October 31, 2008

राष्ट्रसंघ महासचिव मुन नेपालमा

संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुन आज नेपाल आउँदै हुनुहुन्छ । दुइदिने भ्रमणका सिलसिलामा राष्ट्रसंघका महासचिव बान आज साँझ काठमाण्डु आइपुग्नुहुनेछ । नेपाल बसाइका क्रममा महासचिव बानले नेपालको उच्च् राजनितिक नेतृत्वसँग भेटवार्ता गर्नुहुनेछ भने संविधान सभालाई पनि सम्वोधन गर्न्हुनेछ । उहाँले माओवादी सेनाका शिविरहरुको निरिक्षण गर्नुका साथै लुम्बिनी क्षेत्रको भ्रमण अवलोकन गर्नुहुनेछ । एशियाली चार राष्ट्रको भ्रमणको क्रममा आउनुभएका महासचिव बान भारतको भ्रमण सकेर आज नेपाल आउन लाग्नुभएको हो ।
नेपाल बसाइको क्रममा महासचिव बानले राष्ट्रपति डाक्टर रामवरण यादव, प्रधामन्त्री प्रचण्ड, सभाअध्यक्ष सुवासचन्द्र नेम्वाङलगायतका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड र महासचिव बान विच आजै अपरान्ह भेटवार्ता हुनेछ । सिंहदरमा हुने तय गरिएको भेटवार्तामा माओवादी जनसेनाको समायोजन, नेपालमा राष्ट्रसंघको भूमिका र अवधिका वारेमा छलफल हुनेछ ।
आजै प्रधानमन्त्री प्रचण्डले याक एण्ड एति होटेलमा आयोजना गर्ने रात्री भोजमा महासचिव बान सहभागी हुनुहुनेछ भने भोली बिहानबाट राजनितिक भेटघाट शुरु गर्नुहुनेछ । भोली बिहान उहाँले ८ बजे राष्ट्रपति डाक्टर रामबरण यादव, ९ बजे कांग्रेस सभापति तथा पूव प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला १० बजे सभाध्यक्ष सुवास नेम्वाङसँग भेटवार्ता हुनेछ । उहाँले भोली नै संविधान सभाको वैठकलाई सम्वोधन गर्ने कार्यक्रम पनि तय गरिएकोछ छ ।
सबै भेटवार्तामा अनमिनका क्रियाकलापहरूको बारेमा जानकारी लिनुहुने नेपालमा रहेको संयुक्त राष्ट्रसंघीय कार्यालयले जनाएको छ । भोली बिहान साडे १० बजे पत्रकार सम्मेलन पछि लुम्बीनी अवोलोकन भ्रमणमा जाने कार्यक्रम तय गरिएको छ । लुम्बुनिको भ्रमणपछि उहाँले भोली माउन्टेन उडान मार्फ सगरमाथाको अवलोकन गर्ने र भोली नै बंगलादेश भ्रमणमा जाने नेपालमा रहेको राष्ट्रसंघीय कार्यालयले जनाएको छ ।

October 24, 2008

अमेरिकी राष्ट्रपती ओबामा कि म्याक्केन ?

विश्वव्यापी चर्चाको विषय बनेको अमेरिकी राष्ट्रपतीय निर्वाचनले नेपालीहरूको पनि ध्यान तानेको छ । नेपाली कूटनीतिज्ञ, राजनीतिज्ञहरू डेमोक्रेटिक पार्टीका उम्मेदवार बाराक ओबामा रिपब्लिकन पार्टीका उम्मेदवार जोन म्याक्केनभन्दा बलियो भएको स्वीकार्छन् तर जसले जिते पनि नेपालका लागि भने धेरै फरक नपर्ने अधिकांशको धारणा छ । ओबामा काला जातिका उम्मेदवार मात्र नभई युवक र परिवर्तनका पक्षमा प्रस्तुत भएकाले पनि उहाँले जित्ने बढी सम्भावना रहेको दाबी नेता तथा कूटनीतिज्ञको छ । दुई उम्मेदवारबीचको पछिल्लो जनमत सर्वेक्षणअनुसार म्याक्केनभन्दा १० प्वाइन्ट मतले ओबामा अगाडि हुनुहुन्छ ।

 नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री डा. रामशरण महत कुनै उम्मेदवारको पक्ष विपक्ष लिनु राम्रो हुँदैन, मित्रराष्ट्रको मामिला हो तर पनि जनमत सर्वेक्षणअनुसार ओबामाको स्थिति शक्तिशाली देखिन्छ भन्नुहुन्छ । हामी कसैको पक्षमा वा विपक्षमा छैनौँ तर अमेरिकी जनलहर परिवर्तनको पक्षमा छ, कसले जित्छ भनेर अहिल्यै भन्नु उचित हुँदैन भन्दै डा. महतले भन्नुभयो, "जुन पार्टीले जिते पनि नेपाललाई हेर्ने नीतिमा खासै अन्तर आउने देखिँदैन, अमेरिका आन्तरिक मामिलामा अल्भिmनेछ, त्यसपछि इराक, इरान, अफगास्तिान र रुसजस्ता देशमा उसको ध्यान बढी जान्छ ।"

पूर्वमन्त्री एवं तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले कसले जित्छ भन्नु अहिले नै उचित हुँदैन र जसले जिते पनि नेपाललाई कुनै फरक नपर्ने बताउनुभयो । कृषि तथा सहकारीमन्त्री जयप्रकाशप्रसाद गुप्ता नेपाललाई हेर्ने कुनै अमेरिका एजेन्डा छैन, दक्षिण एसियालाई हेर्ने दृष्टिकोणमा उनीहरूले सुरक्षालाई राखेका छन् भन्नुहुन्छ । उहाँका अनुसार पाकिस्तान र अफगानिस्तानजस्तो सुरक्षा नीतिसँग नेपाल सम्बन्धित छैन, त्यसले नेपाललाई हेर्ने अमेरिकी दृष्टिकोणमा ठोस फरक पर्दैन, अमेरिकी नीतिमा निरन्तरता रहन्छ ।

मधेसी जनअधिकार फोरम नेपालका सहअध्यक्षसमेत रहनुभएका मन्त्री गुप्ताले नयाँ राष्ट्रपति पाए पनि अमेरिका मूलतः आन्तरिक विषयमा नै बढी केन्दि्रत रहन्छ किन भने यो निर्वाचन यसअघिका निर्वाचन जस्तो विश्वका समस्यासँग केन्दि्रत नभएको बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी -माओवादी)का विदेश विभाग प्रमुख सीपी गजुरेलले अमेरिकी राष्ट्रपतिको निर्वाचनले युरोप र ल्याटिन अमेरिकामा पनि निकै प्रचार पाएको जानकारी दिनुभयो । ल्याटिन अमेरिका गएर केही दिनअघि मात्रै र्फकनुभएका गजुरेलका अनुसार कुनै अप्रत्यासित घटना नभए ओबामाले जित्ने प्रायः निश्चित देखिन्छ ।

बुसका पहिलो विदेशमन्त्री कोलिन पावेल केही दिनअघिबाट ओबामाको पक्षमा देखिएपछि थप जनलहर आएको छ भन्दै नेता गजुरेलले भन्नुभयो, "जसले जिते पनि विश्वराजनीतिमा गुणात्मक रूपमा परिवर्तन हुँदैन तर मात्रात्मक रूपमा फरक पर्छ ।" ओबामाले अबको विश्वले युद्धले होइन मेलमिलापबाटै सम्पूर्ण समस्या समाधान गर्न सकिने धारणा राख्दै आउनुभएको छ भन्दै विदेश विभाग प्रमुख गजुरेलका विचारमा नेपालको सन्दर्भमा रिपब्लिकनभन्दा डेमोक्र्याटिक पार्टीले चुनाव जितेमा केही सकारात्मक हुन्छ । उहाँले चुनावी प्रचारका क्रममा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार मेक्केनले डेमोक्र्याटिकका उम्मेदवार ओबामालाई ‘लेˆट’तर्फ झुकेको भन्दै राष्ट्रपति हुन ठीक छैनन् भनेर भन्ने गरिएको जानकारी दिनुभयो ।

