November 15, 2009

संझनामा त्रिभुवन विश्वविद्यालय

केही वर्ष अगाडी अर्थात विसं २०६१-६२ मा विश्वविद्यालयको विद्यार्थी छदाका अनेक रमाइला संझनाहरु एकपछि अर्को गरेर मनमा खेलिरहेका छन । मित्रहरुका तस्वीर फ्ल्यास प्ले भइरहेका छन । घटनाहरु जोड तोडका साथ मानसपटलमा आएका छन । वमे अष्ट्लीयामा रहेपनि तिम्रै निम्ती होष्टेलको गेटसम्म धांए बिमा भनेको संझना आइरहन्छ । ठाडो गल्लीका रामुदाइको उधारपनि याद आइरहेछ ।

"एकादेशकी परी वनी मनै भरी छायौ नुतन

वसन्तको वहारवनी मनै भरी आयौ नुतन "

लेखेर अंग्रेजी केन्द्रीय  विभागमा विमोचन गराउने कवि उर्फ निर्मलको झनै याद आको छ । यादका श्रृंखलामा गुड्डु, उत्तम, सुजन, छोटे राजन र दिपेन्द्रमात्र होइन वि्रजेश पनि आएको छ । लोते चाय ख्वाउने हरि दाइ, एउटा चिठी लेख्न मनलाछ गांउने भरत र स्टोरी टेलर उर्फ पन्डीत पनि उक्तिकै संझनामा आएका छन । विनोद उर्फ टाइगरको भाइ युएस पुगेपछि उन्ले भुलेपनि मैले संझेको छु ।

विमल दाइ आत्मीय हुन फिलहाल त्यती सम्पर्क भएन । मैले भुल्न नसक्ने त कवि नै हो । कविको कमान्डो ट्रेनिगंका गफ खुवै सुनियो । वमे लजालु थियो फिलहाल त गपको ट्याकीं नै भएको छ । ती सवै साथीहरु अहिले भाग्यको परिक्षा दिइरहेका छन । कोही आर्थीक रुपमा सम्पन्न भएका छन कोही परिवारसंग खुशी जीवन विताएका होलान कोही नंया प्लान वनाउदै होलान , कोही महत्वांकांक्षाले त्यसै त्यसै खुम्चिएर मरिच भएका होलान । कसैले उपल्लो तहको डिग्री हासिल गरे होलान । आखिर जंहा रहेपनि ती सवै मित्रहरुका संझना मसंग स्वर्णीम भएर रहेको छ । कसैले संझेकेा भए धन्यवाद विर्सेको भए कुनै गुनासो छैन । आज विश्वद्यालयमा पढाइ सकेर फर्कदै गरेका यी अमुक विद्यार्थीको तस्वीर देख्दा आफैलाइ भिडमा कतै पाए मैले । त्यो भिडमा ती तमाम मित्रहरु सामेल भएजस्तो लाग्यो । ती मित्रहरुको हुलमा वमे थियो, कवी थिए विनोद र विमल थिए , पन्डीत र भरत थिए , हरिदाइ र गुड्डु थिए , उत्तम र आनन्द थिए । यो मेरो नोष्टाल्जीया तिनै मित्रहरुमा समर्पित ।

October 13, 2009

विर्घा, वरागंदी र तानसेन

गएको हिंउदमा लिइएका यी तस्वीरहरु कुनै मित्रले मेलमा पठाएका थिए । उनको अभिप्राय पनि यी तस्वीरहरु व्लगमा प्रकाशित होउन भन्ने थियो । यद्यपि मेरो वेफुर्सदी र समयमै ख्याल नपुर्याउदा यी तस्वीर मेरो मेल एकाउन्टवाट वाहिर आएका थिएनन । यो फुर्सदिलो काठमाण्डौका विहानीमा घामको मज्जासगै मेलका पुराना खाताहरु पल्टाउदा अहिले यी तस्वीर नजरमा आए र यंहाहरुलाइ जस्ताको तस्तै पस्के । गएको कात्तिकमा लिइएका यी तस्वीर हरु।

