December 16, 2007

समयका झलकहरु

Filed under: विर्घा

विर्घाको केन्द्र कट्टी । अहिले हिंउदका कारण गांउमा हरीयाली घटेको छ ।

वुटवलवाट आएको वस विर्घाको कट्टीमा रोकिदै । विर्घामा पोखरा र वुटवलवाट नियमित वस आउछन ।

श्रीकृष्ण गन्डकी मिर्मीको जलासयमा डुंगा सयर हुदै । कालीगन्डकी परियोजनाका कारण पानी जम्म हुदा गुल्मी, पर्वत र स्याङजामा डुंगा यातायातको साधन वनेको छ ।

विर्घाको प्रवेश मार्ग गल्याङ वजार । टाढावाट लिइएकाले गल्याङको दृष्य धमिलो आएको छ ।

विर्घाको मित गांउ भन्न सुहाउने गल्याङ पारीको रमणीय असेर्दी गांउको दृष्य । वसको छतवाट लिइएको यो तस्विरमा असेर्दीको ओल्लो छेउ र कालीगन्डकी नदीमात्र देखिन्छ ।

स्याङजा र पाल्पालाइ जोड्ने राम्दीको पुल । पुष्ठमुमीमा सुख्खा डांडाहरु ।

पाल्पाको आर्य भन्ज्याङ आउदै गर्दा देखिएको माछापुच्छ्रे हिमाल र सिद्धार्थ राजमार्ग ।

December 2, 2007

गुगलमा विर्घा

Filed under: विर्घा

लामो समयपछि गांउको फोटो तपाइहरुसंमक्ष पस्किन पाउदा आनन्द लागि रहेको छ । यो फोटो मेरो पौरख होइन नेटमा सर्च गर्दै जांदा गुगल अर्थवाट मिलेको हो यो फोटो । गुगलले स्याटेलाइटवाट हाम्रो गांउ विर्घालाइ कैद गरेको दुष्य देख्दा मलाइ लाग्नु मजा लागेको छ । अव विश्व सानो घेरामा आएको छ । कम्प्युटरमा विश्व पाउन सकिन्छ भन्ने कुरामा वेला वखत शन्देह लागेपनि कहिलेकांही हो जस्तो लाग्छ ।

हेर्नुस्त विर्घाको निरांसिल,खहरे र दार्सिङ गौडा सजिलै देख्ने गरी फोटो आएको छ । खेतवारी अली उजाड र करंखेतका केही खेतमा गहं’ देखिएकाले फोटो मंसिर महिनामै लिइएको ठम्याउन मुसि्कल पर्दैन । देश विदेशमा रहनु भएका तपाइ तमाम विर्घेली र विर्घालाइ मांया राख्ने सवैलाइ संझदै यो फोटो राखेको छु ।

 तस्विरमा रहेका अन्य दृष्यहरु विर्घा र यसका छिमेकी गाविसका हुन । यी अन्य फोटाहरुमा मित्रहरुको सदासयता लुकेको छ । विना उंहाहरुको मांया यी फोटा यो व्लगमा आउथे भन्ने कुरामा मलाइ शंका छ । यतिवेला गांउ उजाड वनेको छ । शारदीय चिसोले आफ्नो राज जमाएको छ ।

खेतवारीहरु पानीको असुविधाले हरिया छैनन । अधिकांश पहाडको दशा यस्तै त हो नी । हरिया डांडाहरु अव खैरा डांडामा परिणत भएका छन । पहाडहरु तीन प्रकारका हुन्छन । हरिया पहाड, निला पहाड र काला पहाड । विर्घाका वरिपरी रहेर यो गांउलाइ उपत्यका वनाउन वल पुर्याएका लसर्घा डांडा, हिले, वासडांडा अव हरिया रहेनन । पातहरु खसेकाले रुखहरु काला देखिदै गएका छन ।चाडहरु हराएकाले गांउमा युवाहरु कमै भेटिन्छन । विदेशिनेहरुको लर्को वढेको छ । काठमाण्डौ, वुटवल, पोखरा होसा या वम्वै कलकत्ता, दिल्ली र दुवइ नै किन नहोस युवा विहिन वनेको छ गांउ । गांउ र मेरो एकसाथ संझना तपाइ सवै लाइ ।

