July 7, 2009

जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र

सरकारले नागार्जुन वनलाई राष्ट्रिय निकुञ्ज घोषणा गरेपछि विगत नौ महिनादेखि निर्मलनिवासमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रले आज मंगलबार कर्मचारी, सुरक्षानिकायका पूर्वकर्मचारी र जनतामाझ आफ्नो ६३औं जन्मदिन मनाउँदै छन्। गत वर्षआफ्नो अनुहार नै नदेखाई शुभकामना बटुलेका ज्ञानेन्द्रले आज निर्मलनिवासमा सबैसँग भेट गर्दै छन्। उनले निर्मलनिवासको मूलगेटसँगै रहेको मञ्चमा बसेर सबैको शुभकामना लिँदै छन्।

गत वर्षस्तो भोजभतेर नगरी मनाउन लागिएको शुभजन्मोत्सवको र्याली शंखपार्कबाट शुरू हुने भएको छ। बिहान ९ः४५ बजे शुरू हुने र्यालीमा विभिन्न धार्मिक संघ-संगठनका पदाधिकारी, आफन्तलगायत र्सवसाधारणको उपस्थिति रहने भएको छ। बढीभन्दा बढी जनताको सहभागिता गराउन पूर्वराजपरिवारले आग्रह गरेपछि नुवाकोट, ललितपुरको कालेश्वर र धादिङमा जनता लिन जाने टोली परिचालन गरिएको छ। ‘छुट्टाछुट्टै तीन टोली शनिबार नै विभिन्न ठाउँमा परिचालन गरिसकिएको छ’, स्रोतले  भन्यो- ‘पूर्वराजाको आग्रहबमोजिम नै मास बटुल्न टोली परिचालन गरिएको हो।’

पूर्वराजाको तिथिअनुसारको जन्मोत्सव यही २७ गते पर्छ। सोही दिन पारिवारिक भेटघाट, मठमन्दिर दर्शन र होम हाल्ने कार्यक्रम रहेको स्रोतले बताएको छ। पूर्वराजा ज्ञानेन्द्रको ६३औं जन्मोत्सव मनाउन पूर्वराजदूत शैलेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा १ हजार ३ सय ६५ सदस्यीय नागरिक मूल समारोह समिति गठन गरिएको थियो।

June 3, 2009

त्यस्ता राजा जो मारिए !


तत्कालिन राजा विरेन्द्रको निर्ममतापूर्वक हत्या गरिएको आज आठ वर्ष पूरा भएको । यी राजा त्यस्ता दयावान राजा थिए जस्ले जनताको इच्छाका अगाडी आफ्नो श्रीपेच दाउमा लगाउन तयार थिए । उनको शालिन व्यतित्व, भलादमीपना, र कुटनैतिक शुझवुझ तथा सरल परिवार नेपालीको मनमष्तीष्कमा भिजेका थिए

। यी राजा आधुनिक शिक्षालेयुक्त र सरलताका प्रतिमूर्ति थिए ।  मलाइ संझना छ  यी राजाको हत्या हुदा म हिमालय टाइम्सको डेस्कमा काम गर्दथे । वेलुकाको सिफ्टमा अग्रज दाइ गोविन्द लुइटेल, ज्ञानराम श्रेष्ठ, वासुदेव खनाल सम्पादक कुमार सापकोटा र म थियौ अफिसमा । वेलुका पौने दशवजेको हुदो हो  कान्तिपुर वाट फोन आयो । तत्कालिन सम्पादक युवराजज्ञवालीको टिमवाट त्यो फोन आएको थियो । अविस्वसनीय राजदरवार हत्यकान्डको खवरपछि आएको एक्र फोनले हामी सवैको श्वास रोकिएको थियो । त्यतिवेला जम्मा दुइवटा मारुति रहेको हाम्रो अफिसमा एउटा मारुति प्रकाशक उज्जवल सरकोमा थियो भने एउटा मात्र भएको मारुति भ्यान चढेर  हामी सत्यता पहिल्याउन दरवारतिर जाने निधो गरेर मैतिदेवी तिर लाग्यौ । सिधावाटो जानु उपयुक्त नहुने देखेर हामी त्यता लागेका थियौ ।

 घटनाको पुष्टी नभएपनि अशुभ हललाले प्रहरीले हामीलाइ अगाडी वढ्न दिएन । राति नै हामी अफिस फर्कियौ । खवर छाप्ने आंट आएन । पुष्टी गर्ने श्रोत पनि पाइएन । यसै अलमलमा म आफ्नो जिम्मामा रहेका पेज सकेर कोठामा फर्किए । न्रि्रा के लाग्थ्यो रात त्यत्तिकै वित्यो । विहान सवेरै टोलमा कल्यागं वल्यागं सुनियो । मान्छेहरु सडक सडकमा निस्कएका थिए । के गर्ने कसो गरेने , भएको के हो यस वारेमा पनि असमन्जस थियो । विहानै हामी दरवार मार्ग तिर सोझियौ मान्छेको भिड, अनेकथरी आशंका थिए । नेपालको आकाशमा कालो वादल मडारीदै थियो ।

