August 5, 2008

माओवादी अध्यक्ष कुटनितिक भेटघाटमा सक्रिय

 

सरकार गठनको तयारी त्रि्र भइरहँदा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल कुटनितिक भेटघाटमा सक्रिय रहनु भएको छ । उहाँले नेपालका लागी भारतीय राजदुत राकेश सुद र नेपालमा रहेको सयूक्त राष्ट्रसंघीय मिसन अन प्रमुख यान मार्टिनसँग छुट्टा छुट्टै भेटवार्ता गर्नु भएको छ ।

नेपालका लागी भारतीय राजदुत राकेश सुदसँग भएको भेटवार्तामा नयाँ सरकार गठन र पछिल्लो राजननितिक अवस्थामा वारेमा कुराकानी भएको छ । सरकार गठनका विषयमा भारतीय राजदुत सुदले विषेश चासो राख्नु भएको थियो । सुदसँगको भेटमा नयाँ सरकार गठनका साथै त्यसपछि हुने भारत सँगको सम्बन्धका विस्तारका वारेमा पनि परामर्स भएको स्रोतले जनाएकोछ छ । माओवादी अध्यक्ष दाहाल सँगको भेटवार्ताका गर्न विहान साडे ७ बजे नयाँ बजार पुग्नु भएका सुदले आधाघण्टा भन्दा बढी समय छलफल गर्नु भएको थियो ।

यसैविच माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपालमा रहेको सयूक्त राष्ट्रसंघीय मिसन अनमिन प्रम्ख यान मार्टिन विच पनि भेटवार्ता भएको छ । बिहान ८ बजे देखि करिव आधा घण्टा नयाँ बजारमा भएको भेटमा सेना समायोजन र सरकार गठनका विषयमा छलफल भएको छ ।

July 9, 2008

माओवादीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ: थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवं शाही गृहमन्त्री कमल थापाले माओवादीले नयां सरकारको नेतृत्व गर्न लाग्दा अन्य दलहरुले शर्त राख्नुको कुनै अर्थ नरहेको बताएका छन् ।  राजधानीमा बोल्दै उनले सरकार गठनमा शर्तहरु तेर्साएर बखेडा झिक्न नहुने बताएका छन् । उनले अबको सरकारको नेतृत्व माओवादीले गर्नुपर्ने धारणा समेत राखेका छन् । पूर्व राजाका कर्मचारी तथा नजिकका व्यक्तिहरु धमाधम माओवादीमा प्रवेश गरिरहेको बेला पूर्व राजाका वफादार सेवक कमल थापाको यो अभिव्यक्ति सार्वजनिक भएको हो ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा थापाले भने- ‘ठूलो दलको रुपमा स्थापित माओवादीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ, कांग्रेस र एमालेले शर्त तेर्साउनु जनाधिकारविपरित हो ।’ मधेशवादी दलहरुले उठाएको एक प्रदेश एक मधेशको मागलाई अहिले नै अन्तरिम संविधानमा उल्लेख गर्न नहुने तर्क समेत थापाले व्यक्त गरेका छन् । उनले संविधानसभामा छलफलपछि मात्र सो सम्बन्धमा निर्णय लिनु उपयुक्त हुने सुझाव समेत दिएका छन् ।

May 16, 2008

झलनाथ एमालेको नंया महासचिव

झलनाथ खनाल नेकपा एमालेको महासचिव नियुक्त भएका छन्। एमाले केन्द्रीय कमिटीको बैठकले जेठ २ गते झलनाथ खनाललाई महासचिव नियुक्त गरेको हो। महासचिवबाट भरखरै राजिनामा दिएका माधव कुमार नेपालले बैशाख ३१ गतेको बैठकमा खनाललाई महासचिव बनाउन प्रस्ताव गरेका थिए।
नेतृत्त्वमा खनाललाई ल्याउने प्रस्तावको स्थायी समिति सदस्य के.पी. ओलीले विरोध गरेका थिए। एकै व्यक्तिलाई पार्टी तथा संसदीय दलको प्रमुख बनाउन नहुने तर्क अघि सार्दै ओलीले विरोध गरेपछि पूर्व महासचिव नेपाललाई विवाद मिलाउन बैठकले तोकेको थियो।
२००९ सालमा इलाममा जन्मेका झलनाथ खनाल २०३९ देखि २०४६ सम्म तत्कालिन नेकपा मालेको महासचिव थिए। नेकपा एमालेको स्थापना कालदेखि उनी स्थायी कमिटी सदस्य रहँदै आएका छन्। महासचिव खनाललाई आगामी मंसीरमा पार्टीको महाधिवेशन गराउने जिम्मेवारी केन्द्रीय कमिटी बैठकले दिएको छ।

