November 23, 2009

रानीघाटको सास्कृतीक महत्व

गएको वर्षमा लिइएको रानीघाट दरवार र काली गन्डकीको तस्वीर ।
पाल्पा जिल्लाको बौघा गुम्हा गाविस २ मा अवस्थित रहेको ऐतिहासिक एंव पर्यटकीय स्थल रानीमहल दरवार प्राकृतिक रुपमा जति सुन्दर छ त्यतिनै यसको सास्कृतीक महत्वपनि रहेको छ ।  द्वन्द्वको बेला यस स्थानको भ्रमणमा केही प्रभाव पारेको भएता पनि शान्ति शम्झौता भए पछि यंहा आउने भक्तजनको संख्यामा बृद्धि भएको छ ।

वालाचतुर्दशशीका अवसरमा काली किनारमा नुहाउनेको भिड ।
रानीमहल दरवारलाई नेपालको ताजमहल भनिने गरिन्छ यहाँ एकादशीमा उपवास बस्ने भक्तहरु यही स्थानमा नुहाउन जाने गर्दछन। यहाँ नुहाउनाले राम्रो हुने र प्रतिफल हुन्छ भन्ने धार्मीक मान्यता रहेको छ । कालिगण्डकीमा उत्तर बाहिनी भएको यही मात्र एक स्थान रहेकोले पनि धार्मीक रुपमा यसलाई अझ बढी महत्व दिईएको छ ।
यहाँ खास गरी पाल्पा-तानसेन बजार बौघागुम्हा खानीगाउँ यम्घा गाविस स्याङ्गजाका आलमदेवि विर्घा चण्डीभायाङ्ग श्रीकृष्ण गण्डकी गाविस र गुल्मीका रुद्रवेनी देखिका भक्तजनहरु नुहाउनको लागि यही आउने गरेको पाईन्छ । विशेष गरी यसस्थानमा एकादशी, औशी, पूर्णीमा, शिवरात्री, वैशाखे शक्रान्ती आदिमा ठुलो मेला लाग्ने गर्दछ ।

नजिकवाट रानीघाट दरवार ।
यहाँ भजन कृतन गाउने तोरन तार्ने शिवजीको पुजा गर्ने गरिन्छ । उक्त मेलामा करिब दुई÷तिन हजार मानिस आउनॆ सटुकाका रामप्रसाद पाण्डेयले बताए । यो दरवारलाई स्थानीय स्याङ्गजाको सटुकामा गठित समाजसेवा असल शासन क्लबले दरवारको रेखदेख र संरक्षण गर्दै आईरहेको छ । यंहा हुने मेलालाई व्यवस्थित रुपमा संचालन गर्नको लागि क्लब स्वयं सेवक र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरीहरु परिचालन गरिन्छ ।

November 22, 2009

प्रशिद्ध तीर्थस्थल तपोभूमि रेसुगां

डा. राराराम सुवेदी

मन्दिर वा पीठको नाउ: रेसुङ्गा तपोभूमि, यज्ञशाला, स्नानकुण्ड, तीर्थस्थल । ठाउँ ठेगाना:,गुल्मी जिल्ला तम्घास गा.वि.. वार्ड नं. १ पहाडको धुरीमा छ । क्षेत्रफल: ५ रोपनीको प्राङ्गण र हजारौं रोपनी गौचरन लेक, जंगल, भीरु, पाखो जमीन । निर्माण सामग्री,: ढुंगा, माटो, काठ, टीन, तामा, फलाम, पित्तल, सुन । निर्माण मिति : वि.सं. १८०० ताका स्वामी शशिधर मराशिनीले निर्माण गरेका । निर्माणकर्ता : अर्घाखाँची जिल्ला हंसपुरका शशिधर मरासिनीद्वारा निर्मित ।

अभिलेख भएको ठाउँ : हाल त्यहाँ अभिलेख प्राप्त भएका छैनन्, कागजपत्र छन् । विवरण : गुल्मी जिल्लाको शोभा गण्डकीगुल्म पर्वत रेसुङ्गा प्रागैतिहासिक कालबाट सभ्यता केन्द्र रही आएको पाइन्छ । गुल्मीको दक्षिणपश्चिम क्षेत्रमा अवस्थित रेसुङ्गाको पश्चिमीकाखमा प्रशिद्ध खानीगाउँ तम्घास छ । ७६८२अग्लो रेसुङ्गा घना जंगलले ढाकिएको छ ।

