July 30, 2009

सांगा देखि शहिदगेटसम्म

काठमाण्डौमा झरी परिरहदा मैले हिजो विहान शदिहगेटदेखि सांगा सम्मको यात्रा गर्न पुगेको थिए । खासमा पानी परेपछिकोखुलेको मौषममा उत्कृष्ट तस्वीर खिच्ने मेरो रहर प्रतिकुल मौषमका कारण त्यती सफल भने हुन सकेन । विहान खुलेपनि अलिवेरमा वादलुले डांडापाखा छोप्यो भने सतहमा झरी शुरु भइहाल्यो यद्यपि मैले सांगा वाट जगाती हुदै शहिदगेट तथा धरहराको तस्वीर लिन भ्याए । ठुलै मेहनतकासाथ लिइएका तस्वीर तंपाइहरुका लागि । लामो खडेरीपछिको पानीले उपत्यकाको हरीयाली काफी वढेको तंपाइहरुले तस्वीरमा देख्न सक्नुहुन्छ ।

काभ्रेपलान्चोकको सांगा भन्ज्यागंका दुइरुखबीचवाट चिहाउदा काठमाण्डौ खाल्टो ।

नालिन्चोकवाट तल देखिएको हरीयाली खेतको फाट र पृष्ठभूमिमा देउजा गांउ

शहिदगेट र टुंडीखेलको संगम । पृष्ठभूमिमा राजधानी काठमाण्डु ।

सवारीको चहल पहल ।

भिमसेन थापाले वनाएको सुन्धाराको नाैतले धरहरा । उचाइवाट लिइएको यो तस्वीरमा सात तलामात्र देखिन्छ ।

May 6, 2009

प्रधानमन्त्रीका लागि माधव नेपालको नाम प्रस्ताव

 

नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले भावी सरकारको नेतृत्वका लागि आफ्नो दलले वरिष्ठ नेता माधवकुमार नेपालको नाम प्रस्ताव गर्ने बताएकी छिन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै लामो अनुभव र विवादरहित व्यक्तित्व भएकाले नेपालको नाम अगाडि र्सार्न लागिएको बताइन् ।

‘माधवकुमार नेपाल सबैलाई मिलाएर लानसक्ने क्षमताका हनुहुन्छ,’ भण्डारीले भनिन्, ‘हाम्रो पार्टीले र्सवसम्मत रुपमा नाम प्रस्ताव गर्न लागेको हो ।’ पार्टीभित्र प्रधानमन्त्रीका लागि उपयुक्त तीनजना व्यक्तित्वहरु हुनुभएको बताइन् । उनले भनिन्, ‘केपी ओली, माधव नेपाल र झलनाथ खनाल देशलाई हाँक्न सक्षम हुनुहुन्छ । ‘

रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा उनले माओवादी नेतृत्वमा सरकार बन्न नसक्ने बताइन् । एमालेको नेतृत्वमा राष्ट्रि्य सहमतिको सरकार बन्ने उनको भनाई थियो । माओवादीले सदन अवरुद्ध गरेर सरकार गठनको बाटो थुनेर अस्थिरता ल्याउन खोजेको आरोप लगाइन् । माओवादी अध्यक्ष प्रचण्डले लोकतान्त्रिक अभ्यासअर्न्तगत सजिलै सत्ता छाडेको र सदनमा पनि लोकतान्त्रिक अध्यास गर्न आग्रह गरिन् । माओवादी गतिविधि सत्ता कब्जाकै उद्येश्यमा रहेको भन्ने प्रचण्डको टेपकाण्डले प्रमाणित गरेको बताइन् । राष्ट्र्पति डा.रामवरण यादवले उपयुक्त कदम चालेर देशलाई सम्भावित दुघटनाबाट जोगाएको बताइन् । उनले भनिन्, ‘राष्ट्र्पतिले देशलाई दुघटनाबाट बचाउनुभयो, उहाँको कदमको आलोचना गर्नु ठिक होइन ।’

