August 24, 2009

ती दिन संझिदा

मौलाको चौपारी कुनैसमय खुवै चहल पहल हुने सार्वजनिक स्थल थियो । अहिले न चौतारी छ न चहल पहल । तैपनि पुराना तस्वीर हेर्दा झझल्को आउदो रहेछ । खैर मौलाका संझनाहरु पछि विस्तार गरौला ।

July 10, 2009

इडिपस हेरीसकेपछि

राजधानीको पुरानो वानेश्वर छेवैको डांडोमा सुनिल पोखरेलको गुरुकुल रहेको छ । नाटक कर्ममा समर्पित सुनिल पोखरेलको निरन्तरको लगावको फल हो यो गुरुकुल । साहित्य वा कलाको विद्यार्थी नभएपनि नाटक मेरो रुचीको विषय हो । भरसक नाटक हेर्न नछुटोस जस्तो लाग्छ । नाटकसंग मेरो विशेष साइनो जोडिएको छ ।

 गतिला नाटककार तथा प्राध्यापक अभि सुवेदीको आरुका फुलका सपनाको धेरै वर्ष अगाडी राजधानीको प्रज्ञा भवनमा मंचन भएको थियो । उक्त नाटक हेर्न निम्त्याइएकाहरुको पंक्तिमा म पनि थिए । मैले नाटक हेरेपछि केही कुरा नाटकको वारेमा लेखे पनि । तै एउटा दैनिक पत्रिकाले त्यो कुरोलाइ ठांउ दियो पनि । पछि सुवेदी डा.सापले आरुका फुलका सपना पुस्तकमा निकाल्ने हुनु भएछ । फेरी मेरो अल्पज्ञानले गरेको नाटक समिक्षाले त्यस पुस्तकामा छापिने अवसर पायो । त्यसरी म नजानीइकन नाटकको समिक्षक पो वन्न पुगे । यो घटनापछि किन किन नाटकसंग म जोडिन रहर गर्न लागे ।

 यसै मेसोमा सुनिल पोखरेलले गुरुकुल शुरु गरे अनि नाटक समिक्षा गर्न मौका नमिलेपनि क्षमता नभएपनि वा ठांउ नपाएपनि नाटक हेर्ने मेरो वानीमा भने वढोत्तरी भयो । यसै मेसोमा केही वर्ष अघि म केही महिनाकालागि कीर्तिपुर होस्टेलको पांहुना वनेको थिए । त्यसै मेसोमा अंग्रेजी साहित्यका साथीहरु नाटकका किरो रहेछन । उनीहरुसंग लहैलहमा लागेर खुवै हेरीयो नाटक । कुनैपनि नाटक एकपटकमात्र हेरेको संझना मसंग छैन । प्रत्येक नाटक केही पटक हेरीयो । यसरी म रंगमंचपट्टी तानिदै गए ।

 कीर्तिपुरवाट नाटक हेर्न आउनेको हुलमा मसंगै हरीदाइ थिए, पन्डीत थिए, शिवहरी मैनाली थिए , उक्तम पौड्याल थिए, चितवनका सुजनवावु अधिकारी थिए, त्यसैगरी भरत देवकोटा, गुड्डु, विमल अर्याल तथा वमे उर्फ अश्विन थियो । अश्विनले वमे नामपनि यही नाटकका कारण पाएको थियो ।