 हिउँदमा हिउँ पर्ने रेसुङ्गा परापूवृबाट राणाकालसम्म चर्चित क्षेत्र हो । तम्घासको काठ आपूर्ति रेसुङ्गाले गर्नुपर्दा त्यहाँ वन अतिक्रमण भइरहेकोले सालको वन नष्ट भएको छ । रेसुङ्गा वरपर १० गाउँ विकास समिति पर्दछन् । प्रतिदिन ५ लाखको वन पैदावार रेसुङ्गाबाट बाहिरिंदै आएको थाहा हुन्छ । मानव-सृष्टिकालदेखि रेसुङ्गामा सभ्यता विकास भएको थियो । महर्षि भृगुले त्यही तपस्या र महायोग गरेका थिए । भृगु, पुलस्त्य, पुलहरू रेसुङ्गामा तपस्या गर्थे ।

त्रेतायुगमा भगवान ऋङ्गऋषिले हिउँदमा रिडी र श्रृङ्गा, वर्षामा रेसुङ्गामा तपस्था गर्दथे । आधुनिककालमा शशिधर मरासिनीको दीर्घ तपोभूमि रेसुङ्गा रहेको र्सवव्यापक छ । अर्घा रजस्थलमा जन्मी -१८०४-१९०६) धेरै शिष्य बनाई पूरण शाह लगायतलाई प्रभाव दिने शशिधर दिशै शर्माका पुत्र लालमणिका पौत्र थिए । वाणोपनिषद् नामक छुट्टै उपनिषदका रचयिता शशिधर प्रशिद्ध सिद्ध मानिन्छन् । शशिधरले तपस्या गरेको ठाउँलाई आजकल "मठ" भनिन्छ । रेसुङ्गामै उनको समाधि भयो । शशिधरका छोरा लक्ष्मीनारायणलाई "रेसुङ्गा महाप्रभु" भनिन्थ्यो । उनको जन्ममिति स्पष्ट थाहा नभए पनि १८३९ मा उनको मृत्यु भएको थियो । उनी आवाल ब्रहृमचारी, गोप्रेमी हुँदा गोशरण्य कर्मयोगमा लिप्त थिए ।

उनी अनेक अद्भूत क्रियाकलापहरू गर्दथे  भनिन्छ । त्यसपछि यदुकानन्द रिजा -१९८३-२०२८) काठमाडौँ कलंकीनिवासी उनी र्स्वर्गद्वाराी प्रभुको दर्शन पछि रेसुङ्गा पुगेका थिए । उनी पूजाकोठे गोकुलानन्दका पुत्र हुँदा राणाहरूको नजर रेसुङ्गामा पर्न थाल्यो । राणाहरू उनका शिष्य बन्दै गए । रेसुङ्गालाई गौविर्ता बनाउने उनै हुन् । ५८चौकोश पेटी १०वरण्डा, ५०चौकोश यज्ञशाला नेपाली शैलीको रेसुङ्गामठ तामाको छाना हालेको र सुनको मोलम्बा भएको गजुर रहेको त्यहाँ २०२१ सालपछि नित्यपूजा स्थगित भएको छ । १८ कोस गोलो रेसुङ्गा पर्यटकको र्स्वर्गसमान आनन्ददायक मानिन्छ ।      

August 15, 2009

रिडीको ऋषिकेश मन्दिर

डा. राजाराम सुवेदी

       लुम्बिनी अञ्चलको पाल्पा जिल्ला अर्गली गा.वि.स. वार्ड नं १ हृषिटोलको रुरुक्षेत्र रिडी भन्ने ठाउँमा काली गण्डकी र रिडी खोलाको संगम रहेको छ । पुराणमा वणिर्त तपस्वीनी रुरुकन्याका क्लान्त शरीरमा प्रवेश गरी उनका इन्द्रियहरूलाई पुनः चेतन प्रदान गर्दै प्रादुर्भाव भएका चतुर्भुज नारायणलाई हृषिकेश भनी सम्बोधन गरिएको कुरा पाइन्छ । रुरुकन्या परमतपस्वी देवदत्त र अप्सरा प्रम्लोचाका गर्भबाट पैदा भएकी रुरुमृगद्वारा लालनपालन गरिएकीले तपस्या गरी भगवान् विष्णुलाई ज्यादै प्रशन्न गर्राई वरप्रसाद प्राप्त गरेर सिद्धी प्राप्त गरेको क्षेत्र नै रुरु क्षेत्र वा रिडी हो । त्यसै बेलाबाट रिडी क्षेत्रले प्रख्याती पाई आएको हो ।

