April 20, 2009

ज्ञानेन्द्र-पारस बोलचाल बन्द

पूर्वराजा ज्ञानेन्द्र र उहाँका पुत्र पारसवीच बोलचाल बन्द भएको छ । पारस सिंगापुरबाट फर्किएको दुई साता नाघेपनि बाबुछोरावीच भेटघाट र बोलचालसमेत  भएको छैन । सिंगापुरमा रहदा त्यहाको दैनिक द न्यू पेपरलाई अन्तरवार्ता दिदैं पूर्वयुवराज पारसले आफ्नो पिता ज्ञानेन्द्रप्रति आक्रोश व्यक्त गरेका थिए ।

सो अन्तर्वार्ताले गर्दा सम्बन्धमा झन दरार उत्पन्न भएको थियो । समाचारपत्रमा पकाशित समाचार अनुसार ´म उहाँलाई सधै नयाँ पुस्ताको सल्लाह लिन आग्रह गर्थे जसले नेपाललाई अगाडि बढाउन सक्थे तर उहाँले सधै बूढापाकाको मात्रै कुरा सुन्नुभयो ।´

पूर्वयुवराज पारसले आफ्ना बाबु ज्ञानेन्द्रसँग बस्न नसक्ने भएपछि देश छोडेको र त्यस बेला नेपालमा रहनु आफ्ना लागि सुरक्षित नभएको बताउनुभएको थियो । तर नेपाल फर्किएपछि दुवै जना निर्मलनिवासभित्र हुनुहुन्छ तथापि भेटघाट भने छैन । पारसको नेपाल आगमनको दुईवटा उदेश्य भएको उहाँका निकटस्थहरुले बताएका छन् । सिंगापुरमा व्यापार गर्न बाबुसँग पैसा माग्नु र नेपालमा पाटी गठनका लागि सहयोगीहरुसँग छलफल गर्ने उद्देश्य भए पनि पारसका यी दुवै उद्देश्य भने पूरा नहुने भएका छन् । सिंगापुरको सो दैनिकलाइ पारसले पार्टी खोलेर ब्यालेटको सहयोगबाट सत्तामा पुग्ने र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा सुधार आएपछि सेयरको कारोबार गर्ने बताउनुभएको थियो।

नेपाल फर्किएपछि बाबुछोराबीच भेटघाटसम्म नहुनुले उहाँले व्यापारमा लगाउने पैसा पाउने स्थिति नदेखिएको पारका सहयोगीहरुले जानकारी दिए । ´बाबुछोरा दुवै निर्मलनिवासमै बसेका छन् तर खाना खाने समयमा पनि एकसाथ कहिल्यै हुँदैनन् । ज्ञानेन्द्र सधै नियमति समयमा खाना खान आउनुहुन्छ तर पारस भने खाना खान कहिले पनि समयमा आउनुहुन्न´ स्रोतले भन्यो ।

कोइराला र ओलीविच अर्थपूरण भेटवार्ता

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र नेकपा एमालेका नेता के.पी.शर्मा ओलीविच भेटवार्ता भएको छ । कोइराला निवास महाराजगञ्जमा भएको भेटवार्तामा पछिल्लो राजनितिक घटनाक्रम, नेपाली कांग्रेस र एमालेविचको सहकार्यका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

सरकारले अहिले सम्म गरेको निणर्य, प्रतिवद्धता अनुसार भइरहेका कामकारवाहीका विषयमा कुरानी भएको छ । कांग्रेसले एमालले समिकरणको अभ्यास गरिरहेका वेला यो भेटलाइए अर्थपूरण लिइएको छ । कोइराला सँगको भेटवार्ताका लागी एमाले नेता ओली अघि साडे १० बजे महाराजगञ्ज पुग्नु भएको छ ।

March 31, 2009

खाडीमा नेपाली युवाहरू मन्दीबाट पीडित

रोजगारका लागि चर्को ब्याजमा ऋणको भारी लिएर खाडीमा आएका युवाहरू आर्थिक मन्दीका कारण पीडितमा बन्न थालेका छन्। रोजगारीका क्रममा दुवईका विभिन्न सहरबाट दैनिक रूपमा सयौं आफन्त फर्किन थालेपछि युवाहरू पीडित बनेका हुन्।

