April 11, 2009

उपनिर्वाचनको मत परिणाम प्राप्त

धनुषा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन्। उनले १३ हजार २ सय ३० मत प्राप्त गरेका छन्। उनको निकटतम प्रतिद्वन्द्वी तराई मधेश लोकतान्त्रिक पार्टीका श्रीकृष्ण यादवले १२ हजार १ सय ८९ मत प्राप्त गरेका छन्। 
 रामवरण यादव  राष्ट्रपतिमा विजयी भएपछि खाली भएको सो स्थानमा भएको उप निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार तथा राष्ट्रपति पुत्र चन्द्रमोहन यादव भने तेस्रो स्थानमा रहेका छन्। उनले ६ हजार २९ मत प्राप्त गरेका छन्।

कास्की क्षेत्र नž १ मा माओवादी उम्मेदवार कृष्ण गुरुङ नेपाली काग्रेसका उम्मेदवार दीपक गुरुङ भन्दा मात्र ३२ मत बढी ल्याएर विजयी भएका छन्।
कृष्णको १२२५७ मत आएको थियो भने दीपकको १२२२५ मत आएको थियो। एमालेका शालिकराम पौडेलको भने ११११८ मत आएको थियो।

कास्कीको लेखनाथ नगरपालिका १३ को जनपाको चौतारोस्थित व्रम्हरुपा मावी केन्द्रको बुथमा कांग्रेसको भोट शून्य भएपछि उत्पन्न विवादका कारण २ घन्टा मतगणना स्थगित भई पुन: गणना भएको थियो।

निर्वाचन आयोगका प्राविधिकहरुले मेसिनले झुट नबोल्नेबारे आफूहरुलाई कन्भिन्स गराएकाले पुन: गणनाका लागि सहमत भएको कास्की काग्रेसका सभापति यज्ञबहादुर थापाले बताएका थिए। 

यसैगरी संविधानसभाको उपनिर्वाचनमा मोरङ ७ मा नेपाली कांग्रेसका डा. शेखर कोइराला विजयी भएका छन्। कञ्चनपुर-४ मा एकीकृत नेकपा माओवादीका हरिश ठकुल्ला (कमल क्षेत्री) र मोरङ- ५ मा मधेशी जनअधिकार फोरमका जयराम यादव विजयी भएका छन्।
मोरङ  मा कोइरालाले १२०६१ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी फोरमका उम्मेदवार चुमनारायण तवदारले ११३९० मत ल्याएका थिए। एकिकृत नेकपा माओवादीका विजय थारु तेस्रो स्थानमा र एमालेका विनोद ढकालले चौथो स्थानमा रहे।
कोइराला यसअगाडि संविधानसभामा सोही निर्वाचन क्षेत्रमा मधेसी जन अधिकार फोरमका विजय गच्छदारसँग पराजित भएका थिए।

मोरङमा ५ मा १३ हजार ८ सय ११ मत ल्याई फोरमका जिल्ला अध्यक्ष समेत रहेका जयराम यादव उपनिर्वाचनमा विजयी बनेका हुन्। उनका समर्थक र सहयोगीहरुले शनिबार बिहानैदेखि नै खुशीयाली मनाइरहेका छन्।

संविधानसभाको निर्वाचनमा उक्त क्षेत्रबाट फोरम अध्यक्ष उपेन्द्र यादव विजयी भएका थिए। उनका प्रतिद्वन्दी एकिकृत नेकपा माओवादीका शिवकुमार मण्डलले ८३३१ मत, काग्रेसका जगन्नाथ सिंहले ५५४४ मत, तमलोपा उमेस गिरीले २८०१ मत र एमालेका जिवन घिमिरेले ३५७० मत ल्याएका छन्।

संविधानसभाको उपनिर्वाचन मोरङको दुवै क्षेत्रमा शुक्रबार शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो। यस्तै दुवै क्षेत्रमा ५० दशमलव ६८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय मोरङले जनाएको छ । मोरङ क्षेत्र नम्बर ५ मा ६७ हजार तीनसय ९७ मतमध्ये ३९ हजार पाँच सय ५८ मत खसेको छ । क्षेत्र नम्बर ७ मा ७१ हजार नौ सय ९३ मतदातामध्ये ४१ हजार ८८ मत खसेको छ।