       प्रख्यात रिडी क्षेत्रको दोभानमा स्नानसन्ध्या पछि भगवान नारायणको दर्शनबाट अक्षय पुण्य आर्जन गर्ने परम्परा त्यहाँ रही आएको छ । रिडी क्षेत्रमा कालो शालीग्रामी शिलामा चतुर्वाहु नारायणको मूर्ति कुँदिएको अवस्थामा स्थापित रहेको छ । भनिन्छ पहिले -अज्ञात समयदेखि) कालीगण्कीभित्र दविएर रहेको थियो । पाल्पाका प्रख्यात राजा मुनिमुकुन्द सेन धार्मिक प्रवृत्तिका हुनाले नित्य रुरुक्षेत्रमा पुगेर स्नान गर्दथे । पाठपूजा पछि पाल्पा दरवारमा फर्केर राजकाज गर्दथे । उनै राजाले एकरात सपनामा चतुर्वाहु नारायणबाट "भोलि तिमी कालीगण्डकीमा स्नान गर्नजाँदा पानीभित्र मेरो शिलामूर्ति फेलापार्ने छौ" भन्ने चेष्टा प्राप्त गरे । तद्नुसार भोलिपल्ट नुहाउन जाँदा नुहाउन भनी कालीगण्डकीमा डुबुल्की मार्दा अचानक एउटा शिलामा र्स्पर्श गर्न पुगे । छाम्दा त्यो कुँदिएको अवस्थामा महसुस भई बाहिर झिक्न लगाए । सो मुर्ति चारवाहुमा शख, चक्र, गदा र पद्म लिएको मनोहारी आकृतिको थियो । मति प्राप्त पछि स्थापनार्थ अर्न्यर्थ लैजाने भनी नदीपारि पुर्‍याउने प्रशङ्गबश त्यहाँ पुर्‍याएरु बिसाएपछि त्यहाँबाट हलचल गराउन सकिएन । । त्यो बुझी राजा मुकुन्द सेनले सोही स्थानमा ठूलो मेहनत साथ कलात्मक मन्दिर निर्माण गरी स्थापना गराइदिए । त्यसपछि नित्यपूजा गर्ने, भोग लगाउने, भण्डारा बनाउने, पर्वपूजा, जात्रामेलाको र गुठीको बन्दोवस्त गरियो । त्यो घटना वि.सं. १५७५-१६१० को अन्तरालमा भएको बुझिन्छ । त्यसपछि बेलाबेलामा जीर्णोद्वार, मरम्मत, सुधार गरिंदै आएको छ । वि.सं. १८१९ मा रणदल पाँडेले निर्माण गरिदिएको मन्दिर नै वर्तमान कालमा त्यहाँ रहेको छ ।
       पाल्पा रिडीस्थित हृषिकेश मन्दिर घोप्टो परेको कमल फूलको आकृतिमा गुम्ज शैलीमा निर्मित रहेको छ । मुनि मुकुन्द सेनले निर्माण गराएको मन्दिरलाई जस्ताको तस्तै सुरक्षित राखी त्यसलाई ढाकेर ठूलो मन्दिर बनाइएको छ ।
विवरण  मगर भाषामा रि - कालो, डि- पानी नामबाट रिडीघाट बनेको हो । त्यसै कालोपानी मिसिएर कालीगण्डकीको नाम रहेको अनुमान गरिएको छ । मुस्ताङ जिल्लाको लो मान्थाङदेखि उत्तरपर्ूवमा पर्ने छोस्यारपाखाको स्यार छ्यु र पश्चिमी भागको छोनुवबाट बग्ने नुवछ्यु खोलाहरू मिली कालीगण्डकी बनेको र त्यसमा दामोदरकुण्डबाट पञ्चकुण्डको जल मिसिएपछि कालीगण्डकी पवित्र मानिन्छ । दामोदरकुण्डका डिखोला र छुकसाङखोला मिसिएपछि शाल्रि्राम पाइन्छ ।

       कालीगण्डकी रिडीखोलाको संगममा आएर रुरुतीर्थ बनेको छ । गुल्मीको च्युरेक गाउँमा रुरुगुफा र रिडीबजारमा मुकुन्देश्वर महादेव मन्दिर रहेको छ । माघे संक्रान्तिबाट श्रीसूर्यनारायण उत्तरायण हुने हुँदा तीर्थाटनस्नान आरंभ हुन्छ । ज्योतिषचक्रमा महावारुणीयोग -महोदधि) परेको बेला सुनको लेदो कालीगण्डकीमा बग्दछ भन्ने विश्वासमा रिडी क्षेत्र प्रशिद्ध भएको मानिन्छ । त्यसैले माघेसंक्रान्तिमा रिडीमा ३ दिने स्नानमेला लाग्दछ । त्यहाँ व्यापार पनि राम्रै चल्दछ । कार्तिक शुक्ल एकादशीमा भगवान ऋषिकेशको यात्रा रथमा गराइन्छ । गण्डकी माहात्म्यको तेस्रो अध्यायमा रुरुक्षेत्रको वर्णन गरिएको छ । त्यसका साथै वरपरका गाइघाट, और्वाश्रम, भृगुतुङ्ग, रुद्रेवेणी, गोनिष्क्रमणस्थल र्-अर्घली) रुरुगुफा, पाँचधारा, पञ्चपद, ब्रहृमपद, कोटिवटबाट काली गण्डकी र रिडीको संगम महत्त्वपूर्ण रहेको प्रमाणित हुन्छ ।