दरवार मार्गमा मलिन अनुहारको मेला लागेको थियो । खवरविहिन अपसकुनले मानिसको भोक र बथकान नामेट भएको थियो । त्यत्तिकैमा अपरान्ह ३ वजेवाट कर्फ्यु घोषणा भयो अनि वल्ल हामी घर फर्कियौ । त्यसपछिका घटना त नेपालीहरुबीच घाम जस्तै छर्लगं छन । के गर्ने ती भद्र राजको देहावसान भएको यो आठौ स्मृति दिवसमा मेरो संकलनमा रहेका इतिहासका तिनै प्रिय राजा  उनको शालिनता र परिवारका तस्वीरहरु हेर्दै गर्दा  मेरो आंखामा वादल लाएजस्तो भएको छ । दृष्य धमिलो देखिएको छ । उदार र प्रजातन्त्र प्रेमी राजा वीरेन्द्रको बंश विनाश भएको आजको दिनलाई नेपाली इतिहासमा कालो दिनका रुपमा लिइने गरिन्छ।  अहिलेसम्म पनि दरवार हत्याकाकाण्ड  रहस्यको गर्भमै छ। 
उदारवादी राजा वीरेन्द्रको बंश विनाश भएको घटना समयसँगै विस्तारै ओझेलमा पर्दै गएको छ। ललितपुरको जावलाखेलमा रहेको वीरेन्द्रको शालिकमा माल्यार्पण गरी आज सिमित व्यक्तिहरुले मात्र राजा वीरेन्द्रलाई सम्झेका छन्। मुलुक राजतन्त्रबाट लोकतन्त्र हुँदै संघीय गणतन्त्रतर्फ उन्मुख भएकोले पनि बदलिँदो परिस्थितीमा राजा वीरेन्द्रको सम्झनामा कमी आएको विश्लेषण गरिएको छ। तर, पनि लोकतन्त्र र प्रजातन्त्रप्रति राजा वीरेन्द्रले देखाएको उदारता नेपाली इतिहासमा भुल्न भने नसकिने विश्लेषकहरुको भनाई छ।
हिमालय टाइम्स छदाका र अघि पछि विभिन्न माध्यमवाट शंकलन गरिएका विरेन्द्रका तस्विरहरु हेर्दै गर्दा फुत्कीएका यी समवेदनाका शव्दहरु तिनै राजालाइ जो अकालमै मारिएका थिए ।

October 27, 2008

निर्धारित समयमा संविधान बन्दैन: कमल थापा

संविधानसभाको निर्वाचन भएको ६ महिना बितिसक्दा पनि संविधान निर्माण प्रक्रिया प्रारम्भ नभएको स्थितिलाई कसरी लिनुभएको छ ?
देशको राजनीतिक स्थिति जसरी विकसित हुँदै गएको छ त्यो हिसाबले भन्नुपर्दा तोकिएको समयमा संविधान निर्माणको संभावना छैन र अब ठोकेरै भन्न सकिन्छ, निर्धारित समयमा संविधान बन्दैन निर्धारित समयमा संविधान नबने पछिको स्थिति स्वाभाविक रुपमा राम्रो हुने छैन ।
किन त्यस्तो सम्भावना छैन ?
राजनीतिक स्थिति एकपछि अर्का गरी जटिल बन्दै गएको छ । प्रजातन्त्र उग्रवामपन्थकरण भएको छ र त्यो प्रक्रिया तीव्र रुपमा बढेको छ । प्रजातान्त्रिक शक्तिमाथि प्रहार भएको अहिले आएर प्रजातन्त्रमा विश्वास गर्ने दलहरुले बुझ्न थालेका छन् । जुन कुरा राप्रपा नेपालले पहिलेदेखि भन्दै आएको हो । स्थिति जसरी जटिल बन्दै गएको छ, त्यसले गर्दार् संविधान निर्धारित समयमा नबन्ने निश्चित नै भएको छ ।
सहज राजनीतिक स्थितिका लागि के गर्नुपर्छ त ?
प्रस्ट रुपमा हाम्रो पार्टी भन्दै आएको हो कि यो मुलुकमा राजासहितको प्रजातन्त्र जरुरी छ । अन्ततः राजासहितको प्रजातन्त्रका लागि अन्य पार्टीत्र होइन माओवादी तयार हुने मेरो विश्व्स छ । आज राष्ट्र अल्पकालीन दुघटनातर्फजाँदै छ । भन्न पनि मन लाग्दैन तर स्थिति यस्तँ बन्दै गएको छ कि बढ्दै गएको उग्रवामपन्थकरण रोक्ने हो भने पुनः द्वन्द्व प्राम्भ हुन्छ या देश नै विखण्डन हुन सक्छ ।
यस्तो स्थितिमा राप्रपा नेपालले के गर्छ ?
राप्रपा नेपाल देशलाई अनिष्टबाट जोगाउन प्रभावकारी कदम चाल्ने पक्षमा छ । आगामी मंसिर १ गतेदेखि नै देशव्यापी क्षेत्रीय भेला र सभाहरु गर्ने, आगामी पुस २७ गते पृथ्वी जयन्तीका दिनदेखि गोरखाबाट देशव्यापी रुपमा राष्ट्रिय एकता अभियान सञ्चालन गर्ने गरी पार्टी तयारी गरिरहेको छ ।

October 21, 2008

ममा प्रबल शारीरिक इच्छा छ: चार्ल्स शोभराज

कारागारभित्र भएपनि जीवन त नीकै रमाईलो बितिरहेछ, हैन त ?

 निःसन्देह । मलाई हरेक परिवेशमा जीवन जीउन आउछ ।

बिहे पनि गर्नुभयो भन्ने हल्ला छ नि ?

 हल्ला होइन, यथार्थ हो । महान पर्व विजया दशमीको विशेष अवसर पारेर नेपाली परम्पराअनुसार गर्लप|mेन्ड निहितास“ग उसको आमा र भाइको उपस्थितीमा विहे गरें । उ भर्खरै मलाई भेटेर गएकी छिन् । तपार्इंले उसले लाएको मंगलसूत्र र पोते हर्र्नुभएन त ?

कारागार प्रशासनस“ग अनुमति नलिई बिहे गर्नुभयो त ?

 यो मेरो निजि मामिला हो । कागागारभित्र अरुले पनि विहे गरेको देखेको छु । अरुले गर्न मिल्ने, अनि मैंले गर्न नमिल्ने?

तपाईं र निहिताबीच उमेरको फरक अलि बढी भएन र ?- उ त त“पाईको नातिनी जस्ती छे नि ?

