April 11, 2009

नजाउ विदेश शुख छ भनेर, वरु खाउ कोदालो खनेर !

अस्ट्रेलियामा दुइ साताअघि नेपाली विद्यार्थी बसेका दुइ घरमा छापा मारिएपछि कमाउ“दै पढ्ने सपना सा“चेर त्यहा“ गएका नेपाली तन्नेरीहरूको समस्या उजागर भएको छ । भिक्टोरिया राज्यको कोबर्गस्थित नेपाली हेमबहादुर तामाङका ती दुइ घरमा ७६ नेपाली विद्यार्थी ‘बस्नै अयोग्य’ अवस्थामा रहेको छापा मार्ने अधिकारीहरूले बताएका छन् ।

६ कोठे एउटा घरमा ४८ जना र अर्कामा २८ जना बस्ने गरेको छापा मार्ने निकाय मोरल्यान्ड परिषद्का प्रमुख कार्यकारी पिटर ब्राउनले ‘हेराल्ड सन’ पत्रिकालाई बताएका छन् । धेरैजसो विद्यार्थीले ‘हस्पिट्यालिटी’ विषय पढिरहेको र बसेबापत उनीहरूले तामाङलाई मासिक प्रतिव्यक्ति दुइ सय ५० अस्ट्रेलियाली डलर तिरेको ब्राउनले बताए । उत्तरी मेर्ल्बर्नका ती घरमा ट्वाइलेट अपुग भएपछि नजिकैको र्सार्वजनिक शौचालय र धारामा लाइन लागेका विदेशी तन्नेरीलाई देखेका स्थानीयले परिषद्लाई त्यसबारे सचेत तुल्याएको ‘सन’ ले लेखेको छ । ‘यो कम्तीमा विदेशमा आएर केही गर्ने प्रयासमा रहेका विद्यार्थीहरूको शोषण भएको परिषद्को शंका छ,’ ब्राउनले भनेका छन्- ‘विद्यार्थीहरूको अर्को समूह जुलाईमा आउ“दै छ भन्ने हामीले थाहा पाएका छौं ।’

‘असुरक्ष्त,’ ‘निम्नस्तरको’ र ‘अत्यन्त भीड’ मा विद्यार्थी राखेको भन्दै घरमा धूवा“ पत्ता लगाउने यन्त्रहरू नराखेकामा परिषद्ले तामाङविरुद्ध मुद्दा चलाउने तयारी गरेको थियो । त्यस्तो भए तामाङलाई बढीमा एक हजार डलर तिराइने ‘सन’ ले लेखेको छ । विद्यार्थीहरूको त्यो बसाइ“ ‘तेस्रो विश्वको स्तरको’ भएको एउटा पत्रिकाले उल्लेख गरेको छ ।

केही वर्षता अस्ट्रेलिया ‘पढ्न’ जाने नेपालीको संख्या ह्वात्तै बढेको छ । त्यसस“गै अस्ट्रेलिया पुगेपछिको जिन्दगी दुःखदायी भएको गुनासो गर्ने तन्नेरीको संख्या पनि बढेको छ । निकै महिनादेखि अस्ट्रेलियाबाट नेपाली विद्यार्थीहरूले गुनासोयुक्त इमेलहरू पठाइरहेका छन् । कमाउ“दै पढ्न पाइने र अस्ट्रेलियाको स्थायी बासिन्दासमेत हुन सकिने आसमा धेरै नेपाली त्यहा“ पुगेका हुन्छन् ।

‘यहा“ थुप्रै विद्यार्थी कठिन जिन्दगी जिउन बाध्य छन्,’ कुनै खाडी मुलुकमा दुःख पाएका कामदारको गुनासो जस्तो लाग्ने एउटा इमेलमा एक विद्यार्थी लेख्छन्- ‘१० लाखसम्म खर्च गरेर मीठो सपना लिएर उनीहरू यहा“ आउ“छन् । आएपछि जागिर पाउ“दैनन् । सरकारले विद्यार्थीलाई सातामा २० घन्टामात्र काम गर्न दिन्छ । जागिर पाए मुस्किलले ४ सय डलरसम्म कमाइन्छ । स्नातकोत्तरका विद्यार्थीले ४ महिने सेमेस्टरमा साढे सात हजार डलरसम्म तिर्नुपर्छ । नतिरे विश्वविद्यालयले अध्यागमनलाई सूचित गर्छ । त्यसैले घरमै पैसा माग्नुको विकल्प छैन ।’

