April 30, 2009

कस्तो रह्यो ओवामाका सय दिन?

अमेरिकी राष्ट्रपतिको हैसियतमा बराक ओबामाले आज १०० दिन पूरा गरेका छन् यो अवधिमा अर्थव्यवस्था विदेश नीतिमाथि उनले धेरै फेर बदल गर्ने पहल गरे   यो सय दिनमा बढीजसो आर्थिक संकटको मुद्दा हावी रह्žयो तर, यसका बाबजुद अमेरिकाबाहेक वाहिरी विश्वको अन्य मुद्दामा पनि ओबामाको नजर टाढा थिएन । यो सय दिनमा उनको एउटा मुख्य उपलब्धीका रुपमा सात सय ८७ अरब डलरको विशेष आर्थिक व्यापकेज रह्žयो  शपथ लिएको एक महिनापछि नै अमेरिकीरिकभरी एन्ड रिइन्भेस्टमेन्ट एक्टको कानुन बनाइयो यो नयाँ कानुनमा कर कटौती खर्चसम्बन्धी जतिपनि प्रावधान , त्यो यो महिनाबाट मात्र कार्यान्वयन हुनेछ यसले सरकारको वित्तीय घाटा अझ बढ्नेछ  यो वर्ष घाटा .७५ ट्रिलियन डलरसम्म पुग्ने अनुमान गरिएको बीबीसीका अनुसार यो विशेष आर्थिक योजनाबाट वर्तमान आर्थिक संकटको समाधान असम्भव तर, यसबाट वेरोजगारीजस्तो केही मुद्दामा केही हदसम्म भएपनि कमी आउनेछ
त्यसो विदेश नीतिको कारण पनि ओबामा चर्चामै रहिरहे आफ्नो हरेक जसो विदेश भ्रमणका क्रममा उनीले भनिरहे, ‘अमेरिका आफ्नो कुरा मात्र मनाउन खोज्दैन बरु सबैको कुरा सुन्न चाहन्छ यद्यपि यी सबै कुराको नतिजा आउन अझसमय लाग्नेछ
भर्खरै स्वान फ्लु फैलिएपछि ओबामा आन्तरिक रुपमा ठूलो संकटको सामना गरिरहेका छन् . आफ्नो सय दिनको कार्यकालमा ओबामाले धेरै विषयमा नयाँ सुरुवात गरेका छन्ž तर, इराकबाट वास्तवमै सैनिक फिर्ता गर्ने, अफगानिस्तान युद्धको चरित्र बदल्ने स्वास्थ्यमा सुधार गर्नेजस्ता विषयमा अझै वास्तविक परिवर्तन भएको छैन  यस्ता धेरै चुनौतिलाई मध्यनजर गरेर भन्न सकिन्छ कि राष्ट्रपति ओबामाको आउने सय दिन अझ बढी चुनौतिपूर्ण हुनेछ ।

November 25, 2008

सावधान डेटिङ जानेहरु

जवानीको काउकुटीले लहलहैमा क्षणभरमै बहकिन बेर नलाग्ने भरखर कलकलाउँदो उमेरका किशोरकिशोरीहरु कलेजको बहाना पार्दै केटाकेटी मिलेर डेटिङ जाने बिकृति अहिले नेपालमा बढ्दो छ । अचेल राजधानी लगायतका शहर बजारमा कलेज पोशाकका किशोरकिशोरीहरु कोही सिनेमा हलतिर भेटिन्छन् भने कोही मन्दिर परिसर, एकान्तका जंगल, उद्यानतिर प्रेमालापमा तल्लिन अवस्थामा भेटिने गरेको अवस्था छ ।
यस्तो बिकृतिलाई बेलैमा रोकथाम गर्न हेटौडा नगरपालिका वाड नं २ स्थित बनस्खण्डी मन्दिर ब्यवस्थापन समितिले एउटा सह्रायिन कार्यको थालनी गरेको छ । सो समितिले डिजिटल क्यामेरा किनेर कलेज आउने बहानामा मन्दिर परिसर वा वरपर आपत्तिजनक अवस्थामा डेटिङमा भेटिएका जोडीको तुरुन्त फोटो खिचेर आ-आफ़्ना अभिभावकलाई बुझाईदिने अभियान शुरु गरेको छ ।
वनस्खण्डी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केन्द्रगोविन्द जोशीले पढ्ने समयमा विद्यार्थीहरू गलत बाटोतिर हिँडेकाले यस्तो गर्नुपरेको बताउनुभयो । धार्मिक स्थल र मन्दिर स्कुल तथा कलेजका युवायुवतीहरूको डेटिङ जाने थलो बनेपछि विकृति फैलन सक्ने सम्भावना बढेकाले यो अभियान थालिएको अध्यक्ष जोशीको भनाइ छ ।

अभियान थालेपछि मन्दिरपरिसरमा डेटिङमा आउने विद्यार्थीहरूको संख्यामा कमी आएको उहाँको बुझाइ छ। देशलाई पर्यटकीय र धार्मिक स्थल बनाऔं भन्ने धारणा बनिरहेको समयमा यस्तो कार्य बढ्नु राम्रो नभएको उहाँ बताउनुहुन्छ । यस्तो कार्यले मन्दिरको बदनाम हुने र विद्यार्थीको भविष्य पनि अन्धकारमा धकेलिने हुँदा सजगता अपनाउन अभियान थालिएको तर्कसमेत उहाँको छ ।

June 24, 2008

Punish perpetrators of sexual violence: OHCHR

The United Nations Office of the High Commissioner for Human Rights in Nepal (OHCHR-N) has urged the government of Nepal to protect and promote the rights of women, and punish perpetrators of sexual violence.

In a press release issued Tuesday, OHCHR-Nepal also stressed on the need for the government to increase its support to victims of sexual violence through the provision of medical, psycho-social and economic support, apart from making added efforts to change the attitudes in society that result in stigmatization of victims.

The release informed that on 19 June the UN Security Council unanimously adopted Resolution 1820, which aims at ending sexual violence in situations of conflict.