एकै ठाउँबाट काममा आएका कपिलवस्तु विशनपुराका शङ्कर चौधरी आएको डेढ महिनामा नै घर फर्किएपछि नुवाकोटका विष्णु भुसाल चिन्तित भएका छन्। उनले केही दिनमा आफू पनि फर्किनु पर्ने हो कि भन्ने चिन्ताले सताएको बताए।  


कम्पनीमा म्यानेजरको रूपमा कार्यरत रमेश लम्सालका अनुसार दुवईमा अधिकांश युवाको आर्थिक मन्दीका कारण रातमा निद्रा र दिनमा भोक हराएको छ।  


संयुक्त अरब इमिडेट दुवईमा अत्यावश्यक बाहेकका अन्य सामान उत्पादनमा अघिल्लो दिनको तुलनामा आधा कटौती भएका छन्। जसका कारण काममा पनि कटौती हुँदै आएको छ।  


नेपाली युवाले कामको अभावमा आपतविपतमा समेत अवकाश पाउने गरेका छन्। विगत दुई महिनाको अवधिमा दुवई सरकारले हजारौं कामदार घर फर्काइ सकेको जनाएको छ।  त्यस्तै बलिया थारु सोमबार घर फर्किएका छन्। उनी आएको एक महिनामा नै अवकाश पाएपछि घर फर्किएको थारुका परिवारजनले बताएका छन्।

 

 अर्घाखाँचीका करिब एक दर्जनभन्दा बढी युवा पनि घर फर्किएका छन्।  त्यस्तै कन्स्टक्सन दि कम्पनीमा कार्यरत हटौँडा र तनहुँका तीन दर्जनभन्दा बढीले अवकाश पाएका छन्। आबूदावीस्थित नेपाली दूतावासका अनुसार नेपाली युवा घर फर्किने क्रम जारी रहेको छ। दूतावासले आउनेको सङ्ख्या कमी र नेपाल फर्कने बढी भएको जनाएको छ।  


उता नेपाली समाज युएईले युवाहरू धमाधम घर फर्किदा परिवारमा समस्या आउने जनाएको छ। समाजले चर्को ब्याजमा ऋण काढेर नयाँ महल बनाउने आशाले आएका युवा तत्काल घर फर्किदा आउने नैराश्यता तथा परिवारमा आउन सक्ने वितृष्णालाई नेपाल सरकारले मेटाउन सक्दो र सुहाउँदो रोजगारको व्यवस्था मिलाउन माग गरेका छन्।

त्यस्तै रूपन्देही नेपाली समाज दुवईले पनि नेपाल सरकारलाई तत्काल वेरोजगार तथा फर्किएका युवालाई रोजगारको प्रत्याभूति दिलाउन माग गरेको छ।

November 16, 2008

उपत्यकामा रहेका पूर्वराजाहरूको सालिक ढालिने

गृहमन्त्री वामदेव गौतमले उपत्यकामा रहेका पूर्वराजाहरूको सालिक ढालिने बताएका छन् । राजधानीमा शनिबार शंखधर साख्वाको सालिक शिलान्यास गर्दै गौतमले भने, ‘चोक-चोकमा उभिएका पूर्वराजाका सालिक निरंकुशताका अवशेष हुन्, निरंकुशताका अवशेष सडक चोकमा राख्नहुन्न, उखेलेर म्युजियममा राख्नुपर्छ ।’ यदि नागरिकले माग गर्ने हो भने उपत्यकामा रहेका सबै पूर्वराजाका सालिक हटाएर देशका लागि बलिदानी दिनेको सालिक राख्न सरकार तयार रहेको गौतमले बताए ।