भयो के भने जात सोध्नु जोगीको हेरीसकेपछि सौगातसंग जिउडाल मिल्दो अश्विनलाइ हामीले वमे नामाकरण गरेका थियौ । उसलेपनि मु;कराउदै विना प्रतिवाद त्यसको र्समर्थन गरेको थियो । म हरेक पल्ट गुरुकुल निस्कीदा त्यही वमेलाइ मिस गरीरहन्छु । उ अहिले सिड्नीको सडकमा धुंवा उडाउदै होला । या कामवाट भर्खर फर्कदै होला । खैर जे गर्दै होला तर मेरो संझनामा ताजै छ वमे ।
 शताव्दीयौ अगाडी सोफोक्लजले लेखेको वियोगान्त नाटक इडिपस नेपालमा संभववत दोश्रो पल्ट मंचन गरिएको हो । यसपटकको मंचनमा राजको भूमिकामा सौगात मल्ल, रानीको भूमिकामा अरुणा कार्की, मन्त्रीको भूमिकामा प्रविण खतिवडा, सेविकाको भूमिकामा सरिता गिरी, गोठालोको भूमिकामा विष्णुभक्त फूंयाल, ज्योतिषको भूमिकामा राजकुमार पुडासैनी मज्जाले जमेका छन । सौगातको अभिनय साच्चीकै पश्चिमा वादशाहको जस्तो छ । आकर्ष शरिर र घुंघ्रीएका केशले उनलाइ राजाको भूमिकामा अझै सुहाएको छ । विरेन्द्र हमालले मिहिनेत गरेर सजाएको मंच साच्चै आकर्ष छ ।
 यस वियोगान्त नाटकका प्रमुख पात्र इडिपस अर्थात सौगात मल्ल नाटकमा पुरै हावी भएका छन । उनको हरेक प्रस्तुति स्वाभाविक लाग्छ । निखारिएको सौगातको अभिनयले मलाइ साच्चै लोभ्यायो । तंपाइपनि नाटक हेर्ने मुडमा हुनुहुन्छ भने हरेक सोमवार वाहेक साउन १५ गते भित्र गुरुकुल पुग्नु होला । साढेपांच वजे शुरुहुने नाटक विद्यार्थीकालागि सहुलीयत दर रु ४० मा देखाइन्छ । वांकी नाटकाटै । 

May 29, 2009

पहिलो गणतन्त्र दिवसको शुभकामना

मुलुकले यतिवेला इतिहासमै प्रथम गणतन्त्र दिवस मनाइरहेको छ । सरकारका तर्फवाट खुलामन्च टुडिखेलमा भव्य कार्यक्रम गरेर यो दिवसलाइ औपचारिकता दिइएको छ। यसै अवसरमा गणत्रन्त्र दिवसलाइ राष्टिय दिवसको रुपमा मान्यता पनि दिइएको छ । मुलुकले गणततन्त्र दिवस मनाइरहदा माओवादी वाहेकका राजनैतिह दलहरु हसमुख टुडिखेलमा उपस्थित छन ।

 एकदलीय अधिनायकवाद लाद्न नागरिक सर्वोच्चताको दुहाइ दिने प्रचन्ड र उनको पार्टी वाहेक सवै खुसी नै छन । लाग्छ पूर्व राजा ज्ञानेन्द्रपनि कता कता खुसी छन होला । तर ख्वै नाजी सैलीमा गलतलाइपनि हजारपल्ट सही भनेर प्रचार गराउने अनि गलतलाइ सही वनाउने ध्यान्न र सत्ता कव्जाको रणानितिमा रहेको माओवादी वाहेक अरु कोही यसमा वेखसी हुनु पर्ने कारण छैन । 

खैर मुलुकको पहिलो गणतन्त्र दिवसले सवैमा सद्वुवुद्धी पलाओस । तमाम नेपाली र नेपालप्रति माया राख्ने सवैलाइ गणतन्त्र दिवसको शुभकामना ।

April 25, 2008

वाग्मती, फोहोरको डुंगुर र श्रृजना

मुलुक राजनैतिक शुद्धीकरणको अभियानमा अग्रसर भइरहदा मुलुकको राजधानी तिनकुने क्षेत्र भने दुर्गन्धित हुदै गएको छ । उपत्यका सभ्यताकी जननी वाग्मती नदीले वहावकालागि पर्याप्त मात्रामा पानी नपाउदा राजधानीको तिनकुने एरिया दुर्गन्धित वन्न पुगेको हो । मिन भवन र तिनकुनेलाइ जोड्ने वाग्मती पुल खतरामा परेको भन्दै वाग्मती ढल सुधार आयोजनाको पहलमा वाग्मती नदीको मिनभवन तिनकुने खन्डमा तार जाली लगाएपछि यस क्षेत्र फोहर मय भएको हो ।

