December 19, 2008

ओबामा “वर्षव्यक्ति”

संयुक्तराज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाराक ओबामालाई टाइम पत्रिकाले यस वर्षको "वर्षव्यक्ति"घोषित गरेको छ । पत्रिकाका अनुसार अप्ठ्यारो परिस्थितिमा उनी जनताका लागि आशाका किरणसमान छन् । अहिलेको असहज परिस्थितिबाट ओबामाले आफूहरूलाई बाहिर निकाल्छन् भन्ने विश्वास अमेरिकी जनतालाई भएको पनि टाइम पत्रिकाले लेखेको छ । पछिल्लो वर्ष रुसका प्रधानमन्त्री भ्लादिमिर पुटिन टाइम पत्रिकाको "वर्षव्यक्ति" घोषित भएका थिए । दुई वर्षअगाडि मात्र अमेरिकाका आधाजसो जनताले नाम नसुनेका ओबामा अहिले सार्वजनिक जीवनमा छाएको पत्रिकाले लेखेको छ । टाइम पत्रिकाको अन्तर्राष्ट्रिय संस्करणका सम्पादक मिसेल इलियट भन्छन्- "बाराकको कथा सामान्य छैन ।

उनले जकार्तादेखि डर्बिलन र ओहायोदेखि लिएर न्युहाम्सायरसम्म सबैलाई प्रभावित गरे । बाराक ओबामाप्रति मानिसको एक किसिमको उत्साह छ । जसलाई हामी आफूले मन पराएको व्यक्ति बनाउन चाहन्थ्यौँ"। पछिल्लो दुई वर्षमा टाइमको कभरमा मात्र ओबामाको तस्बिर १५ पटक छापिएको थियो । यो कुनै पुरस्कार नभएर विश्वमा हुने घटनालाई प्रभावित गर्ने व्यक्तिलाई वर्षव्यक्ति घोषित गर्ने गरिएको टाइम पत्रिकाले जनाएको छ ।

 सन् १९२७ यता टाइम पत्रिकाले प्रत्येक वर्ष "वर्षव्यक्ति" घोषणा गर्दै आएको छ । २००५ मा माइक्रो सफ्टका संस्थापक बिल गेट्स, उनकी श्रीमती मिलिन्डा र रक-स्टार बोनो वर्षव्यक्ति घोषित भएका थिए । २००४ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस वर्षव्यक्ति घोषित भएका थिए भने २००३ मा अमेरिकी सैनिक वर्षव्यक्ति घोषित भएका थिए । १९३८ मा हिटलर टाइम पत्रिकाको वर्षव्यक्ति घोषित भएका थिए भने १९७९ मा इरानका धार्मिक नेता आयतुल्ला खामेनी वर्षव्यक्ति घोषित भएका थिए।

October 31, 2008

दिलवाला छन् ओबामा

अमेरिकी जनताले सोचेभन्दा धेरै गुणा बढी नेपालमा नेपाली जनता, अझ नेपाली राजनीतिमा पटक्कै चासो नभएकाहरू पनि नोभेम्बर ४ मा हुने अमेरिकी राष्ट्रपतिय नर्वाचनको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । यो प्रतिक्षामा निर्वाचन जितेमा इतिहास बनाउने डेमोक्र्याट उम्मेदवार बाराक ओबामाको मुस्कानले काम गरेको छ भन्दा धेरैलाई रमाइलो लाग्ला । हुनसक्छ, तपाईलाई पनि आश्चर्य लागिरहेको छ । तर क्याफे पुस्ताहरू पनि ओबामाको भाषण गर्ने शैली, ओबामाको मुस्कान र उनी निकै ह्याण्डसम भएको चर्चा गर्छन् । नेपाली राजनीतिमा पोशाकको चर्चा नभए पनि नेपालीहरू अमेरिकी राष्ट्रपतिका उम्मेदवारको पोशाकबाट पनि प्रभावित छन् ।  अमेरिका बसोबास गरिरहेका नेपालीहरूले त बाराक ओबामाले जित्ने कुरामा आफुहरू निकै ढुक्क भएको बताएको नेपाली संचार माध्यमहरूले जनाएका छन् ।  

 हालैको एउटा दिनमा चर्को घामबाट शितलता पाउन नयाँ बानेश्वरको रोजमेरी क्याफेमा लस्सी पिइरहेका दुईवटी युवतीले बाराका ओबामालाई जिताउन अमेरिकामा भएको भए फेकमतदान गर्ने हिम्मत गर्ने कुरा गरे । नोबल कलेजकी विद्यार्थी रेसा महर्जन बाराकको मुस्कानबाट  यति प्रभावित छिन् कि उनी ओबामालाई जिताउन सानोतिनोअपराध गर्न पनि तयार छिन् । उनलाई ओबामाको चेप्टो दाँत खास मन पर्दैन तर मुस्कानमा दाँतको मात्र भुमिका हुँदैन रे !

 रेसाकी साथी एलिसा बस्नेतको भने अर्कै कारण छ, ओबामालाई मन पराउनमा । उनलाई लाग्छ, ओबामामा साच्चैको केहि गरौ भन्ने भावना छ रे जुन उनले महशुस गरेकी छिन् । नेपाली नेतामा त्यस्तो कोहि छ ? मेरो प्रश्न सुनेर एलिसा अलमलिइन ।  ’नेपाली नेताको पर्सनालिटीनै छैन‘, यो जवाफ रेसाको हो ।

 नेपाली नेताहरू पोशाकका बारेमा सोच्दैनन् । बेढंगका पोशाक लगाउनुलाई यहाँका नेताहरू सर्वहारा भएको पनि गर्व गर्छन् । कसैले मिलाएर पोशाक लगाए भने पुँजीपतिको आरोप खेप्नु पर्ने हुन्छ । अनि यहाँ महंगा लुगा लगाउनु फ्यासन कन्सस हुनु हो भन्ने गलत सोचाइ छ । त्यसो त चुनाव ताका यहाँ पोशाकको बारेमा टिप्पणी गर्ने फुर्सद कसैलाई हुन्न । आजभोली हुनसक्छ, पश्चिमा मुलुकको प्रभावले फाट्फुट् लेख नेताका पोशाक सम्बन्धमा आउने गर्छन् । यसबाहेक नेपाली राजनितीमा व्यक्तित्व र पोशाकले खासै महत्व राख्दैन । तर यो कुराले नेपाली युवा पुस्तालाई प्रभावित गरेको रहेछ भन्ने कुरा यी दुई युवतीका कुराले संकेत गर्छ ।