April 8, 2009

सिरानीमै नेट

मेरो सिरानी र माउसको दुरी वरावर भएको छ । अनेक पटकका वाचापछि आजवाट मेरो आफ्नै अोच्छ्यानमा वसेर व्लग अपडेट गर्ने सपना साकार भएको छ । यूटीयलको अनलिमिटेड नेट सर्भिस मेरो पहुच भित्र आएपछि यता तातो चिया खादै व्लग अपलोड गर्दै गरेको छु । केही दिन अगाडी यो सेवा लिएपनि सफ्टवेयरको समस्याका कारण प्रयोग गर्न सकेको थिइन । मित्र भिमजीले यो कनेक्ट गरिदिएपछि अव तपाइ र म साच्चै नजिक भएका छौ ।
आफु सुत्ने खाटमा वसेर कम्प्युटरको माउस चलाउनुको मजा वेग्लै हुदो रहेछ । जुन मैले अनुभूत गरिरहेको छु । नेपालमै वसेर केही गर्नु पर्छ  भन्ने मानयता राखेर मुलुक छोड्न अल्छी गर्ने म जस्तालाइ मुलुकको दुर्दशा र प्रविधीमा पंहुच नपुग्दा पर्नु पिर पर्दो रहेछ । खैर अरु समस्या त समाधान हुदै जालान अहिलेलाइ यो नेटको किचलो र वत्तिको प्रव्लम भने केही हदसम्म सामाधार गरेको छु । मेरो उत्साहमा उर्जा थप्ने आखिर तंपाइहरुनै हो क्यार हेरौ तंपाइका सम्झनाहरु कत्तिको दोहोरिन्छन ।

November 23, 2008

माओवादीमा अझै विद्रोहको धङधङी

नेकपा माओवादीका सचिवालय सदस्य नेत्रविक्रम चन्द विप्लवले अध्यक्ष प्रचण्डको प्रस्ताव सुधारवादी भएको आरोप लगाउँदै सशस्त्र व्रि्रोह गरी जनगणतन्त्रमा जानुपर्ने बताउनुभएको छ । सशस्त्र व्रि्रोहका लागि जनसेनालाई समायोजन नगरी सुदृढ गर्दै लैजानु पर्नेमा उहाँले जोड दिनुभएको छ । माओवादी नजिकको पत्रिका जनदिशामा आज प्रकाशित हाम्रो पार्टी प्रमुख मतभेद शर्कको लेखमा विप्लवले प्रचण्डको राजनीतिक कार्यक्रम, रणनीति र कार्यनीति सुधारवादी भन्दै प्रचण्डको कार्यक्रम अनुसार अघि बढे पार्टुधारवादको दलदलमा फस्ने दावी गर्नुभएको छ ।

 विप्लवले सशस्त्र व्रि्रोहमा जोड दिदै भन्नुभएको छ- नेपाली क्रान्तिको विशेषता अहिले पनि अनिवार्य त सशस्त्र नै हुनेछ र त्यसरी मात्र क्रान्ति सम्पन्न गर्न सकिनेछ । त्यसका लागि जनसेनालाई समायोजन होईन सुदुृढ गर्नुपर्छ । खास समयमा मात्र शान्तिपण् विकासको संभावनालाई स्वीकारेको भन्दै उहाँले क्रान्ति शान्तिपूण् रुपमा हुन नसक्ने जिकिर गर्नुभएको छ ।

राष्ट्रिय कार्यकर्ता भेला चलिरहँदा पार्टीभत्रको विवाद र्सार्वजनिक गर्दै विप्लवले पार्टीभत्र अहिले राजनीतिक कार्यक्रम,कार्यदिशा, कार्यनीति र कार्ययोजनामा मतभेद केन्द्रित रहेको उल्लेख गर्नुभएको छ । प्रचण्डले लोकतान्त्रिक गणतन्त्रमै बस्ने कार्यक्रम पेश गरेपछि किरणले जनगणतन्त्रको प्रस्ताव ल्याएको पनि दावी गर्नुभएको छ ।

