गणतन्त्र घोषणालगत्तै राष्ट्रपति घोषणा गर्ने या नगर्ने भन्नेबारे दलहरुबीच कुरा मिल्न सकेको थिएन । माओवादीले हाललाई राष्ट्राध्यक्षको भूमिका निभाउने अधिकार प्रधानमन्त्रीलाई नै दिइनुपर्ने जिकिर गर्दै आएको थियो । कांग्रेस र एमालेले भने गणतन्त्र घोषणासंगै राष्ट्रपतिको व्यवस्था गर्नुपर्नेमा जोड दिएपछि माओवादी लचक भएको थियो ।

सरकार गठनमा संविधान संशोधन गरी बहुमतीय प्रावधान राख्ने या हालकै दुइ तिहाईको प्रावधान के राख्नेबारे टुंगो लागेको छैन । यसबारे दलहरुले थप छलफल गर्नेभएका छन् । २६ जना संविधानसभा सदस्यको मनोनयनको टुंगो लाग्न सकेको छैन । कुन दलले कति सदस्य मनोनयन गर्नपाउने मोटामोटी सहमति भएपनि जनजाति, मधेशी र दलितहरुको दबाबका कारण दलहरु आफै टुंगोमा पुग्न नसेकेका हुन् ।

प्रचण्ड माओवादी संसदीय दलको नेता

Filed under: सरोकार

नेकपा माओवादीको सचिवालय बैठकले संसदीय दलको नेताका रुपमा पार्टी अध्यक्ष प्रचण्डलाई सिफारिस गरेको छ । बिहान बसेको सचिवालय बैठकले प्रचण्डलाई संसदीय दलको नेता र डाक्टर बाबुराम भट्टराईलाई संसदीय दलको उपनेताका रुपमा सिफारिस गरेको माओवादीले जनाएको छ ।

 सचिवालय बैठकमा कार्यकारी राष्ट्रप्रमुखको अडान नछोड्ने र सेरेमोनियल राष्ट्रपति अमान्य हुने अडान जारी राख्ने निर्णयभएको छ । माओवादी संसदीय दलको बैठकले अनुमोदन गरेपछि सचिवालय बैठकको सिफारिस लागू हुनेछ । यस्तै सचिवालय बैठकले १५ गते गणतन्त्र कार्यान्वयन गर्ने निर्णयसमेत गरेको स्रोतले जनाएको छ ।

May 13, 2008

संविधानसभाको पहिलो वैठक जेठ १५ गते

Filed under: सरोकार

प्रधानमन्त्री एवं अन्तरिम राष्ट्रप्रमुख गिरिजाप्रसाद कोइरालाले संविधानसभाको पहिलो वैठक जेठ १५ गते बस्नेगरी आह्वान गर्नुभएको छ । संविधानसभामा प्रतिनिधित्व गर्ने २५ वटै दललाई हिजो साँझ एक पत्र लेखी प्रधानमन्त्रीले सो दिन विहान ११ बजे वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा उपस्थित हुन आह्वान गर्नुभएको छ । केही दिनअघि बसेको प्रमुख ६ दलको बैठकले संविधान सभाको पहिलो बैठक जेठ १२ गतेदेखि १५ गतेसम्म गर्ने निर्णय गर्दै त्यसको अन्तिम मिति तय गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिएको थियो । सभामुख र अन्य प्रमुख दलसंगको परामर्शपछि प्रधानमन्त्रीले औपचारिक रुपमा संविधानसभाको वैठक आह्वान गर्नुभएको हो । संविधानसभा २५ वटा दल र दुई जना स्वतन्त्र उम्मेदवार गरी ५७५ सभासद निर्वाचित भएका छन भने मन्त्रीपरिषदले थप २६ जना मनोनयन गर्नेछ ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com