September 17, 2009

दशै गीत

 स्वर: नारायण गोपाल
विछोडको पिडा नसकी खप्न दशैको वेलामा

तिमिलाइ भेट्न आउदैछु फर्की रमाइलो गांउमा !

डांडा छ साक्षी त्यही दिन र राति निद छैन आंखामा
मनको कुरो वुझदैन कोही पहाडी पखामा !
तिमै लागि चुरा धागो मायाको चिनो लिएर
मीठा मिठा कुरा जति मनमा साचेर !
डांफे चरी झै म वेग मारी झुल्कीउला सामुमा
तिमीलाइ भेट्न आउदैछु फर्की रमाइलो गांउमा !
दुखपनि नासिएन भाग्यमा घाम उदाइ
सधैभरी सुखि हुन वसी उनको पाइ !
लैजाउला उनलाइ संगै हात समाइ इस्वरको  मन्दिरमा
मनको कुरा मुखैमा कही पहाडी पाखामा !
विछोडको पिडा नसकी खप्न दशैको वेलैमा
तिमीलाइ भेट्न आउदैछु फर्की दशैको वेलैमा !
मनको कुरा वुझ्दैन कोही पहाडी पाखामा
विछोडको पिडा नसकी खप्न दशैको वेलामा !

तिमीलाइ भेट्न आउदैछु फर्की रमाइलो गांउमा !!

(गीतको अडियो अपलोड हुन सकेन, त्यसका लागि क्षमा प्रार्थी छु ।)

May 14, 2009

थाइल्यान्डका झांकीहरु

Filed under: घुमघाम


गएको वर्ष यो सिजनमा म थाइल्यान्डको राजधानी वैंककमा थिंए । जापानका युवाहरुको निमन्त्रणमा म जस्तै एशीया प्यासिफिक क्षेत्रका २७ देशका युवा प्रतिनिधीहरुपनि उक्त समारोहमा रहेका थिए । राजधानी वैंकक, पुरानो राजधानी शहर अयुताया र पर्यटकीय शहर पतायामा म करिव दश दिन रहे ।

त्यसक्रममा केही नेपालका त केही विदेशका कुराहरु भए । कतिपय गंभिर विषयमा त कतिपय शैद्धान्तिक विषयमा । त्यस अलावा रमाइला विषयहरुमा पनि कुराकानी भए । नेपाललाइ माया गर्ने मित्रहरुको माझमा म त्यसै त्यसै पुलुकित हुन पुगेको थिए ।

यद्यपि भारतीय मित्रहरुको नेपललाइ हेर्ने दृष्टीकोण त्यस अवसरमा पनि देखिदा मलाइ त्यति निको लागेन । तर वैगुनिलाइ गुनले मार्नु पर्छ भनेजस्तो ति मित्र पनि मेरो आदरभावले पग्लिएछन ठांउमा आइहाले । नेपालीलाइ आखिर तिमेरु हाम्रो देशमा काम गर्न आउने वहादुर त हौ नी भन्ने भाकाको कुरा गर्ने ति मित्रमा कार्यक्रमको अन्त्य सम्ममा वुद्धि पलाएको देखेर म मा त्यसै त्यसै आनन्द आयो ।

खैर त्यसक्रममा जापानवाट आएका मित्रहरुले नेपाल र नेपालीप्रति देखाएको आदरभावले म फेरी पग्लीए । खैर जे होस थाइल्यान्डको विकास त्यहाको सम्पन्नता र पर्यटन व्यवसायको सफलता नेपालले सिक्नु पर्ने गतिला पाठ रहेछन । तर विडम्वना यो वर्ष भने थाइल्यान्डले नेपालवाट अविस्वास र राजनैतिक अस्थिरताको पाठ सिके जस्तो छ । ती विडम्वनाहरु सुधार होउन भन्ने कामना सहित ।

April 29, 2008

हतारको यात्राको केही झझल्को

Filed under: घुमघाम

आज म स्याङजाको भ्रमण गरेर फर्केको छु । चुनावको निहु पारेर लामो स्याङजा वसाइपछि राजधानी फिरेको म एक आफन्तको विवाहकालागि आइतवार स्याङजाको मालुङगा पुगेको थिए । आउदो मंसिर अगाडी लगन नजुरेकोले वैशाखको अन्तिम लगन भएपनि नछुटाउने भनेपछि हतार हतारमा विवाह हुन लागेको रहेछ । ज्यादै नजिकका आफन्त भएकाले म पनि हतार हतार पुर्व तयारी र सुचना विना स्याङजा हान्निएको थिए । विहान कलेज-अफिस सकेर न्युरोडको सामान्य किनमेलपछि म आइतवार अपरान्ह दुइ वजेको वसमा पोखरातिर लागे । म चढेको माइक्रोवसले करिव ७ वजे पोखराको पृथवी चोक पुर्यायो । अन्तिम माइक्रोवस वालिङकालागि जादै रहेछ । त्यसैमा सवार भएर करिव पौने दशवजेतिर म वालिङ भकुन्डेका पुगे । वालिङमा खाना खाइवरी भाइ पुरषोत्तम पान्डेको वाइकमा चढेर पुरुषोत्तम र म लाग्यौ मालुङगा तिर । राती करिव १२ वजेतिर हामाी पुगियो विवाह घरमा । हतारको यात्रा भएकाले यात्रामा केही कठिनाइहरु आएका थिए ।