May 7, 2008

परशुराम जयन्तीमा प्रचण्ड अतिथी

माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ माओवादी नेता डा. बाबुराम भट्टराईले हिन्दु धर्मका मान्य भगवान परशुरामको जन्मजयन्ती समारोहमा प्रमुख आतिथ्यता ग्रहण गरेका छन् । बैशाख २५ गते राजधानीमा नेपाल मारवाडी ब्राम्हण सेवा संघद्वारा आयोजित भगवान परशुराम जयन्ती समारोहमा बोल्दै प्रचण्डले संविधानसभा चुनावपछि ठूलो खड्गो कटे पनि नयाँ संविधान नबनेसम्म ढुक्क भएर बस्ने अवस्था नरहेको बताए । कार्यक्रमको आयोजक समितिका अध्यक्ष तथा संसदको क्यान्टिनका संचालक बिएल शर्माले बोलाएका कारण कार्यक्रममा उपस्थित भएको कार्यक्रममा प्रचण्डले जानकारी दिए ।

 हिन्दु धर्मका मान्य भगवान परशुरामको जन्मजयन्ती समारोहमा प्रमुख अतिथी बनेका माओवादी अध्यक्ष प्रचण्डले समारोहका आयोजक तथा संसदको क्यान्टिनका संचालक बिएल शर्माको शान्ति प्रक्रियामा महत्वपूर्ण योगदान रहेको बताए ।’मुलुकको शान्ति प्रक्रियामा बिएल शर्माको पनि ठूलो योगदान छ’ प्रचण्डले भने ।

कार्यक्रमका अर्का वक्ता माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफ्नो पार्टी धर्मनिरपेक्षताको पक्षमा भए पनि सबै धर्मलाई उत्तिकै सम्मान गर्ने उल्लेख गरे । भगवान परशुराम सस्त्र चलाएर अधर्मको नाश गरे जस्तै आफ्नो दश वर्षे जनयुद्ध पनि अधर्म बिरोधी रहेको बाबुरामले दावी गरे ।

April 4, 2008

देशैभरि माओबादीको पक्षमा जनलहर- प्रचण्ड

मुलुकमा संबिधान सभाको निर्बाचन नजिकिदैं गर्दा देशभित्र र देशबाहिरबाट सञ्चालित अनलाईन मिडियाकर्मीहरुले नेकपा माओबादीका अध्यक्ष प्रचण्डसंग शुक्रबार बिहान राजधानीको नयाँबजारस्थित उहाँकै निवासमा भेटवार्ता गरेका छन् ।
सौहार्द्रपूर्ण वातावरणमा भएको सो संक्षिप्त भेटवार्तामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासालाई मेटाउदैं अध्यक्ष प्रचण्डले मुलुकभरी माओबादीको पक्षमा उर्लेको जनलहरबाट अत्तालिएर धनगढीमा रहेका एमाले महासचिव माधवकुमार नेपालले अहिले आएर लगातार फोन गरेर तालमेलको लागि प्रस्ताव गरिरहेको बताउनुभयो । सो सम्बन्धमा आजै महासचिव नेपालसंग उताबाट फ़र्कनेबित्तिकै भेटवार्ता गरी १० स्थान सम्म तालमेलको संभावना हुनसक्ने उहाँले खुलासा गर्नुभयो ।