"This Resolution has important implications for Nepal, where the full extent and impact of sexual violence during the decade-long conflict is not yet known, and where the Government is in the process of designing transitional justice mechanisms," according to the OHCHR release.

Resolution 1820 demands all parties to armed conflict, among other things, to enforce appropriate military disciplinary measures for the crime of rape and other forms of sexual violence, and to ‘vet’ members of armed and security forces for any past violations and exclude their participation in reformed forces.

Furthermore, the Resolution also stresses the need to exclude sexual violence crimes from any provision of amnesty and to ensure that victims of sexual violence have equal protection under the law and equal access to justice.

"The full extent of sexual violence during the conflict in Nepal is unknown, mainly due to the difficulties that survivors face when speaking up about these crimes," OHCHR-Nepal noted, adding that a clear message should be sent to do more to support the rights of these victims

May 7, 2008

म्यानमारमा भीषण आँधी,२२ हजारको मृत्यु

आँधीले गर्दा म्यानमारमा कम्तीमा २२ हजार व्यक्तिको मृत्यु भएको छ । आँधीमा परेर ३० हजार व्यक्ति हराइरहेको अधिकारीले मंगलबार जनाएका छन् । तर, आँधीबाट नराम्ररी प्रभावित ४७ सहरी इलाकामा बाहेक म्यानमारका बाँकी भागमा पूर्व घोषणाअनुरूप नयाँ संविधानमाथिको जनमतसंग्रह यसै सप्ताहान्तमा गरिने बताइएको छ । आँधी प्रभावित क्षेत्रमा भने २४ मेमा जनमतसंग्रह गरिनेछ ।

 

१९९१ मा विनाशकारी आँधीले एसिया बढी प्रभावित भएको थियो । त्यस आँधीले गर्दा बंगलादेशमा झन्डै डेढ लाख व्यक्ति मरेका थिए । त्यसपछिको विनाशकारी आँधी म्यानमारमा अहिले आएको आँधीलाई नै लिइएको छ । विदेशमन्त्री न्यान विनका अनुसार बोगालेमा मात्र १० हजार व्यक्ति मरेका छन् । यो सहर याङ्गुनको दक्षिण-पश्चिम क्षेत्रमा ९० किलोमिटर टाढा पर्छ ।

प्रतिघन्टा एक सय ९० किलोमिटर गति र १२ फिट उचाइको यस आँधीले गर्दा लाखौं मानिस घरवारविहीन भएको संयुक्तराष्ट्र संघका अधिकारीले जनाएका छन् । यो विनाशकारी आँधीले निम्त्याएको क्षतिका कारण कूटनीतिक रूपमा विश्वबाट अलग रहेको सैनिक शासनले समेत बाहिरी सहयोग स्विकार्ने संकेत दिएको छ । जब कि २००४ मा आएको सुनामीपश्चात् म्यानमारका जनरलले बाहिरी सहयोगलाई अस्वीकार गर्दै आएका थिए । अहिले उनीहरूले वैदेशिक सहयोगका लागि हात अगाडि बढाएका छन ।

याङ्गुनस्थित युरोपेली संघका दातृअधिकारी बर्नार्ड डेलपुचले सैनिक शासनले आँधी प्रभावित क्षेत्रमा तीन जहाज खाद्यान्न पठाएको जनाएका छन् । यस विपत्तिको सामना गर्न नसके र जनतालाई पर्याप्त राहत उपलब्ध गराउन नसके आफ्नो मार्गमा आउने कुनै पनि चुनौतीसँग जुध्ने सामथ्र्य आफूमा भएको घमण्ड गर्ने सैनिक शासनले ठूलै राजनीतिक मूल्य चुकाउनुपर्ने बताइएको छ ।

आफूहरू चुनौतीविरुद्ध पूर्णरूपमा तम्तयार रहेको जुन मिथक सैनिक शासकले पेस गरेका थिए, त्यो पूर्णतः चकनाचुर भएको छ,’ राजनीतिक विश्लेषक अङ नाइङ ओ बताउँछन् । उनी १९८८ को विद्रोहलाई निर्दयतापूर्वक दबाइएपछि थाइल्यान्डमा भागेका थिए ।यसले दीर्घकालीन रूपमा व्यापक राजनीतिक असर पार्नेछ ।

March 16, 2008

युरापकै सबैभन्दा महंगो शहर-लन्डन

बेलायतको राजधानी लन्डन युरोपेली सहरमध्ये सबैभन्दा महंगो र फोहोर सहर रहेको बुधबार प्रकाशित एक सर्वेक्षणले देखाएको छ । सोही अध्ययनले अर्को युरोपेली सहर ब्रसेल्सलाई वाक्कलाग्दो सहर भनेको छ । टि्रप एडभाइजर संस्थाले एक हजार एक सयजना पर्यटकसँग लिएको अन्तरवार्ताका आधारमा उक्त निर्कर्षनिकालेको हो ।

यसैगरी फ्रान्सको राजधानी सहर पेरिसका मानिस अन्य युरोपेली सहरका तुलनामा काम मित्रवत् पाइएको पर्यटकले बताएका छन् । तर उनीहरुले आफूहरुलाई पेरिसले आकर्षण गरेको पनि बताएका छन् । उनीहरुका अनुसार पेरिस युरोपको सबैभन्दा रोमान्टिक गन्तव्य तथा खाना र किनमेलका लागि जादुमय रहेको छ । लन्डनदेखि दोस्रो महंगो र फोहोर सहरमा रुसको राजधानी मस्को परेको छ ।

तर लन्डनका पनि केही विशेषता रहेका उनीहरुले बताएका छन् । विशेष गरेर रात्रीजीवन र सार्वजनिक पार्कहरुले पर्यटकको ध्यान आकर्षक गरेको उनीहरुले बताएका छन् । सर्वक्षणअनुसार युरोपको सबैभन्दा सफा सहर जुरिचलाई मानिएको छ । तर स्वीट्जरल्यान्डको यो सहर ब्रसेल्सकै हाराहारीमा वाक्कलाग्दो सहर पाइएको उनीहरुको अनुभव छ ।