रात्रीकालिन यात्राका रोचकताहरुपनि उत्तिकै थिए । भ्रमण सकेर म आजै वेलुका राजधानी भित्रिएको छु । साथमा व्लगका पाठककालागि वाटोमा ल्ािइएका केही तस्विरहरु ।

सिद्धार्थ राजमार्ग अन्तरगत स्याङजामा पर्ने भालु पहाड मुनीको पहाड । देख्दा ज्यादै विकट लाग्ने यस पहाडमा केही स्वदेशी फिल्मको सुटिङपनि भएको छ ।

तनहु र कास्कीको बीचवाट वहेको सेतीनदी र नदी कटानवाट वढ्दै गएको पहिरो ।

वाटोमा पर्ने तंनहु छाङका खेतमा झुलेको हिंउदे धान ।

माइक्रोवसवाट लिइएको तंनुहुकै अर्को फांटमा धान झुलेको दृष्य । हतारमा भएकाले ठ्याक्कै कुन ठांउ भन्ने हेक्का भने रहेन ।

March 31, 2008

वसन्तको आगमन, वढुवाको वधाइ र थानकोटको रमझम

Filed under: घुमघाम


अच्युत पौडेल "चिन्तन"

जनआन्दोलन दुइको सफलतापछि प्राप्त जनअधिकारको उपयोग गरी भावी संविधाना कोर्ने तयारिको लागि मुखैमा आएको संविधानसभा सदस्य निर्वाचनको पुरव सन्ध्यामा विं सं २०६४ को विदाइ र वि सं २०६५ को स्वागत तथा पावन वसन्त पर्वलाइ जोडेर गोश्वार हुलाक कारा्यालयवाट वढुवा हुने ५७ जना कर्मचारीहरुद्धारा आयोजित झन्डै सवा तीन सय कर्मचारीहरुको संलग्नतामा गएको शनिवार त्रिभुवन स्मारक थानकोटमा एक भव्य पिकनिक सम्पन्न भएको छ ।

झन्डै डेढ दशक लामो निरन्तरको सेवापछि नंया प्रावधान अनुसार स्तर वृद्धी भएको खुशियालीमा हृर्दय खोलेर पवित्र भाव सहित अभिव्यक्त पंक्तिकारको कविता वाचनपछि शुरु भएको कार्यक्रममा गाना वजाना र नाच गानमा समेत पुगेको थियो ।

मसक्क मुस्कुराएर ताली लौ गडगडाहट

म भन्छु फेरी एक चोटी छ मेरो शुभकामना

नांचौ गांऔ सवै मिली नंया वर्षे विहानीमा

नभुलौ एकता हाम्रो फेरी छ शुभकामना

दिनहरु आउछन जान्छन तर स्मरणमा आउने दिनहरु कम हुन्छन । सधै जसो धुलाम्मे रहने काठमाण्डौकोव्यस्त शहर छिचोल्दै हाम्रो समुह कलंकी पुगको थियो शनिवारको विहानीमा । व्यस्त कालिमाटी रवि भवन देखि नै सडक जाममा परेको आयोजक समुह कलंकी पुग्दा भोकाइ सकेकेा थियो । सधै जसो काठमाण्डौ वासीहरुलाइ खाद्यान्न र तेल मटि्टतेल ल्याउने ट्रक, वस देखि सवै यात्रुवाहक गाडीहरु सडकमा निदाइ रहेका थिए । हिजै देखि तराइवाट छुटेका ती सवारीहरुको तांतीले हाम्रो यात्रा हम्मे हम्मे परेको थियो । थानकोट पुग्नलाइ ।

अझै २ घंटाको लामपछि थानकोट गेट स्मारक चोक पुगी जनही ५ रुपैयाकोा टिकट काटी हामो समुह पिकनिकस्पट पुग्यो । हल्का वै्रकफाष्टपछि स्पटवरिपरी भ्रमण गर्दा आ आ
ˆना समुहमा आवद्ध भइ पिकनिक मनाउने अन्य समुह पनि धेरै देखिन्थे । प्रकृतिले मनोरम दृष्यावली देखाइरहेको थानकोट पार्कलाइ उत्तर तर्फको दहचोक डांडो र उत्तरपुर्व स्यवम्भु, नागार्जुन उचाइले हातेमालो गर्ने प्रयास गरेको थियो ।

