October 16, 2009

तिहार शुरु, भाइटिका २ कात्तिकमा

आज यमपञ्चक को पहिलो दिन अर्थात आज काग तिहार । आजको दिन सबैको घरघरमा बिहानै देखी बिभिन्न प्रकारका फल्फूल तथा मिष्ठान्नले काग लाई सर्वप्रथम भोजन गराईन्छ, अनि मात्र घर का अरु सदस्यहरुले खाने परम्परा छ । परापूर्व  कालमा दानव र देवता बीच समुन्द्र मन्थन गर्दा निस्केको अमुल्य बस्तु हरु मध्य अमृत (जस्ले पिउछ उ अमर हुन्छ रे)पहिला कागले पिएको हुँदा उ अमर मानिन्छ र काल लाई उस्ले सजिलै देख्ने हुँदा पनि कालको संबाहक रुपमा हामीले मान्दै आईरहेका छौ ।

किन तिहारलाई सर्वत्र महान चाडको रुपमा लिइन्छ ?

कुनै एक समयमा एउटा राजा आफ्नो जीवनको अन्तीम समय गन्दै रहेछन्  ज्योतिषिहरुले राजाको मृत्यु साधारण नभै कुनै सर्प(नाग) को टोकाई बाट हुने भविश्यवाणी गरेका रहेछन तर राजा लाई यो मृत्यु स्विकार्य भएन र ज्योतिषी लाई यो अस्वभावीक मृत्यु बाट बच्ने कुनै उपाय बताउनलाई भने ।
जसअनुसार दरवारलाई सफा सुग्घर गरेर दरबार को चारैतिर अनि आफ्नो सयन कक्ष को वरिपरी पनि लक्ष्मीपूजाको दिन दियो(तेलको बत्ति) बालेर राख्न सुझाव दिइयो र त्यसै अनुसार चारैतिर दियो पनि बालियो, ता की माता लक्ष्मीले नाग सँग परामर्श गरी राजालाई अभय दान दिन बाध्य होस । त्यस्तै नै भयो पनि, जब यमराजले नागलाई खोइ त राजालाई किन यमलोक नल्याएको भन्दा समयनै नपुगी कसरी ल्याउनु? नागले भनेछन ।
यमराजले आफ्नो बहीखाता खोलेर हेर्दा राजाको आयु त अझै ७० बर्ष बाकी देखेछन, भएको के रहेछ त भन्दा खातामा राजाको आयु शुन्य (०) बर्ष लेखिएको रहेछ र नाग बाठो भएर शुन्यको अघिल्तिर ७ थपिदिएका रहेछन जस्ले गर्दा राजा थप ७० बर्ष बाचेछन । त्यहाँ उप्रान्त यसैको खुशियालीमा आज पनी जताततै दियो बालेर लक्ष्मी माता को पूजा गर्ने चलन रहदै आएको रे । तिहार लाई कसैले कतै दीपावली पनि भन्ने गर्छन ।

कुकुर तिहार शनिवार

यमपञ्चक को दोस्रो दिन अर्थात कुकूर तिहार । कुकूर मानिस को एक असल साथिको रूपमा जताततै चिनिन्छ र बिशेष गरी घरमा पहरेदारको रुपमा पाल्ने पनि गरिन्छ । किम्बदन्ती मा उल्लेख गरिए अनुसार यमलोक मा यमराजको दरवार को गेटमा कुकूरले नै सुरक्ष्या दिने गर्छन रे, फेरी यसलाई बिनाशको देवता भैरव को बाहन को रुपमा मान्नेपरम्परा छ भन्दा फरक नपर्ला । आज को दिन कुकूरलाई टाउकोमा रातो पहेलो टिका लगाइदिएर घाटीमा रंगीचंगी फूलको माला पहिल्याएर पूजा गर्ने चलन रही आएको छ । आजै को दिन मा मिठी मिठो भोजन गराउने गरिन्छ त्यसैले त आजको दिन कुकूर को जुनी मा ठुलो मानिन्छ ।  

हामी ले घरमा कुकूर पाल्नु को पनि अर्थ छ, घरको चौकिदारी गर्ने र आइपर्ने आपत बिपत को सुचना, खबरदारी गराओस भनेर पाल्ने गर्छौ हैन त ?

