May 25, 2009

वधाइ माधव नेपाल

Filed under: लौ है त

असफल राजनितिज्ञको संज्ञा पाएका एमालेका पूर्व महासचिव माधव नेपाललाइ यसपटक प्रधानमन्त्री हुने मौका जुरेको छ । कांग्रेसको कांधमा टेकेर प्राप्त भएको यो अवसर पनि त्यति लामो हुने छाट भने छैन । ज्योतिषहरुले भदौसम्मकालागि भनेर भविष्यवाणी गरिएका नेपाललाइ प्रधानमन्त्रीत्वको शुभकामना । चरम चुनौतिका बीच शुरु हुन लागेको कार्यकालमा माओवादी दाहिना हुन, वर्षा लागेको छ गिरिजा प्रसाद कोइरालाको पालामा जस्तो वाढि पहिरोले दुख नदेओस , झलनाथको महत्वाकांक्षा नजागोस र केही भएपनि सफलता मिलोस माधव नेपाललाइ शुभकामना । 

April 20, 2009

ऋण तिर्न पूर्वराष्ट्रपति क्लिन्टन चिठ्ठामा

Filed under: लौ है त

संयुक्त राज्य अमेरिकाकी विदेशमन्त्री हिलारी क्लिन्टनले श्रीमान् तथा पूर्वराष्ट्रपति विल क्लिन्टनलाई चिठ्ठामा राखेकी छिन् । आफ्नो चुनाव अभियानको ऋण तिर्न उनले विललाई चिठ्ठामा राखेकी हुन् ।

 

 ऋण तिर्न सघाउनेलाई चिठ्ठा प्रक्रियाद्वारा विल क्लिन्टनसँग एक दिन बिताउने अवसर दिने योजना छ । यस योजनाका बारेमा हिलारीका समर्थकलाई इमेल पठाइएको छ । यसको जिम्मा पूर्वचुनाव अभियान व्यवस्थापक जेम्स कार्भिलीले लिएका छन् । डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेदवारका लागि चुनाव लड्दा उनलाई २० लाख ३० हजार अमेरिकी डलर ऋण लागेको छ ।

हिलारीलाई पाँच डलर चन्दा दिने समर्थकलाई लक्की ड्रमा समावेश गरिनेछ । विजेताहरूका लागि विभिन्न पुरस्कारहरू राखिएका छन् । पुरस्कारअन्तर्गत पूर्वअमेरिकी राष्ट्रपति विल क्लिन्टनसँग एक दिन बिताउने र अमेरिकन आइडल शोको टिकटको व्यवस्था गरिएको छ । यसबाहेक पुरस्कारमा डेमोक्रेटिक पार्टीका रणनीतिकार जेम्स कार्भिलीसँग वासिङ्टनमा लन्च पनि रहेको छ ।

 

चिठ्ठा विजेताले विल क्लिन्टनसँग न्युयोर्कमा भेट्नेछन् र विभिन्न आकर्षक स्थानमा सँगै घुम्न जानेछन् । "आज पाँच डलर सहयोग गर्नुस् । तपाइले जीवनको सबैभन्दा महत्त्वपूर्ण अवसर पाउनुहुनेछ,’"कार्भिलीले इमेलमा लेखेका छन्, "तपाइको सहयोगले यी रमाइला पुरस्कार जित्न मात्र सहयोग गर्दैन, हाम्री मित्र हिलारीलाई ऋण तिर्न पनि सहयोग गर्नेछ ।"

 

 विदेशमन्त्रीको रूपमा हिलारीले चन्दा संकलन गर्न प्रतिबन्ध छ । त्यसैले उनको ऋण तिर्न समर्थकहरू तम्सिएका छन् । यसअगाडि पनि हिलारीको चुनाव अभियानमा लागेको ऋण घटाउन अपिल गरिएको थियो । हिलारी क्लिन्टन डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवारको प्रतिस्पर्धामा बाराक ओबामासँग पराजित भएकी थिइन् ।

September 19, 2008

बजेट प्रस्तुत गर्दै

Filed under: लौ है त

सरकारले २ खर्ब ४० अर्ब बराबरको महकाक्षी बजेट आज प्रस्तुत गर्दैछ । आज आर्थिक वर्ष२०६५/२०६६ का लागि बजेट प्रस्तुत गरिने बजेट २ खर्ब ३८ अर्ब चानचुनको बनाइएको छ । साउन १ गते नियमित बजेट प्रस्तुत गर्नुपर्नेमा समयमा सरकार गठन हुन नसकी यसअघि पेश्की खर्च विधेयक मार्फ सरकारी खर्च गर्दै आएको सरकारले आज पूण् बजेट ल्याउन लागेको हो । आज दिउँसो बस्ने मन्त्रिपरिषदको बैठकले पारित गरेपछि ४ बजे व्यवस्थापिका संसदमा अर्थमन्त्री डा. बाबुराम भट्टर्राईले बजेट पेश गर्नुहुनेछ ।