 नेपाल कम्युनिस्ट पार्टी -एमाले)का विदेश विभाग सदस्य तथा पूर्वमन्त्री भीम रावलले अमेरिका र युरोपबाट गरिएका मतसर्वेक्षण र प्रक्षेपणअनुसार तुलनात्म रूपमा ओमाबाको स्थिति बलियो देखिन्छ भन्नुभयो । अमेरिकी राष्ट्रपतिमा जोसुकैले जिते पनि नेपाललाई हेर्ने नीतिमा परिवर्तन हुँदैन तर पनि नेपालमा वामपन्थीको बढ्दो प्रभाव र माओवादीको नेतृत्वमा सरकार गठन भएकाले रिपब्लिकनभन्दा डेमोक्र्याटिक उम्मेदवारले जिते अलिक उदार हुनसक्छ, नेता रावलको विश्लेषण छ । केही समयअघि नेपाल भ्रमणमा आउनुभएका अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरले नेपालका माओवादीलाई हेर्ने अमेरिकी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने धारणा राख्नुभएकाले पनि यो कुराको पुष्टि हुने विचार नेता रावलको छ ।

September 17, 2008

संयुक्त वक्तव्य जारी

भारतले नेपालको जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिवद्धता जनाउँदै २ सय ४५ मेगावाटको विद्युत उपहार दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा नेपाल र भारत दुइ देशबीच भएका सहमति आज सार्वजनिक गरिएका छन् । दिल्लीमा रहनु भएका परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यले दुइ देश विच १५ बुदे सहमति भएको जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री र भारतीय समकक्षी डाक्टर मोनमोहन सिंहले आज संयूक्त विज्ञप्ती निकाली सहमति सार्वजनिक गरिएको हो । वक्तव्यमा सन् १९५० मा नेपाल र भारतबीच भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकन, त्यसका लागी दुइदेशविचको सयूक्त कार्यदल बनाउने रहेका छ ।

 त्यस्तै भारतले ९ मुले विद्युत आयोजनामा सहयोग गर्ने प्रतिवद्धता जनाउँदै २ सय ४५ मेगावाट जलविद्युत परियोजना उपहार स्वरुप बनाइदिने सहमति गरेको छ । त्यस्तै कोसि पिडितका लागी २० करोड सहयोग र पेट्रोलीयम पदर्थाको आपर्तीका लागी १ अर्ब ५० करोड सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । कोसिको दिर्घकालीन समाधानका लागी उच्चस्तरीय सयन्त्र वनाउने सहमति भएको छ ।

May 7, 2008

अमेरिकी राष्ट्रपतिय निर्वाचनमा ओवामा अगाडी

अमेरिकाको इन्डियाना र नर्थ क्यारोलिना राज्यमा हिजो भएको  चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएका हिलारी क्लिन्टन र बाराक ओबामाले क्रमस:इन्डियाना र नर्थ क्यारोलिना मा चुनाव जित्नुभएको छ । हिलारी क्लिन्टनले इन्डियानामा ६४१७३४ र बाराक ओबामाले ६२३२९० मत प्राप्त गर्नु भएको छ। तेसै गरी नर्थ क्यारोलिनामा बाराक ओबामाले ८९०६९५ र हिलारी क्लिन्टनले ६५७९२० मत प्राप्त गर्नु भयको छ।
अहिलेसम्म हिलारी क्लिन्टनले १६८१ डेलीगेट्स र बाराक ओबामाले १८३६ डेलीगेट्स जित्नुभएको छ । राष्ट्रपतीका लागि उम्मेद्वार बन्न २०२५ डेलिगेट्स डेमोक्रेटिक पार्टीको उम्मेद्वारले जित्नुपर्छ। इन्डियानामा क्लिन्टन र नर्थ क्यारोलिनामा ओबामा विजयी

May 5, 2008

दलाइका दूत र चीनबीच वार्ता

निर्वासित तिब्बती धार्मिक नेता दलाई लामाका प्रतिनिधि र चीन सरकारका प्रतिनिधिबीच आइतबार दक्षिणी चीनको सेन्झेङमा वार्ता  भएको छ । उक्त जानकारी भारतमा रहँदै आएका तिब्बती शरणार्थीद्वारा गठित निर्वासित सरकारले दिएको हो ।

‘वार्ता आज विहानबाट सुरु भयो, हाम्रा प्रतिनिधि बुधबारसम्ममा र्फकनेछन्,’ दलाइका एक प्रतिनिधिले भने । वार्तामा भएको उपलब्धिबारे वार्तामा गएका दलाइ लामाका दुत भारत फर्केपछि मात्र थाहा हुने उनले बताए । ‘तिब्ततमाथि लगाइएको प्रतिबन्ध तुरुन्त फिर्ता लिनुपर्छ भन्ने हाम्रो पहिलो माग छ,’ दलाइका भारतस्थित प्रतिनिधिले भनेका छन् ।