सो अवसरमा अध्यक्ष प्रचण्डले देशभरी माओबादीको पक्षमा जनमत बढ्दै गईरहेको देखेर केही मिडियाहरुले निर्बाचनको बेलामा आफ़्नो पार्टीबिरुद्ध नकारात्मक भ्रम फैलाउन लागिपरेको आरोप समेत लगाउनुभयो । निर्बाचनका सन्दर्भमा सुरक्षाको स्थितिका सम्बन्धमा राखिएको जिज्ञासामा अध्यक्ष प्रचण्डले माओबादीको बिजय देख्न नचाहने देशीबिदेशी शक्तिहरुले एक खालको अप्रिय घटना घटाएर सकेसम्म यो निर्बाचन हुन नदिने भरमग्धूर प्रयासमा लागिरहेकै छन् तर यहाँसम्म आउँदा के देखिन्छ भने अब केही गर्न नसकिने भयो भनेर तीनीहरुको मनोबल गिरेको, छटपटिएको, आत्तिएको र हतास मनस्थितिमा पुगेको देखिन्छ । यसको मतलव यो होईन कि अबको बाँकी एक दुई दिनभित्र ती प्रतिक्रियाबादीहरुबाट केही हुन सक्दैन । ढुक्क हुने स्थिति नभएपनि ती प्रतिक्रियाबादी शक्तिहरुले राजाले अन्तिम घडिसम्म केही न केही गर्ने र त्यसपछि उनीहरुको दिन आउने आशा पालेर बसेकाहरु पनि अब निराश हुँदैं माओबादी, कांग्रेस या एमालेतिर लाग्नेक्रम शुरु भएको छ ।

आसन्न संबिधान सभाको पूर्व सन्ध्यामा राजा ज्ञानेन्द्रको संबोधन आउने चर्चा आईरहेको बारेमा राखिएको जिज्ञासामा अध्यक्ष प्रचण्डले अगाडि भन्नुभयो – निर्बाचनमा माहौल अर्को बनाउने अभिप्रायले सकारात्मक सम्बोधन आउन लागेको हो भने एउटा कुरा तर नकारात्मक बक्तब्य आयो भने त झन राजा ज्ञानेन्द्रप्रति नेपाली जनताको झन घृणा जाग्ने छ जसले गर्दा राजा आफै पूरै बढारिएर जानेछन । राजाको बक्तब्य आईहाल्यो भने त्यो कस्तो खालको आउँछ त्यही अनुसार हाम्रो पनि संगसंगै आउने छ, उहांको कथन थियो ।

March 30, 2008

माओवादी र एमालेबीच तालमेलको प्रयास जारी

चुनावी अभियानको लामो तिक्कता र दुश्मनीपूर्ण अभिव्यक्तिको श्रृंखला नटुट्दै नेकपा माओवादीका अध्यक्ष प्रचण्ड आज अचानक एमाले महासचिव माधवकुमार नेपालको निवास कोटेश्वरमा पुग्नुभएको छ । एमाले महासचिव माधव नेपालसँगको भेटघाटको सुरुमै प्रचण्डले आफ्ना कार्यकर्ताबाट भएको ज्यादतीको छानविन गर्ने र कारवाही गर्ने बताएर कुराकानीको वातावरणलाई सहज बनाउनुभएको थियो ।

कुराकानीको क्रममा नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्डबीच संविधानसभाको चुनावमा दुइ पार्टीबीच तालमेल गर्ने विषयमा गम्भीर छलफल भएको थियो ।

भेटवार्तामा चुनावमा दुइ पार्टीबीचको चुनावी तालमेलको विषयमा र सात राजनीतिक पार्टीहरुको बीचमा समेत चुनावी तालमेल गर्ने विषयमा छलफल भएको थियो । यस विषयमा भोलि नै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग माधव नेपाल र प्रचण्डले भेट गर्ने र तालमेलको सम्बन्धमा निर्णायक वार्ता गर्ने सहमति समेत भएको छ ।

दुइ नेताको छलफलका क्रममा नेकपा एमालेका महासचिव माधवकुमार नेपालले आपसी असमझदारी हटाइ स्वस्थ प्रतिस्पर्धाबाट चुनावमा जानुपर्ने बताउनुभएको थियो । त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले दुइ पार्टीबीचका कार्यकर्ताबीच झडप भएका घटनालाई नजिकबाट पहिल्याएर दोषीलाई कारवाही गर्ने बताउनुभयो । नेकपा एमाले र माओवादीबीच चुनावी अभियानका क्रममा विभिन्न आरोप प्रत्यारोप एवंम् झडप बढी रहेकै बेला तालमेलको बारेमा छलफल भएपछि चुनावमा झडप कम हुने आशा पलाएको छ ।

