August 31, 2008

यस्ता छन् नयां मन्त्रीहरु

सत्ता-साझेदार तीनदलका तीन उपप्रधानमन्त्री रहने गरी मन्त्रिपरिषद्को भागबन्डा मिलाइएको छ । गठबन्धनभित्रका तीनदल माओवादी, एमाले र मधेसी जनअधिकार फोरमबीच भएको छलफलमा यस्तो सहमति भएको हो । बैठकमा साना दललाई समेत सहभागी गराएर आज २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । एमालेको तर्फबाट सरकारको नेतृत्व गर्ने नेता वामदेव गौतमलाई गृहमन्त्रीसहित उपप्रधानमन्त्री बनाउने सहमति भएको छ । त्यस्तै, माओवादीका तर्फबाट अर्थमन्त्री डा. बाबुराम भट्टराई र फोरमका तर्फबाट परराष्ट्रमन्त्री उपेन्द्र यादवलाई पनि उपप्रधानमन्त्री बनाइनेछ ।

प्रधानमन्त्रीपछि दोस्रो मर्यादाक्रममा एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्ने नेता गौतम रहनेछन् । करिब डेढ दसक लामो संसदीय अभ्यासमा सरकारमा तीन उपप्रधानमन्त्री भएको यो पहिलोपटक हो । यसअघिको सातदलीय गठबन्धनको सरकारमा दुई उपप्रधानमन्त्री बनाइएका थिए ।

६ भदौमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा दोस्रो बरियता नपाएपछि एमाले सरकारमा सहभागी बनेको थिएन । अन्तिम समयमा माओवादी र एमालेबीच बरियताको विवाद बढेपछि प्रधानमन्त्री दहालले माओवादी र फोरमका चार/चारजना सम्मिलित सानो आकारमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।

माओवादीले मन्त्रिपरिषद्मा थप दुईजना सचिवालय सदस्यसहित सातजना क्याबिनेट र पाँचजना राज्यमन्त्री पठाउने भएको छ । माओवादीको तर्फबाट सरकारमा सहभागी हुने सचिवालय सदस्य वर्षमान पुन ‘अनन्त’ र टोपबहादुर रायमाझी ‘अनिल’ छन् । कुन-कुन मन्त्रालय सम्हाल्नेबारे भने आज मात्र निश्चित गरिने माओवादीले जनाएको छ ।

माओवादीले मधेसबाट केन्द्रीय सदस्य एवं पूर्व वनमन्त्री मातृकाप्रसाद यादवलाई नै निरन्तरता दिने भएको छ भने पूर्वबाट पूर्वराज्यमन्त्री पदमबहादुर राई मन्त्रिपरिषदमा जानेछन् । सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य लेखराज भट्टलाई पठाइने भएको छ ।

भेरी-कणर्ली राज्यसमितिबाट पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेवा राज्य समितिबाट केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीद्वय हिसिला यमी र पम्फा भुसाल मन्त्रिपरिषदमा सहभागी हुनेछन् । उपप्रधान तथा अर्थमन्त्री डा. बाबुराम भट्टराई र हिसिला यमी एउटै मन्त्रिपरिषद्मा पुग्ने पहिलो दम्पती हुनेछन् । टोपबहादुर रायमाझी र पम्फा भुसाल दुवै अर्घाखाँचीका हुन् । मगरात राज्य समितिबाट जयपुरी घर्तीमगरलाई पठाइने भएको छ । उनी अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष हुन् । सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, वर्षमान पुन ‘अनन्त’ र जयपुरी घर्तीमगर गरी रोल्पाका तीनजना मन्त्री बन्नेछन् ।

मगरात राज्य समितिबाटै जनमुक्ति सेनाको तर्फबाट पूर्वडेपुटी कमान्डर एवं माओवादी केन्द्रीय सदस्य जनार्दन शर्मा ‘प्रभाकर’लाई पठाइने भएको छ । तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई हराउने झापाका पूर्णप्रसाद राजवंशी ‘सूर्य’ राज्यमन्त्री हुने भएका छन् । राजवंशी माओवादी कोचिला राज्य समिति सदस्य तथा कोचिला राष्ट्रिय मुक्तिमोर्चाका अध्यक्ष हुन् । राज्यमन्त्रीमा काभ्रेका सूर्यमान दोङ ‘लालध्वज’ वा सिन्धुपाल्चोकका दावा तामाङ ‘क्षितिज’मध्ये एकजनालाई सहभागी गराउने माओवादीले जनाएको छ । यसैगरी लिम्बुवान राज्य समितिबाट राज्यमन्त्रीमा तेह्रथुमकी सुशीला कन्दङ्वा ‘वर्षा’लाई पठाइने भएको छ । वर्षा माओवादी लिम्बुवान राज्य समिति सदस्य तथा तेह्रथुम सहइन्चार्ज हुन् ।