सरकारी ‘अस्ट्रेलियन एजुकेसन इन्टरनेसनल’ का अनुसार २००७ को सेप्टेम्बरअघिका १२ महिनामा अस्ट्रेलिया जाने नेपालीको संख्या ५ सय ४ प्रतिशत अर्थात् २ हजार ८ सय ८४ ले बढेको थियो । नेपाल अस्ट्रेलियाको ११ औं ठूलो स्रोत मुलुक हो । नेपाली विद्यार्थी संख्याको वृद्धिदर भारतपछि सबैभन्दा ठूलो छ ।

भिसा प्रक्रिया खुकुलो गरेपछि अस्ट्रेलिया जाने नेपालीको संख्या बढेको हो । काठमाडौंस्थित दूतावासले भिसा दि“दैन तर त्यसका लागि भारतको नया““दिल्लीस्थित अस्टे्रलियाली दूतावासमा कागजात पठाएमात्र पुग्छ, निवेदक आफैं अन्तर्वार्ताका लागि उपस्थित हुनुपर्दैन । कतिपय विद्यार्थीले अर्कैको पैसा आफ्नो बैंक ब्यालेन्स भनी देखाउने र पर्याप्त पैसा नलिई उता जाने हु“दा काम नपाउ“दा अप्ठेरोमा पर्ने एउटा कन्सल्टेन्सीका प्रबन्ध निर्देशकले बताए ।

‘युरोप र अमेरिकाको तुलनामा अस्टे्रेलियाको शिक्षा सस्तो छ,’ काठमाडौंको कन्सल्टेन्सी ओली एन्ड एसोसिएट्सका प्रमुख कन्सल्ट्यान्ट बासुदेव ओलीले  भने- ‘पार्ट टाइम काम गरेर पढ्न पाउनु एउटा सुविधा हो तर त्यसैमा भरपर्ने भन्ने हु“दैन । कन्सल्टेन्सीले काम दिलाउने जिम्मा लिन मिल्दैन । कसैले जागिरको आश्वासन दिन्छ भने गलत हो ।’

March 9, 2009

अमेरिकामा आर्थिक मन्दी गहिरिँदै

संयुक्त राज्य अमेरिकामा बेरोजगारी दर बढेर ८.१ प्रतिशत पुगेको छ । यो दर सन् १९८३ यताको सबैभन्दा उच्च दर हो । श्रम विभागका अनुसार, रोजगारदाताले फेब्रुअरी महिनामा ६ लाख ५१ हजार रोजगार कटौती गरेको जनाएको छ । अर्थविद्हरूले फेब्रुअरी महिनामा ७.९ प्रतिशत कटौतीको अपेक्षा गरेका थिए । जनवरीमा यो दर ७.६ प्रतिशत थियो ।

संशोधित तथ्यांकअनुसार अमेरिकी अर्थतन्त्रले ६ लाख ५१ हजार रोजगार गुमाएको छ र यो १९४९ को अक्टोबरयताको सबैभन्दा बढी हो । डिसेम्बर २००७ मा मन्दी सुरु भएपछि ४० लाख ४० हजार तलवी रोजगार घटे । यो गत चार महिनाको भन्दा दोब्बर कटौती हो । श्रम विभागले फेब्रुअरीमा देशको प्रायः सबै औद्योगिक क्षेत्रमा व्यापक मात्रामा रोजगारी घटेको बताएको छ ।