March 23, 2008

एमाले र माओवादीबीच तालमेल नहुनुमा षडयन्त्रः प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्डले चैत २८ को संविधानसभा चुनावका लागि दलहरुबीच तालमेल नहुनुमा ठूलो षड्यन्त्र रहेको बताएका छन् । राजधानीमा चैत १० गते संचार समूह नेपालले गरेको साक्षात्कर कार्यक्रममा बोल्दै प्रचण्डले एउटै घोषणापत्र बनाएर चुनाव लडौं भन्दा एमालेले नमानेको उल्लेख गरे । प्रचण्डले यो चुनावमा सक्कली गणतन्त्रवादीबीचको लईको ‘फाईनल’ हुने पनि बताए ।

नेपाली संचारमाध्यमको भूमिकाप्रति प्रचण्डले कार्यक्रममा प्रचण्डले ठूलो चिन्ता जाहेर गरे । ‘जनयुद्ध’कालमा आफूहरुको टाउकोको मूल्य तोक्नेहरुलाई संचारमाध्यमहरुले गणतन्त्रवादी भनेर प्रस्तुत गरेकोमा चिन्तित बनाएको उल्लेख गर्दै प्रचण्डले भने, ‘हाम्रा कार्यकर्ताले केही गरे ठूला समाचार बनाइन्छ, हाम्रा कार्यकर्ताको हत्या हुँदा भने आँखा चिम्लिइन्छ ।’

चुनाव आउनुभन्दा अघिका दिन निकै चुनौतीपूर्ण रहेको तथा त्यसबीच ठूला नेताहरुको हत्या हुनसक्ने खवर आफूले पाएको कार्यक्रममा प्रचण्डले दोहोर्‍याए । प्रधानमन्त्री र अन्य नेताहरुको सुरक्षा त्यही कारण कडा पारिएको पनि प्रचण्डको भनाइ थियो । नेताहरुको हत्या हुनसक्ने खवर गृहमन्त्रीले नै दिने गरेको पनि कार्यक्रममा प्रचण्डले खुलाशा गरे ।

नेपाली सेनाले आफू र सेनाका अधिकारीहरुबीच भेट नभएको दावी गरे पनि सेनाका कयौं जर्नेलहरुसँग आफूले भेटेको कार्यक्रममा प्रचण्डले बताए । सेनाका जर्नेलहरुसँग राष्ट्रियता जोगाउनेबारे छलफल हुनेगरेको प्रचण्डको दावी थियो । ‘सेनाले अझै ढाँटिरहन्छ भने म कुन दिन कोसँग भेट भयो भन्ने पनि खोलीदिन्छु’ प्रचण्डले भने । 

March 16, 2008

संविधानसभामय मुलुक

संविधानसभा निर्वाचनको प्रचारप्रसारको लागि निर्वाचन आयोगले विभिन्न जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र सुरक्षितरुपमा सम्पन्न गर्न सुरक्षा निकायलाई विशेष रुपले तैनाथ गरिएको र त्यसले उम्मेदवारदेखि मतदातासम्मलाई सुरक्षा दिने बताइएको छ ।

नेपालको इतिहासमा पहिलोपटक हुन गइरहेको संविधानसभा निर्वाचनको तयारीमा डोटीका सबै दल र नागरिक समाज त्यसको तयारीमा लागेका छन्।जिल्लाभर सुरक्षा अवस्था कडा पारिने, जनचेतना अभियान सुरु गर्नेदेखि जिल्लामा निर्वाचन शान्तिपूर्णढङ्गले सम्पन्न गर्न मदिराको बिक्री वितरणमा रोक लगाउनेजस्ता कार्य भइरहेका छन् ।

संविधानसभा सदस्य निर्वाचनको तयारीको सिलसिलामा सिलगढीमा आयोजित अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालय डोटीद्वारा आयोजित कार्यक्रममा डोटीका मुख्य निर्वाचन अधिकृत, राजनीतिक दलबाट चुनावमा उम्मेदवारी दिएका उम्मेदवार, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, कानुन व्यवसायी र कार्यालयका प्रमुखलगायतको सहभागिता थियो ।