November 21, 2008

माओवादी कार्यकर्ता भेला शुरु

नेकपा माओवादीको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि शुरु हुँदैछ । भेलामा केन्द्रीय समितिको वैठकले निस्कर्षनिकाल्न नसकेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संगठन फाँट प्रमुख मोहन वैद्य किरणको छुट्टा छुट्टै प्रतिवेदन पेश हुनेछन् ।

लगातार ५ दिन सम्म्म जारी केन्द्रीय समितिको वैठकले प्रतिवेदनको निस्कर्ष निकाल्न नसकेपछि दुइओटै प्रतिवेदनबारे राष्ट्रि भेलाकार्यकर्ता भेलामा छलफल हुनेछ । तर भेला अघि दुइओटा प्रतिवेदनको एउटै निस्कर्षतयार गर्न केन्द्रीय समितिको वैठक भने बसिरहेको छ । भत्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा जारी वैठकमा केन्द्रीय समितिका सदस्यहरुले राखेका भनाइका आधारमा प्रतिवेदन माथीको निस्कर्षनिकालीने गरी छलफल भइरहेकोछ छ ।

प्रतिवेदनमा निस्कर्षननिस्कीए राष्ट्रिय भेलाले टुङगो लगाउने गरी दुइओटै प्रतिवेदन भेलामा पेश गरिने माओवादी नेता दिनानाथ शर्माले जानकारी दिनुभयो । लोकतान्त्रीक गणतन्त्रलाई सस्थागत गर्दै संविधान निमार्ण्र्ल कार्यदिशा बनाइएको अध्यक्ष प्रचण्डको प्रतिवेदनप्रति असहमति जनाउँदै संगठन फाँट प्रमुख वैद्यले छुहिजो नै शुरु हुने तय गरिएको राष्ट्रिय भेला आजका लागी सारिएको थियो भने आजपनि प्रतिवेदन पेश गर्नु भएको छ । केन्द्रीय समितिको वैठक जारी रहेकाले भेला शुरु हुने समय भने एकिन भइसकेको छैन् । माओवादी केन्द्रीय सदस्य दवेन्द्र पौडेल सुनिलले भने ११ बजे सम्म् भेला शुरु भइसक्ने जानकारी दिनुभयो ।

भेलामा केन्द्रीय समितिका सदस्य, विभिन्न् विभागका नेताहरु, ११ ओटा राज्यसमितिका सदस्यहरु, विभिन्न सैनिक डिभिजनबाट गरी १२ सय भन्दा बढीको सहभागीता रहनेछ । भेलाका सहभागीहरुलाई संविधान सभासद, मन्त्रीहरुलाई ब्यावस्थापन गर्ने जिम्मेवारी दिइएको छ । विद्युत प्राधिकरणको भवन बाहिर पाल टागेर बनाइएको ठाउँमा भेला शुरु हुनेछ ।

August 15, 2008

माओवादी अध्यक्ष दाहालको विजय निश्चित

संविधानसभा चुनावको चार महिनापछि शुक्रबार नयाँ प्रधानमन्त्रीका लागि चुनाव हुँदै छ । लामो समयको कसरतपछि पनि सहमतिको राष्ट्रिय सरकार गठन गर्न दलहरू असफल भएपछि साउन ३१ मा प्रधानमन्त्रीका लागि चुनाव हुन लागेको हो ।
प्रधानमन्त्री पदमा नेकपा एमाले र मधेसी जनअधिकार फोरमको र्समर्थनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बन्नु भएको छ ।