वार्ता सुरु भएकाले यसबाट सकारातमक परिणाम आउने चीनका राष्ट्रपति हुँ जिन्तोले आशा व्यक्त गरेका छन् । गत मार्च महिनामा तिब्बतको राजधानी ल्हासा लगायतका श्रेत्रमा भएका प्रदर्शनमा बल प्रयोग गरिँदा भएको धनजनको क्षतिपछि अन्तर्राष्ट्रिय जगतबाट आएको दबाबका कारण चीनले दलाइ लामासँग वार्ता गर्ने कार्यक्रम तय गरेको अनुमान गरिएको छ । ‘यस वार्ताबाट केही सकारात्मक परिणाम आउनेमा म विश्वस्त छु,’ हुलाई उद्धृत गर्दै जापानको जीजी प्रेसले जनाएको छ । हु यसै साता जापानको भ्रमणमा जाँदैछन् । ‘उनीहरुले के भन्छन् भन्नेमा नभइ के गर्छन् भन्ने हामीले हेर्नुपर्छ’, लामाका समर्थकको व्यवहार बारे चर्चा गर्दै हुले भने । चीनले तिब्बतमा अशान्ति मच्चाउनमा लामाको हात रहेको आरोप लगाउँदै आएको छ ।

तिब्बत प्रदर्शन र त्यसलाई दबाउन बल प्रयोग गरिएको विषयलाई लिएर विश्वभर चीनको आलोचना हुँदै आएको छ । सरकारी हस्तक्षेपमा दुइ सय तीनजनाको मृत्यु भएको र एक हजारजना घाइते भएको निर्वासित तिब्बती सरकारले दाबी गरेको छ । चीन सरकारले भने २१ जनामात्र मारिएको बताउँदै आएको छ ।

April 29, 2008

प्रचण्ड र राजा ज्ञानेन्द्रबीच गोप्य वार्ताको तयारी

नेकपा माओवादी अध्यक्ष प्रचण्ड र राजा ज्ञानेन्द्रबीच भेटघाट गर्ने तयारी भइरहेको माओवादी स्रोतले बताएको छ । स्रोतका अनुसार यसै हप्ता भेट गर्ने टुंगो लागिसकेपनि स्थान र समय भने गोप्य राखिएको छ । अनेपेक्षित जीत हात पारेको माओवादीका अध्यक्ष प्रचण्डले सूत्रहरुमार्फत् राजालाई भेट्न चाहेको सूचना चुनावलगत्तै पठाएका थिए । शुरुमा गोप्य रुपमा भेट्ने भने पनि कुरा लुक्न नसक्ने र त्यसले गलत सन्देश जाने ठहरका साथ उनले खुलेआम भेट्ने घोषणा गरेको माओवादी स्रोतले बतायो । प्रचण्ड स्वयंले राजालाई नारायणहिटीबाट हटाउन आग्रह गर्न भेट्न चाहेको खुलासा गरेका छन् ।

भेटका लागि नव माओवादीका रुपमा परिचित पूर्व पञ्चहरुलाई खटाइएपनि त्यसले उल्लेख्य नतिजा ल्याउन नसकेपछि प्रचण्डले शाही गृहमन्त्री कमल थापालाई भेट्नुभएको थियो । राजतन्त्रको वकालत गर्दै चुनाव लडेका थापासंगको भेट राजाको भविष्य र राजा र प्रचण्डबीच भेटको चाजोपांजो मिलाउने विषयमै केन्द्रित थियो । भेटमा उठेका विषयवस्तुबारे थापाले राजालाई जानकारीसमेत गराइसकेको बुझिएको छ । तथापि भेट्ने स्थानबारे कुरा मिल्न नसक्दा हलो अड्किएको छ । स्रोतका अनुसार राजा नारायणहिटी दरबार बाहिर गएर प्रचण्डलाई भेट्ने पक्षमा छैनन् । भेट्ने स्थान र कल्चरल किङ रहनुपर्ने एजेण्डाबारे राजहठ कायमै छ । प्रचण्डचाहिं राजालाई दरबार बाहिर भेट्न चाहन्छन् । राजालाई सांस्कृतिक सम्मान र भत्ताबाहेक राजाको हैसियत नदिने प्रचण्डहठ कायमै रहेको विश्वस्तस्रोतले बतायो ।

