October 28, 2009

मालुंगामा घांस बेचेर शिक्षकलाइ तलव

स्याङ्जाको मालुङ्गा गाउँ विकास समिति वडा नं ८ मा रहेको सार्वजनिक उच्च माध्यामिक विद्यालयले विद्यालय हाताभित्र रहेको घाँस र फलफूल वितरणबाट शिक्षकलाई तलब दिदैँ आएको छ । घाँस तथा फलफूल विक्रिबाट वर्षेनी ५०/६० हजार आम्दानी हुने र त्यसबाट निजी स्रोतका २ शिक्षक र २ परिचरलाई तलब दिदै आएको विद्यालयका प्राचार्य चुरामणि पाण्डेले जानकारी दिनुभयो ।

पाल्पाको यम्घा गाउँ विकास समिति स्याङ्जाका श्रीकृष्ण गण्डकीलगायतका गा.वि.स.बाट विद्यार्थीहरु पढ्न आउने त्यस विद्यालयलाई यस वर्षबाट प्रस्तावित बहुमुखी क्याम्पस बनाईएको र त्यही आम्दानी बाट शिक्षकहरुलाई तलब दिईएको समेत उहाँले बताउनुभयो । वि.सं.२०३६ सालमा मा.वि २०६० मा उच्च मा.वि साचालन गरेको त्यस विद्यालयले यसवर्षदेखि बहुमुखी क्याम्पस साचालनमा ल्याएको छ ।

July 19, 2009

काल आएपछि !

काल पनि कस्ता कस्ता हुन्छन । काल आएपछि कसैले रोक्न सक्दो रहेनछ भन्ने सावित भएको छ रुकुममा । रुकुममा खसीले हानेर एकजनाको ज्यान गएको छ । घरपालुवा खसीको आक्रमणबाट आठविसकोट गाविसको वडा नम्वर २ का ४९ वर्षिय कर्णबहादुर केसीको उपचारका क्रममा आज मृत्यु भएको हो ।

रुकुममा खसीले हानेर एकजनाको ज्यान गएको छ । घरपालुवा खसीको आक्रमणबाट आठविसकोट गाविसको वडा नम्वर २ का ४९ वर्षिय कर्णबहादुर केसीको उपचारका क्रममा आज मृत्यु भएको हो ।

गएको २८ गते खलंगा गाविसको शान्तिटोलमा स्थानिय रत्नबहादुर मल्लले पालेको खसीले हानेर घाईते भएका केसीको उपचारको क्रममा हिजो ज्यान गएको हो । उता प्यूठानमा भीरबाट लडेर शिक्षकको ज्यान गएको छ । बादीकोट स्थित बलभद्र माविमा कार्यरत ४० बर्षिय शिक्षक ज्ञानेन्द्र केसीको हिजो भीरबाट लडेर ज्यान गएको प्यूठान प्रहरीले जनाएको छ ।

February 26, 2009

ज्ञानेन्द्र भारत उडे

सधैं दौरासुरुवाल र ढाका टोपीमा सजिएर विदेश भ्रमणमा निस्कने पूर्वराजा ज्ञानेन्द्र नागरिक भएपछि सुटटाइमा विदेश प्रस्थान गरेका छन्। गणतन्त्र घोषणापछि नारायणहिटी छाडेका ज्ञानेन्द्र पहिलो पटक छिमेकी मुलुक भारत गएका हुन्। मध्यप्रदेशको भोपालस्थित राजखानदान करण सिंहकी नातिनीको विवाहको निम्तो मान्न पूर्वरानी कोमल, निजी सचिव सार तिमिल्सिना र अंगरक्षँक महेश चन्द ठकुरीसहित उनी बुधबार नयाँ दिल्ली उडेका छन्। जेट एयरवेजको विमानबाट सवा ४ बजे दिल्ली हिँडेका ज्ञानेन्द्र आज बिहीबार विवाहमा सरिक हुनेछन्।

लामो समयदेखि भारतका कांग्रेस आई, भाजपालगायतका मुख्य पार्टी नेतासँग भेट गर्ने आकांक्षा राखेका ज्ञानेन्द्रले मध्यप्रदेश दिल्लीलगायत स्थानमा उच्चस्तरीय नेतासँग भेट गर्ने भएका छन्।विशेष गरी भारतका ठूला व्यापारी र राजनीतिज्ञसँग भेट गर्ने कार्यक्रम तय भइसकेको छ’ दुइ साता लामो भ्रमण तय गरे पनि लामो समयसम्म उतै रहनेछन्’, स्रोतले भन्यो।  ज्ञानेन्द्रले जोधपुरस्थित राजस्थानी राजकुमारीको भव्य होटलमा बस्ने र भेटघाट गर्ने कार्यक्रम रहेको छ’ -स्रोतले भन्यो।