वसन्तमा पकृति वोल्छ, फुल शिरमा झुम्मिन्छ, के युवा के युवती, किशोर किशोरी सवैले मन पराउछन वसन्तलाइ । शुष्क स्वरलेपनि कन्ठरस प्राप्त गर्दछ । शुखद क्षणहरुको वर्षा हुन्छ । पंहाड हास्छ, धरती जोसिलो हुन्छ । माधुर यात्राले पल्लवीहरुलाइ तान्छ । नवोल्नेहरु वोल्छन, ननाच्नेहरु नाच्छन, नगाउनेहरु पनि गांउछन । त्यही भयो थानकोाटको पिकनिकमा । स्वरमा स्वर दिने र तालमा ताल दिनेहरु थपिए । कार्यक्रम भव्य भयो ।

नृत्य गर्दै साथीहरु

शुरुमा २-४ जना फाट्ट फुट्ट मात्र नृत्य गीतवाट मनोरन्जनमा उत्साह देखाउने साथीहरु क्रमश कार्यक्रमको रौनक वढ्दै गएपछि अन्तत अधिकांशं नृत्य गीतमा संलग्न भए । एकाध छाडेर सहभागीहरु मादलुको ताल देखि दोहोरी रमझम आधुनिक पप संगीत देखि शाश्त्रीय गायनसम्म र स्वरलहरीमा मग्न देखिन्थे । खानपान सहितको सांगीतिक भालाकुसारीले थानकोटको माहोल रमणीय थियो नै प्रकृतिपनि हांसीरहेको देखिन्थ्यो । स्तरवृद्धि हुने साथीहरुलाय अन्य साथीहरुले दिल खोलेर शुभकामना प्रदान गरे भने स्तर वृद्धिहुनेहरले हार्दीकता पुर्वक त्यसलाइ ग्रहण गरे ।

बीच बीचमा टुक्रा र मिठास शैलीको प्रस्तुतिले सोमरसको स्वरवाट मात्र आनन्द मिल्छ र रमाइलो हुन्छ भन्ने कुरालाइ ठाडै चुनौति दिएको थियो । अझै सात्विक खाना सफा र व्यवस्थित तवरवाट क्याटरिङ मार्फत प्राप्त सेवा स्मरण योग्य थियो ।

लेखक कालकार कवि गायक नृत्य नृत्याङगानाहरको समेत भरपुर साथ पाएको कार्यक्रममा महिला कर्मचारीहरुको मनग्गे सहभागिता रहेको थियो । कार्यक्रमलाइ रौनक दिनमा उनीहरुको पुर्ण सहयोग प्राप्त थियो । कार्यक्रमलाइ थप उत्साह दिनमा आयोजक पक्षका माधव न्यौपाने, वोनस थापा, शुरेश ड्गोल र देवेन्द्र पाण्डे लगायतका साथीहरुको ठुलो योगदान रहयो ।

गोश्वारा हुलाक कार्यालयका प्रमुख लोकप्रसाद आचार्य तथा अन्य वरिष्ठ अधिकृतहरु लगायत कर्मचारीहरु, प्राविधिकहरु एवं विगतमा सोही कार्यालयमा रहेर ठुलो गुन लगाएका साथीहरुको पनि उल्लेख्य सहभागिताले कार्यक्रमको रौनक वढाएको थियो ।

कार्यक्रमको समापन समारोहमा नंया वर्ष २०६५ को हार्दिक र मंगलमय शुभकामनाको साथै कार्यक्रममा संलग्न साथहिरुको थप हौसलाको लागि पंक्तिकारवाट रातो टिका प्रदान गरी अटल सफलताको कामना गर्दै सम्पूर्ण साथीहरुलाइ आगामी दिनहरु थप मंगलमय होउन भन्ने कानमा संगै स्वादिलो खानपछि कार्यक्रम घर घरमा आइ समापन भएको थियो ।

(तस्विरहरु प्राप्त नभएकाले इच्छा भएपछि ठांउदिन सकिएन । कृपया तंपाइसंग भएका तस्विर पठाएर सहयोग गर्नुहोला । )