किनमेलका क्रममा सबैभन्दा बढी दलाली हुने सहर प्रागलाई मानिएको छ भने त्यसपछि बुडापेस्ट र लिस्बन परेका छन् । अमेरिकी डलरको मूल्य घटे पनि सर्वेक्षणमा सहभागी हुनेमध्ये आधा अमेकिरीले यसैवर्ष युरोपको भ्रमण गर्ने आफ्नो योजना रहेको बताएका छन् । गत वर्ष पनि अमेरिकीको संख्या लगभग यति नै थियो ।

March 9, 2008

पत्रकार हप्काउनेले के जित्लान चुनाव

चुनावी अभियानमा व्यस्त रहेका रिपब्लिकनका राष्ट्रपति उम्मेदवार जोन म्याकेनले शुक्रबार बिहान एटलान्टामा पत्रकारलाई हप्काएका छन् । द न्युयोर्क टाइम्सकी पत्रकार महिला एलिसावेद बुमिरले सोधेको प्रश्नको उत्तर दिनुको सट्टा उनी झोकिँदै भने, ‘सबैलाई थाहा छ, मेरो जोन केरीसँग व्यक्तिगत कुराकानी भएको थियो । यो तपाइंलाई राम्रैसँग थाहा छ हैन ?’

जोन केरीको उपराष्ट्रपति हुने सम्बन्धमा सन् २००४ मा म्याकेनले वार्ता गरेको सम्बन्धमा रिपोर्टर बुमिरले जिज्ञासा राखेकी थिइन् । ‘के तपाइर्ं जोन केरीलाई तपाइर्ंको उपराष्ट्रपतिको रूपमा हेर्नुहुन्छ, केरीले त तपाईंलाई उपराष्ट्रपतिको प्रस्ताव राखेका थिए ?’ यस प्रश्नको उत्तर रिसले मुर्मुरिँदै म्याकेनले दिए- ‘हेर्दिनँ ।’ बुमिरले म्याकेनको पिछा लाग्न छोडिनन् । टाइम्स आर्काइभ उद्धृत गर्दै उनले फेरि सोधिन्, ‘केरीसँग कुरा गरेको बारेमा तपाइर्ंले २००४ मा किन ढाँट्नुभयो ?’ पत्रकारलाई बीचमा रोक्दै उनी गर्जिए, ‘सबैलाई थाहा छ, हाम्रो व्यक्तिगत कुराकानी भएको थियो ।’ बुमिरले फलोअप मात्र गर्न के खोज्थिन्, बीचैमा म्याकेन गर्जिहाल्थे । म्याकेन निकै नै आक्रमक देखिन्थे ।

‘मलाई तपाइर्ं के पढ्नुहुन्छ, के सुन्नुहुन्छ केही थाहा छैन र मलाई कुराकानीको केही पृष्ठभूमि पनि थाहा छैन,’ उनले भने । ‘हुन सक्छ, मैले २००४ को मेमा केही कुराकानी नै गरिनँ,’ रिसले चुर भएका म्याकेन केही ठन्डा हँुदै भने । रिपोर्टर बुमिरले सोधिन्, ‘के तपाइर्ं त्यस कुराकानीको केही अंश सम्झन सक्नुहुन्छ ?’ ‘मलाई थाहा छैन, तर मैले केरीसँग छलफल गरे भन्ने दुनियाँलाई थाहा छ । त्यसैले तपाईंसँग अर्काे सवालमा केही प्रश्न छ ?,’ म्याकेनले रिपोर्टरमाथि प्रतिप्रश्न गर्दै भने ।

फेरि पनि बुमिरले केरीसँग भएको छलफलको प्रसंग उठाउँदा म्याकेनले पत्रकारलाई थर्काउँदै उनले भने, ‘होइन, होइन । किनभने यो विषय क्लोज भइसकेको छ, यो सबैलाई थाहा छ, अमेरिकामा यो सबैलाई थाहा छ ।’ के तपाइर्ं छलफलका केही अंश बताउनुहुन्छ ? ‘सक्दिनँ, कदापि सक्दिनँ । म व्यक्तिगत कुराकानी भन्दिनँ । प्राइभेट कुराकानी तपाईलाई के मतलब ?’ झोक्की सिनेटरका रूपमा चिनिने म्याकेनलाई कयौं पत्रिकाले ‘सिनेटर हटहेड’ उपनाम दिएका छन् ।

February 6, 2008

रहौंला हामी नेपाली कहां नेपालै नरहे


केपी ढुंगाना

बेलुका ११ वजेको छ । काठमाडौं चिसोमा कठ्यांग्रीएर कुनामा तातोको खोजीमा लुकेझै लाग्छ । ओहो आज दामनमा हिउं पर्यो रे । सम्झदै चिसो सिरकभित्र घुस्रिन्छु म तातोको खोजीमा । ओंहो दामनको हिउं खाटमा पनि परेछ कि क्या हो कस्तो चिसो । आंखामा निन्द्रा छैन । होस पनि कसरी । यसको आउने समय पनि त भएको छैन । जतिखेर मन लाग्यो त्यत्तिखेर आउने भए यसको के महत्व हुन्थ्यो र । यसो रिमोट समाए र थिचे । २९ इन्चको एलजीको कांचको पर्दामा देखिएको स्टार प्लस जहां भारतका साना साना बालबालीका आफ्नो प्रतिभा देखाइरहेका थिए । जसको नामाकरण गरिएको रहेछ छोटे उस्ताद

