July 1, 2009

झंकास झरी

असारे झरीले झम झम सुन्धाराका सडकहरु वजाउदा म यतिवेला रमाइलो महशुस गरीरहेको छु । झरी सिर्जनाको मुहान हो । स्रस्टाहरु यही झरीमा अनेक सिर्जना गर्छन रे । विश्वप्रशिद्ध साहित्यकार रविन्द्रनाथ टैगोरले यही झरीमै आफ्ना कालजयी कृतिहरुको रचना गरेका थिए रे । प्रख्यात गीतान्जली यही झरीको देन हो । अत्यन्तै निकटहरुसंगको कुराकानीमा हुग्ली नदी देखाउदै उनले अनेकपल्ट भनेका पनि थिए रे । अर्का अद्भुत व्यक्तीत्व गान्धीले पनि गुजरातको सावरमति आश्रममा वसेर झरीको भरपुर उपयोग गरेका थिए रे । उनका पत्रहरु झरीमा अत्यन्तै आत्मीय हुन्थे ।

यस्ते नेपाली साहित्यका राम्रा स्रस्टा सिद्धीचरण श्रेष्ठले पनि मेरो प्यारो ओखलढुंगा नामक कविता झरीको समयमा नै सिर्जना गरेका थिए रे । झरी सिर्जनाको मुल हो भावनाहुनेहरुका लागि । झरी आशाको किरण हो किसानहरुका लागि । झरी वांकी जीवनको आशाहो विरुवाहरुकालागि, झरी राम्रो याम हो मायालुहरुकालागि । झरी पालुवा हो, झरी सिर्जना हो, झरी वैश हो, झरी जीवन हो ।

झरी आखिर पानीको मुल फुटाउने मात्र नभएर सिर्जनाको भेल वगाउने समयपनि त हो । संझनुस्त ओसिएको सिरक ओडेर झ्यालवाट वाहिर हेर्दै तातो चियाको चुस्की लगाउदा कति मजा आउछ, या खेतमा रुझ्दै वाउसे लगाउदा कति मजा हुन्छ । वा झरीमा पुरानै स्पोटस सुज लगाएर पाइन्टको तल्लो भाग भिजाउदै विस्तारै हिड्दा अझ कति मजा आउछ । तंपाइ जंहा रहेपनि झरीको मजा लिन नछाड्नुस । केही सिर्जना गर्नुस वा वाटोमै झरी खादै किन नहिड्नुस । अहिलेलाइ झरी अलिकम भएकाले मपनि वाटो तपाउने मेसो गर्दै छु । केही अनुभव भए सेयर गर्नु होला है । ह्याप्पी झरी ।

November 9, 2008

विगत मिस गरीरहेको छु

नेपालीमा उखान छ चैत लागेपछि आइमाइपनि पोइला हिडछन अरे । शीशीरको उराठीमा आइमाइहरु पोइला हिड्नु स्वभाविकै पनि हो । चराको रुग्रुग्ती आवाज उराठीलो मौषमा खडेरी र जता हेरेपनि सुख्खा र पात खसेका रुखहरु शीशीरका शंकेत हुन । ऋतुहरुमा शीशीर अली उराठीलो मानिन्छ । काठमाण्डु शरदको अन्त्यमा आइपुग्दा अली चिसो वन्दै गएको छ । ज्याकेट लगाउनेहरु र शरीरमा स्विटर उन्नेहरु प्रसस्तै वढेका छन । म जस्तो विहानको मेलो भएको मानिसलाइ त चिसोले अझ वढि हमला गरेको छ ।

दिउसो पहार तापेर रमाउनेहरुमा यतिवेला केटाकेटी र वुढावुढी छन । अव त्यो हुलमा अधवैशेहरुपनि थपिने छन । काठमाण्डु अली वढि हाइटमा रहेकोलेपनि होला चिसोमा नामै कहलाएको छ । अव तिहार सकिएपछि स्कुल कलेजहरु शुरु हुदैछन । दशै तिहार विदामा वाहिरिएकाहरु पनि अव भित्रिदै छन । काठमाण्डौ थप व्यस्त वन्ने छ । अव वेलुका हल्का सिरेटोमा निस्कनु र कफीसंगै धुंवा उडाउनुमा वेग्लै मजा आउने छ । यद्यपि मन मिल्ने साथीहरुको खडेरी पर्दै गएकाले होला खासै पहिला जस्तो रमाइलो लाग्दैन कोही नेपालको भविष्य छैन भन्दै भाग्य अजमाउन अष्ट्रलीया त कोही अमेरिका नंया दुनिया हो भन्दै उतै लागेको छन ।

यही वसौ यही केही गरौ । यही जन्मियो यही दुख गरौ मिल्यो भने खुशी पनि यतै वाडौला भन्ने राष्ट्रवादी नारा लिएका हामी सिमित संख्यामा मात्रै यता छौ । वुद्धिमान नेता नभएको समाजले दुख पाउछ भन्ने भनाइ यंहा सार्थक भएको छ । जसरीपनि सक्ता कव्जा गर्नु पर्छ भन्ने माओवादी र पुरानै ढर्रामा रहेका दलका नेताहरुको अकर्मन्यताको सिकार मुलुक भएको छ । सुनौलो भविष्य नेपालमै अजमाउन वसेका हामी युवाहरु विशेष गरी त्यसको शिकार भएका छौ । खैर निरास भएर हुनेवाला केही छैन । यतिवेला गांउमा धान भित्र्याएको, पराल थन्क्याएको र परालका टौवामा लुकामारी खेली रहेको वा वांझा गरामा डन्डालौरा खेलेको वा गोरु चराइरहेको विगत मिस गरीरहेको मैले थप त्यसमा धेरै असल साथीहरुपनि मिस गरीरहेको छु । यो मेरो नोष्टाल्जिया तिनै प्रिय र परम मित्रहरुमा ।