ँनिर्मलनिवासबाट बाहिरिँदा पूर्वराजारानीले साइत पूजा गरेका थिए। पूजाविधिका कारण पूर्वराजारानी निर्धारित समयभन्दा केही ढिला विमानस्थल पुगेका हुन्’ -स्रोतले भन्यो। ३४५ बजे तय भएको समय करिब आधा घन्टा ढिलो भएको थियो।

पूवराजालाई स्वागत गर्न राजावादीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलद्वारदेखि नै लामबद्ध थिए। विमानस्थलको विशिष्ट कक्षमा पुग्न हम्मे परेका ज्ञानेन्द्रलाई सञ्चारकर्मीले प्रश्न गर्दा केही उत्तर दिन चाहेनन्, हाँसे मात्र। निधारमा लामो रातो टीका र रातो टाइलगाएका पर्ूवराजा ज्ञानेन्द्र हषिर्त देखिन्थे।

October 31, 2008

ट्राफिक समस्या पूर्णरुपमा समाधान हुने

काठमाडौंको फुटपाथ ब्यापार समस्या समाधानका लागि सरकारले बनाएको आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ । आयोगका संयोजक काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले दुई साता लगाएर तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई उनको निवास बालुवाटारमा कार्तिक १३ गते भाईटिकाको दिन बुझाएका हुन् ।

आफ्नो प्रतिवेदन लागु भए काठमाडौंको ट्राफिक समस्या डेढ वर्षमा समाधान हुने तथा दुघंटना कम हुने स्थापितले दावी गरे ।
प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएपछि संचारकर्मीहरुसँग कुरा गर्दै स्थापितले प्रतिवेदनबाट प्रधानमन्त्री उत्साहित भएको उल्लेख गरे । आफ्नो प्रतिवेदनमा राजधानीको सौन्दर्य बढाउने उपाय देखाइएको पनि स्थापितले जानकारी दिए ।

August 31, 2008

म्यान पावर कम्पनीका नाममा मानव तस्करी

कतारमा म्यान पावर कम्पनीका नाममा मानव तस्करी भइरहेको छ । तस्करीमा त्यहाँका ठूलाबडा नेपाली नै सक्रिय रहेका छन् । छोटै समयमा करोडपति बन्न सफल ती नेपाली मानव तस्करहरूले कतारमा श्रमिक सप्लाई गर्नका लागि त्यहाँका निर्माण कम्पनीबाट सेवा शुल्कवापत नेपालबाट कतार जाने हवाई टिकटका साथै अन्य खर्चवापत प्रति व्यक्ति एक लाखदेखि ढाई लाखसम्म रकम पाउने गरेका छन् ।

नेपाली जनप्रगतिशील मञ्च कतारस्थित नेपाली श्रमिकहरूको साझा सामाजिक संगठन हो र यो संगठन कतारस्थित नेपालीहरूको हक र हितका लागि केही वर्षदेखि क्रियाशील छ । संगठनले दोहास्थित नेपाली राजदूतावासको समेत सहयोगमा धेरै नेपालीहरूको उद्दार गरेको छ र ती मानवतस्करहरूले ठगी गरेको रकम फिर्ता गराउने र उनीहरूलाई न्याय दिलाउने काम पनि गर्दै आएको छ । यी मानव तस्करमध्येको प्रमुखका रूपमा कतारमा क्रियाशील व्यक्ति हुन सागर नेपाल ।

 उनी नेपालबाट कतारमा नेपाली लगेर उनीहरूलाई बन्ध वा मजदुरका रूपमा बिक्री गरेर करोडौं रुपैयाँ कुम्ल्याउने काममा सफल हुँदै आएका छन् । नेपाली युवकहरूलाई कतारमा लगेर तस्करी गर्ने मात्र होइन, उनी मकाउ पठाउने र मासिक एक लाखसम्म तलव दिने भनी प्रलोभन देखाएर एकजनाबाट ४ लाखसम्म ठगीे गर्ने गर्दछन् । उनी कतारबाट प्रकाशित हुने कान्तिपुरका प्रमुख हुन् र उनले त्यहाँबाट प्रकाशित हुने कान्तिपुरलाई आफ्नो कालोधन्दा छोप्ने पर्दाका रूपमा प्रयोग गर्दै आएका छन् ।

