तिजको चहल पहल शुरु
हिन्दू नेपाली महिलाहरुको ठूलो चाड हरितालिका तीज नजिकिादै गर्दा राजधानीका कस्मेटिक तथा कपडा पसलमा चहलपहल सुरु भएको छ । महिलाहरुले रातो चुरा, रातो डोरी, रातो टीका र रातै कपडा किन्न थालेपछि ती पसलहरुमा चलहपहल सुरु भएको हो । विशेषगरी काठमाडौका असन, न्यूरोड, बागबजार, नया बानेश्वर, कोटेश्वर, चाबहिललगायतका स्थानमा तीजका लागि सौभाग्यको सौगात मानिने रातो बस्त्र तथा सामग्री किन्ने महिलाहरुको चहलपहल बढेको छ ।
असनमा रातो चुरा, रातो टीका र रातो धागो किन्दै गर्नुभएकी लैनचौरकी दीपा पाण्डे हिन्दु नेपाली महिलाहरुको महान् चाड तीजमा रातो वस्त्र र सामग्री लगाएर सौभाग्य प्राप्त हुन्छ भनेर किनमेलका लागि आएको बताउनुहुन्छ । बीस दर्जन चुरा किनिसकेकी दीपा अगाडि भन्नुहुन्छ- "तीजको बेला चुरा धागो एक अर्कालाई बाडयो भने सुख शान्ति हुन्छ भनेर साथीहरुका लागि पनि यति रातो चुरा धागो किन्न थालेकी हुा ।
"महिलाहरू भेला भएर दर खाने र खुवाउने क्रम पनि राजधानीमा सुरु भएको छ । तीज कार्यक्रमअन्र्तगत दर खाने तथा खुवाउने परम्परा पनि रहेकाले खाद्यान्न तथा फलफूल किनमेलको क्रम पनि बढेको छ ।विभिन्न सङ्घसंस्थाहरुल पनि विभिन्न महिलालाई एकै थलोमा राखेर दर खुवाउने क्रम पनि सुरु भएको छ ।यस वर्षको तीज यही भदौ सात गते परेको छ ।