संझनामा त्रिभुवन विश्वविद्यालय
केही वर्ष अगाडी अर्थात विसं २०६१-६२ मा विश्वविद्यालयको विद्यार्थी छदाका अनेक रमाइला संझनाहरु एकपछि अर्को गरेर मनमा खेलिरहेका छन । मित्रहरुका तस्वीर फ्ल्यास प्ले भइरहेका छन । घटनाहरु जोड तोडका साथ मानसपटलमा आएका छन । वमे अष्ट्लीयामा रहेपनि तिम्रै निम्ती होष्टेलको गेटसम्म धांए बिमा भनेको संझना आइरहन्छ । ठाडो गल्लीका रामुदाइको उधारपनि याद आइरहेछ ।
"एकादेशकी परी वनी मनै भरी छायौ नुतन
वसन्तको वहारवनी मनै भरी आयौ नुतन "
लेखेर अंग्रेजी केन्द्रीय विभागमा विमोचन गराउने कवि उर्फ निर्मलको झनै याद आको छ । यादका श्रृंखलामा गुड्डु, उत्तम, सुजन, छोटे राजन र दिपेन्द्रमात्र होइन वि्रजेश पनि आएको छ । लोते चाय ख्वाउने हरि दाइ, एउटा चिठी लेख्न मनलाछ गांउने भरत र स्टोरी टेलर उर्फ पन्डीत पनि उक्तिकै संझनामा आएका छन । विनोद उर्फ टाइगरको भाइ युएस पुगेपछि उन्ले भुलेपनि मैले संझेको छु ।
विमल दाइ आत्मीय हुन फिलहाल त्यती सम्पर्क भएन । मैले भुल्न नसक्ने त कवि नै हो । कविको कमान्डो ट्रेनिगंका गफ खुवै सुनियो । वमे लजालु थियो फिलहाल त गपको ट्याकीं नै भएको छ । ती सवै साथीहरु अहिले भाग्यको परिक्षा दिइरहेका छन । कोही आर्थीक रुपमा सम्पन्न भएका छन कोही परिवारसंग खुशी जीवन विताएका होलान कोही नंया प्लान वनाउदै होलान , कोही महत्वांकांक्षाले त्यसै त्यसै खुम्चिएर मरिच भएका होलान । कसैले उपल्लो तहको डिग्री हासिल गरे होलान । आखिर जंहा रहेपनि ती सवै मित्रहरुका संझना मसंग स्वर्णीम भएर रहेको छ । कसैले संझेकेा भए धन्यवाद विर्सेको भए कुनै गुनासो छैन । आज विश्वद्यालयमा पढाइ सकेर फर्कदै गरेका यी अमुक विद्यार्थीको तस्वीर देख्दा आफैलाइ भिडमा कतै पाए मैले । त्यो भिडमा ती तमाम मित्रहरु सामेल भएजस्तो लाग्यो । ती मित्रहरुको हुलमा वमे थियो, कवी थिए विनोद र विमल थिए , पन्डीत र भरत थिए , हरिदाइ र गुड्डु थिए , उत्तम र आनन्द थिए । यो मेरो नोष्टाल्जीया तिनै मित्रहरुमा समर्पित ।