अहिले सिनामगंल देखि तिनकुनेसम्मको वाग्मती नदीमा पानी देख्न पाइदैन विगतमा वाग्मती नदी वग्ने ठांउ अहिले फोहोरको डंगुरको थुप्रो भएको छ । तस्विरमा तपाइले देख्न सक्नुहुन्छ वाग्मती नदीमा फोहर थुपि्रएको छ भने उक्त फोहरलाइ वगाउने क्षमता अहिले खडेरीको वाग्मतीमा छैन । त्यसैत ढल मिसिएर दुर्गन्धित हुने वाग्मती अझ अहिले फोहोरको थुप्रोमा परिणत भएपछिको हविगत कस्तो होला म जस्ता वाग्मती किनारका वासिन्दाले भोगेको तितो यथार्थ हो यो । त्यसै त गर्मीको महिना त्यसमाथी झ्याल खोल्यो की आउने वाग्मतीको वासना अहिले घरमा वस्न मन पनि हुन छाडेको छ । अझ कति मित्रहरुले मलाइ व्लग अपडेट तथा राम्रा साहित्यिक श्रृजना हुन छाडेको गुनासो गरेका छन । मेरा शुभचिन्तकलाइ के थाहा म कुन हविगत वाट गुजि्रएको छु । छिटो पानी आओस र वाग्मतीको फोहरलाइ एकै निमेषमा सखाप पारोस भन्नुको विकल्प अहिले मसंग वांकी रहेको छैन । अनि वल्ल होला मिठा रचना र सामाग्रीको श्रृजना ।

श्रृजनाकालगि हरियाली,स्वच्छ हराभरा मौषम, सिमसिम पानी उपयुक्त हुन्छ । यस्तो दुर्गन्धमा म कसरी श्रृजना गर्न सकु । प्रख्यात वंगाली लेखक रविन्द्रनाथ टैगोरले आफ्ना अधिकांश रचना साउनको सिमसिम पानीमा झ्यालवाट वाहिरको हरियाली हेर्दै लेखेका थिए रे । टैगोरको स्तरका श्रृजना दिन नसकेपनि पाठकको मन वहलाउने सामग्री दिनपनि मलाइ हम्मे परेको माचोमा म प्रकृतीसंग पानीको प्रार्थना गर्दछु ।

March 3, 2008

सहमति पछिका संभावनाहरु


राजधानीमा झरी परेपछिको विहान आंखा अली ढिलै खुले । न त कलेज जाने चटारो न त वित्दो अरु काम नै केही । विहान उठेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल चिहाउदै चियाको सुर्को लिएपछि व्लग अपडेट गर्न मन लाग्यो । यतिवेला विहानको सात वजेर त्यस्तै दश मिनेट हुदो छ । म रहेको राजधानीको ३५ तिनकुने स्थित घरमा त्यति सफा घामका किरणहरु आइपुगेका छैनन । यद्धपि अपरान्ह घाम लाग्ने देखिएको छ । चियासंगै विहानका पत्र पत्रिकाहरु एक चरण पढिइसकेका छन । पढ्नै पर्ने र छुटाउनै नहुने त्यस्तै आर्टिकल भए पुन पल्टाउने नभए त्यत्तिकै थन्काइदिने त हो नी पत्रिकाहरुपनि ।

धन्न तराइमा आन्दोलनरत पक्ष र सरकारबीचका श्रृंखलावद्ध वार्ताहरु मिलेपछि मुलुकमा केही आशा जागेको छ । राजनैतिक अस्थिरता, इन्धन अभाव, निराशै निराशाबीच मुलुक रहदा कतै अष्ट्रेलिया या नर्डिक कन्ट्रीको भएपनि एम्वेसी धाउनु पर्ने हो की भन्ने डरले अव घर जमाउन छोडेको छ । त्रिचन्द्र या आरआरको स्टाइलमा चलेका सिड्नी र मेलवर्नका कलेजमा क्लास भ्याउनु र रोजगारविहिन जिन्दगी विताएर चरम निराशामा फस्नु दैनिकी वनेका नेपाली विद्यार्थीको माझमा अर्को एक संख्या थप्नुको कुनै मतलव छैन भनेर नै मैले आफ्नो गन्तव्य ती राष्ट्रहरुमा नभै गांउलाइ वनाउने निधो गरेको हु ।

आज सार्वजनिक भएको खवरले म जस्ता गांउ भुल्न नसक्ने औपचारिक शिक्षा पुरा गरेको युवालाइ उत्साहित वनाएको छ । त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा स्नातकोत्तर उतिर्ण युवाहरुलाइ स्वंयसेवकका रुपमा कम्तिमा दश महिनाकालागि गांउ पठाउने भएको छ । यो निर्णयपछि विद्यार्थीहरुलाइ स्नातकोत्तरतहमा थेसिस संगै गांउको विकास प्रक्रियाका वारेमा जानकारी मिल्ने भएको छ ।

सपनाको खेतिकालागि मुलुकवाट पलायन भएका तर हातमा शुन्य लागेका तमाम युवाहरु स्वदेशमै फर्केर केही गर्ने अवसर पनि हो यो त्यसकालागि हातेमालो गर्न मुलुकमा युवाहरु फिर्ने अनाशापनि मुलुकले लिएको छ । त्यसमा तपाइको मतो कस्तो होला ?