January 1, 2008

हप्तादिन लामो टुरमा जानुअघि

Filed under: घुमघाम

विद्यार्थीहरुले मोफसलको पत्रकारितावारे जानकारी लिने रहर गरेपछि म एकहप्ता लामो पश्चिम भ्रमणमा निस्कदै छु । टुरमा जाने भनेदेखिनै विद्यार्थीहरु अनेक तरहले श्रोत जुटाउनमा लागी परे । उनीहरुको उमंग र पहलका बीच म नतमस्तक वने । मेरा भएका कामलाइ विद्यार्थीको रहले जित्यो । र हाम्रो यात्रा शुरु हुने भयो – विहिवारवाट । आमसंचार तथा पत्रकारिता विषय पढ्ने स्नातक तहका करिव २२ विद्यार्थी सहित म टुरमा निस्कदैछु । कति विद्यार्थी रहर भएपनि विविध कारणले जान पाएनन । यद्यपि एउटा ठुलो समुह टुरमा निस्कदैछ । हामीले विहिवार चितवनका कालिका र सिनर्जी एफएमको भ्रमण गर्ने छौ ।

 त्यसपछिका दिनहरुमा नवलपरासीको विजय एफएम, मणिग्रामको लुम्विनी एफएम, भैरहवा, वुद्ध जन्मस्थल लुम्विनी, वुटवलको तिनाउ एफएम, कालिका एफएम र स्थानीय पत्रिकाहरु तिलोत्तमा दैनिक, मेचीकाली दैनिकको भ्रमण गर्ने छौ । मोफसलको पत्रकारिताको राजधानी पनि भनिने वुटवलका स्थानीय संचारकर्मीहरुसंग अन्तर्क्रिया समेत गरेपछि हामी पुग्ने छौ पाल्पाको मदन पोखरा । मदनपोखराको सामुदायीक एफएम रेडियो मदनपोखराको भ्रमणपछि हामी पुग्ने छौ पाल्पा सदरमुकामा तानसेन वजार । स्थानीय श्रीनगर एफएम, जनचेतना साप्ताहिक तथा पाल्प्ा टाइम्सको भ्रमणपछि हामी जानेछौ श्रीनगरेको पाक्रृतिक दृष्यावलोकनमा ।

पाल्पाका स्थानीय संचारकर्मीहरुसंगपनि हाम्रो अन्तरक्रिया हुने छ । पाल्पा पछि हामी स्याङजा वालिङमा रहेको आंधीखोला एफएमको भ्रमणमा जाने छौ । त्यहांको वस्तुस्थिति वुझेपछि हामी स्याङजा वजार हुदै पोखरा पुग्ने छौ । पोखराका अन्नपुर्ण, माछापुच्छ्र्रे एफएम पछिको हाम्रो भ्रमण स्थानीय दैनिक पत्रपत्रिकामा हुनेछ ।

यात्रा अवधीमा हाम्रंो टोलीलाइ चितवनका निर्मल कुंवर, चांदनी हमाल, रुपन्देहीमा रामकृष्ण पन्त, इन्दिरा अर्याल, टोपराज शर्मा पाल्पामा चुरामणी, जगदीश भट्टराइ, वालिङमा जलेश्वर पान्डे र दीपक पान्डे तथा पोखरामा धन वस्नेत, शुदर्शन रन्जित लगायतका संचारकर्मीहरुले सहयोग पुर्याउनु हुनेछ ।

{यात्राको सफलताकालागि तपाइहरुको सुभेच्छा लिदै केही दिन व्लग अपडेटमा विलम्व हुने जानकारी गराउदछु }

December 22, 2007

लोकगीतमा झुमेको एक साझ

Filed under: घुमघाम


गीत संगीतको पारखी भएपनि लोकगीत मेरो खासै रुचीमा पर्दैनन । सुगम संगीतमा रुची राख्ने भएपनि यसपटक भने लोकगीतले मेरो मन जित्यो । भन्न त साथीहरुले लोकगीतमा थपडी वजाउनेले मेरो मन जित्यो भनेका भएपनि गीतले पनि उत्तिकै मन जितेको थियो मेरो ।

एउटा औपचारिक कार्यक्रमको शिलशिलामा पश्चिम नेपाल पुग्दा मसंगै गएका राष्ट्रियस्तरका कलाकारहरुलाइ स्थानीय कलाकारहरुले घेरा हाले । कलाकारको बीचमा परेको म ववुरोलाइपनि उनीहरुले कलाकारकै व्यवहार दर्साए । कलाकारहरु नविन पान्डे, मनोहरी थापा, मिना शर्मा लगायतको टोलीबीचमा म पनि थिए । न त गला न त कला दोहोरो मारमा परेको म पनि थपडी नवजाइ सुख पाइन । थपडीमा मैले कसैको कपी गर्न लागेछु । साथीहरुले कमेन्ट गर्दा आफै लजाए ।

नवलपरासीमा स्थानीय कलाकारका साथ राष्ट्रिय कलाकारहरुले दिनभरी गीतमात्र गाएनन । सांझपनि आˆनै कावुमा राख्ने कोसिस गरे । म पनि सवै साथीहरु लोकगीतमा जमेपछि लहै लहमा लागे महफीलमा । महफील यस्तो जम्यो की रात जति छिप्पियो रमाइलो झनै वढ्दै गयो ।