July 21, 2008

राष्ट्रपतिमा विजय हुन्छु: डा रामवरण यादव

Q. पुनः हुने निर्वाचनमा आफू जित्ने कुरामा कत्तिको आश्वस्त हुनुहुन्छ?
A.

म आफ्नो रहरले उठेको मान्छे हैन। म यहाँसम्म आइपुग्नका लागि मेरो पार्टी र मैले अंगीकार गरेको लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रवादी अडानको महत्वपूर्ण भूमिका छ। म यो मान्यताप्रति सदा अडिग रहनेछु। आज (हिजो) मैले पाएको मतले मलाई निकै उत्साही तुल्याएको छ। हिजो कतपय साथीहरु विभिन्न कारणले मदतानमा आउन सक्नुभएन। कतिपय साथीहरुलाई कुनै भ्रम पनि पर्‍यो होला। आज (हिजो) मत दिने सबै दल र व्यक्तिप्रति म कृतज्ञता प्रकट गर्न चाहन्छु। र, आजको मतदानमा हउपस्थित हुन नसक्नुभएका वा कुनै कारणले मलाई मत नदिनुभएका साथीहरुले आगामी निर्वाचनमा उपस्थित भएर मलाई मत दिई नेपालका गरिब, उपेक्षित र पिछडिएका वर्ग र जातिप्रतिको सम्मान व्यक्त गर्नुहुनेछ भन्ने आशा मैले व्यक्त गरेको छु। मेरो विजय भनेको नेपाली कांग्रेस र मेरो व्यक्तिगत विजय नभएर सम्पूर्ण तराईवासी, राष्ट्रवादी र सर्वसत्तावादी सिद्धान्तका विरोधी लोकतान्त्रिक शक्तिको विजय हुनेछ भन्ने म विश्वास दिलाउन चाहन्छु। ०

म आफ्नो रहरले उठेको मान्छे हैन। म यहाँसम्म आइपुग्नका लागि मेरो पार्टी र मैले अंगीकार गरेको लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रवादी अडानको महत्वपूर्ण भूमिका छ। म यो मान्यताप्रति सदा अडिग रहनेछु। आज हिजोमैले पाएको मतले मलाई निकै उत्साही तुल्याएको छ। हिजो कतपय साथीहरु विभिन्न कारणले मदतानमा आउन सक्नुभएन। कतिपय साथीहरुलाई कुनै भ्रम पनि पर्‍यो होला। आज हिजोमत दिने सबै दल र व्यक्तिप्रति म कृतज्ञता प्रकट गर्न चाहन्छु। रआजको मतदानमा हउपस्थित हुन नसक्नुभएका वा कुनै कारणले मलाई मत नदिनुभएका साथीहरुले आगामी निर्वाचनमा उपस्थित भएर मलाई मत दिई नेपालका गरिबउपेक्षित र पिछडिएका वर्ग र जातिप्रतिको सम्मान व्यक्त गर्नुहुनेछ भन्ने आशा मैले व्यक्त गरेको छु। मेरो विजय भनेको नेपाली कांग्रेस र मेरो व्यक्तिगत विजय नभएर सम्पूर्ण तराईवासीराष्ट्रवादी र सर्वसत्तावादी सिद्धान्तका विरोधी लोकतान्त्रिक शक्तिको विजय हुनेछ भन्ने म विश्वास दिलाउन चाहन्छु। ०

 
Q. कांग्रेसले तपाईंलाई किन राष्ट्रपति बनाउन चाह्यो?
A.

म निरन्तर निष्ठाको राजनीतिमा क्रियाशिल छु। प्रजातान्त्रिक आन्दोलनमा मैले कुनै किसिमको सम्झौता गरेको छैन। राष्ट्रियता, लोकतन्त्र र समाजको अग्रगामी रुपान्तरणको बारेमा मेरो स्पष्ट अडान छ। मैले विभिन्न जाति, धर्म र वर्गको मानिसलाई समान रुपमा हेरेको छु। मेरो योगदान र इमान्दारितालाई पार्टील्ो मूल्यांकन गरेर पार्टीले मलाई राष्ट्रपतिमा अगाडि बढाएको हो। सबैको सोचाइ छ, यो मान्छेले राष्ट्रको लागि सही दिशाबोध दिन सक्छ भन्ने विश्लेषण छ। आज (हिजो) मलाई जुनजुन साथी र दलले भोट दिए, ती सबैलाई म धन्यवाद दिन चाहन्छु।

म निरन्तर निष्ठाको राजनीतिमा क्रियाशिल छु। प्रजातान्त्रिक आन्दोलनमा मैले कुनै किसिमको सम्झौता गरेको छैन। राष्ट्रियतालोकतन्त्र र समाजको अग्रगामी रुपान्तरणको बारेमा मेरो स्पष्ट अडान छ। मैले विभिन्न जातिधर्म र वर्गको मानिसलाई समान रुपमा हेरेको छु। मेरो योगदान र इमान्दारितालाई पार्टील्ो मूल्यांकन गरेर पार्टीले मलाई राष्ट्रपतिमा अगाडि बढाएको हो। सबैको सोचाइ छयो मान्छेले राष्ट्रको लागि सही दिशाबोध दिन सक्छ भन्ने विश्लेषण छ। आज हिजोमलाई जुनजुन साथी र दलले भोट दिएती सबैलाई म धन्यवाद दिन चाहन्छु।

 
Q. सहमतिको राजनीति फेरि हुन सक्ला?
A.

जनताको म्याण्डट सहमतिको राजनीतिको पक्षमा छ। सहमतिको राजनीति टुट्नु हुँदैन। राजनीतिक प्रतिस्पर्धामा कुनै बेला सहमतिको राजनीतिमा संकट आए पनि यो फेरि शुरु हुनसक्छ। म नेपालको भावी राजनीति सहमतिकै आधारमा हुने कुरामा आशावादी छु।

जनताको म्याण्डट सहमतिको राजनीतिको पक्षमा छ। सहमतिको राजनीति टुट्नु हुँदैन। राजनीतिक प्रतिस्पर्धामा कुनै बेला सहमतिको राजनीतिमा संकट आए पनि यो फेरि शुरु हुनसक्छ। म नेपालको भावी राजनीति सहमतिकै आधारमा हुने कुरामा आशावादी छु।
 
Q. लोकतान्त्रिक संविधान दुई वर्षमा बनाउन सक्नुहुन्छ?
A.

नेपाली जनताको चाहना छ, दुई वर्षको अवधिमै लोकतान्त्रिक संविधान बनोस्। सहमति र सहकार्यको राजनीति अगाडि बढोस्। यसमा मेरो समन्वयकारी भूमिका हुनेछ। मैले सहमति र एकताको वातावरणको लागि पहल गर्ने र समायोजन गर्ने मेरो दायित्व हुन्छ। मलाई विश्वास छ, सहमतिको वातावरण अगाडि बढेमा दुई वर्षभित्र अवश्य नयाँ संविधान बन्न सक्छ