मधेसबाटै राज्यमन्त्रीमा माओवादी केन्द्रीय सल्लाहकार एवं सहिद रामवृक्ष यादवपत्नी रामकुमारी यादव ‘शिला’लाई पठाइने भएको छ । एमालेले आफ्नो भागमा परेका ६ मन्त्रालय सम्हाल्न स्थायी समितिका दुई र केन्द्रीय कमिटीका चार नेतालाई मन्त्रिपरिषदमा पठाउने निर्णय यसअघि नै गरिसकेको छ । जसअनुसार वामदेव गौतमले गृह, विष्णु पौडेलले जलस्रोत, रामचन्द्र झाले स्थानीय विकास, किरण गुरुङले वन तथा भूसंरक्षण, अष्टलक्ष्मी शाक्यले उद्योग र गोपाल शाक्यले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

एमाले महासचिव खनालका अनुसार प्रधानमन्त्री प्रचण्डले माओवादीका बाँकी पाँच मन्त्रीको छनोट र अन्य साना दलसित सहमति जुटाउन सके आज मन्त्रिपरिषद्को विस्तार हुनुका साथै नयाँ मन्त्रीको शपथग्रहण हुनेछ । तीनदलीय गठबन्धनबीच भएको सहमतिअनुसार माओवादीले आफ्नो भागमा परेका चारजनालाई यसअघि नै मन्त्री नियुक्त गरिसकेको छ । सहमतिअनुसार चार साना दललाई मन्त्रिपरिषदमा सहभागी गराइनेछ ।

मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा प्रधानमन्त्रीले शनिबार नै तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), सद्भावना, जनमोर्चा नेपाल, नेकपा माले र दलित जनजाति पार्टीसित पनि छुट्टाछुट्टै छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डको आग्रहका बाबजुद तमलोपाले भने सरकारमा सहभागी नहुने जनाएको छ । ‘हामी सरकारमा सहभागी हुँदैनौं, बाहिरै बसेर सरकारका गुण र दोषका आधारमा सहयोग गर्छौं भनेर प्रधानमन्त्रीसित भनेका छौं,’ छलफलपछि तमलोपा अध्यक्ष महन्त ठाकुरले भने ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासित १६ फागुनमा भएको सम्झौता कसरी कार्यान्वयन हुन्छ, त्यो हेरेर पनि सरकारलाई सहयोग गरिने अध्यक्ष ठाकुरले बताए । प्रधानमन्त्रीसितको छलफलमा मालेले अन्तरिम सरकारदेखि नै सम्हाल्दै आएको भूमिसुधार तथा व्यवस्था मन्त्रालयको माग गरेको छ । प्रधानमन्त्री प्रचण्ड पनि त्यसमा सकारात्मक देखिएपछि मालेले आफ्नो पार्टीको तर्फबाट मन्त्रिपरिषद्मा सहभागी हुने नेताको नामसमेत प्रधानमन्त्रीलाई बुझाएको छ । ‘हामीले पुरानै मन्त्रालय मागेका छौं, प्रधानमन्त्री सकारात्मक देखिएपछि एकजनाको नाम बुझाएका छौं,’ मालेका महासचिव सिपी मैनालीले बताए । मालेले पोलिटब्युरो सदस्य डम्बर श्रेष्ठको नाम मन्त्रीका लागि प्रधानमन्त्रीलाई बुझाएको छ ।

जनमोर्चा नेपालका तर्फबाट गिरिराजमणि पोखरेल वा लीलामणि पोखरेलमध्ये एकलाई मन्त्री बनाइनेछ । प्रधानमन्त्रीले भने महामन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशलाई नै मन्त्री बन्न अनुरोध गरेको स्रोतले जनाएको छ । नेकपा संयुक्तले यसअघि नै सरकारमा सहभागी हुने जनाइसकेको छ । स्रोतका अनुसार संयुक्तका तर्फबाट गणेश साहलाई मन्त्री बनाइनेछ । उनलाई विज्ञान तथा प्रविधि मन्त्रालय दिइने बताइएको छ ।

