November 18, 2009

दारी, नारी र मनोहरी !

दारी चम्काएगा त पोहोरै चम्काएगा भन्ने उखान पुरानै भएपनि नेपाली समाजमा दारी कै कमालले लड्की पट्याउनेहरु पनि पाइन्छन । दारी पुरुषको मर्द जनाउने शान भएपनि महिलाहरु दारीका विरोधी हुन्छन । दारीमा रहर गर्ने कति मेरा मित्रहरुले विहेपछि श्रीमतीकै गन-गन साम्य पार्न दारी फालेको महात्म्य सुनाएका थिए । त्यसैले दारी महिलाको पि्रय हुदो रहेनछ भन्ने ज्ञान मलाइ पनि थोर वहुत मिलेको थियो । केही समय अगाडी पश्चिम नेपालको भ्रमण ताका कामको व्यस्तताले दारी फाल्ने फुर्सद मिलेको थिएन । खासमा त दारी फाल्ने सरजामको अभावले पनि दारी चम्काउन पाइएको थिएन ।

 सवभन्दा पहिला त काठमाण्डौमा काम छोडेर गएको मान्छे, स्थानीय काम पुरा गर्न पर्यो त्यतै पटि्ट लागियो । यसो फुर्सदमा दारी पट्टी ध्यान जादा त स्थिति राम्रो रहेनछ । नेपाल टेलीभिजनका अग्रंज मित्र  मनोहरी थापालाइ पनि दारी चम्काउने रहर लागेको रहेछ । क्यामेरा म्यान वैजनाथ घिमिरे जसलाइ म माया गरेर वैदाजु भन्छु उनको पनि रहर उस्तै । मेरो पनि रहर जाग्यो यी वुढाहरु त दारी चम्काउन कस्सिए भनेपछि जल्दो वल्दो युवा भनेको म चुप लाग्ने कुरै रहेन । यसै मेसोमा दारी कंहा फाल्ने भन्ने हाम्रो छलफलमा स्थानीय पत्रकार मित्रहरुले निष्कर्स निकालिदिए । उनीहरुले तस्विरमा देखिएका युवती दारी फल्न निकै खप्पिस छन भन्ने शिफारिस गरे । वढेको दारी त्यसमाथि फाल्ने कोमल नारी । दारी फाल्नेको तछाड मछाडै भयो । तैपनि वुटवल वजारवाट हाम्रो टोली नवलपरासीको भुमही वजारसम्मको दुरी केही टाढा नमानी कुद्यो । हाम्रो टोलीमा ड्राइभर सहित ६ जना थियौ ।

भुमही वजार चोकमा आउदा सांझ पर्न लागेको थियो । जाडोको सिजन केटीहरु त पसल वन्द गरी वरी हिड्न लागेका रहेछन । हाम्ले धेरै किलोमिटर परवाट उनीहरुको पसलमा दारी चम्काउन आएको वताएप्छि केटीहरु खुसी भए । कस्ले पहिला फाल्ने भन्ने हाम्रो तछाड मछाड पछि दुइजनाको संख्यामा रहेका उनीहरुले पहिलो पालोमा मनोहरी थापा र मलाइ रोजे । हामीपनि खुसीसाथ प्रस्तुत भयौ । केटीले सुम्सुम्याए गाला । दारीको स्वरुप कस्तोहोला? ध्यान दिने फुर्सद हामीलाइ भएन । कोमल हातले दारी फालेपछि चिल्ला गाला लिएर खुट्टा भुइमै नराखी हामी राती राती फर्कियौ वुटवल ।

रातीमा हाम्रो दारीको कस्ले कमेन्ट गर्ने । भोलीपल्ट विहान त हाम्रो दारी देखेर सवै गल्लल हास्न पो लागे । भएछ के भने हामी उमेरदार युवतीले दारी फलिदिएकोमा मख्ख पर्यौ मोरीहरुले त दारीमा घोटालै गरेछन । बीच बीचमा फालेर गांउ घरका वारीमा वांझो छाडे जस्तै पो गराएछन । पछि हतार हतार पुरष हजामकोमा गएर दारी सम्याइयो । आधा आधी जे जस्तो भएपनि तरुनी युवतीका हातवाट दारी फालेकोमा कति साथीहरुले त ठुलै युद्ध जितेको ठाने । जसमा मनोहरी दाइ र म पनि थियौ ।

August 31, 2009

विर्घाका विद्यालय


विर्घाको नामलाइ वचाउन सफल जनतामाध्यामिक विद्यालय विर्घा अर्चले । अहिले भारतीय सहयोगमा जमावीको नंया भवा करिव २ करोडको लागतमा वन्ने भएको छ । नंया भवनको नक्शांकन सकिएको छ अव छिट्टै काम शुरु होला । भवन निर्माणकालागि हालै सहसचिवमा वढुवा भएका त्यसै विद्यालयका पुर्व विद्यार्थी रेश्मीराज पान्डे (चिसापानी)ले ठुलो पहल गर्नु भएको थियो । तंपाइ हामी धेरैले यसै विद्यालयवाट एसएलसी उतिर्ण गरेका हौला ।


