November 20, 2009

टुंडिखेलवाट श्रीनगर र माणीफांट

तानशेन पश्चिम नेपालको रमणीय शहर हो,जसलाइ पश्चिमको इलामपनि भनिन्छ । तानसेन पाल्पाको सदरमुकाम भएकोले मात्र होइन शुन्दरताको कारणले पनि विख्यात छ । श्रीनगर, वतासे डांडा, रानी महल, भैरवथान, रीणी, सित्तलपाटी, पाल्पा दरवार र माणी फांटका कारण तानसेन पाल्पा हुनसम्म रमणीय वनेको छ । तानसेनको टुंडीखेलवाट दुइ नजरमा देखिने । श्रीनगर र माणी फांटको संयोग लोभलाग्दो छ । श्रीनगरका सल्ला र माणी फांटमा लहलह झुल्ने धांनको गजव संयोग जुरेको छ तानशेनमा ।


गएको दशैताका धान लहलह झुलेका वेलामा लिइएको माणी फांट र सुसाएका सल्लाको यो तस्वीर पाल्पा मिस गर्नेहरुका लागि । यति वेला दरवार आक्रमणको निशानामा परेपनि श्रीनगर र माणी फांट भने जस्ताको त्यस्तै छन । यतिवेला धान काटियो होला तैपनि संझना स्वरुप यी तस्वीर ।

November 5, 2009

चन्डी भन्ज्यागंमा वल्दैन विजुली

नेपालको सवै भन्दा ठूलो जलविद्युत परियोजनाको कालिगण्डकी "ए’ विभाग निर्माणका समयमा अति प्रभावित क्षेत्र स्याङ्जाको चण्डीभाज्याङ् गाउँ विकास समितिमा अहिले सम्म विजुली बल्न सकेको छैन् । कालिगण्डकी "ए’ जलविद्युत विभागवाट करिव दश किलोमिटरको दुरीमा रहेको उक्त गाउँ विकास समितिका सर्वसाधरण जनता बत्ति मुनिको अध्यारोमा भएर बस्न बाध्य भएका छन् ।
कसैले चासो नदेखाउदा अयन्त्र वोलेको विजुली टुलु टुलु हेरेर वस्न वाध्य भएको गुनासो गर्नु हुन्छ स्थानिय समाजसेवी लक्ष्मण प्रसाद पाण्डे उहाँले सवै राजनैतिक दलदेखि जिल्ला विकास समिति लगाएतका ठाँउमा पुगेर विद्युत सेवाको माग गर्दा समेत कसैले चासो नदेखाएको बताउनुभयो ।

कारिकोट चण्डी भाज्याङ् गाउँ विकास समितिका सात सय घरपरिवारका करिव ५ हजार जनसंख्या अध्यारोमा वस्न वाध्य भएका हुन् । एक्काईसौ सताव्दीमा पनि घर आगन मै रहेको विजुली हेरेर वस्न वाध्य छौ भन्छन स्थानिय पिउघा निम्न माध्याकि विद्यालयका कक्षा ८ मा अध्यनरत थानेस्वर कोईराला । कोईराला भन्छन् सम्वन्धीत पक्षले वेलैमा ध्यान दिएमा विभिन्न क्षेत्रवाट अगाडि वढ्न सकिने छ ।

September 14, 2009

दशै शुरु हुनै लाग्दा !

दशै शुरु हुनै लाग्दा दशैका मात्र सामाग्री दिंउला भन्ने मेरो अपेक्षामा मेरो स्वास्थ्य भन्दा वढि वाधक नेपालको राजनीति भएको छ ।  दिक्क मानेर टोलाइ रहदा यसो केही दिन अघि मै आफैले लिएका केही सन्ध्याका तस्विरहरु थिए । यसो हेरे । शरदको काठमाण्डौ चिनाउन यिनै फोटो त काफी छन जस्तो लागेर यंहा राखी हांले ।
यतिवेला मनसुन सकिएको आकाशमा सेता वादल अनेक रुपमा देखा परेका छन । एक्कै छिन अलि अग्लो ठांउमा अडिएर हेर्नु पर्छ । कम्ती रमणीय छैनन ती । अमस्टाडर्म या सिड्नीमा पाइने वादलले यी वादलसंग कम्पिटिसन गर्न सक्दैनन भनेर मलाइ अष्ट्रेलियामा रहेको मेरो मित्र अस्विनले वाज्दा डट कम वाट एसएमएस गर्दै थिए । यसपटक दशै अली पछि परेकोले होला गोदावरी फुल्न लागिसकेको छ । धान दशै लगत्तै काट्नु पर्ने गरी पाकेको छ । मनोहरा फाटाको धांन हेरेर नअघाउनेहरु यसो तराइतिर झरे थाहा लाग्छ । यसपटक मनसुनी वर्ष समयमै र प्रशस्त भएकालेपनि धान खेति राम्रो भएको छ ।