एकै छिनमा एक बालीका आइपुगिन । जसको हातमा भारतको राष्ट्रिय झण्डा तिरंगा थियो । एं यो त भारतिय स्वतन्त्रता दिवसको अवसरको इस्पेशल कार्यक्रम रहेछ । विस्तारै उनी मन्चमा आइन र गाउन थालीन बन्दे मातरम । मेरो शरिर सिरिंग भयो । कांचको पर्दामा देखिएकाहरु सबै देशभक्तिपुर्ण भावमा रमिएरहेका थिए झुमिरहेका थिए ।
विस्तारै मेरो कानमा पनि अर्कै धुन बज्न थाल्यो त्यसले भनिरहेको थियो संयौ थुंगा फुलका हामी एउटै माला नेपाली । झसंग भए म । हैन संयौ थुंगा हैन । अनायसै शब्द फुत्कीए । थाहा छैन किन ।
सायद आज दिनभर मधेसमा देखिएका दृष्यले मेरो मष्तीस्क खलबलिएको हुनसक्छ । त्यसैले मनले नेपालीलाइ सयौं थुंगा भनिरहेको भएपनि मस्तीष्कले भरिहेको थियो हैन तेरा धेरै फुलहरु चुंडिदैछन । त्यसैले तेरो यो लोकतन्त्र आएपछिको राष्ट्रीय गान पनि काम छैन ।
संविधान सभाको तयारीका लागि सात दल अहिले मधेसमा पुगेका छन । तर, उनीहरुको स्वागत फुलमालाले हैन काला कपडा र बमको नमिठो गन्धले गरिएको छ । मुर्दावादको नारा घन्कीएको छ । जिल्ला बन्द छ । मधेस र मधेसी जनताको अधिकारका लागि बन्दुक उठाएको दावी गर्नेहरु भनिरहेका छन पहिला अधिकार दे अनि भाषण गर्न आइज । सात दलका नेता भनिरहेका थिए संविधान सभा तपाई हाम्रो सबैको अधिकार दिने स्थान हो । उनीहरु प्रतिउत्तर फर्काइरहेका छन हैन यो पहाडियाहरुको भ्रम हो, हामीलाइ अधिकार दे । कस्तो अधिकार त - स्वतन्त्र मधेसको जहां आउन नाक चुच्चे पहाडिया र बक्खु लगाउने हिमालीहरुले भिसा लिनु परोस् ।
झसंग हुन्छु । फेरी कल्पनावाट धरातलमा आउंछु । कांचको पर्दामा छोटे उस्ताद निरन्तर छ अझै । बोलि फेरीएछ अनी पात्र पनि घन्कीरहेको थियो ए मेरे बतनके लागो । उफ लामो सास फेर्छु । कता कता मधेसको याद आउंछ । माया लाग्छ मधेसको चौपट । आफैं अचम्मीत पनि हुन्छु, किन माया लागेको होला यस्तो विछट्टै । कारण के होला - २७ वर्षमा २ पटक छोएको छु त्यो मधेसको माटो । एक रात विताएको छु त्यसको छातीमा । म जन्मेको, हुर्केको पहाडमै त हो । यो पहाडको पो माया लाग्नुपर्ने । किन माया लाग्यो मधेसको ?

मान्छेलाइ कुनै अप्रत्यासित विषय या वस्तुसंग २ कारण माया लाग्छ रे । पहिलो कारण गुमाइसकेपछि । अनी दोस्रो कारण गुमाउने डर लागेपछि । मैले मधेस गुमाइसकेको त छैन । अहिलेपनि त्यो नेपालको सिमांकन भित्रै छ । भनेपछि के ममा अब मधेस गुमाउने भय पलाएको हो त ?

कोल्टे फेर्छु । अनायसै फेरी लामो सास निस्कन्छ मुखवाट । कता कता कस्तो नमिठो लागेर आउंछ । मेरो खाटको सिमाना खुम्चिए झै लाग्छ । देशका सिमाना विविध कारणले टुक्रिएका छन । सबैको के बेलिविस्तार लगाउन सकिन्छ र । भारतकै कुरा गर्ने हो भने पाकिस्तान बनेर टुक्रियो त्यो । कारण थियो धर्मको । पाकिस्तान पनि के संग्लो रहृयो र बंगलादेश बनेर गयो त्यो पनि । कारण थियो जातको ।

तर भारतियहरुले अहिले पनि पाकिस्तान र बंगलादेशलाइ मेरो भुमि हैन भन्न सकिरहेका छैनन । हरेक वर्ष मनाइने स्वतन्त्रता दिवसका दिन सबैले सम्झन्छन त्यो एकिकृत भारत । अहिले त मधेस मेरै छ । २ पटक छोएपनि १ रात कटाएपनि मधेस मेरो पनि हो नी ।

हो
, हिजोका दिनमा गल्ति भए । नभएका हैनन । तर, त्यो गल्ती निरंकुश शासकहरुले गरेका हुन, आम नेपालीले त हैन नी । तर केही मुर्ख शासकले गरेको गल्ती कतै आम नेपालीले ब्यहोर्नुपर्ने त है - जिउ शिरिंग हुन्छ ।

एक्कासि कोही हांसेको आवाज सुन्छु । अट्टाहास हांसो । कता कता त्यो हास्ने अनुहार कहिले सोनिया गान्धीको जस्तो देख्छु त कहिले मनमोहन सिंहको जस्तो लाग्छ । कहिले लालकृष्ण आडवाणि बन्छ त्यो मुहार त कहिले बाल ठाकरे जस्तो । हैन,हैन ल फेरी अनुहार फेरीयो । लौ अब त्यो हास्ने अनुहार त जयकुष्ण गोइतको जस्तो पो छ । ल फेरी बदलियो । लौ ज्वालासिंह,हैन हैन राजेन्द्र महतो, ए हैन उपेन्द्र यादव ।

कांचको त्यो अर्थहिन पर्दामा चार कोणे तिरंगा नाचिरहेको छ । तर मेरो आंखाका मेरो रातो र चन्द्र सुर्य अंकित झण्डा कतै जलिरहेको दृष्य पो आउंछ । बन्दे मातरम हैन, कतै गुन्जिरहेको मलिन स्वर सुनियो । जसले भनिरहेको झै लाग्यो- रहौंला हामी नेपाली कहां नेपालै नरहे ।

January 30, 2008

गान्धीजीको सम्झना

तुलसीमेहर श्रेष्ठ

 