विर्घा ६ कट्टीमा रहेको विर्घाको सवैभन्दा पुरानो विद्यालय जनता पवी कट्टी चौक । यो विद्यालय २०१३ सालमा स्थापना भएको हो । हालैको हावाहुरीले उडाएको विद्यालयको विरुप दृष्य हाल यसैस्थानमा नंया भवन वनेको छ ।


म जनता प्रावीको विद्यार्थी छदा ताको यो फोटो कुनै जिल्ला शिक्षा अधिकारी आएका वखतमा खिचिएको थियो । सेतो छड्के झोला वोकेर नमस्ते गरेको ढाका टोपी ढलकाउने (अगाडी वाट तेश्रो)फुच्चे यै व्लगर हो ।

देश विदेशमा रहने तमाम विर्घाली र विर्घालाइ माया गर्ने तंपाइहरुको संझना स्वरुप यी तस्वीर । गांउ नभुल्नु भएको भए केही शव्द लेख्न कन्जुस्याइ नगर्नु होला । कमेन्टकालागि कमेन्ट वक्समा क्लीक गर्नु होला ।

विन्दास वुढावा !


गएको हिंउदमा नवलपरासी जिल्ला लगायत देशकमा केही भागहरुमा तथ्यांक शंकलनकालागि मेरा पीएचडी गुरु डा. राजाराम सुवेदी र म गएका थियौ । नवलपरासी डेढगांउ नजिकैको मचेडी भन्ने ठांउमा स्थानीय शिक्षक शालिग्राम सरकोमा वास वसेपछि हामी केही पुराना जानकारहरुसंग भलाकुसारीमा लाग्यौ ।

यसै शिलशिलामा उंहा वाजेसंग भेट भएको थियो । करिव सय वर्ष अघि स्यागंजावाट वसाइ झरेका लामिछाने कुलका गुरुप्रसादल लामिछाने ज्योतिषका पनि विद्धान हुनुहुदो रहेछ ।

प्रस्तुत तस्विर गएको हिंउदको विहान उनै लामिछानेको घरको आगंनमा लिइएको हो । चेक सर्ट र ढाका टोपीमा मेरा गुरु डा. राजाराम सुवेदी झारफुकमा समेत पोख्त लामिछानेवाजेसंग कुरा गर्दै । ८५ वर्षीय लामिछाने वाजेका दर्जनौ छोरा नाति भएपनि यो एकवारको जुनिमा उंहा निकै सक्रिय हुनुहुन्छ ।हामी पुग्दा उंहाको घरको पिंढीमा झारफुक गर्न आएका विरामीको चहलपहल थियो । लामिछाने वाजेको दीर्घ जीवनको कामना गर्दै प्रस्तुत तस्वीर ।

August 2, 2009

ती दिनहरु

ती दिनहरु जातीय आधारमा संघीयतामा मुलुकलाइ विभाजन गर्ने चर्का चर्की भइरहदा माथी तस्वीरमा सन् १९४९ मा नेपाल विद टोनी हागनले खिचेको जातीय विविधताका तस्वीरहरु सान्दर्भीक छन ।

 तस्वीरमा देखिएजस्ता खास विविधतालाइ ख्याल गर्दै मुलुकलाइ जातीय आधारमा विभाजन नगर्दै राम्रो होलाकी । यो जातीय सदर्भाउ उवेला देखि अहिलेसम्म छदैछ । अव विभाजन किन ?

March 9, 2009

नेपाल फर्किन प्रेरित गर्न नेपालीहरूप्रति

रवीन्द्र मिश्र

अन्ततः पेसागत र व्यक्तिगत दुवै रूपमा नेपाल फर्किने मेरो लामो धोको पूरा हुनलागेको छ । पाकिस्तानमा झन्डै तीन र बेलायतमा १४ वर्ष बिताएपछि म स्थायी रूपमा अर्का महिना नेपाल फर्किंदैछु । बेलायतमा बिताएका १४ वर्ष मेरालागि जीवनको एउटा अत्यन्त सुखद, उपलब्धिपूर्ण र सन्तोषजनक समयका रूपमा सदा रहिरहनेछन् । पाकिस्तानको तीनवर्षे बसाइले मेरो शैक्षिक जीवनमा एउटा इूटा थपेको थियो र मेरो पेसागत जीवनको जग निर्माण गरेको थियो । बेलायतको बसाइले मेरो शैक्षिक जीवनमा आर्को इँटा थप्यो र मेरो पेसागत जीवनलाई एउटा रूप र परिचय दियो । ती सबैले मलाई व्यक्तिगत रूपमा सुखद अनुभूति दिने गरेका छन् । तर मैले मेरो शिक्षा र पेसाको धरातलमा उभिएर बेलायत बसाइका क्रममा देखेका र भोगेका क्षणहरूले मलाई जे सिकायो र मेरो पेसाभन्दा बाहिर मभित्र रहेको गहिरो विश्वासलाई अघि बढाउन जसरी प्रेरित गरायो, त्यो मेरालागि सबभन्दा सन्तोषको पक्ष रहेको छ । यी अनुभूतिहरूलाई दुईवटा कारणले मैले यहाँ बाँड्ने धृष्टता गरिरहेको छु ।