नेकपा माओवादीका सचिवालय सदस्य वर्षमान पुन अनन्तले आफ्नो दलले जनसरकार पुनजिवित गर्ने र भिन्न विचार राख्नेमाथि आक्रमण गर्ने कुनै नीति नबनाएको बताएका छन् । आफ्नो पार्टीको नीतिविपरित जाने जोकोहीमाथि कारबाही गर्ने बताए । उनले भने, ‘हामी भिन्न दलका कार्यकर्तालाई विचारका आधारमा आक्रमण गर्ने र गाउँ छाड्न लगाउने नीति छैन, जनसरकार पुनजिवित गर्ने नीति पनि छैन ।’ रामेछापमा अन्य दलका कार्यकर्तालाई गाउँ छाड्न उर्दी जारी गर्ने पार्टीका जिल्ला सहइञ्चार्ज राजन दाहाललाई त्यस क्षेत्रका इञ्चार्ज अग्नि सापकोटामार्फत स्पष्टिकरण लिइसकेको बताए ।

अनन्तले आफूहरुसंग ३५ हजार जनसेना रहेकोमा अनमिनले १९ हजार लाई प्रमाणिकरण गरेको विषयनै आधिकारिक भएको बताए । प्रचण्डको टेपकाण्डमा संख्याको विषयमा आएको अभिव्यक्ति जे भएपनि प्राविधिक रुपमा संख्या त्यही रहेको बताए । उनले एक लाख जनमिलिसिया रहेकोमा बिघटन गरिसकिएको बताए । प्रचण्डको भनाई गलत हो त भन्ने प्रश्नमा भने, ‘म त्यसमा जान चाहन्न तर हामीसंग ३५ हजार जनसेना छन्, अनमिनको प्रमाणिकरणमा १९ हजार परेका हुन् ।’ टेपकाण्ड प्रायोजित रुपमा आएको र त्यसबाट शान्ति प्रक्रियाबाट माओवादीलाई विचलित बनाउने प्रयास भइरहेको बताए । टेपकाण्ड र्सार्वजनिक गरेकै आधारमा कुनैपनि मिडियामाथि आक्रमण गर्ने नीति नरहेको र कसैले गरेको भए कारबाही गरिने बताए । राष्ट्र्पति डा.रामवरण यादवले सेनाका विषयमा चालेको कदम असंवैधानिक भएको बताए । राष्ट्र्पतिले निर्णय नसच्याएसम्म सदन चल्न नदिने बताए । उनले भने, ‘राजा महाराजाको शैलीमा राष्ट्र्पतिले संविधान बाहिर गएर लोकतन्त्रविपरितको काम गर्नुभएको छ, उहाँले सच्याउनुपर्छ ।’

December 16, 2008

बुशलाई जुत्ताको बिदाइ

‘यो तिम्रो बिदाइ चुम्बन हो, कुकुर !’ रिसले बर्बराउँदै एक इराकी पत्रकारले संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जर्ज डब्लु बुसमाथि पहिलो जुत्ता प्रहार गरे । उनले आफैंले लगाएको जुत्ता खोलेर बुसलाई हिर्काएका हुन् । बग्दादका अल बग्दादिया टेलिभिजनका स्टि्रन्जर संवाददाता मुन्तदार अल-जइदीले बुसलाई दोस्रो जुत्ता प्रहारसँगै अरविकमा गाली गर्दै भने- ‘यो जुत्ता चुम्बन विधवा, टुहुरा र इराकमा मारिएका नागरिकको तर्फबाट हो ।’ जइदीले प्रहार गरेका दुवै जुत्ता छल्न बुस सफल भए । जुत्ता उनको टाउकोमाथिबाट गएर अमेरिकी र इराकी झन्डालाई छँदै भित्तामा ठोक्कियो । र, पछारियो ।