October 3, 2007

रक्ताम्य भिक्षु र रमिते सरकार

१६ असोज, काठमाण्डौ । सडकमा भिक्षुहरुको प्रदर्शन जारी रहदा म्यानमारका प्रधानमन्त्री लेफ्टिनेन्ट जनरल सु वीनको मङ्गलबार राति याङगुनको सैनिक अस्पतालमा मृत्यु भएको छ । विरामी अवस्थामा रहेका वीनको नेपाली समयअनुसार राति सवा ९ बजे मृत्यु भएको अन्तराष्ट्रिय संचरमाध्यमहरुले जनाएका छन । यद्यपि सैनिक सरकार जुन्टाले भने यस विषयमा केही वताएको छैन । वौद्ध मतावलम्वीहरुको वाहुल्यता रहेको म्यानमारमा द्जन भिक्षुहरुले ज्यान गुमाउदा पनि सरकार दमनमै सिमित छ । राष्ट्रसघका विशेष दुत गम्वारीले जुन्टा सरकारसंग भेटेर शान्ति पूर्ण प्रदरशनमा संयमता अपनाउन आग्रह गरेपनि सैनिक सरकारले कानमा तेल हालेझै दमनको विकल्प देखेको छैन । म्यानमारमा दवदवा रहेको चीनले जुन्टा सरकारालाइ गतिलो दवाव नदिएका कारण सरकार प्रदर्शन प्रति उदासिन वनेको हो ।

अहिलेपनि म्यानमारका सडकमा सैनिकहरुको वाक्लो उपस्थिति रहेको छ र जनता सडकमा आउन डराएका छन । सयौ भिक्षुहरु गिरफ्तार छन र गुम्वा सैनिक नियन्त्रणमा परेका छन । म्यानमारमा भिक्षुहरुलाइ अत्यन्तै सम्मान गरिने भएकालेपनि भिक्षुहरुको प्रदर्शनमा जनताले सहभागिता जनाएका हुन । म्यानमारको सर्वाधिक शक्तिशाली सरकारलाइ चुनौति दिनसक्ने कोही छ भने त्यो भिक्षुहरुकै समुदाय हो । स्वतन्त्र प्रेसलाइ वन्देज गरिएको म्यानमारको स्थलगत रिपोर्टिङको संभाना न्यून छ । स्मरण रहोस जापानको एक संचारमाध्यममा कार्यरत फोटो पत्रकारलाइ जुन्टा सरकराले प्रदर्शनका क्रममा ताकेरै गोली हानी अस्तिमात्र हत्या गरेको थियो । यसैवीच म्यानमारको पुरानो राजधानी रंगुनको सडकमा काम गरीरहेका कुमार वहादुर भन्ने एक २२ वर्षीय नेपाली मुलका युवकले ज्यान गुमाएका छन । उनको लास सैनिकहरुले लगेकाले उनी कंहाका थिए भन्ने वारेमा विस्तृत विवरण पाउन सकिएको छैन ।

 गेरु रंगको पहिरनमा रहेका भिक्षुहरुका टाउका सैनिकका लाठीले रक्ताम्य भएका छन । आजैमात्र राष्ट्रसंघीय मानवअधिकार संवन्धी अन्तराष्ट्रिय संगठनले म्यानमारमा भएको शैनिक दमनको निन्दा गरेको छ । यद्यपि म्यानमारमा ठुलो प्रभाव रहेका भारत र चीनले आफ्नो व्यापारिक स्वार्थका कारण मुख नखोल्दा जुन्टा सरकार प्रदर्शनलाइ वन्दुकको आडमा दवाउन उद्यत देखिन्छ । स्मरण रहोस यस अघि भएको यस्तै खालको प्रदर्शन सैनिक सरकारले निर्ममतापूर्वक दवाएको थियो । यता निर्वाचनमा दुइ तिहाइ वहुमत प्राप्त मानवअधिकारवादी नेतृ आङसान सुकी सैनिक नजरवन्दमै रहेकी छन । जुन्टा सरकारको यो सैनिक दादागिरी कहिलेसम्म रहने हो वांकी विस्लाइ प्रतिक्षाको विषय भएको छ ।

