June 27, 2008

Matribhumi Community Library

Birgha, Syangja District, Central Nepal ,Opened in 1994. Sustaining Project: Telephone service

Birgha is a small farming village in western Nepal, a five-hour walk from the town of Tansen. The village is primarily composed of Brahmins, but has large populations of Magars, Sarkis, and Kamis. Although almost all of the villagers are farmers, Birgha also boasts a large number of people who have become politicians and government officials in Kathmandu. In fact, the original patron of the library, Shankar Raj Panday, was a member of Parliament in Kathmandu.

Within easy walking distance from the library are three elementary schools, a pre-primary school, and a secondary school. Education has always been a primary focus in Birgha. Shortly before the library was built, three students at Tribhuvan University actually used their scholarship money to build the pre-primary school and hire a teacher from the city of Pokhara.

Matribhumi Library was one of three pilot libraries built in the initial phase of READ’s development. The building site was donated by the patron, Shankar Raj Panday, and was his former home. Instead of constructing a new building, READ simply renovated the house, adding a new roof, building bookshelves, tables and benches, and reconfiguring the rooms. Its operations are supported by fees from operating a telephone service.

May 22, 2008

स्याङजाको शेरोफेरो

मिर्मि स्थित कालीगण्डकी प्रोजेक्टको ड्याम ।

कालीगण्डकी का लागि निर्मित ड्यामले गर्दा निर्माण भएको कृतिम ताल ।

लोकलाइजेशनको नमुना बनेको यो बोट जसले हजारौं यात्रीलाई सजिलो पारिदिएको छ।

गाउँलेहरू काली गण्डकी नदीमा बनाइएको ड्यामले कृतिमरूपमा निर्मित तालमा आफैले बनाएको बोटमा यात्रा गर्दै।

सेतीवेनीमा रहेको शालीग्राम

वुटवल नजिकैको तिनाउ खोलाको दृष्य । यंहापनि लघु जलविद्युत परियोजना संचालित छ ।

(तस्विर शौजन्य:डिल्लीराज अर्याल )

April 22, 2008

निर्वाचन पर्यवेक्षणको नौलो अनुभव

ऐतिहासिक संविधानसभा निर्वाचनमा पर्यवेक्षण गरेर मैले नौलो अनुभव सगालेको छु । मैले स्याङजा क्षेत्र नंवर ३ का चार वटा वुथको परयवेक्षण गरेको थिए । मैले पर्यवेक्षण गरेका वुथमा निर्वाचन शान्तीपूर्ण, निश्पक्ष र धांधली रहित भएको थियो । म संगै निर्वाचनको पर्यवेक्षणमा दिलिप पान्डे, अशोक पान्डे, माधव पान्डे, पुरुषोत्तम पान्डे, सुन्दर पान्डे र वलराम पान्डे लगायतले भुमिका निर्वाह गरेका थिए ।

विर्घा कट्टीको मतदान केन्द्रमा पहिलो मतदान गर्दै साथानीय वासी चन्द्रकान्त पान्डे ।

जीवनमै पहिलो पटक हुन लागेका संविधानसभाको निर्वाचनमा मतदान गर्न पंक्तिवद्ध मतदाता ।

जनता मावीको मतदान केन्द्र ।

मतदानको सन्तुष्टिमा एक मतदाता ।

मोहनदाइको विजय र्याली

मेरा गांउले दाइ मोहन पान्डेले ऐतिहासिक संविधानसभाकोे निर्वाचन जितेर हाम्रो सान वढाइ दिएका छन । उनले नेपाली कांग्रेसका तर्फवाट स्याङजा क्षेत्र नम्वर ३ को चुनाव जितेका हुन ।

उनले प्रतिद्धन्दी नेकपा एमालेका मुक्ति पाठक भन्दा १ सय ६२ मत वढि पाएर चुनाव जितेका हुन । ऐतिहासिक स्रविधानसभा निर्वाचनमा पान्डेले करिव १७ हजार मत ल्याएका थिए ।

समग्रमा निर्वाचन रमाइलो रहेको थियो । मोहन पान्डेले चुनाव जितेपछि वैशाख १ गते मेरो गांउ विर्घामा स्वतस्फुर्त रुपमा निस्किको र्याली र वैशाख २ गते मोहन पान्डे विर्घा आइसकेपछिको र्यालीका केही झलकहरु ।

मेरो विद्यालयमा वतासको वितन्डा

मैले क-ख सिकेको विद्यालय चैत २९ गते आएको भिषण हावा हुरी संगै ढलेको छ । हावा हुरीले विद्यालयको जस्ता पाता मात्र नभएर पर्खालपनि ढालेको छ । हामी गांउवासी स्थानीय सहकारी संस्थाको साधारणसभासंगै आयोजना भएको वनभोजमा जाने तयारी गरीरहदा आएको भिषण हुरीले मैले पढेको जनता प्राथमिक विद्यालय कट्टी चौकलाइ ध्वस्त पारेको हो ।

विद्यालयको भग्न अवस्था हेर्दै गर्दा मेरो वालापन विद्यालयका सुरुका दिनहरु झल्झली याद आए । मैले विद्यालय पढ्दै गर्दा खिचिएको सानो फोटो यसै साथ संलग्न गरेको छु ।

 साथमा मैले माध्यमिक शिक्षा लिएको जनता मावी विर्घा अर्चलेको सानदार भवन ।

नंया साल 2065 मुवारक

नंया सालको पहिलो किरण । वादल फाट्दै गरेको विरघा गांउ र पृष्ठभूमिमा लसर्घाको डांडो ।

नंया वर्ष धेरै पछि आफ्नै जन्म थलो विर्घामा मनाउने अवसर जुट्यो । संविधानसभा निर्वाचनको मौका पारेर विर्घा गएको अवसरमा यस्तो संयोग जुरेको थियो । मुलुक राजनीतिमय भएको मौकामा मेरो सुदुर गांउपनि यसको प्रभाववाट अलग हुने प्रश्नै रहेन । त्यसमाथि मेरा गांउले संविधानसभाको निर्वाचनमा प्रत्यक्ष तर्फवाट उम्मेदवार वनेका थिए ।

यस्तो माचोका बीचपनि म मित्र रमेश र अशोक भएर काली किनारामा स्नान गर्न गयौ । नदी किनारामा धेरै तिर्थालुहरु थिए । कतिले वेलपत्र छम्किदै सक्रान्ति स्नान गरेका थिए । नंया साल फेरिने र भित्तामा नंया क्यालेन्डर झुन्डिने भएरमात्र नभइ वैशाखे सक्रान्तिको ठुलो धार्मिक महत्व पनि रहेको छ हाम्रो समाजमा । यसै अवसरमा हामी नदीमा वेस्मारी पौडियो ।

भाइ रमेश पौडिनमा पोख्त थिए भने उनलाइ मैले पनि साथ दिइरहेको थिए । स्कुले जीवनमा पढाइ छोडी पौडिन हिडेको काम यंहा आएकोमा दंग पर्दै मैले छप्के लगाइ रहेको थिए ।

स्नान, पौडाइ,घुम डुल र गीता पाठ तथा अन्य नियमित कृयाकलाप पछि करिव ११ वजेतिर हामी विर्घा उक्लिएका थियौ । नंया वर्षको दिंउसो कोलडामा गुण खादै यसपटकको नंया वर्ष मैले मनाए । यो ज्यादै परम्परागत र स्र्मृयोग्य रहेको थियो । तंपाइलाइ पनि यसै मेसोमा नंया साल मुवारक ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com