गर्मी वढेपछि नदीमा पौडी खेलेका वालवालिकाहरु । केही दिनयता राजधानी लगायत देशभर ह्वात्तै गर्मी वढेको छ ।
गर्मी वढेपछि नदीमा पौडी खेलेका वालवालिकाहरु । केही दिनयता राजधानी लगायत देशभर ह्वात्तै गर्मी वढेको छ ।
मनोक्रान्तिका अगुवा डा. विकासानन्दसंग भोट माग्दै माओवादी अध्यक्ष प्रचण्ड । सांखुमा वालिकासंग हात मिलाउदै एमाले महासचिव माधव कुमार नेपाल । राजधानीको वसन्तपुरमा चुनाव प्रचार प्रसारका क्रममा कांग्रेस ८ नंम्वरका उम्मेदवार नविन्द्रराज जोशी ।
देश संविधानसभामय भइरहेको वेला राजधानीको विष्णुमती छेउ एक मासु पसलेले काट्न तयार पारेको रांगो भागेर नंया सडकको आर वी कम्प्लेक्समा छिररयो । दरवारमा संविधान सभा कसरी भाड्ने भनेर महराजधिराजको निगरानीमा राजावादीहरुको गोप्य वैठक चलिरहदा भागेको यो रांगोले के भन्न खोजेको हो कुन्नी । अनलाइनखवरले फेला पारेकेा यो तस्विर हेरेपछि तपाइलाइ कस्तो लाग्यो?
राजधानीमा नेवार समुदायकी वालिका वेल विवाहमा सहभागी हुदै । नेवारी परम्परा अनुसार वालिकालाइ वेलसंग विवाह गराइसकेपछि मात्र विवाह गराइन्छ । फोटो तपाइलाइ कस्तो लाग्यो प्रतिक्रिया लेख्दै गर्नु होला मलाइ भने लाग्नुसम्म राम्रो लाग्यो ।
१३ असोज, काठमाण्डौ । शरदको मौषम फुलको मौषम हो । फुल भन्ने वित्तिकै पुतलीको कुरा आउनु त सामान्य हो । देश विदेशमा रहेका प्रकृति प्रेमी मित्रहरुले मसंग संझना वांडेका छन । यसै मेसोमा आज मेरो जिमेलमा रिसिभ भएका थुप्रै तस्विर मध्ये मलाइ असाध्ये मन परेका तस्विरहरु.
६ असोज, काठमाण्डौ । तपाइका आंखालाइ राहत मिलोस भनेर यो फोटो । पेजमा नरकंकालको फोटो राख्दा मेरोपनि मन सिरिगं भयो । त्यसैले -यो चरो
२८ भदौ, काठमाण्डौ । आज तीज । नेपाली नारीहरुले आज तीज पर्व मनाइरहेका छन् । भाद्र शुक्ल तृतियाका दिन महिलाहरुले व्रत वसी शिवको पुजा आराधाना गरेर तीज पर्व मनाउने चलन रहेको छ । महिलाहरु ब्रत बसी शिवको पूजा आराधना गर्नाले श्रीमानको दीर्घायु हुन धार्मिक मान्यता रहेको छ । यसै अवसर पारेर आज विहानै देखि राजधानीको पशुपति मन्दिरमा पुजा तथा दर्शन गर्नेहरुको विशेष चहलपहल देखिएको छ ।विवाहिताले पतिको लामो आयु र सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताहरुले सोचेजस्तो पति पाऊं भन्दै ब्रत बस्ने चलन रहेको जानकारहरु वताउछन । तीजको अवसर पारेर महिलाहरुले गीतका माध्यमले सुख दुःख साटासाट गर्ने तथा मनोरन्जन लिने गर्दछन । यसअवसरमा कतिपय विदेशी महिलाहरु पनि पशुसित क्षेत्रमा नाचगानमा मस्त रहेका थिए । फोटोमा हेर्नुस्त ।
सम्पर्कः पो.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com