       ऋषिकेश मन्दिरमा पूजा सञ्चालनार्थ १५ मुरी धान खेत, केही पाखो, पूजा सामग्रीबाट जम्मा हुने आयलाट कृष्णाष्टमी, रामनवमीमा विशेष पूजा तथा नित्यनैमित्यिक पूजाबाट भट्टर्राईहरूले संस्कार धानिरहेका छन् । अड्का रकमको विवाद् पछि गुठी संस्थानबाट २ पाले र रथयात्राको खर्च व्यवस्था गरेको छ । एकादशी बाहेक नित्य १२ वटा रोटी भोग लगाउने ऋषिकेश मन्दिरमा ७ वटा पौवाहरू रहेका छन् र प्रशस्त मठमन्दिर, कल्पवासीका आश्रमहरू रहेका छन् ।
(डा. सुवेदीले स्थलगत रुपमा ऋषिकेश मन्दिरको भ्रमण गरी  यो सामाग्री तयार पार्नु भएको हो।)

August 12, 2009

हाम्रै नेपाल हो !

विश्वमा स्विजरल्यान्डलाइ शुन्दरताको उपमाका रुपमा लिने हामी नेपालीलाइ नेपाल भित्रै यती शुन्दर दृष्यहरु पाइन्छन भन्दा अचम्म लाग्ला अचम्म मान्नु पर्दैन शुन्दरतामा हामी आत्मनिर्भर छौ अन्य कुरामा छिमेकी शक्तिशाली मुलुकहरुको मुख ताक्नु परेपनि प्रकृतिले हामीलाइ दिएको

     उपयोग गर्ने कला हामीसंग नभएको मात्रै हो जलश्रोत, वनजंगल,प्राकृतिक विविधता मात्र होइन स्वच्छ निर्मल नेपाली मन आखिर हामीसंग पनि मानवीयताका अमुल्य निधीहरु यथेस्ट छन खांचो केवल दृढ इच्छाशक्ती, राजनैतिक स्थीरता वलीयो राजनैतिक नेतृत्वको मात्र हो   खल्ती गरुंगो हुंदा विदेशै ताक्ने नेपाली अन्य मुलुकको भ्रमण गर्दा गौरव अनूभूत गर्नेहरुले यसो मौका मिलाएर यिनै शुन्दर स्थलहरुसम्म पुग्ने कष्ट गरे आन्तरिक पर्यटनले पनि वढावा पाउथ्यो साथै हाम्रो ज्ञानको दायरापनि अली वढ्थ्यो की ? केही सहृर्दयी मित्र एजेन्सीहरुको सहयोगमा शंकलन गरिएका यी शुन्दर तस्वीरहरु नेपाललाइ थप चिनाउनकालागि

राजधानीवाट २७ किलोमिटर मात्र दुरीमा रहेको धुलीखेल वजार धुलीखेलकालागि काठमाण्डौको पुरानो वसपार्कवाट प्रत्येक पांच मिनेटमा वस छुट्छन जम्मा ३५ रुपैया भाडामा पुगिने धुलीखेल हिमाली दृष्यावलोकन पहाडी मौलिक जनजीवनकालागि प्रशिद्ध यंहा सुविधाजनक किफायती दुवै खाले होटलहरुको सुविधा समय कम हुनेहरु तथा अफिसहुनेहरु शुक्रवार धुलिखेल वस्नेगरी गएर शनिवार फर्कनुस्त मन चंगा हुन्छ अन्यथा केही दिन यो क्षेत्रमा वस्नेगरी जांदा सुनमा सुगन्ध  

नाम्चेको वेसक्याम्पमा पर्यटकहरु सुस्ताउदै हिमाली दृष्यावलोकन तथा हिमाल आरोहणमा जानेहरुकालागि यो क्षेत्र मनमोहक लाग्छ नाम्चेमा सुविधाजनक होटलहरुको सुविधापनि पाइन्छ तुलनात्मक रुपमा यो क्षेत्र अली मंहगो हप्ता दश दिनको समयकालागि यो क्षेत्रको भ्रमण स्वर्णीम  लाग्नेछ

इलामको चियावारीमा चियाका पात टिप्दै कामदार नेपालको सुदुर पूर्पको जिल्ला इलाम पर्यटनकालगि प्रशिद्ध माइपोखरी कन्याम चियावारी यस क्षेत्रका प्रशिद्ध पर्यटकीय क्षेत्र हुन हप्तादिन लामो सुविधाजनक यात्राकालागि इलाम उत्तम रोजाइ हुन सक्छ