दरबार बाहिर भेट्दा गद्यी त्याग्न लागेको सन्देश प्रवाह हुने र त्यसले आफ्ना शुभचिन्तकको मनोवल गिराउने भन्दै निकटस्थले राजालाई प्रचण्डसंग नारायणहिटीभित्रै भेट्न सुझाव दिएको बुझिएको छ । स्थानका बारे कुरा नमिल्दा राजालाई भेट्न आतुर माओवादीको इच्छा पूरा हुनसकिरहेको छैन । यद्यपि भेटका लागि भइरहेको गृहकार्य सकारात्मक मोडमा पुगेको र कुनै अप्रत्याशित घटना नभए आउंदो हप्ता राजा र प्रचण्डबीच भेट हुने दरबार स्रोतको भनाई छ ।

चुनाव अघि राजावादीको शक्ति आफ्नो हितमा प्रयोग गरेका माओवादीले त्यसपछि झनै साथ पाइरहेको छ । राजालाई नारायाणहिटीबाट हटाउन सक्ने नसक्ने प्रश्न तेर्सिइरहदा राजावादीसंगको भेटलाई माओवादीले तीब्र बनाएका छन् । राजाको परममित्र प्रभाकर शम्शेर राणा, दरबारका पूर्वसैनिक सचिव विवेककुमार शाह, पूर्व अञ्चलाधीश सूर्यबहादुर सेन ओली, नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रबहादुर सिंह, पूर्व डिआइजी अशोक श्रेष्ठ, सैन्यविद डा।इन्द्रजीत राईलगायतसंग प्रचण्डको नियमित सम्पर्क र भेट हुनेगरेको स्रोतले बतायो । राजासंग भेटको चांजोपांजो मिलाउन पनि यिनै व्यक्तिहरु सक्रिय छन् । त्यसमध्ये पनि प्रभाकर शम्शेर, विवेक शाह, राजेन्द्रबहादुर सिंह, अशोक श्रेष्ठ निकै सक्रिय छन् । उनीहरुले राजा र प्रचण्डबीच सम्पर्कका लागि पुलको काम गरिरहेका छन् ।

April 25, 2008

तत्कालको लागि म सबै किसिमका हिंसा त्याग्न सक्दिनं: प्रचण्ड

गएको दुई वर्षदेखि शान्तिप्रक्रियामा संलग्न नेकपा माओवादीका अध्यक्ष प्रचण्डले उनको पार्टीले अझै सबैखाले हिंसा नत्यागेको बताएका छन्। नेकपा माओवादी संविधानसभाको चुनावबाट सबैभन्दा ठूलो दल बनेर सरकार बनाउने कसरतमा लागेको बेला उनको त्यस्तो भनाइ आएको हो।माओवादी अध्यक्ष प्रचण्ड राजनीतिमा हिंसाको प्रयोग लगायत माओवादीका कतिपय नीति प्रति सशंकित पश्चिमा देशका राजदूत एवं दातृ निकायका प्रतिनिधिहरुसंग सामूहिक भेट गरेपछि पत्रकारहरुसंग बोल्दै थिए।

संयुक्त राष्ट्रसंघको पुल्चोकस्थित कार्यालयको संयोजनमा बिहीबार आयोजित अन्तरक्रियामा पश्चिमा देशका राजदूतहरुलाई आफ्नो पार्टीको नीति प्रष्ट्याएर बाहिर निक्ले लगत्तै अध्यक्ष प्रचण्डले स्वदेशी तथा विदेशी पत्रकारहरुसंग कुरा गर्दै हिंसाको प्रयोग पूर्णरुपमा त्यागि नसकेको बताएका थिए।

उनले भने, "तत्कालको लागि म सबै किसिमका हिंसा त्याग्न सक्दिनं। तर हामी अहिलेको शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पु-याउन चाहन्छौं, जसको माध्यमबाट हामी प्रतिक्रियावादी हिंसा अन्त गर्न चाहन्छौं।" अन्तर्क्रियामा सहभागी विभिन्न देशका राजदूत र दातृ निकायका प्रतिनिधिहरुले विशेषगरी माओवादीको शान्तिप्रतिको प्रतिबद्धताबारे उनीसंग प्रश्न उठाएका थिए।