नेपाली छापाले नबिराइकन बाराक ओबामाका राम्रा पक्षको बारेमा चर्चा गरेका छन् । अझ भन्ने हो भने मेक्केनका नराम्रा समाचार पनि प्राथमिकताका साथ छापिएका छन् । मेक्केनलाई नेपाली छापाले घमण्डी, बुढो उम्मेदवारको रूपमा परिभाषित गरेको छ । नेपाल सरकारको कुनै स्पष्ट निति नभएपनि नेपाली जनता भने चाहे इराक होस या अन्य कुनै मुलुक, चाहे अमेरिकाले होस चाहे बेलायतले कसैले कुनै बहानामा आक्रमण नगरोस भन्ने चाहन्छन् । नेपाली जनताले ओबामाले इराक र अफगानिस्तानमा बमबारीका घटनाको अन्त्य गर्नेछन् जुन बुस प्रशासनको ठ्याक्कै कपी गर्ने मेक्केनले गर्दैनन् भन्ने बुझाइ राख्छन् । तर बाराकले इराकबाट सेना फिर्ता गर्ने भने पनि अफगानिस्तान वा पाकिस्तानमा थप सेना परिचालन वा आक्रमण गर्ने कुरा गरिसकेका छन् । ओबामाको विजयले सम्पुर्ण रूपमा युद्धको अन्त्य भन्ने होइन ।

 ओबामा मेक्केन भन्दा अगाडी छन् सर्वेक्षणहरूमा । बाराकलाई जोन एफ केनेडीसँग तुलना गर्नेहरू पनि छन् । उनले परिवर्तनको नारालाई यसरी ब्याख्या गरेका छन् कि सबै उमेर समुहलाई उनले प्रभावित पारेका छन् । रोजमेरी क्याफेका यि दुई युवतीलाई यी कुरादेखि खास सरोकार छैन । उनीहरू जसरी पनि ओबामाले जित्नुपर्छ भन्ने ठान्छन् किनकी ओबामा जवान् छन् । मेरो एउटा ताइवानी साथीले मलाई सोध्यो, ‘तिमी किन मेक्केनलाई समर्थन गर्दैनौ?’  यसको मतलव ऊ जान्दथ्यो कि मेरो समर्थन ओबामालाई छ । सायद मेक्केन बुढो भएकाले!यो मेरो ठट्टा थियो तर ओबामा जवान हुनु मात्र म उनको समर्थक हुनाको कारण होइन, तर ओबामा जवान हुनु पनि एउटा कारण हो । नेपाली राजनीतिमा पनि बुढाहरूको हावी हुनुले पनि कहिँ कतै विकासको बाटो छेकेको आभाष हुन्छ । 

 रिपब्लिकन उप-राष्ट्रपति उम्मेदवार सराह पेलिन पनि नेपाली क्याफे पुस्तामा चर्चाको बिषय बनेकी छिन् । पाँचवटा बच्चाकी आमा भएर पनि कस्ति जवान ! पेलिनको बारेमा भएका टिप्पणी उनको राजनीतिक बिचार भन्दा पनि उनको फेसनसँग सम्बन्धित छन् जुन अहिले विश्वका सम्पुर्ण संचार माध्यमहरूले गरिरहेका छन् । पेलिनले ग्ल्यामरका लागि खर्च गरेको १ लाख ५० हजार अमेरिकी डलरको खबर पनि रेसा र एलिसाले थाहा पाइसकेका छन् । जबकी नेपालको एक प्रमुख साप्ताहिकले सुजाता कोइरालाको युवराज्ञी सपिङका बारेमा कभर स्टोरी नै गरेको थियो,  त्यसको बारेमा उनीहरूलाई अत्तोपत्तो छैन। पंक्तिकारले जानाकरी दिदा दुबैले जिब्रो टोके र भने, ‘को हो सुजाता कोइराला?’

अनि चाहिँ मैले जिब्रो टोके ।दुबै केटीहरू अमेरिका जान चाहन्छन् र ओबामाले आप्रवासीका लागि लचिलो निती ल्याउने कुरामा उनीहरू ढुक्क छन् । यो पो रहेछ, बाराकको लोकप्रियताको कारण?

मेरो प्रश्नमा दुबै ठिटीले अप्ठेरो माने तर ५० % भन्दै आफ्नो बचाउ पनि गरे । जेहोस्, ओबामा कालो हुनुले नेपालीलाई केहि असर गर्दैन । उनी दिलवाला छन् र अमेरिको एरोगेन्टछवीलाई उनको वीजयले सुधार गर्नेछ भन्ने नेपालीको आशा छ । सायद यी दुईवटी केटीको पनि ! मेरो पनि !

July 15, 2008

विश्वकै जेष्ठ ब्लगर रिलीको निधन

विश्वकै सबैभन्दा जेष्ठ ब्लगर ठानिएकी अस्ट्रेलियाकी ओलिभ रिलीको निधन भएको छ । उनले आफू बसेको नर्सिङ होमबाट आफ्नो अन्तिम लेख ‘अ ह्याप्पी सङ’लाई ब्लगमा पोस्ट गरेकी थिइन् । रिलीको मृत्यु दुइ दिनअघि नै भएको उनको वेबसाइटले जनाएको छ । ‘ओलिभ रिलीको जुलाइ १२ मा निधन भएको हो । उनको निधनबाट विश्वका हजारौं इन्टरनेट प्रयोगकर्ता र सयौं आफन्त मर्माहत भएका छन् ‘, वेबसाइटमा लेखिएको छ । इन्टरनेटमा आफ्नो भनाइ तथा लेखरचना राख्ने स्थानलाई ब्लग भनिन्छ । यसलाई इन्टरनेट डायरी पनि भन्न सकिन्छ । ब्लगमा राखिएका विषयवस्तु इच्छुक जोकोहीले पनि पढ्न सक्छन् ।