पाल्पाको वरागंदी गाविसवाट हेर्दा देखिएको विर्घाको  पहिरो र गांउ, टगंलेहवा, वारिचौर, ढाव ।

तोरी फुल्यो धर्ती रमाइलोः वरागंदी गाविसका वारिमा पहेलपुर फुलेका तोरी ।

पाल्पको तानसेनः पाल्पाको प्रख्यात तानेन दरवार ढलेपछि वतासेडांडावाट लिइएको पाल्पा तेर्सो गल्लीको तस्वीर । तानेसेन वजार पाल्पको सदरमुकाम भएपनि हामी जस्ता गैरपाल्पालीको पनि मिठो विगत हो । पाल्पाको त्रिभुवन वहुमुखी क्याम्पसले हामीलाइपनि गुन लाएको छ । पाल्पा अहिलेपनि तस्वीरमा देखिए जस्तै मौलिक छ । अर्थात यंहा ठुलो परिवर्तन खासै देखिदैन । यद्यपि गांउ गांउमा प्लस टु खुलेपछ पहिले पहिले जस्तो विद्यार्थीको चहलपहल भने घटेको छ ।

August 30, 2009

रानी दरवार

दरवार राजा र रानी त हुदैनन क्यारे तैपनि पाल्पामा रहेको खड्ग शमशेरद्धारा निर्मित दरवारलाइ रानी महल पनि भनिन्छ । तत्कालिन श्री ३ खड्गशमशेरले आफ्नी स्वर्गीय रानी तेजकुमारीको इच्छा मुताविक वेलायती वास्तुशास्त्रीहरु वोलाएर कालीगन्डकीको पवित्र किनारामा वनाउन लगाएको यो दरवारलाइ कतिपयले नेपालको ताजमहल भनेको पनि पाइन्छ ।

वास्तुकलाको अनुपम नमुना रहेको यो दरवार केही वर्ष अगाडी जिविस पाल्पाको झन्डै ५ लाख लागतमा जिर्णोद्धारा गरिएको थियो । पर्यटनका दृष्टीले अत्यन्तै संभावनायुत्त यस दरवारको उचित संभार र संरक्षण नहुदा दिनप्रतिदिन भग्नावशेषमा परिणत हुदैछ ।

रानीघाटैमाः काली गन्डकीको पृष्ठभूमिमा रानीघाट दरवार । पछाडी छेर्लुगं पनि देखिन्छ ।

क्या राम्रो दरवारः दरवारको नजिकवाट लिइएको स्वरुप ।

रानीघाटको पुल : २०४५ सालमा तीजको दरखाने दिन यो पुल ढल्दा माइत हिडेका महिला र उनीहरुसंगै रहेका वालवालिका सहित १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । पाल्पा सदरमुकाम तानसेनवाट विर्घा जाने मुख्य वाटोपनि यही हो । पृष्ठभूमिमा सटुका र वैघा भन्ज्यागं ।

July 19, 2009

वृक्षा रोपणका संझनाहरु



असार झरीको मौषम हो । यो मौषममा माटोमा जे गाडेपनि उम्रिन्छ । त्यसैले पनि होला वृक्षारोपण गरेर चर्चा वटुल्नेहरुले असारलाइलाइ सानो तिनो चाडकै रुपमा मनाउछन । विर्घा ६ को नांगेडाडामोपनि कहिले वीपी जयन्ती त कहिले पुष्पलाल जयन्तीका नाममा वृक्षा रोपण हुन्थ्यो । मौलाको वासिन्दा भएकालेपनि होला मेरो संझनामा वृक्षारोपण भन्ने वित्तिकै त्यही उजाड नांगेडाडाको संझना आउछ । धौदिखोलाकी फुपुले लगाएका वर पिपल देखि कैनडाडांडाका शालिकराम पान्डेले लगाएका सिसौ त्यही डाडोमा होलान तर अरुले रोपेका रुखले हरियाली नवढाएपनि कालान्तरमा नांगेडाडो आफै उमि्रएका चिलाउनेका रुखले हरियो वन्दै गएको छ ।