धोका दिनेलाइ के भनौ र खोइ

तिमी हांस भो मै वसुला रोइ

लगायतका विभिन्न भाकामा कलाकारहरुले रात्री खप्लक्कै खाए । मपनि थपडी वजाउदै रात मात्र विताइन केही मित्रहरुसंग चिनापर्ची पनि वनाए । तस्विरमा देखिएका मध्ये धेरै अहिले नवलपरासीमै छन तर म भने यतिवेला राजधानीमा रहदा पनि संगीतमै झुम्मिएको छु । यसका पछाडी मेरो समुहका साथीहरुको मात्र नभएर तस्विरमा ताली वजाउनेहरुको पनि हात छ जस्तो लाग्छ । कुनै कुरा मन पर्नु या नपर्नुमा मान्छेको रुची र प्रभाव ठुलो हुदो रहेछ भन्ने लागेको छ यतिवेला ।

November 16, 2007

के सारो खुलेका यी हिमाल

Filed under: घुमघाम

हिमाली पठार हिंउमय भएको छ । हिंउहरु सेतै देखिन थालेका छन । अव केहीपछि कुहिरोले हिमाललाइ ढपक्कै छोप्ने छ । यसैले पनि हिमाल श्रृंखलाका तस्विर लिन म केही दिन अघि देखि विहानैको सिरेटोमा त कहिले सांझको सुर्यास्तमा उपत्यका वरपरका डांडामा चहारेको चहार्यै थिए । मौका वल्ल मिलेछ । लज्जावति झार जस्तो लजाउने हिमालहरु वेहुलीझै घुम्टो उघार्दै एकपछि अर्को देखिन लागे । कार्तीक २९ गते विहान म भक्तपुरको नालिन्चोक वरपर धेरैवेर रग्मगाए ।

 करिव पांच वजेदेखि मेरो क्यामेराले स्न्यापहरु लिन शुरु गर्यो । सात वजेपछि खुल्न शुरु गरेका हिम श्रृंखलाहरु दश वज्दासम्म पनि हेर्न लायक थिए । क्यामेराको क्वालिटीका कारण भनेजस्तो फोटोहरु लिन नसकेपनि जे होस यस सिजनका धेरै फोटोहरु मेरो क्यामेरामा कैद भए । हिमालहरुमा हिंउ कम भएकाले भनेजस्तो सेताम्मे छैनन हिमालहरु ।

तैपनि यिनै हिमाल हेर्न देश देशावरवाट यायावरहरु आइरहेकै छन । विहानको सिरेटोमा कफी र धुंवा उडाउदै मैले फोटोहरु लिइरहदा भक्तपुरका किसानहरु खेतमा कामका लागि निस्किएका थिए । इट्टा वनाउने सिजन सकिएकाले होला । इट्टा चिम्नीवाट उतिसारो धुंवा आएको थिएन ।

यसपटक नेपालमा शान्ती छाएकोले धेरै पर्यटकहरु ओइरिएका छन । उनीहरुका प्रियपनि यिनै हिमाल र नेपालीका मुस्कान त हुन नी । राजधानी नजिकै रहेको जुगल हिमाल सिन्धुपाल्चोक जिल्लामा पर्छ । यो हिमाल यस भेककै प्रख्यात र सुन्दर हिमालमा गनिन्छ । जुगलले घुम्टो खोलेपछि शुरु भएको मेरो तस्विर श्रृंखला मैले दशवजैतिर विटमार्दापनि उसैगरी मुस्कुराइ रहेको थियो । मैले फोटो खिचिरहदा पोखरा घर भएका जगत तामाङ भाइ पटक पटक मेरो नगिचमा आइ फोटोहरुवारे जानकारी लिइ रहेका थिए । मैले अली झिजो मानेको वुझेपछि जगत पाखा लागे ।

स्कुले नानीहरु मेरो पासैवाट पार हुदा मैले उनीहरुलाइ एक एक गोटा कफी ट्याव्लेट वाड्न भ्याएं । यो जमानाका भुरा भुरी न परे थ्याङक्स अंकल भन्न किन छुटाउथे । म केही वेर भावुक वनेर आफ्नो विगत संझिए । खाली खुट्ट हातमा किताव च्यापेर क्लास शुरु भइसक्दा कक्षा कोठा छिर्ने मेरो विगत र झोलामा टिफिन च्यापेर समयमै टाइ भिरेर स्कुल हिड्ने यी केटाकेटीबीच तुलना गर्न खोज्नु मुर्खता हो भन्ने वुझेपछि म फोटोमै निमग्न भए । यसपटकका हिमाली फोटोहरु तंपाइलाइ कस्तो लाग्यो-कमेन्ट भेज्नु भयो भने मेरो मेहनत सफल भएको ठान्ने थिंए । आजलाइ यी श्रृंखला यति नै ।

