November 16, 2007

वनेपाको वसमा-५

निर्धारीत समयभन्दा आधा घन्टा छिटो आउनुपरेकोमा उ मसंग अलि ठुस्किएकी थिइ । आखिर माया त गर्दी रैछ नी । मैले भनेकै समयमा हाजिर भइ । यस्तै सोचेर म भने मख्ख भइरहेको थिए । के मख्ख परेको नी, उसैले चस्का हानी । तिमी छेउमा हुदापनि मख्ख नपर्ने म के हुस्सु हुंर । उसैलाइ मस्का लगाए मैले । के के न पाएजस्तो फेरी च्याप्रिइ उ । तिमीलाइ पाउनु भनेको मेरालागि के के त होनी हल्का भाउ दिए उसैलाइ । भाउ खोज्न सिपालु छ । त्यसैलेपनि मैले टाइम टाइममा भाउ दिएर उसलाइ मख्ख पार्ने गरेको छु ।

अं, किन हतार गरेर वोलाएको त, अझै कुल भइसकेकी रहिनछ मतिर कर्के नजरसहितको प्रश्न गरी । तिमीसंग हरपल भेट्ने चाहनाले गर्दा त होनी, मैले भित्रको कुरा नलुकाइ फ्याट्ट भने । उपनि मेरो मायाले नतमस्तक वनी । आखिर मयालु कस्की- म आफैले आफ्नै समर्थन गरे । मनमा कुरा खेलाउदा ओठ मुस्कानले भरिएको पत्तै हुंदो रहेनछ । अनि वेला न कुवेलाको हांसो फेरी किन नी- उसैले चसक्क घोचेर वोली । हासोको की त तिमी नै त हौनी, मैले फेरी नलुकाइ वास्तविकता वोले । सुनेको थिए । मातेको मान्छेले कुरा लुकाउन जान्दैन रे । यतिवेला रक्सीले नभएर मायाले मातेको म कुरा लुकाउन असमर्थ भइरहेको थिए । मेरो वास्तविकता वुझेपनि नवुझेजस्तो स्वांङ पार्ने उसको पुरानो वांनी मलाइ राम्रोसंग थाहा छ ।

पाटन लायकुको पुरोनो रेष्टुरा मैनले उजेलिएको छ । वाज्रिलपछिको जलश्रोतमा धनी देश भनेर कितावमा पढेपनि वास्तजविक जीवनको लोडसेडिङको अनुभवमा रहेका हामी यसलाइ नर्मलै रुपमा लिएका थियौ । उपनि मैन भन्दा कम चम्किली थिइन । वाउ-आमाले राम्रैगरी पालेका रहेछन । मैले मनमा यस्तै कुरा खेलाउदै गर्दा वेटरले कफीपट हामीतिरै तेर्स्यायो । आफ्नै भावनामा निमग्न म वेटरले कफी राखेर गएको त पत्तै पाइन न त नुमाको हाल नै वुझ्न लागे ।

मेरो दांया हातलाइ कुनै नरम वस्तुले स्पर्ष गरेपछि म झल्यास्स भए । स्पर्ष पछिका गतिविधी यति त्रि्र भए की मैले केही चालै पाउन सकिन । मेरोहात नुमाको ओठावाट टेवलमा झर्ने वेलामा मात्र मैले चाल पाए । म झल्यास भए मेरा हातले ओठ चुमे की ओठले मेरा हात । खैरु कुरो जे भएपनि घटना सार्है मिठो वनेको थियो । च्याट्ठिए जस्तो गरेपनि केटीहरु कति छिटो पग्लिन्छन भन्ने हेक्का राख्ने भएकाले होला नुमाका नजर मधुरा हुदै गएको मैले चाहे्रपनि केयर गरिन ।