रिलीले ७० वटाभन्दा बढी लेख ब्लगमा राखेकी छिन् । उनले गत फेब्रुअरीयता ती लेख राखेकी हुन् । तिनमा आधुनिक जीवनशैली र २० औं शताब्दीको जीवनशैलीमा रिलीले भोगेका अनुभव उल्लेख छन् । रिली विश्वकै जेष्ठ ब्लगर रहेको विश्वास गरिए पनि यसको आधिकारिकता भने यकिन भएको छैन । अक्टोबर २० सन् १८९९ मा जन्मिएकी रिलीले पहिलो र दोस्रो विश्वयुद्धको अवधिलाई प्रत्यक्ष अनुभव गर्ने मौका पाइन् । कुक र बारमेडको पेसा अपनाएकी रिलीका तीन सन्तान छन् ।

उनको अन्तिम लेख गत जुन २६ मा पोस्ट गरिएको हो । लेखमा भनिएको छ- ‘यस नर्सिङ होममा एक साताभन्दा बढी सयदेखि रहँदै आएको मलाई विश्वास नै लागेको छैन । मैले आफूलाई निकै कमजोर महसुस गरेकी छु । मलाई खोकीले सताएको छ, मेरै छेउको शय्यामा रहेकी पेनीकी छोरी यसै साता यहाँ आइन् । उनी व्यावसायिक गायिका रहिछन् । मैले उनीसँग मिलेर एउटा खुसीको गीत गाएँ, जुन म जहिले पनि गाउने गर्थे । हामीलाई नर्सहरुले पनि साथ दिएपछि सांगीतिक कार्यक्रमकै रुप लियो त्यसले ।’ रिलीको सम्पर्कमा टाढाटाढा रुसदेखि अमेरिकासम्मका पाठक आएका उनका नाति ड्यारेन स्टोनले बटाएका छन् । ‘आफूलाई तन्दुरुस्त देखाउन उहाँ ठट्टामजा गर्नुहुन्थ्यो,’ उनले भने ।

March 3, 2008

अमेरिकी राष्ट्रपतिका प्रत्यासी ओवामाको जीवनी


बुबा कालो हुनुहन्थ्यो, तर आमा दूधजस्तै गोरी । तर, मेरा लागि कालो-गोरोको कुनै अर्थ थिएन । मेरो दिमागमा एउटै कुरा थियो- मेरा बुबा कतै हराएका छन् । आमाबाट सुनेका कथाले म बुबालाई खोज्न सक्दिनथेँ । र, बुबाले हामीलाई किन छाड्नुभएको थियो, त्यो पनि मलाई राम्ररी बताइएको थिएन ।

स दिन म न्युयोर्कको आफ्नो सानो अपार्टमेन्टमा बसिरहेको थिएँ । कोठाको भुइँ भिरालो थियो । केही महिनाअघि मात्र म २१ वर्ष पुगेको थिएँ । एउटा अपरिचित फोन आयो । फोन राम्ररी सुनिइरहेको थिएन । कसैले व्यग्र स्वरमा केही भनिरहेजस्तो लाग्थ्यो ।

ुबेरी रु बेरी, तिमी हौ रु म तिम्री काकी जेन, नैरोबीबाट । के तिमी मलाई सुनिरहेका छौ रु सुन बेरी, कार दुर्घटनामा परेर तिम्रा बुबाको मृत्यु भयो ।ु मैले यति मात्र सुन्न भ्याएँ, लाइन काटियो । म सोफामा थचक्क बसेँ । भान्साबाट प|mाई अन्डाको बास्ना आइरहेको थियो । मेरो कोठाको भित्ता चर्किएको थियो । मलाई त्यस दिन पर्खाल झन् चर्किएजस्तो लाग्यो । मैले केवल बुबालाई सम्झिएँ । र, आआफैलाई प्रश्न गरेँ- मैले के गुमाएँ ?

अन्तिम अवस्थामा बुबा मेरा लागि ुमिथु जस्तो हुनुहुन्थ्यो । १९६३ उहाँले मेरी आमा र मलाई हवाईमा छोड्नुभएको थियो । त्यतिबेला म दुई वर्षको थिएँ । त्यसपछि उहाँ मेरो स्मृतिमा मामाघरको हजुरबुबा हजुरआमा र आमाले सुनाउने कथामा मात्र जीवित हुनुहुन्थ्यो । ती कथा पनि कहिलेकाहीँ मात्र दराजमा थन्काएका तस्बिरजस्तै खोज्दा मात्र सुन्न पाइन्थ्यो । क्रिस्मस गिफ्ट खोज्दा प्रायः बुबाका ब्ल्याक एन्ड ह्वाइट तस्बिर भेटिन्थे ।

म कुराहरू सम्भि
mने उमेरको हुँदा, आमाको अर्का सम्बन्ध सुरु भइसकेको थियो । मेरी आमा आफ्ना प्रेमीलाई दोस्रो श्रीमान् बनाउने तयारीमा हुनुहुन्थ्यो । यसैले बुबाको तस्बिरले भित्तामा नभई दराजमा स्थान पाएको हो भन्ने मैले बुझेको थिएँ । बुबा फोटो हेर्दा म प्रायः आफूमा उहाँको छवि खोज्ने गर्थें । मेरा बुबा अपि|mकन लुयो जातिको हुनुहुन्थ्यो । लेक भिक्टोरिया किनारमा उहाँको जन्म भएको थियो । बचपनमा मेरा बाको काम थियो- बाख्रा चराउने । बेलायती उपनिवेशले खोलेको एक स्थानीय स्कुलमा उहाँ पढ्नुहुन्थ्यो । बुबाको पढाइ राम्रो थियो । त्यसै कारण नैरोबीमा पढ्न छात्रवृत्ति पाउनुभयो । त्यसपछि अमेरिकी विश्वविद्यालयमा पढ्नुभयो । २३ वर्षको उमेरमा सन् १९५९ मा उहाँ हवाई विश्वविद्यालयमा आउनुभयो । त्यस विश्वविद्यालयको पहिलो अपि|की विद्यार्थी उहाँ नै हुनुहुन्थ्यो । स्नातकमा उहाँ प्रथम श्रेणीमा कक्ष् प्रथम हनुहुन्थ्यो । रसियन भाषाको कक्ष्मा बुबाको १८ वर्षकी सुन्दर तर लजालु अमेरिकी युवतीसँग भेट भयो । दुईबीच प्रेम बस्यो । केटीका बाबुआमा पहिले अलि चिन्तित थिए । तर, पछि केटाको बौद्धिकता र आकर्षण देखेर उनीहरू प्रभावित भए । उनीहरूको बिहे भयो र म जन्मिएँ । हवार्ड विश्वविद्यालयमा पिएचडी छात्रवृत्ति पाए पनि उहाँसँग परिवार साथै लाने पैसा थिएन । उहाँ अपि|mका नै फर्किनुभयो । र, यहीँबाट मेरो आपmनो परिवारको ुएल्बमु का पाना खाली छन् ।

