October 7, 2009

विर्घा कट्टीमा एकैसाथ दुइ मन्दिर वन्ने

विर्घा ६ मरेगंदा र विर्घा ५ कट्टी पिपलको वोटमा मन्दिर निर्माण हुने भएको छ । स्थानीय वासिन्दाको सक्रियतामा वन्न लागेका ती मन्दिरहरु आगामी वर्ष भित्रै निमार्ण सम्पन्न हुने वताइएको छ । गएको दशैको पर्सीपल्ट अर्थात असोज १४ गते द्धादसी तिथिको अवसर पारेर कट्टीमा निमार्ण हुने शिवालय मन्दिरको जग हाल्नेकाम सम्पन्न भएको छ ।

कट्टी निवासी रामप्रसाद पान्डेले विगतमा वुढो पिपल रहेको स्थानमा निशुल्क रुपमा उपलव्ध गराएको जग्गामा निर्माण हुने उक्त शिवालयका लागि हाल सम्म ५ लाख नगदै सहयोग संकलन भएको छ । मन्दिर निमार्णका लागि इन्द्रदेव पान्डे मौलावाट रु १ लाख नगदतिलचन खरालवाट रु १ लाख नगद सहयोग भएको छ । यसैगरी रामप्रसाद पान्डेवाट रु २५ हजार, उमेश पान्डे भुष्टुंगवाट रु २५ हजार, देवी पान्डेवाट रु २० हजार, फर्सुराम पान्डेवाट रु १५ हजारचक्रपाणि पान्डेवाट रु १५ हजार, गोविन्द प्रसाद पान्डे कट्टीवाट रु १५ हजार, कोशल राज पान्डे कट्टीवाट रु ५ हजार, टोकराज पान्डे मौला वाट रु ५ हजार, हिमलाल पान्डे मरेगंदावाट रु ५ हजार, केशवराज पान्डे मरेगंदावाट रु ५ हजार, यज्ञमूर्ति पान्डे मौलावट रु ५ हजार, गुरुदत्त पान्डेवाट रु १५ हजार, वलराम पान्डेवाट रु १५ हजार, ज्ञानप्रसाद पान्डेवाट रु ५ हजार लगायतको नगद सहयोग प्राप्त भएको छ ।

भारतको वम्वै निवासी कट्टी फेदीका यमप्रसाद पान्डेवाट रु १ लाख सहयोगको आश्वासन भएको आयोजकले वताएका छन । मन्दिर निमार्णका लागि वलराम पान्डे अध्यक्ष र सम्पुर्ण हिसाव राख्ने जिम्मा स्थानीय शिक्षक थिरलाल पान्डेलाइ दिइएको छ । अन्य स्थानीयवासी पदेन सदस्य रहेका छन ।
मन्दिरको शिलान्यास समारोहमा करिव सय जनाको उपस्थिति रहेको थियो । उक्त मन्दिर निमार्णका लागि आवस्यक परे उक्तिनै चन्दा सहयोग गर्ने दाताहरुले वताएका छन । विगत धेरै वर्ष अगाडी देखि कुरा चलेपनि मन्दिरको औपचारिक निमार्ण आरम्भ भइ घडेरी सम्याउने र जग पुर्नेकाम शुरु भएपछि वल्ल मन्दिर निमार्ण हुनेमा स्थानीय भक्तजन ढुक्क देखिन्छन ।

यसैगरी ४३ घर मरेंगदालीहरुले छुट्टै दुर्गा भवानीको मन्दिर निमार्ण गर्ने निर्णय गरेका छन । उक्त मन्दिर निमार्णका लागि स्थान निश्चित गर्न वांकी रहेपनि मरेगंदाको पायक पर्ने ठांउमा वनाइने आयोजकले वताएका छन ।  मरेंगदा भरीवाट रोजगारीमा संलग्न प्रत्येक पुरुष सदस्यले एक महिनाको तलव वरावर सहयोग गरेर मन्दिर निमार्ण गरिने निर्णय मरेगंदामा सम्पन्न सम्पूर्ण मरेंगदाली भेलाले गरेको छ । आगामी दशैसम्म मन्दिर निमार्ण गरिसकिने गरी काम गरिने वताइएको छ ।

