July 12, 2009

जाकार्ता जानुअघि

Filed under: भ्रमण

इन्डोनेशीयाको राजधानी जाकार्ता  ।

एशीया प्यासिफिक क्षेत्रीय युवा सम्मेलनमा भाग लिन आउदो साउन १० अर्थात जुलाइको २५ तारिखमा म इन्डोनेशीयाको राजधानी जाकार्ता जादैछु । नेपालका तर्फाट युवा विद्यार्थी नेता लेखनाथ पोखरेल, सुचनाप्रविधी विज्ञ शंकर लामिछाने,वैंकर लेखप्रसाद वुर्लाकोटी र म त्यसतर्फ लाग्दै छौ । करिव एकहप्ते वसाइमा एशीयाली क्षेत्रमा भएका उपलव्धी र हुन नसकेका विषयहरुमा छलफल हुने छ । हाम्रो करिव एक हप्ते वसाइ राजधानी जाकार्ताको होटल मिलेनीयम सिरिहमा हुने छ ।

 यो फाकुरुद्धिन भन्ने ठांउमा रहेको छ । जानु अगाडी गुगलले दिएको जानकारी अनुसार चीनीया व्यवस्थापनको होटल मिलिनीयम जाकार्ताका राम्रा होटलहरुको पंक्तिमा संगै आउछ रे  । खैर व्यवहारमा कस्तो छ त्यो त गएपछि नै थाहा होला ।

नेपालमा इन्डोनेशीयाको दुतावास नभएका कारणले भ्रमण अली झन्झटिलो हुने भएको छ । यंहा वाट वैंकक गएर एकदिन वस्नु पर्ने हुन्छ । वैंककसम्मको भिषामा काठमाण्डौबाट जानु र वैंककवाट जाकार्ताको भिषालिनु पर्ने भएकाले भ्रमण अली झन्झटिलो भएको हो । साथै कार्यक्रमको विविधताले नेपालवाट जाने हामी चारैजना संगै जान भने पाउने छैनौ ।

राजधानी जाकार्ताको होटल मिलेनीयम सिरिह ।

 दुइ जना सहभागी जुलाइ २३ मा जनुहुनेछ भने । अग्रज मित्र वुर्लाकोटी र म दुइ सदस्य जुलाइ २५ मा जाने छौ । फिर्ता भने एक्ला एक्लै हुने छ ।  आयोजकले दिएको प्रस्नोत्तर भर्नु र आफ्नो प्रिजेन्टेशन तयार गर्ने काम भने वांकी नै छ । विभिन्न कामको चटारोकाबीच हुन लागेको यस सहभागीताका थुप्रै तयारी अन्य काम पनि  वांकी नै छन ।

 मलाइ जाकार्तामा पुराना मित्र जमालुद्धिन र जुझारु मित्र रिसवन्तो हाडीले सहयोग गर्ने छन । मित्र रिसवन्तोको सहयोगको वचन पाइसकेको छु । सुदुर गांउका रिसवन्तो दुइवहिनी र वृद्ध आमाकोलागि राजधानी जाकार्ता शहरमा वसेर कम्प्युटर प्रविधी सम्वन्धी काम गर्दै छन । म भन्दा परिपक्व मित्र जमालुद्धिन शिक्षण पेशामा आवद्ध छन ।

भर्खरै मात्र राष्टपतिको निर्वाचन सकेको मुस्लिम वहुल इन्डोनेशीया मेरो नौलो अनुभव हुनेछ । भ्रमणका रोचक जानकारी र तस्विर त फर्केपछि वाड्ने नै छु । अहिलेलाइ यति नै ।

July 1, 2009

स्विजरल्यान्ड भन्दा के कम

Filed under: भ्रमण

नेपाललाइ प्रकृतिले दिनुसम्म दिएको छ । यो मुलुकमा कमी छ त सुझवुझ, इमान्दारिता र निरन्तरताको । राजनैतिक अस्थिरताले निम्त्याएका अनेक भेलमा मुलुकका चरम संभावनाहरु ओझेल पर्दै गइरहेका छन । जलश्रोतको प्रचुर संभावना छ, पहाडी पदयात्रा र पर्यटकीय संभावना अचुक छ । यहाका वन पैदावर र हिमाली जडुवुटीहरु अमूल्य छन । नेपाली मन सफा छन मिहिनेति छन र मुलुकप्रति वफादारपनि ।