नांगेडांडो उजाड हुंदा राकस्दीको पानीको मुहानपनि सुक्दै गएको छ । विर्घा भरीका भरपर्दा धाराहरुमा जरुवाको धारो वान्दे्रडाडा र राकस्दी कइन्डाडा नै अग्रपत्तींमा आउछन । जरुवाको श्रोत नांगेडांडो नभएपनि राकस्दीको श्रोत भने त्यही डांडो हो । त्यसैले मलाइ लाग्छ यो डांडो हाम्रो जीवन हो । यसको हरीयालीले हाम्रा सभ्यता र सक्रीयतालाइ उजागर गर्ने छ ।
"ढेंडुवाको वुढो चिनिन्न विर्घाको ठुलो चिनिन्न" भन्ने उखानलाइ संझदै खाली गफ मात्र नगरी केही गरे गांवैलाइ फाइदा हुने नै हो । वातावरण विनास र प्रदुशणले गांजेको समयमा कम्तीमा एक जनाले एउटा मात्रै रुख रोप्न सकेपनि यस्तो समस्या कम हुन्थ्यो ।

हाम्रो मात्रै होइन पृथ्वीको पनि आयु वढ्थ्यो । आगे तंपाइकको जिम्मा । मैले त मकवानपुरवाट एकजना मित्रले पठाइदिएको तस्विर देख्दा मेरो छिमेकैको नांगेडांडाको याद आएकाले यो वसी वियालो गरेको हुं ।

June 19, 2009

वालापन, गांउ र रमाइला दिनहरु

सर्टीफिकेट जम्मा गर्ने ध्याउन्नले व्लग अपडेट गर्ने फुर्सद पनि मिलेन । अनेक पटकका वाचाले हावा खाए । तैपनि व्लगको तिर्सना ताजै छ । सोसोलोजी दोश्रो वर्षको जांज दिन केही दिन नियमित कामवाट विदा लिए । त्यसै शिलशिलामा व्लगले पनि हावा खायो । लाष्ट पेपर त वांकी नै छ ।

माधव नेपालको जम्वो मन्त्रीमन्डल गठन र मेरो व्लगमा नंया अपलोड एकै पटक भएको छ । बिचरा राजनैतिक जीवनको उत्तरार्द्धमा प्रधानमन्त्री पद ४ महिनाकालगि पाएका माधव नेपाललाइ जस्तो धपेडी त मलाइ व्लग अपलोडमा छैन । वाचुन्जेल पाठकका समिपमा रहने अतृप्त इच्छा मनभरी लिएर व्लगकारिता शुरु गरेको मैले इलाम गए चियावारिमा वसेर, इटहरी भए अशोक वुक्षको छांया लागेर, भोजपुर भए ट्याम्केको अडेस लागेर, चितवन भए सौराहाका हात्ती हेर्दै, वुटवलमा भए शिद्धवावाको फेरमा, पाल्पामा भए श्रीनगरको छहारी वा वतासे डांडामा रहेर, गुल्मी हुदा रेसुगांको शिरमा प्युठान भए स्वर्गद्धारीको फेदीमा, दागं भए चमेरे ओडार छिमेकमै, रुकुमको चौरजहारी होस या जुम्लाको सिंजा जहा भएपनि व्लग लेखीराख्ने इरादामा छु म । वुढेसकालमा विर्घा अर्थात मेरै गांउको घरको पिंढीमा वसेर व्लग गर्ने धोको छ ।