अरब राष्ट्रमा जुत्ता देखाउनुलाई अपमानजन्य मानिन्छ । इराकीहरूले सद्दाम हुसेनको पतनपछि उनको सालिकलाई जुत्ताले पिटेका थिए । तर, बुसले यस घटनालाई गम्भीरतापूर्वक नलिएको बताएका छन् । उनले भने- ‘मैले आफ्नो कार्यकालमा यस्ता कैयौं अनौठा घटना भोगेको छु । यो आममानिसको ध्यानार्कषण गर्ने तरिका हो । यो घटनाले इराकी पत्रकार पनि दुःखी भएका छन् ।’ उनले घटनासम्बन्धी ठट्टासमेत गर्दै भने- ‘यदि तपाइंलाई यसको पूर्ण विवरण चाहिन्छ भने यो जुत्ता १० नम्बरको थियो ।’

जुत्ता प्रहार गरिएका बेला बुस र इराकका प्रधानमन्त्री नुरी अल मल्लिकी पत्रकार सम्मेलन कार्यक्रममा अगाडि उभिइरहेका थिए । राष्ट्रपति बुस अचानक इराक पुगेका थिए । त्यसपछि उनी अफगानिस्तान पुगे । आफ्नो कार्यकाल सकिनुभन्दा ३७ दिन मात्र रहँदा बुस इराक पुगेका हुन् । सुरक्षाकर्मीले मुन्तदार अल जइदीलाई आफ्नो नियन्त्रणमा लिएका छन् ।

बग्दादका टेलिभिजन स्टेसनले जइदीको तुरुन्त रिहाइ गरिनुपर्ने माग गरेका छन् । इजिप्टको कायरोबाट प्रसारित हुने टेलिभिजन स्टेसनले प्रेस विज्ञप्तिमा भनेको छ- ‘अमेरिकी अधिकारीले इराकी जनतालाई प्रतिबद्धता गरेको लोकतन्त्र र वाक्-स्वतन्त्रतालाई आधार मान्दै मुन्तदर अल-जइदीलाई तुरुन्त रिहाइको माग अल-बग्दादिया टेलिभिजन गर्छ ।’ टेलिभिजन स्टेसनका प्रोग्रामिङ डाइरेक्टरले जइदी गाैरवशाली अरब र खुल्ला विचारधाराका व्यक्ति भएको बताएका छन् । जइदीको सुरक्षाको चिन्ता आफूहरूलाई लागेको पनि उनले बताए ।

इराकमा हिंसा न्यून भएको र भर्खरै सम्झौता भएको संयुक्तराज्य अमेरिका-इराक सुरक्षा सम्झौताको खुसियाली मनाउन बुस इराक पुगेका थिए । यस सम्झौताअनुरूप सन् २०११ को अन्त्यतिर इराकबाट अमेरिकी सेनालाई फिर्ता लान सकिनेछ ।

October 20, 2008

सरुवामा परेका सिडिओहरु

सरकारले ६७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १०२ जना अधिकारीको आइतबार सरुवा गरेको छ । गृह मन्त्रालयका अनुसार यसरी सरुवा हुने अधिकारीहरूमा २८ जना राजपत्राङ्कति प्रथम श्रेणीका र राजपत्राङ्कति द्वितीय श्रेणीका ७४ छन् ।

प्राप्त जानकारी अनुसार उपत्यकामा काठमाडौका प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद शर्मा कायमै हुनुभएको छ भने ललितपुरमा लक्ष्मीप्रसाद ढकाल र भक्तपुरमा कमलमणि काˆलेलाई प्रमुख जिल्ला अधिकारीका रूपमा ल्याइएको छ । आठवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा नभएको बुझिएको छ । यसरी प्रजिअ सरुवा नभएका जिल्लाहरूमा सुनसरी, चितवन, रूपन्देही, गोरखा, म्याग्दी, पाल्पा, अर्घाखााची र दार्चुला रहेका छन् ।सरुवा भएका प्रथम श्रेणीका अधिकृतहरूमा नरेन्द्र दाहाल क्षेत्रीय प्रशासन कार्यालय धनकुटाबाट झापामा, माधव रेग्मी मोरङबाट बाकेमा, शङ्कर कोइराला झापाबाट पर्सामा, श्रीवत्स घिमिरे गृहबाट दाङमा, माधव ओझा कञ्चनपुरबाट कास्कीमा सरुवा हुनुभएको छ ।