October 29, 2007

पैदलै हिंडी- रानीघाट र रिडी

Filed under: घुमघाम

जमरा सेलाउने पुर्णीमाको भोलीपल्टका घाम अरुदिन भन्दा तेज थिए । यसै दिन हाम्रो नंया ट्रेकिङ रुट पहिल्याउने यात्रा तय हुदै थियो । यात्रामा मेरा मित्र तथा पुल्चोकवाट सिभिल इन्जिनियरिङमा स्नातक सक्दै गरेका भाइ रमेशले साथ दिने भएका थिए । हाम्रो यात्राको गन्तव्य काठमाण्डु भएपनि नंया ट्रेकिङ रुट पहिल्याउन हामी दत्त चित्त थियौ । यो रुटको विकास गरी पर्यटक भित्र्याउन सके दुर्गम मानिएका यी गांउमा पनि विकास हुने र जनताको जीवनस्तर उठ्ने हाम्रो सपना थियो । अत्यन्तै संभावना युक्त भएर पनि मिर्मी, सेदिवेणी, आलमदेवी, रानीघाट, छेर्लुङ हुदै अर्गली निस्कने रुट सधै ओझेलमा परेको थियो ।

यसैको संभाव्यता अध्ययनकालागि निर्धारित हाम्रो यात्रा कष्टपुर्ण भएपनि लक्ष्यसाथ तय भएकाले रमाइलोपनि उत्तिकै थियो । ९ गते षष्ठीको विहान सवा सातवजेतिर रमेशले मलाइ व्युझाए । आमाले केही खाएर हिडिदिए हुन्थ्यो भन्ने वात्सल्यता देखाउदा देखाउदैपनि आलमदेवीको पनि दर्शन गर्ने तय भएकाले केही वोल्न सकिरहनु भएको थिएन । सहरमा रुपान्तरण हुदै गएको मेरो गांउमा सवारी साधनको निकै चहलपहलका बिच काठमाण्डौ आउनपनि हामीले उल्टो गन्तव्य चुनेकोमा केही लाल वुझक्कडहरु छक्क परेका थिए । विहानको करिव ८:३० वजे हामी झोला भिरेर लाग्यौ उकालो यात्रामा । नंया ठांउको यात्रा गर्नु कुनै गहकिलो पुस्तक पढ्नु जत्तिकै हो भन्ने मान्यतामा विस्वास गर्ने भएकाले होला यात्रा रमाइलो र स्मरणीय हुने कुरामा म ढुक्क थिए । रमेशसंग त ट्रेकिङकालागि फिट हुने रुक्स्याक रहेछ, म भने अफिसियल हुन सुहाउने व्याग वोकेर यात्रामा लागेको थिए ।

यात्रामा ड्राइ फुड उपयुक्त हुने भएपनि छोटो यात्रा भएकाले हामी त्यसको जोहो. गर्नु पट्टी लागेनौ । यद्यपि खल्तीभरी चकलेट वोक्ने र यात्रामा भेटिएका वालवालिकालाइ वाड्दै उनीहरुसंग भालाकुसारी गर्ने पुरानो वानीलाइ मैले यसपटकपनि निरन्तरता दिएको थिए । वैघा भन्ज्याङ करिव एक घन्टाको उकालो चढाइमा उक्लिएपछि हामीले डांडामा केही वेर थकाइ मार्यौ । शिखरवाट धित मरुन्जेल तस्विर लिने हाम्रो रहर भने मौषमको कारण पुरा भएन । घाम तेज लागेपनि तुवालो हाम्रो वाधक वनेर आइलाग्यो ।

वैघा भन्ज्याङमा केही वेर पिङ खेलेपछि हामी लाग्यौ आलम तर्फ । साथमा पानीपनि नभएकाले मुख सुकाउदै एक घन्टा हिडेर पुगियो – आलमदेवी । मेरो घर गांउ नजिकैको मन्दिर परिचित भएपनि समयक्रममा भएका परिवर्तनहरु हृर्ने मेरो इच्छा थियो । आलमको डांडोमा रिसोर्ट वनाउन नसकेपनि एउटासम्म गेष्ट हाउस वनाउन सके यंहाको टुरिजम डेभलपमेन्ट हुने कुरामा शंका गर्न सकिन्न । यो रमणीय डांडोमा रात विताउन पाए देश देशावरवाट आउने पर्यटकहरु कति खुसी हुन्थे होलान । सांझको जुनमा मायालुका हात समाउदै लसर्घा डांडो नाप्न पाए उनीहरुले आफुलाइ कति भाग्यमानी संझिदा हुन ।