सहयोग

एक्काइसौं शताब्दिका विज्ञान, प्रविधि र विभिन्न आर्थिक नीति प्रणाली प्रति आफ्नो पार्टि सचेत रहेको वताउने प्रचण्डले अब अन्तर्राष्ट्रिय समुदायले सहयोगको नयाँ प्रक्रिया थाल्ने विश्वास पनि व्यक्त गरे। उनले भने, "पश्चिमी संसारमा नेकपा माओवादीको बारे थुप्रै भ्रमहरुपनि छन् जस्तो हाम्रो शान्ति र बहुदलप्रतिको प्रतिबद्धताबारे। यो अन्तर्क्रियाबाट यस्ता कैयौं जिज्ञासा समाधान भएका छन् र अन्तर्राष्ट्रिय समुदायले नयाँ नेपाल निर्माणको प्रक्रियामा सहयोगको नयाँ प्रक्रिया शुरु गर्नेमा हामी विश्वस्त छौं।"

अन्तर्क्रियामा उपस्थित अमेरिकी राजदूत न्यान्सी पावेलसंग माओवादीलाई आतंककारी सूचीमा राखिरहेको विषयमा कुनै कुरा नभएको प्रचण्डको भनाइ थियो। उनले भने, "हाम्रो सामूहिक रुपमा भेट भयो अलग अलग रुपमा भएन, वहाँले प्रश्नपनि राख्नु भएन, नकारात्मक कुरा पनि गर्नु भएन, सकारात्मक कुरापनि गर्नु भएन। उहाँले अरुको कुरामात्र सुन्नु भयो।" "म के आशा गर्छु भने यो अन्तर्क्रियापछि अमेरिकाले आफ्नो नीतिमा पुनर्विचार गर्नेछ र एउटा सहज वातावरण बनाउने छ," प्रचण्डले भने।

आफ्ना वरिष्ठ सहयोगी डा बाबुराम भट्टराईसंगै अन्तर्क्रियामा आएका प्रचण्डले राजतन्त्रको अन्त्य संविधानसभाको पहिलो बैठकद्धारा गरिने कुरा फेरि दोहो-याए। सेना समायोजनको विषयमा सोधिएको एक प्रश्नमा उनले विशेष समिति मार्फत समायोजनको प्रक्रिया नयाँ संविधान लेख्ने कार्य संगसंगै अगाडि बढ्ने उल्लेख गरे। राष्ट्रसंघीय निकाय अन्मिनको म्याद थप्ने वा नथप्ने विषयमा अरु दलहरुसंग छलफल गरेर निर्णयमा पुगिने उनको भनाइ थियो।

April 4, 2008

ओबामालाई महत्वपूर्ण समर्थन

डेमोक्रेटिक पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति पदको उम्मेदवारी छनोट चरणमा सहभागी बराक ओबामालाई तीन महत्वपूर्ण हस्ती र संगठनहरुले समर्थन गरेका छन् । उनलाई पूर्व कंग्रेस सदस्य लीहेमिल्टन, नेसनल युनियन अफ हस्पिटल र हेल्थ केयर एम्प्याइजको समर्थन प्राप्त भएको हो । उक्त समर्थनबाट उनलाई पेन्सिलभानियाको प्राइमरी चुनावमा अग्रस्थानमा रहेकी प्रतिद्वन्द्वी डेमोक्रेट हिलारी रोद्याम क्लिन्टनको मत दुरीलाई कम गरेको छ । दुवै उम्मेदवार बुधबार अमेरिकी उत्तरपूर्वी राज्यमा अर्थव्यवस्था र नयाँ रोजगारीबारे आ-आफ्नो वाचा गर्ने होडमा युनियनहरुको र्समर्थन पाउने प्रयासमा लागेका थिए । कुनै बेला अमेरिकाको स्टिल नगरी ठानिएको पिटर्रबर्गमा हिलारीले मुलुकमा ७ अर्ब डलर बराबराको नयाँ रोजगारी सिर्जना गर्ने वाचा गरेकी थिइन् । वाचा बाँड्ने क्रममै ओवामाले अमेरिकी पूर्व कंग्रेस सदस्य ली हेमिल्टनको समर्थन प्राप्त गर्न सफल भए । उनी इन्डियाना प्रान्तका पूर्व डमोक्रेट प्रतिनिधि हुनुका साथै सेप्टेम्बर ११ मा अमेरिकी आक्रमणको अनुसन्धान गर्न बनाइएको आयोगका शीर्ष सदस्य समेत थिए ।