किनमेल गर्न वजार जानेहरुको हुलले काठमाण्डौ मल या वर्ल्ड ट्रेड सेन्टरमा खुट्टो हाल्ने ठांउ छैन । अव विसाल वजार त पुरानो भयो । काठमाण्डौमा इलेक्ट्रीक भर्याङको रहरले विसाल वजार पुग्नेहरु अव काठमाण्डौ मल या वर्ल्ड ट्रेड सेन्टरमा लिफ्ट नै चढ्न पाएपछि वरु किनमेल भृकुटी मण्डपमै गरुला यसो लिफ्ट चढ्न त त्यतै जांउ भनेर त्यतै लागेका पाइन्छन । साझा वस या अरु कुनै रात्रीवसमा टाउको झ्यालवाट वाहिरियाउदै छाद्नेहरु माइक्रोवसमा सरर हावा खादै नारायणघाट वा पोखरा हुइकिएका छन ।

हैन प्रगति त भएको रैछ नी देशमा । अरु त अरु केही नभएपनि मुलुकमा केही गर्न नसक्ने र अदक्ष कामदारहरुपनि मलेशीया वा खांडीमा गएर रेमिटेन्स पठाएकै छन । रेमिटेन्सले नै मास्टरको छोरो संगै कुनै अरवको लाहुरेकी छोरी पनि वोर्डिङ पुगेकै छे । गांउले साहुकी श्रीमतीको हातमा भएजस्तै मोडलको सी फोनवाटै मलेसीयाली लाहुरेकी श्रीमतीले वात मारेकै छे । यी नदेखिएका उपलव्धी हुन यो मुलुकका सफलताका । हरेक समय प्रतिकुलता मात्रै झेलेका नेपालीले यो दशैमा राजनीतिक निकास त पाएनन तर आफ्नै पौरखले जीवनस्तरमात्र होइन मुलुकको आर्थिक वृद्धीमापनि योगदान भने पुर्याएकै छन । आइएमइ होस या हिमाल रेमिट अहिले रेमिट्यान्स वुझनेहरुको घुंइचो घटेको छैन । विहानै साइकल कुदाउने यी यात्री हुन या डुव्नै लागेको आकाशका सुर्य सवै मनमोहक छन यो घमाइलो सिजनमा । फिनल्यानडमा चिसो शुरु भैसक्यो भनेर मेल लेखेका मेरा परम मित्र कुलमणीलाइ यतैको घामको रापमा सेकिनुहोला भन्छु । दशैमा आउन पाइन दाइ भन्ने भाइ विजयलाइ यसैगरी साइकल कुदाएर रमाइलो गर्नु भन्छु । सुभेच्छा शेयर गर्ने युकेमा रहेका भान्जा शुरेशलाइ यसपटक फ्लासमा जम्न पाइएन व्लग पढ्दै गर है भन्छु ।   अनि तपाइलाइ जंहा जसरी रहेपनि दशैको शुभकामना है !

August 26, 2009

हाम्रै शेरोफेरो

स्यागंजाको परिचय एउटा पहाडी जिल्लामा मात्र सिमित छैन । यसको फरकाकिलो परिचयमा पहाडी शुन्दरता र पर्यटकीय दृष्टीपनि पर्दछ । स्यागंजाका अनेक खवर र तस्वीर दिने शिलशिलामा हामीले पनि अनेक शुन्दर स्यागंजाली पक्षहरुलाइ उजागर गर्ने, तपाइको चासो र रुची जगाउने जमर्को गर्दै आइरहेका छौ । यसै शिलशिलामा विर्घाव्लगले स्यागंजाको पश्चिम गाविस चन्डीभन्ज्यांगदेखिका तस्वीरहरु दिन शुरु गरेका छ । हेरौ  तलका तस्वीरहरु ।