यस्तै भोलाप्रसाद शिवाकोटी कारागार विभागको महानिर्देशकमा, डिल्लीप्रसाद शिवाकोटी भक्तपुरबाट कारागार विभागको निर्देशकमा, उद्धव थापा रसुवाबाट धादिङमा, उद्धव भट्टराई कारागार विभागको महानिर्देशकबाट प्रहरी किताबखानामा, सीताराम कार्की भोजपुरबाट कालिकोटमा, प्रेम भट्टराई तेह्रथुमबाट भोजपुरमा, शम्भु कोइराला गृहबाट धनुषामा, बलिरामकुमार सिंह कास्कीबाट सर्लाहीमा, शशीशेखर श्रेष्ठ मोरङमा, रामविलास राय सप्तरीमा, कमलेश कुमार सिंह रौतहटमा सरुवा हुनुभएको छ ।क्षेत्रबहादुर भण्डारी अध्यागमन विभाग प्रमुखमा, चण्डेश्वर आचार्य गृहबाट खोटाङमा, केशरबहादुर बानिया गृहबाट क्षेत्रीय प्रशासन कार्यालय पोखरामा, गृहमन्त्रीका स्वकीय सचिव तुलसी गौतम

सङ्खुवासभामा, भानुभक्त पोखरेल सिन्धुपाल्चोकमा, अब्दुल कलाम खां नुवाकोटमा, अनिलकुमार पाण्डे मकवानपुरमा, कलाधर देउजा कञ्चनपुरमा, गणेश खत्री गृहबाट मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौडामा सरुवा हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा नै कर्मचारी प्रशासनमा व्यापक फेरबदल हुनलागेको बताउनुभएको भोलिपल्टै सरकारका वरिष्ठ अधिकारीहरूको सरुवा भएको छ ।

सरुवा भएका द्वितीय श्रेणीका अधिकारीहरूको नामावली भने राति अबेरसम्म पनि प्राप्त हुनसकेन । यस्तै आइतबार नै राजपत्राङ्कति तृतीय श्रेणीका अधिकृतहरूको पनि सरुवा भएको बताइएको छ तर यसको कुनै आधिकारिक पुष्टि भने हुनसकेको छैन ।

सम्मानित गुरु

डा. सुरेन्द्र के.सी.लाई सम्मानपत्र प्रदान गर्नुहुदै प्रमुख अतिथि वसन्तकुमार शम्र्मा नेपाल ।

September 1, 2008

HAPPY TEEJ

July 21, 2008

राष्ट्रिपतिको मतदान सकियो, रामवरणले जित्ने

राष्ट्रपतिका लागि भएको दोश्रो चुनावको मतदान सकिएको छ । साउन ६ गते बिहान ८ बजेदेखि ११ बजेसम्म भएको चुनावमा ५९० मत परेको छ । पहिलो चुनावमा ५७८ मत मात्र परेको थियो । राष्ट्रपति चुनावका लागि ५९४ मतदाता छन् ।
पहिलो चुनाव बहिष्कार गरेकामध्ये ४ मत रहेको कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालले मात्र दोश्रो चुनाव बहिष्कार गरेको छ । पहिलो चुनावमा बहिष्कार गरेका ५ मत रहेको नेपाल मजदुर किसान पार्टी ४ मत रहेको राष्ट्रिय जनमोर्चा र २ मत रहेको एकिकृतले आजको चुनावमा मतदान गरेका छन् तथा उनीहरु सबैले नेपाली कांग्रेस गठन्धनका उमेदवार डा. रामवरण यादवको पक्षमा मतदान गर्ने घोषणा मतदान हुनुअघि नै गरिसकेका थिए । पहिलो चुनावमा बिदेशमा रहेका कारण अनुपस्थित नेपाली कांग्रेसकी आरजू देउवा राणाले पनि आज मतदान गरेकी छिन् ।

