October 13, 2009

वलाम र मिर्मीमा तिहारे भैलोमा पनि रोक !

चाडबाडमा गाउँका युवाबीच झडप घटना बढ्न थालेपछि जिल्लाको कृष्णगण्डकी गाविसका युवा क्लवले तिहारमा देउसी भैलोमा रोक लगाएका छन् । उनीहरूले आफूहरू पनि नखेल्ने र अन्य संघसंस्थालाई पनि खेल्न नदिने निर्णय गरेका हुन् । अधिकांश क्लवले आयोजना गरेको दसं विषेश कार्यक्रममा युवाहरूबीच भएको झडपले गाउँ आतंकित भएकाले यसो गर्न बाध्य भएको पालिचौर युवा क्लवका अध्यक्ष वेदप्रसाद न्यौपानेले बताए । उनले भने, खतरा निम्त्याउन रमाइलो किन गर्नु ?

विभिन्न ठाउँका मानिस भेट हुने र मादक पदार्थ खाने, जुवातास खेल्ने कारण झगडाको बिउ निस्कने उनी बताउँछन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक उत्तमराज सुवेदीले भन,रातको समयमा देउसी भैलो खेल्न निरुत्साहित गर्नुपर्छ ।

तिहारमा खेलिने देउसी भैलोले संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने भए पनि यसले विकृति फैलाउन थालेपछि चाहेर पनि रोकेको विकास पौडेलले बताए । उनले भने, चाडमा स्वस्थ मनोरञ्जन गर्नुको साटो जवरजस्ती चन्दा संकलन गर्ने पटका पट्काएर तर्साउने संस्कारको विकास हुँदैछ ।

October 11, 2009

विर्घामा मुक्तिनाथ वैंकले शाखा खोल्ने

स्यागंजा पुतली वजार नगरपालिकामा मुख्य कार्यालय रहेको मुक्तिनाथ विकास वैंकले आफ्नो शाखा विर्घामा खोल्ने भएको छ । यसअघि विर्घा ७ भुष्टुंगमा पुजा शहकारी र विर्घा ६ कट्टीमा सामुदायीक शहकारी संचालनमा रहेका थिए । मुक्तिनाथले आफ्नो शाखा विस्तार गरेपछि विर्घामा वैंकीगं कारोवार सरल हुने वताइएको छ ।

"यो गांउकालागि राम्रो खवर हो " विर्घामा वैंक खुल्ने खवरपछि उत्साही स्थानीय शिक्षक पुर्णप्रसाद पान्डेले भन्नुभयो । वैंकका माइक्रो फाइनान्स डिपार्टमेन्ट प्रमुख कृष्णवहादुर रानाले दिएको जानकारी अनुसार यही आर्थिक वर्ष भित्र व्रकले शाखा खोल्ने भएको हो । विर्घामा वैक खुलेपछि लसर्घा, चन्डीभन्ज्यागं, मिर्मी र गुल्मीको ठुलो लुम्पेक गाविसका जनतालाइ समेत सजिलो हुने वताइएको छ ।

September 11, 2009

शुरु भयो दशैको चहलपहल

सोर्ह श्राद्ध सकिन केही दिनमात्र वांकी रहदा काठमाण्डौमा दशैको माहोल जवरजस्त शुरु भएको छ । किनमेलमा निस्कने देखि वसका लाइन वस्ने हरुका मुहारमा खुशीका झुल्काहरु देखिन्छन । अस्तव्यस्त वनेको पुर्वमा पनि वन्द कर्ताहरुले वन्द फिर्ता लिएपछि खुशीयालीमा अलिकता दम थपिएको छ ।

 माइक्रोहरु गुडेका गुड्यै छन । कसै कसैले हैन हो रिजर्भै गंरु भनेर लागेका छन । मकालु र अग्नीले गाडी थपेका छन । राष्ट्र वैंकमा नंया नोटकालागि लाम वस्नेहरुपनि वाक्लै छन । शुदुर घरमा हुनेहरुकालागि मिठाइ कपडा या अरु केही किन्न सवैको हुल न्यूरोड या खिचापोखरीतिर वढेको छ ।