चन्डीभन्ज्यांग गाविस कारिकोटवाट देखिएको पाल्पाको अर्गली र स्यागंजाको संयुक्त घाट । पृष्ठभूमिमा वगेको काली गन्डकी ।


मालुंगा र पाल्पाको दर्पुक जोड्ने घाट । यहांपनि कालीले आफ्नो शुन्दरता छोडेको छ । किनारवाट लिइएको यो तस्वीरको यकिन लोकेसन भने खुल्दैन ।


शाह राजाहरुकी कुलदेवी आलम देवी । स्यागंजाको प्रमुख पर्यटकीय गन्तव्य आलमदेवी पनि हो । यंहा जान गल्यागंवाट जिप लाग्दछ । भाडा भने कच्ची वाटो भएकेाले झन्डै २ सय लाग्छ । जिरो किलो, गुठी,वलाम जैपते,मिर्मी, विर्घा हुदै यंहा पुग्न सकिन्छ । खुट्टा वलिया हुनेहरुकालगि पहाडी पैदलयात्रापनि रोचक हुनछ । गल्यागंवाट झन्डै ४ घन्टाको पैदल हिडांइमा आलमदेवी पुग्न सकिन्छ । यंहा सामान्य खाना चिया खाने होटल र वासको पनि व्यवस्था छ । यो स्थान समुद्र सतहवाट १३ सय मिटर उचाइमा छ । यो मन्दिर विसं १४९५ मा वनेको विश्वास गरिन्छ । यो मन्दिर तत्कालिन राजा जैन खानले वनाएको भनिन्छ । मन्दिरको आधुनिक स्वरुप भने स्वर्गीय राजा विरेन्द्रको पहलमा विसं २०३२ तिर भएको हो ।
 

March 9, 2009

ओबामाको लोकप्रियता बढ्दो

अमेरिकी राष्ट्रपति बाराक ओबामाको लोकप्रियता दिनप्रतिदि बढ्दो उनले हरेक दिन करिब ४० हजार पत्र प्राप्त गर्ने गर्छन्  
तीमध्ये १० वटाको मात्रै जावफ दिन उनले भ्याउने गरेका छन् राष्ट्रपति बारकले ह्वाइट हाउसमा स्वास्थ्य सम्मेलनको समापन समारोहमा शुक्रबार उक्त खुलासा गरेका हुन्
"ह्वाइट हाउसमा मैले दिनहुँ ४० हजार पत्र प्राप्त गर्छु" उनले भने, "सबै पत्र पढ्न भ्याउदिन तर मेरा कर्मचरीले हरेक दिन १० पत्र छानेर मलाई दिने गरेका छन् " उनले पढ्न भ्याएको अधिकांश पत्रको जवाफ दिने प्रयास आफूले गर्ने गरेको बताए
"जनतासँग सम्पर्क कामय राख्ने यो एउटा राम्रो तरिका रहेछ", राष्टन्पति बाराकले भने, "छानिएका १० मध्ये तीन वटा जति पत्र स्वास्थ्यसँग सम्बन्धित मुद्दामा केन्द्रित हुन्छन्, यसले यो मुद्दा गम्भीर भएको संकेत गर्छ "
ओभल कार्यालयमा प्रवेश गरेलगत्तै बाराकले आफ्ना कर्मचारीलाई ४० हजारमध्ये छनोटमा परेका १० वटा पत्र माग्ने गर्छन्
"विद्यार्थी, शिक्षक, साना व्यापारी तथा बेरोजगार युवाबाट राष्ट्रपतिका लागि सुझावहरु समेटिएका पत्रहरुको थैलो कर्मचारीले बाराकलाई दिने गर्छन्", राष्ट्रपतिका सल्लाहकार मित्रहरुले भने, "दैनिक बैठकमा व्यस्त रहेर पनि आफ्नो कार्यकक्षमा एक्लै बसेर कम्तीमा एकै पटकमा एउटा पत्र पढ्ने बानी उनको , यसले उनर्लाइ जनताको भावना बुझ्न सजिलो हुने गरेको "

