ह्याप्पी कृष्णास्टमी
"जसलाइ श्रुति र वेदहरु सवैले अनादि र अनन्त वताउंछन । नारद, शुकदेव र व्यासजस्ताले जति खोजेपनि पार पांउदैनन । त्यस्ता कृष्णलाइ ग्वाला युवतीहरुले ठेकीभरी मोहीकालागि नचाउछन ।"
आज कृष्णास्टमी । अर्थात विचित्रका भगवान श्रीकृष्ण जन्मेको दिन । धर्मले की त अनुशासन दिन्छ की त वन्धन । तर यस्तो जगतमा श्रीकृष्णमात्र यस्ता भगवान हुनुहुन्छ जसले जगतमा जीवन आनन्द र उत्सवका एक मात्र आशा हुनुहुन्छ । कृष्ण वाहेकका सबै अवतारी पुरुष या त व्रम्हचारी छन या त कठोर एक पत्नीव्रत । श्रीकृष्णका आठ मुख्य रानी र र्सया गोलेनीहरु पटरानी छन ।
गीताको दशौ अध्यायमा भगवान श्रीकृष्ण भन्नुहुन्छ अदितिहरुका पुत्रहरुमा म विष्णु हु, वेदहरुमा सामवेद हुं, इन्द्रियहरुमा मन, वृक्षमा पिपल, देवर्षीहरुमा नारद र नदीहरुमा गंगा, देवताहरुमा कामदेव मै हुं । यस्ता अद्भुत कृष्णको जन्मको पावन अवसरमा तमाम विर्घा व्लगका पाठक शुभेच्छुकहरुमा हार्दीक मंगलमय शुभकामना । जीवन जीउने कला कृष्णवाट मिलोस भन्ने सदिक्षा सहित ।