बुबा कालो हुनुहन्थ्यो, तर आमा दूधजस्तै गोरी । तर, मेरा लागि कालो-गोरोको कुनै अर्थ थिएन । मेरो दिमागमा एउटै कुरा थियो- मेरा बुबा कतै हराएका छन् । आमाबाट सुनेका कथाले म बुबालाई खोज्न सक्दिनथेँ । र, बुबाले हामीलाई किन छाड्नुभएको थियो, त्यो पनि मलाई राम्ररी बताइएको थिएन ।

मेरो बुबा-आमाको बिहे सन् १९६० मा भएको थियो । काला र गोराको बिहेलाई त्यसबेलाको आधी अमेरिकामा अपराधै मानिन्थ्यो । मेरा काले बाले गोरी आमालाई प्रेम गरेको थाहा पाएका भए, बालाई रूखमा झुन्डयाइने सम्भावना हुन्थ्यो । यदि मेरी आमाको गर्भमा एउटा कालो पुरुषको बच्चा छ भन्ने थाहा भएको भए, मानिसले उहाँसँग यस्तो व्यवहार गर्ने थिए, कि आमासँग गर्भपतनबाहेक कुनै विकल्प हुने थिएन ।

६ देखि १० वर्षको भइन्जेल म आमासँग इन्डोनेसिया बसेँ । उहाँ दोस्रो श्रीमान्सँग इन्डोनेसियामा बस्न थाल्नुभएको थियो । त्यसपछि अध्ययनका लागि म हवाई आएँ । हवाईमा पहिलो दिन म विद्यालयको कक्षा छिरेको मात्र के थिएँ, विद्यार्थीहरूले चर्काे स्वरमा बाँदरको जस्तै आवाजमा हुटिङ गरे । एउटा विद्यार्थीले मुखै फोरेर सोध्यो- के तिम्रा बुबाले मान्छे खानुहुन्छ
?

म दस वर्षको हुदा एकपटक बुबा क्रिस्मसमा अमेरिका आउनुभएको थियो । एक सातासम्म बुबालाई प्रत्यक्ष्ा देखे पनि मलाई उहाँको मेरो मनमा रहेको पुरानै छवि बढी प्यारो लाग्यो । यसमा म मन लागेअनुसार परिवर्तन गर्न सक्थेँ । आमाजस्तै बुबाले पनि पुनः बिहे गर्नुभएको थियो । अर्की आमापट्टकि पाँच छोरा र एक छोरी केन्यामा छन् । बुबा र म सँगै भएको जम्मा एउटा तस्बिर मात्र मसँग छ । त्यस फोटामा क्रिस्मस रूखअगाडि बुबाले मलाई सुन्तला रङको बास्केटबल उपहार दिनुभएको छ ।

दोस्रो श्रीमान् लोलोलाई छोडेपछि आमा हवाई आउनुभयो । म हजुरआमाको घर छोडेर आमासँगै बस्न थाले । मभित्र द्वन्द्व चलिरहेको थियो । म अमेरिकी साम्राज्यमा आफूलाई एउटा कालो जातिको मानिसका रूपमा स्थापित गर्न चाहन्थेँ । तर, मेरा वरपरका कसैले यो कुरा बुभ
न सकेका थिएनन् । तिम्रो साथी लागूपर्दाथ राखेको आरोपमा पक्राउ परेका छन् । तिम्रो ग्रेड पनि खस्किरहेको छ । कलेज खोज्न तिमीले निवेदन किन दिएनौ ? आमा लगातार यस्ता प्रश्न गर्नुहुन्थ्यो । तर, म आमाले चिन्ता गरेजस्तै बदमास थिइनँ । मैले राम्रो ग्रेड ल्याएर नै पास गरेँ, लस एन्जलस विश्वविद्यालयको अक्सिडेन्टल कलेजमा भर्ना भएँ । त्यसपछि मैले हवार्ड विश्वविद्यालयको ल कलेजमा पढेँ ।

त्यसपछि मात्र आमाले बिस्तारै बुबासँग छुट्टनिुको कारण बताउन थाल्नुभयो । एकदिन आमाले भन्नुभयो- तिम्रो बुबाले हामीलाई छाड्नुमा उनको कुनै गल्ती छैन । मैले नै उनलाई डिभोर्स दिएँ । हाम्रो बिहे हँदा नै तिम्रा हजुरबुबा र हजुरआमा खुसी हुनुहुन्नथ्यो । उहाँहरू कालो परिवारमा गोरी बुहारी चाहनुहुन्नथ्यो । पछि मात्र उहाँहरू सकारात्मक हुनुभयो ।

तिम्रा हजुरबुबा हुसेनले तिम्रो बुबालाई केन्याबाट लामो चिढी पठाउनुभयो । त्यसमा लेखिएको थियो- म यो बिहे स्विकार्दिनँ । गोरी महिलाको रगतबाट ओवामा परिवारलाई घृणित बनाउन चाहँदिनँ ।

अनि, आमाले मलाई आपmनो प्रेमका बारेमा पनि केही बताउनुभयो । डेटिङमा तिम्रा बुबा सधैं ढिलो आउँथे । पहिलो डेटिङमै उनी एक घन्टा ढिलो थिए । त्यस दिन असाध्यै राम्रो थियो । उनले मलाई लाइबे्ररीको गेटमा एक बजे आइपुग्न भनेका थिए । तर, कुर्दाकुर्दै म त बेन्चमै निदाएछु । एक घन्टापछि बल्ल उनी आए त्यो पनि साथीभाइसँग गफ गर्दै । तिमीहरूले देख्यौ केटा हो, मैले तिमीहरूलाई भनेको थिएँ नि, उनी सुशील केटी हुन् र उनले मलाई कुर्छिन्, ढिलो आएकामा क्षमा माग्नुको सट्टा उनी यस्तो भनिरहेका थिए ।