March 28, 2008

तिव्वतमा ताजा तनाव

 तिब्बतको पछिल्लो स्थितिबारे स्थलगत जानकारी लिन र विश्वसमुदायलाई सुसूचित गराउन विदेशी सञ्चारमाध्यमका प्रतिनिधिलाई चीन सरकारले ल्हासा पुर्याएको छ । सरकारले यहाँको अवस्था सामान्य बन्दै गएको देखाउन खोजे तापनि यहाँका जनतामा त्रासको भाव प्रष्ट देखिएको तथा सहरका विभिन्न भागमा ठूलो संख्यामा तैनाथ सुरक्षाकर्मीको उपस्थितिले ल्हासा तनाबबाट मुक्त भइनसकेको जनाएको छ । विभिन्न सञ्चारमाध्यमका २६ जना सम्वाददाता लिएर ल्हासा विमानस्थलबाट हिँडेको गाडीको गति अत्यन्त सुस्त भएपछि उनीहरुले गति तीब्र बनाउन आग्रह गर्दा त्यसको कुनै सुनुवाइ भएन ।

दुइदिने यो भ्रमणमा स्वतन्त्र रुपमा कसरी समाचार संकलन गर्न सकिन्छ भन्ने प्रश्नले सम्वाददाताहरुलाई पिरोली रहेका छ भने पैसठ्ठी किलोमिटर यात्रा गर्न ९० मिनेट लाग्नुले उनीहरुमा शंकाले घर गरेको छ । हालै यहाँ भएका हिंसात्मक घटनामा परी २२ जनाको ज्यान गएको सरकारले बताए पनि मानवअधिकारकर्मीहरुले १४० जना मारिएको दाबी गरेका छन् ।

यसैबीच दश दिनदेखि बन्द रहेको ऐतिहासिक पोताला दरबार बुधबारदेखि खुला भएको छ । चिनियाँ शासनविरुद्ध केही दिनअघि यहाँ भएको विरोध प्रदर्शन र त्यसपछि भड्केको हिंसालाई दृष्टिगत गरी सरकारले उक्त दरबार बन्द गरेको थियो ।

विश्व सम्पदा सूचीमा रहेको उक्त दरबार असुरक्षाका कारण बन्द गर्नुपरेको तिब्बत सरकारले जनाएको थियो ।

March 25, 2008

दलाई लामा ओलम्पिक भाँड्न चाहन्छन् - चीन

चीनले धार्मिक नेता दलाईले बेइजिङ ओलम्पिक भाँड्न तिब्बतको ल्हासामा दंगा भड्काएको आरोप आइतबार लगाएको छ । चीनको स्वशासित क्षेत्रबाट कम्युनिष्ट नेताहरुलाई फाल्नका लागि लामाले उक्त प्रपन्च रचेको आरोप पनि बेइजिङको छ ।

अबा र गनानलगायतका क्षेत्रमा जनजीवन सामान्यतर्फ फर्किरहेको र मुलुकभर सुरक्षा व्यवस्था कडा पारिएकै बेला धर्मगुरु लामाविरुद्ध चीनको पछिल्लो आरोप आएको हो । तिब्बतको ल्हासा र बौद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेको क्षेत्रमा विदेशी सञ्चारमाथि प्रतिबन्ध लगाइएको छ । यस्तो अवस्थामा चिनियाँ अधिकारीहरुले एकपक्षिय रुपमा समाचार सम्प्रेक्षण गरेर सुचनाको अधिकारबाट बञ्चित समुदायलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको आरोप समेत लगाइएएको छ । ती सचार माध्यमले सुचनाको शून्यतालाई भर्न नोबेल शान्ति पुरस्कार विजेता दलाई लामाविरुद्ध फेरि यो आरोप लगाएको हो ।

ग्रिष्मकालीन खेलअघि चीनको छविलाई धमिल्याउन उनले तिब्बतको ल्हासामा हिंसाभड्काएको आरोप पनि सरकारले लगाएको छ । दलाई लामाबाट प्रभावित दुष्ट कार्यकर्ताले खेलकुदको महान उत्सव सुरु हुनु अगाडि चीनलाई समस्यामा पार्न खोजेका छन्-तिब्बत डेलीले लेखेको छ । यस्ता गतिविधिले चीनका शुभचिन्तक र शत्रुबीच जीवन मरणको संघर्ष थालिएको छ ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com