लक्ष्मीपुजा शनिवार वेलका

 लक्ष्मीपूजा, तिहारको सबै भन्दा महत्वपूर्ण दिन पनि हो । आजको दिन बिहान गाईलाई धनको प्रतिक को रूपमा पूजा गरिन्छ र बिशेष गरी साझ धनधान्यकी देवी माता लक्ष्मी को पूजा गर्ने गरिन्छ । सबैले आ-आफ्नो घर गल्ली चोक सफा सुग्घर गरिसके पछी गाईको गोबरले लिपपोत गरिन्छ । साझ घर लाई चारै तिरबाट दियो बालेर झिलिमिली पार्न चलन छ , बत्ती नबलेको घरमा माता लक्ष्मी ले बास गर्दिनन रे त्यसैले पनि घर को हरेक ठाउमा बत्ती बालिन्छ ।

घरका हरेक झ्याल ढोका मा दियो बालिन्छ, आजको दिनमा साझमा घरको ढोका खोलेर राखिन्छ ता कि धन कि देवी लक्ष्मी यही बाटो भएर पूजा कोठा सम्म पुग्न गार्हो नहोस । अमुल्य गर- गहना, प्राचीण मुद्रा लगायत बहुमुल्य धातुहरुको पूजा गर्ने चलन पनि रही आएको छ । अधिक आवस्यक परिस्थिती बाहेक यी सामान हरु लाई अत्यन्त सुरक्षित राख्न परम्परागत बाकस (सन्दुक) मा राख्ने गरिन्छ जुन बाकस एक पुस्ता बाट अर्को पुस्तामा हस्तान्तरण गर्दै ल्याईन्छ पनि । सम्पूर्ण पुजा सके पछी घरका सदस्यहरु मनोरन्जन को लागी कोही तास,कोही लङूर बूर्जा त कोही कौडी खेल्ने गर्छन । आजको दिनमा खेलिने जुवा तास लाई कानून बिपरीत मानिदैन त्यसैले पनि जताततै खेलेको हेर्न पाईन्छ । 

September 20, 2009

दशैको मंगलमय शुभकामना

दशै औपचारिक रुपमा सुरु भएको छ ।  यसै अवसरमा घरघरमा घटस्थापना गरिदै छ । यस वर्ष असोज १२ गते वडा दशै परेको छ । अवको केही दिनमा सवै नेपालीका निधारमा पहेलो जमरा र रातो टिका हुने छन । कत्तिले पिङमा झुन्डिएर धर्ति छोडेको अनुभव लिने छन । मुलुक वाहिर रहनेहरुले यस्तो अवसर नपाएपनि दशैको शुभ कामना ।

यसै अवसरमा राजधानी खाल्डोवाट वाहिरिनु पर्ने भएकाले व्लग विर्घापनि यसबीचमा अपडेट हुने छैन । संभवत असोजको दोश्रो सातावाट नियमित अपडेट हुने छ । दसैंको पहिलो दिन आश्वीन शुक्ल प्रतिपदामा वैदिकहरूले नजिकको तीर्थबाट ल्याइएको माटोमा वैदिक विधिपूर्वक पञ्चधातु एवं पञ्चपल्लव राखी जौ र मकै छरेर दुर्गा भवानीको प्रतीकका रूपमा घटस्थापना गरिन्छ । तान्त्रिक मतालम्बीहरूले भने पञ्चमकारसहित तान्त्रिक विधिले ठूलो भेगुतमा तीर्थबाट ल्याइएको बालुवा वा पांगो माटोमा जौ र मकै छरेर घटस्थापना गर्ने परम्परा छ ।

यस उपलक्षमा हनुमानढोका दरबार दसैंघरमा बिहान ८ बजेर २७ मिनेटको शुभ साइतमा घटस्थापना गरी पूजा अर्चना गरियो । यसै दिनदेखि नवमीसम्म प्रत्येक दिन बिहान सबेरै एकरएक तीर्थमा गई स्नान गरी एकरएक शक्ति पीठमा पूजा आराधना गरी नजिकको शिव लिंगलाई अर्घ दिने गरिन्छ । विजयादशमीका दिन गुह्येश्वरीस्थित शान्ति तीर्थमा स्नान गरी गुह्येश्वरी माईको पूजा अर्चना गर्ने परम्परा छ ।