मैले वोलीमा वताउने हर कुरा उसले व्यवहारवाटै वताउदै गइरहेकी थिइ । भेटघाटको छोटो समयमै कुनै युवती मसंग आकर्षीत हुनुलाइ मैले पनि कम सफलताको रुपमा लिइरहेको थिइन । राम्री भएकीले मात्र होइन मेरो भावना वुझ्ने भएर होला उसंग म अली वढि नै लालायित भइरहेको थिए । हाम्रा परिवेशहरु फरक भएपनि मायाले ती सिमाहरु खन्डहर वन्दै गइरहेका थिए । संवन्धकालागि परिवशेमात्रै ठुलो कुरा नरहेको नंया ज्ञान मेरो ठन्डा दिमागमा अली अली गर्दै घुसेको थियो । लेट्स मुभ, कफी सकेपछि उसैले आग्रह गरी । तिमीलाइ भेटेपछि त समय वितेको पत्तै हुदो रहेनछ । मैले वास्तविकता ओकले । कत्ति मस्का लगाउन सक्नुहुन्छ है । मैले तिमी भनेपनि मांयाले तंपाइको संवोधन गर्दै उ वोली ।

हामी छुट्टीनु कुनै महत्वपुर्ण वस्तुवाटा टाढा हुनु जत्तिकै थियो । मेरो यो रोग उसमापनि विस्तारै विस्तारै सर्दै गइरहेको मैले उसका हाउभाउवाट चाल पाइरहेको थिए ।

मेरो पुरानो स्पेलन्डर वाइकमा अनामनगरसम्म लिफ्ट लिएपछि छुट्टीनु अघि पुन मेरो हात ओठसम्म पुर्याउदै वोली प्लिज वेलुका फोन गर्नु है भाइ पनि ढिला आउछ, म एक्लै हुन्छु । फेरी लोड सेडिङ भयो भने मलाइ डरलाग्छ । हत्तेरी फोन गर्नु कौनसा ठुलो वात भयो र । मैले उसलाइ समर्थन नजनाइ भाउ लिएर वोले ।

("वनेपाको वसमा" का पुराना अंक हेर्नकालागि दांया साइडमा रहेको फिक्सन शिर्षक क्लीक गर्नु होला)

October 12, 2007

वनेपाको वसमा -४

अपडेट २५ असोज, काठमाण्डौ । शरदको मजा लिदै मैले केही स्न्याप फोटोहरु लिइरहदा एक हुल युवतिहरु मेरो पासैवाट पार भए । काममा दत्तचित्त म फेरी झसंग वने । यो यामपनि अलि अनियन्त्रीत नै छ -मैले मन मनै भने । वेलुकाको डिनरकालागि नुमालाइ भेटेनु अघि मैले यो सिजनका फोटोहरु धित मरुन्जेल लिने विचार गरेको थिए । आजको मौषमपनि यो वर्षकै उत्कृष्ट भन्दा फरक नपर्ने खालको थियो । सेतो हिउले ढाकिने जुगल हिमाल आज सेतो वादलु घुम्टो भित्र थियो । आज स्कुल कलेज विदाको दिन भएकाले होला थरी थरीका युवति खित्खितिदै ओहोर दोहोर गरीररहेका थिए । कसैले मैलाइ असजिलो हुने गरी हिडेका थिए । हैन काममा दत्त चित्त हुनपनि दिएनन यी मोरीहरुले ।

झलक्क संझिए फेरी नुमालाइ । हत्तेरी कत्ति संझिरहेको वेलुकाको डिनर उसैसंग त होनी । आफैलाइ अली कन्ट्रोल गरेर काममा डिभोटेड गराउन चांहे मैले । यो मन मन त मेरो गोर्खाली हो -किन मान्थ्यो हत्त न पत्त थिचे ९८४१२२‌‌‌‌‌