 राजनैतिक नेतृत्व वलियो र स्वार्थरहित भए यो देशले कांचुली फेर्न कुनै आइतवार पर्खिनु पर्दैन । हेर्नुस त निष्चल नदी, पहाडी पदयात्राका मार्ग र सुन्दर पहाडहरु । गत वर्षको गुल्मी भ्रमणका वेला कैद गरिएका यी दृष्यहरु । यो वर्ष पनि फोटोग्राफीको सिजन शुरु भएको छ ।

यो मनसुन शुरु हुने वेलामा फोटोग्राफी मलाइ अत्यन्तै मन पर्छ । अनेक कामका चापले यो मौषममा पहाडयात्रामा जान नपाउदा थक थक लागेको छ । अलिकता अनुकुलता हुने वित्तिकै पहाड यात्रामा निष्कने वाचाका साथ यी तस्विर ।

May 14, 2009

चौतारीमा एकै छिन

Filed under: भ्रमण

चौतारी नेपाल र नेपालीको पुरानो मानक हो । गांउ घरमा वाटोका छेउछाउमा लगाइएका यस्ता चौतारीहर प्रशस्तै देख्न पाइन्छ । चौतारी लौकिक वास्तुकलाको अनुपम नमुना हो । वटुवाहरुलाइ सुस्ताउन र थकाइ मार्नकालागि वनाइने यस्ता चौतारीहरु पछिल्लो समय नाश हुदै गइरहेका छन । चौतारी लगाउनु त परै जाओस भएका चौतारी पनि नाश गर्न उद्यत पछिल्लो पुस्ता यसको महत्व प्रति पुरै वेखवर छ ।

यस्तो विडम्वनाकाबीच पछिल्लो पटक देश दर्शनमा निस्किएका वेला चौतारीहरु गांउ ठांउमा प्रशस्तै भेटिए । त्यस्ता चौतारीहरु शुन्दरताका पर्याय तथा आरामका केन्द्र भएर रहेका देखिए । मेरा गुरु राजाराम सुवेदी र म चर्का घामका बीच हिंडाइपछि यस्तै चौतारीमा सुस्ताइयो खुवै । यो तस्विर नवलपरासी पार भएर पाल्पा पुग्दा पाल्पाको पुर्वी गाविस वल्ढेनगढीको हो ।

April 21, 2009

यात्राको रमाइलो

Filed under: भ्रमण


पुर्व सुचना दिएर मैले शुरु गरेको यात्रा शुखद रह्यो । यात्रा काठमाण्डौ भएर काठमाण्डौमै आएर टुंगिएको छ । यात्रा पहिलो दिन देवघाट तनहु, नारायणगढ र कावातोसीमै सिमित रह्यो । विहान कलंकीवाट शुरु भएको यात्रामा अपरान्ह १२ वजे तंनहुको देवघाटमा गएर काली र मर्स्या-दीको दोभानमा गएर नुहाउदा आनन्द मिल्यो ।

 भोकोपेट लिएर हामी पुग्यौ नारायणगढ विरेन्द्र क्याम्पस चितवनका उपप्राध्यापक पूर्णप्रसाद अधिकारीको घरमा । अधिकारीकोमा खाना खाएपछि मेरो भेट मित्र अभिनव भुषालसंग भयो । उनैले पुर्याए नारायणगढ वस पार्क । राजाराम सर र मेरो पहिलो दिनको मुकाम वन्यो कावासोतीका सज्जन नवराज सुवेदीको घरमा । तराइको गर्मीको राम्रै अनुभव रह्यो सुवेदीका घरको वसाइ । विहान सवेरै हामी दलदले वजार पुग्यौ । दलदलेवजारवाट जिप चढेर तनंहुको सिमाना निस्कने हाम्रो पुर्व योजना थियो ।