(दशैको उपलक्ष्यमा विर्घा व्लगका पाठक, शुभेच्छुक र हितैषी सवैलाइ लाख शुभकामना । दशैका गतिविधीको ताजा अपडेटकालागि प्रतिक्षा गर्नु होला ।)

July 26, 2009

आज नागपञ्चमी

 

आज साउन शुक्लपक्ष पञ्चमी तिथि अर्थात् नागपञ्चमी, हिन्दु परम्पराअनुसार घरका ढोकामा नागको चित्र टाँसेर नागपञ्चमी पर्व मनाइँदै छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्यम, तक्षक, कुलीर र कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ ।

नागको चित्रमा दुध, दही, अक्षता, फुल दुबो राखेको घरको ढोका माथि टाँस्ने गरिन्छ । आजको दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरु भएको पनि मान्ने गरिन्छ । यसै अवसर पारेर राजधानीको नाग पोखरी नक्सालमा विशेष मेला लागेको छ । आज नागका चित्र विक्री गर्ने तथा खरिद गर्ने हरुको विभिन्न मठ मन्दिरमा चहल पहल देखिएको छ ।

 

अव चाडवाड शुरु हुदैछन । लगत्तै जनैपूर्णीमा अनि चेलीवेटीको पर्व तिज शुरु हुदैछ । त्यसपछि १६ श्राद्ध र दशै तिहार आउदैछन । चांड वाडंको शुरुआत हुने भएर होला नाग पन्चीको नेपाली समाजमा विशेष महत्व छ ।

April 19, 2009

नंया वर्षको शुभकामना

 

 

नंया वर्ष २०६६को पावन अवसरमा विर्घाव्लग आफ्ना समस्त पाठक, शभेच्छुक र सहृदयीसवेैप्रति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । आउनेसाल तंपाइहरु सवैकालागि मंगलमय र लाभदायक तथा उपलव्धीमुलक रहोस ।

 रोकिएका कामहरु वनुन, नंया कामहरु शुरु हुन, मनमा असल विचार आओस ज्यानले खोजेको कुरा पाओस । नंया वर्ष राम्रो, रमाइलो र उपलव्धीमुलक होओस ।

March 9, 2009

होलीको विशेष शुभकामना

रङ्गहरुको पर्व फागु अर्थात होली आज देशभरी हर्षोल्लासका साथ परम्परागत रुपमा मनाइँदैछ । वसन्तऋतुको आगमनसँगै आपसी मेलमिलाम र सदभावनाको सन्देश लिएर आउने होली पर्व रङ्ग र लोला खेली मनाइदैछ ।

दैत्यराज हिरण्डकश्यपुले आफ्ना पुत्र प्रहृलादलाई मार्ने उद्देश्यले ब्रहृमाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलीकालाई दन्किरहेको आगोमा पस्न लगाउँदा होलीका आफै भष्म भएकी थिइन । तर प्रहृलादलाई भने आगोले छुन नसकेको शास्त्रमा उल्लेख गरिएको छ । त्यसै वर्षदेखि पापी होलीका भष्म भएको अवसरमा होली पर्व मनाउने चलन चली आएको मान्यता छ । होली पर्वका अवसरमा आज विहानैदेखि काठमाडौं उपत्यकालगायत देशभरी रङ्ग र लोला खेली होली पर्व मनाउन शुरु गरिएको छ । तराइका जिल्लाहरुमा भने पूर्णिमाको भोलिपल्ट अर्थात भोलि यो पर्व मनाइनेछ ।