गान्धीजीको आश्रममा थरीथरीका कार्यकर्ता थिए । केही खास मानिसलाई गान्धीजीको निजी सहायक भन्न सकिन्थ्यो । तीमध्ये भाइ कृष्णदास विशेष स्थान राख्नुहुन्थ्यो । उहा“ले गान्धीजीको निजी काम गर्ने जिम्मा पाउनुभएको थियो । गान्धीजीको सुत्ने-बस्ने ठाउ“ सफा गर्ने, दतिवन तयार गर्ने, सा“झ कोठामा कुचो लगाउने, खानेपानी राख्ने, लेखपढका सामान सब तयार गरिदिनुहुन्थ्यो । म यो सबै नियालेर हर्ेर्थे“ं । यिनीहरूमध्ये कुनै पनि काम कठिन थिएन । मौका पाए मैले पनि गर्न सक्थे“ । एकदिन कृष्णदाससंग एकान्तमा कुरा गरे“ । मैले कृष्णदासलाई आफ्नो इच्छा बताए“ । म बडो मुस्किलले भए पनि आश्रम पुगिसकेको थिए“ । गान्धीजीको छेउछाउ रहन्थे“ । तर मेरो जिम्मामा गान्धीजीको खास काम थिएन । ममा कृष्णदासजीजस्तो पात्रता र योग्यता पनि थिएन । बापुजी -गान्धीजीलाई गरिने प्रिय सम्बोधन) कृष्णदासजीको सेवालाई ‘मातृऋण’स“ग तुलना गर्नुहुन्थ्यो । बापुले सबैका सामुन्ने कृष्णदासलाई आफ्नी आमास“ग तुलना गरेको हामी सबैले देखे-सुनेका थियौं । मैले उनै कृष्णदासलाई आफ्नो मनको धोको भने“, गान्धीजीको कोठा सफा गर्ने, दतिवन बनाउने, पिकदानी राख्ने काम म पनि गर्न सक्छु । कृष्णदास यी सबै र अरू काम पनि एक्लै नै गर्नुहुन्थ्यो । मैले यिनै काममा कृष्णदासलाई सघाउने आफ्नो इच्छा विन्ती गरे“ । कृष्णदासजी अनुसार यस्ता नितान्त व्यक्तिगत काम गर्न गान्धीबाटै अनुमति लिनुपर्ने बताउनुभयो । त्यो ठीकै थियो । सा“झ खाने बेला एकान्त पाएर कृष्णदासले गान्धीजीलाई सबै कुरो भन्नुभएछ । त्यतिन्जेलमा गान्धीजीले मलाई सामान्य रूपमा देखिसक्नुभएको थियो । म नेपालबाट पुगेको हु“ भन्ने समेत गान्धीजी सूचित हुनुहुन्थ्यो । महात्माजीले त्यो केटो वेशै जस्तो छ, उसले तिमीलाई सघाउन खोजेको हो भने त्यो राम्रो होे भन्नुभएछ । भोलिपल्ट कृष्णदासजीले यो खुसीको समाचार मलाई सुनाउनुभयो । अब तिमी बापुको काम गर्ने भयौ भन्नुभयो । कृष्णदासजीले त्यसैबेला मेरो तत्कालीन कामको टुङ्गो लगाइदिनुभयो । त्यस दिनदेखि हामी दुवैले मिलेर गान्धीजीको कोठामा कुचो लगाउने, कागजपत्र मिलाउने गर्न थाल्यौं । तर म अरू पनि काम गर्न चाहन्थे“ । अरू कसैको दृष्टि नपुगेको काम गर्न पाए हुन्थ्यो जस्तो लाग्यो । मैले त्यसैदिन कृष्णदासजीमा आफ्नो यो भावना जाहेर गरे“ । कृष्णदासले एकछिन सोच्नुभयो । अनि उहा“ले एउटा कुरा राख्नुभयो ।

गान्धीजी राति दर्ुइ-तीनपटक पिसाब फर्ेन अवश्य उठ्नुहुन्थ्यो । बाहिर पिसाब फर्ेन जानुहुन्थ्यो । त्यसबेला अ“ध्यारामा कसैले उहा“लाई लालटिन लिएर उज्यालो देखाइदिए वेश हुने थियो भन्ने कृष्णदासजीको मनमा रहेछ । तर फेरि गान्धीजी कति बेला उठ्ने, कति बेला जाने, के ठेगान – जाग्राम बसेर गान्धीजी उठ्ने घडी कर्ुर्ने कुरो पनि थिएन । कृष्णदासजीले मलाई यो कुरो विस्तारमा भन्नुभयो । अझ तिमीले जागेर उठ्ने काम गर्दै नगर्नु भनेर चेतावनीसमेत दिनुभयो । तर आफूखुसी उठेको समय पर्छ भने लालटिन लिएर बापुलाई बाटो देखाइदिनु, त्यसनिम्ति जागै बस्ने गल्ती भने नगर्नु भन्ने कृष्णदासको स्पष्ट निर्देशन थियो ।