 यद्यपि जिप प्यासेन्जर कुरेर ढिला हिड्यो । अत्यन्तै विकटको वाटो र कच्चा चालक भएपनि येनकेन दोश्रो दिनको वेलुका हामी पुग्यौ मिथुकरम गाविसको मचेडी । मचेडीमा स्थानीय शिक्षक शाल्रि्राम लामिछानेकोमा हाम्रो वास पर्यो । सज्जन शिक्षक शाल्रि्राम र उनकी श्रीमती आरतिको आतिथ्यताले हामीलाय ठुलो गुन लगायो । भोलीपल्ट स्थानीय वुज्रुकहरुसंगको  भालाकुसारीपछि हाम्रो गन्तव्य वन्यो तंनहुको पुट्टार । हाम्रो यात्रालाइ सहज तुल्याउन शाल्रि्राम सरले आफ्ना आज्ञाकारी पुत्र सरोजलाइ हाम्रोसाथमै पठाउनु भएको थियो ।

 सरोजको सहायतामा करिव चार घन्टाको पैदलपछि हामी पुग्यौ तंनहुको नागेंडाडापछि पुट्टारमा । पुट्टारमा हामीलाइ खाना वनाएर कुर्नु भएको थियो,स्थानीय सज्जन पे्रम प्रसाद गैरेले । भारतीय सेनाका रिटायर्ड गैरे र उंहाकी धर्मपत्नीको आतिथ्यता आत्मिय थियो । पुट्टारका स्थानीय वुज्रुकहरुले हाम्रो खांचो अनुसारको तथ्याकंको लागि आकडा र अन्तर्वार्ता दिएर लगाउनु गुन लगाउनु भयो । ठुलो मात्रामा स्थानीयवासी उपस्थित भएर हाम्रो तथ्याकं संकलनलाइ सहयोग पुर्याउनु भयो, पुट्टारवासीले । भोलीपल्ट हामी लाग्यौ गजरकोट गाविस तर्फ हाम्रो यात्रामा सरोज, भिष्म र प्रतिमाले आधावाटो सम्म आएर सहयोग पुर्याए ।
वाटो विराउदै अल्मलदै जंगलको वाटो करिव ३ घन्टा उकालो हिडेर हामी पुग्यौ गजरकोट गाविसको डांडामा । स्थानीय शिक्षक, प्रहरी चौकीका सुरक्षाकर्मीहरुसंग भलाकुसारी गरीवरी स्थानीय शिक्षक इमानसिंहृ रानाकोमा खाना खाइवरी हामी लाग्यौ घिरङ- सुन्धारा गावीस तर्फ करिव ३ घन्टाको हिडाइपछि वल्ल आइयो सुन्धारामा । स्थानीय चन्द्रज्योति मावीमा पुगियो । त्यहाका शिक्षक शिक्षीकाहरुसंगको वार्तालापपछि त्यहाका वासिन्दा तिनको जनजीवन र रहनसहनवारे सामान्य र्सर्वेक्षणपछि वेलुकाको वास पर्यो शिक्षक रनवहादुर रानाकोमा । उंहाको आतिथ्यपछि जरुरी काम परेकाले म भोलीपल्ट जिप चढेर लागे भिमाद वजारतर्फ तर मेरा गुरु भने एक्लै लाग्नुभयो रिसि-तर्फ ।

यात्रा समग्रमा रमाइलो रह्यो । यात्राका क्रममा विकट भूभागको भ्रमण भयो । खडेरीको मौषम र हावाहुरीले गर्दा अधिकांश पहाडहरु उराठिला र डढेलोले खाएका देखिन्थे । पानीको अत्यन्तै कठिनाइ थियो । यद्यपि हामी जंहा जंहा पुगेपनि स्थानीय शिक्षकहरुले पुर्याएको गुन  विर्सीनसक्नुको रह्यो । यात्रामा मेरा गुरु राजाराम सर लेखकका अलावा कक्षा ७,,९र १० को सामाजिक अध्ययनको पाठ्यपुस्तक तयारकर्ता पनि भएकाले हामीप्रति सवैको चासो थियो ।

  त्यस्तै गांउमा सिधा र इमान्दार जनता सहयोगी पनि थिए । त्यसैलेपनि यात्रा रोमान्चक रह्यो । केही प्राइमरी डाटा कलेक्सन भएको छ । यसैलाइ आधार वनाएर थेसिसपनि तयार गर्नु छ । यात्राको प्रमुख उद्देश्य त मनोरन्जन थियो जुन प्राप्त भएको छ नै । यात्राका सन्दर्भहरु प्रसंगवस उल्लेख गर्दै जाने नै छु ।