विहानको सिरेटोमा रानीघाट दरवार र विर्घाको फांटलाइ क्यामेरामा कैद गर्न पाए उनीहरुले संसार जितेको महसुस गर्दा हुन । यस्तै तर्कना मनमा खेलादा खेलाउदै हामी पुगियो लसर्घा डांडामा । जंहा विक्रमको १९९५ देखि राजा जैन खांनको किल्लाको रुपमा रहेको पिठ शैलीको मन्दिरमा आलमदेवी रहेकी छिन । आलमदेवीको मन्दिर पिठ शैलीको छ । जसको आधुनिक निर्माण राजा विरेन्द्रका पालामा विक्रमको २०३७ मा सरकारी सहयोग तथा जनश्रमदानका आधारमा वनाइएको हो । आलममा पानीको समस्या सधैभरी उत्तिकै छ । धेरैले धेरै आश्वासन दिएपनि यंहाको खानेपानी समस्या सधैको गुनासोको विषय वनेको छ ।

आलमदेवीको दर्शनपछि हामीले केही समय खानाकालागि पर्ख्यौ । स्थानीय मोहन रानाकोमा खानापकाउन लगाएर हामी केही समय टहल्नमा वितायौ । लोकल स्वादमा मोहन रानाकी श्रीमतिले खुवाएको आंपको अचार र लर्केको दालसहितको भातले ज्रि्रो जगायो । खानापछि ढिला नगरी हामी ओर्लियौ सटुका हुदै रानीघाट तर्फ । राजा खड्ग शसमशेरले आफ्नी प्राण प्यारी रानीको स्मृतिमा वनाएको रानीघाट दरवारलाइ मुगल सम्राट अकवरले वनाएको ताजमहलसंग तुलना पनि गरिन्छ । रानीघाटमा रहेको स्याङजा र पाल्पालाइ जोड्ने पुल पार गर्दै हामी पुग्यौ रानीघाट ।

रानीघाटको वाटो विगतमा धेरै पटक ओहोर दोहोर गरेपनि धेरै समय नहिडेकाले मलाइ नौलो लागिरहेको थियो । रानीघाटमा रहेको सानो वजारमा विगतमा जस्तो चहलपहल थिएन । जुम्रा मार्दै वसेको महिलाहरुको हविगत हेर्दापनि रानीघाटको व्यापार खस्केको कुरा कसैलाइ सोध्नै नपर्ने गरी छर्लङ थियो । रानीघाटपछि हामी करिव डेढ घन्टाको हिंडाइमा पुग्यौ पाल्पाको छेर्लुङ । कोजाग्रत पुर्णीमा हिजै सकिएपनि तिथीको घटवढका कारण धारा पिपलमा रहेको विद्यालय प्राङगढमा सराए नांच चलेको रहेछ । स्थानीय युवाहरुले तरवार लिएर वाख्खै भन्दै नांचेको नांच मैले जीवनमा पहिलो पल्ट हेर्दै थिए ।

ठुलो मेलाका साथ चलेको नांचमा केही युवायुवतिहरु मादलुको तालमा माया चन्चले गांउन व्यस्त थिए । मित्र रमेशले पिङ खेल्ने रहर गरेपछि हामीपनि परिचित झै पिङ खेल्न लाग्यौ पिपल तर्फ । पाहुनाको सम्मान गर्न नसिकेको स्थानीय युवाले पालो नदिएपछि हाम्रो पिङ खेल्ने रहर भने अधुरै रह्यो । मेरो ध्यान पिङतिर गएको मौकामा रमेशले भने केही युवतिसंग वात मार्न भ्याएछन । देख्दामा सिधालाग्ने रमेशको यो उत्साह देखेर म पनि चकित मात्र वनिन रमेशकै वाटो पच्छ्याउदै एउटीलाइ जिस्काए पनि । कंहावाट आउनुभएको हो नी- उनको सोधाइलाइ मैले रमेशलाइ उछिनेर जवाफ फर्काए- विर्घातिरवाट । ए त्यसो भए त हाम्रो मावली पर्नुभएछ भनेर हाम्लाइ टार्न खोजेकी युवतिलाइ राक्दै मैलै थंपे, अं आज भान्जीहरुसंग भेट हुन पाइएछ । पाल्पा स्याङजा लगायतका स्थानमा मगरहरुको वाक्लो वस्ती भएकाले भान्जी भन्ने शव्दले तरुनीहरु भन्नेपनि वुझिन्छ । मगरहरु भान्जीलाइ विहा गर्ने भएकाले भान्जी भन्नु मायालुको साइनो जोड्न खोज्नु जस्तै हो ।