उनले नयाँ सरकार भए पनि कार्यशैली पुरानै भएकाले तत्काल परिवर्तन दिन नसकिएको धारणा राखे । सरकार परम्परागत संस्कार परिवर्तनको पक्षमा रहेको र सुधारका लागि गृहकार्य गरिरहेको दाबी गर्दै गृहमन्त्री गौतमले नागरिकले केही समयमा नै परिवर्तनको आभास पाउने उल्लेख गरे ।

नागरिकको सहयोगले उपत्यकाको शान्तिसुरक्षामा क्रमिक सुधार भएको उनको दाबी थियो । उपत्यकाको शान्तिसुरक्षामा परिवर्तन भए यसको प्रभाव देशभर पर्ने बताउँदै उनले सरकार जुनसुकै सर्तमा पनि शान्तिसुरक्षा बहाल गर्ने पक्षमा रहेको उल्लेख गरे । उनले भने, ‘सरकार सुरक्षा दिन तत्पर छ, तर त्यसका लागि नागरिक अझ जागरुक हुन आवश्यक छ ।’

August 31, 2008

आर्थिक क्षेत्रमा आमुल परिवर्तन ल्याउने प्रतिवद्धता

प्रत्येक नेपालीको आय मासिक बाह्र हजार रुपैंया एक राष्ट्रिय संकल्प मूल नाराका साथ नेपाल उद्योग परिसंघद्वारा आयोजित आर्थिक सम्मेलन आज काठमाडौंमा सुरु भएको छ । सम्मेलनलाई सम्वोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पूर्‍याउने, नयाँ संविधान निर्माण गर्ने र मुलुकको आर्थिक विकास गर्ने तीन वटा अन्तर सम्वन्धीत विषयहरु पूरा गर्ने दायित्व रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले माओवादीप्रति अन्तर्राष्ट्रिय समुदायमा रहेको आशंका र जनताको आकांक्षालाई विश्वासमा परिणत गर्न सरकारले र्सार्वजनिक निजी साझेदारीको नीतिद्वारा मुलुकको आर्थिक क्षेत्रमा आमुल परिवर्तनको कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाल उद्योग परिसंघले प्रस्तुत गरेको आर्थिक विकासको कार्यक्रमले सरकारको नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।

यसैगरी नेकपा एमालेका महासचिव झलनाथ खनाल, नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठ र मधेशी जनअधिकार फोरमका नेता सरदसिंह भण्डारीलेपनि समारोहमा बोल्नुभएको थियो । सम्मेलन उद्घाटन सत्रमा आफ्ना अबधारणा पत्र प्रस्तुत गर्दै परिसघ अध्यक्ष विनोद कुमार चौधरीले डबल डिजिट आर्थिक बृद्धि हासिल गर्न केवल राजनीतिक प्रतिबद्धता र राष्ट्रिय संकल्प आवश्यक रहेको बताउनु भयो । सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष चौधरीले मुख्य अठार विषय केन्द्रीत गरी सरकारले पूवाधार निर्माण र नीजि क्षेत्रले व्यवसाय सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो । आर्थिक सम्मेलन तीन दिनसम्म चल्ने छ ।

August 21, 2008

नागरीकको अमन चयनका लागि पहल गर्छु: प्रचण्ड

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको भावना र जनताको चाहाना अनुसार नै सरकारले कार्यनिति तय गर्ने बताएका छन् । नागरिक समाजका प्रतिनिधिहरुसंग ५ भदौको विहान भएको भेटमा उनले देशमा देखिएको समस्या समाधानका लागि नागरिक समाजको सहयोग रहने आशा व्यक्त गरे ।

प्रचण्डनिवास नयाँबजारमा भएको छलफलमा अहिले देशमा देखिएको राजनितिक गतिरोध, शक्तिबाँडफडमा दलहरु बिचको खिचँातानीलगायतका विषयमा छलफल भएको नागरिक समाजमा अगुवा पद्यमरत्न तुलाधरले बताए । भेटकाक्रममा प्रधान मन्त्रीले आफुले नागरीकको अमन चयन र सुशासनका लागि हदैसम्मको पहल गर्ने बताए । नागरीक समाजका प्रतिनिधिहरुले जनताको भावना र जनआन्दोलनको म्यान्डेट अनुसार सरकार सञ्चालन गर्न दलहरुलाई सुझाव दिएको बताए ।

