July 14, 2009

के गर्दै छ गांउ सेवा परिवार ?

२०४१ सालमा जिल्ला प्रशासन कार्यालय स्यागंजामा विधिवत दर्ता भएर आफ्ना क्रियाकलाप अगाडी वढाएको गांउ सेवा परिवार हालमा के गर्दै छ । त्यस क्षैत्रका धेरैको चासो हुन सक्दछ । त्यसैले गांउसेवा परिवारका गतिविधी र त्यसको हालको अवस्थाको वारेमा थोरै भएपनि जानकारी दिने उद्देश्यले यो सामाग्री विर्घा व्लगमा प्रकाशीत गरिएको छ । गांउवाट धेरै टाढा रहेका तर गांउलाइ भुल्न नसक्ने उत्साही युवावयको प्रयासमा गांउ सेवा परिवारको स्थापना भएको थियो । यस खालको प्रयास स्यागंजाकालागि नौलो थियो भने देशभरका लागि दोश्रो प्रयास थियो । तनंहुका भिमवहादुर अधिकारीको पहलमा त्यस अघि गांउ सेवा कोष नामक यस्तै प्रक्रृतिको संस्था जिल्ला प्रशासन कार्यालय तनंहुमा दर्ता गरिएको थियो । मुलुकमै यस प्रकारको दोश्रो संथाको रुपमा गांउ सेवा परिवार उदाएको थियो । खासगरी आलमदेवी, विर्घा र श्रीकृष्ण गन्डकी क्षेत्रको सामुहिक विकास गर्ने उद्देश्यले खुलेको यो सस्था विशुद्ध गैरराजनैतिक चरित्रको थियो र छ । यसको प्रधान कार्यालय काठमाण्डौ र स्थानीय कार्यालय विर्घामा रहेको छ । स्थानीय समितिले केन्द्रीय समितिको मातहतमा रहेर काम गर्नु पर्ने यसको विधानमा उल्लेख छ । खास गरेर गांउको विकासमा चासो राख्नेहरुकोसाझा चौतारी वनेको परिवारले स्थापनाका धेरै वर्षसम्म गांउको विकासमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको पहल र सहयोगमा उल्लेख्य काम पनि गरेको थियो । मौला कइन्डाडा खानेपानी योजना, कारिकोट लसर्घावेसी खानेपानी आयोजना , विद्यार्थी छात्रवृति कार्यक्रम लगायत अनेक शिक्षा तथा विकासमुलक कार्यक्रम परिवारले सम्पन्न गरेको छ । विगतमा शंकर पान्डे संस्थापक अध्यक्ष, अनन्तराज पान्डे, आत्माराम पान्डे, चन्द्रकान्त पान्डे, पुरुषोत्तम पान्डे लगायतले यसमा नेतृत्वदायी भूमिका दिइसक्नु भएको छ । यसले राजधानीमा वस्ने स्यागंजा र खासगरी स्यागंजाको पश्चिम क्षेत्रका वासिन्दाबीच भेटघाट, अनतर्क्रृया र छलफल गर्ने साझा चौतारीको भूमिका पनि निर्वाह गरेको थियो । विभिन्न औपचारिक कार्यक्रमका अलावा वनभोज लगायतका अनौपचारिक कार्यक्रम समेत सम्पन्न गरेको परिवार हालका दिनमा ओझेलमा पर्दै गएको कुरा सवैले स्विकारेको तितो यथार्थ हो । हाल परिवारमा खड्क वहादुर राना अध्यक्ष, रामप्रसाद न्यौपाने उपाध्यक्ष, डा. धनवहादुर राना महासचिव, टोकराज पान्डे सचिव र शेरजंग राना कोषाध्यक्ष रहनु भएको छ । यसैगरी सदस्यहरुमा प्रभा पान्डे, दामोदर पान्डे, ठानेश्वर पान्डे, लेखनाथ न्यौपाने, मोहन न्यौपाने र यज्ञमूर्ती पान्डे रहनु भएको छ । अघिल्लो सालको पुनर्गठित यस कार्यसमितिले परिवारको विकासमा खासै केही गर्न नसकेको तितो यथार्थ यहाहरुलाइ सुनाउनु पर्दा जिम्मेवार पदाधिकारीको हैशीयतले मपनि लज्जीत भएको छु । आर्थिक वर्ष २०६३- २०६४ देखिको लेखापरिक्षण हुन नसक्नु, २०६४ पछि संस्था को दर्ता नविकरण हुन नसक्नु र वाणिज्य वैंकको खातामा रहेको रकम हालसाविक नहुनु संस्थाको ठुलो चूनौतिको रुपमा रहेको छ । विगतको कार्यसमितिवाट कागजात हस्तान्तरणमा ढिलाइ , वर्तमान कार्य समितिका पदाधिकारिको व्यस्तता र आम परिवरका सदस्यको वेवास्ताका कारण गौरवमय इतिहास वोकेको परिवारको यो दुर्दसा आइलागेको हो । वाटोमा भेट्दा संचोविसन्चो सोधै जस्तै परिवारको वारेमा सोध्ने एकाध विर्घेली वाहेक यसमा अरु कसैले चासो दिएको पाइएन । विगत ३ वर्ष देखिको पोष्ट वक्स आफ्नो खल्तीको पैसाले नविकरण गर्नु वाहेक मेरो पनि परिवारप्रति ठुलो लगानी छैन । फेरी पोष्ट वक्स नविकरणको वेला आएको छ । यसमा कसैको चासो छैन । कार्य समितिका महासचिव डा. राना केही महिनाकालागि यूरोपको भ्रमणमा हुनुहुन्छ । लामो समयदेखि कार्य समितिको वैठक वस्न सकेको छैन । संस्था दर्ता नविकरण नहुदा परिवारको वैधानिकता गुम्ने खतरा देखिएको छ । यस्तो चरम कठिनाइका बीचपनि परिवारले केही गर्ला भन्ने झिनो आशा परिवारका साधारण सदस्यमा भने अवस्य छ । परिवारको भविष्य भनेकै तपाइ तमाम साधारण सदस्यको आशा हो । यसलाइ केही गराउन तपाइ हाम्रा दवाव सहायक हुन सक्छन । सकिन्छ केही गरौ सकिदैन दवाव त पुर्याउ । परिवारको हित चाहनेले चुप लागेर वस्ने अवस्था छैन । यसकालागि तपाइ सवैको सहयोग, चासो र खवरदारीको जरुरत छ । गांउ सेवा परिवारलाइ अस्ताउन नदिन के गर्न सकिन्छ तंपाइसंग भएका सुझाव, धारणा वा प्रतिक्रीया कमेन्ट वस्कमा पठाउनु होला । आगे तपांइको जिम्मा ।