संविधान सभामा अहिले रहेको ५ सय ९४ को स्पष्ट बहुमतका लागी २ सय ९८ मत आबश्यक पर्नेछ । यसअघि अस्ती शनिवार भएको मतदानमा कांग्रेसका उम्मेद्वार डाक्टर यादवले २ सय ८३ र माओवादीका तर्फा उम्मेद्वार सिंहले २ सय ७० मत ल्याउनु भएको थियो ।

आज यसअघि बहिष्कार गरेकार केहि दलहरुले पनि मतदान गर्ने भएपछि अस्तीको भन्दा आज मतको संख्या भने बढ्नेछ । उपराष्ट्रपतिमा भने मधेशी जनअधिकार फोरमका तर्फाट उम्मेदवार परमानन्द झा विजयी भइसक्नु भएको छ । यसअघि राष्ट्रपतिमा आ-आफ्ना उम्मेद्वारलाई जिताउन आज बिहानै दलहरुले छलफल गरेका छन् । त्यस्तै मधेसि जनअधिकार फोरमले गठबन्धन भन्दा बाहिर नजान आफ्ना सभासदहरुलाई निर्देशन दिएको छ ।

आज बिहानको आन्तरिक छलफलमा त्यस्तो निर्देशन दिएको फोरमका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । यसैविच अस्ती मतदान बहिष्कार गरेको मजदुर किसान पार्टी लगायत केहि दलहरुले आजको मतदानमा भाग लिने भएका छन् ।मतदान बहिष्कार गरेका मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरुले नेपाली कांग्रेसका तर्फा उम्मेद्वार डाक्टर यादवलाई दिने भएका छन् ।

June 30, 2008

कांग्रेसले बनाएको बजेट पढ्ने पक्षमा हामी छैनौं: डा. बाबुराम भट्टराई

 
 
Q. सरकार निर्माणको ढोका त खुल्यो होइन अब?
A.


सरकार बन्ने ढोका राजनीतिक रुपमा खुल्यो, तर कानुनी र संवैधानिक रुपमा भने ढोका खुल्न अझै बाँकी छ। किनभने संविधान संशोधन गर्नुपर्ने अवस्था छ। त्यसको निम्ति सबैको सहमति जुट्नुपर्छ। विभिन्न खालको प्रक्रियाका विषयमा सहमति जुटाउन बाँकी नै छ। त्यसैले अहिले नै पूरा ढोका खुलिहाल्यो भन्नचाहिं मिल्दैन। केही खुकुलो भएको त अवश्यम्भावी हो तर पूरै ढोका खुल्न बाँकी छ।

 
Q. के गर्दा पूरै ढोका खुल्छ जस्तो लाग्छ त?
A.


त्यसको निम्ति नयाँ संविधान निर्माण नभएसम्म सहमति कायम गरेर जान जरुरी छ भन्ने बुझ्नुपर्छ। खासगरी कांग्रेसले आफ्नो नेतृत्वमा भए सहमति कायम गर्ने आफ्नो नेतृत्व नभए विपक्षमा
बस्ने भन्ने जुन सोच बनाएको छत्यसलाई उसले त्याग्नुपर्छ। जनताको आदेश अनुसार माओवादी नेतृत्वको सरकारमा सहकार्य गरेर जानुपर्छ भन्ने सोच कांग्रेसले बनायो भने ढोका खुल्छ भन्ने लाग्छ।

 
Q. तपाईको आशय माओवादी नेतृत्वको सरकारमा कांग्रेस रहनुपर्छ भन्ने हो?
A.


कांग्रेस लगायत सबै दलहरु माओवादी अध्यक्ष प्रचण्डले नेतृत्व गर्ने सरकारमा सहभागी भई सहमतिको संस्कृतिलाई कायम राख्न सकिन्छ र नयाँ संविधान निर्माण गर्न सहज हुन्छ।