नेपाली जनताको चाहना छदुई वर्षको अवधिमै लोकतान्त्रिक संविधान बनोस्। सहमति र सहकार्यको राजनीति अगाडि बढोस्। यसमा मेरो समन्वयकारी भूमिका हुनेछ। मैले सहमति र एकताको वातावरणको लागि पहल गर्ने र समायोजन गर्ने मेरो दायित्व हुन्छ। मलाई विश्वास छसहमतिको वातावरण अगाडि बढेमा दुई वर्षभित्र अवश्य नयाँ संविधान बन्न सक्छ।
 
Q. राष्ट्रपति भएपछि तपाईंको पहिलो प्राथमिकता के हुनेछ?
A.

देशमा अहिले धेरै ठूलो परिवर्तन भएको छ। लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर लैजाने पक्षमा म दृढ र क्रियाशील रहनेछु। अहिले देशमा शान्ति प्रकृया जारी छ। हतियारको राजनीति समाप्त होस्। माओवादीका हतियार र उसका लडाकूहरुको व्यवस्थापन होस्, हिंसाको राजनीति अन्त्य होस् र लोकतन्त्रको संस्थागत होस्, शान्ति प्रकृया निष्कर्षमा पुगोस्, लोकतान्त्रिक संविधान निर्माण होस् भन्ने मेरो चाहना छ। लोकतान्त्रिक संविधान निर्माणपश्चात् मुलुकमा निर्वाचन होस् र राजनीतिले स्थायित्व पाओस्। यही नै मेरो प्राथमिकता हुनेछ।

देशमा अहिले धेरै ठूलो परिवर्तन भएको छ। लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर लैजाने पक्षमा म दृढ र क्रियाशील रहनेछु। अहिले देशमा शान्ति प्रकृया जारी छ। हतियारको राजनीति समाप्त होस्। माओवादीका हतियार र उसका लडाकूहरुको व्यवस्थापन होस्हिंसाको राजनीति अन्त्य होस् र लोकतन्त्रको संस्थागत होस्शान्ति प्रकृया निष्कर्षमा पुगोस्लोकतान्त्रिक संविधान निर्माण होस् भन्ने मेरो चाहना छ। लोकतान्त्रिक संविधान निर्माणपश्चात् मुलुकमा निर्वाचन होस् र राजनीतिले स्थायित्व पाओस्। यही नै मेरो प्राथमिकता हुनेछ।
 
Q. तपाईं राजनीतिमा कहिले र किन प्रवेश गर्नुभयो?
A.

०१७ सालमा तत्कालीन राजा महेन्द्रले वीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरेर निरंकुश पञ्चायती व्यवस्था लाद्ने काम गरे। त्यसको विरुद्धमा म केहीलगायत साथीहरु प्रजातन्त्र बहाली गर्नुपर्छ र पञ्चायती व्यवस्थालाई जसरी पनि समाप्त गर्नुपर्छ भन्ने प्रणका साथ राजनीतिमा प्रवेश गरेको हुँ। त्यहीबेलादेखि निरन्तर प्रजातन्त्रको लागि संघर्ष गरिरहेको छु। प्रजातन्त्र पुनर्बहालीका हरेक आनदोलनमा सकृय रुपमा सहभागी भएको छु। विद्यार्थी आन्दोलनदेखिको मेरो यो यात्रा अविरल रुपमा अगाडि बढिरहेको छ।

०१७ सालमा तत्कालीन राजा महेन्द्रले वीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरेर निरंकुश पञ्चायती व्यवस्था लाद्ने काम गरे। त्यसको विरुद्धमा म केहीलगायत साथीहरु प्रजातन्त्र बहाली गर्नुपर्छ र पञ्चायती व्यवस्थालाई जसरी पनि समाप्त गर्नुपर्छ भन्ने प्रणका साथ राजनीतिमा प्रवेश गरेको हुँ। त्यहीबेलादेखि निरन्तर प्रजातन्त्रको लागि संघर्ष गरिरहेको छु। प्रजातन्त्र पुनर्बहालीका हरेक आनदोलनमा सकृय रुपमा सहभागी भएको छु। विद्यार्थी आन्दोलनदेखिको मेरो यो यात्रा अविरल रुपमा अगाडि बढिरहेको छ।
 
Q. तपाईंले राजनीतिमा प्रवेश गर्दा गणतन्त्रिक नेपालको पहिलो राष्ट्रपति हुन्छु भनेर कल्पना गर्नुभएको थियो?
A.

राजनीतिमा प्रवेश गर्दा कसैले पनि म राष्ट्रपति या प्रधानमन्त्री बन्छु भन्ने सोचेर प्रवेश गरेको हुँदैन। जो मानिस राजनीतिमा प्रवेश गरेको हुन्छ ऊ समाजसेवा, सामाजिक रुपान्तरण, जनअधिकार बहालीको पक्षमा इमान्दारिताका साथ लाग्ने नै उसको लक्ष्य र गन्तव्य हुन्छ। राजनीति भनेको समाज र राष्ट्रको उत्थानको लागि गरिन्छ। कर्म गर्दै जाँदा मन्त्री, प्रधानमन्त्रीया राष्ट्रपति भइन्छ, त्यो ठूलो कुरा होइन। काम गर्दै जाँदा पार्टीले राष्ट्रले मूल्यांकन गर्छ।

राजनीतिमा प्रवेश गर्दा कसैले पनि म राष्ट्रपति या प्रधानमन्त्री बन्छु भन्ने सोचेर प्रवेश गरेको हुँदैन। जो मानिस राजनीतिमा प्रवेश गरेको हुन्छ ऊ समाजसेवासामाजिक रुपान्तरणजनअधिकार बहालीको पक्षमा इमान्दारिताका साथ लाग्ने नै उसको लक्ष्य र गन्तव्य हुन्छ। राजनीति भनेको समाज र राष्ट्रको उत्थानको लागि गरिन्छ। कर्म गर्दै जाँदा मन्त्रीप्रधानमन्त्रीया राष्ट्रपति भइन्छत्यो ठूलो कुरा होइन। काम गर्दै जाँदा पार्टीले राष्ट्रले मूल्यांकन गर्छ।
 