उता झापामा उम्मेदवारहरु उत्साहका साथ आ-आफ्ना क्षेत्रका जनताको घरदैलोमा पुग्न थालेका छन् । नेपालको राजनीतिमा बलियो पकड राखेका झापाली नेताहरुले यसपल्टको निर्वाचन संसदीय निर्वाचन नभएको र त्योभन्दा पनि महत्वपूर्ण जनताको भाग्यको फैसला गर्नका लागि संविधानसभा सदस्यको निर्वाचन भइरहेको भनेर मतदातासँग मत मागी रहेका छन् । संविधानसभा सदस्य पद निर्वाचनका लागि झापाका सातवटै क्षेत्रबाट १०८ जना चुनावी मैदानमा ल्याएका छन् ।

संविधानसभा निर्वाचन सफल बनाउन सप्तरी जिल्लामा मदिरा सेवन र बेचबिखनमा नियन्त्रण गर्ने निर्णय प्रशासनले गरेको छ । स्थानीय प्रशासनका प्रमुख, नागरिक समाज, राजनीतिक दल, सञ्चारकर्मी र मानवअधिकारकर्मीको बैठकले संविधानसभालाई ध्यानमा राखेर सो कार्य नियन्त्रण गर्ने निर्णय गरेको हो । निर्वाचन सफल बनाउन निर्वाचन आयोगद्वारा लागु गरिएको आचारसंहिताअनुसार जिल्लालाई मदिरा नियन्त्रणका लागि बेलुका ८ बजेदेखि मदिरा बेचबिखन र सेवन गर्न नपाउने निर्णय गरिएको जानकारी सप्तरीका प्रमुख जिल्ला अधिकृत सीताराम पोखरेलले दिनुभयो ।

दाङमा आयोजित अन्तरक्रियामा बोल्ने वक्ताहरुले आसन्न संविधानसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष बनाउन तथा चुनावमा मतदान गर्ने वातावरण सहज बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली काङ्ग्रेसका केन्दीय सदस्य बलदेव शर्मा मज्गैयाले संविधानसभा निर्वाचनपछि नेपालको नयाँ स्वरुप कोरिने र त्यसमा आफ्नो अस्तित्व गुम्ने डरले केही तत्वहरु चुनावको विरोधी भएर आउन सक्ने हुनाले त्यसलाई सहज पार्न राजनीतिक दल र नागरिक समाज सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

चितवनमा आयोजित निर्वाचन आचारसंहिता समीक्षा विषयक अन्तरक्रियात्मक कार्यक्रममा निर्वाचन आयोगले संविधानसभा निर्वाचन सदस्य आचारसंहिता २०६४ जारी गरिसकेपछि सरोकारवालाबीच त्यसको पालनाको विषय गम्भीर भएको चर्चा चलेको छ । कार्यक्रममा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत चितवनका हरिकुमार पोखरेलले राजनीतिक दलहरुले अझै आचारसंहिताको पूर्ण पालना नभएको बताउनुभयो। कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डे, अनमिन चितवन जिल्ला सल्लाहकार पुष्णा दिसानायक लगायतले निर्वाचन निस्पक्ष वनाउन जोड दिनुभएको थियो ।

बैतडीको सदरमुकाम गोठालापानीमा सम्पन्न नेपाली काङ्ग्रेसको चुनावीसभामा नेविसङ्घका केन्दीय अध्यक्ष प्रदीप पौडेलले संविधानसभामा माओवादी र नेकपा एमालेले जितेमा नेपाली जनतामाथि अधिनायकतत्व लादिने दावी गर्नुभयो । नेपाली कांग्रेसका केहि नेताहरुले कांग्रेस बामपन्थीको एजेण्डामा फसेको आरोप लगाइरहेका समयमा उपसभापति प्रकाशमान सिंहले भने कांग्रेस बामपन्थीको एजेण्डामा पुगेको नभई बामपन्थीहरु लोकतान्त्रीक पद्दती स्विकार गरेर कांग्रेसको एजेण्डामा आएको दावि गर्नुभएको छ । लोकतान्त्रीक बौद्धीक समुहले राजधानीमा आयोजना गरेको उपत्यकाबाट नेपाली कांग्रेको प्रतिनीधित्व गर्ने उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो ।

निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार समेत रहनुभएका उपसभापति सिंहले बामपन्थीहरुको सिद्धान्त नै एकदलियता भएको तर अहिले नेपालका सवै बाम पार्टीहरुले त्यागेको बताउनुभयो । २०४६ सालदेखि नै नेपालका बामपन्थीहरुले लोकतान्त्रीक पद्धती स्विकार गरेर नेपाली कांग्रेसको एजेण्डामा आएको उहाँको दावि थियो ।

सोही कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य एंव क्षेत्र नम्बर ५ का उम्मेदवार नरहरी आचार्यले संविधान सभाको एजेण्डा उठान गर्ने कांग्रेसले संविधान सभा मार्फत नयाँ संविधान बनाउन पाउनुपर्ने जिकिर गर्नुभयो । सो कार्यक्रममा उपत्यकाका तिनै जिल्लाका कांग्रेसको तर्फबाट संविधान सभाका लागि उम्मेदवार बनेका उम्मेदवारहरुले लोकतान्त्रीक संविधान निर्माणका लागि नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गरेका थिए ।

March 9, 2008

राजधानीमा चुनावी प्रतिस्पर्धा

काठमाडौं निर्वाचन क्षेत्र १ मा काठमाडौ महानगरपालिकाका वडा नम्बर १०, ११, ३२ र ३४ छन् । नयाँ बानेश्वर, मिनभवन रहेको यो क्षेत्रमा गाउँ बिकाश समितिहरु छैनन् । यो क्षेत्रमा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह, एमालेबाट प्रदीप नेपाल र माओवादीबाट राममान श्रेष्ठ उमेद्वार छन् । सिंह नेपाली कांग्रेसका उपसभापति हुन् । नेपाल एमाले स्थायी समिति सदस्य तथा शिक्षा मन्त्री छन् भने श्रेष्ठ एमालेबाट माले हुँदै माओवादीमा प्रवेश गरेका हुन् । 

निर्वाचन क्षेत्र नम्बर २ मा काठमाडौ महानगरपालिकाका वडा नम्बर ९  र ३५  छन् । यो क्षेत्रमा लप्सीफेदी, साँखु सुनटोल, साँखु बज्रयोगीनी, गोठाटार, इन्द्रायणी, मूलपानी, नाङ्लेभारे, थली डाँछी र पुखुलाछी गाउँ बिकाश समिति छन् । यो क्षेत्रबाट एमाले महासचिव माधवकुमार नेपाल, नेपाली कांग्रेसबाट दिपकप्रसाद कुँइकेल र माओवादीबाट झक्कुप्रसाद सुवेदी उमेद्वार छन् । कुँइकेल नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता हुन् भने सुवेदी २०४९ को स्थानीय निर्वाचनमा रोल्पा जिल्ला बिकाश समितिमा माओवादीबाट सभापति निर्वाचित भएका थिए ।

निर्वाचन क्षेत्र नम्बर ३ मा काठमाडौ महानगरपालिकाको वडा नम्बर ६ मात्रै छ । यो क्षेत्रमा गोकर्णेस्वर, सुन्दरीजल, आलापोट, बालुवा, भद्रवास, जोरपाटी, नयाँपाटी र गागलफेदी गाउँ बिकाश समिति छन् । यो क्षेत्रमा एमालेबाट रामेश्वर फुँयाल, नेपाली कांग्रेसबाट चक्रबहादुर ठकुरी, माओवादीबाट मनु हुमागाई उमेद्वार छन् । फुँयाल काठमाडौ जिल्ला बिकाश समितिका पूर्व उपसभापति तथा एमाले काठमाडौका सचिव हुन् । ठकुरी काठमाडौ कांग्रेसका नेता हुन् भने हुमागाई माओवादीको महिला नेतृ हुन् ।

निर्वाचन क्षेत्र नम्बर ४ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३३ छन् । यो क्षेत्रमा महाँकाल, चपली भद्रकाली, चुनीखेल र कपन गाउँ बिकाश समिति छन् । यो क्षेत्रमा एमालेबाट बिद्या भण्डारी, नेपाली कांग्रेसबाट सुप्रभा घिमिरे र माओवादीबाट पवनमान श्रेष्ठ उमेद्वार छन् । बिद्या भण्डारीले २०५० को उपनिर्वाचनदेखि तीन पटक काठमाडौंमा संसदीय चुनाव जितिसकेकी छिन् । घिमिरे नेपाल प्राध्यापक संघको पूर्व अध्यक्ष हुन् भने श्रेष्ठ माओवादीको नेवा राज्य समितिको नेता हुन् ।
 