नेपाली कांग्रेसको तर्फबाट भने प्रधानमन्त्री पदका लागि वरिष्ठ नेता शेरबहादुर देउवाले उम्मेद्वारी दिनुभएको छ । संविधानसभाका ठूला चार दलमध्ये तीन दल एकै ठाउँमा उभिएपछि माओवादी अध्यक्ष दाहालको विजय निश्चित देखिएको छ । माओवादी, एमाले र फोरमबीच हिजै सत्ता सहकार्यका लागि सात बुँदे सहमति भएपछि दाहालले साझा उम्मेद्वारी दिनुभएको हो ।

संविधानसभामा माओवादीका २ सय २७, एमालेका १ सय ८ र फोरमका ५२ सभासद रहेका छन् । कांग्रेसले भने माओवादीले सम्झौता पालना नगरेको र रक्षा मन्त्रालय माओवगादी बबाहेकका पार्टीलाई नदिएको भन्दै माओवादी नेतृत्वको सरकारमा नजाने र आफ्नै उम्मेद्वारी दिने निर्णय गरेको हो ।

आज दिउँसो १ बजे संविधानसभामा मतविभाजन प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री जित्नेले संविधानसभाको साधारण बहुमतका लागि चाहिने २ सय ९८ मत ल्याउनुपर्नेछ । मत विभाजन प्रक्रियामा सभासदहरूले आ-आफ्ना उम्मेद्वारको पक्षमा सही गर्नेछन् ।

August 8, 2008

“माओवादीको नेतृत्वमा सरकार बन्ने सम्भावना समाप्त”

माओवादीको नेतृत्वमा सरकार गठनको चर्चा चलिरहँदा माओबादीका एक वरिष्ठ नेताले कांग्रेस र विदेशी शक्तिकेन्द्रहरुको षड्यन्त्रका कारण माओवादीको नेतृत्वमा सरकार बन्ने सम्भावना समाप्त भएको भन्दै आफूहरु सरकारमा नजाने बताएका छन् । 

राजधानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै माओबादीका बरिष्ठ नेता मोहन वैद्य किरणले राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने अवस्था नभएकाले आफ्नो दल प्रतिपक्षमा बसेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सक्रिय हुने बताउनु भएको छ ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला स्वयं सरकारको नेतृत्व गर्न अगाडि बढेकाले सरकार बनाएर देखाउन चुनौती दिदै माओवादी वाइपास गरेर जान खोजे मुलुक संकटमा फस्ने दाबी गर्नुभयो ।

नेपाली कांग्रेसले देशलाई दुर्घटनामा पुर्‍याउन लागेको आरोप लगाउंदै किरणले अरुको नेतृत्वमा बन्ने सरकारमा आफूहरु कुनै हालतमा सहभागी नहुने बताउनुभयो । माओवादी अध्यक्ष प्रचण्डले जनसेनाका सर्वोच्च कमाण्डर छाड्नुहुन्छ भन्ने प्रश्नमा उहांले भन्नुभयो,’माओवादी नेतृत्वमा सरकार बनाउन सहमति भए सर्वोच्च कमाण्डर छाड्ने विषय ठूलो कुरा हैन ।’

उहांले आफ्नो दल सहमतिको सरकार बनाउन राष्ट्रपतिले गरेको आव्हानको समयसीमा लम्ब्याउन आग्रह गर्ने पक्षमा नभएको बताउनुभयो । किरणले राष्ट्रपतिबाट सरकार बनाउनका लागि आव्हान गरेको १० दिनको समयसीमानै बढी भइसकेको बताउनुभयो । देशमा दिल्ली र वासिंगटनको आशिर्वाद थापेर प्रधानमन्त्री बन्ने खेल रहेको भन्दै नेपाली जनताले विदेशी दलालहरुको पर्दाफास गर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले माओवादीलाई सरकारका नेतृत्व गर्न दिने सहमति नभएको बताउनुभयो । सरकारको नेतृत्व, शक्तिबांडफांड, साझा नीति तथा कार्यक्रमबारे प्याकेजमै सहमति खोजिने बताउनुभयो ।

तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सर्वेन्द्रनाथ शुक्लाले सबैभन्दा ठूलो दलको हैसियतले माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताउनुभयो । प्रमुख तीन दल नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार निर्माण गर्नुपर्ने सुझाव दिनुभयो ।