फेब्रुअरीमा कारखाना उत्पादन क्षेत्रमा १६८,००० र निर्माण क्षेत्रमा एक लाख ४० हजार रोजगारी गुमेका थिए । सो महिनामा सेवा क्षेत्रले ३ लाख ५७ हजार र खुद्रा व्यापार उद्योगले ४० हजार रोजगारी कटौती गरेको छ । व्यावसायिक र व्यापार सेवाले एक लाख ८० हजार, वित्त कम्पनीले ४४ हजार तथा मनोरञ्जन एवं आतिथ्य उद्योगले ३३ हजार रोजगारी गुमाएका छन् । गत महिना सरकार, शिक्षा तथा स्वास्थ्य क्षेत्रले मात्र रोजगारी थपेका थिए । यो श्रम बजारको कमजोरीका फलस्वरूप आर्थिक मन्दी गहिरिँदै गएको छ ।

December 14, 2008

आर्थिक-मन्दीको संकेत अमेरिकीको अनुहारमा

आर्थिक-मन्दीको स्पष्ट संकेत अमेरिकीको अनुहारमा झल्कन थालिसकेको छ । मन्दीका कारण रोजगारी गुमाएका अमेरिकी पुरुषले दार्‍ही पाल्न थालेका छन् । ‘यसलाई तपाइं अनुहारको स्वतन्त्रता भन्न सक्नुहुन्छ’- वाल स्टि्रट जनरलमा लेखिएको छ । पहिले चिरिच्याट्ट भएर बस्ने कर्पेरेट कार्यकालका पूर्व कर्मचारीको अनुहारमा दार्‍ही देखिन थालेको छ ।
‘यो बेरोजगारीले दिएको सानो सुविधा हो । यस बेला मानिसहरू दैनिक कामबाट मुक्त भएका छन्’- बिहीबार छापिएको लेखमा उल्लेख छ । जर्ज हेन्डरिक्सनले म्यानह्याटन हेच फन्डमा केही साताअगाडिदेखि रोजगारी गुमाए । काम छोडेको दिनदेखि उनले दार्‍ही काटेका छैनन् । ‘मैले लामो समयसम्म दार्‍ही काटेको छैन । काम गुमाएको सकारात्मक पामा पनि हेर्नुपर्छ । सकेको बेलामा मैले आफ्नो जीवनशैली परिवर्तन गरेको छु’- हेन्डरिक्सन भन्छन् ।
संयुक्तराज्य अमेरिकाका उपराष्ट्रपति अल गोरले २००० मा राष्ट्रपतिको चुनाव हारेपछि दार्‍ही पालेको उद्धृत गद लेखिएको छ- ‘यो एकदमै सुविधाजनक छ । यो संस्थापनाविरोधी पनि छ । उनले सिर्जनात्मक काममार्फत् यसले नोबल पुरस्कार विजेतासम्म पुर्‍यायो ।’
३५ वषीया अर्थविद् स्टक बर्जरले हेज फन्ड लरोस क्यापिटल म्यानेजमेन्टबाट काम छोडेपछि अक्टोबरदेखि नै दार्‍ही काट्न छोडे ।

November 23, 2008

सजिलो छैन अमेरिकामा छाक टार्न

सन् २००७ को कुनै समयमा संयुक्तराज्य अमेरिकाका ६ लाख ९१ हजार बालबालिका भोकै रहेको कृषि विभागले जनाएको छ । यसैगरी, आर्थिकमन्दीअगाडि नै करिब आठ अमेरिकीमध्ये एक अमेरिकीलाई बिहान-बेलुकाको छाक टार्न धौधौ परेको पनि विभागले जनाएको छ ।
आफूले नियमित लिने खाद्यान्नमा अनियमिताको सामना गर्न बाध्य भएका बालबालिकाको संख्या २००६ को भन्दा २००७ मा ज्यादा भएको विभागले जनाएको छ । २००६ मा यो संख्या ५० प्रतिशतभन्दा ज्यादा, चार लाख ३० भएको विभागको खाद्य सुरक्षासम्बन्धी वार्षिक प्रतिवेदले उल्लेख गरेको छ ।