तिमरा लागि ज्यान दिन्छु तिमी मेरो मनको राजा जुनी जुनी संगै जिउने मिठो मिठो वाचा रामकृष्ण ढकालले मुटु भित्रै छुने गरी गायो । फोन उठेन ।हैन हो किन होला रिसिभ नगरेको म एक्लै रन्थनिदै नंया आइडिया फुराउन लागे । साथैमा रहेको सी फोनवाट रिङ दिए । यो फोन मेरो भन्ने उसलाइ भेउ थिएन । हिमाली पठारमा पनि टिप्ने भएकाले मैले भर्खरै सी फोन लिएको थिए । जुनकुरा मैले नुमालाइ खवर गरेकै थिइन । यसपटक त नेशनल एन्थम वज्यो, त्रि्रा लागि मुटु दिन्छु भन्ने गीत त मेरालागि पर्सनल रिङ व्याक टोनमा सेट गरेकी रहिछ । सी फोनवाट पनि उसको फोन उठेन ।

दिक्क हुदै आफ्नै प्रिपेड मोवाइलवाट कल गरे यसपठक भने उसको मधुर स्वर फोनको गन्तव्यवाट वोलेको थियो । उसको स्वरैले म नतमस्तक छु । हलो किन नवोलेको उसले सोधी । त्रि्रो स्वरको मादकताले मैले वोली विर्सेछु – हल्का मस्का लगाउदै वोले । हुम हह हु । उ हांसी । नजिकै भएको भए उसका गालमा परेको खोपिल्टा देख्न पाउथे होला । फोनमा त्यसको आत्मियतामात्र आभाष गरे । रिङ व्याक टोन राम्रो लाग्यो तर पुरै त सुनिएनन नी । यो त सव भन्ने कुरा न हो नसुनिएकोमा मैले कम्प्लेन गरे । त्रि्रालागि त्यति मात्रै हो । फोनको सेटिङमा गएर मिलाइ सकेकी रहिछ । मलाइ खुच्चिङ गरी । वेलान कुवेला किन फोन गरेको उसले हल्का हपारेको स्वरले सोधी । त्रि्रो यादले मैले सत्यतालाय अतिरंजित नगरी जवाफ फर्काए । तिम‍रो संझना तिवर् भएर आएपछि अरु त अरु मैले नियमित काम समेत गर्न नसक्ने भैसके मैले हल्का गुनासो गरे । अनि मैले क गर्ने त – अली कता भाउ खोज्दै उ प्रस्तुत भइ । के गर्ने भने । अं मसंग नरिसाउने । टाढापनि नजाने । माया गरीराख्ने । मेरो अली वढि केयर गर्ने । अं वेला वेला राम्रो काम गर्दा धाप पनि मार्ने ।

हत्तेरी कत्ति केटाकेटी हुन सकेको उसैले रोकी । म तिमीलाइ भेटेपछि कुनै रुन्चे केटाकेटी भन्दा कम भएको छैन । जवाफ फर्काए । अव चार घन्टा मात्र त छनी डिनरकालागि । ल भैगो म आधा घन्टा अगाडी नै आइदिउला, भयो । उसले मलाइ वोनस दिदै वोली । फोन राखेपछिपनि म धैर्य हुन सकेको छैन । मलाइ अरु तीन घन्टा यो शताव्दी भन्दा वढि लामो लागेको छ । आज उसले के भन्ली । अं मधुरो क्यान्डीलको रापमा उ हिंउ जस्तो देखिन्छे की घाम जस्तो यस्तै तर्कना मनमा खेली रहेका छन‌‌‌‌‌‌‌……