December 6, 2007

सर्वहाराका गीत गाउने जीवनको-जीवन

सर्वहारा मुक्तिको गीत गाउँदागाउँदै आफैँ सर्वहारा कित्तामा पुगेका छन्, जीवन शर्मा । उनको नाममा विशाल आकाशमुनि एक इञ्च जमिन छैन, कतै एक हजार रुपियाँ जगेडा छैन । तीन दशक लामो सांस्कृतिक यात्राभर जेनतेन जीवन धान्दैछन् । तर, आफ़्नो समर्पणमा कुनै असन्तुष्टि छैन । भन्छन्, राजीखुसी निम्त्याइएका दुःखहरू सामना गर्नुमा रमाइलो छ, दुःखहरूविरुद्ध लड्नुमा झन् आनन्द छ ।

जीवन शर्मा जन्मजात सर्वहारा होइनन् । तर, सर्वहाराका गीत गाउँदागाउँदै सर्वहारा बन्न पुगेका छन् । स्वीकार्छन्, पहिले म सर्वहारा थिइनँ, अरूका लागि गाउँथे, अहिले म सर्वहारा भएँ, आफ़्नै लागि गाउँदैछु ।सर्वहारा वर्गका निम्ति गाएर त्यसै वर्गमा समाहित हुन पाउनुमा उनले गौरव नै गरेका छन् । सम्पत्तिका रूपमा अब उनीसित जनताको माया मात्र छ । पारिवारिक अंशका रूपमा पाएको चितवनको घडेरी जनताको गीतको सङ्ग्रहालय बनाउने क्रममा बेचे उनले । तर, मुलुकमा लागेको सङ्कटकालले नेपाल सांस्कृतिक प्रतिष्ठान नामक संस्थाका साथै जीवन शर्माको पुख्र्यौली झिटी पनि रहेन । चित्त बुझाउँछन्, नेपालमा राम्रो काम के पो फस्टाएको छ र ?

त्यसो त कागजी प्रमाणपत्रहरू नभएर जीवन शर्मा सर्वहारा हुन पुगेका होइनन् । दर्शन र राजनीतिशास्त्रमा स्नातक गरेपछि उनले अङ्ग्रेजी र मानवशास्त्रमा डबल एमए पनि पढेकै हुन् । तर, अङ्ग्रेजीलाई आफ़्नो कपको कफी बनाउन सकेनन् उनले । बडो भावुक मुद्रामा भन्छन्, म पूरै गीततिर लागेँ, अब मसित गीतबाहेक केही छैन । हो, अब जीवन शर्माले खाने, बस्ने, पढ्ने अनि हिँड्ने जनताकै गीत मात्र हुन् ।

जीवन शर्माले जानेर साइँली-माइलीका गीतु गाएनन् । उनको रोजाइमा रह्यो सार्थक गीत । भन्छन्, मुलुकको जिम्मेवार कलाकारले अर्थहीन गीत किन गाउने रु नाङ्गा र अङ्गप्रदर्शन गरिने खालका नाच चाहिने गीत म गाउँदिनँ । जीवन शर्मा फेरि पनि दुःखी जनता र अखण्ड नेपाललाई नै गीति मेनुमा राख्न चाहन्छन् । उनको जिद्दी छ, गीतले दिमाग छिटो बदल्न सक्छ ।
अविराम जनता-जिन्दावाद भन्दै आएका छन् जीवन शर्मा ।बिहानीले दिनभरिको सङकेत गरिदिन्छ रे ! जीवनवादी जीवन भन्छन्, एकाबिहानै कामुक गीत सुन्नेले दिनभर ठिटीतिर ध्यान दिन्छ, भजनकीर्तन सुन्नेले मन्दिर धाउँछ अनि जागृतिका गीत सुन्नेले देश र जनतालाई केन्द्रमा राख्छ । तर, उनी प्रेम होस् वा राजा विषयलाई गीतै होइन चाहिँ भन्दैनन् । यत्ति हो, जनतालाई सम्पूर्ण रूपमा राजनीतिक चेतनाले झरझिट्टै नपारेसम्म उनले उज्यालो भविष्यको गीत सुनाइरहने छन् ।

जीवन शर्माको छुट्टै जीवनदर्शन छैन । सर्वहारा वर्ग र उनको जीवनदर्शन एउटै हो । तीन छोरा र एक छोरीका पिता जीवनले जीवनमा दुईपटक विवाह गर्नुपर्‍यो । एउटा मागी विवाह, अर्को भागी विवाह । प्रथम पत्नीसित त उनले सम्बन्धविच्छेद नै गरसिकेका छन् । अहिले उनी काठमाडौँ घट्टेकुलोमा पत्नी नीलिमा, छवर्षे छोरीसहित रुखासुखा दिनगन्ती गर्दैछन् उनी ।
करोडपति बन्ने, सुनका बिस्कुट ढुकुटीमा राख्ने, आलिसान महलमा बस्ने, बेन्ज कारमा हुइँकिने वा नाम र इज्जतसाथ बाँच्ने कुनै पनि महत्त्वाकाङक्षा छैनन् जीवनमा । बरु अहिले पनि कि जेल परिने वा मारिने खतराहरू देखिरहन्छन् । खतराहरू सामना गर्नुमा पनि अज्ञात आनन्द छ । भन्छन्, म जे छु, ठीकै छु ।

त्यसो त यी मुक्तिका गायक जिउने र मारिने विषयमा डराउने खालका छैनन् । रेडियो वा टेलिभिजनले गीत बजाओस्, नबजाओस्, सारङ्गीप्रेमी जीवनलाई फिकर छैन । जनमनमा, जनजिब्रोमा र जनताको घरघरमा सुरक्षित हुन पाए पुग्छ । सामान्य अवस्थामा सजिलो मञ्चमा जाने अनि असामान्य अवस्थामा प्यारो ठाउँ गरबिका रामझुपडी छँदैछन् ।