August 15, 2008

गांउ सेवा परिवारको पुनर्गठन, दशैमा स्मारिका प्रकाशन हुने

स्याङजा जिल्लाको पश्चिमी क्षेत्रमा कार्य गरदै आएको सामाजिक संस्था गांउ सेवा परिवारको पुनर्गठन भएको छ । वि.सं. २०४२ सालमा जिल्ला प्रशासन कार्यालय स्याङजामा विधिवत रुपमा दर्ता भइ कार्य गर्दै आएको परिवारले विशेषत श्रीकृष्ण गन्डकी, विर्घा र आलमदेवीलाइ मुख्य कार्यक्षेत्र वनाइ काम गर्दै आइरहेको छ । गतहप्ता राजश्व अनुसन्धान विभाग पुल्चोकमा भएको भेलाले परिवारको कार्य समितिलाइ पुर्णता दिएको हो ।
नवगठित परिवारको कार्यसमिति यस प्रकार रहेको छ ।
अध्यक्षः; खड्ग वहादुर राना (विर्घा)
उपाध्यक्षः; राम प्रसाद न्यौपाने (श्रीकृष्ण गन्डकी )
महासचिवः; डा. धनवहादुर राना (विर्घा)
सचिवः; टोकराज पान्डे (विर्घा)
कोषाध्यक्षः; शेरजंग राना (आलमदेवी)
सदस्यहरुः; प्रभा पान्डे (विर्घा)
            दामोदर पान्डे (विर्घा)
            ठानेश्वर पान्डे (विर्घा)
            लेखनाथ न्यौपाने (श्रीकृष्ण गन्डकी)
            यज्ञ प्रसाद पान्डे (आलमदेवी)
            मोहन न्यौपाने (श्रीकृष्ण गन्डकी)

यसैगरी परिवारले कालीगन्डकी स्मारिका प्रकाशन गर्न एक कमिटी पनि गठन गरेको छ । कमिटीमा
राम प्रसाद न्यौपाने
टोकराज पान्डे
डा. अशोक पान्डे र,
रमेश पान्डे रहनु भएको छ । 

यसैगरी परिवारले कालीगन्डकी स्मारिका प्रकाशन गर्न एक कमिटी पनि गठन गरेको छ । कमिटीमा रहनु भएको छ । 

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com