Q. तपाईं राजनीतिमा प्रवेश गर्दाको लक्ष्य के थियो?
A.

म एउटा साधारण किसान परिवारको मानिस हो। बाल्यकालमा खेल्ने, खाने, गाईभैंसी हेर्ने, खेतीपाती गर्ने गर्थें। जब म पढाइप्रति संवेदनशील भएँ, अनि आफ्नो अध्ययनलाई अघि बढाएँ। पढाइलाई बीचमै पनि छाडेको थिएँ तर पछि फेरि अध्ययनलाई निरन्तरता दिएँ। ०१५ सालको चुनावमा मैले घरमा भनें आज म गाई, भैंसी हेर्न जान्नँ, तिमीहरु नै जानु भनेर परिवारमा भनेर म चुनाव हेर्न गएको थिएँ। मैले अध्ययन र राजनीतिलाई सँगसँगै अगाडि बढाएँ। म स्कुल पढ्दादेखि नै डाक्टर बन्छु र गरिब, दीनदुःखी र असहायको सेवा गर्छु भनेर काठमाडौं पढ्न आएँ। मलाई रसियामा भेटेनरी डाक्टर र फरेस्ट्री पढ्नका प्रस्ताव आएको थियो। मलाई यो यादव हो, यो घोडा डाक्टर बन भन्थे, भेटनरीमा जान उनीहरुको सल्लाह थियो। तर मैंले ह्युमन डाक्टरनै बन्छु भनेर पढ्नको लागि कलकत्ता गएँ। बीपीको सम्पर्कमा आएपछि उहाँको क्यानसर थेरापीमा बसेको थिएँ। त्यसपछि एमडी गरें र जनताको सेवामा लामो समयसम्म निःशुल्क काम गरें।

म एउटा साधारण किसान परिवारको मानिस हो। बाल्यकालमा खेल्नेखानेगाईभैंसी हेर्नेखेतीपाती गर्ने गर्थें। जब म पढाइप्रति संवेदनशील भएँअनि आफ्नो अध्ययनलाई अघि बढाएँ। पढाइलाई बीचमै पनि छाडेको थिएँ तर पछि फेरि अध्ययनलाई निरन्तरता दिएँ। ०१५ सालको चुनावमा मैले घरमा भनें आज म गाईभैंसी हेर्न जान्नँतिमीहरु नै जानु भनेर परिवारमा भनेर म चुनाव हेर्न गएको थिएँ। मैले अध्ययन र राजनीतिलाई सँगसँगै अगाडि बढाएँ। म स्कुल पढ्दादेखि नै डाक्टर बन्छु र गरिबदीनदुःखी र असहायको सेवा गर्छु भनेर काठमाडौं पढ्न आएँ। मलाई रसियामा भेटेनरी डाक्टर र फरेस्ट्री पढ्नका प्रस्ताव आएको थियो। मलाई यो यादव होयो घोडा डाक्टर बन भन्थेभेटनरीमा जान उनीहरुको सल्लाह थियो। तर मैंले ह्युमन डाक्टरनै बन्छु भनेर पढ्नको लागि कलकत्ता गएँ। बीपीको सम्पर्कमा आएपछि उहाँको क्यानसर थेरापीमा बसेको थिएँ। त्यसपछि एमडी गरें र जनताको सेवामा लामो समयसम्म निःशुल्क काम गरें।

July 13, 2008

साउनको पहिलो हप्तासम्म नयाँ सरकार: प्रचण्ड

 

 

 
Q. तपाईले गिरिजाबाबुलाई के भन्नुभयो?
A.


मैले गिरिजाबाबुलाई सहमति र सहकार्यबाटै नयाँ सरकार बनाउनुपर्छ भने। देशको राजनीतिलाई कता लैजाने भन्ने हाम्रो हातमा छ भनें। तपाई हामी सबैको संरक्षकजस्तो मान्छे, तपाईं सल्लाह दिनुस् कसरी अघि बढ्दा ठीक हुन्छ भनेर मैले भनें। तपाईको सल्लाहअनुसार नै म अघि बढ्छु भनेर मैले भनेको छु। सौहार्दपूर्ण वातावरणमा र असाध्यै रचनात्मक पूर्ण ढंगले हिजो गिरिजाबाबुसँग कुराकानी भएको छ। मैले गिरिजाबाबुलाई सहमति र सहकार्यबाटै नयाँ सरकार बनाउनुपर्छ भने। देशको राजनीतिलाई कता लैजाने भन्ने हाम्रो हातमा छ भनें। तपाई हामी सबैको संरक्षकजस्तो मान्छेतपाईं सल्लाह दिनुस् कसरी अघि बढ्दा ठीक हुन्छ भनेर मैले भनें। तपाईको सल्लाहअनुसार नै म अघि बढ्छु भनेर मैले भनेको छु। सौहार्दपूर्ण वातावरणमा र असाध्यै रचनात्मक पूर्ण ढंगले हिजो गिरिजाबाबुसँग कुराकानी भएको छ।

 
Q. भनेपछि सहमति हुने भयो होइन त?
A.


कुराकानी एकदमै राम्रो भएको छ। म सहमति र सहकार्यबाटै सरकार बनाउने पक्षमा छु। त्यसको लागि मैले सबै पक्षसँग कुराकानी सुरु गरेको छु। कुराकानी एकदमै राम्रो भएको छ। म सहमति र सहकार्यबाटै सरकार बनाउने पक्षमा छु। त्यसको लागि मैले सबै पक्षसँग कुराकानी सुरु गरेको छु।

 
Q. कहिलेसम्म नयाँ सरकार बन्छ त?
A.


संविधान संशोधन भइसकेपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुन्छ त्यसपछि त नयाँ सरकार बन्यो भनेर सोचे हुन्छ। संविधान संशोधन भइसकेपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुन्छ त्यसपछि त नयाँ सरकार बन्यो भनेर सोचे हुन्छ।

 
Q. साउनको पहिलो हप्तासम्म नयाँ सरकार बन्ला?
A.


सकेसम्म त असारभित्रै नयाँ सरकार बनोस् भन्ने हाम्रो चाहना हो। गिरिजाबाबुले हिजो तुरुन्तै तपाईको नेतृत्वमा सरकार बन्नुपर्‍यो भन्नुभयो, अब किन ढिलो गर्ने संविधान संशोधन भएपछि राष्ट्रपति सँगै सरकार पनि बने भइहाले हुन्छ भन्ने कुरा गर्नुहुन्थ्यो। ३१ गतेसम्म नयाँ सरकार बन्दा राम्रो हुन्छ भन्ने कुरा आएको छ। ८/१० दिनभित्रमा नयाँ सरकार बन्छ। सकेसम्म त असारभित्रै नयाँ सरकार बनोस् भन्ने हाम्रो चाहना हो। गिरिजाबाबुले हिजो तुरुन्तै तपाईको नेतृत्वमा सरकार बन्नुपर्‍यो भन्नुभयोअब किन ढिलो गर्ने संविधान संशोधन भएपछि राष्ट्रपति सँगै सरकार पनि बने भइहाले हुन्छ भन्ने कुरा गर्नुहुन्थ्यो। ३१ गतेसम्म नयाँ सरकार बन्दा राम्रो हुन्छ भन्ने कुरा आएको छ। ८१० दिनभित्रमा नयाँ सरकार बन्छ।