२००६ मा बालबालिकासहित तीन करोड ५० लाख ५० हजार अमेरिकीले भोकसँग संघर्ष गरेका थिए । यो संख्या २००७ मा तीन करोड ६० लाख २० हजार अमेरिकीले भोकसँग संघर्ष गरेको बताइएको छ । यसअनुसार १२.२ प्रतिशत अमेरिकीसँग क्रियाशील र स्वस्थ्य जीवन बाँच्न पर्याप्त खाद्यान्न किन्ने पैसा वा सहयोग नभएको प्रतिवेदनमा उल्लेख छ ।

तीमध्ये एक चौथाइ वा एक करोड ९० हजार अमेरिकी बालबालिका र वयस्क कुनै समय भोकको सिकार रहेका थिए । तर, यो संख्या २००० यता ४० प्रतिशतभन्दा बढी हुन सक्ने विभागले जनाएको छ । अमेरीकी सरकारले यी नागरिकलाई कुनै समय खाद्यान्नको नियमित आपूर्तिमा बाधा खेपेको र उनीहरूलाई ’ ज्यादै न्यून खाद्य सुरक्षा ’ मा वर्गीकृत गरेको थियो ।
दुई वर्षअगाडि सरकारले यस समूहलाई ’ खाद्यान्न सुरक्षाको अभावसहित भोक ’ मा वर्गीकृत गरेको छ । यस तथ्यले नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाराक ओबामालाई आफूले गरेको प्रतिबद्धता पूरा गर्न दबाब दिने फुड रिसर्च एन्ड एक्सन सेन्टरका अध्यक्ष जेम्स वेल भन्छन् । बाराक ओबामाले खाद्य सहयोग बिस्तार गर्ने र २०१५ सम्म बालबालिकामा रहेको भोकमरी हटाउने प्रतिबद्धता गरेका छन् । २००८ मा आर्थिकमन्दीका कारण भोकको सिकार हुने अमेरिकीको संख्या अझ बढ्ने अनुमान जेम्सले गरेका छन् ।

October 31, 2008

ओबामाको अग्रता कायमै

चुनावको मिती निकै नजिक आइपुग्दा प्रमुख राज्यहरूमा अमेरिकी राष्ट्रपतिय उम्मेदवारहरूले आफ्नो चुनावी प्रचार अभियानलाई तिव्रता दिएका छन् । रिपब्लिकन उम्मेदवार जोन मेक्केनले एक महत्वपुर्ण राज्य ओहाइयोमा र्याली गरेका छन् भने उनका प्रतिद्वन्द्धी डेमोक्र्याट उम्मेदवार बाराक ओबामाले फ्लोरिडा, भर्जिनिया र मसुरीमा र्याली गरेका छन् ।

 निर्वाचनका लागि पाँच दिन बाँकी रहँदा राष्ट्रपतिको सिट सुरक्षित गर्न आवश्यक मतका लागि प्रमुख राज्यहरूमा गरिएको चुनावी अभियान लक्षित छ । अभियानमा दुबै नेताहरूले कुनै कसर बाँकी राखेका छैनन् । अमेरिकाको बाणिज्य विभागले आफ्नो तिन महिने आर्थिक प्रतिवेदनमा ०.३ प्रतिशतले आर्थिक वृद्धीदरमा ह्रास आएको उल्लेख गरेपछि दुबै उम्मेदवारहरू आर्थिक मुद्दामा केन्द्रित भएका छन् । सन् २००१ पछिको यो सबैभन्दा खराब वृद्धीदर हो ।

 फ्लोरिडाको सारासोतामा भएको र्यालीमा ओबामाले आर्थिक वृद्धिदरमा ह्रास आउनु भनेको मेक्केन र राष्ट्रपति जर्ज डब्ल्यू बुसको निती असफल हुनु हो भने । ‘”यदि तपाइहरू मेक्केनले अर्थतन्त्रलाई कहाँ लैजान्छन् भनेर हेर्ने चाहनुहुन्छ भने अहिले अवश्ता ऐना जत्तिकै छर्लंग छ”, उनले भने । मेक्केनले सन् २००५मा ओबामाले तेल कम्पनीहरूलाई कर कटौती गर्ने एउटा विधयेकमा मतदान गरेको सम्मरण गर्दै अर्थतन्त्रमा आएको ह्रासको कारण ओबामा भएको आरोप लगाए । “सिनेटर ओबामले धनी व्यापारीहरूले कर नतिर्नु पर्ने कानुनको पक्षमा म गरेका थिए तर मैले त्यसको विरूद्धमा गरको थिए”,उनले ओहाइयोमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै भने । सन् १९६० देखि अहिलेसम्म कुनै पनि राष्ट्रपतिले ओहाइयो नजितीकन निर्वाचन जितेका छैनन् ।