त्यस्तै कोशीबाँध भत्किएपछि परेको डुवानका विषयमा पनि सरकारको ध्यानआकर्षण गराएको र छिटो छिटो भन्दा छिटो पिढितको उद्धारको पहल गर्न आग्रह गरेको समेत तुलाधरले जानकारी गराए । पछिल्लो राजनितिक घटनाक्रम र कोसिबाधबारे ध्यानआकषर्ण्र्ााराउन नागरीक समाजका १० जना अगुवा नयाँ बजार पुगेका थिए ।

August 8, 2008

कोइराला राजनीतिक भेटघाटमा

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको दुई दिने राजनीतिक सक्रियतापछि साउन २४ गते प्रधानमन्त्री निवास बालुवाटार सुनसान बनेको छ । बालुवाटारमै रहेका नेपाली कांग्रेसका सहमहामन्त्री अर्जुननरसिंह केसीले आज प्रधानमन्त्रीको राजनीतिक भेटघाट नरहेको उल्लेख गरे । ‘सबै साना दलसँग एक चरण भेटघाट सक्नुभयो, आज कसैसँग उहाँको भेटघाट छैन’ केसीले भने । बालुवाटारमा अहिले कांग्रेस केन्द्रीय समितिको बैठक चलिरहेको छ ।

उता, आज बिहान १० बजेदेखि सुरु हुने भनिएको प्रमुख चार दलको बैठक अझै सुरु भएको छैन । हिजो ठमेलको होटल बैशालीमा भएको माओवादी, नेपाली कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमका शीर्ष नेताको बैठक आज हुनेगरी स्थगित भएको थियो । राष्ट्रपति डा. रामवरण यादवले सहमतिको सरकार बनाउन दिएको दोश्रो म्याद आज सकिदैछ ।

July 27, 2008

माओवादीसंग मिलेर जान्छौं : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रियताका सवालमा नेकपा माओवादीसंग मिलेर जाने बताएका छन् । बुटवलमा  आयोजित कार्यक्रममा उनले राष्ट्रियता गम्भीर संकटमा परेको समेत बताए । ‘राष्ट्रियता गम्भीर संकटमा परेको छ ,’ थापाले भने,’राष्ट्रियता जोगाउनका लागि माओवादीसंग मिलेर जान्छौं ।’ उनले अन्य दलभन्दा माओवादीमा राष्ट्रियता भएको बताए । दलहरुले विदेशीको इशारामा परेर पदबांडफांड गरेको उनको आरोप थियो । माओवादी राष्ट्रिय एकताका सवालमा संर्घष् गर्ने पार्टी भएकाले आफूहरुको त्यसबारे कुरा मिल्ने बताए । यद्यपि उसको उग्रवामपन्थी व्यवहारको आलोचना गर्न नछाड्ने उनको भनाई थियो ।

राप्रपा नेपालले राष्ट्रियताका सवालमा सशक्त आन्दोलन गर्ने बताए । राष्ट्रियता खतरामा परेकाले आफूहरु चुप लाग्न नसक्ने उनको भनाई थियो । देशमा विदेशीको नांगो हस्तक्षेप हुदा पनि दलहरु चुप लागेको भन्दै आलोचना गरे ।

July 25, 2008

गठबन्धन बिघटन नभए माओवादी सरकारमा नजाने

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरमको गठबन्धनलाई तथाकथित भन्दै बिघटन नभए सरकारमा नजाने बताएका छन् । ९ साउनमा संविधानसभामा प्रतिनिधित्व गर्ने २५ दलको छलफलबारे पत्रकारहरुलाई जानकारी दिने क्रममा उनले तीन दलको गठबन्धन कायमै रहे मुलुक गम्भीर संकटमा फस्ने बताए ।