सबै क्षेत्रलाई उत्साही बनाउने गरी समष्टिगत आर्थिक स्थितिलाई ध्यानमा राखी बजेट तयार गरिएको सरकारले जनाएको छ । गत वर्ष१ खर्व ६९ अर्ब रुपियाँको बजेट प्रस्तुत गरिएकोमा यस वर्षकरिब ७० अर्ब रुपियाँले बजेटको आकार बढाउन लागिएको छ ।

द्वन्द्वपीडितलाई राहत र पुनस्थापना, कर्मचारीको तलव वृद्धि, कृषिमा अनुदान, सामाजिक सुरक्षा, स्थानीय निकायलाई दिइने रकममा वृद्धि गरिएकाले बजेटको आकार बढेको बताइएको छ । सरकारले चालु आर्थिक वर्षा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । आउँदो दुइ वर्षतीब्र आर्थिक वृद्धिका लागि आधार वर्षमानी ५ वर्षम्म दोहोरो अंकको आर्थिक वृद्धि गर्ने लक्ष्य बजेटले लिएको छ । स्रोतका अनुसार आज आउने बजेटमा साधारण खर्च १ खर्ब १६ अर्ब र विकास खर्च एक खर्ब २४ अर्ब छुट्टाइएको छ । २०५८ पछि साधारण भन्दा विकास खर्च बढी भएको यो पहिलो पटक हो ।

July 27, 2008

कोइरालालाइ प्रधानमन्त्री बनाउने षडयन्त्र भइरहेको छ: डा. भट्टराइ

Filed under: लौ है त

नेकपा माओवादीका बरिष्ठ नेता डा. वावुराम भट्टराले फेरी गिरिजाप्रसाद कोइरालालाइ प्रधानमन्त्री बनाउने षडयन्त्र भइरहेको दावी गर्नुभएको छ । गोर्खा-काठमाण्डौ गणतान्त्रिक मञ्चले  राजधानीमा आयोजना गरेको कार्यक्रमलाइ संवोधन गर्दै नेता भट्टराइले देशी विदेशीले उनलाइ पुनः प्रधानमन्त्रीको पदमा ल्याउन पहल गरिरहेको बताउनुभयो ।
पहिले राष्ट्रपति बनाउन कसरत गरियो – भट्टराइले भन्नुभयो-त्यो सफल नभएपछि अहिले पुन प्रधानमन्त्री वनाउने योजनामा यथास्थीतिवादीहरु लागिरहेका छन । कांग्रेस, एमाले र फोरमको गठवन्धन यथास्थीतिवादी गठवन्धन रहेको भन्दै उहाँले राजनीति ध्रुविकृत भएको बताउनुभयो । ‘अवको संघर्ष बुर्जुवा र प्रगतिशील गणतन्त्रवादीवीच हुनेछ- भट्टराइले भन्नुभयो । यता, कोइरालाले आफु प्रधानमन्त्री वन्नका लागि पहल थालिसक्नुभएको छ । तीन दलीय गठवन्धनमा आउन नमानेका मधेसवादी दुइ दलसंग भेटी उहाँले आफुलाइ साथ दिन आग्रह गरिसक्नुभएको छ ।

July 25, 2008

माओवादीलाई सरकार बनाउन आग्रह

Filed under: लौ है त

संविधानसभामा प्रतिनिधित्व गरिरहेका २५ दलको अहिले सिंहदरवारमा जारी बैठकमा नेकपा माओवादीलाई सरकार गठन गर्न अन्य २४ दलले आग्रह गरेका छन् । नेकपा माओवादीले बिहीबार संबिधानसभामा प्रतिनिधित्व भएका २५ दलहरुसंग नयां सरकार गठनका बारे छलफल गरेको छ । छलफलमा अधिकांश दलले अहिलेको तीनदलीय गठबन्धन समाप्त हुनुपर्ने र माओवादीको नेतृत्वमा तत्कालै सरकार गठन हुनुपर्ने कुरामा जोड दिएका छन् ।

बैठकमा सहभागी दलमध्ये २२ वटा राजनीतिक दलले तीनदलीय गठबन्धन तत्काल विघटन हुनुपर्ने कुरामा सहमति जनाए पनि नेपाली काङ्ग्रेसले त्यसमा स्पष्ट रूपमा सहमति नजनाएको र एमाले र मधेसी जनअधिकार फोरम भने मौन बसेको बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले पत्रकारहरूलाई जानकारी दिनुभयो ।