निर्वाचन क्षेत्र नम्बर ५ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर २, ३, ४ र ५ छन् । यो क्षेत्रमा टोखा सरस्वती, टोखा चण्डेश्वरी, धापासी, खड्का भद्रकाली, बुढानिलकण्ठ गाउँ बिकाश समिति छन् । यो क्षेत्रमा , एमालेबाट इश्वर पोखरेल, नेपाली कांग्रेसबाट नरहरि आचार्य र माओवादीबाट बिपेन्द्र महर्जन छन् । पोखरेल एमाले स्थायी समिति सदस्य तथा पूर्व मन्त्री हुन् । आचार्य नेपाली कांग्रेस केन्द्रीय सदस्य हुन् भने महर्जन माओवादीका स्थानीय कार्यकर्ता हुन् ।
 
निर्वाचन क्षेत्र नम्बर ६ मा काठमाडौ महानगरपालिकाका वडा नम्बर २९, ३० र ३१ छन् । यो क्षेत्रमा धर्मस्थली, गोगंबु, मनमैजु, झोरमहाँकाल, काभ्रेस्थली, फुटुङ र साङ्ला गाउँ बिकाश समिति छन् । यो क्षेत्रमा नेपाली कांग्रेसबाट भिमसेनदाश प्रधान, एमालेबाट योगेश भट्टराई र माओवादीबाट हितमान शाक्य उमेद्वार छन् । प्रधान काठमाडौं कांग्रेसका नेता हुन् भने भट्टराई एमाले उपत्यका समन्वय कमिटीका सचिव छन् । शाक्य माओवादी केन्द्रीय सदस्य छन् ।
 
निर्वाचन क्षेत्र नम्बर ७ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर १६, १७, १८, २६, २७ र २८ छन् । यो क्षेत्रमा इचंगुनारायण, जीतपुर फेदी र गोलढुङ्गा गाउँ बिकाश समिति छन् । यो क्षेत्रमा एमालेबाट राजेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसबाट श्रीमती प्रमिला सिंह र माओवादीबाट हिसिला यमी उमेद्वार छन् । श्रेष्ठ एमाले केन्द्रिय सदस्य हुन् । सिंह कांग्रेसको स्थानीय नेतृ हुन् भने यमी अहिले भौतिक योजना तथा निर्माण मन्त्री छिन् ।

निर्वाचन क्षेत्र नम्बर ८ मा काठमाडौ महानगरपालिकाका वडा नम्बर १३, १५, १९, २०, २३, २४ र २५ तथा सितापाइला गाउँ बिकाश समिति छन् । यो क्षेत्रमा एमालेबाट अष्टलक्ष्मी शाक्य, नेपाली कांग्रेसबाट नवीन्द्रराज जोशी र माओवादीबाट सर्बोत्तम डङ्गोल उमेद्वार छन् । शाक्य एमाले केन्द्रीय सदस्य तथा सांसद हुन् । नवीन्द्रराज जोशी काठमाडौं महानगरपालिकाका पुर्व उपमेयर हुन् भने डङ्गोल माओवादीका स्थानीय कार्यकर्ता हुन् । 

निर्वाचन क्षेत्र नम्बर ९ मा काठमाडौं महानगरपालिका वडा नम्बर १२, १४, २१ र २२ छन् । यो क्षेत्रमा नैकाप नयाँभञ्ज्याङ, तीनथाना, बलम्बु, नैकाप पुरानो भञ्ज्याङ, भीमढुङ्गा, रामकोट, दहचोक स्यूचाटार गाउँ बिकाश समिति पर्छन् । यो क्षेत्रमा एमालेबाट कृष्णगोपाल श्रेष्ठ, नेपाली कांग्रेसबाट ध्यानगोबिन्द रञ्जित र माओवादीबाट माइला लामा उमेद्वार छन् । श्रेष्ठ एमाले केन्द्रीय सदस्य हुन् । रञ्जित काठमाडौ कांग्रेसका नेता हुन् भने लामा माओवादी कार्यकर्ता हुन् ।