पहिलो कारण हो, जेले मलाई मेरो आजसम्मको यात्रामा सबभन्दा ठूलो सन्तोष प्रदान गरेको छ, त्यसका लागि म आफूलाई नभएर अनगिन्ती विदेशमा बस्ने र खासगरी बेलायतवासी नेपालीहरूलाई धन्यवाद दिन चाहन्छु । तिनको सद्भाव, विश्वास अनि नैतिक र आर्थिक सहयोग नभएको भए मैले तय गरेको त्यो सानै किन नहोस्, तर सबभन्दा बढी सन्तोषजनक पाइला चाल्न सक्ने सम्भावनै रहने थिएन । मेरो १४ वर्षे प्रवासमा नेपाल र नेपाली भनेपछि मरिमेट्ने कैयौं नेपालीहरूलाई मैले भेट्ने, उनीहरूका बारेमा सुन्ने-पढ्ने र कतिपयसूग विचार आदान-प्रदान गर्ने मौका पाए । उनीहरूबाट मैले धेरै सिकेको छु । यो लेखमा ती सबैको नाम लिन सम्भव छैन । तर नेपाल र नेपाली समुदायलाई कुनै न कुनै रूपमा सहयोग गर्न ती सबै नेपालीहरूप्रति म पूर्ण नतमस्तक छु । ती सबै मेरो बाँकी जीवनमा प्रेरणाका स्रोत रहिरहनेछन् । तीनको नैतिक या आर्थिक सहयोग नभएको भए म र समान विचारधारका मेरा साथीहरूद्वारा स्थापित र सञ्चालित हेल्प नेपाल नेटवर्क नौ वर्षको अवधिमा नेपालका गाउँहरूमा, मूलरूपमा नेपालीहरूबाटै उठाइएको रकमबाट, कैयौं स्कुल बनाउने, स्वास्थ्यचौकी चलाउने, पुस्तकालयहरू निर्माण गर्न, कैयौं स्कुल र स्वास्थ्यचौकीहरूलाई शैक्षिक र स्वास्थ्य उपकरणहरू प्रदान गर्न र आपतकालीन राहतहरू उपलब्ध गराउने काम गर्नसक्ने थिएन । ‘नेपालका लागि नेपालीले गरौं’ भन्ने नाराका साथ नौ वर्षअघि सुरु गरिएको ‘नेपालको लागि महिनाको एक पाउन्ड कोष’ अभियान अहिले बेलायतबाहेक अरू कैयौं देशहरूमा फैलिएको छ ।

हामी सबै एकआपसमा मिलेर काम गर्न सक्छौं । कतिपय ठाउूमा त समान नाराका अन्य संस्था पनि स्थापना भएका छन् । भविष्यमा हेल्प नेपाल नेटवर्क सञ्चालनका लागि सहयोग पुगोस् भनी स्थापना गरिएको प्रशासनिक कोषमा मात्रै विश्वको विभिन्न  देशका झन्डै २५ जना नेपालीहरूले कम्तीमा अढाई लाखदेखि बढीमा पाूच लाख रुपैयाूसम्म चन्दा दिएका छन् । सो कोषलाई अझ ठूलो बनाउने प्रयास जारी छ । हेल्प नेपालमा काम गर्ने क्रममा मैले यति धेरै प्रेरणादायी नेपालीहरू भेटेको छु, जसप्रति मेरो श्रद्धा सदा अटल रहिरहनेछ । १४ वर्षको प्रवास बसाइका क्रममा वास्तविक रूपमा काम गर्ने सँगसँगै कुराले संसार हाँक्ने, तर नेपाल र नेपालीका लागि केही पनि नगर्ने या लाज छोप्नका लागि अत्यन्त नगण्य एक-दुई काम गरेर फुर्ती लगाउने, घरको गरिबी छल्न विदेशमा दुःखजिलो गर्ने नेपालीलाई गन्दै नगन्ने, टन्न पैसा कमाएर पनि आफू पढेको गाउँको स्कुललाई जस्ताको त्यस्तै छाड्ने तर सिङ्गो देश बनाउने भाषण छाेर हिँड्ने, अनि नेपालमा ‘हामीजस्ता सक्षमहरूको कदर नै हुँदैन’ भनेर सरकारलाई गाली गर्ने, कत्ति पनि सामाजिक दायित्वबोध नभएका, स्वार्थी, ढोँगी र कपटी नेपालीहरू पनि नभेटिएका होइनन् । ती मेरो लेखाइका सधैं तारो बने । र भविष्यमा पनि बनिरहने छन् । मेरा यी अनुभूतिहरू बाँड्नुको अर्को कारण, विदेशमा बस्ने धेरै नेपालीहरूमा नेपाल फर्किने या नफर्किने भन्ने द्विविधासँग सम्बन्धित छ । मेरा दुवै छोराछोरी लन्डनमा जन्मिएका थिए । ती ११ वर्ष र ८ वर्षका हुँदा गत वर्षमै उनीहरूलाई स्थायी रूपमा नेपाल सारेँ । धेरै मित्र र आफन्तहरूको दबाबका बाबजुद हामी -मैले र मेरी श्रीमती) ले आफूहरूलाई मात्र होइन, छोराछोरीलाई पनि बि्रटिस नागरिकता लिन इन्कार गरिदिएकोमा, धेरैले हामीलाई मूर्ख सम्भिmएका