उहाले आफूले तीनदलीय गठबन्धन तत्काल भङ्ग गर्नुपर्ने, २५ वटै दलको न्यूनतम साझा एजेन्डासहितको साझा कार्यक्रम तय हुनुपर्ने र त्यसमा माओवादीले अघि सारेका नीति, कार्यक्रम केही बढी समावेशी हुनुपर्ने र कम्तीमा पनि दुई वर्षसम्म सरकार ढाल्ने गणितीय खेल हुन नहुने जस्ता मुख्य तीन कुरालाई अघि सारेको स्पष्ट गर्नुभयो ।

अध्यक्ष प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा देखिएको समीकरणले जनतामा निराशा आएको तर सभामुखको निर्वाचनमा कायम सहमतिले केही आशा पलाएको बताउनुभयो । उहाले आफूहरूले अघि सारेका तीनदलीय गठबन्धन भङ्ग हुनुपर्ने, न्यूनतम साझा कार्यक्रम आउनुपर्ने तथा सबै दलबाट दुई वर्षसम्म सरकार ढाल्ने खेल नगर्ने राजनीतिक प्रतिबद्धता नआएमा माओवादी सरकारमा नजाने र प्रतिपक्षमा बस्ने स्पष्ट गर्नुभयो ।

July 10, 2008

कर्मचारीहरुको तलब समान रूपले तीन हजार बढ्ने

Filed under: लौ है त

सामान्य प्रशासन मन्त्रालयका सहसचिवको अध्यक्षतामा गठित उपसमितिले २०६५/६६ को तलब भत्तामा समान रूपले तल्लो तहदेखि माथिल्लो तहसम्म मासिक तीन हजार रुपिया उपलब्ध गराउने निर्णय भएको जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले विज्ञप्ति जारी गर्दै हाल विभिन्न पत्रपत्रिकामा छापिएका ‘२० प्रतिशत तलब बढाउन सिफारिस’ भन्ने शीर्षकका समाचारको खण्डन गरेको छ ।

केन्द्रले कर्मचारीका सुविधा र तलबका सम्बन्धमा तलब स्केलमा केही वृद्धि गरी समान र एकरूपता ल्याउन सरकारसंग अनुरोध गरेको बुझिएको छ ।

July 3, 2008

संविधान संशोधन गरी नयां सरकार गठन: प्रचण्ड

Filed under: लौ है त

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मधेशवादी दलको माग सम्बोधन गर्ने सवालमा तीन दलबीच आजै कुरा मिल्ने दाबी गरेका छन् । मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसंगको भेटपछि संचारकर्मीको जिज्ञासामा उनले कुरा मिल्नै लागेको बताएका हुन् ।

‘कुरा मिल्छ,’ प्रचण्डले भने,’आजको छलफल निकै उपलब्धिमूलक रह्यो ।’ मधेश स्वायत्त प्रदेशलाई आफूहरुले विगतमै उठाएको भन्दै संविधानमा पूरा संशोधन ल्याई मधेश स्वायत्त प्रदेश उल्लेख गर्ने सहमति बनिसकेको बताए । तीन दलबीच थप छलफल गरी आजै सहमति निकालिने दाबी गरे । सहमतिलगत्तै आजै संविधान संशोधन गरी नयां सरकार गठन प्रक्रिया अगाडि बढाउने उनको भनाई थियो । सहमतिबाटै समस्या समाधान गरिने बताए ।

June 24, 2008

नोबेल पुरस्कार प्रचण्डलाई

Filed under: लौ है त

अन्तर्राष्ट्रिय नोबेल शान्ति पुरस्कारको चर्चाले विश्वव्यापी स्वरूप ग्रहण नगर्दै नेपालमा यसको खुब चर्चा सुरु भएको छ । चर्चा मात्र होइन, यसपटकको नोबेल शान्ति पुरस्कारको क्षेत्रीय पुरस्कार नेपालकै राजनेताले पाउनुपर्छ भनेर दाबीसमेत प्रस्तुत भइरहेको छ । यस्तो दाबी गर्नेहरू अधिकांश प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पक्षमा छन् । कोइरालाका विगतलाई चटक्कै बिर्सिएर माओवादीलाई मूलधारमा ल्याई मुलुकलाई शान्तिको उपहार दिन सफल भन्दै कोइरालाले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी उनकै प्रशंसक र कार्यकर्ताले गरिरहेका छन् । तर, यो यथार्थभन्दा बिल्कुल फरक दाबी हो ।