उत्त मन्दिर निमार्णकालागि  सल्लाहकारमा धु्रवलाल पान्डे र जलेश्वर पान्डे रहनु भएको छ । यसैगरी मन्दिर निमार्ण समितिको अध्यक्षमा अर्जुन पान्डे, सचिवमा रमेश पान्डे, कोषाध्यक्षमा विष्णु पान्डे र सदस्यहरुमा दिपक पान्डे, मधु पान्डे, प्रमोद पान्डे तथा दिपक पान्डे वान्द्रेडांडा रहनु भएको छ । कुल ४३ घर मरेंगदालीहरुम ६२ जना पुरुष रोजगारीमा संलग्न रहेको र प्रत्येकले आफर्नो एक महिना वरावरको तलव सहयोग गर्ने सर्वसम्मत सहमति भएको वताइएको छ ।

 

शिवालय मन्दिरको शिलान्यास कार्यक्रममा पुजाआचा गरिदै ।


मन्दिर निमार्णमा सहभागी कट्टीका स्थानीय वासिन्दा ।


चन्दा दाताहरुको नाम सार्वजनिक गरिदै ।

मन्दिर निर्माण वारे प्रतिवद्धता व्यक्त गर्दै समितिका अध्यक्ष वलराम पान्डे ।

जग खन्दै स्थानीय वासिन्दा ।

October 5, 2009

विर्घामा शुलभ मुल्यको शहकारी पसल खुल्यो


विर्घा ६ कट्टी स्थित वलराम पान्डेको घरमा विर्घा सहकारीद्धारा संचालित शुलभ मुल्यको किराना पसल संचालनमा आएको छ । नेपाल सरकारको रु एक लाख अनुदान र स्थानीय ३७ जना शेयर सदस्यको अगुवाइमासंचालित उक्त पसलमा चिनी, तेल, दाल, सावुन, मिठाइ, आलु , चामल लगायतका किराना सामानहरु सुलभ मुल्यमा विक्रि गरिएको पसलमा क्रियाशिल स्थानीय गणेश पान्डेले वताए ।

 उक्त पसलमा रु ६० मा चिनी विक्री भइरहेको छ भने अन्य पसलहरुमा चिनी किलोको ६८ मा विक्री गरिदै आइएको थियो । सरकारले प्रत्येक गाविसमा सहकारी पसल संचालनमा ल्याउने घोषणसंगै शुरु भएको उक्त पसलको संचालक अध्यक्षमा वलराम पान्डे, सदस्यहरुमा थिरलाल पान्डे, भुवन शंकर पान्डे, फर्सुराम पान्डे, राम प्रसाद पान्डे लगायत रहनु भएको छ । पसल संचालनमा गणेश पान्डे, विष्ना पान्डे, विष्णु पान्डे लगायत क्रियाशिल रहेका छन ।
उक्त पसल संचालन पछि पंहादी, चेहेमी, लुम्पेक, खहरे, लसर्घा, वारिचौर, सटुका, कोटाकोट लगायतका स्थानवाट मानिसहरु किनमेल गर्न आइरहेका छन । उक्त पसल र शहकारी एकै साथ संचालनमा आएको छ । सहकारी पसल संचालनपछि स्थानीय व्यापारिको एकाधिकार अन्त्य भइ गुणस्तरीय सामान उपभोत्ताले शुपथ मुल्यमा पाइरहेका छन । दशैको अवसर पारेर उक्त शहकारीले साधारण शेयर सदस्य थपेको छ ।

असोजका मध्य दिनमा विर्घा र छिमेक


असोजको मध्यताका आलमदेवी भन्दा करिव २ सय मिटर पर लसर्घावाट लिइएको विर्घाको तस्विर ।