निर्वाचन क्षेत्र नम्बर १० मा किर्तिपुर नगरपालिका तथा सैखेल सेतीदेवी, शेषनारायण, टल्कुडँडेचौर, छैमले, दक्षिणकाली, चाल्नाखेल, सतुङ्गल, मच्छेगाउँ, महादेवस्थान, मातातिर्थ, बाँडभञ्ज्याङ र थानकोट गाउँ बिकाश समिति छन् । यो क्षेत्रमा माओवादीबाट प्रचण्ड अर्थात पुष्पकमल दाहाल, एमालेबाट सानु श्रेष्ठ र नेपाली कांग्रेसबाट राजेन्द्रकुमार केसी उमेद्वार छन् । प्रचण्ड माओवादी अध्यक्ष हुन् । श्रेष्ठ काठमाडौ जिल्ला बिकाश समितिका पुर्व सभापति हुन् भने केसी नेपाली कांग्रेसका स्थानीय नेता हुन् ।

February 28, 2008

सरकार र मधेशीबीचको वार्ता सफल, आन्दोलन फिर्ता

सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच फागुन १६ गते आठ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सरकारतर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मोर्चाबाट महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सरकार र मोर्चाबीचको यो सहमतिले चैत २८ को संविधानसभा चुनावका लागि थप अनुकुलता सिर्जना भएको छ । हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्रीले आजै मन्त्री परिषदको बैठक बस्ने र त्यसले सहमति कार्यन्वयनको प्रक्रिया अघि बढाउने बताए । मधेशी मोर्चालाई चुनावमा सहभागी गराउन समानुपातिक र प्रत्यक्षतर्फ उमेद्वारी दर्ताको समय दिइने पनि सहमति भएको बताइएको छ ।

{सहमति पछि वालुवाटारमा प्रधानमन्त्री र मधिशे नेताहरु}

सरकार र मोर्चाबीचको आठ बुँदे सहमतिको पहिलो बुँदामा मधेशी आन्दोलनमा मारिएकालाई शहीद घोषणा गरिएको उल्लेख छ । दोश्रो बुँदामा मधेशी आन्दोलनको मूख्य मागबारे सम्बोधन भएको छ । सहमतिको दोश्रो बँदामा भनिएको छ, ‘मधेशी जनताको स्वायत्त मधेश प्रदेशको चाहना लगायत अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशसहितका संघीय संरचनाको आकंक्षालाई स्विकार गरि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ । संघीय संरचनामा केन्द्र र प्रदेशकाबीच स्पष्टरुपमा शक्तिको बाँडफाँड सूचीका आधारमा गरिनेछ । प्रदेशहरु पूर्णरुपमा स्वायत्त र अधिकारसम्पन्न रहनेछन् । नेपालको सार्वभौमिकता र अखण्डतालाई अक्षुण राख्दै केन्द्र र प्रदेशहरुका सूचीहरुको पूर्ण बिवरण अधिकारको बाँडफाँड संविधानसभाबाट गरिनेछ ।’

सहमतिको तेश्रो बुँदामा संविधानसभा चुनावमा २० प्रतिशतभन्दा बेशी उमेद्वारी दिने दलले उमेद्वारको सूची समावेशी बनाउनुपर्ने प्रावधान सच्याइ ३० प्रतिशत पुर्‍याइएको उल्लेख छ । सहमतिको चौथो बुँदामा सरकारले सुरक्षा अंगलगायत राज्यका सबै अंगलाई समावेशी बनाउनुपर्ने लेखिएको छ ।

सहमतिको पाँचौ बुँदा नेपाली सेनाबारे केन्द्रित छ । निकै बिबादपछि सहमति बनेको यो बुँदामा ’ नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न र समावेशी बनाउन मधेशी लगायत अन्य समूदायको समानुपातिक, समावेशी र समूहगत प्रवेशलाई सुनिश्चित गरिनेछ’ भनिएको छ । सहमतिको ६ नम्बर बुँदामा तराईका सशस्त्र समूहलाई वार्तामा बोलाउने उल्लेख छ । ७ नम्बर बुँदामा मधेशी जनअधिकार फोरमसँगको २२ बुँदे सहमति कार्यन्वयन तथा बन्दी रिहाई र मुद्धा फिर्ताका कुरा उल्लेख छन् । आठ नम्बर बुँदामा मधेशी आन्दोलन फिर्ता लिइएको लेखिएको छ ।  

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com