 
Q. अबको सरकार सहमतिको हुन्छ कि बहुमतको?
A.


हाम्रो प्रयास सहमतिको सरकार बनाउने हो हामी त्यसमा कुनै कसर बाँकी राख्दैनौं। मैले सविधानसभाको बैठकमा बोल्दा पनि सहमति र सहकार्यबाटै जानुपर्छ भनेर आफ्नो दृष्टिकोण राखेको हुँ। सहमति र सहकार्यबाट जति सहज ढंग संविधान बनाउन सकिन्छ, बहुमतीय आधारमा जाँदा त्यति सहज नहुन सक्छ। हाम्रो परम्परा र पृष्ठभूमि छ, विगतका कठिन अनुभवहरु प्नि छन्। यी सबै सन्दर्भलाई हेर्दा सहमतिको सिस्टमबाट जाँदाखेरि नै बढी राम्रो हुन्छ भन्ने कुरा हो। हाम्रो प्रयास सहमतिको सरकार बनाउने हो हामी त्यसमा कुनै कसर बाँकी राख्दैनौं। मैले सविधानसभाको बैठकमा बोल्दा पनि सहमति र सहकार्यबाटै जानुपर्छ भनेर आफ्नो दृष्टिकोण राखेको हुँ। सहमति र सहकार्यबाट जति सहज ढंग संविधान बनाउन सकिन्छबहुमतीय आधारमा जाँदा त्यति सहज नहुन सक्छ। हाम्रो परम्परा र पृष्ठभूमि छविगतका कठिन अनुभवहरु प्नि छन्। यी सबै सन्दर्भलाई हेर्दा सहमतिको सिस्टमबाट जाँदाखेरि नै बढी राम्रो हुन्छ भन्ने कुरा हो।

 
Q. सहमतिमा जान कसले रोक्यो त?
A.


दुर्भाग्य के भइदियो भने पुराना ठूला दलहरुले माओवादी ठूलो दल हुन्छ भनेर साचेका थिएनन्। कांग्रेस र एमाले मिल्दा पनि माओवादीको हाइटमा उनीहरु पुग्न सकेनन्। नेताहरुले कल्पना गरेभन्दा भिन्नै नतिजा आयो। जनताले माओवादीलाई सबैभन्दा ठूलो दल बनाए। त्यो पचाउन ठूला नेताहरुलाई अलि गाह्रो भएर सुरुमा बहुमतीय प्रणालीमा जानुपर्छ भनेर माओवादीलाई घेर्नको लागि भन्नुभयो। अन्ततः भयो के भने अत्यन्त अप्ठेरो स्थिति त्यसैले सिर्जना गर्‍यो। दुर्भाग्य के भइदियो भने पुराना ठूला दलहरुले माओवादी ठूलो दल हुन्छ भनेर साचेका थिएनन्। कांग्रेस र एमाले मिल्दा पनि माओवादीको हाइटमा उनीहरु पुग्न सकेनन्। नेताहरुले कल्पना गरेभन्दा भिन्नै नतिजा आयो। जनताले माओवादीलाई सबैभन्दा ठूलो दल बनाए। त्यो पचाउन ठूला नेताहरुलाई अलि गाह्रो भएर सुरुमा बहुमतीय प्रणालीमा जानुपर्छ भनेर माओवादीलाई घेर्नको लागि भन्नुभयो। अन्ततः भयो के भने अत्यन्त अप्ठेरो स्थिति त्यसैले सिर्जना गर्‍यो।

 
Q. शक्ति बाँडफाँडमा कुरा मिल्छ?
A.

अर्के विचित्र कुरा के भयो भने शक्तिको बाँडफाँड भनेको मन्त्री पदका लागि हुने कुरा हो। पोर्टफोलियो भनेको मन्त्रिपरिषद्मा को कसरी रहने भन्ने हुने हो। तर हाम्रो देशमा के विचित्र भइदियो भने राष्ट्रपति र सभाध्यक्षलाई पनि शक्तिको बाँडफाँड भनियो। जसको नेतृत्वमा सरकार बन्छ, राष्ट्रपति उसैले भनेअनुसार हुन्छ। भारतको पूरा इतिहास हेर्नुभयो, जसको सरकार हुन्छ उसले प्रस्ताव गरेको मान्छे राष्ट्रपति हुन्छ। यहाँ त सेरेमोनियल राष्ट्रपतिका लागि पनि शक्ति बाँडफाँड भित्र राख्ने भन्ने सोच आएको छ। यो बढो बेठीक सोच आएको छ। राष्ट्रपति सहमतिले गराउने, जसको नेतृत्वमा सरकार बन्ने होउसैको प्रस्तावमा गराउने प्रचलन विश्वभर नै रहेको छ। अर्के विचित्र कुरा के भयो भने शक्तिको बाँडफाँड भनेको मन्त्री पदका लागि हुने कुरा हो। पोर्टफोलियो भनेको मन्त्रिपरिषद्मा को कसरी रहने भन्ने हुने हो। तर हाम्रो देशमा के विचित्र भइदियो भने राष्ट्रपति र सभाध्यक्षलाई पनि शक्तिको बाँडफाँड भनियो। जसको नेतृत्वमा सरकार बन्छराष्ट्रपति उसैले भनेअनुसार हुन्छ। भारतको पूरा इतिहास हेर्नुभयोजसको सरकार हुन्छ उसले प्रस्ताव गरेको मान्छे राष्ट्रपति हुन्छ। यहाँ त सेरेमोनियल राष्ट्रपतिका लागि पनि शक्ति बाँडफाँड भित्र राख्ने भन्ने सोच आएको छ। यो बढो बेठीक सोच आएको छ। राष्ट्रपति सहमतिले गराउनेजसको नेतृत्वमा सरकार बन्ने होउसैको प्रस्तावमा गराउने प्रचलन विश्वभर नै रहेको छ।