पहाडी राजमार्ग नेपालका पहाडी क्षेत्र भ्रमणमा निस्कनेहरु यस्तै नागवेली पहाडी मार्गवाट यात्रा गर्न पाइन्छ जापान सरकारले वनाइदिएको काठमाण्डौ सिन्धुली तथा वर्दीवास पुग्ने यो मार्ग पनि त्यस्तै रोचक राजमार्ग अन्तर्गत पर्छ

लहरै मिलेका गराहरु धान काटीसकेपछि गंहु रोप्नकालागि तयार पारिएका पंहाडका गराहरु पंहाडी जनजीवनका अभिन्न यस्ता गराहरु मूख्य खाद्यान्नका श्रोतपनि हुन

धर्तीकी शुन्दर मुगुकी रारा मध्यपश्चिमान्चलको विकट कर्णाली अन्चलको मुगु जिल्लामा पर्ने रारा ताल राजा महेन्द्रले २०२० सालमा राराको भमर्णका वेला यसको शुन्दरतावाट मोहित भएर रारालाइ धर्तिकै शुन्दर ताल भनेका थिए यो नेपालको सवैभन्दा ठूलो ताल पनि हो लागत अली वढेपनि यो भन्दा शुन्दर ठांउ नेपालमा कमै होलान हनीमुन मनाउनेहरुकालगि यो उत्तम विकल्प हुनसक्छ  

July 26, 2009

गोसाईकुन्डको मेला सुरु

 

हरेक बर्षझैँ यस बर्ष पनि गोसाईकुन्डको मेला सुरु हुनै लागेको छ।यस बर्ष करिव २५००० जनाले गोसाईकुन्डको दर्शन गर्ने अनुमान गरिएको छ। थुप्रै स्थानमा अस्थाई थर्पुहरु राखिएका छन।

 

यो उत्साहको बिच मुलखर्कको पहिरो कठिन चुनौति भएको छ। गोसाईकुन्डमा नुहाउनाले पापबाट मुक्ति पाईन्छ भन्ने विस्वाश गरिन्छ। समुद्र मन्थन गर्दा निस्केको कालकुट विष शेवन गर्दा भएको डाहलाई शान्त पार्न भगवान शिवले त्रिशुलले पहाड खोप्दा चिसो पानि निस्कियो र त्येहि पानि खाई विषको डाह शान्त पारेका थिए भन्ने पौराणिक कथन छ।

 

: हामि सबैले यो महान धार्मिक स्थलको भ्रमण गरि पुण्य कमाऔँ र आन्तरिक पर्यटनलाई प्रवर्दन गरौँ। गोसाईकुन्डमा सम्पुर्ण भक्तजनहरुलाई स्वागत छ।