वाहियात बहस । सा“चो प्रेममा उमेर, जाती र रंगले पनि प्रभाव पार्छ र – तपार्इंको मुलुकमा मात्र यस्तो कुरा उठ्छ । अन्यत्रतिर यस्तो कुरामा विवाद हुन्न । हाम्रो देशमा यस्तो कुरालाई महत्व नै दिइन्न । हाम्रो बिहेलाई जिल्ला अदालतमा दर्ता गराउने प्रयासमा निहिता लागेकी छिन् । समयलाई पर्खौं ।

तपाईंलाई त थुप्रै किशोरी, युवती र महिला भेट्न आउ“थे रे । तर, त“पाईले निहितालाई नै रोज्नु पर्ने कारण के त ?

 उनी उदार, मायालु र बौद्धिक छिन् । यति सानो उमेरमा जीवन दर्शन र समाजलाई राम्ररी बुझेकी छे । उसले प्रेम र सम्बन्धको गहिर्राईलाई बुझेकी छे ।

तपाईंको निहितासग शारीरिक र मानसिक तालमेल मिल्ला त ?

 किन नमिल्नु, म त शारीरिक, मानसिक र बौद्धिक रुपले स्वस्थ छु, ममा प्रबल इच्छा शक्ति छ । ममा अहिले पनि बुढ्यौलीको कुनै लक्ष्ण छैन । नित्य दिन योगा र व्यायाम गर्छर् मैंले त भारतको तिहाड जेलमा हु“दा विपश्यना ध्यान बारे पुस्तक पनि लेखिसकेको छु ।

ल कारागारभित्र समय कसरी बित्छ त ?

 बिहान उठेर ध्यान र व्यायाम गरेपछि बीबीसी र सिएनएनको समाचार हर्ेर्छर्ु बाहिरबाट अ“ग्रेजी पत्रपत्रिका मगाएर पढ्छु । लेख्ने र पढ्ने बानी छ । मैंले एउटा पुस्तक लेखेर सकं चा“डै प्रकाशन हु“दैछ । त्यो पुस्तकको नाम र सामग्रीबारे अहिले केही भन्दिन । अर्को पुस्तक लेख्ने मुडमा छु ।

भविष्यको योजना के छ ?

  जेलमुक्त हुनेबितिकै निहितालाई लिएर प|mान्स गई त्यहाको परम्पराअनुसार बिहे गर्ने छु । नेपालस“ग मेरो गहिरो साइनो छ । निहितालाई लिएर वर्षो एकपटक नेपाल आउने छु –

सर्वोच्च अदालतले रिहा गर्ने कुरामा सय प्रतिशत विश्वस्त हुनुहुन्छ – किन र कसरी ?

 म निर्दोष छु । म विरुद्ध कुनै प्रमाण छैन । परिस्थितिजन्य कारण देखाएर कसैलाई सजाय गर्न पाइन्न । नेपाल बाहेक अन्य कुनै पनि मुलुकमा भएको भए म उहिल्यै छुटिसक्थे ।

September 22, 2008

के गर्दै होलान् पूर्वराजा ज्ञानेन्द्र ?

राजसंस्थालाई आफनो हातबाट बिदाइ गरेका पूर्वराजा ज्ञानेन्द्र नागार्जुन जंगलको दरबारमा बसेर के गर्दै होलान् – धेरैले सोच्लान्- व्यापारको तयारी गर्दै होलान्, तर होइन, उनी आफनै आत्मवृत्तान्तका लागि सामग्री संकलन गरिरहेका छन्। जीवनमा दुइ पटक राजा बन्ने मौका पाएर पनि लामो समय बागडोर सञ्चालन गर्न नपाएका ज्ञानेन्द्रको आत्मवृत्तान्तमा के के समेटिने हुनन् भन्ने जान्न धेरै कुनु पर्दैन, किनकि उनले खाका तयार पारिसकेका छन्।

नारायणहिटी छाडेपछि एक्लै बस्न रूचाउने ज्ञानेन्द्रले केही समय व्यापारीहरूसँग भेटघाटमा बिताए तर उनी अधिकांश समय इतिहास खोज्न व्यस्त भए। वसन्तवासमा बसेर उनी आत्मवृत्तान्तको तयारी गरिरहेका छन्। नित्यकर्मबाट निवृत्त भएपछि उनी बिहान आठ बजे चियासँगै पत्रपत्रिका पढ्छन्, त्यसपछि उनका सचिव सागर तिमिल्सिनासँग प्रत्येक दिन देशको स्थिति बुझ्ने गर्छन्’ -स्रोतले भन्यो।

भाग्यले २००७ सालमा ३ वर्षो उमेरमा पहिलो पटक राजा बनेका उनले राजा भएपछिको क्रियाकलाप संकलन गरिसकेका छन्। २०१३ सालमा बुबा महेन्द्रको राज्याभिषेक, त्यसपछि २०१७ सालमा महेन्द्रले अघि सारेका कार्यक्रमका बारेमा गहन अध्ययन थालेका छन्। केही दस्तावेज भेटेका छैनन्’, स्रोतले भन्यो- भेटिएका सबै दस्तावेज डायरीमा संकलन गरेका छन्।’

उनले स्व. राजा महेन्द्र देश दर्शन कार्यक्रमको क्रममा गएर बसेका सबै दरबारको समेत अध्ययन गरिरहेका छन्’ -स्रोतले भन्यो।
प्रत्येक बिहीबार आफना सबै कर्मचारीसँग भेट्ने गरे तापनि उनले आत्मवृत्तान्त’ को तयारीबारे भने कसैलाई जानकारी दिएका छैनन्। आफनो जीवनमा घटेका घटना र पुर्खाका योगदानबारेमा उनले अधिकांश सामग्री तयार गरिसकेका छन्।