रमाइलो के छ भने ओबामा यस क्षेत्रमा मेक्केनभन्दा अगाडी देखिएका छन् जबकी सन् २००४मा वर्तमान राष्ट्रपति बुसले यहाँ जितेका थिए । ताजा सर्वेक्षणमा पनि ओबामाले रिपब्लिकन पार्टीले विजय हासिल गरेको ठाउँमा समेत आफ्नो अग्रता कायमै राखेका छन् ।

July 27, 2008

यूएइले भिसा नीतिमा परिवर्तन गर्यो

भिजिट भिसालिएर यूएइ जाने र काम खोज्ने मनसाय बनाएका नेपाल लगाएत भारत, पाकिस्तान, बंगलादेश र फिलिपिन्सका नागरिकाका लागि यूएइ सरकारले ठूलो पर्खाल लगाइ दिएको छ । यस प्रकारको मनसाय लिइ यूएइ आउन अब नपाउने गरी नयाँ भिसा नियम यहि २९ जुलाइ २००८ बाट सुरु हुदैछ ।

यस नियम अनुसार यूएइमा भिसाको खेति गरेर बसेका ट्राभल एजेन्सिजलाइ प्रतक्ष असर परेको छ भने, भिसा चेन्ज गराउने उद्देश्यलिएर खोलिएका ट्राभल एजेन्सिज, एयरलाइन्स, बस सेवा, लगायतका कम्पनीहरुले अब अर्कै व्यापारको खोजी गर्नु पर्ने अवस्था आएको छ ।

यूएइलाइ पर्यटकीय मुलुक बनाउने उद्देश्यले यूएइ प्रवेश गर्नका लागि टुरिष्ट भिसा उपलब्ध हुने भएको छ । टुरिष्ट भिसा होटल तथा टुर एजेन्सिजले मात्र पाउने छन् भने कुनै पनि ट्राभल एजेन्सिजले भिजिट तथा टुरिष्ट भिसा निकाल्न नपाउने व्यवस्था सुरु भएको छ । यस प्रक्रियाबाट यूएइमा बढ्दै गएको गैह्रकानुनी व्यक्तिको संख्या कम हुने आसा युएइले लिएको छ । यूएइका कम्पनिहरुले कामदार ल्याउनका लागि जुन मूलुकबाट कामदार ल्याउने हो सोही मुलुकमा गएर कामदार छनौट गर्नु पर्ने भएको छ ।

यसले यूएइमा रहेका काम खोजेर रोजगार दिलाइदिने म्यानपावर कम्पनी, एजेन्सिज, तथा दलालहरुको व्यपारमा ठूलो घाटा पुग्ने देखिन्छ भने साना झोले दलालहरु प्लायन हुने निश्चित देखिन्छ । तर नेपाल जस्ता मुलुकमा खोलिएका म्यानपावर कम्पनी भने मोटो रकम कमाउने तर्फ अझ बढी अग्रसर हुने अवस्था सिर्जना भएको छ ।