नेकपा मालेका महासचिव सीपी मैनालीले माओवादीको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताउनुभयो । कांग्रेसले राष्ट्रपति, एमालेले सभामुख पाइसकेको अवस्थामा सबैभन्दा ठूलो दलको हैसियतले माओवादीलाई सरकार गठनका लागि सहयोग प्रदान गर्नुपर्ने बताउनुभयो

August 5, 2008

इन्धन आपूर्ति सहज बनाउन ४६ करोड निकासा

पेट्रोलियम पदार्थको आपूर्तीलाइ सहज बनाउन सरकारले नेपाल आयल निगमलाई सोमबार ४६ करोड रुपियाँ निकासा गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको जानकारीअनुसार नेपाल आयल निगमले भारतीय आयल निगमलाई बक्यौता रकम तिर्न नसकेपछि पेट्रोलियम पदार्थको आयातमा कमी आएको कारण नेपाल आयल निगमलाई सरकारले ऋण स्वरूप सो रकम निकासा गरेको हो ।

यसअघि नेपाल सरकारको मन्त्रिपरिषद्ले नेपाल आयल निगमलाई एक अर्ब रुपियाँ दिने निर्णय गरेको थियो । हाललाई पेट्रालियम पदार्थको आयातलाई सहज होस् भन्नाका लागि ४६ करोड रुपिया निकासा दिइएको र बाँकी रकमको निकासाका लागि प्रक्रिया सुरु भइसकेको बताइएको छ ।

हाल निगमले पैसा तिर्न नसकेका कारण करिब ८० प्रतिशत आयातमा कमी आएको थियो । तत्काल सरकारबाट प्राप्त भएको रकम बुझाएपछि विस्तारै ५० प्रतिशतभन्दा बढीसम्म आयात बढाउन सकिने कुरा निगम स्रोतले जनाएको छ ।

माओवादी नेतृत्वमा सरकार गठन गर्न दलहरू सहमत

 

राष्ट्रिय सहमतिको आधारमा सरकार बनाउन सैद्धान्तिक सहमतिमा पुगेका प्रमुख चार राजनीतिक दलहरू आज सरकार गठनका विषयमा थप छलफल गर्दै छन् । चार दलको बैठक आज बिहान १० बजे सिंहदरबारमा बस्दै छ ।

आजको बैठकमा सरकार गठनका लागि राष्ट्रिय सहमतिका आधार र साझा नीति तथा कार्यक्रमका विषयमा विस्तृत छलफल हुने नेकपा एमालेका नेता भीम रावलले जानकारी दिनुभयो । आजको वैठकले सहमतिको निति तथा कार्यक्रम तय गर्न कार्यदल पनि बनाउनेछ । आजको बैठकमा राष्ट्रिय सहमतिको सरकारका नीति तथा कार्यक्रममा दलहरू सहमत भएपछि शक्ति बाँडफाँटका विषयमा छलफल गर्ने नेकपा माओवादीका नेता मोहन वैद्यले जानकारी दिनुभयो ।

संविधानसभाको सबैभन्दा ठूलो दल नेकपा माओवादीको नेतृत्वमा सरकार गठन गर्न सबै दलहरू सहमत भएपछि सहमतिको नयाँ सरकार गठन गर्न पनि ढोका खुलेको छ । राष्ट्रपति डाक्टर रामवरण यादवले सहमतिको सरकार बनाउन दिनुभएको समयसीमा पनि आज सकिँदै छ ।

नीति तथा कार्यक्रम र शक्ति बाँडफाँटमा दलहरू सहमत भएपछि आजै प्रधानमन्त्रीको नाम सिफारिस गर्न सकिने काङ्ग्रेस प्रवक्ता अजर्ुननरसिंह केसीले बताउनुभयो । प्रधानमन्त्रीका रुपमा माओवादीले अध्यक्ष पुष्पकमल दाहाललाई अघि सारिसकेको छ ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com