जीवन शर्माको खास नाम रामकृष्ण आचार्य रहेछ । त्यसो त चिनामा टीकानिधि उपाध्यायका रूपमा टिपोट गरिएको छ उनलाई । कतिपय मौसमी नामहरू त जीवनले बिर्सिसकेका छन् । तर, जीवन शर्मालाई घिसारेर नियमित हिँडेको २५ हिउँद बितिसक्यो । जीवनको जन्मथलो बाग्लुङको राङखानी-पाही, धर्मराज थापाका शब्दमा गीतको खानी हो । मगर बस्तीमा हरेक साँझ मादल घन्कने नै भयो । मेलापात, झारापर्म जताततै नाचगान । त्यहाँ झ्यायाउरे, भजन गाउँदागाउँदै रामकृष्ण आचार्यको अन्तःप्रज्ञा खुल्यो । काठमाडौँ पसेपछि मात्र उनी जनताको गीत गाउने तहमा पुगेका हुन् । सङ्कल्प, वेदनालगायतका सांस्कृतिक समूहको उत्प्रेरणा त छँदैछ ।

कम्युनिस्ट-भाइरसु पसेपछि मायापिरतीका गीतहरू भूपू हुनु अस्वाभाविक होइन । रामकृष्णलाई थाहा भयो, देशदुनियाँ बदल्ने सजिलो बाटो गीतसङगीत हो । सम्झन्छन्, जनताका दुःख, वेदना, पीरमर्का, पञ्चायती व्यवस्थाका दमन, अत्याचार अनि जागृतिका गीत गाएर देशाटन गरेँ, भारतका हिमाञ्चलदेखि कन्याकुमारी, कोलाकातादेखि मुम्बई, चेन्नईदेखि दिल्लीसम्म डुलेँ ।
काठमाडौँको कलेज जीवनमा प्यूठानका मणि थापासित जीवन शर्माको जोडी खूबै जम्यो । गाउने जीवन र नाच्ने मणि । कलेजहरू डुल्दै आधा दर्जन वर्ष मणिसँग गरेको सहयात्रा उनले बिर्सन सकेका छैनन् । राजेश विकसँग गाउँतिर गितार बोकेर घरका आँटी, पिँढी अनि आँगनका धूलो उडाएको पनि ताजै छ ।

पहाडी सामन्ती पृष्ठभूमिका पितासित विद्रोह गरेर ननिस्केको भए जीवन शर्मा यतिखेर ढाक्रे जीवनशैलीमा रहने थिएनन् । तर, गीताङे बन्ने धुनमा इन्जिनियरिंग क्याम्पस पुल्चोकमा ओभरसियरको पढाइ अपूरै छाड्नुमा कुनै खेद छैन । कुनैबेला मुस्ताङ र सोलुखुम्बुमा मास्टरी गरेको झझल्को पनि मेटिएको छैन । बनारसमा कामचलाउ गितार सिकेका जीवनको बाटो तिनै तारहरूमा अल्झिरह्यो ।

जीवन शर्मा गाउँदैनन् मात्र, गीत पनि आफैँ लेख्छन् । कहिलेकाहीँ कविहरूका रचनालाई पनि गीति सरगममा ढाल्छन् । आफ़्ना गीतलाई सर्वहारा वर्गको मान्छन् जीवन । भन्छन्, मेरा गीत कुनै पार्टीको भजन होइन । गरिबीका व्यथा अनि मुक्तिका आवाज कुनै पार्टीविशेषको हुन सक्दैन ।झरनाको मीठो पानी…. सिमली छायाँमा बसी….लगायत लोकप्रिय गीतका स्रष्टा जीवनका ३३ थान एल्बम जनताका नाममा आइसकेका छन् । फोकल्यान्डको टापुबाट….चाहिँ मणि थापाले लेखेका रहेछन् । पक्कै पनि जीवन शर्माको स्वरसङगीनीका रूपमा नीलिमा पुन र लक्ष्मी गुरुङजति अरू सुहाएनन् । स्वर संसारकै गरमिका निम्ति नीलिमासित उनले प्रेमविवाह गरेका हुन् ।

जीवन शर्माको पार्टीगत सम्बन्ध मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसित छ । त्यसो त उनी एकताका एमालेको साङ्गीतिक मञ्चमा पनि गाउँदै नहिँडेका होइनन् । भन्छन्, एमाले कम्युनिस्ट पार्टीचाहिँ होइन, देशभक्त र जनतान्त्रिक चरत्रिको पार्टी हो भन्ने लागेको थियो । तर, महाकाली सन्धिमा बदमासी गरेपछि म त्यहाँ रहिरहन सकिनँ ।

रक्तिम सांस्कृतिक परिवाका संस्थापक हुन् जीवन । अहिले त्यसको अध्यक्ष छन् । घन्टाघरको फेदीमा बसेर नौ जनाले खोलेको रक्तिममा अझै पनि सयौँ कलाकार सङ्गठित रहेछन् । ज्यान जाला, जीवनले रक्तिम छाड्दैनन् । भन्छन्, अहिले राष्ट्रका निम्ति बोल्ने संस्थाहरू धमाधम समाप्त हुँदैछन् । सबै कम्युनिस्टहरू देशभक्त हुन्छन् भन्ने परिभाषा फेरिएका बेला सर्वहाराको मुक्तिका साथै राष्ट्र मुक्तिका निम्ति आन्दोलित हुनुपरेको छ ।त्यसैले घन्काउँदैछन्
छेकेर छेकिन्न इतिहासको पाङ्ग्रा
बढ्छ अघि चल्छ निरन्तर
रोकेर रोकिन्न, जनताको आँधी
चल्छ हुरी आउँछ वसन्त ।
कवि हृदयका मनुवा जीवन शर्मा कहिले छन्दमा हुन्छन्, कहिले छन्द न बन्दमा । उनको संसारभर साम्यवाद स्थापनाको स्वैर कल्पना हो वा क्रान्तिकारी रोमान्स उनमा बाँकी छ । नेताकै हिसाबमा दोहोर्‍याइरहन्छन्, मेरो इच्छाले मात्र संसार बदलिँदैन, मैले त परविर्तनको गतिलाई तीव्र पारििदने मात्र हो, मेरो जिन्दगीमा भएन भने कुनै दिन होला । तर, सागर भेट्न जाँदैछ नदी… कित्ताका गीतले श्रोताको मन नजितेको गुनासो छ उनमा । भन्छन्, मलाई मनपर्‍यो एकथरी, दुनियाँलाई मनपर्‍यो अर्काथरी ।