गान्धीजी कोठाभित्र कहिल्यै सुत्नु हु“दैन्थ्यो । गर्मीमात्रै होइन, जाडोमा समेत बाहिरै खुल्लामा सुत्नुहुन्थ्यो । उहा“का छेउछाउमा सुत्ने दर्ुइ-तीनजना सहायक छ“दै थिए । गान्धीजीको सुत्ने छेउछाउमा एउटा सानो ढुंगे चौतारो थियो । मैले त्यहीं सुत्ने अठोट गरे“ । त्यहा“बाट गान्धीजी सुते-उठेको देखिन्थ्यो । आफू राति उठ्दा छेउछाउका मान्छेको न्रि्रा नखलबलियोस् भन्नेमा गान्धीजी बडो र्सतर्क हुनुहुन्थ्यो । राति उठ्दा उहा“ले लगाउने खराउ रबरको तलवा राखेर बनाइएको थियो । गान्धीजीले उठेर पिसाबखाना जा“दा हल्का बर्को ओढ्नुहुन्थ्यो । गान्धीजीको खराउ वा बर्कोको सप्कोबाट धेरै खलमल हुने कुरो थिएन । त्यसमाथि गान्धीजीको त्यत्रो र्सतर्कता † तैपनि के भएको हो कुन्नि, त्यस्तो सूक्ष्म आवाजबाट पनि पहिलो दिनमै गान्धीजी चलमलाउनासाथ मेरो न्रि्रा टुट्यो । म आफैं छक्क परे“ । तर यस्तो पहिलो दिनमात्रै भएन । अब प्रत्येक रातजस्तो गान्धीजी चलमलाउनासाथ म झट्ट उठ्थे“ । कुनै अज्ञात प्रेरणाले जगाएको जस्तो हुन्थ्यो । मैले कोसिस गरेर जागेको हु“दै होइन । प्रत्येक रात म आफसेआफ जागे“ । गान्धीजी उठ्नासाथ म तयार रहन्थे“ । लालटिन उकासेर उहा“लाई बाटो देखाउन पुगिहाल्थे“ । यसरी तीन-चार महिना बित्यो । एकदिन गान्धीजीले मलाई सोध्नुभयो । होइन तुलसीमेहर, तिमी त मेरो सेवा गर्दागर्दै सुत्दै-सुतेनौ जस्तो छ । यसो हो भने बिरामी पर्र्छौ । तिमी बिरामी परेको आश्रम निम्ति एउटा नया“ बोझ उत्पन्न हुनेछ । तिमी यसरी जाग्ने नगर † खासमा गान्धीजी मात्र होइन, त्यसरी उठेकामा म आफैं पनि छक्क परेको थिए“ । तर मेरो उठ्नेक्रम छुटेन । यसरी केही महिना बित्यो । गान्धीजी आफ्नो ओछ्यानबाट उठ्नलाग्दा सामु खडा भइसक्थे“ । एकदिन गान्धीजीले फेरि भन्नुभयो- अब त अचाक्ली भयो । म खप्न सक्दिन । तिमीले आफ्नाउपर अत्याचार गरिरहेका छौ, ‘जर्ुम’ गरिरहेका छौ । यो पत्याइनसक्नुको कुरो छ । म उठ्नासाथ तिमी यसरी जागा भेटिने कुरो कसरी सम्भव हुनसक्छ – गान्धीजी केही क्षुब्ध बुझिनुहुन्थ्यो । मलाई ठूलो डरले छोप्यो । गान्धीजीस“ग त्यस्तो डर मलाई जिन्दगीमा अघिपछि भएन । मेरो शरीर र हात का“पे, तर मैले फेरि विशेष विनय गरेर आफ्नो कुरा भने“ † जो भएको सत्य भने“ । म रातभरि जागेको छ“दै छुइन । म कोसिस गरेरसमेत जागेको होइन । यो अनायास भइरहेको छ । न्रि्रासमेत बिग्रिएको छैन । यस्तो कसरी मलाई हुन्छ, आफैैंलाई थाहा छैन । यही सत्य हो । गान्धीजीले हारेजस्तो भएर भन्नुभयो- त्यस्तो भए भगवानै जानुन् † त्यसरी मेरो जाग्ने क्रम यथावत रह्यो । मेरो स्वास्थ्य पनि बिग्रिएन । म गान्धीजीका अरू दिनचर्यामा पनि सामेल हुनथाले“ ।

गान्धीजीका थुप्रा संस्मरण छन् । ती सबै भनिसाध्य छैन । तर यो समयमा एउटा विशेष प्रसंग बताउन चाहन्छु । एक दिनको कुरो हो । राति म गान्धीजीको गोडामा तेल लगाउ“दै थिए“ । गान्धीजीकी धर्मपत्नी माता कस्तूरवा पनि त्यहीं हुनुहुन्थ्यो । कस्तूरवाले गान्धीजीलाई एउटा घतलाग्दो कुरा भन्नुभयो- तपाईंका समिप दिनभरि विभिन्न किसिमका मानिस, विभिन्न थरीका समस्या लिएर आउ“छन् । तपाईं सबैको आध्यात्मिक, सामाजिक र पारिवारिक घर झगडासमेतको प्रसंग बुझनुहुन्छ । समाधानसमेत गरिदिनुहुन्छ । मानिस चित्त बुझाएर जान्छन् । म भने तपाईंकी धर्मपत्नी हु“ । मेरा दिदी-बहिनीसमेतलाई लाग्दो होला, अहो † कस्तूरवा त दिनरात बापुस“ग बस्छिन् । त्यो उसको अहोभाग्य हो भन्दाहोलान् । कतिले तर् इष्र्या पनि गर्दाहोलान् । तर तपाईंस“ग भने मेरो मनको कुरा सुन्ननिम्ति पा“च मिनेट पनि भेट्दिन । दिनभरि तपाईं आफ्नै किसिमका मानिससित घेरिएर बस्नुहुन्छ । के यो ठीक भयो – बापुजी मुसुक्क हा“से पनि गम्भीर भने हुनुभयो । गान्धीजीले भन्नुभयो- हो, मबाट यो गल्ती भएकै हो । मैले यसलाई सच्याउनर्ैपर्छ । लौ भन म तिमीलाई कुन समय दिउ“ र कति समय दिउ“ – विचरा कस्तूरवा बोल्न त बोलिहाल्नुभयो, तर फेरि आफैं तर्सिएजस्तो हुनुभयो । सार्‍है सोझी र असल हुनुहुन्थ्यो कस्तूरवा । उहा“लाई यो कुरो मैले अनाहक उठाए“ भन्ने परिसकेको बुझिन्थ्यो । तुरुन्तै उहा“ले आफूले भनेको आफैं खण्डन गर्न थाल्नुभयो । तपाईंलाई मैले यो भन्ने कुरा थिएन । तपाईं दिनरात काम गर्ने, आफैं समयको अभावले ग्रस्त हुनुहुन्छ । रातिसमेत ठीक्कसंग सुत्नुहुन्न । बिहानदेखि सुत्ने बेलासम्म विभिन्न थरीका मानिसको चित्त बुझाइरहनर्ुपर्छ । मैले यो कुरा बित्थामा उठाए“, भो मलाई समय दिनु पर्दैन ।

अब बापुजीको पालो थियो । गान्धीजीलाई सबैले प्रेमले बापु भनेझैं कस्तूरवालाई भने बा भन्ने चलन थियो । बापु पनि कस्तूरवालाई बा भन्नुहुन्थ्यो । गान्धीजीले भन्नुभयो- बा, तिमीले अब समय लिनर्ैपर्छ । तिमीले त मेरो गल्ती औंल्याएको मात्र हो † अब म यो गल्ती सच्याएरै छोड्छु । म तिमीलाई समय दिन्छु । तिमीले लिनर्ैपर्छ ।