आलमवाट देखिएको पाल्पाको छेर्लुगं र स्यागंजाको कारिकोट ।


पहिरो सहितको विर्घा ।

गुठी भन्ज्यागंवाट देखिएको वलाम वेल्टारी, दर्पक र पाल्पाको गुंवा ।

September 8, 2009

यस्तै छ साथी विर्घाको हाल

भदौको दोश्रो हप्तामा देखिएको विर्घालाइ मैले आफ्नो क्यामेरामा कैद गरेको थिए । भदौ २० देखि २२ गतेसम्म विर्घामा रहदाका चित्ता कर्षक तस्वीर तपाइलाइ देखाउने लालसाले हरघडी मैले आफ्नो पुन्टे क्यामेरालाइ फुर्सद नदिएर क्लिकक्लिक गराइ रहेको थिए ।

यसवर्ष मनषुन ढिलो शुरु भएको र दशै छिटो शुरु भएकाले दशै आइपुग्नै लाग्दापनि विर्घा मध्यवर्षामा  रहेको छ । यद्यपि सोर्ह श्राद्ध शुरु भएको छ । गांउमा केश मुन्डन गरेकाहरु धेरै देखिन्छन । पन्डीतजीहरु असारे व्यस्ततामा छन । मकै पाकेका छन । थन्क्याउने चटारो गांउलेमा छ । यस्तै यस्तै दृष्यहरु जुन मेरो क्यामेराले फेला पारेको छ । उत्कृष्ट तस्वीरहरु तंपाइलाइ ।

भन्ज्यागंको पहिरो : यतिवेला पहिरो जोडले गइरहेको छ । भन्ज्यागंको पहिरोको पृष्ठभूमिमा पाल्पाको फांट, स्यागंजाको गुरुंगदी वास्टारी , मालुंगा, वलाम वेल्टारी, पाल्पाको गेजा, गुंवा र दर्पक ।

पहिरोको अवलोकन पछि थकाइमार्दै स्थानीय जनता प्रावीका शिक्षक दिपक पान्डे ।

गहलामवाट लिइएको विर्घाको तस्वीर । पृष्ठभूमिमा कुलुम, पराशक्ती टोल, वनकसी, पुच्छार, खहरे, गोकुंर्गा र आलमदेवी ।

कुहिरो भित्र स्कुल छः झरी परेकोले अध्यारो देखिएको जमावी अर्चले । पृष्ठभूमिमा कुहिरो । म फर्कने क्रममा विहान ६ वजे चिफलडांडावाट यो  तस्वीर लिइएको हो । झरीले वाटो विगारेपछि पैदलै मिर्मीसम्म म आएको थिंए । घामलाग्दा भने फाट्ट फुट्ट जिप चल्छन ।

वादलुको घुम्टोले आलमदेवी छोपिदाः मौलावाट लिइएको यो तस्वीरमा वादलुको घुम्टोले आलमदेवी छोपेको देखिन्छ ।

हरिउं तत्सत तत्सतः सोर्ह श्राद्धको चटारोमा गांउकै ख्याति प्राप्त  पन्डीत रामप्रसाद चप्पल परै राखेर चिया पिउदै । यतिवेला पन्डीतहरुलाइ भ्याइ नभ्याइ छ ।

May 17, 2009

विर्घाका वुढा र युवाहरु

 


रोमान्टीक गफका धनी मोहनीलाल खराल पुर्व वडाध्यक्ष चोलाकान्त पान्डे अर्थात डल्लु वा

कट्टीका वुढाहरु एक औपचारिक कार्यक्रममा

 


युवाहरु कट्टी प्रावीको चौरमा गफिदै ।

 

May 15, 2009

जीप दुर्घटनामा पन्ध्र जना घाइते

स्याङ्जाको चण्डीभज्याङ्बाट गल्याङ् बजारतर्फ आउंदै गरेको जीप विर्घामा दुर्घटना हुदा १५ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये दुई जनाको  अवस्था गम्भीर रहेको छ ।  
लु १ ज १२६१ नम्बरको महेन्द्रा जीप विर्घा गाविसस्थित कट्टी भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा घाइते हुनेहरुको स्थानय मेडिकलमा उपचार भईरहेको छ । घाइते मध्ये कृष्णप्रसाद वस्याल र गीता पाण्डेको अवस्था गम्भीर छ । चालकको लापरबाहीले दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गल्याङ्ले बताएको छ ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com