विभिन्न जातजातिहरुले आ-आफ्नै किसिमले मनाउने परम्परा अनुसार थकाली जातिले आज तिरहान्ने प्रतियोगिताको आयोजना गर्दैछन् । आजै स्थानीय वासिन्दाले वसन्तपुरमा गाडीएको चीरलाई विधिपूर्वक गाडी बाजागाजाका साथ टुँडीखेलमा लगी जलाउने गरिन्छ । त्यस चीरमा गाडिएका ध्वजा पताका औषधि उपचारको काममा आउने विश्वासका साथ लुछाचुडी गर्ने परम्परा रहेको छ । बसन्तपुरको गद्दीवैठक अगाडि अष्ठमीका दिन गाडिएको मयलको रुखलाई रङ्गीचङगी पारेको चीरमा पूजा आजा गरेपछि होली शुरु भएको मानिन्छि । त्यस्तै, ललितपुरमा त्यसै दिन गाडिएको चीर आजै वागमतिमा लगेर सेलाउने गरिन्छ ।

फागुपर्वका अवसरमा सरकारले आज देशभरी सार्वजनिक विदा दिएको छ । यसै अवसर पारेर होली मनाउन म पनि सडकमा निस्किएको थिए । काठमाण्डौका सडकको होली विशेष रमाइलो र हेर्न लायक देखिन्छ । लोला खेल्दै रंग दलेर सडकमा निस्किएका युवा युवतिले यस पटकको होलीलाइ थप रंगिन र हेर्न लायक वनाएका थिए ।

राजधानीको तिनकुने, वानेश्वर, ववरमहल, सुन्धारा, मैतिदेवी, वानेस्वर हाइट लगायतका स्थानको सडक नाप्दा मैलेपनि यस्तै दृष्य देंखेको थिए । होली पहाड लगायत उपत्यकामा आज र तराइमा भोली गरेर दुइ दिन धुमधामका साथ मनाइन्छ । यसै अवसरमा देश विदेशमा रहनु भएका , होली मनाउन पाउनु भएका र मनाउन नपाउनु भएका सवैलाइ होलीको विशेष शुभकामना ।

December 9, 2008

बकर इद पर्व मनाउँदै

देशभरका मुसलमान समुदायले आफ्नो ठूलो चाड बकर इद धुमधामकासाथ मनाउँदै छन् । आजको दिन विहानै नुहाइ धुवाइ गरी सफा लुगा लगाएर सबै मुसलमानले इदगाह मस्जिद वा खुला मैदानमा भेला भइ नमाज पढेर सामूहिकरुपमा प्रार्थना गर्छन । त्यसपछि उनीहरु एक अर्कासँग हातेमालो गरेर इदुल अजहाको बधाइ तथा शुभकामना आदान प्रदान गर्छन ।

काठमाडौंको घण्टा घरमा रहेको जामे मस्जिदमा पनि मुस्लिम धर्मावलम्वीहरुले नमाज पढि बकर इद मनाएका छन् । यसैबीच प्रधानमन्त्री प्रचण्डले समस्त नेपाली खासगरी मुसलमान धर्मावलम्बी दाजुभाई एवम् दिदी-बहिनीहरूको धार्मिक-सांस्कृतिक आस्थाको केन्द्रविन्दु एवम् मिलन, आपसी भाइचारा, सम्मान र सद्भाव प्रवर्द्धन गर्ने प्रेरणाको स्रोत बकर इद पर्वको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

यसै उपलक्ष्यमा उपराष्ट्रपति परमानन्द झाले शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपाली मुस्लिम दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गर्नुभएको छ । यसैगरी नेपाली कंग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले बकर इदले सबै जिम्मेवार पक्षलाई राष्ट्रिय जिम्मेवारी पूरा गर्नका लागि प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

October 27, 2008

तीहारको शुभकामना

भाइटीकाको साइत

नेपाल ज्योतिष परिषद्को आइतबार बसेको बैठकले यस पटक भाइटीकाको साइत २०६५ साल कात्तिक १४ गते बिहीबार दिनको ११:४५ बजेदेखि ११:५५ बजेभित्र सर्वोत्तम भएको ठहर गरेको छ।

उक्त समयमा धनु लग्नको वर्गोत्तमास पर्ने सो परिषद्ले जनाएको छ।यसैबीच यमपञ्चकको दोस्रो दिन आज सोमबार घरघरमा कुकुर तिहार मनाइँदै छ। इमानदार पहरेदार जन्तुका रूपमा परापूवकालदेखि परिचित कुकुरलाई वर्षा एकपटक आजको दिन यमदूतका रूपमा पूजा गर्ने चलन छ।

