स्याङजा -काठमाडौ गणतान्त्रिक मञ्चको दोश्रो जिल्ला भेला भव्यताका साथ सम्पन्न भएको छ । ने.क.पा.(माओवादी) का केन्द्रीय सचिवालय सदस्य देवप्रसाद गुरू·को प्रमुख आतिथ्यता तथा इन्द्रध्वज गुरूङको अध्यक्षतामा सम्पन्न सो भेलामा सम्पूर्ण स्या·जावासीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रमुख अतिथिको रुपमा बोल्दै केन्द्रीय सचिवालय सदस्य देव गुरू·ले नेपाली जनताले दिएको जनादेशलाई कुल्चन देशी विदेशी प्रतिक्रियावादीहरू लागेको बताउँदै मुख्यतः नेपाली कांग्रेस नै सहमति र सहकार्यको बाधक रहेको बताउनुभयो । उहाँले नेपाली जनताले खोजेको जनवादी क्रान्ति सम्पन्न गर्नका लागि अन्तिम लडाई लड्न बाँकी रहेको चर्चा गर्दै अब हुने क्रान्तिमा मध्यमवर्गीय कर्मचारीहरूको मुख्य पृष्ठभूमि भएका स्या·जाली जनताको महत्वपूर्ण र निर्णायक भूमिका रहने चर्चा गर्नुभयो । उहाँले एमालेसूगको सहकार्यलाई जोड दिनुपर्ने कुरा बताउनुभयो ।
अर्का वक्ता अनेमसंघ स्याङजा जिल्ला इञ्चार्ज क. शितलले गत संविधानसभाको निर्वाचनमार्फत स्या·जाली जनताले मुलुकको भाग्य र भविष्यको रेखा कोर्ने थलोमा क्रान्तिकारी प्रतिनिधित्व गर्न नसकेको स्मरण गर्दै अब डटेर स्याङजाली जनता उठ्नुपर्ने बताउनुभयो । अनेमसंघ क्रान्तिकारीका केन्द्रीय महासचिव तथा सभासद अमृता थापाले संविधानसभामार्फत नेपाली जनताले खोजेका संविधान निर्माण गर्नका लागि सहमति र सहकार्यकार्यको राजनीतिलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले सहमति र सहकार्यको वातावरण नविथोल्न नेपाली कांग्रेसलाई चेतावनी दिनुभयो । गणतान्त्रिक मञ्चका इञ्चार्ज पारशमणीले राजतन्त्रको पूर्ण अन्त्य भए पनि सामन्त्वादको अन्त्य नभइसकेकोले साम्राज्यवाद, सामन्तवाद र विस्तारवाद विरुद्धको अबको लडाइमा गणतान्त्रिक मञ्चको अझ आवश्यकता परेको बताउनुभयो । कार्यक्रममा स्या·जा जिल्ला सेक्रेटरी क. तारा भुषाल -विजय), राष्ट्रिय योजना आयोगका सदस्य दिपेन्द्रबहादुर क्षेत्री, सभासदद्धय गोमा पाठक र मोहम्मद सफिक मिया, वाई.सि.एल काठमाण्डौं इञ्चार्ज शिव कोइराला "ज्वाला", गणतान्त्रिक मञ्च तमु राज्य समन्वय समितिको इञ्चार्ज हरिशरण आचार्य, दलित मुक्ति मोर्चाका केन्द्रीय प्रकाशन विभागका सदस्य पदम विश्वकर्मा-विनय), तमु रा. मुक्ति मोर्चाका केन्द्रीय सदस्य आर. वि. तमु, जिल्ला सल्लाहकार खुमति तमु, जिल्ला सचिवालय सदस्य दिपा भुषाल, आदिवासी जनजाति राष्ट्रिय विकास प्रतिष्ठानका उपाध्यक्ष लोकबहादुर थापा, बाबुराम पौडेल लगायतको उपस्थिति रहेको थियो ।
भेलाले वामपन्थी नेता इन्द्रध्वज गुरू·को अध्यक्षतामा ३५ सदस्यीय स्याङजा-काटमाडौं गणतान्त्रिक मञ्चको गठन गरेको छ । जसमा उपाध्यक्षमा खेमनारायण सापकोटा, चन्द्रबहादुर भट्ट र गणेश पंगेनी हुनुहुन्छ भने सचिवमा दयानीधि पौडेल, कोषाध्यक्ष लक्ष्मण खनाल, तथा सहसचिवमा प्रकाश कोइराला हुनुहुन्छ । त्यसैगरी सदस्यहरूमा जनक पौडेल, यादव अधिकारी, खगेन्द्र अधिकारी, लोकनारायण प्रधान, राजेन्द्र क्षेत्री, रमणी डुम्रे, सुन्दर पराजुली, महेन्द्र श्रेष्ठ, बुद्धी डुम्रे, नीम बहादुर गुरू·, तीलबहादुर थापा, टंक पौडेल, चुडामणी भण्डारी, गंगा कोइराला अर्याल), यमुना थापा, देवेन्द्र सुनार, हरगोविन्द पाण्डे, एकनारायण भण्डारी, दीपक भट्ट, भीमबहादुर थापा, गीता निरौला, भुवन अर्याल, जगन्नाथ पाठक, दिपेन्द्र रानामगर, दिक्षा पाण्डे -हिरा), चेतनारायण बस्याल हुनुहुन्छ । त्यसैगरी भेलाले ७ सदस्यीय सल्लाहकार समितिको समेत गठन गरेको छ । जसमा गोपाल क्षेत्री, धनबहादुर खाती, नन्दलाल तिवारी, शालिकराम थापा, सुवास रेग्मी, डा. अशोक पाण्डेय हुनुहुन्छ ।
पद्मकन्या क्याम्पसको डेनिस हलमा आयोजना गरिएको सो कार्यक्रममा सैयौंको उपस्थिति रहेको थियो । इन्द्रध्वज गुरूङको अध्यक्षता गणेश पंगेनीको उद्घोषणमा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई स्या·जा जिल्ला इञ्चार्ज क. शितल तथा गणतान्त्रिक मञ्च नेवा राज्य समिति इञ्चार्ज हरिशरण आचार्यले अविरअर्पण गरी स्वागत तथा बधाइ ज्ञापन गर्नुभएको थियो भने बधाइ मन्तव्य स्याङजा जिल्ला सेक्रेटरी क.विजयले दिनुभएको थियो ।