अहिले दैनिक करिब ५ घण्टा आत्मवृत्तान्तको सामग्री तयार गर्न जुटेका उनले महेन्द्रको निधनपछि मुलुकमा घटेका घटनाक्रम र आफनो शासनको विषयमा अध्ययन गरिसकेपछि वृत्तान्त लेख्न थाल्नेछन्’ -स्रोतले भन्यो।

August 16, 2008

इतिहास रचे प्रचण्डले

प्रचण्डको जन्म कास्की जिल्लाको ढिकुरपोखरी गाविसमा २०११ साल मंसीर २६ गते भएको हो । उनको न्वारानको नाम छविलाल हो । जीवनमा कम्युनिस्ट बनेर यत्रो ठूलो नेता बन्छु भनेर उनले कहिल्यै सोचेका थिएनन्, न त विद्रोहको सफलताबारे आँकलन नै गरेका थिए । परिवारको जेठो सन्तान, त्यसमा पनि छोरो जन्मिँदा प्रचण्डका बाबुआमाले चिना हेराए । ज्योतिषीले फ्याट्टै भनेछन्, “तिम्रो छोरो ठूलो मान्छे बन्छ, उसलाई राजयोग परेको छ ।” त्यतिखेर प्रचण्डका बाबु मुक्तिराम दाहाल फिस्स हाँसेका मात्र थिए । पहाडमा जग्गा कम तर परिवारसंख्या ठूलो भएका कारण मुक्तिरामले पुख्र्यौली थलो कास्कीको ढिकुरपोखरीबाट चितवनतिर बसाइँ सरे र शिवनगर गाविसको भीमसेननगरमा स्थायी घर बनाए । चितवन सर्दा प्रचण्ड ७ वर्षका थिए । त्यहीं बाल्यकालको पढाइ सकियो । उनी सानैदेखि सबैसँग मिल्थे । गाउँमा कसैको झगडा पर्दा भन्थे- ‘खै छविलाल कहाँ छ ? त्यसले मिलाई दिन्छ कि ?’ घरमा भाइबहिनीहरूबीच झगडा हुँदा पनि छविलालले मिलाउँथे । मुलुकको द्वन्द्व पनि उनले नै मिलाउने आशा गरिएको छ ।

पढाईमा उनको प्रगति अनौठो छ । कक्षा एकमा एकपल्ट फेल भएका उनी दुई कक्षामा दोस्रा भए । कक्षा तीनमा प्रथम भएर एकैचोटि कक्षा पाँचमा गए । कक्षा पाँचमा पनि पहिलो भए । र, दुई कक्षा फड्किएर सातमा पुगे । कक्षा आठ, नौ र १० मा उनले शिवनगर हाइस्कुलमा (चितवन) पढे । एसएलसी पास गरेपछि ललितपुरको पाटन संयुक्त क्याम्पसबाट आईएस्सी पढ्दै गर्दा प्रचण्डलाई बाबुआमाले गाउँकै सीता पौडेलसँग विवाह गरिदिए । अनि, रामपुर क्याम्पसबाट कृषिमा बि. एस्सी. एजी. गरे । ठीक त्यहीबेला सरकारी जागिर खान भनेर प्रचण्ड चितवनबाट हिँडेरै धनकुटा गए ।

तर, जागिर पाएनन् । फर्केर घर आए । बाबु मुक्तिरामका स्मरणमा, त्यतिखेर प्रचण्ड रिसाएर घर फर्केका थिए । त्यसपछि नवलपरासीको त्रिभुवननगर र गोरखाको आरूघाटमा दुई-दुई वर्ष पढाए। प्रचण्ड सानैदेखि गम्भीर स्वभावका थिए। परिवारमा जेठो सन्तानको भूमिका राम्रै निभाएका थिए उनले। छविलालका बाबु मुक्तिराम दाहालले २०५७ सालको जनादेश साप्ताहिकमा भनेका छन्, ‘ऊ जेठो जान्ने-बुझ्ने छोरा, उसकी आमा क्यान्सर रोगी भएकीले भाइबहिनीलाई उसले नै अभिभावकको माया दिएको थियो । गाउँमा बचत कार्यक्रम चलाएको थियो, ढुकुटी चलाएर अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्थ्यो।’ सानैदेखिको यो गुणकै कारण होला, २०४७ सालमा विभिन्न चारवटा कम्युनिस्ट पार्टीबीच एकता गराएर उनी पार्टीको महामन्त्री बने । ०५७ मा भएको माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट महामन्त्री पदको ठाउ“मा दाहाललाई अध्यक्ष बनाइयो । त्यसको एक वर्षछि माओवादी छापामारका सर्वोच्च कमाण्डर भए ।

रोचक प्रसंग के छ भने ‘जनयुद्ध’ का दौरानमा फौजी आक्रमणको योजना बनाए पनि मोर्चामा कहिल्यै गएनन् । युद्ध सुरु हुनुभन्दा धेरै पहिले ०४६ मा गोरखा सिरुबारीमा १६ कार्यकर्तालाई हतियार चलाउने तालिम भने दिएका थिए । प्रधानमन्त्री भएपछि दाहालको छविले नया“ उचाइ पाएको छ ।खुला राजनीतिमा आएका बेला उनको वाक्कलाको प्रशंसा सबैतिरबाट

भयो । तर हतियार खोलाले बगाएको र जलेर नष्ट भएको, अमेरिकी अधिकारीको हत्याको षड्यन्त्र दरबारले गरेको जस्ता आधारहीन कुरा गर्न थालेपछि उनको बोलीको विश्वसनीयतामा कमी आएको धेरैले अनुभव गरेका थिए ।