September 18, 2007

माओवादीले सरकार छोड्यो

१ असोज काठमान्डो । सरकारमा सहभागी भएको ५ महिनापछि नेकपा माओवादी सरकारवाट वाहिरिएको छ । माओवादीले २२ वुंदे माग पुरा नभएको जनाउदै सरकारवाट वाहिरिएको हो । माओवादीको तर्फवाट सरकारमा सहभागी चारैजना मन्त्रीले आज राजीनामा दिएका छन । राजीनामा दिनेमा संचारमन्त्री कृष्णवहादुर महरा, स्थानीय विकाशमन्त्री देव गुरुङ, भौतिक योजना तथा निर्माणमन्त्री हिसिला यमी र महिला तथा वालवालिका मन्त्री खडगवहादुर विश्वकर्मा रहेका छन् ।

माओवादीवाटै मन्त्री वनेका मातृका यादवले यसअघिनै राजीनामा दिइसकेका छन् । माओवादी मन्त्रीहरुले वालुवाटारवाट वाहिरिदा मन्त्रीका हैसियतले प्राप्त सवारीसाधन र अंगरक्षक समेत त्यही छाडेर गएका छन् । प्रधानमन्त्री कोइराला आराम गरिरहेकाले माओवादी मन्त्रीले रामचन्द्र पौडयाललाइ राजीनामापत्र वुझाएका थिए । यसअघि विहानदेखि चार मुख्य राजनितिक दलका नेताहरुवीच भएको छलफलमा कुनै सहमति हुन सकेन् ।

यद्यपी माओवादीले हालको शान्ति सम्झौता र प्रकृयावाट नवाहिरिने स्पष्ट पारेको छ । अन्तरिम संसदमा आफुहरु रहिरहने र अन्तरिम संविधानलाई पालना गर्न आफुहरु तयार रहेको वताइएको छ । माओवादी सरकारवाट मात्र वाहिरिएकाले अझैपनि सहमतिको संभावना रहेको वालुवाटार स्रोतले जानकारी दिएको छ । भोलीका लागि आठदलको शीर्ष वैठक वस्ने तय गरिएको छ । भोलीको वैठकले केही सहमति कायम गर्न सकेमा माओवादी पुन फर्किने सम्भावना पनि रहेको वताइएको छ ।

August 26, 2007

ज्ञानेन्द्रलाइ कोठा भांडामा चाहियो

९ भदौ,काठमाण्डौ । सरकारले नारायणहिटी दरवार राष्ट्रियकरण गरेपछि अप्ठेरोमा परेका निलम्वित राजा ज्ञानेन्द्रलाइ थप अप्ठेरो आइलागेको छ । प्राण प्यारी मोटी रानी कोमललाइ लिएर नागार्जुन वसाइ सरका ज्ञानेन्द्र अव नागार्जुन दरवारपनि राष्ट्रियकरण हुने भएपछि कता लाग्नेहुन उनको भविष्य अन्यौलमा परेको हो । उनले अव कोठा भाडामा खोज्लान होइन त ।

पछिल्लो समाचार अनुसार नारायणहिटी लगायत प्रमुख ७ दरवार राष्ट्रियकरण गरे लगत्तै राजाको सम्पति राष्ट्रियकरण गर्न गठित समितिले आज अन्य थप पांच दरवार र दरवारको खाता राष्ट्रियकरण गर्न सरकारलाइ शिफारिस गरेको छ । समितिका संयोजक तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा आज वसेको वैठकले राजधानीका नागार्जुन र गोकर्ण तथा पोखराको रत्न मन्दिर, हेटौडाको कान्ति इश्वरी दरवार तथा चितवनको दियालो वंगला राष्ट्रियकरण गर्न सरकारलाइ शिफारिस गरेको हो । यसैगरी समितिले गोकर्ण, चितवन, नागार्जुन, नुवाकोटको थानसिङ तथा पोखरामा रहेको दरवारका नामको जग्गापनि राष्ट्रियकरण गर्न शिफारिस गरेको छ । यसैगरी दरवारका नाममा रहेका वैंक खाता तथा स्वर्गीय राजा विरेन्द्र र रानी ऐश्वर्याका नाममा रहेका वैंक खाताका वारेमा विवरण संकलन गरी समितिमा वुझाउन राष्ट्रवैंकलाइ निर्देशन दिएको छ । नारायणहिटी दरवार राष्ट्रियकरण गरेपछि रानी कोमल सहित नागार्जुन दरवारमा वसाइ सरेका राजा ज्ञानेन्द्र अव भने कंहा जाने हुन कौतुहलताको विषय भएको छ ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com