सवै इच्छा पुरा नभएपनि यति जावो इच्छा त कसो नपुग्ला र भनेको छु । राजधानीमा केही दिन पानी नपरेपछिको गर्मीले धपक्क वनाउदा भन्ज्यागंको हावालाइ मैले मिस गरेको छु, दोस्तहरुको खडेरी पर्दा चिन्तामणी शुरेस वा गणेश सर्दीलाइ मिस गरेको छु ।र टाइम पास नभएर दिक्क हुदा गनवहादुर दाइको या चन्द्रकान्तको घर मिस गरेको छु । वेलुका पख घुम्न मनलाग्दा लाइव्रेरीको आंगनले सताउछ । तिर्खाले धपक्क वनाउदा राकस्दीको धारो कल कल वगेको संझन्छु ।

 शूदुर शहरमा वसेर गांउका अनेक यस्ता संझनाहरुले सताउदा तमाम देश विदेशमा रहने नेपाली दाजुभाइलाइ पनि मैले एकसाथ मिस गरेको छु । न भाषा न भेष न आफन्त न त आफ्नै रहन सहन ती तमाम नेपाली वयहरु कतै अपरिचित शहरमा भौतारिदै होलान, काम छुट्ने हतारोले गाडी पक्डन हस्यागं फस्यागं गर्दै होलान या सप्ताहन्तमा नेपाली दाजुभाइ भेट्ने या गेट टुगेदर गर्ने इरादा वनाउदै होलान । अझ कति कामको अभावमा साथीको सापटीमा चल्दै होलान या , अपार्टमेन्टको भांडा तिर्न अनेक दाउ सोच्दै होलान । नेपालमा त कम्तीमा त्यस्तो धपेडी या निराशा त्यस्तोविधी छैन ।

के गर्ने कति छन कति यस्ता मिस गर्ने कुराहरु । जति थियो गांउमै थियो । जे थियो वालापनमै थियो । जति सिकीयो आकाशे रंगको सट र निलो पाइन्ट लाएर स्कुल पढ्दा नै सिकियो, जति हंस खुस थियो १२-२० मै थियो (१२ देखि २० वर्षाको उमेरमा क्या )। अहिले त के हुनु । करियर भन्यो, उत्तरदायीत्व र जिम्मेवारी अनि अपेक्षा र प्रतिष्पर्धा संझियो वस आफु कंहा होइन्छ ठेगान नै नहुने रैछ । न त कुनै सुन्दरताले नै भुतुक्कै छुन्छ । न त साना तिना सफलताले नै पुलुकित गराउछ । यस्तै मेसोमा आशावादीताको चर्को आवरण अनि चरम व्यस्तताकाबीच तपाइहरु सवैलाइ सलाम ।

May 23, 2009

रमाइलो शनिवार

 हप्ता दिन लामो धपेडीपछिको विदाको दिन । दिन रमाइलो त गराउनै थियो । यद्यपि यो कोटेश्वरको उवडखावड वाटो मेरो पांच वर्ष पुरानो खटरोले धान्न सकेको थिएन । राजधानीका वाइकरहरुको हुलमा म मिल्दीन । वढिमा ४० को स्पिडमा वाइक कुदाउदापनि वाटोको कारणले मेरो खटरो उपचारको खोजिमा थियो ।

एउटा असल वर्कसपमा विहानैको टाइम मिलेको थियो । एकाविहानै कालोचियाको सुर्को संगै लागे उतैपट्टी । खटरोको उपचारपछि करिव दशवजे गुंडमा आइपुगे । विहानको वर्कसप वसाइमा पत्रिकाहरु पढेर सकेको थिंए । अरु त के पत्रिका भन्नु खवरवजारमा भिड वढाउने मात्रै त हुन नी ।

कान्तिपुर त्यसमा खासमा अभि सुवेदीको आर्टीकल र नागरिकमा छापिएका सुदिप श्रेष्ठ लगायतका आर्टीकल पढ्दा मजा त लाग्यो नै । त्यो कर्म सकिसकेको थिंए । यद्यपि अन्नपूर्णपोष्ट र राजधानी पनि हेरियो तर पढ्न लायक सामाग्री ती पत्रिकाले कहिले छाप्लान जस्तो लाग्छ मलाइ त । विहान चारो मुखमा हालेपछि भने नखाने कुरा खाएजस्तो झ्याप्पै छोप्यो न्रि्राले वाहिर ननिस्की यत्तिकै विताए ।