November 27, 2008

मुम्वइमा आतंककारी हमला

भारतको मुम्बईमा भएको आतंककारी हमलामा ८० जनाको मुत्यु भएको छ भने करिब ९०० जनाको घाईते भएका छन ।
अनुसार ताज होटलमा बिदेशीसहित १५ जनालाई आतंककारीहरुले बन्दी बनाएका छन । हमलामा दुई उच्च सरकारी अधिकारीकोसमेत ज्यान गएको छ । हमलाकारीले सात स्थानमा आक्रमण गरेका थिए । हालसम्म डेकन मुजहद्दीन नामक एक स्थानिय आतंककारी समुहले घट्नाको जिम्मा लिएको टाइम्स अफ इन्डियाले जनाएको छ । गए राति लगातार सातवटा बम पड्किंदा अरु २ सय भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेको संख्या ८0 पुगेको सीएनएनले जनाएको छ ।

अहिले ताज महल र ओबराय होटलमा आक्रमणकारीले मानिसहरुलाई बन्धक बनाएर राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । होटल ताज महलमा आगोको मुस्लो देखिएको छ । अहिले पनि केही ठाउँमा बम पड्किएको आवाज समेत आएको बताइएको छ । नागरिकलाई बन्धक बनाएर राखिएको भन्दै प्रहरी र सैनिक टोलीले होटल ओबराय र ताज महललाई घेराउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

प्रहरीले चार जना शंकास्पद आतंककारी मारिएको र ९ जना नियन्त्रणमा रहेको जानकारी दिएको छ । दोहोरो मुठभेडमा पाँच वरिष्ठ अधिकारीसहित ११ प्रहरीको मृत्यु भएको छ । अहिले मुम्वईमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको महाराष्ट्रका गृहमन्त्री आर आर पाटिलले जानकारी दिनुभएको छ ।घटनामा अहिलेसम्म कोही नेपाली नपरेको त्यहा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थी शुरेस पान्डेले भर्खरै जानकारी दिएका छन ।

August 21, 2008

राष्ट्रिय प्रजातान्त्र पार्टी नेपालमा फुट

 

राप्रपा बाट विभाजन भएको राष्ट्रिय प्रजातान्त्र पार्टी नेपालमा फुट आएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा माओवादीको पछिलग्गु भएको भन्दै बरिष्ठ नेता राजेश्वर देवकोटा र रविन्द्रनाथ शर्मासहित २१ जना नेता कार्यकर्ता पार्टीबाट अलग भएका छन् ।

उनीहरु आज पुरानै पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा फर्किने राप्रपा नेपालका एक नेताले जानकारी दिएका छन् । राप्रपा नेपालका बरिष्ठ नेता शर्माले कमल थापा माओवादीको प्रवक्ताका रुपमा देखिएकाले आफुहरुले पार्टी छाड्न लागेको जानकारी दिए ।

July 25, 2008

बेनजिरका अंगरक्षकको पनि हत्या

मोटरसाइकलमा सवार अज्ञात बन्दुकधारीले पाकिस्तानकी दिवंगत पूर्वप्रधानमन्त्री तथा पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)की तत्कालीन अध्यक्ष बेनजिर भुट्टोका एक अंगरक्षकको कराँची सहरमा मंगलबार गोली हानी हत्या गरेको जनाएको छ ।

बेनजिरका तत्कालीन अंगरक्षक ४५ वर्षीय खालिद सहंसाहलाई कराँचीस्थित भुट्टो निवासबाट बाहिर निस्कने क्रममा गोली हानिएको हो । ‘उनको शरीरमा चारवटा गोली लागेको थियो । उनलाई अस्पतालमा लगियो तर त्यहीँ उनको मृत्यु भयो,’ भुट्टोको कराँचीस्थित घरका संरक्षक अैजाज दुरानीले भने । गोली प्रहार गरेपछि आक्रमणकारीहरु भाग्न सफल भएको स्थानीय प्रहरी अधिकृत मोहम्मद असाफले बताएका छन् । ‘यो कायरतापूर्ण आक्रमणकारी काम हो,’ सिन्ध प्रान्तका मन्त्री वकार मेहदीले भने । कराँची सिन्ध प्रान्तको राजधानी हो ।

बेनजिरको सन् २००७ को डिसेम्बर २७ मा रावलपिन्डी सहरमा अयोजित चुनावी सभालाई सम्वोधन गरी र्फकदै गर्दा आतंकवादीद्वारा गराइएको आत्मघाती आक्रमणमा परी मृत्यु भएको थियो । बेनजिर हत्याकाण्डको अनुसन्धान संयुक्त राष्ट्रसंघले गर्ने निर्णय गरिएका बेला भएको उनको अंगरक्षकको हत्यालाई रहस्यपूर्ण मानिएको छ ।