July 21, 2009

आलमदेवीको ऐतिहासिक परिचय

डा. राजाराम सुवेदी
आलमदेवी शाही राजाहरूकी इष्टदेवी कुलदेवी हुन् । भारद्वाज गोत्र भएका र गोत्र परिवर्तन गरी काश्यपगोत्र भएका शाह वंशीयकी कुलदेवी आलमदेवी ऐतिहासिक पीठ भएकी शक्तिपीठ मानिन्छ । राजा भूपति राणाजी रावद्वारा ती देवीको स्थापना भएको मानिएको छ । चितौडगढबाट पहाडतिर धर्मरक्षार्थ र प्रजापालन गर्ने उद्देश्यले लागेका उनी रिडीको बाटो कारीकोट हुँदै लर्सघा पुगेका खान राजाहरूले आफ्नी कुलदेवीलाई आफ्नै संरक्षणमा राखेका थिए । आफू लर्सघा आई बासवसेको समयमा राती सपना भयो र व्यूझेर हेर्दा आफ्नी कुलदेवीको आलन -झण्डा ध्वजापर्गला) त्यही लोप भएको पाउँदा ज्यादै अपसकुन ठाने । तर देवीले सपनामा दिएको चेष्टा स्मरण भएपछि आलन लोप भएको ठाउँमा पीठको स्थापना गरी आकाशमा छत -छाना) नराखी विधिपूर्वक पूजा आराधना गर्न थाले । त्यसरी पूजाको आरम्भ गर्ने व्यक्ति पनि राजा भूपति राणाजीराव नै थिए । भूपाल राणाजीरावपछि राजा जैनखान वा खाँचाखान त्यसै ठाउँ वरपर नै बसे भने उनका छोरा सूर्यखानले लर्सघा छोडेर खिलुङदेखि पूर्वपट्ट पर्ने भीरकोटमा दरवार, कालीका मन्दिर, भैरवथान तथा किल्लावन्दी मजवुत गराउन लगाएका थिए । त्यसै समयबाट भीरकोट राज्यको स्पष्ट इतिहास प्रारम्भ भएको थाहा पाइएको छ । खाञ्चाखानका भाइ मीञ्चाखानले भने नुवाकोट -स्यागंजाकौ पुरानौ सदरमुकाम) मा आफ्नो छुट्टै ठकुर्राईको गठन गरेका कुरा इतिहासबाट स्पष्ट हुन गएको छ । जेठाभाइ खाञ्चाखानका सन्तानहरू भीरकोटबाटै विस्तार भए ।
            खाञ्चाखानका सन्ततिहरू भीरकोटबाट पृथक हुँदै गह्रौं र ढोर राज्यको स्थापना गरी राज्य गर्न थाले तापनि आलमदेवीलाई कुलदेवी मानी भाइहरूले साथै पूजा गर्ने परम्परा यथावतै रहेको थियो । त्यस्तै प्रकारले मिञ्चाका सन्तानले नुवाकोटबाट क्रमशः सतहुँ, कास्की, लमजुङ र गोरखा राज्यको जगेर्ना गरेका थिए । चितौढगढको राणजी राववंश नेपालको पहाडमा प्रवेश गरेपछि खान -मालिक) भन्ने पद धारण गरेका थिए ।त्यही खानवंश कास्कीमा पुगेर राजा जगतिखानले आफूलाई कुलमण्डन शाह भनी नाम र थरमा आधुनिकीकरण गरेको कुरा थाहा पाइन्छ ।
 आलमदेवी लर्सघामा प्रत्येक वर्षो देवालीमा नारायणहिटी राजदरबारबाट फूलपत्र, सगुन तथा दक्षिणा पठाउने पूर्ववत् परम्परा कायम रहेको छ । आफ्ना पुर्खाको स्थापित संस्कृति र सभ्यताको प्रतीकका रूपमा रहेकी आलमदेवीको पूजा अर्चनामा वर्तमान राजपरिवारबाट र भूपाल राणाजीरावका सन्तानले आस्थापूर्वक पूजा आराधना गरिआएका छन् । त्यस्ती कुलदेवी आलमदेवीलाई श्री ५ रणबहादुर शाहबाट मुलुकमा विजययात्रा सफल होस् भन्ने कामना गरी १५० मुरी गुठीखेत छुट्याई ताम्रपत्र अभिलेख उत्कीर्ण गर्न लगाएका थिए । पछि श्री ५ गीर्वाणयुद्ध वीरविक्रम शाहदेवबाट पनि उक्त गुठीको थमौती गरी विधिवत् लालमोहर गरिएको पाइन्छ । सोही गुठीको आम्दानीबाट हुने खर्चले आलमदेवीमाइको नियत्, नैमित्यिक र पर्वपूजा चलाई आएको पाइन्छ । हालैमा आएर आलमदेवीको गुठी जमीन कालीगण्डकीपरियोजनाले अध्रि्रहण गरेको कुरा पनि स्मरणीय छ । त्यस कार्यबाट अब उप्रान्त त्यहाँ पूजा सञ्चालनमा व्यवधान पर्ने संभावना देखिएको छ ।