October 1, 2007

वनेपाको वसमा ३

अपडेट १४ असोज, काठमाण्डौ । मेरो मुखवाट वुंग उडेको धुंवाका विचवाट उस्ले सोधी ह्वाट डु यु लाइक- आजको अर्डर सवै त्रि्रो मैले फर्माए । अम…ं उ अल्मलाएको देखेर मैले वाटो खुकुलो पारिदिए डन्ट फर्गट आइ एम प्योर भेजिटेरियन । पाटन लायककुको पुरानो कोरीयन रेष्टुरामा ग्राहकको भिड वीचमा हामी थियौ । ख्वाङ ख्वाङ । उसले खोकी, मलाइ राम्रेसंग थाहा छ । उसको सवभन्दा मन नपर्ने चिज नै धुंवाहो तर के गर्नु मेरो संगतमा परेपछि व्यहारेकी छे । वीचमा मलाइ धुंवाको लत छुटाउन गरेका उसका सवै प्रयास निरर्थक भएपछि उसले खोक्ने सजिलो उपाय अगांलेकी छे । अव मेरो कसमा उसलाइ कम्प्लेन छैन । उसले आफ्ने शुरमा वेटरसंग अर्डर गरी मैले पनि उसले मगाएका सवै चिज मिठो मानेर खाइदिंए ।

*  *   *   *    *     *     *   *

रसीयामा रहेका नेपाली डिप्लोम्याटकी छोरी हो । त्यसैले पनि हर कृयाकलापमा डिप्लोमेशी झल्किनु साधारण भएको छ । कुनै समयको आइआरको स्टुडेन्ट म उसका हर कृयाकलापसंग समानान्तर उभिन्थे । उ रसियाको चिसो छल्न वाउ आमालाइ छोडेर नेपाल आएकी । अव त वाउ आमाको के पिर । घरी घरी म गम खान्छु मेरो जो साथ पाएकी छ नी ।

पढाइमा अव्वल छे भन्ने कुरामा त कुनै संकै छैन । उसका हर गुणले म अभिभुत हुदै गइरहेकेा छु । घरी घरी त मैन वत्ती नै त भइदैन हो भन्ने पिरलो लाग्छ । उसको र मेरो सम्वन्ध सुमधुर रहेपनि हाम्रा परिवेश र वास्तविकतामा आकाश जमिनको फरक छ । म सामान्य किसानको छोरो र एउटा डिप्लोम्याट पुत्री वीच नहोस पनि कसरी । कंहा जनता मावी वाट गान्धी डिभिजनमा एसएलसी उतिर्ण म कंहा सेन्ट मेरिजको डिस्टिङसन प्रडक्ट उ । असमानतालाइ समानतामा वदल्नु पर्छ भन्ने माक्सवादी सिद्धान्तलाइ अङगालदै म उसको नजिक भइरहेको थिए । नजाने उसलेपनि मसंग के पाइ आकर्शित हुदै गइरहेकी थिइ । हिड्ने वेलामा उसले मसंग सेलफोनको आग्रह गरी । अक्सर फोन वांड्न हिच्किचाउने उसको आग्रहमा त्यसै पग्लिए । मैले फटाफट भने ९८४१……। उसलेपनि आफ्नो सेलफोनवाट रिङ दिदै भनी प्लिज सेभ इट । आज छुट्टीने वेला उ पनि अलि ज्यादा नै टोलाइ । नजाने दुनियामा यस्ता सम्वन्धहरुपनि आइलाग्दा रहेछन । कलेजका दिनहरुमा मसंग नजिक हुन खोज्नेहरु दर्जनौ आए तर क्यारियरकालागि दत्तचित्त म भने उनीहरुसंग सम्वन्ध विस्तार गरेर फोकटको दिक्दारी झेल्ने पक्षमा थिइन । उनीहरुलाइ मैले इम्ाान्दारी पूर्वक सरी भनिदिन्थे । कतिले त हैरानै सम्म गर्थे । त्यसले ममा कुनै फरक ल्ल्याएन । आज म अलि अनियन्त्रीत भए जस्तो लाग्यो । खैर दुनियनान वर्षौ संगत गरेका मान्छेपनि नजिकहुन सक्दैन भन्ने ज्ञान भएपनि छोटो संगतमै कोही निकट हुदा रहेछन भन्ने मैले नंया ज्ञान पाए । थ्याङक्स गड ।