 
Q. अब राष्ट्रपति को बन्छ त?
A.


राष्ट्रपति पनि सहमतिमा बनाउनुपर्छ भन्ने पक्षमा हामी छौ। अहिले म नाम किटान गरेर यही हो राष्ट्रपति भन्न चाहन्नँ। हामीले पहिला नै केही नामहरु अघि सारिसकेका छां राष्ट्रपति पनि सहमतिमा बनाउनुपर्छ भन्ने पक्षमा हामी छौ। अहिले म नाम किटान गरेर यही हो राष्ट्रपति भन्न चाहन्नँ। हामीले पहिला नै केही नामहरु अघि सारिसकेका छां

 
Q. तपाईहरुले राष्ट्रपति बनाउन चाहेको ब्यक्ति को हो?
A.


यसलाई राष्ट्रपति बनाउनुपर्छ भनेर हामीले आधिकारिक निर्णय गरेका छैनौं। हामी शक्तिको बाँडफाँड पनि सहमतिबाटै होस् भन्ने पक्षमा छौं। यसबारेमा सबै पक्षसँग कुराकानी सुरु भएको छ।

 
Q. राष्ट्रपति नपाए कांग्रेस प्रतिपक्षमा बस्ने भनिरहेको छ नि?
A.

कांग्रेस सरकारमा सहभागी हुनैपर्छ। यस विषयमा मैले प्रधानमन्त्रीसंग पनि कुराकानी गरिसकेको छु। १२ बुँदेदेखि सुरु भएको समझदारी र सहकार्यलाई निरन्तरता दिन पनि कांग्रेस सरकारमा सहभागिता अपरिहार्य छ।कांग्रेस सरकारमा सहभागी हुनैपर्छ। यस विषयमा मैले प्रधानमन्त्रीसंग पनि कुराकानी गरिसकेको छु। १२ बुँदेदेखि सुरु भएको समझदारी र सहकार्यलाई निरन्तरता दिन पनि कांग्रेस सरकारमा सहभागिता अपरिहार्य छ।

कांग्रेस सरकारमा सहभागी हुनैपर्छ। यस विषयमा मैले प्रधानमन्त्रीसंग पनि कुराकानी गरिसकेको छु। १२ बुँदेदेखि सुरु भएको समझदारी र सहकार्यलाई निरन्तरता दिन पनि कांग्रेस सरकारमा सहभागिता अपरिहार्य छ।कांग्रेस सरकारमा सहभागी हुनैपर्छ। यस विषयमा मैले प्रधानमन्त्रीसंग पनि कुराकानी गरिसकेको छु। १२ बुँदेदेखि सुरु भएको समझदारी र सहकार्यलाई निरन्तरता दिन पनि कांग्रेस सरकारमा सहभागिता अपरिहार्य छ।

By: Rishi Dhamala

April 25, 2008

चीनमा सबभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या गत फेब्रअरीमा २२ करोड १० लाख नाघेपछि उक्त मुलुक विश्वमै सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता बस्ने मुलुक बनेको सरकारी सञ्चारमाध्यमहरुले बिहीबार जनाएका छन् । यसअघि संयुक्तराज्य अमेरिका विश्वमा सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएको मुलुक मानिन्थ्यो । सरकारी समाचार एजेन्सी सिन्ह्वाले सूचना उद्योग मन्त्रालयलाई उद्धृत गर्दै उक्त तथ्यांक प्रस्तुत गरे पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । सन् २००७ को अन्त्यमा सार्वजनिक यस्तै तथ्यांकअनुसार चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या २१ करोड थियो । उक्त संख्या त्यति बेला अमेरिकाको तुलनामा ५० लाखले कम थियो । बेइजिङस्थित अनुसन्धान संस्था बीडीए चाइनले पनि गत महिना अमेरिकाको तुलनामा चीनमा इन्टरनेटका प्रयोगकर्ता बढेको जनाएको थियो । उक्त संस्थाका अनुसार सन् २००८ को अन्त्यसम्ममा चीनमा ‘वेब सर्फर’को संख्या २८ करोड पुग्नेछ । ‘इन्टरनेट प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भए पनि जनसंख्याको तुलनामा त्यो संख्या अति नै न्यून छ,’ मन्त्रालयलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । सन् २००७ को अन्त्यमा इन्टरनेट प्रयोगकर्ताको संख्या जनसंख्याको १६ प्रतिशत रहेको थियो । त्यति बेला विश्व जनसंख्याको तुलनामा इन्टरनेट प्रयोगकर्ताको अनुपात १९.१ प्रतिशत थियो । यसैगरी गत नोभेम्बरसम्ममा चीनमा मोबाइल फोनका प्रयोगकर्ताको संख्या ५४ करोड थियो । उक्त संख्या विश्वकै सबैभदा बढी हो । अनलाइन जनसंख्याको वृद्धिबाट चीन सरकार त्रसित भएको आरोप लगाइन्छ । बन्द समाज रहेको राष्ट्र चीनले स्वतन्त्र सुचनाको अधिकारलाई कुण्ठित पार्दै आएको मानवअधिकारवादीहरुको आरोप छ । राष्ट्रपति हु जिन्ताओले गत वर्ष इन्टरनेट शुद्धीकरण अभियानका लागि निर्देशन दिएपछि सूचनाको अधिकार थप कुण्ठित हुने आशंका बढेको हो । तर इन्टरनेटका माध्यमबाट सर्वसाधारणले विभिन्न जानकारी पनि हासिल गर्दै आएका छन् । उदाहारणस्वरुप गत शनिबार फ्रान्सले तिब्बतमामिला र ओलम्पिक खेललाई एकै स्थानमा मुछ्न खोजेको आरोप लगाउँदै हजारौं चिनियाँ नागरिकले सडकमा फ्रान्सविरोधी प्रदर्शन गरेका थिए । उनीहरुले प्रदर्शनको समय र स्थान पनि ब्लग र इन्टरनेटन पोर्टलको माध्यमबाट एकअर्कालाई जानकारी गराएका थिए । इन्टरनेटको सुविधा नभएको भए प्रदर्शनले यति ठूलो रुप लिन नसक्ने सूचनाप्रविधि विज्ञहरुले दाबी गरेका छन् ।

November 12, 2007

काठमाण्डौमा चिसो वढ्दैछ

नेपालीमा उखान छ चैत लागेपछि आइमाइपनि पोइला हिडछन अरे । शीशीरको उराठीमा आइमाइहरु पोइला हिड्नु स्वभाविकै पनि हो । चराको रुग्रुग्ती आवाज उराठीलो मौषमा खडेरी र जता हेरेपनि सुख्खा र पात खसेका रुखहरु शीशीरका शंकेत हुन । ऋतुहरुमा शीशीर अली उराठीलो मानिन्छ । काठमाण्डु शरदको अन्त्यमा आइपुग्दा अली चिसो वन्दै गएको छ । ज्याकेट लगाउनेहरु र शरीरमा स्विटर उन्नेहरु प्रसस्तै वढेका छन । म जस्तो विहानको मेलो भएको मानिसलाइ त चिसोले अझ वढि हमला गरेको छ ।