‘मैंले तीन दलको समिकरण बिघटन नगरे मुलुक द्वन्द्वमा जान्छ भनेको छु,’ प्रचण्डले अगाडि भने,’राष्ट्रपति र सभाध्यक्षको चुनावसम्मका लागि मात्र समिकरण बनेको हो भने ठिकै छ, पछिसम्मका लागि हो भने हामी प्रतिपक्षमा बस्छौं ।’ कांग्रेस, एमाले र फोरमले भने संविधान नबन्दासम्म समिकरण रहने र अन्य दललाई पनि मिलाएर जाने बताएको उनको भनाई थियो । बैठक टुंगोमा नपुगेपछि भोलि सबैले एजेण्डा बनाएर छलफल गर्ने तय भएको बताए ।

आफूहरुले सरकारको नेतृत्व गर्ने भए दुइ वर्षसम्म सरकार ढाल्ने खेल हुन नहुने शर्त राखेको बताए । उनले भने,’संविधान नबन्दासम्म हामीले राम्ररी काम गर्न पाउनुपर्छ, सरकार गिराउने खेल हुन्छ भने बरु प्रतिपक्षमै बस्छौं ।’ सरकार संचालन गर्दा आफूहरुको प्रतिवद्धताले विशेष स्थान पाउनुपर्ने बताए । जनतासामु प्रतिवद्धता जनाएकाले त्यसलाई पूरा गर्न पनि आफूहरुको एजेण्डाले महत्व पाउनुपर्नेमा उनको जोड थियो ।

राष्ट्रपतिलाई यही दलले सरकार बनाऊ भन्ने अधिकार नरहेको बताए । उनले भने,’बहुमत ल्याएर सरकार गठनको आव्हान गर्न भन्न सकिन्छ, यही दललाई बनाऊ भन्ने संवैधानिक अधिकार छैन।’बैठकमा नेपाली कांग्रेसबाहेकका २३ दलले माओवादीलाई सरकारको नेतृत्वका लागि आव्हान गरेका थिए । विशेषगरी साना दलले ठूलो दलको हैसियतले सरकार गठनको आग्रह गरेका थिए ।

July 20, 2008

राष्ट्रपतिमा पुनःनिर्वाचन, उपराष्ट्रपतिमा परमानन्द झा

मुलुकको प्रथम राष्ट्रपतिको निर्वाचनमा कसैको पनि बहुमत नआएपछि पुनःनिर्वाचन हुनेभएको छ । ४ साउनमा भएको निर्वाचनमा डा.रामवरण यादवले २९४ र रामराजाप्रसाद सिंहले २८४ मत प्राप्त गरे । आवश्यक २९८ मत कसैको पनि पुगने । संवैधानिक व्यवस्थाअनुसार पहिलो र दोस्रो हुनेबीच पुनः निर्वाचन हुनेछ ।

 १६ मत नखसेकाले पनि राष्ट्रपतिको टुंगो नलागेको हो । उपराष्ट्रपतिमा मधेशी जनअधिकार फोरमका तर्फबाट उम्मेदवार खडा गरिएका परमानन्द झा निर्वाचित भइसकेका छन् । उनले स्पष्ट बहुमत ल्याएका छन् । चुनावमा ५ सय ७८ मत खसेको थियो । कुल ५ सय ९४ संविधानसभा सदस्यमध्ये १५ जनाले बहिष्कार गरेको र एक जना अनुपस्थित भएका थिए । राप्रपा नेपाल, नेकपा एकीकृत, नेमकिपा र राष्ट्रिय जनमोर्चाले राष्ट्रपति र उपराष्ट्रपतिको ऐतिहासिक निर्वाचन बहिष्कार गरे ।

नेपाली कांग्रेसकी डा.आरजु राणा अनुपस्थित भइन् । नेपाली कांग्रेसले प्रस्ताव गरेको डा.रामवरण यादवलाई नेकपा एमाले, मधेशी जनअधिकार फोरम, राप्रपा, नेकपा मालेले र्समर्थन गरेका थिए । नेकपा एमालेले प्रस्ताव गरेको रामराजाप्रसाद सिंहलाई तर्राई मधेश लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, जनमोर्चा नेपालले र्समर्थन गरेको थियो ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com