तिनै युवतिहरुसंग तल्लो छेर्लुङ संगै झर्ने निधो गरेपनि वाटोमा उनीहरुका साथीहरु भेटिदा हाम्रो यात्रा साथै हुन पाएन । हामी वाटो विराएर माथी लागेछौ केटीहरु हामीलाइ कुर्दै तल्लो वाटोमा पर्खिएछन । वियोगको यो झोकमा मैले वालेको धुंवामा युवतिहरुको भेटपछि भावुक वनेका रमेशले पनि साथ दिए । युवतिहरुसंग थप भलाकुसारी हुन नपाएको झंोकमा हामी तेर्सियौ अर्तुवा तिर । त्यसदिनको वास अर्तुवा वस्ने निधो भएपनि सानो गांउ भएकाले हामी अर्गली नै पुग्ने निधोमा लाग्यौ । भ्खरै डोजर हिडेको कच्ची मोटरवाटो हुदै हामी लाग्यौ अर्गली तर्फ । साझ झपक्कै भएपनि पुर्णिमाको आशपास भएकाले जुनको रछायामा हामी वेलुका आठवजे पुग्यौ अर्गली । वासको राम्रो व्यवस्था नभएपछि हामी लाग्यौ अर्गलीकै देउराली वजारतर्फ ।

देउराली वजारमा वास खोज्दै जांदा भेटिए माओवादीका नेता नेत्र पाण्डे । भुमिगतकालमा चर्चा वटुलेका नेत्र फरासीला भएपनि मार्सल आर्टका खेलाडी भएकाले हाउभाउमा त्यो कुरा प्रष्टै आउदो रहेछ । माओवादीको भुमिगतकालमा ख्याति कमाएका नेत्रसंगको भलाकुसारी पछि हामीले वास पायौ नेत्रकै दाजु नित्यानन्द पाण्डेकोमा । रक्सी खाने स्थानीय युवाको आलोचनामा मग्न नित्यानन्दले हाम्रा आंखा छलीछली मदिरा सेवन गरेको रमेशले फेला पारी छाडे ।

स्थानीय क्लवले रात्रीकालागि आयोजना गरेको सास्कृतिक कार्यक्रम हेरन उनै नित्यानन्दको साथ लागेर हामी लाग्यौ श्रमैश्वरी भगवतीको मन्दिर तर्फ । ठुलो जनसमुहको उपस्थिति रहेको कार्यक्रममा मदिरा सेवन नगरेका भने विरलै भेटिए । अर्गली मदिरामा मस्त रहेको निष्कर्ष निकालेर कार्यक्रम चल्दै गर्दा हामी फर्कियौ सुत्न । हिन्दी गितका क्यासेट लगाएर नाच्ने कार्यक्रमले हामीलाइ त्यति रोचकता दिन भने सकेन । यद्यपि स्थानीय वुढा वुढीहरुसमेत मध्यरात कट्दापनि नाच हेर्नमै मस्त थिए ।

हिडाइको थकाइले न्रि्रा विहान आठ वजेमात्र खुल्यो । म त अझै केही वेर सुत्ने मुडमा थिए भाइ रमेशले किच-किच गरेपछि वाध्य भएर उठ्नै पर्यो । १० गते विहान हामी लाग्यौ रिडी तर्फ । जंहावाट हाम्रो पैदल यात्राको गन्ँतव्य सकिदै थियो । रिडीमा पुगेर कालीको स्नान गरेपछि हामीले रिषिश्वरको दर्शन गर्यौ । वस्ती उजाड भएको जस्तो लाग्ने प्राचिन रिडी वजारको रौनक हराएको थियो । हुने खानेहरु वुटवल वा काठमाण्डौ झरेका थिए भने आर्थीक अवस्था कमजोर भएका र शन्त महन्तहरुको वाहुल्यता थियो रिडी वजारमा । दर्शनपछि केहीवेर वजार घुमेर लाग्यौ हामी पाल्पा सदरमुकामा तानसेन तर्फ ।

वसको छतको यात्रा रोचक रमाइलो र स्मरणीय थियो । पाल्पा पुगेर केही वेर घुमेपछि हामी झर्यौ वुटवल । वुटवलमा काठमाण्डौका लागि वसको टिकट नपाएपछि हामी लोकल रुटको गाडी हुदै आइपुग्यौ नारायणगढ । नारायणगढमा मित्र अभिनवलाइ भेटेपछि हामी वसमा झुन्डिदै आइपुग्यौ मुग्लिङ । दशैको वेला भएकाले वसमा खुट्टो हाल्ने ठांउ थिएन । छतमा पनि मान्छे टन्नै । मुग्लिङवाट काठमाण्डौ आउने पोखराको वसमा वेन्चमा वसेर मित्र रमेश र म ११ गते विहान आइपुग्यौ कलंकी । यो काठमाण्डौ छिरेपछि तनाावको कुरा लेखेर यो रोचक यात्रालाइ कवाफमा हड्डी नवनाउ भो । अजलाइ यति है त ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com