 यो सांझको समयमा अर्थात माओवादीका नेता नारायणकाजी श्रेष्ठको धमकीपुर्ण भाषण र गिरिजा प्रसाद कोइरालाको मन्तव्य सुनिसकेपछि माधव नेपाल प्रधानमन्त्री नियुक्त भएको यो मुलुकमा म रैति यति वेला तंपाइ तमाम मित्रका संझनामा व्लग अपलोड गरीरहेको छु । संझना तंपाइहरुलाइ र सुभकामना माधव नेपाललाइ ।

April 11, 2009

वर्षैभरी चर्चामा वावुराम

लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम अर्थमन्त्री डा. बाबुराम भट्टराई बजेट, व्यक्तिगत कार्यशैली, मितव्ययिता र सार्वजनिक भाषणका कारण ०६५ सालमा चर्चाका पात्र रहे ।
बजेटकै कारण उनी दुई प्रकारले चर्चामा आए । पहिलो त इतिहासमै महत्त्वाकांक्षी बजेट ल्याएकाले कार्यान्वयन हुन सक्दैन भनेर उनको धेरै आलोचना भयो । पूर्वसरकारले पौने दुई खर्बको बजेट ल्याउने तयारी गरेकामा उनले दुई खर्ब ३६ अर्बको बजेट पेस गरेर विपक्षी र विज्ञहरूको आलोचना खेप्नुपर्‍यो । आलोचनाका विपरीत त्यही बजेट कार्यान्वयनमा उल्लेख्य सफल भएर बाबुरामले यश कमाए ।

बाबुरामको मन्त्रालयले आफ्नो लक्ष्यभन्दा धेरै प्रगति गरेको छ । ३१ प्रतिशतको राजस्ववृद्धिको लक्ष्य राखिएकामा यो वृद्धि ३८ प्रतिशत पुगेको छ । आयको स्वयं घोषणा (भिडिआइएस) कार्यक्रम घोषणा गरेका कारण निजी क्षेत्रबाट बाबुराम आलोचित भए । विगतमा असफल भएको भिडिआइएस ल्याएर बाबुराम असफल हुने मार्गमा हिँडे भनेर सुरुमा चर्चा भए पनि पछि बाबुरामले साँच्चै भिडिआइएस सफल बनाए भनेर अर्का चर्चा भयो । उनलाई चर्चाको केन्द्रविन्दुमा राख्ने अर्काे कार्यक्रम हो— युवा तथा साना व्यवसायी स्वरोजगार कोष । बेरोजगार युवालाई स्वदेशमै स्वरोजगारी उपलब्ध गराउने उनको यो अवधारणा पनि सफलताको दिशातर्फ अघि बढेको छ

March 31, 2009

पारशले दरवार हत्याकाण्डबारे मुख खोले

सात वर्षअघि भएको दरवार हत्याकाण्ड जर्मनी र अमेरिकी राईफल किन्ने सम्वन्धि तत्कालिन राजा बिरेन्द्र र युवराज दिपेन्द्रबीचको बिबादका कारण भएको पूर्व युवराज पारशले बताएका छन् । सिंगापुरमा रहेका पूर्व युवराज पारस शाहले २०५८ साल जेठ १९ गते भएको दरवार हत्याकाण्ड तत्कालिन राजा बिरेन्द्र र युवराज दिपेन्द्रबीच जर्मन र अमेरिकी हतियार किन्ने बिबादका कारण भएको बताएका हुन् ।

 

 सिंगापुरमा निस्किने "द न्यू पेप" पत्रिकालाई अन्तर्वाता दिदै उनले दिपेन्द्रको जर्मनी " जी ३६ राईफल ल्याउने चाहना बिरेन्द्रले अस्विकार गरेका कारण सम्पूर्ण परिवारको कत्लेआम गरेको दावी गरे ।

 