 यसो व्यापार व्यावसाय चलाउनेहरुपनि दशैको माचोले व्यस्त वनेका छन । यतिवेला म रुफ टप शैलीआकारको यो अफिसमा वसेर की वोर्ड एक समान वजाइ रहेको छु । कृष्ण टावर तिर मान्छेहरु देखिएका छन । शायद ट्याम्पु कुरेका होलान । दशै तिहारमा फलफुलको राम्रो व्यापार हुने भएर होला साइकल व्यापारीहरुपनि ताजा र नंया स्याउका रास लिएर छहारीमा ग्राहक पर्खेका छन । अव जमरा राख्ने तयारी चल्दै गर्दा असनमा जमराका सामन किन्नेहरुको भिडले खुट्टा टेक्ने ठांउ छैन ।

सडक व्यापारीहरुको त के कुरा गर्नु । बीच सडकमा पसल थापेर भर्खरै खासावाट झरेको सर्टलाइ असी असी भन्दै वटुवाको पाखुरै पक्डिएका छन । अव व्लग अपडेट हुन थोरै दिनमात्र वांकी छ । म पनि राजधानी वाहिरको यात्रामा निस्किन लागेकाले दशैका सामाग्रीहरु दिइरहु भन्ने लागेर यी सामाग्री टाइप गर्दै छु । अव विदेशमा रहनेहरुले घर हौला भन्ने वेला भइसक्यो ।
खैर दशैका यी सामाग्रीहरु तंपाइलाइ दशैका उपहार हुन ।

चचहुइ भन्दै पिङ खेल्न नपाएपनि, आमा म त, आइपुगे भनेर वृद्धा आमाको खुट्टा ढोग्न नपाएपनि, कता छौ यार अचेल भनेर संगी साथीको हाल वुझ्न नपाएपनि, लौ ठुला बा टिका लाइदिनुस भन्दै निधार थाप्न नपाएपनि, के छ, हो नानी भनेर कसैलाइ जिस्काउन नपाएपनि, गांउमा हुने समारोहमा सहभागी हुन नपाएप्नि, खसी ढाल्न नपाएपनि, वोको डोर्याउदै मन्दिर पुग्न नपाएपनि, ससुराली या माइतमा गएर वृद्ध वावुआमा, सासु ससुराको हातवाट टिका र आशिस लिन नपाएपनि तंपाइलाइ दशैको शुभकामाना ।

राजधानी छोडेर गांउघरमा लाग्ने मित्रहरुका सुभकामना म्यासेजले मोवाइलको इनवक्स भरिएको छ । दशैमा कहिले आउछौ त भनेर आक्कल झुक्कल फोन गर्ने वालसखाहरु, अनि लौ है दशै राम्रोसंग मनाउनु है भनेर सुस्केरा हाल्दै भ्वाइस मेलमा टुपल्किने विदेशमा रहेका मित्रहरुको एक साथ झल्को आइरहेको छ । शारदीय याममा वजारमा किनमेल गर्नेहरुको लर्को लागेको छ । राजधानीवाट वाहिरिनेहरुको तांती वसपार्क र कलंकीमा लामै छ । यसै मेसोमा म पनि विर्घाकालागि तयारी चलाउदै छु ।

(कृपया तपाइ तपाइका आफ्ना आफन्तसंग दशैको शुभकामाना यंही वाट पनि साट्न सक्नुहुन्छ । प्रतिकृया लेख्नु होला।)

August 28, 2009

कुरा गांउ घरका

पछिल्लो स्यागंजा भ्रमणमा लिइएका गांउ घरका तस्वीरहरु । यति वेला धपक्कै वर्खा भएपनि गएको हिंउदका यी तस्वीर गांउ घर संझनेहरुका लागि ।

कति चिटिक्कः ग्रामीण परिवेशको खरले छाएको पहाडी घर ।


वुढेशकालैमाः डोकोमा दाउरा वोकेर आउदै वुढी आमै । दाउरा इन्धनको प्रमुख श्रोत हो ।


चिसो पानीः तामाका गाग्री । गाउंघरमा पानी शंकलन गर्ने गाग्री प्रमुख भाडा मानिन्छ। तामाका गाग्रीमा पानी चिसोपनि रहन्छ ।

August 7, 2009

झ्याम्मै वर्खा

यतिवेला मुलुकमा पुरा वर्खा शुरु भएको छ । ढिलो शुरु भएको मनसुनले ढिलै भएपनि हरीयाली वढाएको छ । घरगांउमा खेतिले खेतवारी हरीया छन । खोरीया घांसले हरीया छन । यस्तै देखियो पछिल्लो समय राजधानीवाट पश्चिम नेपालको वुटवलसम्म पुग्दा । मैले देखेका यस्तै उन्नत सिनहरु मेरो क्यामेराले कैद गरेको छ । क्यामेराको मेमोरीमा रहेका उत्कृष्ट तस्वीरहरु तंपाइलाइ देखाउने उत्कट इच्छाले ती तस्वीरहरु मैले यंहा प्रस्तुत गरेको छु ।