थिए । त्यतिमात्र होइन, हामी उनीहरूलाई यस्तो स्थितिमा नेपाल सारिरहेका थियौं, जतिबेला नेपालमा स्कुलहरू नियमित रूपमा चलिरहेका थिएनन्, दिनमा १२/१५ घन्टासम्म बिजुली गइरहेको थियो, काठमाडौं धूलो, धूवाँ, फोहोरमैलाले व्याप्त थियो र सुरक्षास्थिति नाजुक हुँदै गइरहेको थियो । म भने काठमाडौंमा रहेका मेरा कैयौं मित्रहरूले झैं छोराछोरीलाई १२ कक्षासम्म भारतमा पढ्न पनि नपठाउने, बेलायतमा पनि नराख्ने र आफू पनि उमेर छँदै नेपाल फर्किने पक्षमा थिएँ । काठमाडौंमा आर्थिक स्थिति पूर्ण मध्यमवर्गीय हुँदाहुँदै मेरो त्यस्तो ढिपी देखेर, मेरा नातेदारहरू भन्थे, ‘कुकुरलाई घिउ नपचेको, बोकाको मुखमा कुभिन्डो नअटेको’ आदि-इत्यादि । तर मलाई त्यस्ता टिप्पणीहरूले छुँदै-छुँदैन थियो । मेरा ती नातेदारहरू फोहोरमात्र हेरिरहेका थिए । म फोहोरमा कमल फुलाउन थोरै तर प्रेरणादायी ती नेपालीहरूलाई हेरिरहेको थिएँ, जसका कारण आज देशमा व्याप्त राजनीतिक दुर्गन्धीका बाबजुद नेपाल, नेपाल रहेको छ । त्यो देश, जसले म र मजस्ता दसैं-लाखौं नेपालीहरूलाई नेपाली भन्दा गौरवको अनुभूति दिन्छ । त्यसैले विदेशमा बसेर नेपाल र नेपालीका लागि गर्नमात्र होइन, देशभित्रै बसेर अनेकौं रचनात्मक काम गरेर मजस्ता कैयौंलाई नेपाल फर्किन प्रेरित गर्न ती नेपालीहरूप्रति पनि म उत्तिकै आभारी छु । ती फर्किएर सारा नकारात्मकता बाबजुद खुसीसाथ अत्यन्त रचनात्मक जीवन बिताइरहेका छन् भने म र मेरो परिवारले चाहिू काठमाडौंमा बस्न नसक्ने भन्ने प्रश्नै उठ्दैन थियो ।

कुनै दुःखद घटना घट्नुछ भने त्यो भाग्यको खेल हो, जहाँ बसे पनि टारेर टर्दैन त्यो । हो, म फर्किएर कैयौं नेपालीहरूले झैं हिलोमा कमल फुलाउन नसकुूला, आकाशको तारा खसाउन नसकुूला । म त्यस्तो कुनै महान लक्ष्य लिएर फर्किन लागेको पनि होइन । धेरै मेरा दौंतरीहरूले ‘खुब शान देखाएर ठूलो मान्छे हुन गएको थियो, देख्यो त भन्लान्, त्यो त महाको आडम्बर हो नि, मुखले बढो राष्ट्रवादी कुरा गर्छ, के-के व्यक्तिगत फाइदा हुने देख्यो, अनि फर्कियो’ भन्लान् । भन्नेले यसै लेखलाई पनि आफ्नो ढम्फु आफैं बजाएर शान दिएको भन्लान् । भोलि मेरा छोराछोरीले ‘हामीलाई लन्डनको स्वर्गबाट काठमाडौंको नर्क लेराएर जाकेको’ भनेर सराप्लान् । ती सबैको सामना गर्न म तयार छु । सबभन्दा डर मलाई अरूको नभइ, मेरा छोराछोरीले भोलि सराप्लान् भन्नेमा छ । साना छँदा छोराछोरीका मार्गनिर्देशक तिनले मनपराए पनि, नपराए पनि तिनका बाबुआमा नै हुन् । आज मैले मेरो ब्रह्मले जे ठीक देखेँ, त्यो गरेँ ।