  "क्लेमेन्ट मेसेनस" नामका पत्रकारसँगको अन्तर्वार्तामा पारसले भनेका छन्, "नेपाली सेनाका लागि करिव ५० हजार राईफल ल्याउँदा पाइने कमिशन लिने योजनामा रहेका दिपेन्द्र बिरेन्द्रले जर्मनी राईफल किन्न नमानेपछि रिसाए र आफू रिसाएको कुरा हामीलाई समेत भनेका थिए ।"

  पारशका अनुसार, बिरेन्द्र अमेरिकी "एम १६" राईफल किन्ने सेनाको योजनाको पक्षमा थिए ।

 

नेपाल सरकारले दरवार हत्याकाण्डबारे अनुसन्धान सुरु गर्ने भनेकाले त्यसबेलाका तथ्य सार्वजनिक गरेको उल्लेख गर्दै पारशले अन्तर्वार्तामा दिपेन्द्र बिरेन्द्रसँग २०४६ सालको जनआन्दोलनमार्फत भएको परिवर्तनपछि नै आक्रोशित भएको दावी गरेका छन् ।

राजनीतिक दलहरुलाई शक्ति दिनु तथा दिव्यानी राणासँग बिबाह गर्न अनुमति नपाउनु दिपेन्द्र बिरेन्द्रसँग रिसाउनुका थप कारण भएको पारशको अन्तर्वार्तामा उल्लेख छ ।

 

"हत्याकाण्डभन्दा अघिल्लो वर्षको आफनो जन्मदिनमा दिपेन्द्रले हामीलाई राजाको हत्या गर्ने बताएका थिए, तर हामीले पत्याएनौं" पारशले अन्तर्वार्तामा भनेका छन् ।   

November 16, 2008

सपना अजमाउन विदेश जानेहरुको पिडा

मेरो छोरो बिदेश गएको छ भनेर परिवार तथा आफन्तलाई घिरौला जत्रो नाक बनाउदै ठीक्क छ। बिदेशको भिशा लाग्न साथ अब सुखका दिन आए, खुशीका दिन , अब भने आफुले भनेको जस्तो हुने भयो भनेर मख्ख पर्न नपाउदै जब बिदेशको माटोमा पाइला टेक्छ तब आफ्नो आँखा वरीपरी देखिने समस्याले नराम्रो सँग झस्कन्छ।

बिधार्थी जुन सपना देखेर अष्ट्रेलिया आएका हुन्छन आँखा तेती बेला खुल्छ जब घर भाडा तिर्नु पर्ने हुन्छ, आफ्नो लुगा आँफै धुनु पर्ने हुन्छ, आफ्नो लागि आँफै पकाउन पर्ने हुन्छ, आफ्नो लागि आँफै कमाएर फी तिर्न पर्ने हुन्छ तेती बेला आफ्नो काधमा पहाडले आएर थिचेको महसुस् गर्छन्। बाबु आमाले रिन धन गरेर बिदेश पठाउछन यहाँ आउने बेलामा १५००-२००० डलर दिएर पठाउछन् तेतिले त बिचरा उसलाई एक महिना पनि थेग्न गार्हो पर्छ।

कहिले घरयाशि काम नगरेकाहरु दिनमा पढाई र अरु बेला कामको चपेटा, फी तिर्न पर्ने टेन्सन आदी इत्यादी परिस्थिती ति कलीला ठिटा ठिटिले कसरी सहदा हुन्। यहाँ केटाहरु धेरै जसो भाडा माज्ने रैछन्। त्यो काम पनि पाउन बडा मुस्किल हुने रैछ। नेपालको घरमा एउटा चिया खाएको गिलास सफा नगर्ने बज्रस्वाठ्हरुलाई रास का रास भाडा माज्नु पर्दा अमिलो मन हुदो हो । भाडा माज्ने बाहेक किल्निङ, वेटर काम पनि गर्दा रैछन ।