April 4, 2008

वैशाख १ गते राजाले मुख खोल्ने

नयाँ बर्षको अवसर पारेर राजा ज्ञानेन्द्र विरविक्रम शाहले सात पार्टीसँग भएको मौखिक सहमतिबारे बोल्ने नेपाली सञ्चारमाध्यमहरुले बताएका छन्।राजाले विदेशी सञ्चारमाध्यमहरुसँग संविधानसभाको निर्वाचपछि सविधानसभाको पहिलो बैठक बस्नु अगाडि नै बोल्ने सञ्चारमाध्यमहरुले अड्कल काटेका हुन्। जनआन्दोलन २ पछिको छलफलमा राजालाइ स्थान दिने दलहरुले बताएको बताइन्छ। दिल्लीमा सात दलबीच राजालाई स्थान दिने विषयमा सहमति भएको चर्चा छ। मतदानको मिति नजिकै आइसक्दासमेत निर्वाचन नहुने हल्लाले पनि त्यतिकै स्थान पाएको छ। निर्वाचन भए पनि रक्तपातपूर्ण हुने सुरक्षा निकायहरुले नै अड्कल काटेका छन्। यता निर्वाचनको पुर्व सन्ध्यामा राजाको विषयमा चर्चा चल्नुलाई पनि राजनीतिविज्ञहरुले रहस्यमय रुपले लिएका छन्। निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सुरक्षा निकायलहरुले निर्वाचन आयोगलाई निर्वाचन दुइ तहमा गर्न आग्रह गरेको थियो तर सुरक्षा निकायको आग्रहलाई आयोगले तुहाइदिए पछि निर्वाचन भए रक्तपात पुर्ण हुने अनुमान राजनीतिक पण्डितहरुले गरेका हुन्। यता माओवादी नै राजाले मुख खोलेमा आफु नांगिने र चुनाव शान्तिपूर्ण रुपमा भए आफ्नो पक्षमा राम्रो मत नखस्ने भएकाले चुनावलाई भाड्ने दाउमा लागेका बताइन्छ। चैत २४ गतेबाट रक्तपातपूर्ण घटनाहरु घटाउने हल्ला ग्रामिण भेगमा सुनिन थालेका छन्। गाउँ गाउँमा माओवादी कार्यकर्ताहरुले गाउलेलाई चुनावमा सहभागि नहुनसमेत उद्धि जारी गरेको दावी छ। यता माओवादीका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा एमालेका महासचिव माधव नेपालसँग सोमबार भएको त्रिपक्षिय वार्तामा प्रचण्ड अन्य छलफलमा झै प्रस्तुत नभएको आरोप छ। उनले कोइराला र माधव नेपालको कुरालाई नसुनेको बताइन्छ। अहिलेको अवस्थालाई अध्ययन गर्दा निर्वाचनको मिति नजिकै आएपनि निर्वाचन स्थगित हुने अवस्था छ भने निर्वाचन भए पनि शान्तिपूर्ण रुपमा हुदैन। केही गरि निर्वाचन सफलतापुर्व भइहाल्यो भने पनि नेपालमा राजा सुरक्षित रहेन प्रायः निश्चित भएको छ।कोइरालाले नै पहिलो बैठकमा राजालाई स्थान दिने विषयमा कुरा कोट्याउने अड्कल काटिन थालेको छ।कतिपयले संविधानसभाको निर्वाचन २०३७ सालको जनमत संग्रह जस्तै हुने भएको बताएका छन्। संविधानसभा निर्वाचनको परिणाम सार्थक हुन नदिने अभियानमा माओवादी लागेकाले पनि राजालाई बल पुगेकेा बताइन्छ। राजा ज्ञानेन्द्रले गराएको स्थानियक चुनावमा समेत जनताको घर दौलामा अन्न दलहरुलाई जान रोक लगाइएको थिएन तर एक जुगमा एक पल्ट आउने भनेको संविधानसभाको निर्वाचनमा माओवादीले कतिपय ठाउँमा आफ्नो इलाको ध्वास दिर्दै अन्य दललाई चुनाव प्रचार प्रसारमा रोक लगाएको छ। २००७ साल देखि हुने भनेकेा संविधानसभाको निर्वाचन अहिले पनि नहुन संकेत देखिएको छ। नेपाल लोकतान्त्रिक गणतन्त्रामक राज्य हुने कुरामा सवर्त्र संखा व्यस्त भएको छ। राजाले बैखाख १ गते के बोल्ने हुन् त्यसको प्रतिक्षा नेपाली जनताले गरेका छन्।