            आलमदेवीको आराधना र भक्तिको परिणामस्वरूप त्यही शाहवंशको नेतृत्वमा वर्तमान नेपालको एकीकरण संभव भएको थियो । एकीकरण कार्यको सफलताबाट नेपालको शाहराजवंश र स्याङजा क्षेत्रका निवासी मात्र नभई नेपाल अधिराज्यका समस्त निवासीको गौरवको वस्तु बनेको छ । आलमदेवीको कृपाकटाक्ष र सुदृष्टि नपुगेको भए शाहवंशीय राजाहरूको नेतृत्वमा नेपालको एकीकरण संभव हुने थियो भन्ने कुरा भन्न गाह्रै पर्दछ । त्यसैले शाहवंशीय राजा र भूपाल राणाजीरावका सम्पूर्ण सन्तति तथा भक्तजनहरूले त्यस्ती वरदायिनी आलमदेवीलाई भाकलपूजा गर्ने गर्दछन् । वि.सं. २०५७ सालमा कुलदेवी श्री आलमदेवीको पूजा गरिएको थिएन । भनिन्छ २०५८ को दरवार हत्याकान्ड हुनुमा उक्त कारण पनि जिम्मेवार मानिन्छ । त्यसपछि भने देवीको वाषिर्क पूजा चलि आएको छ । नेपाली राष्ट्रियताको उत्प्रेरक पीठ मानिने आलमदेवीको पूजा परम्परामा सुधार गर्नु पर्ने देखिन्छ । हाल त्यहाँको मूल समस्या खानेपानीको अभाव हुनु र पूजा गर्न जाने, दर्शनार्थीलाई बस्ने पाटी पौवाको कुनै बन्दोवस्त नहुनु नै रहेको कुरा स्थानीय बासिन्दाको अवधारणा पाइन्छ ।
            गण्डकी अञ्चलको स्याङजा जिल्लातिरको रिडीको पूर्वीतट लर्सघानामक स्थानले वर्तमानकालीन नेपालका शाहराजाहरूका कुलदेवी रहनुले त्यस वंशको नेपालमा भएको राज्यस्थापनाको प्रमाणित गरेको छ । लर्सघाको डाँडामाथि प्रशिद्ध आलमदेवीको पुरानो मन्दिर रहेको छ । पहिले त्यो राजा जैनखानको दुर्गको रूपमा पनि आलमदेवीपीठ केही समयमा उपयोग गरिएको तर्क उक लेखको रहेको पाइन्छ । युद्धका प्रत्येक दुर्गमा दुर्गा भवानीको विजयध्वजा फहराउने प्राचीन आर्य परम्परा भएकाले विजयध्वजालाई स्थानीय भाषामा आलन वा आलम भनिएका आधारबाट आलमदेवी नामकरण गरिएको तर्क पनि त्यहाँ पाइन्छ । पछि त्यही आलमलाई देवीजोडी दुर्गा भवानी कालीकाको प्रतीकको रूपमा आलमदेवीलाई मान्यता गरिआएको कुरा पनि जानकारी हुन आएको छ ।
            स्याङजास्थित लर्सघाको डाँडामा विराजमान आलमदेवी खानशाहकी मात्र देवी नभई सम्पूर्ण देशविदेशमा छरिएर बसेका नेपालीहरूकी इष्टदेवी हुन् । लर्सघाकी आलमदेवी आन्टीका शाहखानहरूले विधिवत् कुलदेवीका रूपमा धुमधामले पूजागरी आएका छन् । आठै राज्यहरूमा आफ्नो राज्यस्थापना गरेपछि सम्बन्धित राज्यका राजा र राजपरिवारले आलमदेवीको प्रतीकमानी कालीकादेवीको मन्दिर निर्माण गरेको पाइन्छ । ती सबै देवीहरू उत्तिकै प्रख्यात छन् र तीमध्ये गोरखकालीको महिमा अन्तर्राष्ट्रिय तहसम्म पनि पुगेको पाइन्छ । आलमदेवीको नैमित्यिक अथाव वाषिर्कपूजा वैशाख शुक्लचतुर्दशीका दिनमा भइआएको पाइन्छ जसलाई नृसिंह चतुर्दशी पनि भन्ने गरिन्छ । त्यस तिथिको मध्यरातमा नृसिंह भगवानको वामपार्श्वमा श्रीलक्ष्मीको प्रादुर्भाव हुने गर्छ । त्यो कुरा तान्त्रिक पद्धतिमा उल्लेख गरिएको र त्यहाँ आधिकारिक रूपमा मास्की रानामगरले गरिआएको पाउँछौं । पूजाकार्यमा ब्रतवन्धछेवर गरेका तर विवाह नगरको, स्त्रीप्रशङ्ग सपना र विपनामा नगरेका कुमार केटालाई बनाउने प्रचलन छ ।
            आलमदेवीमा जानका निम्ति पाल्पा रिडीको बाटो र स्याङजा मिर्मिको बाटो गरी दुइतिरबाट जान सकिन्छ । अर्कोबाटो सिर्द्धार्थ राजमार्गको गल्याङ भञ्ज्याङबाट आँधीखोलाको बायाँतर्फलागी डाडैडाँडा बलाम भञ्ज्याङगुठी भञ्ज्याङ, जगत्रदेवी, वलाम जैपते, गुरुंदी, विर्घा र वैघा भएर लर्सघा पुगिने चलनको बाटो पनि छँदै छ । गल्याङ भञ्ज्याङबाट आलमदेवीसम्म ५ घण्टासम्म पैदल हिडी पुगिन्थ्यो । लर्सघाको डाँडा आग्नेयबाट वायव्यतर्फ फैलिएको र एउटै धुरीको आग्नेयको वैघा र लर्सघा भने वायव्पट्ट पर्दछ ।