भोलि उनीहरूले मैले जेलाई आदर्श देखेँ, त्यसलाई भूल सम्भिmए भने मलाई कुनै पश्चाताप हुने छैन । त्यसमा म प्रस्ट छु । मैले रोजेको बाटोबाट उनीहरू अलिकतिमात्र पनि प्रेरित भए भने म आफूलाई धन्य सम्झनेछु । भएनन् भने त्यसलाई म मेरो जीवनमा दुर्भाग्यको एउटा पाटो सम्झनेछु । मैले यी अनुभूतिहरू नेपाल फर्किन लागेर या अलिकति कल्याणको काममा संलग्न भएर के-के नै गरेँ भनी फुर्ती लगाउन पाठकहरूसमक्ष पस्किएको अवश्य होइन । तर समाज कल्याणकारी भावनाबाट निर्देशित हुने हो भने सधैं सरकारलाई गाली गरेर बस्न पर्दैन र धेरै सकारात्मक कामहरू आफैं हुनसक्छन् भनेर पुनःपुष्टि गर्नखोजेको चाहिँ अवश्य हो ।

त्यसैगरी वर्तमानको परिस्थितिमा पनि दृढ मनोबल हुने हो भने नेपाल फर्किन सकिन्छ भनेर जिकिर गर्नखोजेको पनि हो । त्यति गर्दा म घमन्डी सुनिएको छु भने म प्रबुद्ध पाठकहरूसँग क्षमायाचना गर्न चाहन्छु । अन्त्यमा, तपाईंहरू, खासगरी विदेशमा बस्ने नेपालप्रेमी नेपालीहरू, कसैलाई पनि आफूले छोडेर गएका ती गरिब गाउँहरूमा शिक्षा र स्वास्थ्य क्षेत्रमा केही गर्न इच्छा, त्यसको लागि उपयुक्त माध्यमको आवश्यकता र त्यो माध्यम हेल्प नेपाल नेटवर्क बनिदिनसक्छ भन्ने विश्वास छ भने कृपया मलाई निःसंकोच सम्पर्क गर्नुहोला । नेपाल फर्किएपछिको मेरो निजी समय सकेसम्म विदेशमा बस्ने नेपालीहरूको कल्याणकारी चाहनालाई साकार पार्न व्यतीत गर्ने मेरो मनसाय हो । कल्याणको काममा कसैका लागि पनि सहायकसिद्ध हुन पाएँ भने म आफूलाई भाग्यशाली सम्झने छु ।

August 15, 2008

के गरेर दिन काट्दै होलान् ज्ञानेन्द्र?

केही न केही नगरी चुप लागेर बस्न नसक्ने स्वभाव भएका पूर्व राजा ज्ञानेन्द्र नागार्जुन दरबारमा के गरेर दिन काट्दै होलान्? आम मानिसहरुलाई जिज्ञासा हुनु स्वभाविक हो। रोडम्यापले ज्ञानेन्द्रशाहका पछिल्ला गतिविधिबारे चाखलाग्दा केही तथ्यहरु फेलापारेको छ।
 आफ्नै कारण शाहबंशको पतन भएर गणतन्त्र आएपछि ‘फुर्सदिला’ बनेका उनले अचेल इतिहासका केही कितावहरु पढ्न थालेका छन्।

 स्रोतका अनुसार पुरुषोत्तमशमशेर जवराद्धारा लिखित राणा शासनको इतिहास पढेर सकेका उनले अहिले चीन र कम्बोडियाको इतिहास पढ्न थालेका छन्। कम्बोडियाका राजा नरोत्तम सिंहानुकको जीवनका उतारचढाव, खमेरुजको शासनको बेला उनले भोग्नुपरेको तनाव र त्यसपछि फेरि उनी राजगद्धिमा फर्केको घटनालाई उनले आफूसाग तुलना गरेर हेर्न थालेको शाह परिवार निकटस्थहरु बताउंाछन्। सिंहानुक जस्तै आफू पनि फेरि सत्तासिन हुनसक्ने नसक्नेबारेमा बढी सरोकार उनले त्यसबारेमा आफ्ना निजी सचिव पशुपतिभक्त महर्जनलगायतकासंग छलफल गर्ने गरेका छन्।