October 28, 2007

लाइव्रेरीमा हाजिरी जवाफ सम्पन्न

Filed under: विर्घा

दशैको पन्ध्र दिन लामो वसाइपछि म काठमाण्डौ फर्केको छु । दशैको अवसरमा राजधानी वाहिर रहनु परेकाले नियमित व्लग अपडेट हुन नसकेकोमा खिन्न हुदै कमेन्ट वक्स खोलेको त तपाइहरुको मायाले म छक्क परेको छु । दशै रमाइलो रह्यो । यो पटक पुर्वी तराइ वाहेक मुलुक शान्त रहेकाले सवै नेपालीले खुशी पुर्वक दशै मनाए । म पनि दशैको अवसर पारेर असोज २६ गते माइक्रोवस चढेर विर्घा पुगे ।

यसपटक दशैको अवसर पारेर गर्ने केही औपचभारिक कार्यक्रमहरु थिए । भेटघाट र घुमघाम त छदै थियो । मनसुन पछि सम्म रहेकाले मिर्मीवाट वस पाउने झिनो संभावनाका बिच हामीले कुलाको वांध वाट हिडेरै घर पुग्यौ । मेरो यात्रामा विररघेलीहरु म्ााधव, अर्जुन, अनिल तथा सुधन साथी थिए ।

 वाटोवाट चक्रुदाइ पनि थपिए । जे होस रमाइलै पुगियो घर । मेरो स्वास्थ्य खराव रहेकाले पुर्व निर्धारित कार्यक्रम अनुसार ट्रेकिङमा जान पाइएन । तैपनि घर जान पांउदा मन फुरुङग थियो । दशैमा यसपटक धेरै गांउलेहरु भित्रिएका रहेछन ।

२७ गते हल्बा झरी पर्यो दिन त्यसै वित्यो । २८ गते लाइव्रेरीको मिटिङ थियो, त्यसमै भुलियो । २९ गते अशोक, म, दयाराम, दीलीप, अनिल, धर्म, गणेश, केशव भएर माइक लिन पुगियो खहरे । खहरेवाट माइकिङ गर्दै आइयो लाइव्रेरी ।

३० गते वुधवार गावीसको प्राङगणमा हाजिरी जवाफ गरियो । गल्याङ पश्चिमवाट आएका विभिन्न मावीहरु मध्ये श्री भवानी मावी वैघा प्रथम भएर पुरस्कार हात पार्यो, श्री जनता मावी विर्घा दोश्रो भयो भने विरेन्द्रमावी जैपते तेश्र्रो भयो ।

कार्यक्रममा स्थानीय हिमलाल पान्डे, दुर्गा पान्डे, नारायण पान्डेले ठुलो सहयोग गर्नु भयो भने । भाइ रमेश, अशोक र भान्जा दिलिपवाट ठुलो प्राविधिक सहयोग मिल्यो । गांउलेहरुको उल्लेख्य उपस्थितिले कार्यक्रमलाइ रोचक वनाएको थियो ।

 विभिन्न १० राउन्डमा सोधिएका प्रश्नहरुपछि अडीयन्सकालागि ३ वटा प्रश्न सोधिएको थियो । प्रत्येक प्रश्नको डायरी, कलम र क्याटवरी दर्शकलाइ पुरस्कार दिइएको थियो ।

कुलाको वांधमा पिकनिकको रमाइलो

Filed under: विर्घा

मैत्रीपुर्ण भलिवल प्रतियोगितामा विजयी टिमका तर्फवाट आयोजना गरिएको पिकनिक कार्यक्रम कार्तिक ७ गते कुलाको वांधमा सम्पन्न भयो । करिव ७५ जना सहभागी रहेको उक्त पिकनिकमा सांसद शंकर पान्डेका अलावा भलीवल खेलमा संलग्न आयोजक, खेलाडी र प्रशंसकको उपस्थिति रहेको थियो ।

विहान १० वजेवाट शुरु भएको पिकनिक अपरान्ह पांचवजे सकिएको थियो । पाहुनाका रुपमा वलाम जैपतजे वाट रामप्रसाद न्यौपाने र सुन्दर न्यौपाने सहभागी रहेका थिए । पिकनिक स्पटमा नंया पुराना खेलाडीले रमाइलो गरेका थिए । दुर्गा पान्डे, भुमा पान्डे, राम पान्डे, जलेश्वर पान्डे, कोशल पान्डे, दिवाकर पान्डे, नविन पान्डे, इन्द्रदेव पान्डे लगायतको उपस्थितिले कार्यक्रलाइ थप रोचक वनाएको थियो ।

खिमानन्द पान्डे, सुन्दर पान्डे र नविन पान्डेको गीत संगीतले कुलाको वांध र यंगुदी वरिपरिको वातावरण रमाइलो भएको थियो ।