दिउसो पहार तापेर रमाउनेहरुमा यतिवेला केटाकेटी र वुढावुढी छन । अव त्यो हुलमा अधवैशेहरुपनि थपिने छन । काठमाण्डु अली वढि हाइटमा रहेकोलेपनि होला चिसोमा नामै कहलाएको छ । अव तिहार सकिएपछि स्कुल कलेजहरु शुरु हुदैछन । दशै तिहार विदामा वाहिरिएकाहरु पनि अव भित्रिदै छन । काठमाण्डौ थप व्यस्त वन्ने छ । अव वेलुका हल्का सिरेटोमा निस्कनु र कफीसंगै धुंवा उडाउनुमा वेग्लै मजा आउने छ । यद्यपि मन मिल्ने साथीहरुको खडेरी पर्दै गएकाले होला खासै पहिला जस्तो रमाइलो लाग्दैन कोही नेपालको भविष्य छैन भन्दै भाग्य अजमाउन अष्ट्रलीया त कोही अमेरिका नंया दुनिया हो भन्दै उतै लागेको छन ।

यही वसौ यही केही गरौ । यही जन्मियो यही दुख गरौ मिल्यो भने खुशी पनि यतै वाडौला भन्ने राष्ट्रवादी नारा लिएका हामी सिमित संख्यामा मात्रै यता छौ । वुद्धिमान नेता नभएको समाजले दुख पाउछ भन्ने भनाइ यंहा सार्थक भएको छ । जसरीपनि सक्ता कव्जा गर्नु पर्छ भन्ने माओवादी र पुरानै ढर्रामा रहेका दलका नेताहरुको अकर्मन्यताको सिकार मुलुक भएको छ । सुनौलो भविष्य नेपालमै अजमाउन वसेका हामी युवाहरु विशेष गरी त्यसको शिकार भएका छौ । खैर निरास भएर हुनेवाला केही छैन । यतिवेला गांउमा धान भित्र्याएको, पराल थन्क्याएको र परालका टौवामा लुकामारी खेली रहेको वा वांझा गरामा डन्डालौरा खेलेको वा गोरु चराइरहेको विगत मिस गरीरहेको मैले थप त्यसमा धेरै असल साथीहरुपनि मिस गरीरहेको छु । यो मेरो नोष्टाल्जिया तिनै प्रिय र परम मित्रहरुमा ।

November 1, 2007

कुरा काठमाण्डौ कै


तिहार आउनै लाग्दा चिसो विस्तारै वढेको छ । काठमाण्डौका केटाकेटीहरुले सांझ पर्न शुरु गरेपछि फ्याट्ट फुट्ट पटका पड्काउन शुरु गरेका छन । तिहारको भैली र देउसुरेका गीतहरु फा्ट्ट फुट्ट वज्न लागेका छन । काठमाण्डौ अझै शान्त छ । दशै मनाउन गांउ गएका हरु अझै भित्रीइसकेका छैनन । विद्यार्थीहरुको पठन पाठन तिहारपछि शुरु हुन्छ । कतिपय आफ्ना दिदी वहिनीको हातवाट टिका थाप्न तिहारमा घर जाने जोहोमा छन । परम्परादेखि तिहारलाइ रसरंगको चाड मानिएको छ । कोजाग्रत पुर्णीमा देखि जुवा फुकेको वहानामा कतिपयहरु तासका खालमा जमेका छन । जाडो शुरु हुन लागेकाले होला, पारखीहरु हल्का मदिरामा झुमेका देखिन्छन । काठमाण्डौ वहुरुपी छ । कहिले आन्दोलनको मुडमा त कहिले रमझममा रहनु काठमाण्डौको खानदानी परम्परा हो । कहिले शान्त तलाउ वा कहिले पुषमै गर्मा गर्म काठमाण्डौको राजनीतिको नियति पनि हो । माओवदीले गणतन्त्रको घोषणा गर्नु पर्ने प्रस्ताव दर्ता गराएदेखि शुरु भएको संसदको विशेष अधिवेशन जारी छ । अधिवेशनले केही पारित गर्ला या नगर्ला तर र, राजनीतिक वहसलाइ भने यो प्रस्तावले विषय दिएको छ ।

शरद निख्रनै लागेको यो मौषम, तस्विरमा देखिएको रोमान्चकता भन्दा कम छैन । वांकी अर्को भागमा

October 10, 2007

दशैको पुर्वसन्ध्यामा काठमाण्डौ

२२ असोज, काठमाण्डौ । दशै शुरु हुनै लाग्दा दशैका मात्र सामाग्री दिंउला भन्ने मेरो अपेक्षामा मेरो स्वास्थ्यभ भन्दा वढि वाधक नेपालको राजनीति भएको छ । कुनै किनमेल या वस चढ्दै गरेको फोटो पठाउन भनेर विकासलाइ एसएमएस गरे वज्जियाले त नगरकोटमा छु । प्लिज डिस्टर्व नगर भनेर पो रिप्लाइ गर्यो । झोकिंदै एक्लै हो की कोही भनेको त, विकास मख्ख पर्दै फोनमा टुपल्कियो ए सरलाइ भन्नै विर्सेछु मेरो लास्ट प्रपोज सफल भयो नी । एउटा व्रोड सिट अखवारमा समेत रहेको उदीयमान फोटोग्राफर पटक पटकका प्रपोज सफल वनाउदै अनि नगरकोट हुत्तिदै । दिक्क मानेर टोलाइ रहदा यसो केही दिन अघि मै आफैले लिएका केही सन्ध्याका तस्विरहरु थिए । यसो हेरे । शरदको काठमाण्डौ चिनाउन यिनै फोटो त काफी छन जस्तो लागेर यंहा राखी हांले ।