June 27, 2008

प्रधानमन्त्री कोइरालाद्वारा राजीनामा

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिनुभएको छ । १२ असारको संविधानसभा बैठकमा उहांले राजीनामा घोषणा गर्नुभएको हो । भावुक रुपमा प्रस्तुत हुनुभएका उहांले मुलुक अनिर्णयको बन्दी बनिरहेको बताउनुभयो । उहांले भन्नुभयो,’ मैंले अन्यौल महशुश गरिरहेको छु । मुलुक अनिर्णयको बन्दी बनिरहेको छ ।’ अनिर्णयको बन्दीले गोरेटो पहिल्याउन नसकिएको उहांको भनाई थियो । मुलुक जंगलमा हराएको मानिसजस्तै भइरहेको विश्लेषण गर्नुभयो । उहांले भन्नुभयो,’बाटो पहिल्याएको छैन । मुलुकसामु अवसर र चुनौती दुवै छ ।’

भागवण्डाको राजनीतिले सहमति र सहकार्यमा दरार पैदा भएको बताउनुभयो । आफू माइनस माइनस भएरैपनि राष्ट्र हितका लागि सहकार्यमा जोड दिइरहने बताउनुभयो । उहांको स्पष्ट संकेत माओवादीको पछिल्लो व्यवहारप्रति थियो । सहकार्यबाट राजतन्त्र अन्त भएको बताउनुभयो  । उहांले भन्नुभयो,’राजालाई नारायणहिटी छोड्न वाध्य बनाएका छौं ।’

प्रधानमन्त्रीको लिखित वक्तव्य शान्ति तथा पुनःनिर्माणमन्त्री रामचन्द्र पौडेलले पढेर सुनाएका थिए । संविधानसभामा संविधान संशोधनको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा मधेशी सभासदहरुले रोष्टम घेरेका थिए । मधेशी जनअधिकार फोरम, तमलोपा, सदभावना पार्टीलगायतले विगतमा मधेशको मुद्या सम्बोधन गर्न भएको सहमति कार्यान्वयनका लागि संविधान संशोधनको प्रस्ताव नआएसम्म संविधान संशोधन हुन नदिने भन्दै रोष्टम घेरेका हुन् । बैठक केही समयका लागि स्थगित भएको छ ।

May 30, 2008

अन्तराष्ट्रिय समुदायद्वारा गणतन्त्र घोषणाको स्वागत

अन्तराष्ट्रिय समुदायले गणतन्त्र कार्यान्वयनको घोषणालाई स्वागत गर्दै वक्तव्य निकाल्ने क्रम जारी रहेको छ । आज संयुक्त राज्य अमेरिका र भारतले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेकोमा नेपाललाई वधाइ दिँदै गणतन्त्र घोषणाको स्वागत गरेका छन् ।

नेपालस्थित भारतीय राजदुतावासले वक्तव्य प्रकाशित गर्दै जनताले आफ्नो मतबाट नयां युगको प्रारम्भ गरेको भन्दै गणतन्त्र घोषणाको स्वागत गरेको छ । दूतावासले परिवर्तन नेपालको दिगो शान्ति र समृद्धिका लागि नयां आयाम बन्ने अपेक्षा गरेको वक्तव्यमा उल्लेख गरेको छ ।

त्यसैगरी, अमेरिकाले गणतन्त्र घोषणा नेपाली जनताको चाहना बमोजिम भएको भन्दै स्वागत गरेको छ । अमेरिकी राजदूतावासले प्रेस विज्ञप्तिमार्फत गणतन्त्रको घोषणा नेपालको लोकतन्त्रको विकासमा उत्साहजनक कोशेढुङ्गा भएको उल्लेख गरेको छ । दूतावासले नेपाली जनतालाई बधाई समेत दिएको छ ।

यसैगरी संयुक्त राष्ट्रसंघले हिजो राती नै गणतन्त्र घोषणाको स्वागत गरिसकेको छ । महासचिव वाङ कि मुनले विज्ञप्तिमार्फत नेपाली जनताको मतबाट प्रकट भएको राजनीतिक प्रणालीको स्वागत गर्दै नेपाली जनतालाई बधाई दिनुभएको थियो ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com