 

पिकनिक पछि कट्टीका सहभागीहरु वुटवलको वसको छतमा वसेर गीत गाउंदै फर्केका थिए । का्यक्रम दशैको अवसरको पुनर्मिलन वन्न पुगेको थियो ।

कट्टीमा मैत्रीपूर्ण भलिवल सम्पन्न

Filed under: विर्घा

विर्घा कट्टीका पुराना र नंया पुस्ताबिच मित्रता वढाउने उद्देस्यले कट्टी स्कुल प्राङगणमा भलिवल प्रतियोगिता भयो । अष्टमी र नवमी दुइदिन गरेर सम्पन्न प्रतियोगितामा राम पान्डेले नेतृत्व गरेको लालिगुरांस टिम, वालकृष्ण रानाले नेतृत्व गरेको जनता टिम, सुमन पान्डेले नेतृत्व गरेको फुलमाया टिम, शुरेश पान्डेले नेतृत्व गरेको लोकतान्तित्र टिम, इन्द्रदेव पान्डेले नेतृत्व गरेको गन्डकी टिम र गौतम टिम गरेर ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

ज्यादै प्रतिस्पर्धात्मक खेलमा फुलमांया टिकमा तर्फवाट सुमन पान्डेका अलावा, रेशम परियार, कुलवाहादुर परियार, विष्णु खराल लगायतले खेलेका थिए । यसैगरी गन्डकी टिक तर्फ इन्द्रदेव पान्डेका अलावा, चक्रपाणी पान्डे, अर्जुन पान्डे, कृष्ण पान्डे र रमेश पान्डेले खेलेका थिए । विजयी जनता टिम तर्फ वालकृष्ण रानाका अलावा सुर्य पान्डे, झविन्द्र पान्डे, माधव पान्डे, शेषकान्त पान्डे, वलराम पान्डेले खेलेका थिए ।

लाली गुरांस टिममा पाका खेलाडीहरु राम पान्डे, गुरुदत्त पान्डे, चिन्तामणी पान्डे, सुमन पान्डे, चोलाकान्त पान्डे लगायतले खेलेका थिए । यसैगरी गौतम टिममा दमाइगांउको टिम सहभागी थियो । लोकतान्त्रिक टिममा सुरेश पान्डेका अलावा दिलिप पान्डे, अशोक पान्डे लगायतले खेलेका थिए ।

३ सय रुपिया इन्ट्री फि लिइएको खेलमा प्रथम हुने जनता टिमलाइ रु २६६० को वोका पुरस्कार दिइएको थियो । प्रत्येक खेलमा म्यान अफ द म्याचको व्यवस्था र म्यान अफ द म्याचलाइ आकर्शक नगद पुरस्कार दिइएको थियो । म्यान अफ द म्याचको पुरस्कार वलराम पान्डे, चिन्तामणी पान्डे, राम पान्डे, माधव पान्डे् र कृष्ण पान्डेले जितेका थिए ।

विजयी खेलाडीलाइ जलेश्वर पान्डेले पुरस्कार वितरण गर्नु भएका थियो । यसै खेलको खुशियालीमा त्रयोदशीका दिन कुलाको वांधमा पिकनिकको पनि आयोजना गरिएको थियो ।

दशै रमाइलो रह्यो

Filed under: विर्घा

यसपटकको दशै सकिएको छ । दशै रमाइलो गरेर वित्यो । करिव १३ दिनको विर्घा वसाइका हर क्षण मेमोरेवल रहे । केही औपचारिक कार्यक्रम केही अनौपचारिक भेटघाटका बिच दशै विदा भयो । कार्तिक ४ गते दशैका दिन विहान ११ वजेको साइतमा टिका थापियो दिनभरी मान्यजनका घरघरमा गएर टिका लगाउनुको आनन्द त वेग्लै । मौला गएर सपरिवार सामुहिक टिका लगाएपछि सवैजना मान्यवरका घरमा हिड्ने हाम्रो पारिवारिक चलन छ । परिवारमा सवैभन्दा वृद्ध ठुलिआमा रहनुभएकाले पनि मौला टिका थाप्न जाने हाम्रो परम्परा विकसित भएको हो ।

दशैका रोचक पक्षहरु अनेक छन । पुर्ण साकाहारी भएकाले दशै खानपीनका दृष्टीले अप्ठेरो हुन्छ मलाइ । मांशाहारीको चहलपहलका बिच शाकाहारीको दशै शुनसानै हुदो रहेछ । तैपनी भेटघाट घुमफिरका बिच दशै रमाइलो हुन्छ । क्षेत्रपालमा पुजा लगाउदा हुने रमाइलो घटेर गएको छैन ।