त्रिशुली र मर्स्यागंदीको संगम पहाड । यो दोभान धादींग र गोरखाको हो । पृथ्वी राजमार्गवाट यो दृष्य सजिलै देखिन्छ ।

नारायणी नदीको पूर्वी दृष्य । विहानमा लिइएको यो तस्विरमा पानी छल्न वटुवाहरु छाता ओढेर नदीको पुल तर्दैछन ।

नवलपरासीको फांटमा झुलेका धान । यतीवेला तंराइका फाटमा यसैगरी लहलह झुलेका धांनका फांट देख्न पाइन्छ ।

मुग्लीन नारायणगढ खन्डमापर्ने सडक किनाराको घर जुन नारायणी नदीले कटान गर्ने खतरामा रहेकोछ ।

दाउन्ने डांडावाट लिइएको दाउन्नेदेवी गांविसको वर्खे तस्वीर ।

July 27, 2009

मौलाका संझनाहरु

यतिवेला झरीले निथुक्क काठमाण्डौमा रहदा मौलाको संझना आयो । यतिवेला मौले ठुलदाइ त होलान तर इतिहास वोकेको यो पिपल भने अव हाम्रा सामु छैन । कति वैठक, कति भजन त कति पिगं खेलीयो होला यस पिपलका छहारी हांगा र फेदमा खैर यो अव संझना मात्र भएको छ ।

 तस्वीरमा देखिएको नेपाली शैलीको शुन्दर घर मौले ठुलदाइ अर्थात नरदेव पान्डेको हो । डांडा माथीको घाम भएका ठुलदाइ के गर्दै होलान,विरांगदीको खोरीयातिर घास काट्दै होलान या पिढींमा वसेर के के गम्दा हुन , वा वढेको मौला खोलाको कमेरे माटो हेरेका होलान ।

 निरिह र नितान्त एकान्तिक जीवनमा रहेका मौले ठुलदाइ मुख वोलाउ साथीको अभावमा एक्लै पत्ति पो खेलाउदा हुन की । विदालय पढ्दाताका उनीपनि हाम्रा संगाति जस्ता थिए । आज दुर शहरमा रहदापनि तिनै ढुकुर जस्ता ठुल्दाइको संझना आयो । खैर मौला र यससंग जोडिएका संझनाहरु आजलाइ यति नै ।

वर्खे झरीले भिजाएर निथ्रुक्क वनेको शरिर अव सिरकमा सेकाउनु पर्ला । लामो खडेरी पछि परेको पानीमा मौला, त्यही पहिरो र मौले ठुल्दाइको संझनामा ।

March 14, 2008

निर्वाचन पर्यवेक्षणमा निस्किनु अघि

संविधानसभा सदस्यको निर्वाचन शुरु हुनै लाग्दा राष्ट्रिय निर्वाचन पर्यवेक्षणका लागि म केही दिन राजधानीवाट वाहिरिदै छु । दर्जन वढिको टिमसंगै पश्चिम नेपाल जानुअघि राजधानीको चुनावी सरगर्मी वुझ्ने काम जारी छ । चुनावलाइ माओवादीले अग्नी परिक्षाका रुपमा लिएको छ भने एमाले रणनैतिक चातुर्यताले आफु वहुमतमा पुग्ने दिवा स्वप्नमा छ । कांग्रेसले आफु पुरानो पार्टी र मास पिपल भएको पार्टी भनेर मख्ख छ । कमल थापाको राप्रपा नेपाल राजाका नाममा चुनाव लड्दै छ जसको कुनै राजनैतिक भविष्य नै छैन भनेपनि हुन्छ । चुनावलाइ मर्यादित र स्वस्थ्य वनाउन निर्वाचन आयोग लगायत विभिन्न गैरसरकारी निकायहरु क्रियाशिल छन ।

ल्ाामो राजनैतिक शुन्यतापछि शुरु हुन लागेको निर्वाचन भएर होला सर्वसाधारण नेपाली जनताले चुनावलाइ अत्यन्तै चासो र महत्वका साथ हेरेका छन । निर्वाचन पर्यवेक्षणमा निस्किनु अघि अघिल्लो हप्ता लुम्विनी अन्चलका विभिन्न पहाडी जिल्लाको भ्रमण भएको थियो । यसै सन्दर्भमा गुल्मीमा देखिएको चुनावी चहलपहल र जिपमा यात्रुको तछाड मछाड संझना स्वरुप । साथै गुल्मी सदरमुकाम तम्घास वजार र रेसुङगा डांडाको यो मनोरम दुष्य तपाइका लागि ।