March 30, 2008

तेइस जनामात्र रहेको मतदान केन्द्र

चैत २८ को संविधानसभा चुनावमा मनाङ जिल्ला, चामे गाविसको लालिगुराँस प्राविमा रहेको मतदान केन्द्रमा २३ मतदाता मात्र रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । चैत १७ गते आयोगले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, मुलुकका २० हजार ८ सय ८८ मतदान केन्द्रमा सबैभन्दा कम मतदाता रहेको मतदान केन्द्र यही हो । मनाङमा २० वटा मतदान केन्द्र मात्र रहेको पनि कार्यक्रममा आयोगका प्रवक्ता लक्ष्मण भट्टराईले जानकारी दिए । आयोगका अनुसार, स्याङ्जा जिल्लाको क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै १३१ मतदान केन्द्र छन् ।

संविधानसभा चुनावको प्रत्यक्षतर्फका लागि २ करोड ४ लाख मतपत्र छापिएको आयोगले जानकारी दियो । प्रत्येक क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उमेदवारी दिएकाले २४० क्षेत्रमै फरक मतपत्र छापिएको भट्टराईले बताए । समानुपातिकका लागि आयोगले २ करोड ८ लाख मतपत्र छापेको छ । चैत २० गतेसम्म सबै क्षेत्रमा मतपत्र प’गिसक्ने पनि भट्टराईले जानकारी दिए ।

एउटा मतदान केन्द्रमा आयोगले ५ देखि १३ कर्मचारी खटाएको आयोगले पत्रकार सम्मेलनमा जानकारी दियो । कर्मचारीलाई सहयोग गर्न आयोगले तीन दिनका लागि १ लाख ८ हजार स्वयंसेवक परिचालन गरिएको पनि कार्यक्रममा जानकारी दिइयो । 

March 11, 2008

यस्ता पनि संविधानसभाका उम्मेदवार

‘दाइ, मैले चुनाव जित्न कति भोट ल्याउनुपर्छ ?’ तरकारी पसलमा ग्राहक कुरिरहेकी सुजना श्रेष्ठले यस संवाददातालाई नै प्रश्न गरिन् । केही भन्न नपाउँदै उनले अर्को प्रश्न सोधिन्, ‘पैसा पनि आउँछ रे हो ?’ सुजना नुवाकोटको क्षेत्र नं. २ बाट संविधानसभाका लागि उठेकी उम्मेदवार हुन् । खानीगाउँ गाविसकी यी २४ वषर्ीयाले स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव चिह्न कल पाएकी छिन् । तर, उनलाई चुनाव कसरी जितिन्छ, जितेपछि के गर्नुपर्छ, भन्ने केही मेसो छैन । ‘मलाई अरूले चुनाव लड भने, त्यसैले उठेकी हुँ,’ सुजनाले भनिन्, ‘तर, अरूले थाहा पाए भने लाज हुन्छ ।’

राजनीतिक आस्थाका हिसाबले सुजना कांग्रेसकी समर्थक हुन् । तर, उनी कांग्रेस केन्द्रीय सदस्य एवं अर्थमन्त्री डा. रामशरण महतको क्षेत्रबाट चुनाव लड्दै छिन् । किन ? उनको जवाफ छ, ‘कांग्रेसका दाइहरूले हाल भने, मैले पनि हालिदिएँ ।’ सुजना मात्र होइन नुवाकोटका तीनै निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले र जनशक्ति पार्टीले आफ्नै निकटलाई स्वतन्त्र उम्मेदवार बनाएका छन् । निर्वाचन आयोगले एक उम्मेदवारले निर्वाचन प्रयोजनका लागि एउटा मात्र गाडी प्रयोग गर्न पाउने आचारसंहिता बनाएपछि दलहरूले चलाखी गर्न खोजेका हुन् ।