गान्धीजी राति सुत्ने बेलामा टाउकोमा बदामको तेल लगाउनुहुन्थ्यो । घु“डाभन्दा मुन्तिर भने नरिवलको तेल लगाउनुहुन्थ्यो । गान्धीजीले बालाई भोलिपल्टदेखि आफ्नो टाउकोमा बदामको तेल लगाउन अनुरोध गर्नुभयो । गान्धीजीले भन्नुभयो- बा, भोलिदेखि अरूले मेरो टाउकोमा तेल लगाउन पाउने छैन । तिमीले नै लगाउनर्ुपर्छ । त्यतिबेला हामी ढुक्कसंग कुरा पनि गरौंला । तिमी आफूखुसी कुरा गर्नु । तिमीले आफैं नभ्याएको र नसके मात्र अरू कसैलाई तेल लगाउन पठाउनु तर अब मेरो टाउकोमा तेल लगाउने-नलगाउने त्रि्रो जिम्माको कुरा भयो । यो क्रम यसरी नै चल्न थाल्यो । गान्धीजीलाई त्यस्ताबेला पनि मान्छेले विरलै छाड्थे । कहिलेकाहीं बाहिरिया मान्छे नहु“दा मनका कुरा भन्न थाल्नुहुन्थ्यो । दिनभरिको कठिन दिनचर्याबाट थाकेका गान्धीजी उ“घ्न थाल्नुहुन्थ्यो । बा कुरा त सुरु गर्थिन्, गान्धीजी उ“घ्दै हु“हु“ गर्न थाल्नुहुन्थ्यो । कहिले पनि पूरा कुरा भएको बुझि“दैन्थ्यो । तर मौका र समय भने सुरक्षित थियो । यसरी नै दिन बित्दै गए ।

एक दिनको कुरो हो । म गान्धीजीका पाइतालामा तेल लगाउ“दै थिए“ । कस्तूरवा अलि ढिलो आइपुग्नुभयो । आउनासाथ कपालमा बदामको तेल लगाउन थाल्नुभयो । उ“घ्दै गरेका बापुले ए बल्ल आइछौ भन्नुभयो । कस्तूरवाले पनि हो आए“ भन्नुभयो । त्यसपछि गान्धीजीले बडो मधुर स्वरमा भन्नुभयो, यस्तो ढिलो हु“दा तिमीले अरू कसैलाई तेल लगाउन पठाइदिनुपथ्र्यो । तिमीलाई फर्ुसद नहु“दा अरूलाई पठाउ“दा हुन्छ भनेर भनेकै हो † मलाई न्रि्राले छोपिसक्यो । तिमी आइनौ, यतिबेरसम्म के गर्दैथ्यौ – अरूलाई पठाइदिएको भए हुन्थ्यो † कस्तूरवाले आफ्ना कुरा भन्नुभयो । यो काम र समय अरूलाई दिन चाहन्न । आज अलि त्यस्तै पर्‍यो । छोरो रामदास भोलि बर्म्बई जा“दै थियो, उसलाई मनपर्ने खाजा बनाउन आफैं लागे“ । उसले के खान्छ, त्यो मलाई नै थाहा थियो । त्यो काम मैले नै गर्नुपर्ने थियो । गान्धीजीले उत्तर दिनुभयो- तिमीले आश्रमका बिरामीको देखभाल गर्ने जिम्मा लिएको छ । पाहुनाहरूलाई पनि हर्ेर्ने तिमी हौ । फेरि तिमीले आफ्ना लुगाफाटानिम्ति चर्खा चलाउनर्ैपर्छ । फेरि कतिबेला सुत्छौ – शरीरलाई न्रि्रा र विश्राम पनि चाहिन्छ । यसरी त तिमी बिरामी पर्र्छौ । रामदासका निम्ति उसलाई मीठो लाग्ने कुरो भनेर फर्माइसी बनाउने खा“चो थिएन । आखिर रामदास पनि आश्रमवासी हो । उसमा र तुलसीमेहरमा के फरक छ – अब कुन दिन तुलसीमेहर नेपाल जान्छन्, उसको खाजा पनि बनाउछ्यौ – त्यस्तै अर्को आश्रमवासी अन्त कतै जाला, सबैको खाना तिमीले बनाएर कहा“ साध्य हुन्छ र – गान्धीजीको यस्तो जिकिर सुनेर एकछिन त कस्तूरवा चुप हुनुभयो । तर फेरि चुप रहन सक्नुभएन । उहा“ले पनि आफ्ना कुरा राम्ररी भन्नुभयो । कस्तूरवाले भन्नुभयो- तपाईं पो महात्मा हुनुहुन्छ । म त महात्मा होइन । म एक आमा हु“ । रामदास मेरो आफ्नै पेटबाट जन्मिएको छोरो हो । म उसलाई र अरूलाई एकै दृष्टिले हर्ेन सक्छु भनेर दाबा गर्न सक्दिन । सबैका निम्ति मैले खाजा बनाउन मिल्दैन । आफूले नौ महिना पेटमा राखेर गुहुमुत गरेको छोरोको कुरो बेग्लै हो । अब यसका लागि तेल लगाउन ढिलो गरे भनेर गुनासो नगर्नुहोस् । गान्धीजीले स्वरलाई अझ मधुर बनाउनुभयो । उहा“ले भन्नुभयो, यस आश्रममा आएका अरू लड्का-बच्चाहरूलाई हेर । यी को हुन्, कहा“बाट आए – कुन भावनाले यस आश्रममा आए – तिमी र मनिर किन आए । यीमध्ये प्रत्येकका आमाबाबु छन् । घरद्वार छ । तर यी सबै छाडेर हामीस“ग बस्न आएका छन् । आफ्ना मातापिताभन्दा तिमीलाई र मलाई माया गरेको देखिन्छ । आफ्नो घरमा यिनीहरूलाई पनि अवश्य धेरै सुख थियो । यहा“ आएर यिनीहरू भुइ“मा सुत्छन् । रूखासुख्खा खान्छन् । अनि हामीले आफ्ना छोरा भनेर देवदास वा रामदासलाई यिनीहरूभन्दा छुट्याउनु, मीठो पकाउनु वा पृथक व्यवहार गर्नु कहा“सम्म ठीक हो – तिमी आफैं भन । तर यसपटक पनि बा मान्नुभएन । बाले जवाफ त दिनुभयो † म आफ्ना छोरा र अरूलाई एकै दृष्टिले हर्ेन सक्दिन । म अरूलाई पनि माया गर्ने कोसिस गर्न सक्छु । अरूलाई माया गर्दिन होइन, तर आफ्ना छोरा र तुलसीमेहरलाई एउटै दृष्टिबाट हर्ेर्छर्ुुन्ने दाबा गर्न सक्दिन । म महात्मा भएको छैन † हुन पनि सक्दिन । तर यति सुनेर पनि गान्धीजी चुप लाग्नुभएन । अन्य तर्क र उदाहरण दिएर एकछिन कुरा गर्नुभयो । आफ्ना भावनालाई जितेर भए पनि कस्तूरवाले सबै आश्रमवासीस“ग एकनासको व्यवहार गर्ने कोसिस गर्नुपर्छ भन्ने गान्धीजीको आग्रह कायम रह्यो । त्यसरातको त्यो छलफल निष्कर्षीन रह्यो † तर कस्तूरवाले म लगायत केही व्यक्तिको खाजा भने जाने बेला बनाउनैपर्‍यो । म महात्मा गान्धीजीस“ग विदा भएर नेपाल आउ“दा कस्तूरवा आफैंले बनाउनुभएको खास किसिमको गुजराती रोटी लिएर आएको थिए“ । त्यसको प्रसंग पनि यथास्थानमा भनौला †