वोका वली दिनेदेखि वन्दुक पड्काउनेसम्मक क्रियाकलापले सप्तमीको दिन रमाइलो गराउछ । अष्टमी तास खेलाइमै वित्छ । यसपटक त नवमी पनि थपियो तास खेलाइका लागि । दशैमा राकस्दी खोलामा लाइन लागेर नुहाउनुको मजै वेग्लै ।

अपरान्ह टिका लगाएर समुहमा मान्यजनका साथ टिका थाप्न जानुको रमाइलो र आशीस लिनुको आनन्द छदैछ । टिका लगाउदा म अक्सर खराल तिलचन वाजे, मौले हजुरवा र हिमलाला वासंग वढि खुसी हुन्थे त्यो परम्परा यद्यपि छ । उंहाहरुले मन्त्र फलाकेर दिने आशिसको मजै वेग्लै । यसपटक धेरै साथीहरु भित्रिएका रहेछन । यद्यपि अन्य हावादारी युवकहरुमा भन्दा मेरो आकर्शण प्यारा मित्र तथा भाइहरु टुप्पी शुरेश र रुकुम सोल्टी विजयमा छ । अध्ययन्का कारण उनीहरु यसपटक उपस्थित नभएकोमा अलि खल्लो भने लाग्यो ।

यसपटक हाजिरि जवाफ, भलिवल प्रतियोगीता, पिकनिक तथा पाल्पा भ्रमण र काठमाण्डौ फर्कने क्रममा भाइ रमेश संग आलम, रानीघाट, छेर्लुङ, अर्गली तथा रिडी हुदै फर्कदाको मजै वेग्ले थियो । यस भ्रमणका वारेमा केही लेखुला भनेको छु । फोटोहरु सवै रेडी छन । केही दिनमै यसवारे लेखुला भन्ने सोच्दैछु ।

 

दशैमा जुठो सुतक परेर थुनिने अप्ठेरो यसपटक भोगिएन । तास खेल सामान्य रह्यो न हार, न जितको अवस्था । तपाइहरुको दशैपनि रमाइलो रह्यो होला भन्ने अपेक्षा गर्दै प्रतिक्रियाको अपेक्षा गरेको छु ।

October 5, 2007

मौलाको पीपल ढलेछ

Filed under: विर्घा

देउरालीको वरै ढलेछ,

चौतारीको पीपल ढलेछ,

वाटो हिड्ने वटुवाको सितल ढलेछ……

१८ असोज, काठमाण्डौ । क्षेत्रप्रताप अधिकारीले लेखेको यो गीत सिशिर योगीले त्यसै गाएका रहेनछन । यसमा राम्रो दम रहेछ भन्ने ज्ञान मलाइ यतिवेला फिरेको छ । स्वभावैले पहाडको मेरो आकर्षण रहनुमा सुदुर गांउ विर्घाको ठुलो हात छ । समयक्रमले विर्घा विरानो भएपनि त्यहांका स्मर्णहरु कहिल्यै धुमिल हुदा रहेनछन । स्याङजा सदरमुकामवाट अलि परै रहेको विर्घा कालिगन्डकी जलविद्युत परियोजनासंगै पुगेको मोटर सुविधाले सुगम भएको छ ।

शैक्षिक दृष्टीले अव्वल रहेको विर्घा मेरो मिठो विगत हो । भविष्यको त कस्लाइ के थाहा । मेरो जीवनको लामो कालखन्ड विर्घा त्यसमाथिपनि मौलामा वितेको छ । मौला भन्ने वित्तिकै पिपल त कस्ले विर्सेला र । मौलाको पिपल त्यो भेकको परिचय थियो । हामी दैलामारा खेलेर वस्ने देखि सांझका रहिसहरुले आराम गर्ने थलो थियो त्यो । प्रत्येक दशैको पिङ मौला चौपारीमा हुन्थ्यो । त्यस भेकका साना तिना मिटिङ मौला चौपारीमै हुन्थे । मेरो वाल्यकाल यही चैपारीको लुकामारीमा वितेकोले होला यसप्रति मेरो वहुतै आकर्षण थियो ।