 
Q. गिरिजाप्रसादले राष्ट्रपति खोज्नुभएको हो कि?
A.

कसैले कुनै पद खोज्ने, पदकै निम्ति सबै राजनीतिक प्रक्रियालाई दाउमा राख्नुहँुदैन। गिरिजाप्रसादजस्तो एउटा लामो इतिहास बोकेको व्यक्तिले पदकै निम्ति त्यस्तो गर्नुभएको होला जस्तो हामीलाई लाग्दैन। फेरि पनि संविधानसभा बैठकमा राजीनामा घोषणाको क्रममा भावुकतापूर्ण भनाइ राख्नुभयो त्यहीअनुसार सहमति र समझदारी कायम राख्नको निम्ति सहयोग पुर्‍याउनुपर्छ। खासगरी कांग्रेसलाई त्यो दिशामा डोहोर्‍याउन मद्दत गर्नुभयो भने हामी अघि बढ्न सक्छौ।

 
Q. माओवादीले गिरिजाप्रसादलाई राष्ट्रपति मान्न सक्दैन?
A.

उहाँजस्तो बृद्ध व्यक्ति जसले यहाँसम्म ल्याउनुभयो। राष्ट्रपतिभन्दा पनि अझ माथिल्लो तहको राजनेताको रुपमा उहाँ रहदा देश र उहाँ आफैंलाई पनि बढी फाइदा हुन्छ भन्ने हामीलाई लाग्छ।

 
Q. तपाईंहरु गिरिजाप्रसादलाई राष्ट्रपति स्वीकार्नुहुन्न?
A.


हामीलाई त अप्ठ्यारो भन्दा पनि चुनावी जनादेश त्यो हो जस्तो लाग्दैन। नयाँ नेपालको जुन परिपकल्पना हामीले गरेका छौंहामीले समावेशी पनि चाहेका छौं। मधेसी, जनजाति, महिला र दलितको पनि एउटा समानुपातिक प्रतिनिधित्व रहोस् भन्ने हाम्रो निर्णय छ यसरी हेर्दाखेरि गिरिजाबाबुले त्यो दिशामा अघि बढ्नका निम्ति बाटो छोडिदिंदा राम्रो हुन्छ जस्तो लाग्छ।

 
Q. भावी राष्ट्रपति को बन्छ त?
A.


सकेसम्म त हामी सहमतिमा जाउँ भन्ने हो। यदि माओवादीले नपाउने हो भने जनताले जनादेश दिएकै थिए पाउनु नै पर्थ्याे भन्ने हामीलाई अहिले पनि लाग्छ। त्यसमा सहमति नहुने हो भने मधेसी, महिला, जनजाति, दलितमाझबाट सहमति कायम गर्न सकियो भने राम्रो हुन्छ भन्ने हामीलाई लाग्छ।

 
Q. एमालेका नैतिकता प्रदर्शन गर्ने नेता माधव नेपालको नाम राष्ट्रपतिमा सहमति भएको होइन?
A.


हामीले कसैको नाममा पनि सहमति जनाएका छैनौं। माधवजीको नाममा सहमति होला जस्तो पनि हामीलाई लाग्दैन। किनकि माधवजी र गिरिजावावु सबै हिसाबले उहाँहरुको बीचमा खासै तात्त्विक असर पर्दैन। जनताले नयाँ परिवर्तनको अनुभूत पनि गर्दैनन्। समावेशी भाव पनि त्यहाँ आउदैन। त्यस हिसाबले उहाँहरु भन्दा अलग्गै र माओवादीकै चाहना भन्नुहुन्छ भने मधेसी, महिला, जनजाति र दलितमध्ये एउटा राष्ट्रपति हँुदा राम्रो हुन्छ।

 
Q. संविधान संशोधनको प्रस्ताव त संविधानसभामा अड्कियो नि?
A.


नयाँ सरकार गठन गरेर अघि बढ्नुपर्ने बेलामा मधेसवादी आन्दोलनका समयमा भएका सहमतिलाई कार्यान्वयन गर्नुपर्ने बेलामा सरकार गठन प्रक्रिया नै अवरुद्ध हुने गरी जुन गतिविधि संविधानसभा अवरुद्ध मधेसी दलहरुले गर्नुभयोत्यो उचित हो जस्तो हामीलाई लाग्दैन। तैपनि उहाहरुसँग कुराकानी गरेर यसलाई हल गर्ने पक्षमा छौं।