July 17, 2008

अमेरिकाले भीसा नीतिमा परिवर्तन गर्ने

संयुक्तराज्य अमेरिकाले आफ्नो पुरानो नीतिमा परिवर्तन गर्दै एचआइभीग्रस्त मानिसलाई अमेरिकाको भ्रमण गर्न वा बसाइँ सर्नमा दुई दशकदेखि लागिआएको प्रतिबन्ध छिट्टै हटाउने भएको छ । यससम्बन्धमा केही समयपछि नै सिनेटले विधेयक ल्याउने बताइएको छ । यस्तो प्रतिबन्ध सुडान, साउदी अरेबिया, लिबिया, रुसलगायत एकदर्जन मुलुकले पनि लगाएका छन् । सिनेटर जोन केरीका अनुसार चीनले समेत यो नीतिमा परिवर्तन ल्याएको छ ।’कुनै खास रोगलाई कलंक लगाउने छुट कानुनलाई छैन,’ सिनेटर केरीले भनेका छन् । उनका अनुसार एचआइभीग्रस्त मानिसलाई भन्दा एभियन फ्लु र इबोला भाइरस भएका मानिसलाई बरू भिसा पाउन सजिलो छ ।

केरी र अर्का सिनेटर गोर्डन स्मिथ यो प्रतिबन्ध हटाउने प्रयासमा लागेका छन् । १९८७ मा पहिलोपटक यो प्रतिबन्ध लागू भएको थियो र १९९३ मा कंग्रेसले यसलाई अनुमोदन गरेको थियो । प्रतिबन्ध हटाउने विधेयकलाई सिनेटले यो हप्ता पारित गर्ने सम्भावना छ । यसो भएमा अफ्रिका र अन्य गरिब इलाकामा एड्स र अन्य रोगविरुद्ध जुध्न पाँच वर्षका लागि ५० अर्ब डलर उपलब्ध हुनेछ ।

July 10, 2008

अमेरिकाले इरानीलाई चुरोट पिलाएरै मार्ने

रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकाको राष्ट्रपतिका उम्मेदवार जोन म्याकेनले चुरोट पिलाएरै इरानीलाई मार्न सकिने मजाक गरेका छन् । इरानमा अमेरिकी चुरोटको निर्यात बढेको समाचारप्रति प्रतिक्रिया जनाउँदै म्याकेनले यस्तो मजाक गरे का हुन् । एक रिपोर्टअनुसार अमेरिका र इरानबीच शत्रुता रहे पनि राष्ट्रपति जर्ज डब्लु बुसको कार्यकालमा इरानमा अमेरिकी सामानको निर्यात दसगुणा बढेको छ ।

 अमेरिकी व्यापारको सात वर्षको आँकडाको विश्लेषणबाट इरानमा अमेरिकी चुरोटको बिक्री अत्यधिक बढेको देखिएको छ । ‘इरानीलाई मार्ने यो एउटा उपाय हुन सक्छ,’ चुनावी अभियानको दौरान पिट्सवर्गमा पुगेका म्याकेनले पत्रकारहरूलाई भने । पछि उनले थपे, ‘मैले यो मजाकको रूपमा भनेको हुँ किनभने म २८/२९ वर्षदेखि चुरोट नपिएको व्यक्ति हुँ ।’

गत वर्ष साउथ क्यारोलाइनामा इरानमा थि आक्रमण गर्ने योजना छ या छैन भन्ने प्रश्नमा म्याकेनले सुरुमा पपगीत बम बम बम बम बम इरानु गाएर प्रश्नको उत्तर दिएका थिए ।

July 8, 2008

फोहोर सोहोर्ने महिलालाई राजकुमारीको ताज !

भारतका फोहरमैला सफा गर्ने महिलालाई न्यूयोर्कमा आयोजित एक कार्यक्रममा सम्मानीत गरिएको छ । संयुक्त राष्ट्रसंघको आयोजनामा भएको अन्तर्राष्ट्रिय सरसफाइ वर्ष कार्यक्रममा भाग लिन आमन्त्रण गरिएका भारतीय फोहरमैला सफा गर्ने महिलाले मोडलहरुको भीडमा क्याटवाक समेत गरेका छन् ।

सम्मेलनमा भाग लिन भारतबाट ३६ सफाइकर्मी महिला पुगेका थिए । उनीहरू समाजले हेय ठानेको फोहोर सोहोर्ने काम बाल्यकालदेखि नै गरेर हुर्केका थिए । उनीहरू तल्लो जाति अर्थात् दलित हुन् । उनीहरू मानव-मलमूत्र भएको भाँडो आफ्नो शिरमा राखेर ओसार्ने काम गर्छन् ।