अन्तरविरोधलाई समायोजन गर्न सक्ने नेताका रूपमा उनलाई पार्टर्ीीत्र र बाहिर चिनिन्छ । राष्ट्रिय राजनीतिमा उनले देखाएको लचकता पनि प्रशंसायोग्य छ । ‘लचकता, पार्टर्ीीत्रका अनेकौं धारलाई समेटेर लैजाने खुबी र नया“ कुरा स्थापित गर्ने साहस दाहालका सकारात्मक पक्ष हुन्,’ विश्लेषक श्याम श्रेष्ठ भन्छन्- ‘सहमति गर्ने तर कार्यान्वयनमा ढिलाइ गर्नु, विद्यार्थी नेताका शैलीमा टिकाउ कुरा नबोल्नु र आफूलाई केन्द्रमा राखेर विश्लेषण गर्नु उनका कमजोरी हुन् ।’

August 15, 2008

कोइरालाले शनिवार बालुवाटार छाड्ने

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शनिवार प्रधानमन्त्री निवास बालुवाटार छाड्ने हुनुभएको छ । उहाँ प्रधानमन्त्री नहुने पक्का भए पछि आजबाटै उहाँले निवासमा रहेको आफ्नो सामान सार्न सुरु गर्नुभएको हो । उहाँ महाराजगञ्जस्थित भतिजा शेखर कोइरालाको निवासमा सर्दै हुनुहुन्छ । प्रधानमन्त्रीमा नेपाली कांग्रेसले उम्मेदवारी दिने अवस्था आए पनि कोइराला उम्मेदवार नबन्ने निर्णयमा पुग्नुभएको कारण उहाँले प्रधानमन्त्री निवास बालुवाटार छाड्ने निर्णय गर्नुभएको बताइएको छ । सुक्रबार साँझसम्ममा नयाँ प्रधानमन्त्री चयन भइसक्ने भएका कारण प्रधानमन्त्री कोइरालाले निवास शनिवार नै छाड्न लाग्नुभएको बालुवाटार स्रोतले बताएको छ । ४६ साल पछि पटकपटक प्रधानमन्त्री भइ बालुवाटारमा बस्नुभएका कोइराला उमेरका कारण पनि सम्भवतः बालुवाटारको बसाइँ यो अन्तिम हुन सक्ने बताइएको छ ।

July 17, 2008

हिमानी पनि सिंगापुर जाँदै

 पूर्वयुवराज पारस शाहले देश छाडेको १६ दिनपछि आज उनकी श्रीमती हिमानी शाह र उनका तीन जना छोराछोरी पनि सिंगापुर जाँदैछन् । पारसको बिदाइ गर्न निर्मल निवास र विमानस्थलमा उपस्थित नभएका पूर्वराजा ज्ञानेन्द्रले बुहारी र नाति-नातिनालाई विदाइ गर्न भने हिजो राती निर्मल निवास पुगेका थिए । पूर्व राजा ज्ञानेन्द्र निर्मलनिवासमा श्रीमती कोमलसहित पुगेका थिए । त्यहाँ रातको १२ बजेसम्म विदाइ भोज चलेको थियो ।

पारस असार १७ गते सिल्क एयरको एमआई ४११ उडानबाट सिंगापुर पुगेका थिए भने उनकी श्रीमती हिमानी र छोराछोरी पनि सोही एयरलाइन्सको सोही उडानबाट आज दिउँसो सवा १ बजे सिंगापुर उड्दैछन् । हिमानीका साथमा धीरेन्द्रकी कान्छी छोरी दिलासा पनि सिंगापुर जाँदैछिन् ।

अहिले पारस र उनका बहिनीज्वाइँ राजबहादुर सिंह सिंगापुरमा रहेका छन् । सिंगापुरमा राजबहादुरको टेलिफोन तथा जुत्तासम्बन्धी व्यापार छ । पारसदम्पती उतै बस्ने र छोराछोरीलाई उतैको स्कुलमा पढाउने तयारी भइसकेको भैसकेको बताइएको छ ।

June 22, 2008

ज्ञानेन्द्रको तेश्रोपटक राजा हुने धोको

‘नियती नै भन्नुपर्ला, म एउटा बालक छँदा मेरो शीरमा पहिर्‍याइएको श्रीपेच चुपचाप थाप्नेबाहेक मेरो न त चाहना थियो, न त इच्छा । न त कुनै भूमिकाको गुन्जायस नै थियो । त्यस्तै २०५८ साल जेठ १९ गते राती दोश्रोपटक एउटा त्रासदीपूर्ण घटना राजदरवारमा घट्दा मेरो पूजनीय दाजुभाउजु लगायत आफ्ना आत्मीय परिवारको विभत्स हत्या भएको र ती प्रिय आदरणीय परिवारको शवमा आँशु बगाएर हल्का पार्नसक्ने मौका समेत नपाउने परम्परा र कर्तव्यको जन्जिरमा बाँधिन विवश मेरो अन्तरवेदना शव्दमा व्यक्त गर्न म सक्दिन ।’ जेठ २९ गते पत्रकार सम्मेलनमा पूर्वराजाले भनेका भनाइ हन् यी ।

यो भनाइसंगै संविधान सभाको निर्वाचनपछि ज्ञानेन्द्र शाह नेपालका विशेष मान्छे हुनपुगे । उनले श्रीपेज र राजदण्ड नेपाल सरकारलाई बुझाएर नागार्जुन दरवारतिर सहज बहिर्गमनको बाटो पनि रोजे । तत्कालका लागि नेपाली जनआक्रोशलाई बुझेर उनी नागार्जुन दरवारमा डेरा सरेका छन् । अनि नारायणहिटी छोड्ने बेलामा भनेका छन्, नेपाल राष्ट्रको स्वतन्त्रता, अखण्डताको रक्षार्थ सँधै लागिरहनेछु । अनि मेरो सात वर्षको शासनकालमा चालिएका मेरा कदम शान्तिका लागि थिए । यद्यपि कहि कतै गल्ती भएमा भुलवश भएको ठानिदिनुहोला ।