*  *  *   *   *    *     *     *     *     *

आज अलि तनावमा थिए । कलेजले मेरो सेमिनार पेपर रिजेक्ट गरेको थियो । फुटनोट मिलेन भन्ने कलेजको कम्प्लेन पनि ठिकै हो । खासमा मलाइ यो पिएलए र यलएमए मेथड त्यति राम्रो आउदैन । अव फेरी रिराइट गर्नु । नंया फुटनोट राखख्न झन्झट थियो । यस्तैमा मेरो मोवाइलको मेसेज रिङ करायो । इनवक्समा गएर हेरे । उही थिइ । ट्रयु फेर्न्डस आर लाइक मरनिङस, यु क्यान नट ह्याभ देम होल डे, वट यु क्यान वी स्योर, दे विल वी दियर ह्वेन यु वेक अप टुमरो, नेक्स्ट विक एन्ड फरेवर ।

मेसेज रिप्लाइ गर्न मन लागेन । द्धिअर्थी मेसेजले झन तनाव दिदा रहेछन । आजको दिन खराव दिन यस्तै सोच्दै सुते । सुत्दा म्युजिक त मेरो एक्लो जिन्दगीको साथी नै थियो । संगीत सुन्ने मेरो आफ्नै तरिका छ । हर विहान म रामकृष्ण ढकालसं व्यूझिन्छु-विहान उठ्ने वित्तिकै हिमाल देख्न पाइयोस, सधै सधै यी हातले नेपाल लेख्न पाइयोस, दिंउसोमा लोक पप आधुनक जे भएपनि म सुत्दा जगजित र गुुल्जार जोडिएको जे सुकै भए हुन्छ । त्यसैले पनि होला मेरो म्युजिक कलेक्सन कुनै पुरानो अडियो सप भन्दा भिन्न छैन ।

September 26, 2007

वनेपाको वसमा -२

अपडेट ९ साउन, काठमाण्डौ । तिमी त हावामा उड्न सिपालु रहेछौ नी,उसले व्यङ्ग्य गरी । त्यस्तो होइन-तिमीहरु जस्ता युवति साथमा छदा म नियन्त्रणमा रहन सक्दिन, मैले उसलाइ मस्का लगाए-सपनाहरु अली ज्यादै आउछन मेरो मनमा । मस्किदी रैछ । फिस फिस हांसी रही । मुल हौ भने रसाइदेउ, फुल हौ भने वसाइदेउ…. । मैले विस्तारै हेमन्त शर्मा गुन्गुनाए । म्यूजिकमा सार्है रस लिदा रैछौ उसले फुर्क्याइ, ट्वान्टी जीवीको आइपोड डिस्कनेक्ट गर्दै मेलै भने- साथमा युवती छन भने मात्रै । अव मेरो यात्राकालागि आइपोडको जरुरत थिएन । उसका कुराले नै मलाइ म्युजिकको झंकार दिइरहेको थियो । गायकपनि हौ की उसले व्यङग्यात्म प्रश्न तेर्साइ । तिमीले लेख्यौ भनेमात्रै गांउला, मैलेपनि खाली ठांउ भरी हाले । रसिक रहेछौ-मस्का उसले लगाइ । इमान्दार पनि छु-फेरी स्पेस छोडे मैले ।

वस वनेपाको चारदोवाटो चोक पुग्नु अघि मैले फेरी उसलाइ हेरे । हिंउ जस्ती गोरी त घामका किरनले स्याउ जस्ती पो वनेकी रहिछ ।