राष्ट्रसंघीय मुख्यालयको बरन्डामा हिँड्दा उच्च पदाधिकारीहरूबाट सम्मान र श्रद्धा पाउँदा उनको खुसीको सीमै रहेन । ३० वर्षीया उषाले २००३ मा नै फोहर बटुल्ने काम छोडेकी थिइन् । काम छोडेपछि आफू अन्ततः मानव भएको अनुभूति उनलाई भएको थियो । उनले न्यूयोर्कमा भनिने, ‘अहिले न्युयोर्कमा यस्तो सम्मान पाउँला भन्ने मैले कहिल्यै कल्पना गरेकी थिइनँ । सामान्य व्यक्तिका रूपमा मलाई व्यवहार गरिँदा म अत्यन्त रमाएकी छु ।’

ती भारतीय महिलाले ‘मिसन स्यानिटेसन’ नामक फेसन प्रदर्शनको दौरान क्याटवाक गर्ने अवसर समेत पाए । मञ्चमा उनीहरू भारतलगायत अन्य मुलुकका ‘टप मोडल’ सँगसँगै देखापरे । मोडलहरूको पहिरन यी भारतीय महिलाले नै बुनेका थिए ।

यो फेसन-समारोह खासगरी उषा चमारको लागि मर्मस्पर्शी थियो । त्यस समारोहमा उनलाई अनौपचारिक रूपमा सफाइकर्मी राजकुमारीको ताज पहिर्याइएको थियो ।

June 24, 2008

मृत्युले युद्धको औचित्यमाथि प्रश्न ?

मार्क रेटमियरका आमाबाबु उनी अफगानिस्तानबाट र्फकेको, कलेज गएको र आफूहरूसँग ठालु पल्टेको, मोटरसाइकल चढेको र आफ्नो भाइलाई कपाल काट्न हकारेको देख्न चाहन्थे । ‘ऊ छुट्टी लिएर जुलाई ४ मा यहाँ आइपुग्नेवाला थियो,’ बाबु स्टेभ भन्छन्, ‘हामीले उसलाई फिर्ता पाउनै लागेका थियौं ।’ तर, केही दिनअघि डक्टर बन्ने सपना देखेका नेभी अस्पतालमा काम गर्ने १९ वषीय मार्क अंक बन्न पुगे । अर्थात् इराक र अफगानिस्तानमा मारिने क्यालिफोर्नियाका ५००औं व्यक्ति बन्न पुगे । दुई भाइ भएका मार्क बुधबार अफगानिस्तानमा मारिएका छन् । तालिवानले प्रहार गरेको रकेट उनी सवार गाडीमा ठोक्किँदा उनको मृत्यु भएको हो ।

मार्कको मृत्युले उनका आमाबाबु युद्धको औचित्यमाथि प्रश्न उठाउन थालेका छन् । त्यो युद्ध छोरोको जीवनको मूल्य लायक हो/होइन घोरिन थालेका छन् । एक स्टोरमा क्लर्कको काम गर्ने मार्ककी आमा जोय आफ्नो छोरोको सैनिक सेवाप्रति सधैं चिन्तित हुन्थिन् । उनका साथीहरूले मार्क अफगानिस्तानमा तैनाथ भएकोमा भाग्यमानी भनेका थिए । उनीहरूको विचारमा इराकको अवस्था अझ गुज्रँदो छ । तर, मार्कले अफगानिस्तानको अनुभवमा पठाएका इमेलहरू पढेपछि त्यहाँ अमेरिकाले खासै उपलब्धि हासिल गरेको छ त भन्ने प्रश्न आमा जोयको मनमा उठ्न थालेको थियो । ‘उसले मलाई गाउँगाउँ घुमेर ड्रइङमा रंग लगाउने पुस्तक बाँड्ने गरेको बताएको थियो । तर, अफगान केटाकेटीले पुस्तक च्यातेर आफूतिर फ्याँक्ने गरेको पनि छोरोले बताएको थियो । ती केटाकेटी त्यहाँ अमेरिकी उपस्थिति चाहँदैनन् भन्ने पनि मार्कले मलाई इमेलमा लेखेको थियो,’ आमाले भनिन् । त्यसपछि उनी छोराको फोटो हेर्दै रुन थालिन् । ‘मेरो बच्चो १९ वर्षको मात्र थियो’ सुँकसुँकाउँदै उनले भनिन्, ‘मैले जुन पीडा भोग्नुपर्‍यो यो अरू कुनै आमाबाबुले भोग्नु नपरोस् ।’