ज्ञानेन्द्रको बहिर्गमनसंगै धेरैको मनमा शंका उव्जिएको छ । के अब उनी साँच्चै गान्धि नै बन्न लागेका हुन् त ? उनले नागार्जुन दरवार रोज्नका पछाडि के कारण छ ? सबैलाई लागेको कौतुहलताको कुरा हो यो । ज्ञानेन्द्र राजनीतिमा निकै कूटनीतिक खेलाडी हुन् । यसैले अब ज्ञानेन्द्र नागार्जुनमै बसेर गीत लेखेर बसिरहलान् भन्न सकिन्न । उनको सहज बहिर्गमनकाबारे धेरैका फरक हेराइ र भनाइ होलान् । उनका पूर्खाहरूको शासन चालेको २ सय ४० वर्षपछि बल्ल उनी नागरिक बन्न पाए । नयाँ नेपालका नागरिक भएका ज्ञानेन्द्र अहिले स्वतन्त्र पनि छन् । राज्यले कुनैबेला कारवाही गरेर अन्तराष्ट्रिय अदालतमा पुरयाउनुपर्छ भन्ने मान्छेलाई त्यहि राज्यले सम्मान दिएर राखेको पनि छ ।

हिजो राजामाथि कारबाही गर्नुपर्छ भनेर चर्का कुरा गर्नेहरूले आज किन राजालाई अभयदान दिए ? यसको उत्तर सरकारले दिनसक्नुपर्छ । जनआन्दोलनमा रायमाझी आयोगले राजालाई दोषी ठहरयाइसकेको छ । त्यतिबेला न्वारनदेखिको बल लगाएर राजामाथि कारबाही गर्नुपर्छ भनेर चिच्याउनेहरू अहिले किन चुप छन् ? त्यस्तो कारबाही गर्नुपर्ने मान्छेलाई किन रोजी-रोजी भनेकै स्थानमा बस्न र भनेकैजति सुविधा दिइएको हो ? नेपालको कानून दैवले जानुन् भन्थे, यहि रहेछ ।

ज्ञानेन्द्रलाई नागार्जुन दरवारमा ऐश आरामका साथ बस्न दिएकोमा एमाले निकट प्ररायुसंघ र नागरिक आन्दोलनका अगुवाहरुले विरोध जनाइरहेका छन् । माओवादीका सभासद् एवम् केन्द्रीय सदस्य गोपाल खम्बुले पनि विरोध जनाए । यो निर्णय ज्ञानेन्द्रलाई तेश्रोपल्ट राजा हुन सहयोग गर्छ भन्ने उनको ठम्याई छ । सैनिक दृष्टिकोणले नारायणहिटीलाई जनताले घेरा हाल्न जति अनुकुल छ, नागार्जुनमा घेरा हाल्न प्रतिकुल छ । यसैले त्यस्तो सामरिक महत्वको हाइपोष्टमा ठाउँ दिइएको बारेमा माओवादीका ती नेताको बरु चिन्ता बढेको छ । ज्ञानेन्द्र एक्लै नागार्जुन गएका छैनन्, साथमा सेना र प्रहरी पनि लिएर गएका छन् । सवारी साधन लगेका छन् । निर्मल निवास अझै पारसको कव्जामा छ । निर्मल निवासमा कसैलाई छिर्न नदिने भन्ने अभिव्यक्ति पारसको आईरहेको छ । नारायणहिटीका केहि अंश अझै ज्ञानेन्द्रको नियन्त्रणमा छ । अझै नपुगेर थप भवन माग्दैछन् । अनि केहि कर्मचारी पनि चाहिएको छ उनलाई । गणतान्त्रिक सरकार उनका सबै माग एकपछि अर्को गर्दै पुराइदिने तयारीमा छ ।

एकातिर ज्ञानेन्द्रको सहज बहिर्गमन, अर्कातिर सत्ताका लागि राजनीतिक दलहरुको झिनाझम्टीले सोझा नेपालीहरुको मन यतिबेला पूर्व राजाप्रति तानेको छ । पूर्वराजाको त्यागलाई सम्मान पनि गरेका छन्, जनताले । नेपालीको मन न हो, पूर्व राजाप्रति टीठाउने र सहानुभूति जगाउनेहरुको जमात बढ्न थालेको छ । राजनीतिक दलको झगडा र जनताको मन पगालेको कुरा उनले राम्रोसंग बुझिरहेका छन् । किनभने उनी अरुजस्तो टुलुटुलु हेरेर बस्ने मान्छे परेनन् ।

ज्ञानेन्द्र शाहले भनेजस्तो घर किन्न भेटाएनन् रे । तत्काल घर बनाएर त्यसमा र्सन समय छोटो र वर्षायाम छ । उनी मागेर सँधै गुजारा गर्ने, केही नभएका सुकुम्बासी होइनन् । उनको सुरक्षाको ख्याल पनि राख्नुपर्छ । हिजो दरबारको ढुकुटीबाट बक्सिस खाने परजीवीहरू कता गएका छन् ? यी सबै कुरालाई मध्यनजर राखेर सरकारले उनको निजी घर बन्ने समय विचार गरी डेराको व्यवस्था गर्नु उपयुक्त कुरा हो । नागार्जुनको कति क्षेत्रफलको कुन दरबार कतिञ्जेलका लागि भन्ने नागरिक चासो स्वाभाविक हो । ज्ञानेन्द्र उद्योग-व्यापार चलाएर आएका मान्छे पनि हुन् । उनले आफ्नो निवास बनाउने र व्यवसाय सञ्चालन गरेर आफ्ना सन्तानलाई समेत कुनै काममा लाग्न प्रेरित गरेर सकारात्मक सन्देश दिने पूर्खा बन्न सक्नुपर्छ । सामन्ती अहङ्कार पालेर नोकर-चाकरको बगाल थुपार्ने वा बहिष्कृतहरूसंग एकाकार हुने अस्वस्थकर जीवनशैलीले उनलाई उभो लाग्ने बाटो दिने छैन । उनको सहज बहिर्गमन जनचाहना अनुसार नै हो भने ज्ञानेन्द्र शाह अब असल नागरिक पनि बन्न सक्नपर्छ । हामीजस्तै स्वतन्त्र हुन सक्नुपर्छ ।