म आश्रममा १९२१ देखि १९२५ सम्म लगातार गान्धीजीको सामिप्यमा बसे“ । कांग्रेसका बैठक र जलसामा चर्खा कटाइ-धुलाइ-बुनाइको पर््रदर्शनीमा संलग्न रहन्थे“ । पछि गान्धीजीस“ग सरसल्लाह गरेर नेपाल फर्किए“ । त्यसको बेग्लै कथा छ । त्यो पनि बेलामा भनौला ।

December 16, 2007

किशोरले आइसल्यान्डका राष्ट्रपति बताउ“दै ह्वाइटहाउसलाई छक्काए

 १६ वषीय एक किशोरले आफू आइसल्यान्डका राष्ट्रपति बताउ“दै ह्वाइटहाउसलाई छक्काएका छन् । भिफिल एटलासनले अमेरिकी राष्ट्रपति भवन ह्वाइटहाउसमा फोन गरेर राष्ट्रपति जर्ज डब्लु बुसस“ग भेट्न चाहेको बताए । उनको कललाई ह्वाइटहाउसका कर्मचारीले निकै ठाउ“मा टार्न्सफर गरेका थिए । बुसस“ग कुरा गर्न पाउनु अघि फोन उनका निजी सचिवले उठाए ।

बुसलाई भेट्न समय पनि तय गरिदिए सचिवले । समयतालिका अनुसार उनले सोमबार बेलुका बुसस“ग फोनवार्ता गर्न पाउ“थे । आइसल्यान्डका राष्ट्रपति ओलाफुर रागनर ग्रिमसनको रूपमा चिनाउ“दै एटलासनले डिसेक्बर १ मा ह्वाइटहाउस फोन गरेका थिए । फोन गरेको दुइ दिनपछि आइसल्यान्ड प्रहरी एटलासनको घर ढक्कढक्काउ“दै आइपुगे । उनलाई सोधपुछका लागि प्रहरी कार्यालयमा लगियो ।

सिआइएले आइसल्यान्ड राष्ट्रिय प्रहरी प्रमुखलाई फोन गरेर एटलासनले फोन नम्बर कहा“बाट पत्ता लगाए भन्नेबारे बुझ्न लगाएका थिए । तर, प्रहरीले सोध्दा उनले फोन नम्बर बताउन सकेनन् । ह्वाइटहाउसको फोन नम्बर ४ वर्षदेखि आफूस“ग भएको उनले बताए । आइसल्यान्डका एक मित्रले उनलाई सो नम्बर दिएका थिए । एटलासले र्सार्वजनिक फोन नम्बरमा फोन गरेको बुसका प्रवक्ताले पत्रकार सम्मेलनमा सोमबार बताइन् । त्यस नम्बरमा सबैले फोन गर्न पाउने पनि उनले बताइन् । एटलासनलाई सोधपुछका लागि स्थानीय प्रहरी कार्यालयमा हाजिर गराउन आइसल्यान्ड प्रहरी मुख्यालयको राष्ट्रिय सुरक्ष्ँा युनिटले अह्राएको स्थानीय प्रहरीले बताएका छन् । एटलासनको विषयमा आफूहरुले अमेरिकी समकक्षीस“ग कुरा नगरेको आइसल्यान्डका मुख्य प्रहरी सुपरिटेन्डेन्ट जोन बर्जाटमार्चले जनाएका छन् । एटलासनको फोनकलबारेमा आइसल्यान्ड प्रहरी अनविज्ञता भएको बारेमा बर्जाटमार्चले केही बताउन चाहेनन् । यस विषयमा थप अनुसन्धान नहुने पनि उनले बताए ।

December 6, 2007

तिव्र गति जीवन क्षति

तिव्र गति जीवन क्षति यो त विस्व व्यापी नियम नै हो । चाहे भुटानमा होस, नेपाल या जापान । तिव्र गतिमा मोटर गुडाउनेको हालत तस्विरमा देखिए जस्तै त हो नी ।नेपालमा सवारी जाम परेर छोटो वाटोमा पनि घन्टौ लाग्ने गरेका समाचार आइरहदा यो तस्विर भने तिव्र गतिमा सवारी चलाएका कारण भएको दुर्घटनाको हो । नेपालमा कंहावाट यित चर्का् गितमा सवारी चलाउनु र दुर्घटना हुनु नी ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com