भित्तामा टाँगिएका आफ्ना छोराका फोटाहरू हेर्दै बाबु स्टेभ भन्छन्, ‘म सेनालाई दोष दिन्न । म सेनाप्रति उत्साही व्यक्ति हुँ । तर, अफगानिस्तानमा हामीले खासै केही हात पारेको मलाई थाहा छैन । मेरो छोरो ५००औं अंक बन्न पुगेको छ । म कोही ५०१ बनेको देख्न चाहन्नँ ।’ मार्कका ७५ वषर्ीय बाजे डेल पावर्स कोरियन युद्धका लडाकु हुन् । नातिको मृत्युले अत्यन्तै आहत भएका उनी भन्छन्, ‘ऊ छायाझैं हरदम मलाई पछ्याउँथ्यो । म उसलाई क्याम्पिङमा लान्थेँ, माछा मार्न लान्थेँ । ऊ हाम्रो परिवारको हाकिमजस्तै थियो ।’

सेनामा भर्ती भएका हेमेत सिनियर हाइस्कुलका पूर्वविद्यार्थी सातजनामध्ये ६ जना लडाइँमा मारिएकोमा हेमेत निवासी चिन्तित छन् । मार्क पनि त्यही स्कुलका विद्यार्थी थिए । हेमेत सहरमा कुनै भविष्य नभएकाले सेनामा भर्ती हुनुलाई नै युवाको विकल्पको रूपमा रहेको एक निवासी बताउँछन् । ‘युद्ध विनासकारी भएको छ । युद्ध नरक बनेको छ,’ मेयर मार्क सर्ल भन्छन् । दोस्रो विश्वयुद्धका योद्धा ८० वषर्ीय जेरी उडबेक भन्छन्, ‘यहाँ हेमेतका घरका झ्यालमा कतै गोल्डस्टार र कतै ब्लुस्टार झुन्ड्याइएका हुन्छन् । गोल्डस्टारको मतलब युद्धमा यो घरको कोही मारिएको भन्ने हुन्छ । यसैगरी ब्लुस्टारको मतलब यो घरको कोही सैनिक सेवामा रहेको छ भन्ने हुन्छ ।’ सैनिक भर्तीवालाहरूको भनाइमा दक्षािण क्यालिफोर्नियाभरि हेमेत सबैभन्दा बढी भर्ती हुने थलो बनेको छ ।

स्टाफ सर्जेन्ट चाल्र्स हड्सन सेनामा भर्ती हुने किशोरहरूको मोहमा दंग छन् । उनी भन्छन्, ‘हेमेतमा भर्ती फल्दोफुल्दो छ । यस्ता किशोरहरू प्रशस्त भएका स्कुल चारैतिर छन् ।’ मार्कका १७ वषर्ीय भाइ म्याथ्यु आफ्नो दाजुजस्तै सेनामा भर्ती हुन चाहन्छन् । ‘मार्कले जे काम सुरु गरे म त्यो काम फत्ते गर्न र उनको विरासतको सम्मान गर्न चाहन्छु,’ म्याथ्यु भन्छन् । तर, उनकी आमा म्याथ्युलाई घुरेर हेर्दै भन्छिन्, ‘म अर्काे छोरो गुमाउन चाहन्न ।’ आमाको यस्तो भनाइ सुन्दा म्याथ्यु घोेसेमुन्टो लगाउँछन् ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com