October 26, 2008

तिहार आजदेखि सुरु

हिन्दूहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ ।प्रत्येक वर्षो कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाच दिन मनाइने भएकाले तिहारलाइ यमपञ्चक पनि भन्ने गरिन्छ ।तिहारको पहिलो दिन कागको, दोस्रो दिन कुकुरको, तेस्रो दिन बिहान गाईको पूजा गरिन्छ भने साँझ लक्ष्मीको पूजा तथा दिपावली गरिन्छ ।

त्यस्तै तिहारको चौथो दिन गोबर्द्धन पूजा र पाँचौ दिन भाइटीका लगाएर तिहार सकिन्छ ।तिहर अवधिभरी देउसी भैलो खेलेर शुभकामना आदानप्रदान तथा रमाइलो गर्ने गरिन्छ । तिहारको बेलामा रमाइलोका लागि जुवातास खेल्ने परम्परा पनि रहेको छ ।तिहारको पहिलो दिन आज काग तिहार भएकोले आज कागको पूजा गरिदैछ ।

कागलाई सन्देशबाहक पंक्षीका रुपमा सम्मान गर्दै कागको पूजा गर्ने गरिएको पुराणमा उल्लेख छ ।आज अहिले विहान कागको पूजा गरी मीठो खान दिएमा पुण्य प्राप्ति हुने धार्मिक मान्यताअनुसार कागको पुजा गरीदैछ । काग तिहारकै दिन पारेर आज भक्तपुरको सल्लाघारीमा काग सम्मेलन गरीदै छ ।सबैभन्दा धेरै चराहरुको आवज निकालेर गिनिज बुकमा नाम लेखाउनुभएका गौतम सापकोटाले काग सम्मेलन गर्न लाग्नु भएको हो । 

September 23, 2008

दशैको शुभकामना

विर्घा व्लगका आदरणीय पाठक, मेरा मित्रहरु, मेरा असल काममा हौशला वढाउने र खराव प्रति औला ठड्याउने सवैमा वडा दशै २०६५ को हार्दिक मंगलमय शुभकामना ।

विशेष कारणवस इन्टरनेटको पंहुच वाहिर रहनु परेकाले केही समय विर्घा व्लग नियमित अपडेट हुन नसक्ने जानकारी गरांउदछु ।

September 19, 2008

दशैको चहल पहल

अहो !! पोहोर पोहोर यतिबेला लगभग खालि हुने राजधानी यसपालि दसैंको भिडभाड बढी देख्छु जताततै भिड फुट्पातमा हिंड्ने ठाउँ छैन, दसैं बजार सडक सम्म फैलिएको छ। गाडी गूड्ने ठाउँ छैन समयमा कुनै ठाउँमा पुग्न सकिन्न। लुगा पसलमा लुगा किन्न तछाड मछाड देखिन्छ। सुन्छु तराइ जाने धेरै ले यस्पाली काठमाडौंमा दसैं मनाउने तयारी गर्दै छन रे। एक त आफ्नो घर सम्म पुगिने हो कि होइन त्यो डर, अर्को तर्फ समयमै जागिर भेट्टौन आइपुगिने हो कि होइन भन्ने डर , जो जता छन तेतै दसैं मनाउन घरका परिवार ले निर्देशन दिएका छ रे।
यस्पाली कान्तिपुर दैनिकले दिन दिनै जसो "देवीलाई फलफुल चढाऔ , पशुबली नचढाऔ" भन्ने नारा देखिए पनि खशी बजारमा मान्छेहरु घोर्ले खशी रोज्न बेस्त देखिन्छ ।
यस्पाली मेरो घरको दसैं अली बिबाद्स्पद भई रहेछ। घर सगैको कजन त ५ दिन राम देब को सिबिरमा के गएका थिए खसी त नकाट्ने निर्णयमा पुग्नु भएछ वा! वा! रामदेव हुन पनि ‘अप्ने पेट को सम्सानलय नही देबालय शिवालय बनावो’ भन्दै थिए।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com