तिमी मसंग भैदिए, जेसुकै आट्न सक्छु म, हेरेर तिमीलाइ नै जीन्दगी काट्न सक्छु म……। वस मेरो गन्तव्यमा आइपुग्नै लाग्दा अलि हतार गरेर गुन्गुनाए मैले । फुस फुस फेरी हिंउ परे जस्तै हांसी उ । तिमी त हिमाल जस्तै रहिछौ नी मैले उसलाइ फेरी झस्क्याए । किन मसंगको यात्रा चिसो भयो र- उसले अलि कडा रुख अपनाइ । हैन हैन । म सम्हालिदै वोले-तिमी त हिमाल झै हांसीरहने, हिउं जस्तै स्निग्ध, हिमालवाट वग्ने पानी जस्तै कंचन, अनि आरोहणका लागि आरोहीहरुलाइ निम्त्याइ रहने, घरी घरी वादलुको घुम्टोले छोपिने, जति हेरे पनि धित नमर्ने एक चोटी देखेपछि भुल्न नसकिने, फेरी भेट्न पाए हुन्थ्यो जस्तो लागिरहने अनि अनि छोडेर हिड्नै मन नलाग्ने…. म उसको प्रशंसामा हराइरहदा उसले झक्झकाइ योर फोन इज रिङगिङग । सरी है, मैले भने म त तिमीसंगको सामिप्यतामा होसै गुमाउने भएछु । हत्त न पत्त फोन उठाए । सर क्लासमा नआउने-जान्ने टोपलिनु पर्ने मेरो विद्यार्थी रहेछ । म कल्पनामा हराइरहदा वेलुनमा प्वाल पार्ने काम गर्यो वज्जियाले । आउदैछु-मैले जवाफ फर्काए । तंपाइ टिचर हो । तिमी लगाइरहेकी उसले मलाइ एक्कासी मन नपर्ने संवोधन गरी । अं त्यस्तै केही मैले टार्न खोजे । कुन इन्स्ट्युसन उसले सोधी । त्यस्तो खास छैन , मैले फेरी टार्न खाजे । मैले वुझे मल्टिपल कलेज हो- उसले भनी । उसलाइ छल्ने उपाए नलागेपछि मैले मुन्टो हल्लाए । मल्टिपल त गइसक्यो त, उसले झस्काइ । हत्तेरी मैले मुख रातो वनाए । भाइ वस रोकिदेउ-उसैले जान्ने टोपलिएर कन्डक्टरलाइ अर्डर गरी । वाध्य भएर म ओर्लिए । हंअ

दिक्क भएर म नहेरी फर्किए । क्लास त्यति राम्रो गएन । सर फ्रेस देखिनुहुन्न नी जान्ने टोपलिनु पर्ने विद्यार्थीले फेरी चसक्क घोच्यो । हैन ठिकै छ । क्लासको इज्जत धान्दै मैले भने ।

दिक्क हुदै राजधानी छिर्ने वस स्टप आए । सर्प्राइज नुमा त वसस्टपमा कुरेर वसेकी पो रहिछ । फेरी मसक्क गर्दै मलाइ स्वागत गरी । मेरो मुहारमा विहानी छायो । काठमाण्डौ आउने वसको विच्चको सिटमा उसले झ्याल रोजी । म भने छेउमा । सरलाइ दिक्क त लागेन उसले मलाइ मल्हम लगाइ । प्लिज सर नभन न । मैले वातावरणलाइ अली खुकुलो पार्दै वोले । ओ.के. उसले मेरो कुरामा समर्थन जनाइ । पुन वस नालिन्चोकको तर्पाएमा कोल्टियो । फेरी घामका किरन सरी उ मेरो काखमा तेर्सीइ । मैले यो पटक भने विहान जस्तो असहज मानिन । उस्लेपनि उठ्नलाइ हतार गरिन …………..