जीवन शर्मा आफैँमा एउटा तथाकथित आदर्श बोकेर हिँडेका छन् । उनका आदर्श नेता रहेछन्, कमरेड मोहनविक्रम सिंह । भन्छन्, मोहनविक्रम मुलुककै एक मात्र सत्याग्रही नेता हुन्, लोभलालच, इज्जतबेइज्जत नहेरी साँचो कुरा बोल्ने, सर्वहाराजस्तै बनेर हिँडेका मोहनविक्रम स्तरको नेता मैले भेटेको छैन । प्रचण्डपूजाको फोटोकपी किन त ? जवाफमा जीवन शर्मा, म त एक समय मसाल पनि छाडेर हिँडेको हुँ, मलाई यहाँ बस्न कसैले बाध्य बनाएको पनि छैन । मोहनविक्रम कुनामा घचेटिएलान्, छेउमा फालिएलान् वा पुरिएर मर्न पनि सक्लान् तर उनले यथार्थ बोल्न छाड्दैनन् ।

मूलधारको गीतमा विद्रोही गायक जीवन शर्माको आकर्षण छैन । मैले जनताको गीत गाउनु के नराम्रो हो ? राष्ट्र बचाउने गीत गाउनु मेरो अपराध हो उनी भन्छन्, अरू पैसाका लागि गाउँछन्, म चेतनाका लागि गाउँछु । जनताको गीत गाउँदै बझाङ, हुम्ला, ताप्लेजुङबाहेक सबै जिल्ला परिक्रमा गरेका जीवन शर्मा आफूलाई सोचेभन्दा हजारौँ गुणा बढी सफल ठान्छन् । भन्छन्, ४८ वर्षे जोवन अर्थपूर्ण रह्यो । म किन जन्मेछु जस्तो लागेको छैन ।

आजीवन कम्युनिस्ट भएकोमा जीवन शर्मालाई कुनै दुःखमनाउ छैन । जति व्यथित छन्, नक्कली कम्युनिस्टबाट । कम्युनिस्टको साइनबोर्डमा मनपरी गर्दै आएका नेतालाई धिक्कार्छन् पनि । तर, जनताका गीत गाउने सबै उनका श्रद्धाका पात्र छन् । भन्छन्, कम्युनिस्ट भनेको विचार हो, हतियार बोक्दैमा कम्युनिस्ट हुने भए ज्वालासिंह वा तमिललाई लाल सलाम गर्नुपर्‍यो ।
कम्युनिस्ट नै किन नहुन्, असलमा जीवन शर्मा कलाकार हुन् । उनी आफूलाई देशभक्त नेपालीको दर्जामा राख्न चाहन्छन् । अब एउटा काँधमा गणतन्त्र र अर्को काँधमा राष्ट्रलाई राखेर हिँड्ने दिन आएका छन्, उनी भन्छन्, गणतन्त्र ल्याउने नेपालमा हो, नेपाल नै नरहे गणतन्त्र के काम ???

October 2, 2007

अहिंशाका प्रतिमुर्ति गान्धीलाइ संझिदा

१५ असोज, काठमाण्डौ । आज अक्टोवर २ अर्थात महात्मा गान्धीको जन्म दिन । जीवनभर अहिंशाको मन्त्र जपेका उनै वापु अर्थात महात्मा गान्धीको स्मरणमा यसै वर्षदेखि अक्टुवर २ लाइ विश्व अंहिंशा दिवसको रुपमा मनाइन लागेको छ । आर्य संस्कृतीका अनुयायी वापु जीवन पर्यन्त अहिंशावादी वने । सन् १९४७ मा नाथुराम गोड्सेले गोली हान्दापनि सदा झै मन्द मुस्कान साथ हात जोडेर हे राम भनेका गान्धीले त्यसपछि कहिल्यै आंखा खोलनन । गोड्सेलाइ कुनै संजाय नदिइयोस भन्ने गान्धीको इच्छा विपरित भारतीय सरकारले गोड्सेलाइ जेल सजाय दियो । यद्यपि गान्धी गोड्से अज्ञानी भएकाले ज्ञान दिनु पर्छ भन्दै हात जोडथे ।

 सामान्य परिवारमा जन्मिएका मोहनदास करम चन्द गान्धी पढाइमा सामान्य थिए । कानुनको औपचारिक शिक्षा लिएका गान्धीलाइ दक्षीण अफ्रीका सरकारले वकालतको अनुमति दिएन । यद्यपि गान्धीको स्वार्गारोहणको सय वर्ष पछि दक्षिण अफि्रकाको संसदले औपचारिक रुपमा माफी मागेको थियो । सादगीपूर्ण जीवन विताएका तिनै गान्धीको स्मरणमा आज विस्वले अहिंसा दिवस मनाउदैछ । अहिंसावादी आन्दोलनका संवाहक गान्धीले अहिंसाको नीतिद्धारा शान्तिपूर्ण आन्दोलन गरेकाले उनको जन्म दिनलाइ अहिंशा दिवस मनाउन लागिएको हो । राष्ट्रसंघले गान्धीको जन्मदिन अक्टोबर २ लाई अहिंसा दिवसका रुपमा मनाउने निर्णय गरेको हो। राष्ट्रसंघमा भारतले राखेको प्रस्ताव एक सय ४० राष्ट्रले अनुमोदन गरेका थिए । जीवनको अन्तिम समय सावरमति आश्रमको नवजीवन केन्द्रमा रहेका गान्धीका वालवालिका र जनावर अत्यन्त प्रिय थिए । हर सोमवार मौन व्रत लिएका गान्धी हर दिन एक छाकमात्र भोजन गर्दथे । चर्खावाट स्वदेशमै वुनिएका लुगा मनपराउने गान्धी हिंशाको चर्को विरोधी थिए । उनको प्रत्येक विहान योगा र गीता पाठ वाट शुरु हुनथ्यो र गरिवको सेवामा दिन वित्थ्यो । उनी स्टेटम्यन थिए । यद्यपि कोही उपवुज्रुकहरुले उनलाइ पोलिटिसियन पनि नभनेका होइनन । उनले आफ्नो अपे्रसनमा वेहोस नभइकनै चिकित्सकहरुसंग कुरा गरेरै सम्पन्न गरेका थिए । भनिन्छ भगवानले पीडा खप्न सक्ने क्षमता गान्धीलाइ जति कसैलाइ पनि दिएका छैनन । उनले संमृद्ध भारतको कल्पना गरेका थिए । स्वामी रमणका भक्त थिए गान्धी तर जीवनभर रमणको दर्शन गर्न गएनन ।

उनी रमणको समिप्यमा पुगेका भए फर्किने संभावना थिएन । गान्धी नफर्किइ भारत स्वतन्त्र हुनै सक्तैनथ्यो त्यसैले गान्धी रमणको समिप परेनन भनिन्छ । यिनै आदर्शका प्रतिमुर्ति, अहिंशाका पुजारी आर्य संस्कृतीका अनुयायी सादगीका अदाहरण गान्धीमा अंहिसा दिवसको स्मरण ।

September 8, 2007

को धनी हेलु की कीसुनजी ?