शाहलाई महर्जन तथा आफ्ना भतिजीज्वाइ राजीव शाही (स्वर्गीय धीरेन्द्र शाहका ज्वाइ) ले नै इतिहांसका कितावहरु पुर्‍याइदिने गरेका छन्। स्रोतका अनुसार केही दिनअघिमात्र शिक्षा मन्त्रालय परिसरमा रहेको केशर पुस्तकालयबाट समेत केही पुस्तकहरु नागार्जुन दरबार पुर्‍याइएका छन्। तर कुन कुन कितावहरु कति परिमाणमा लगिए भन्न जानकारी भने पुस्तकालय प्रशासनले पनि दिन चाहेनन्।  विहान ६ बजे उठेर उनी दरबार परिसरमै केही समय घुम्ने र योगा गर्ने गर्छन्।

दिउंसो केही व्यक्तिहरुलाई जम्मा गरेर कहिले राजनीतिक गफ त कहिले तास खेल्ने गरेका शाहले हरेक दिन जसो नै केही व्यक्तिहरुको नामै लिएर गाली गर्ने गरेको बताउंछन्। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफूलाई टिकाउने पटक पटक आश्वासन दिएर पनि अन्तिममा धोका दिएको भन्दै गाली गर्ने गरेका छन्। उनले सबैभन्दा बढी आक्रोश भने पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाप्रति पोख्ने गरेका छन्। दरबारले गर्दा नै पटक पटक प्रधानमन्त्री भए पनि मौका पर्दा उसैलाई लात हानेको भन्दै आक्रोस पोख्नेगरेका छन्।

उनलाई भेट्न गतसाता राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष शाही कालिनगृहमनत्री कमल थापा र सो पार्टीका केन्द्रिय टंक ढकाल नागार्जुन दरबार पुगेका थिए।त्यस्तै हाल भारतमा रहेका विश्व हिन्दु महासंघका पुर्व अध्यक्ष भरत केशर सिंहपनि केही दिन अघि नेपाल आएर ज्ञानेन्द्रसंग लामो छलफल गरेका थिए। सिंहले भारतकाहिन्दुहरुले अहिले पनि ज्ञानेन्द्रलाई श्रद्धा र भक्ति प्रकट गर्ने गरेको दावी समेतगरेको बताइन्छ। विदेश पलायन हुन खोजिरहेका शरद्चन्द्र शाहज्ञानेन्द्र शाहकै अनुरोधको कारण अहिलेसम्म नेपालमै रहेको बताइएको छ।  
पारसंगझन तनाव
स्रोतका अनुसार छोरा पारस र वुहारीहिमानीसंगको सम्वन्ध पनि पछिल्लो दिनमा झन विग्रिएको छ। आफुसंग कुनै सल्लाहनगरि एकलौटी रुपमा शासन संचालन गरेकोले यो अवस्था आएको भन्दै पारसले बाबुमाथिदोष लगाएपछि बाबुछोरा बीचको सम्वन्ध तनावपुर्ण वन्दै गएको छ। हाल सिंगापुरपुगेका पारसले आमा कोमलसंग नियमित रुपमा फोनमा कुरा गरेपनि बाबुसंग भने एक पटकपनि कुराकानी नगरेको दावी सम्वद्ध एक व्यक्तिको छ। ’ हामीसंगको कुराकानीमा पनिउहांले बाबुले आफुलाई राजपाठमा सहभागि नगराएकोले राजतन्त्रको वदनामी भएरयो स्थितिमा पुगेको बताउने गर्नु भएको छ। ’ पारसका एक साथीले नाम उल्लेख नगर्नअनुरोध गर्दै भने। हिमानी सिंगापुर जानेवेलामा आफ्नो घर निर्मल निवासमा नवसी नन्द प्रेरणाको घरमा वसेकी थिइन। यसलाई पनि कतिपय व्यक्तिहरुले बाबु छोराबीचको सम्वन्धमा देखिएको तनावको रुपमा लिइरहेका छन्।

March 23, 2008

इश्वर वल्लभ अव रहेनन

बरिष्ठ साहित्यकार इश्वर वल्बलको आज निधन भएको छ । लामो समय देखि हृदेयरोगको विरामी रहनु भएका बल्लबको आज बिहान निधन भएको हो । ७३ बर्षीय बल्लवलाई उपचारका लागी विहान ६ बजे नर्भिक अस्पताल थापाथलीमा पुरयाउने क्रममा निधन भएको हो ।

साहित्य क्षेत्रमा ठूलो योगदान पुर्याउनु भएका बल्बलको आगोका फूल, यसशरहको किनारमा लगायतका दर्जनौ कृतिहरु चर्चामा रहेका छन् । उहाँको आगोका फूलहरुले मदनपुरस्कार समेत पाएको थियो । साहित्यीक क्षेत्रमा निकै लामो चलेको आन्दोलन तेस्रो आयामका तिन जना हस्ती मध्ये उहाँ एक जना हुनुहुन्थ्यो