हो, एक हदसम्म गिरिजाप्रसाद कोइरालाको भूमिका, अडान र सक्रियता शान्ति-प्रक्रियाका निम्ति उल्लेख्य मान्नुपर्छ । तर, त्यसको आडमा यस वर्षको नोबेल शान्ति पुरस्कारकै दाबी गर्न सुहाउने काम होइन । किनभने, कोइराला यसका निम्ति प्रमुख पात्रमध्ये एक मात्र हुन्, अद्वितीय होइनन् । बरु नोबेल शान्ति पुरस्कारका निम्ति त्यो अद्वितीय पात्र हो जसले दस-दस वर्षसम्म बन्दुक उठाएर सामन्तवादको जरोकिलो थिलथिलो बनायो र निरंकुश राजतन्त्र समाप्त गर्‍यो । जसले जनताको अत्यधिक मन जितेर ‘जनयुद्ध’लाई संविधानसभासम्म पुर्‍याएर शान्तिको परेवा उडायो । जसले स्थायी शान्तिको परिकल्पनाका साथ नयाँ नेपालको सार्थक परिकल्पनाको जनतालाई आत्मसात् गरायो । त्यो अद्वितीय पात्र प्रचण्ड नै हो ।

May 27, 2008

राजा ज्ञानेन्द्रको सम्बोधन आउने

Filed under: लौ है त

राजा ज्ञानेन्द्रको दरबार बहिर्गमनका सम्बन्धमा सर्वत्र कौतुहलता बढीरहेकै बेला गत बिहीबार नागार्जुन गएका राजा ज्ञानेन्द्र अपराहृन नारायणहिटी फर्केका छन् ।
नागार्जुन बसाईमा राजाले देशी-विदेशी विभिन्न व्यक्तित्वसंग परामर्श गरेको बिझिएको छ ।  दरबार फर्किएका राजाको सम्भवत भोलि गणतन्त्र कार्यान्वयनको विषयलाई केन्द्रित गरी केही सन्देश आउन सक्ने अनुमान गरिएको छ ।

सम्बोधनमा कस्तो विषय समेटिएला त्यो भने अनुमानकै विषय रहेको छ । राजा फर्केलगत्तै दरबारको सुरक्षा व्यवस्थामा थप कडाई गरिएको बताइएको छ । 
 

May 16, 2008

राजाले जेठ १५ गते दरवार छाड्ने !

Filed under: लौ है त

माओवादीका वरिष्ठ नेता मोहन बैद्य किरणले जेठ १५ गतेअघि राजाले नारायणहिटी नछाडे उनलाई कानुनी प्रक्रियाबाट हटाइने बताएका छन् ।  राजधानीमा आयोजित अन्तरक्रियामा बोल्दै किरणले राजा हटाउनु कुनै ठूलो कुरा नभएको दावी गरे । उनले १५ गते अघि नै राजा हटाउन आफूहरुले वातावरण बनाइरहेको पनि उल्लेख गरे ।

कार्यक्रममा किरणले संविधानसभा चुनावअघिको सहमति बिपरित अन्य दलहरुले वाईसीएल बिघटन जस्ता र्सत राखेको बताए तथा अन्य दलले चाहे पनि संविधानसभामा दुई तिहाई नपुग्ने तर माओवादीले चाहे दुई तिहाई पुर्‍याउन सक्ने दावी गरे । ‘कसैले फुर्ति नलगाए हुन्छ, अरु दल आउदैनन् भने माओवादी एक्लैले सरकार बनाउनेछ तथा चलाउनेछ’ किरणले भने ।

कार्यक्रमका अर्का वक्ता नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रवक्ता अर्जुननरसिंह केसीले तीस प्रतिशत मात्र मत ल्याएको माओवादीले झुठ र भ्रमको खेती गर्दै तथा सपना बाढदै हिड्नु बेकार भएको बताए । संविधानसभा चुनावपछि पनि पार्टीका कार्यकर्ताको घरमा माओवादीले आगो लगाएको तथा कार्यकर्तालाई कुटपिट गरेको उल्लेख गर्दै केसीले शान्तिप्रक्रियालाई निश्कर्षमा पुर्‍याउन कांग्रेसले चुनावअघि लचकता देखाए जस्तै माओवादीले पनि अब लचकता देखाउनुपर्ने माग गरे । ‘माओवादीले अझै दम्भ त्याग्दैन भने कांग्रेस आत्मार्समर्पण गर्दैन, बरु जंगल पस्छ’ केसीले चेतावनी दिए ।

एमाले स्थायी समिति सदस्य केशव बडालले माओवादीको ज्यादति नरोकिएका कारण एमाले माओवादीको नेतृत्वको सरकारमा जाने सम्भावना कम रहेको बताए । बडालले केही महिनापछि हुने महाधिवेशनसम्म पार्टीको नेतृत्व स्थायी समिति सदस्य झलनाथ खनालले गर्ने सम्भावना रहेको जानकारी दिए । 

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com