यहाँबाट प्रकाशित कान्तिपुरका हरेक अंकमा मकाउ जाने नेपालीका लागि सुवर्ण अवसर भएको विज्ञापन प्रकाशित भएको पढ्न पाइन्छ । सागर नेपालको यो मानव तस्करीको लागि नेपाली जनप्रगतिशील मञ्च र दोहास्थित नेपाली राजदूत ठूलो अवरोध भएको हुनाले जनप्रगतिशील मञ्चलाई तहसनहस पार्ने र महामहिम राजदूत डा. सूर्यनाथ मिश्रलाई नेपाल फिर्ता बोलाउने कसरतमा लागेका छन् । तर उनी त्यो काममा अहिलेसम्म सफल हुन सकिरहेका छैनन् । कतारमा प्रभाव जमाएर बसेको सागर नेपालले नेतृत्व गरेको मानव तस्करी गिरोहमाथि अविलम्ब नियन्त्रण गरी उनलाई देशभित्र ल्याउन सरकारले कतार सरकारसमक्ष माग गरी राजदूतावासमार्फत कारबाही चलाउनुपर्दछ भन्ने कतारस्थित आमनेपाली श्रमिकहरूको जोडदार माग रहेको छ । विश्वास छ, सरकारले यी मानव तस्करलाई नेपाल फिर्ता गरी नेपाली युवकहरूको तस्करीलाई रोक्ने काममा तत्परता देखाउने छ । - कतारका नेपालीहरु

August 3, 2008

राजालाई सयौं बोतल मदिरा उपहार

प्रशान्त महासागरको दक्षिणमा पर्ने राष्ट्र तोंगाका बासिन्दाले राजा सिओरी तुपोउ पाँचौंलाई दर्जनौं सुँगुर, फलफूलका टोकरी र सयौं बोतल मदिरा उपहार दिएका छन् । राज्याभिषेको अवसरमा राजालाई ती उपहार दिइएको हो ।

राजा तुपोउ आफ्ना बाबुको निधनपछि दुइ वर्षअघि राजा बनेका थिए । राज्याभिषेकमा भाग लिन टोंगाका चारवटै द्वीपबाट दुइ सयभन्दा बढी भद्रभलाद्मी भेला भएका थिए । स्नातकसम्म अध्ययन गरेका राजा तुपोउ राजा हुनुअगाडि व्यापारी थिए । टोंगामा १७ शताब्दीदेखि राजतन्त्र चल्दै आएको छ ।

राज्यभिषेकको पहिलो कार्यक्रम परम्परागत मदिरा खाने थियो । त्यस बेला राजाले सेतो रेशमी पोसाक ‘ताओभुला’ लगाएका थिए । पहिलो गिलास मदिरा राजाले खाएपछि उत्सव सुरु भएको थियो । राजालाई विभिन्न समुदायका मुखियाले बधाइ दिँदै मदिरा र सुँगुर टक्र्याएका थिए ।

सन् २००६ को नोभेम्वरमा हिंसामा फसेको टोंगाका पूर्वराजाको त्यही वर्ष निधन भएको थियो । त्यस बेला आठजनाको मृत्यु भएको थियो भने राजधानी नुकुलोफा जलेर नष्ट भएको थियो । एक लाख १५ हजार जनसंख्या रहेको टोंगा कहिल्यै उपनिवेश थिएन । राज्याभिषेकको अवसरमा राजा तुपोउले सन् २०१० मा संसदीय निर्वाचन गराउने घोषणा गरेका छन् । त्यसपछि राजा नवनिर्मित राजदरबारमा प्रवेश गरेका थिए ।

राजालाई उपहार दिइएका ७५ वटा सुँगुर, दर्जनौं टोकरी फलफूल र मदिरा राजाले सबैलाई वितरण गरेका थिए । समानता र भ्रातृत्व देखाउन यहाँ उपहार बाँड्ने प्रचलन छ ।

July 29, 2008

उपेन्द्र यादवलाई खुला पत्र

उपेन्द्र यादवलगायत ‘मधेसवादी’ भनिने दलका प्रमुख सभासद्ले राष्ट्रवादका नाममा हिन्दी भाषामा शपथ खानुभएका उपराष्ट्रपति परमानन्द झाको धम्कीपूर्ण भाषामा समर्थन गर्नुभएको छ । मधेसवादी सभासद्ले जुन सन्दर्भमा समर्थन गर्नुभएको छ, त्यो भारतको राजधानी दिल्लीनिकट पश्चिमी उत्तरप्रदेशमा बोलिने खडी हिन्दी बोलीको सिँगारिएको रूप हो । उपराष्ट्रपतिको शपथको विरोध भइरहेका बेला हिन्दी भारतको राष्ट्रिय भाषा कसरी बन्न पुग्यो, त्यो जान्न जरुरी छ । भारत स्वतन्त्र हुनुभन्दा अगाडि भारतको सरकारी कार्यालयमा उर्दू भाषा प्रयोग हुन्थ्यो । मुस्लिम लिग उर्दूलाई राष्ट्रिय भाषा बनाउन चाहन्थ्यो भने कांग्रेसचाहिँ हिन्दी र उर्दू मिश्रणले बनेको हिन्दुस्तानी नामकरण गरिएको भाषा राष्ट्रिय भाषा बनाउन चाहन्थ्यो । हिन्दी र उर्दूको विवादले गान्धीजीले १९४५ मा हिन्दी साहित्य सम्मेलनबाट त्यागपत्र दिनुभएको थियो ।