तर पनि, उनी हामी अरू नागरिकजस्तो स्वतन्त्रचाहि छैनन् । आफ्नै विगतको अभिमान र संस्कारले ज्ञानेन्द्र थिचिएका छन् भने सुरक्षाघेराको पराधिनता अझै बाँकी छ । नराम्रा सपना देख्ने बानी परित्याग गर्नु र विपनामा बाँच्ने अभ्यासबाट आफूलाई बदल्न सक्नु उनका लागि हितकर छ । तर उनी यसो गर्न कदापि सक्दैनन् । यद्यपि उनको चाहना फेरि तेश्रोपल्ट राजा हुने रहेको पाईन्छ ।

राजतन्त्रको विदाइ समारोहमा उनले आफुमाथि लागेका आरोपको खण्डन गरेका छन् । हुन त चोरले कहिल्यै पनि आफु चोर हुँ भनेर भन्दैन । अनि आरोप लगाउनेहरुले त्यसै आरोप लगाउन पनि हुँदैन । अब राजाबाट नागरिक बनेका ज्ञानेन्द्रमाथि लागेका आरोपहरु त्यस्ता आरोप लगाउनेहरुले पुष्टि गर्नपनि सक्नुपर्छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एकपटक दरवार हत्याकाण्डको ग्राण्डडिजायन खोल्छु भनेर बचन पनि दिएका थिए । अब उनले यो कुरा खोल्न सक्छन् कि सक्दैनन् ? दरवार हत्याकाण्डपछि ज्ञानेन्द्रलाई दाइमाराको आरोप लगाउने बाबुराम भट्टर्राईको पार्टी सत्तामा छ । अब ज्ञानेन्द्रमाथिको आरोपको पुष्ट्याई जनतामा दिन जरुरी हुन्छ । नत्र चोरले मात्र चोर चिन्ने तर अरुलाई थाहा नहुने हुनसक्छ ।

ज्ञानेन्द्र माथि मूर्तिचोरको अनि बिदेशमा सम्पत्ति थुपारेको जनआरोप छ । तत्कालिन राजा बीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डका योजनाकार र ज्ञाताको आरोप छ । राजनीतिक स्वतन्त्रता र मानव अधिकार हरणकर्ताको आरोप छ । ०४७ सालको संविधानको बाधा फुकाउने धारा १२७ लाई दुरूपयोग गरेको आरोप छ । जनआन्दोलन ०६२/६३ माथि दमन गर्ने प्रमुख दोषी रहेको रायमाझी आयोगको सङ्केत छ । उनीप्रति युग चिन्न नसकेको र राजा महेन्द्रको पञ्चायती लास बोक्न खोजेको आरोप छ । उनीमाथि लागेका अघिल्ला दुइ आरोपका विषयका यो पंक्तिकार जानकार छैन । आरोप लगाउनेहरुबाट पुष्टि खोजिरहेको छ । तर पछिल्ला चार आरोपका विषयमा चाँहि यस पंक्तिकारले खुलेरै पुष्ट्याइ दिनसक्छ ।

ज्ञानेन्द्रको माघ १९ को घोषणाको प्रमुख स्तम्भ उनका भाषामा शान्ति स्थापना, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक अनुशासन र अभिव्यक्ति स्वतन्त्रता भएपनि यी कुराहरु उनको शासनकालमा कुनै नेपालीले पनि अनुभूत गर्न पाएनन् । तर यी सबै माघ १९ को कदम सफल बनाउने गुलियो एजेण्डा थिए । शाही घोषणा मार्फत चालेका यी कदमहरु सवै निरंकुशताका सहयोगी सिद्ध भए । ज्ञानेन्द्रको सोंचाई, क्रियाकलाप, संगत र घेरा अघिल्ला निरंकुशतावादीहरुको बिचमा रहेकोले नेपाली जनताले निरंकुशताको चंगुलमा व्यतित गरेका ती दिन कम्ति कष्टपूर्ण रहेन ।

माओवादी जनयुद्धले थलिएको मुलुकमा ज्ञानेन्द्रबाट जारी शाही घोषणाले राजनीतिक दललाई दोषी ठहर्‍याउँदै मुलुकमा छिट्टै शान्ति बहाली गर्ने कसम खाएकै हो । तर शान्ति स्थापना कुनै जादुको छडी थिएन, उनले सोंचेजस्तो । आतंकवाद नियन्त्रण र शान्ति सुरक्षा स्थापनाको कसम खाएर पनि शान्तिका लागि सिन्कोसम्म नभाँचिएको उदाहरण हामीबाट छिपेको छैन । त्रासबाट मुक्ति खोजिरहेका नेपालीहरुको भागमा अरु त्रास थपिएको थपियै भयो । ज्ञानेन्द्रको त्यतिबेलाको देशविदेशका भ्रमण, दरवारको खर्च र ऐशआरामका सवाललाई लिएर जनताले अब यसरी "सेतो हात्ती" पाल्न सकिंदैन सम्म भन्न भ्याएका थिए ।