 
Q. मधेसीहरुको स्वायत्त प्रदेश मधेशको माग पूरा गर्न सकिन्छ?
A.


नेपाली कांग्रेसको नेतृत्वको सरकार त्यसमा पनि शान्ति मन्त्री रामचन्द्र पौडेलको वार्ता समितिले जुन सहमति कायम गर्‍योत्यो विषयमा सहमति खोज्नुपर्छ र भोलि संविधानसभा र नयाँ संविधानले निर्णय गर्ने कुरालाई अहिले नै गरिहालौं भनेर अडान उपयुक्त हँुदैन भन्ने हाम्रो भनाइ हो। स्वायत्त प्रदेश, आत्मनिर्णयको अधिकार, जातीय सुदृढ स्वशासनको आधारमा राज्यको पुनः संरचना हुनुपर्छ भन्ने माग राख्ने हामी नै हौं। त्यसैका निम्ति हामीले १० औं हजारको बलिदान पनि हामीले गरेका हौं। सैद्धान्तिक रुपमा हाम्रो कुनै विमति नै छैन। संविधानसभाले बनाउने नयाँ संविधानमा त्यो टुंगो लाग्छ। मधेसको एक चोटी निर्णय गर्ने अनि मगराँत, किराँत, थारू वा अरुको पछि गर्ने भन्ने हँुदैन। हामी सबैलाई मिलाएर राज्यको पुनःसंरचना गर्नेछौं।ा

 
Q. मधेसवादी दलले उठाएका सबै माग पूरा गर्न माओवादी तयार छ?
A.

यसलाई छलफल गरेर समाधान खोज्न हामी तयार छौं। राजनीतिक प्रक्रियालाई अवरुद्ध गर्ने गरी हामी अघि जानुहुन्न।

 
Q. मधेसवादीहरुसँग कहिले कुरा सुरु हुन्छ?
A.


हामी त अहिले नै सम्पर्क गर्न चाहेका छौं। आज शुक्रवार नै हामी कुरा गर्छाै।

 
Q. नयाँ सरकारको बजेट कहिले र कसरी आउँछ, ढिला भएन?
A.


यही विषयलाई लिएर कांग्रेसको हामीले आलोचना गरेका हौं। असार मसान्तसम्ममा सरकारको बजेट, नीति र कार्यक्रम गर्नुपर्थ्यो भन्ने विषयलाई ध्यानमा राख्दै गिरिजाबाबुले आज भनेका कुरा कमसेकम डेढ महिना पहिले भन्नुपर्थ्या र नयाँ सरकारको मार्ग प्रशस्त गर्नुपर्थ्या। जुन ढिलाइ कांग्रेसले गर्‍यो, त्यसले गर्दा यो बजेट निर्माणको प्रक्रिया पनि अनिश्चित बनेको छ। कांग्रेसले बनाएको बजेट सरक्क गएर पढ्ने पक्षमा हामी छैनौं।

 
Q. त्यसो भए तपाईंहरु अर्का नयाँ बनाउनुहुन्छ?
A.

बिल्कुल। हामी जनताले गणतन्त्र नेपालको नयाँ बजेट नयाँ युगको नयाँ बजेट अपेक्षा गरेको छ। त्यसैलाई झल्काउने गरी हामी बजेटको तयारी गर्छाैं। पुरानो सिसीमा नयाँ रक्सी भनेजस्तो बजेट हामी बनाउँदैनौं।

 
Q. नयाँ सरकार कहिलेसम्म बन्ला त?
A.


कांग्रेस र अन्य दलले यो संविधान संशोधनको प्रक्रियालाई छोट्याएर र राष्ट्रपति निर्वाचनको प्रक्रियालाई सहज बनाउन कस्तो भूमिका निर्वाह गर्नुहुन्छत्यसमा भर पर्छ।

Rishi Dhamala 

June 23, 2008

BRITAIN FOR CONSENSUS POLTIICS IN NEPAL

British Minister of International Development Sahid Malik, who concluded his two-day Nepal visit today, said that Nepal should go for consensus at this crucial juncture "which should build national consensus on delivering peace and  security.""Holding election to constituent assembly has been a milestone. Next important mission is to urgently form a new government," Malik said at the press conference in the capital.