। प्रज्ञा प्रतिस्ठानका पूर्व प्राज्ञ समेत भइसक्नु भएका बल्लबको आज पशुपति आर्यघाटमा अन्तेष्टि गरिदैछ । बिहान उहाँको पार्थिव शरिरमा थापाथलीको कुरिया गाउँस्थित घरमा श्रद्धान्जली दिइसकेपछि अहिले आर्यघाट पुर्याइएको छ । उहाँका एक जना छोरा, ३ छोरी हुनुहुन्छ । वरिष्ठ साहित्यकार दर्जनौ मार्मिक गीतका सर्जक वल्लभदाइप्रति विर्घा व्लगको पनि हार्दिक समवेदना ।

January 25, 2008

हिप्पी र काठमाण्डौ ओडिसी


काठमाण्डौ एउटा रंगमन्च हो । यहा अनेक किसिमका नाटकहरु मंचन भइरहन्छन । कहिले संविधानसभाको नाटक, कहिले गणतन्त्रको नाटक त कहिले अनेक राजनीतिक दाउपेचका नाटकहरु । यद्यपि परम्परा र संस्कृतीमा धनी यस नगरीमा अनेक सभ्य र शिष्ट नाटकहरुपनि नभएको होइनन । जीवन नै रंगमन्च वनेपछि हाम्रा जीजीविषा नाटकै त हुन नी । यो काठमाण्डौ खाल्डोमा भुक्तमानले राज्य शुरुगरेपछि अनेक नाटकहरु मंचन भइरहेका छन र छोटे राजा गिरिजाप्रसाद र उनकी पुत्रीको नाटक चलिरहदापनि यो जारी छ । त्यसैले लाग्छ नाटक अन्त्यहिन श्रृंखला हो ।

यस धर्तीमा अनेक नरनारीले नाटक गरे र गए । कहिले आंशु र रगतका नाटक कहिले रोमान्चकताका कलात्मक नाटक । यही खाल्डोमा स्वतन्त्रताको खोजी गर्दै शिवजीका चेला वन्न सन साठीको दशकमा हिप्पीहरु भित्रिएका थिए । तिनै हिप्पीको संगतमा रहेका र आˆनै शव्दमा हिप्पीको कर्म गर्न नसकेका अर्ध हिप्पी प्लाष्टिक हिप्पी अभि सुवेदी अहिले रंगमन्चमा कलात्मकता देखाउने ध्याउन्नमा छन ।

अभि तेर्हथुमको डाडावाट ज्ञानको खोजीमा राजधानी भित्रिएका यायावर हुन । ज्ञानको खोजीमा भैसी चढेर आएका यी यायावर र स्वतन्त्रताको खोजीमा हवाइजहाज चढेर आएका हिप्पीहरुबीच यही खाल्डोमा मिलन भएको थियो । हिप्पीहरु युद्ध विरोधी थिए उनीहरु शान्ती मन पराउथे र एक आपस्तमा असाध्यै नजिकको प्रेम गर्थे । अमेरिकाले भियतनाममा युद्ध छेडेका वेला हिप्पीहरु सेनामा भर्ती हुनै पर्ने अनिवार्य नियम तोडेर भागेका थिए । उनीहरुका नाममा अलिसान महल न्युयोर्क र पेरिसमा थिए यद्यपि उनीहरु घरवार विहिन थिए । करोडौको वैंक व्यालेन्स थियो तरपनि कंगाल थिए । मनको स्वतन्त्रता र शान्तीविनाका वस्तुहरु कौडी वरावरहुन भन्ने उनीहरुको धारण थियो । हिप्पीहरु पशुपतिमा ओइरिन्थे नंगा जोगीहरुसंगै वसेर गांजाको कस लिन्थे र आˆनो माइन्डलाइ एक्स्पान्स गर्थे ।

उनीहरु स्वतन्त्रताका पक्षपाति थिए । स्वयम्भु विजेश्वरी उनीहरुको अखडा थियो । चर्को संगीत उनीहरुको पि्रय थियो । सवैकुरालाइ उनीहरु एसिड भन्थे । वुद्धको निर्वाणवाट प्रभावित थिए उनीहरु । शिवको स्वतन्त्रतालाइ पच्छ्याउन खोज्थे उनीहरु र प्रेमवाट शान्ती देख्थे उनीहरु । काठमाण्डौका सडकमा स्वतन्त्ररुपमा गांजाको धुंवा उडाउन पांउदा उनीहरु गौरवान्वित ठान्थे र स्वतन्तत्राको उपभोगमा गीत गाउथे । हर फुलमुन उनीहरुकालागि दशै थियो । व्लुज, रक एन्ड रोल सवै उनीहरुका पि्रय थिए । तिनै हिप्पीको लामो संगतमा रहेका अभि सुवेदीको अनुभव समेटिएको काठमाण्डौ ओडिसी नामको डकुमेन्ट्री हेर्ने मौका मैले चुकाइन ।