माघ १९ पछि देशमा सुशासन होला भन्ने धेरैको अनुमान थियो । तर माघ १९ को यो "कु" सुशासन नभएर कुशासन रहेछ भनेर प्रमाणित भयो । ज्ञानेन्द्रको शासनकालमा नेपाल राष्ट्रको अखण्डता, अस्मिता तथा अस्तित्वका संरचनालाई जगैसम्मबाट हल्लाएर एक पछि अर्को गर्दै भत्काईयो । सेनाको छवि धमिलियो । अन्तर्राष्ट्रिय छवि पनि धमिलियो । सबैमा पञ्चायतको पुनरावृत्ति देखियो । कुशासनको निशाना नेपालको प्रजातन्त्र, प्रजातान्त्रिक दल र प्रजातान्त्रिक संस्थाहरु नै भए । राजाको इच्छा पुरा गर्न र प्रतिगमनका मतियार बनेकाहरुलाई नगर निर्वाचनका माध्यमबाट उनले सिंहासनमा राज गराए । माघ १९ पछि नेपालका राजनीतिक पार्टीका गतिविधिमाथि प्रतिवन्ध लगाइयो । शाही घोषणा लगत्तै राजनीतिक पार्टी नेताकार्यकर्ता, मानवअधिकारवादी, सञ्चाकर्मीहरुलाई स्थानहद र नजरवन्दमा राखियो । शाही घोषणाका सम्वन्धमा कसैले धक फुकाएर बोल्न सकेनन् । सञ्चारका साधनहरु बन्द गरिए । एफएमका माइक्रोफोन भाँच्ने काम भयो, हप्तौसम्म पत्रपत्रिका बन्द भए । एफएममा समाचार प्रसारणमाथि प्रतिवन्ध लगाइयो । अनि पत्रपत्रिकाहरु सेन्सरसीपको शिकार पनि भए । दशैंका बेलामा पत्रिका वन्द हुन लागेको अवस्था पारि प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने अध्यादेश "सञ्चार अध्यादेश" पनि जारी भयो । प्रेसलाई आफू अनुकुल चलाउन नसकेपछि पत्रकार धम्क्याउने, पक्रिने, बयान-स्पष्टिकरण लिने यावत प्रक्रिया चालु राख्ने काम उनकै भजनमण्डलीबाट शुरु भयो ।

‘प्रशस्ति र चाकरीको किल्ला’भित्र पनि ज्ञानेन्द्रका ज्यादती र अपराध लुक्न सकेन । अन्ततः राजतन्त्र आफ्नै जनविरोधी, युगविरोधी चरित्रका कारणले नेपालबाट समाप्त भयो र अन्तिम राजा ज्ञानेन्द्र शाह शान्तिपूर्ण र संवैधानिक तरिकाले गद्दीच्यूत भए । यस कुराले ज्ञानेन्द्र शाहको शैली सङ्केत त देखिएको छ । उनले जनमतलाई स्वीकार्ने बताएर रूपान्तरणको पाइलो पनि सारिसके । अब ज्ञानेन्द्र शाह एक्लै वा तिनका लोग्ने-स्वास्नी मात्रै फेरिएर पुग्दैन पारिवारिक जिम्मेवारीका हिसाबले । पञ्चायती निरङ्कुशतालाई मन पराउने ज्ञानेन्द्र शाहका सबै नजिकका मान्छे पनि गणतान्त्रिक नेपालमा फेरिन सक्नुपर्छ ।

ज्ञानेन्द्रको सहज बहिर्गमन भएपनि लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको शुरुवात हुन नपाउदै पहिलो गाँसमा ढुंगा लागेको छ । उनलाई लागेको आरोपको पुष्ट्याईसंगै कारवाही गर्न जरुरी पनि छ । अझैपनि मुलुकलाई पुरानै शैलीबाट डोर्याउने चाल रचिएको छ । अझैपनि सत्तामा रुमल्लिएर, क्षणिक आडम्बर मात्र देखाएर गरिमामय संविधानसभाको वैठक स्थगित भएको छ । यो सत्ता र भत्तामा अल्झिने बेला होइन । सत्ताको नाटक छिट्टै अन्त्य भएको र संविधान एवम् राष्ट्र निर्माण भएको जनताले हेर्न चाहिरहेका छन् । यतिबेला ज्ञानेन्द्रको बहिर्गमनले नेपाली जनताको मन पलाएको छ । कमलो मन भएका कोहि नेपाली त उनको विदाइमा रोएका पनि छन् । अनि उनकै अगाडि हामीलाई टुहुरो बनाएर जान पाइन्नसम्म भनिसके । यससंगै दलहरुको झिनाझम्टीले उनीहरुप्रति वितृष्णा जगाएको छ । एकपटक पदच्यूत भएपछि राजतन्त्र स्थापना भएका मुलुक पनि छन् । दलहरुको गैरजिम्मेवारीता कायम रहिराख्यो भने यस्तो अपवाद नेपालमा सिद्ध हुन पनि बेर मान्दैन । अनि ज्ञानेन्द्र फेरि नेपालमा तेश्रोपटक राजा भएर आउनेछन् । त्यसै रोजेका छैनन्, ज्ञानेन्द्रले नागार्जुन । दलहरुलाई चेतना भया ।

June 19, 2008

नेपालमा राजतन्त्र फेरि व्युतिने

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी राष्ट्रियताको सवालमा माओवादीसँग नजिक रहेको बताएका छन् । संवैधानिक राजतन्त्र नेपालमा राख्नुपर्छ भन्ने एजेण्डासहित संविधानसभा चुनावमा गएका थापाले पूर्व राजा ज्ञानेन्द्रलाई पार्टी खोलेर राजनीतिमा नआउन पनि सुझाव दिएका छन् ।

एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजावादी थापाले राष्ट्रियताको सवालमा माओवादीसँग सहकार्य गर्न सकिने तर आफ्नो सिद्धान्त भने नछाड्ने बताएका छन् । उनले राजतन्त्र नेपालमा फेरि व्युतिने सम्भावना रहेको समेत बताएका छन् ।

उनले संविधानसभामा रहेका ठुला दलहरुको गतिविधि हेर्दा मुलुकमा राजतन्त्र आवश्यक रहेको पुष्टि रहेको दावी समेत गरेका छन् । थापाले पूर्व राजा ज्ञानेन्द्रले दरवार छाड्नुअघि दिएको वक्तव्यको अडानमा रहन समेत पूर्व राजा ज्ञानेन्द्रलाई सुझाव दिएका छन् ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com