Commenting on Prime Minister Girija Prasad Koirala, Malik was of the view that "he has played a vital role in Nepalese progress democracy and constituent assembly election. I congratulate him."

He appreciated Prachanda saying the decision to give up arms and engage in democracy may prove to have been the most crucial decision in achieving democratic and prosperous Nepal. 

"I congratulate them on electoral success. It is crucial that they see through their success in the constituent assembly election by leading the formation of a new government," he further said. 

He also commented on the free health policy of the country adding that the same must now be extended to maternity care in hospitals while international health partnership is also achieved.

March 30, 2008

चीनको प्रायोजनका कुटनीतिज्ञ ल्हासामा

चीनको स्वशासित क्षेत्र तिब्बतमा दुइ साताअघि भएको प्रदर्शनमा बल प्रयोग गर्दा भएको धनजनको क्षतिबारे जानकारी लिन शुक्रबार विदेशी कुटनीतिज्ञको एक टोली ल्हासा पुगेको छ । यसअघि विहीबार पत्रकारको टोली पनि ल्हासा पुगेको थियो ।

कुटनीतिज्ञको टोलीमा अमेरिका, बेलायत, फ्रान्स, जापानलगायतका १५ मुलुकका कुटनीतिज्ञ ल्हासा पुगेका सम्बन्धित मुलुकहरुले जनाएका छन् । ‘चीनको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायबाट गरिएका टेलिफोन कलहरु उठाएर ल्हासामा उक्त समुदायको पहुँच सहज बनाइनुपर्छ’ अस्टे्रलियाको दुतावासकी प्रवक्ता जानालिन ओहले भनिन् । ती कुटनीतिज्ञलाई दुइ दिनसम्म ल्हासामा रहन अनुमति दिइएको जापानी दूतावासले जनाएको छ । अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता सिन म्याककोम्यार्कले तिब्बतमा कुटनीतिज्ञलाई प्रवेश गर्न दिने चिनियाँ कदमको स्वागत गरेका छन् । तर यतिले मात्र अन्तर्राष्ट्रिय समुदाय सन्तुष्ट नहुने उनले बताएका छन् । ‘यो सकारात्मक कदम हो तर ल्हासामा मात्र नभइ यसको आसपासका क्षेत्रमा पनि कुटनीतिज्ञहरुलाई प्रवेश गर्ने अनुमति दिइनुपर्छ’ उनले भने ।

कुटनीतिज्ञको भ्रमणबारे समाचार संकलन गर्न एजेन्सीलगायतका मुख्य एजेन्सीलाई अनुमति दिइएको छैन । बेइजिङले आफ्नो उद्देश्यपूर्तीका लागि मात्र कुटनीतिज्ञलाई सीमित क्षेत्रमा भ्रमण गर्न दिएको एजेन्सीको आरोप छ । सीमित संख्यामै भए पनि बिहीबार विदेशी सञ्चारकर्मीलाई ल्हासा पुर्याइएको थियो । पत्रकारसामु त्यहाँको जोखाङ गुम्बामा भिक्षुहरुले नाराबाजी गरेबाट चीनलाई अप्ठ्यारो परेको अनुमान लगाइएको छ । भिक्षुहरुले निर्वासित धाररमीक नेता दलाई लामालाई स्वदेश फर्कन दिइनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

मार्च १४ मा जोखाङ गुम्बामा भएको प्रदर्शन दबाउने क्रममा १८ जनाको ज्यान गएको सरकारले जनाएको छ । तर, निर्वासित तिब्बती सरकारले एक सय ४० जनाको मृत्यु भएको र थप एक हजारजना घाइते भएको दाबी गरेको छ ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com