            प्रशिद्ध लर्सघास्थित डाँडामा स्थापित आलमदेवी मन्दिर भने पनि त्यहाँ तला र छाना भएको मन्दिरका सट्टामा एउटा पुरानो किल्ला आकारमा चौगिर्दा पर्खाल निर्माण गरिएको छ । मन्दिर भएका ठाउँमा चारैतिरबाट चारपाटे चौपाटी वा चौतारी आकारको पेटी बनाइएको र बीचमा खाली छोडिएको छ । उक्त पर्खालको चौकुनामा चारवुर्जा र पश्चिम र दक्षिण्तिर गरी दुइवटा ढोका राखिएका छन् । त्यसै चौगीर्दा पर्खालभित्रमा मन्दिरभित्रको पटाहा -वरण्डा) सुरु हुन्छ । वरण्डाबाटै क्रमैसँग पेटीलाई उठाउँदै लगेर चौकुनामा बुर्जा राखिएको र चारैतिर चारवटा ढोका छन् । भित्रपट्ट अर्को पर्खाल लगाई त्यसभित्र बल्ल पूजाको चौको पारिएको छ । परम्परागत भनाई अनुसार सो पूजा गर्ने ठाउँमा सतीले अलपिएको भन्ने भनाई र भूपति राणजीरावले राखेको आलम नै अलप भएको भनेका लोक इतिहास सुन्न पाइन्छ । हाल त्यहाँ भीमसेनापती -धुर्सेली) को रुख सपस्थित रहेको छ र ध्वजापताका त्यसै रुखमा चढाउने प्रचलन रहेको छ । भीमसेनपातीको फेदमा एउटा पुरानो खाँडो जागेको घण्ट रहेको छ । बाहिरी पर्खालभित्र ठकुर्नी र भित्री पर्खालभित्र मगरकुमार पूजारीमात्र जान पाउँछन् । मगरहरूको कुलपूजा पनि आलमदेवीमा गर्ने परम्परा छ । पूजागर्दा ठकुरीको जेठो र मगरको जेठोबाट आरम्भ हुन्छ । त्यहाँ मेढो -भेडो थुमे) बलि दिइन्छ भने बाहिर राँगाको अनि पर्खाल बाहिर सुँगुरको त्यसरी विधिपूर्वक वर्षेनी देवालीका साथै हजारौं भाकलपूजा हुने गरेको छ ।
            चौबीसी राज्यकालमा आठटीका शाह खान ठकुरीहरूको राज्यकालमा उक्त आलमदेवीस्थान कस्तो अवस्थामा रहेको थियो भन्ने यथार्थ चित्रण पाउन सकिएको छैन । भीरकोटे राजा चक्रवर्तिखानका छोरा नाति पर्ने वंशज तारकबहादुर शाह पाल्यागौंडाका वडाहाकिम छँदा आलमदेवीस्थानको मर्मत गरी पुरानोलाई नयाँ ढाँचामा ल्याइएको थियो । त्यसपूर्व पनि धेरै पटक आलमदेवीस्थानको उद्धार र निर्माण कार्य गरिएकाले पुरानो स्वरूप हराउँदै छ । श्री ५ वीरेन्द्रको राज्यकालमा पनि प्रशिद्ध आकृतिमा आलमदेवीस्थानलाई सिंगारिएको थियो । हालमा काठमाडौँ गुहृयेश्वरीको आकृतिमा आलमदेवीस्थानलाई सिंगारिउको पाइन्छ । तर्सघास्थित श्री आलमदेवी स्थानबाट टुसाएको शाहखान राजवंशले नेपाल राष्ट्रको एकीकरण र धार्मिक समीकरण कार्य गरी नेपालको समृद्धि गरी आएको छ । नेपाल राष्ट्रको निर्माणमा शाहवंशको योगदान अतुलनीय रहेको कुरा इतिहाससिद्ध छ । जबसम्म नेपालमा संस्कृति, सभ्यता र इतिहासको संरक्षण हुन्छ तबसम्म नेपालको स्थायी अस्तित्व सम्भव छ । यसलाई नष्ट पार्ने तत्त्वहरू मुलुकभित्र पस्न थालेका छन् । त्यस्ता वैरी र विषबोकेर आएकालाई परास्त गर्न हतियारले संभव नभई आलमदेवी जस्ता प्रशिद्ध वरदायिनी देवीको पूजा परम्परालाई निरन्तर राख्न सकियो भने नेपाली प्राचीन वैज्ञानिक संस्कृतिको रक्षा भई मुलुकको समुन्नति हुने कुरामा कुनै शंका रहँदैन । हाम्रो मुलुकमा आलमदेवी जस्तै धेरै प्रशिद्धपीठ र स्थानहरू रहेका छन् ।
(डा. सुवेदीले स्थलगत रुपमा आलमदेवीको भ्रमण गरी तयार पार्नु भएको यो सामाग्रीमा प्राविधिक कारणवस तस्वीर प्रकाशन गर्न सकिएन । तंपाइसंग आलमदेवीको तस्वीर भए कृपया तलको इमेल  pandeysum@gmail.com मा पठाइ सहयोग गरीदिनु होला।)

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com