तंनुहको देवघाट दोभानमा नंयावर्षको उपलक्षयमा नुहाउने तरखर गर्दै राजाराम सर र म ।


दलदले वजारवाट डेढगांउ जानेक्रममा लोकगीत गांउदै गाडी कुलाउदै चालक ।


तंनहुको पुट्टार जाने क्रममा डुंगावाट वाली घाट तर्दै ।


हामी वास वसेको पुट्टारका प्रेमप्रसाद गैरैको सुन्दर घर ।


सुन्भारका रनवहादर रानाका वावु छोरासंग ।


त्रिशुलको रयाफ्टिङ फर्कने क्रममा


डेढ गांउमा झोलुगें पुल तर्दै ।


गजरकोट गाविस तनहुमा गाइ र गोठालोको हुल ।


गाडी विगे‍‍पछि भिरमा आपत । नवलपरासी दलदले वजार माथी ।


सुन्धारा गाविसको पिक । यंहावाट नेपाल टेलीकमको फोनले राम्रै काम गरेको थियो ।


कतै सुख्खा कतै हरियाली । फर्कने क्रममा पृथ्वी राजमार्गवाट लिइएको तंनहुको धान झुलेको फांट ।


डढेलाको डरले घर छाडेर  रुखमुनी सामानसहित वस्दै आएका विकट गजरकोट गाविसका वुधे कामी ।

तथ्यांक संकलनका क्रममा कुराकानी हुदै ।

April 12, 2009

यात्रामा निस्कीनु अघि

Filed under: भ्रमण

नंया वर्ष २०६६ शुरु हुनै लाग्दा म काठमाण्डौ खाल्डोवाट केही दिनकालागि वाहिरिदै छु । निरन्तरका परिक्षा तिनवाट मिल्ने तनाव, जागिरका तनाव र अन्य तनावलाइ आंखा चिम्लेर म केही दिनकालागि पैदल यात्रामा निस्कन लागेको हुं ।

 वैशाख १, २०६६को विहानवाट शुरु हुने यात्रा चितवन, देवघाट तंनहु, नवलपरासीको देवचुली र वरचुली, तंनहुको गजरकोट, रिसिङ र घिरिङ- हुदै स्याङजा सदरमुकामा पुतलीवजारसम्म पुग्ने छ । संभव भएसम्म पैदल यात्रा सकिएपछि संभवत मेरो गांउ विर्घा र वुटवल जान्छुहोला । पैदल यात्रा कुल ६ दिनको हुने छ ।

यात्रामा मलाइ मेरा पिएचडी सुपरभाइजर प्रा.डा. राजाराम सुवेदीले गाइड गर्नु हुनेछ । खासमा म मेरो अधुरो पिएचडीको प्राइमरी डाटा कलेक्सनकालागि मध्य नेपालको भूभागमा भ्रमण गर्न लागेको हुं । नंया वर्ष विहान ५:.३० वजे राजधानीवाट शुरु हुने यात्रामा अपरान्ह देवघाट तंनहु गएर स्नान गरी त्यहीको एक आश्रममा स्वागत भोजन गरिने छ । यसपछिको कार्यक्रमलाइ पछि निर्धारण गर्नु पर्ने छ । यात्रामा हामी दुइलाइ स्थानीय विद्यालयका शिक्षकहरुले सघाउने छन । कतिपय सहृदयी शिक्षकहरुले फोन मार्फत हामीलाइ डाकी रहनु भएको छ ।

ती सवै सहृदयीको मन राखिदिने मन भएपनि कतिपय अवस्थामा त्यो संभव हुने देखिएको छैन । हुनत यो सानो काखे कम्प्युटर र नेपाल टेलिकमको डाटा कार्ड वोकर यात्राका क्रममा कुनै शान्त गांउको चौतारीमा सांझपख सुस्ताउदै गर्दा यात्राका रोचकता उसै वेला अपलोड गर्ने मन भएपनि त्यो संभव नहुने भएको छ । कारण भरियाको अभावमा हामी दुवैले आफ्नो झोला वोक्ने छौ त्यसैकारणले पनि कम्प्युटर लगायतका सहायक सामाग्री लैजान नसकिने भएको छ ।