हुन त यसअघि नै डकुमेन्ट्रीको चाख लिइसकेका मित्र अश्विन उर्फ वमेले यसवारेमा वताउदा मलाइ रमाइलो लागेको थियो । तैपनि आˆनै आंखाले त्यसलाइ हेर्न र अभिसरका सस्मरण सुन्न पांउदा हिजो म थोरै उत्तेजित भए, थोरै रोमान्चित भए र केही नोष्टाल्जिक भए । पुर्वीय दर्शनवाट प्रभावित हिप्पीजमको वारेमा शेखर खरेलले अभि सुवेदीको स्मरण तान्ने कोसिश गरेको डकुमेन्ट्री प्राविधिक पक्षमा केही खल्लो लागेपसिन विषयवस्तुका हिसावले मेरा लागि अव्वल रह्यो ।

November 12, 2007

तिहार रमाइलै भयो

तिहारको समाप्तिसंगै यस वर्षका ठुला चाडहरु सकिएका छन । अवका माघेसंक्रान्ति र हरिशयनी एकादशीले ठुला चाडको प्रतिनिधित्व गर्दैनन । तिहार अपेक्षाकृत राम्रै र रमाइलै रह्यो । देशमा शान्ति छाएको समयमा चाडवाडहरु रमाइलै रहन्छन । यद्यपि माओवदी हठ र दलहरुको अकर्मन्यताले छाइसकेका खुशीहरु धुमिल हुदै गइरहेका छन । मुलुक शान्तिमा उन्मत्त हास्छ । नेपाली मन न पर्यो खुशी हुनलाइ केको आइतवार । सिम्प्लसिटिकालागि त नेपालै जाति यार पल पल मिस गरीरहेको छु । हिजो टीका सकेर तास खेल्नै लाग्दा अष्टे्रलीयामा रहेका मित्र अश्विनले फोन गरेर भने ।

तिहार मेरा लागि रमाइलो चाड हो । दशैमा खानापानका कारणले कहिले कांही म दिक्दार पनि हुने गरेको छु । आफु परियो पुर्ण शाकाहारी दशैमा जताततै वली र मासु । खानेवेलामा दुध र भात मात्रै खाएरपनि सुतेको अनुभव छ मसंग । तिहारमा त रोटी, सेल, मिठाइ, फलफुल र मशलाका कारण हामीजस्ता शाकाहारीलाइपनि रमाइलै हुन्छ । हिजोमात्रै नेपाली महावाणिज्य दुतावास अलिपुर कलकत्तामा रहेकी मेरी दिदी नेपाल फर्कनु भयो । दिदी फ्किएपछि तिहारको टीका रमाइलो हुनु स्वभाविकै हो । विहान दिदीको घर ववरमहलमा गएर टीका लगायौ , तास खेल्यौ । विर्घातिर चांही टिका भएनछ । हामी राजधानीवस्नेलाइ खवर नभएका कारण टीका लगाइयो ।

यसपटकको तिहारमा करिव सात हजार रुपैया गुम्यो । एक महिना अघिदेखि तिहारको वाहनामा शंकर भान्जाकोमा तासका खाल जमाएका हामी तिहारको मेसोमा फुल नाइटपनि चलायौ । विगतमा पैसा जित्नमा नाम कहलाएको म अहिले भने नराम्रोसंग हारे । खैर तिहार रमाइलो भयो यसैमा शन्तोष छ । भाइ माधवले विर्घावाट फोन गर्दै थियो अंकल मेरो त सोर्ह हजार पांच सय गयो । अव वाटा खर्च कोसित माग्ने भनेर सोच्दैछु । आफ्नै पिताजीका साथी शुभाखर, वलराम, छने, गणेश र शुन्दरहरुसित जमेको कडुवा केटो किन नहारोस पनि । भाइ विजय घर आइपुगेको रहेछ । दाइ मिस गरीरहेको छु भन्दै थियो । मैले पो कंहा नगरेकेा हो र । आफ्नै घरआंगनमा जस्तो रमाइलो अन्त कंहा हुदो रहेछ र । यो काठमाण्डु मलाइ हर कुरामा कृतिम लाग्छ । तर के गर्नु कामकाजी भएपछि छोड्न नमिल्ने रहेछ । खैर तिहार रमाइलो रहेको सुचना दिन पाउदा म तपाइहरुसंगै वसेजस्तो अनुभव लिइरहेको छु । विजुली पत्र भेज्दै गर्नु होला ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com