कतिपय बिधार्थीले त आफुले गरेको काम नेपालमा भन्दै भन्दैनन् सकेसम्म लुकाउन खोज्छन र घरमा काम राम्रो हल्का छ भनेर दङ्ग पार्दिन्छन्। हुन पनि हो आफ्नो छोरोले अर्काको ट्वाइलेट् सफा गर्दै छ भन्ने कुरा कुन चाँही आमाले सहलिन र? तर अर्को पाटो हेर्दा बिद्यार्धिहरु औधी खुशी छन् । काम गर्छन्, पढ्छन् आफु आत्म निर्भर छन् जसो तसो गरेर घरमा अली अली आमालाई साडी र बाबुलाई सर्ट किन्ने पैसा पठाएका छन्।

विद्यार्थीहरुको भनाइमा पैसा भए पछी अली अली मोज पनि भै हाल्छ । बाबु आमाको कच् कच् सुन्न परेको छैन। पैसा के हो भनेर राम्रो सँग चिनेका छन्। आफु आत्म निर्भर भएकोमा गौरब पनि गर्छन्। काम त आखिर काम हो उनिहरु आँफै भन्छन् हामी सँग केही काम गर्ने skill छैन न त हामी नेपालबाट आउँदा केही professional training नै लिएर आएका छौ अनी हामीलाई कस्ले म्यानेजरको जागिर दिन्छ त? हो आफुले केही सिप सिकेर नआएकोमा चुक चुक मान्छन्। तर पनि यो लाईफ हो जसरी पनि बिताउनु छ भोली पढि सके पछी PR apply गर्ने अनी राम्रो जागिर खाने, परिवारलाइ खुशि पार्ने सपना मुटुभरी राखेर बिदेशी भुमिमा बसेका छन्।  

By Archana Shrestha

November 5, 2008

“मेरी हजुरआमा घर जानुभयो”-ओबामा

डेमोक्र्याट उममेदबार बाराक ओबामाकी हजुरआमाको ८६ बर्षको उमेरमा निधन भएको छ । निर्वाचनको एकदिन अगाडी मेडल्यान डनहमको मृत्यु भएको हो । ओबामाको जीवनमा असाध्यै प्रभाव पारेकी उनकी हजुरआमा केहि समयदेखि बिरामी थिइन ।ओबामाले आफ्नो चुनावी अभियान समेत दुई दिनलाई स्थगित गरेर हजुरआमालाई भेट्न गएका थिए ओबामाले चुनावी अभियानकै क्रममा नर्थ क्यारोलिनाबाट यो समाचारको पुष्टी गरेका छन् । उनकी हजुरआमा क्यान्सरबाट ग्रसित थिइन । तर ओबामा र उनकी बहिनीद्वारा जारी विज्ञप्तीमा उनको मृत्यु सहज किसीमले भएको उल्लेख छ ।

 

“मेरी हजुरआमा घर जानुभयो”, ओबामाले निकै भावुक भएर नर्थ क्यारोलिना विश्वविद्यालयमा भेला भएका उनका समर्थकहरू पनि भावुक भएका थिए । उनले अगाडी भने, “उहाँ सहज तथा शान्तिपुर्ण तरिकाले मर्नुभयो, मेरि बहिनी छेउमा थिइ । म यसबारेमा धेरै कुरा गर्दिन किनकी मलाई यो बिषयमा कुरा गर्न गाह्रो भइरहेको छ”

 

स्रोतले उनी आफ्न हजुरआमाको संघर्षका कथा सुनाउन चाहेको बताएको छ । कसरी उनकी हजुरआमाले दोस्रो विश्वयुद्धताका देशको लागि लडिरहेको लोग्नेलाई सहयोग गरिन, बच्चा हेरिन र जतिखेर पनि पड्कने सक्ने बमको सामना गरिन । उनले आफ्नी हजुरआमा निकै विनम्र भएको बताए । ओबामाको वीचारमा उनकी हजुरआमा लाखौ अमेरिकन अभिभावक झैं थिइन जो आफ्नोस सन्ततीको भविष्य सुरक्षित गर्न चाहन्छन् ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com