 

October 8, 2007

दशैको चहलपहल जारी

२१ असोज, काठमाण्डौ । सोर्ह श्राद्ध सकिन केही दिनमात्र वांकी रहदा काठमाण्डौमा दशैको माहोल जवरजस्त शुरु भएको छ । किनमेलमा निस्कने देखि वसका लाइन वस्ने हरुका मुहारमा खुशीका झुल्काहरु देखिन्छन । अस्तव्यस्त वनेको पुर्वमा पनि वन्द कर्ताहरुले वन्द फिर्ता लिएपछि खुशीयालीमा अलिकता दम थपिएको छ । माइक्रोहरु गुडेका गुड्यै छन । कसै कसैले हैन हो रिजर्भै गंरु भनेर लागेका छन । मकालु र अग्नीले गाडी थपेका छन । राष्ट्र वैंकमा नंया नोटकालागि लाम वस्नेहरुपनि वाक्लै छन । शुदुर घरमा हुनेहरुकालागि मिठाइ कपडा या अरु केही किन्न सवैको हुल नयूरोड या खिचापोखरी तिर वढेको छ । यसो व्यापार व्यावसाय चलाउनेहरुपनि दशैको माचोले व्यस्त वनेका छन । यतिवेला म रुफ टप शैलीआकारको यो अफिसमा वसेर की वोर्ड एक समान वजाइ रहेको छु । कृष्ण टावर तिर मान्छेहरु देखिएका छन । शायद ट्याम्पु कुरेका होलान । दशै तिहारमा फलफुलको राम्रो व्यापार हुने भएर होला साइकल व्यापारीहरुपनि ताजा र नंया स्याउका रास लिएर छहारीमा ग्राहक पर्खेका छन । अव जमरा राख्ने तयारी चल्दै गर्दा असनमा जमराका सामन किन्नेहरुको भिडले खुट्टा टेक्ने ठांउ छैन । सडक व्यापारीहरुको त के कुरा गर्नु । बीच सडकमा पसल थापेर भर्खरै खासावाट झरेको सर्टलाइ असी असी भन्दै वटुवाको पाखुरै पक्डिएका छन । अव व्लग अपडेट हुन थोरै दिनमात्र वांकी छ । म पनि राजधानी वाहिरको यात्रामा निस्किन लागेकाले दशैका सामाग्रीहरु दिइरहु भन्ने लागेर यी सामाग्री टाइप गर्दै छु । भाइ शुरेसले वम्वेवाट विर्घातिर होला केरे भनेर म्यासेज गरेको रहेछ । अव विदेशमा रहनेहरुले घर हौला भन्ने वेला भइसक्यो ।

खैर दशैका यी सामाग्रीहरु तंपाइलाय दशैका उपहार हुन । चचहुइ भन्दै पिङ खेल्न नपाएपनि, आमा म त, आइपुगे भनेर वृद्धा आमाको खुट्टा ढोग्न नपाएपनि, कता छौ यार अचेल भनेर संगी साथीको हाल वुझ्न नपाएपनि, लौ ठुला बा टिका लाइदिनुस भन्दै निधार थाप्न नपाएपनि, के छ, हो नानी भनेर कसैलाइ जिस्काउन नपाएपनि, गांउमा हुने समारोहमा सहभागी हुन नपाएप्नि, खसी ढाल्न नपाएपनि, वोको डोर्याउदै मन्दिर पुग्न नपाएपनि, ससुराली या माइतमा गएर वृद्ध वावुआमा, सासु ससुराको हातवाट टिका र आशिस लिन नपाएपनि तंपाइलाइ दशैको शुभकामाना ।

कृपया तपाइ तपाइका आफ्ना आफन्तसंग दशैको शुभकामाना यंही वाट पनि साट्न सक्नुहुन्छ । प्रतिकृया लेख्नु होला ।

August 26, 2007

फरक छुट्याउनुस

 

एकै समयमा फरक फरक एंगलवाट लिइएका रानीघाट दरवार र काली गण्डकीका तस्विरहरु

एकै समयमा फरक फरक एंगलवाट लिइएका तस्विरहरु

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com