यति लामो भुमिकावाट तपाइले कुरो थाहा नपाउनु भएको भए । यता अगाडी वढौ । अस्तिको भिषण पानीपछि पहिरो जांदा मौलाको पीपल ढलेछ । यो खवर सुनेदेखि नै विगतले मलाइ घोच्यो । मौलाको पीपल ढलेपछि मौलाको अस्तित्व अव के नै पो रह्यो र । म पछिल्लो पटक विर्घा जांदा रुकुम सोल्टीले पाइप तानेको शुरमा यसै चौपारीका आड लागेर भनेको थियो । दाइ अनि मलाइ ….उस्ले छोडी । उसको उदासीमा पाइप तानेर मैलेपनि साथ दिएको थिए । सुरेश जसलाइ म मांया गरेर डढे भन्थे उनीसंगका वाल्यकालका स्मृतिमा त हरेकपटक मौलाको चौपारी नै जोडिन्छ । कतिलाइ छहारी कतिलाइ सुहारी ल्याइदिएको त्यो चौपारीको संझनामा ।

तस्विरमा देखिएको चौपारी नै मोला चौपारी हो । र अगाडी देखिएको घर मेरो वाल्यकाल वितेको घर हो । समयक्रमले यो घर अहिले खाली छ । अहिले त मुसाले पनि गुड छोडे होलान । सुन्छु मेरो घरको आगंनमा गांउ भरीका कुकुर भेला भएर हल्ला गर्छन रे । कमसेकम भैरवको त समिप पाएको रैछ घरले । यस्तै भनेर चित्त वुझउदै छु । दशैको अवसर पारेर म यही २५ गते विर्घा जादैछु । संभवत ३० गतेसम्म पुग्छु होला । विभिन्न ठांउ घुम्दै जाने भएकाले टाइम लाग्छ । ३० गते मातृमूमी पुस्तकालयमा जिल्लाभरका विद्यालयस्तरिय कार्यक्रम छ । यसमा मेरो जिम्मेवारी पनि छ । मलाइ यसपटकको वसाइमा त्यती मजा आउला जस्तो छैन । मनले खामेका साथीहरु कोही कता कोही कता छन । अझ भएका साथीहरु भुल्ने ठांउ चौपारी पनि नरहेपछि त के मजा आउलार ख्वै । यो संझना त्यही मौला र चौपारीलाइ । यो फोटो गएको हिंउदमा लिइएको थियो । अव पीपल ढलेपछि यस्तो दृष्य फेरी लिने मेरो धोको अधुरै रहेको छ ।

August 26, 2007

जीवनको गोरेटोमा

Filed under: विर्घा

९ भदौ, काठमाण्डौ । मान्छेलाइ उसको विगत प्यारो लाग्छ रे । विगतको जगमा टेकर भविश्यको यात्रा गर्नेहरु सफल पनि भएका छन । हिड्दै पाइला मेट्दै गर्नेहरु इतिहासका गर्तमा विलाएका छन । विगत प्यारो लाग्नेहरुमात्र भविष्यमा प्रीय ठरिन्छन भनेर कुनै सज्जनले भनेका पनि छन । मलाइ पहाडहरुले आकर्शित गर्नुका पछाडी तिनै विद्धानको थियरीले काम गरेको पो हो की कहिले कांही यस्तै लाग्छ ।

खैर । मलाइ यति वेला तपाइहरुका सामु मेरो विगत वाड्न मन लागेको छ । मैले पढ्ने स्कुलमा त्यो वेला युनिफर्म थिएन । आफुलाइ मन लागेको ड्रेस लगाएर हामी स्कुल जान्थ्यौ । खुट्टामा चप्पल लगाउनेहरु की त सर हुन्थे की त जिल्लावाट आएका जिशिकाका हाकीम । हामी विद्यार्थीहरुमा  केटीहरुको पछ्यौरा र केटाहरुको शिरमा टोपी अफिसियल ड्रेस जस्तै थियो । धुलो र हामी विच कमै मात्र भेद थियो । यसैविच मैले पढेको सोही स्कुलमा मलाइ पढाएका तिनै सरहरु र मेरो पछिल्ला विद्यार्थी सहपाठीहरुको फोटो मेरो स्कुललाइ पृष्ठभुमिमा पारेर खिचिएको रहेछ । एउटा विकासे सस्थाको साइटमा फेला पारे धेरै वेर फोटो हेरर टोलाए । अनि फटाफट कपी र पेष्ट गरे । तपाइलाइ पनि तपाइका विगतहरुले रोमान्चित तुल्याओस  भन्ने कामना गर्दै ।

रानीघाट दरवार र काली गण्डकी

Filed under: विर्घा

तस्विर आफै वोल्छ

Filed under: विर्घा

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com