२२ भदौ, काठमाण्डौ । धनी वन्ने रहर त कस्लाइ हुदैन होला र कम मात्र भाग्यमानीले त्यो अवसर पाउछन भनिएको छ । तर व्यक्तीगतरुपमा भन्नुपर्दा भने मलाइ भने हेलु भन्दा पामुक, कार्लोस र हाम्रै किसुनजीहरु धनी लाग्छन । जसले पूर्ण आजादीका साथ शान्ति पूर्वक जीवन विताए ।  तैपनि हेरौ न त हेलुको कथा-

मेक्सिकोका ब्यापारी कार्लोस स्लिम हेलु संसारकै सबैभन्दा धनी ब्यक्ति भएका छन् । उनी धनी भएको घोषणा केही दिन अघिमात्र गरिएको हो । यो भन्दा अगाडि अमेरिकाका बिल गेट्स थिए । तर यो बर्ष हेलुको सम्पत्ति ६७।८ अरव डलर र बिल गेट्सको सम्पत्ति ५९।२ अरव डलर पुगेको छ । अमेरिकी एक डलर नेपालीमा लगभग ६५ रुपैंया हुन्छ ।

गत बर्ष हेलुको ३० अरव र बिल गेट्सको ५० अरव डलर रहेको थियो । हेलु गत बर्ष तेश्रो नम्बरका धनी ब्यत्ति रहेका थिए । बिल गेट्स पछिको दोश्रो नम्बरमा वारेन बफेट थिए उनको सम्पत्ति ४५ अरव डलर थियो ।

हेलु ६७ बर्षका छन् । उनको जन्म मेक्सिको सिटीमा भएको हो । उनको बुवा जुलियान स्लिम लेबनानमा जन्मेका थिए । १४ बर्षको हुँदा उनी मेक्सिको सिटीमा बसाई सरेका थिए । त्यहाँ उनले घरजग्गा किनबेच गर्न शुरु गरे । बुवको ब्यापारलाई छोराले पनि अघि बढाए । हाल उनको मेक्सिकोमा मात्र नभएर ल्याटिन अमेरिका क्षेत्रमै फैलिएको दूरसञ्चार कम्पनी रहेको छ । मोबाईल र टेलिफोनको ब्यापार गर्ने उनको कम्पनी मेक्सिकोमा मात्र नभएर ल्याटिन अमेरिकाका धेरै देशहरुमा लोकप्रिय छ । त्योबाहेक गाडिमा प्रयोग गर्ने मोबिलको ब्यापार पनि उनले गर्छन् । उनका ६ सन्तान छन् । तीमध्य ३ छोराहरुले उनको कारोबारमा पूर्णरुपले सघाउदै आएका छन् । यही ब्यापारबाटै उनको यत्रो सपत्ति पुगेको हो । उनले यो पैसा समाजसेवा क्षेत्रमा खासै लगाएका छैनन् । तर बिल गेट्सले आफुले कमाएको पैसा संसारका बिभिन्न भागमा पिछडिएका जनताको शिक्षा, स्वास्थ्य आदिका क्षेत्रमा लगाएका छन् । शिक्षा, स्वास्थ्य जस्ता बस्तुलाई मानिसको आधारभूत आवश्यकता मानिन्छ ।

उनले यसका लागि बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनको स्थापना गरेका छन् । मेलिण्डा उनकी श्रीमतीको नाम हो । यही संस्थामार्फत उनले संसारका धेरै ठाउँमा पैसा पठाउँछन् । यसरी पैसा सहयोग गरेका कारण बिल गेट्सको सम्पत्ति बढ्न नसकेको हो पनि भनिन्छ । यो भन्दा अगाडि दोश्रो धनी ब्यक्तिकारुपमा रहेका वारेन बफेटले पनि समाजसेवका लागि आफ़्नो धेरै सम्पत्ति दिईसकेका छन् ।

अहिलेको यो नयाँ तथ्य अमेरिकाबाट निस्कने फर्च्युन नामक पत्रिकाले निकालेको हो । अहिलेको बजारभाउ अनुसार उसले यो तथ्य निकालेको हो । बजारभाउ घटबढ हुँदा सम्पत्तिमा फरक पर्न सक्ने कुरा पनि उसले जनाएको छ । यस्तै धनी ब्यत्तिहरुको सूची धेरै बर्ष अगाडिदेखि फोर्ब्स नामक पत्रिकाले पनि निकाल्दै आएको छ । तर उक्त पत्रिकाले अझै यसका बारेमा केही उल्लेख गरेको छैन । चाँडै नै उक्त पत्रिकाले पनि यो समाचार सार्बजनिक गर्ने अनुमान गरिएको छ । यस बर्षका दशौं स्थानसम्मका धनी ब्यत्तिहरु यसप्रकार छन ।

१। पहिलो कार्लोस स्लिम हेलु मेक्सिको ६७।८ अरव डलर

२। दोश्रो बिल गेट्स अमेरिका ५९।२ अरव डलर

३। तेश्रो ओराकल लवरेन्स २१।५ अरव डलर

४। चौथो माईक्रोसफ़्ट पाउल एलेन १८ अरव डलर

५र६। पाँचौं र छैठौं गुगल सर्जी ब्रिन र लेरी पेज १६।६ अरव डलर

७। सातौं डेल्स मिखाएल डेल १५।८ अरव डलर

८। आठौं माईक्रोसफ़्ट स्टेभ बाल्मर १५ अरव डलर .

९। नवौं नागुइब सावीरिस इजिप्ट १० अरव डलर

१०। दशौं सुनिद मिट्टल भारत ९।५ अरव डलर

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com