१९४७ मा जब भारत विभाजित भयो, तब हिन्दी साहित्य सम्मेलनले हिन्दीलाई राष्ट्रिय भाषा बनाउनुपर्छ भन्ने संकल्प प्रस्ताव पारित गर्‍यो । संविधानसभाको राष्ट्रिय भाषासम्बन्धी मूल अधिकार उपसमितिले प्रारूप तयारी गरी राष्ट्रिय भाषा हिन्दी वा हिन्दुस्तानी र लिपिमा देवनागरी वा फारसीमा लेखिने हो भनी संविधानसभामा प्रस्तुत गर्‍यो । दुई सय ९८ सदस्य संविधानसभामा दुई सय आठ कांग्रेसी सभासद् थिए, कांग्रेसका अधिकांश सदस्य हिन्दी भाषा र देवनागरीको लिपिका पक्षमा भएकाले हिन्दीको पक्षमा ६३ र हिन्दुस्तानीका पक्षमा ३२ मत पर्‍यो । देवनागरी लिपिका पक्षमा ६३ र विपक्षीको १८ मत खस्यो । फलस्वरूप हिन्दी र देवनागरी लिपि भारतका राष्ट्रिय भाषा र लिपि बन्न पुगे । स्मरण होस्, हिन्दुस्तानी भाषाका समर्थक जवाहरलाल नेहरू, मौलाना आजाद र सरदार पटेल थिए । भारत विभाजन नभएको भए हिन्दी कुनै पनि हालतमा भारतको राष्ट्रिय भाषा र लिपि बन्ने थिएन । मौरिसस स्वतन्त्र भएपछि सर शिवसागर रामगुलाम मरिससका प्रथम राष्ट्रपति भए, उनले हिन्दी तथा भोजपुरीमा शपथग्रहण गरेनन्, जब कि मौरिससको जनसंख्याको ५२ प्रतिशत भारतीय मूलका छन् -अधिकांश भोजपुरी र अवधीभाषी) । त्यसैले उपेन्द्र यादवलगायत तमाम हिन्दी भाषाप्रेमीमा गणतन्त्रमय नेपालमा धम्की, हैकम होइन, लोकतान्त्रिक पद्धति अवलम्बन गरौं भन्ने मेरो विशेष आग्रह छ ।
अमरदीप मोक्तान
डाँडाखर्क, दोलखा

माओवादी र एमाले सहकार्य हुने

नयाँ सरकार गठनका लागी माओवादी र एमाले सहकार्य नजिक पुगेका छन् । हिजो २५ दलको वैठकपछि छुट्टै रुपमा गोप्य छलफल गरेका ती दुइ दलविच अहिले पनि छलफल जारी रहेको छ । सरकार गठनको प्रक्रियाका विषयमा अहिले नेकपा माओवादी र नेकपा एमालेका शिर्षनेतृत्व विच छलफल भइरहेको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भइरहेको छलफलमा र्सार्क सम्मेलन अघि नै सरकार गठन, माओवादी र एमाले विचको सहकार्यका विषयमा छलफल भइरहेको नेताहरुले जनाएका छन् । एमाले नेता भीम रावलले सरकार गठन प्रक्रिया र सबैको समान सहभागीताका विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

माओवादी नेता मोहनवैद्य किरणले र्सार्क सम्मेलन अघि नै सरकार गठनको गर्न आज देखि औपचारीक छलफल शुरु गरेको जानकारी दिनुभयो । एमाले सँग छलफल भएपछि अरुदलहरु सँगपसिन सयूक्त र छुट्टा छुट्टै छलफल हुने उहाँले जानकारी दिनुभयो ।

स्रोतका अनुसार माओवादी र एमाले दुइदलको सहकार्यमा मात्रै सरकार गठन गर्नेपनि छलफल भइरहेको छ । माओवादीले आज सयूक्त र छुट्टा छुट्टै छलफल गरेर सरकार गठनका वारेमा पहल शुरु गरिएको जनाएको छ ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com