युटिएलको नेटको खुवै भर रहेनछ । वज्जीयाहरुले अनेक स्कीमका नाममा ठगेका पो हुनकी जस्तो लागेको छ । सस्तो छ भनेर यो सेवा लिइ हाले तर ठगिएको महसुस भइरहेछ । यसै कारणलेपनि मेरो व्लग अपलोड नियमित हुन सकेन ।
आज अली नियास्रो लागेकालेपनि व्लग अपलोडको कोसिस गरेको छु । आज अली रिक्तता महशुस भइरकेको छ । आजको दिनमात्र मैले ६ जना आफन्तलाइ विदेशी भूमिमा पठाउनु पर्यो ।
मेकानिकल इन्जिनीयर वालकृष्ण वस्याल र उंहाको परिवार, वाणिज्य वैंकका शुसिल भट्टराइ, कलेजका साथी द्धय अस्विन र भरत । कहिले कांही त लाग्छ के हामी नेपाल रित्याइरहेका त छैनौ । हामी के का लागि यति विघ्न विदेशी मोहमा फसीरहेका । के गर्ने अनेक वहाना र समस्याकाबीच विदेशिने मित्रहरु नेपाल फर्किएर भन्न लायक केही काम गरेको उदाहरुण पाइदैन ।
आजै युगकवि सिद्धिचरण श्रेष्ठको जन्मदिवस । ओखलढुंगामा जन्मेर काठमाण्डौमा वसेपनि प्यारो ओखलढुंगा र आफ्नो रन वन भुल्न नसकेका तिनै श्रष्टाको कवितालाइ कालजयी गायक नारायण गोपालको शव्द संगीतले भरिएको कर्णप्रीय गीत सुन्दै मेरा आफन्तलाइ विदाइ गरीरहदा हुनु सम्मको असमन्जसमा म छु । हुन त कतिले भन्लान पनि हुतिहारा आफु पनि वाहिरिदैनन अरुगएको पनि देखिसहदैनन ।
हुतिहारा भने हुतिहारा नै सही तर मुलुक छोडेर जाने कुरासंग भने म सहमत छैन । केही दिनकालागी, वा शिक्षाकालागि मात्रै जानेलाइ त लौ सही छ अन्यथा मुलुक भित्रै चरम अवसरहरु हुदा हदै विदेशीनेहरुप्रति भने दुख लाग्छ मलाइ त । आखिर यो छोटो जीवनमा आफ्नै समाज परिवेश र अनुकुलता छोडेर पलपलमा घर परिवार र समाज मिस गरेर असन्तुष्टिका आंधीवेहेरी चलाएर विदेश वस्नुलाइ मेरो मनले कनै हालतमा जायज ठहर्याउन सक्दैन ।
यतिवेलाको काठमाण्डौका सडकहरु निला पारिजातका फुलहरुले लटरम्म छन । छिनछिनमा आउने वर्खे झरीले सडक सिनित्त सफा पारेको छ । यो जाडोमा महावौद्धको ममचामा कस्तो हर्र वाफ उडेको छ । गोलभेडा र तिलको झोलसंग त्यो ममचा खानुको स्वादै वेग्लै । यसो एउटा भटभटे होस पछाडीको सिट खाली नहोस, नगरकोटतिर हुंइकिदा कति मजा छ । सिर्र आउने हावा, झुलुक्क झुल्कने घांम , चंसुर र पालुगोंको साग, आउदै गरेका चाडवाड । अरे वाफ कंहा पाइयोस अम्सटाडर्ममा या साल्टलेक सिटीमा वा वर्लिनमा या मेलवर्नमा ।
तिनै तमाम रमाइलाकाबीच मित्रमन्डलीको ओइरो ओरोलो लागेको देख्दा लाग्नु उदेक लागेको छ । यसो संझिनुस त कवी सिद्धिचरणको प्यारो कविता मेरो प्यारो ओखलढुंगा ।तंपाइको पनि प्यारो रंगेली, ट्यांम्के, वाहुनडांडा, खरानीटार, मिर्लुगं, वछेउली, रामपुर, धुर्कोट, वलेवा, मणिग्राम, विजौरा, चौरजहारी, ठाकुरद्धार वा महेनद्रनगर ।
यो सवले तपाइलाइ संझेको छ । मित्रहरु यो स्वरगसरी मातृभूमी भरसक नछोडौ भो । संझनुस त एकादसी या कृष्णास्टमीको दर, जनै पूर्णीमाको डोरो, दशैका पिगं, माइत हिडेका महिलाका हुल या वेलुन उडाउदै गरेका केटा केटी । स्कुलेको लाम , पोसाकमा सजिएका स्कुले या विहानै नागरिक या कान्तिपुर पढ्नेको हुल ।
"वा: यो भूमीले तंपाइलाइ वहुतै मिस गरीरहेको छ । तोडौ माखेसांग्लाहरु फर्को आफ्नै गुंड गुंडमा । आगे तंपाइको जिम्मा ।