दलका आधिकारिक उम्मेदवारले आफ्नै पार्टीका कार्यकर्तालाई स्वतन्त्र उम्मेदवार बनाएर उनीहरूले प्रयोग गर्नपाउने सुविधा पनि आफैंले प्रयोग गर्ने चाँजो मिलाएका छन् । नुवाकोटका एमाले कार्यकर्ता यमप्रसाद पुडासैनी -गोकर्ण) ले नुवाकोटको क्षेत्र नंं ३ बाट उम्मेदवारी हालेका छन् । चुनाव प्रचार गर्नुको साटो उनी भन्छन्, ‘यो हल्ला गर्ने विषय होइन । म चुनावमा उठेको कसैले पनि थाहा नपाऊन् है !’ उनी एमालेका प्रमुख सचेतक महेन्द्रबहादुर पाण्डेको क्षेत्रबाट संविधानसभामा स्वतन्त्र उम्मेदवार बनेका हुन् । पुडासैनीको चुनाव चिह्न दमाहा रहेको छ ।

कांग्रेेसले क्षेत्र नं. ३ मा पनि आफ्नै कार्यकर्तालाई स्वतन्त्र उम्मेदवारी हाल्न लगाएको छ । विदुर नगरपालिका वडा नं. ३, विदुरका अच्युत तिमल्सिनाले उम्मेदवारी हालेका छन् । त्यस्तै जनशक्ति पार्टीका यौवन अधिकरी र सुकदेव गजुरेलले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीहरू दुवै नुवाकोट क्षेत्र नं. ३ का हुन् । उम्मेदवार बनेपछि उनीहरू पार्टीकै कार्यकर्ता भएकाले आफ्नो पक्षमा भोट माग्न सक्दैनन् ।

November 4, 2007

कण्डम दिवस मनाइयो

दोहोरो सुरक्षाका लागि कन्डमको सही सदुपयोग गरौंु भन्ने नाराका साथ १३ औं राष्ट्रिय कन्डम दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो ।एचआइभीरएड्स यौनरोगको नियन्त्रण तथा जन्मान्तरका लागि विगत लामो समयदेखि नेपालमा पनि कन्डमको प्रयोग हुदै आए पनि यसको र्सवसुलभ उपलब्धता नरहेको र हिच्किचाहटका कारण खुलेर कुराकानी गर्न एवं बेचविखनसमेत हुन नसकिरहेकाले कन्डमको प्रयोगमा व्यापकता ल्याउन यो दिवस मनाउने गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटीको पहलमा विसं २०५२ देखि बडादसैंको कोजाग्रत पूणिर्मापछिको पहिलो शनिबारका दिनलाई राष्ट्रिय कन्डम दिवसका रूपमा मनाउन थालिएको हो । यसमा नेपाल सरकार, एचआइभीरएड्सलगायत स्वास्थ्यका क्षेत्रमा कार्यरत ७० वटा संघसंस्थाको सहभागिता हुने गर्छ । देशका ७५ वटै जिल्लामा कन्डमको सही सदुपयोगसम्बन्धी चेतनामूलक र्‍याली, खेलकुद, गोष्ठी, प्रदर्शनी एवं यससम्बन्धी शिक्षा प्रदान गर्ने विभिन्न किसिमका कार्यक्रमको आयोजना गरिएका थिए ।

September 28, 2007

याङजी नाना

११ असोज, काठमाण्डौ । याङजी नाना हो । यो नेपालमा खुवै चलेको र पवित्र सुव्वाले गाएको गीत हो – हिमाली भेकमा । आज नेट व्राउज गर्दै जादा तिव्वतमा भेडा चराउदै गरेकी युवतिको फोटोले मन छोयो । भन्नुको मतलव राम्रो लाग्यो । राम्रो सवैसंग वाड्नु भन्छन, त्यसैले तपाइलाइ पनि मन पर्ला भनेर हिमाली पठारमा कुकुर साथी लिएर भेडा चराउदै गरेकी यी कलिली युवतिको तस्विर । नेपालका हिमाली भेगको पदयात्रामा जादा पनि यस्ता भेडा गोठाल्नीहरु त भेटिन्छन । तर यति मिठो फोटो मैले भेटेको छैन । यो फोटो भेटे देखि नै मसंग रहेका फाइल फोटोहरु चेक गरे तर यै फोटो राम्रो लाग्यो । तपाइलाइ नी-

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com