September 20, 2007

वनेपाको वसमा

३ असोज, काठमाण्डौ । क्यान आइ ज्वइन योर सिट- मैले यसो भन्दा उसले खुसी साथ-आफ कोर्स भनेर मलाइ मार्ग प्रसस्त गरी । हप्ता दिनलामो दार्ही सिनित्त पारेर फाल्दा त्यसै त मन चंगा भइरहेको वेला त्यसमाथि सोडषीको हार्दीकता । साइत वलियै परेको रहेछ । फुत्त मुखवाट वाक्य फुस्किएछ । ह्वाट यु सेइङ-धन्न सुनिनछ । केही होइनन मैले टार्दै भने- हाउ सन्नी डे । मैले विहानी क्लासको लागि आधा काठमाण्डौ विहानीको निन्द्रामा मस्त छदा वनेपाको वस पक्डेको थिए । उ नर्सीङ अन्तिम वर्षकी विद्यार्थी के यु को वस छुटाइछ । के भयो त ठिकै भयो नी मैले भने । ह्वाइ, अलि आवेसमा आइ उ । होइन होइन हाम्रो भेट त संभव भयो नी-मैले उसलाइ अली कुल गराउन खोजे । फिस्स हांसी । वस नालिन्चोकवाट अलि माथि तर्पाए लाग्दै गर्दा उ मेरो काखमा हुत्तिइ । थ्याङक्स तर्पाए मैले मन मनै भने । सरी उ अली लजाउदै मसंग तर्किइ । डन्ट वरी यो कोल्टेमा यस्तै हो । उसलाइ सम्हाल्न खोज्दै म वोले । जुगल हिमालको अलि वरवाट घाम फुत्त डांडामा चढ्दा वसले सांगा भन्ज्याङ क्रस गर्नै लागेको थियो । अरको कोल्टीमा फेरी उ ढल्किदा मैले धक फुकाएर हेरे उसलाइ । हिउ जस्तै गोरीं…..हिमालकी छोरी…. उसलाइ व्यङग्य गरेर मेले शंभु राइ गुन्गुनाउदा मसक्क मस्किएर मलाइ हौस्याइ ।

उसले आफ्नो नाम नुमा वताइ सकेकी थिइ । मी अनुप मैलेपनि यसैगरी उसले नमागेपनि आफ्नो परिचय दिन कन्जुस्याइ गरिन । वस छुटेकोमा चिन्ता गर्दै थिइ । म भने दिन दिनै छुटोस भनेर कामना गरी रहेको थिए । काठमाण्डौ हुस्सुका विचको मस्त निन्द्रामा रहदा कालो कफीको भरमा म हिडेको थिए । सांगा क्रस हुनै लाग्दा घामका किरणहरु वसको झ्याल नाघ्दै भित्रिएको थिए । कुहिरोवाट हिमालले हल्का घुम्टो उघार्दै गर्दा घामका किरणले उसलाइ पनि कुनै अर्को सुर्यभन्दा कम देखाएको थिएन । कपालमा हल्का रातो मेहन्दी । कपाल फिरफिर मै तिर सर्किदा म घामवाट पग्लिन शुरु गरेको हिमाल समान । हैन म घामसंगै वसेको त छैन । तात्तिदै गएको मेरो शरिरलाइ छाम्दै गरदा उसले सोधी ह्वाट ह्रयापेन- न थिङ मैले उसलाइ जवाफ फर्काए ।

धेरै गफले इमेल सम्म साटासाट हुदै गर्दा उसले मेरो कफी रुचीलाइ पहिल्याइछ । कफी ट्याव्लेट पास गरी । ‘अपरिचितले दिएको खानेकुरा नखानु होला’ भन्ने शन्देश लेखिएको वसको भित्ता मुनीवाट मैले हात क्रस गर्दै गरदा उसले सोधी-यु लाइक सिङगल अर डवल । जीवनका हर कुरा डवल राम्रो लाग्छ मलाइ त‌‌‌‌-हल्का संकेत गरे उसलाइ । धैर्य गर्नु पर्छ । प्रतिक्षाको फल मिठो हुन्छ । उसले कम्प्लीमेन्ट दिइ । म कफी, किताव र धुंवाको पारखी उ परी छ-किताव, कफी र कम्प्युटरकी । हाम्रा हवी त सेम रहेछन नी मैले उसलाइ नजिक्याउ खोजे ।

To be continue

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com