 यद्यपि एउटा सानो क्यामेरा साथैमा लगि हर रमाइला क्षण र विशेष तस्वीरहरु तपाइहरुलाइ राजधानी फर्केपछि अपलोड गर्ने नै छु । यात्रामा उत्साहका अलावा तपाइहरुका शुभकामनाहरु छन नै । यात्रा गर्नु एउटा असल किताव पढ्नु भन्दा अली वढि सिक्ने अवसर पनि हो त्यसैले म र उमेर जांदा पनि उत्साह ताजै रहेका मेरा गुरु प्रोफेसर राजाराम सर दुवै उत्तिकै उत्साहि छौ । नेपाललाइ वुझ्न नेपालीका झुपडी र गांउ गांउमा जानुपर्छ ।

उनीहरुको वास्तविकता राजधानी वसेर वुझिदैन । त्यही वास्तविकतालाइ मनन गरेर हुन लागेको यो यात्राले सामाग्रीका अलावा नंया ज्ञान दिने नै छ । वांकी यात्रा वाट फर्केपछि

January 11, 2008

आइपुगे राजधानी

Filed under: भ्रमण

हप्तादिनलामो टुर सकेर म राजधानी फर्किएको छु । टुर काठमाण्डौ वाट चितवन, नवलपरासी, भैरहवा, सुनौली, लुम्विनी, वुटवल, पाल्पा, राम्दी, वालिङ पोखरा हुदै सकिएको थियो । यात्रा नरमाइलो हुने कुनै गुन्जायस नै थिएन । यात्राभरी सहयोग गर्ने मित्रहरुले भरमग्दुर सहयोग र यात्रा रमाइलो गराउन कोसिस गर्नु भयो । चितवनमा चांदनी हमाल, वुटवलमा टोपराज शर्मा र रामकृष्ण भन्डारी पाल्पामा भाइ विशाल वालिङमा प्रकाश अर्याल र याम पान्डे तथा पोखरामा मित्र मदन र रमेशले ठुलो गुन लगाउनु भयो ।

प्रकाश सरले वस र पेट्रोलको सहयोग नगर्नु भएको भए पेशलले यात्राका चांजोपांजो मिलाउने जांगर नदेखाएको भए, पवित्रा र राधिकाले यात्राको तयारीमा जांगर नदेखाएको भए केशव र संजिवले रोमान्चकता नथपेको भए, विमल र सुमनले सहयोग नगरेको भए, ललिलताले र ज्ञानेन्द्रले होस्टेमा हैसे नगरेको भए यात्रा यति मिठो हुन्थेन होला । आजै राजधानी फर्किएकाले धपेडीमा छु त्यसैले यात्राका सवै विवरण रमाइला तस्विर पछिल्ला दिनमा दिने जानकारी गराउदै आजलाइ विदा ।

December 14, 2007

पाल्पा अपडेट

Filed under: भ्रमण

यतिवेला म पश्चिम नेपालको पाल्पामा छु । म पाल्पाको सामुदायीक साइवरमा वसेर म्याटर अपलोट गर्दै गर्दा मेरो पासैमा वहिनी विष्णु छिन । पुस्तान्तरणले सम्वन्ध धरापमा परेपछि म उनलाइ भेट्न पाल्पा आइपुगेको थिए । पाल्पा पश्चिम नेपालको सुन्दर नगर मात्र नभएर मसंग मिठो विगत जोडिएको ठांउ पनि हो । मेरो विश्वविद्यालयको पढाइ यंहीवाट शुरु भएको थियो ।
त्यो मिठो अतितलाइ पच्छ्याउदै पाल्पा आइप’ग्दा मथोरै रामान्टिक वढि भावक वनेको छ’ ।
यस यात्राका धेरै अप्ठेराहरुले मलाइ वसाइभर ख’सी ह’न दिएनन । यद्यपि यसलाइ मिठो वनाउन गरेका मेरा हरप्रयास खेर गएका थिए । भाइ विश्वास, मिना र विष्णु’संग भेटेपछिका ख’सीहरु वर्णन गरी साध्य छैनन । यात्रामा अरु पनि किस्साहरु छन । तस्विरहरु प्रसस्तै आएका छन । आफ्नै कम्प्य’टरवाट अपलोड गरौला तपाइहरुलाइ मिठो संझना गर्दै पाल्पा डायरी यत्ति नै ।

August 26, 2007

तानसेनको वजार

Filed under: भ्रमण

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com