यतिवेला मनसुन सकिएको आकाशमा सेता वादल अनेक रुपमा देखा परेका छन । एक्कै छिन अलि अग्लो ठांउमा अडिएर हेर्नु पर्छ । कम्ती रमणीय छैनन ती । अमस्टाडर्म या सिड्नीमा पाइने वादलले यी वादलसंग कम्पिटिसन गर्न सक्दैनन भनेर मलाइ अष्ट्रेलियामा रहेको मेरो मित्र अस्विनले वाज्दा डट कम वाट एसएमएस गर्दै थिए । यसपटक दशै अली पछि परेकोले होला गोदावरी फुल्न लागिसकेको छ । धान दशै लगत्तै काट्नु पर्ने गरी पाकेको छ । मनोहरा फाटाको धांन हेरेर नअघाउनेहरु यसो तराइतिर झरे थाहा लाग्छ । यसपटक मनसुनी वर्ष समयमै र प्रशस्त भएकालेपनि धान खेति राम्रो भएको छ ।

किनमेल गर्न वजार जानेहरुको हुलले काठमाण्डौ मल या वर्ल्ड ट्रेड सेन्टरमा खुट्टो हाल्ने ठांउ छैन । अव विसाल वजार त पुरानो भयो । काठमाण्डौमा इलेक्ट्रीक भर्याङको रहरले विसाल वजार पुग्नेहरु अव काठमाण्डौ मल या वर्ल्ड ट्रेड सेन्टरमा लिफ्ट नै चढ्न पाएपछि वरु किनमेल भृकुटी मण्डपमै गरुला यसो लिफ्ट चढ्न त त्यतै जांउ भनेर त्यतै लागेका पाइन्छन ।

साझा वस या अरु कुनै रात्रीवसमा टाउको झ्यालवाट वाहिरियाउदै छाद्नेहरु माइक्रोवसमा सरर हावा खादै नारायणघाट वा पोखरा हुइकिएका छन । घरैवाट पानीका सिसी वोक्नेहरु मिनरल वाटरका वोतलवाट स्वाट्ट विर्को उघारेर मुख खोकलेका छन ।

हैन प्रगति त भएको रैछ नी देशमा । अरु त अरु केही नभएपनि मुलुकमा केही गर्न नसक्ने र अदक्ष कामदारहरुपनि मलेशीया वा खांडीमा गएर रेमिटेन्स पठाएकै छन । रेमिटेन्सले नै मास्टरको छोरो संगै कुनै अरवको लाहुरेकी छोरी पनि वोर्डिङ पुगेकै छे । गांउले साहुकी श्रीमतीको हातमा भएजस्तै मोडलको सी फोनवाटै मलेसीयाली लाहुरेकी श्रीमतीले वात मारेकै छे । यी नदेखिएका उपलव्धी हुन यो मुलुकका सफलताका । हरेक समय प्रतिकुलता मात्रै झेलेका नेपालीले यो दशैमा राजनीतिक निकास त पाएनन तर आफ्नै पौरखले जीवनस्तरमात्र होइन मुलुकको आर्थिक वृद्धीमापनि योगदान भने पुर्याएकै छन । आइएमइ होस या हिमाल रेमिट अहिले रेमिट्यान्स वुझनेहरुको घुंइचो घटेको छैन ।

विहानै साइकल कुदाउने यी यात्री हुन या डुव्नै लागेको आकाशका सुर्य सवै मनमोहक छन यो घमाइलो सिजनमा । फिनल्यानडमा चिसो शुरु भैसक्यो भनेर मेल लेखेका मेरा परम मित्र कुलमणीलाइ यतैको घामको रापमा सेकिनुहोला भन्छु । दशैमा आउन पाइन दाइ भन्ने भाइ विजयलाइ यसैगरी साइकल कुदाएर रमाइलो गर्नु भन्छु । सुभेच्छा शेयर गर्ने युकेमा रहेका भान्जा शुरेशलाइ यसपटक फ्लासमा जम्न पाइएन व्लग पढ्दै गर है भन्छु । भाइ विष्णुलाइ वनेपाको वसमा पार्ट चार आउदैछ भन्दै आजलाइ यो मादक काठमाण्डौको मनमोहकतामा कफीकालागि ठमेल तिर लाग्दै छु । मित्र कुमारले यसबीचमा तीन कल जति गरेर लेखाइमा मनग्ये असर दिइसकेका छन । अनि तपाइलाइ जंहा जसरी रहेपनि दशैको शुभकामना है ।

September 28, 2007

काठमाण्डौको खवर

११ असोज, काठमाण्डौ । राजनीतिक सर्गर्मी वढ्दै जादा काठमाण्डौको मौषमा एक्कासी चिसो भएको छ । मौषमले मानिसलाइ अत्यधिक प्रभाव पार्दो रहेछ । खासै चंगा छैन मन । लेख्ने विषयवस्तुहरु खासै आएका छैनन । वनेपाको वस ३ लेखुला भन्दै छु । नेटले घरी घरी दिक्क वनाउछ । एउटा फोटो अपलोड गर्न आधा घन्टाको समय लाग्छ । अव विचार गर्नुस्त एक घन्टामा एउटामात्र फोटो अपलोड भए वांकी फोटो अपलोड गर्दा त दिन जान्छ । मुलुक कठिन संकट वाट गुज्रीएपनि मेरो सामान्य जीवनमा कुनै परिवर्तन छैन । आजवाट राजधानीवाट प्रकाशित हुने आफुलाइ ठुल्दाजु भनाउदो कान्तिपुर पत्रिका छापिएको छैन । विहानै आउने पत्रिका ढिला भएको छ । हुनत म अचेल विहानै निस्कने भएकाले अफिस तिरै हेर्छु पत्रिका पनि । रामदेवले योग शिविर समापन गर्दा प्रशान्त तामाङ नेपाल आउदै छन । राम्रै व्यापारको प्रोजेक्ट छ रे । प्रायोजन र प्रमोशन सुर्य नेपालको न पर्यो । वर्माका भिक्षुहरु सडक प्रदर्श्नमा ओर्लिदा हाम्रो मुलुकमा पनि डीभी पीडितहरुले टायर वालेका छन । यो सतिले सरपेको मुलुकमा विचित्र देख्न पाइन्छ ।

दशै आउनै लाग्यो । मेरा मित्रहरुले देश विदेशवाट सम्पर्क गरेर दशै विस गरेका छन । म उनीहरुलाइ थ्याङक्स भनिरहेको छु । सोर्ह श्राद्ध हिजोवाट सुरु भयो । म पनि सानैमा पिताजी गुमाएको मानिस हुं । हिजो श्रद्धा पूर्वक श्राद्ध गरे । आन्नद आउछ मलाइ संस्कृतीसंग नजिक हुंदा ।  काठमाण्डौमा कफीको सिजन सुरु हुदाका संझनाहरु यति नै ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com