October 16, 2009

दिपावलीको शुभकामना

शुभ दिपावलीका अवसरमा विर्घा वव्लगका समस्त पाठक शुभेच्छुक र सहयोगीहरुमा हार्दीक मंगलमय शुभकामना ।

October 4, 2009

दशै रमाइलो रह्यो

 


दशै २०६६ रमाइलो पुर्वक वितेको छ । अव दशैका यादहरु केही वचेखुचेका सेलहरु र क्यामेरामा कैद फोटोहरु केही दिनकालागि वांकी छन । विर्घाको दशै सकेर म यतिवेला फेरी भाग्य अजमाउन राजधानी आइपुगेको छु । दशै प्राविधिक रुपमा टिका नभएपनि खवर नभएकाले अधिकांशले टिका लगाए ।

 टिका लगाउनु जमरा शिरमा शिउरिनु र बडाको आशिर्वाद लिनुको मजै वेग्लै । दशैमा सवैसंग भेटघाटका अलावा भलिवल, पिकनिक र घुमफिर त भयो नै । ती तस्वीरहरु आगामी दिनमा क्रमश प्रकाशित गर्ने नै छु ।

September 17, 2009

ती नफर्कने दशैहरु

नेपालीको घर आगंनमा वडा दशैले पाइला टेक्नै लाग्दा तमाम देश विदेशमा रहेका दशै मनाउन पाउने र नपाउने सवै मित्रहरुको संझना एक तमास मनमा आइ रहेको छ । नेपाली मात्रको एकमात्र ठुलो चाडको कुरै ठुलो तयारी नै ठुलो र महत्व नै ठुलो ।  यसै पर्वमा वडाका अगाडी निधार थापेर आषिश लिदा वर्ष दिनलाइ पुग्ने इनर्जी पुग्दो रहेछ ।

यद्यपि जीवनका वसन्तहरुले वढोत्तरी पांउदै जांदा विगतका दशैहरु अझवढि संझन लायक वन्दा रहेछन । सानामा जस्तो दशैको मजा अहिले त केहोस र तैपनि दशै दशै नै हो यसको महत्ता उत्तिकै छ । गांउले भेट्नु, कोट जानु, फुलपातीमा वोका ढलाउनु (म शाकाहारी भएपनि वोका ढाल्नुको महत्व थोर वहुत महशुस गरेको छु ।) , घरछिमेकका इष्टमित्र भेट्नु वम्वे वाट आउने हुन या विदेशवाट, जागिरे हुन या व्यापारी सवै संग भेट्नु । सेल रोटी खानु र घर घरै आशिर्वाद थाप्दै पुग्नु , माइति वा मावली जानु दशैका हरेक पल विशेष पल हुन्छन ।

दशैले संझनाहरु त्रिव्र पार्दो रहेछ । घरी आफन्तका संझना घरी साथी भाइका त घरी घरगांउका संझनाहरु एक तमास मनमा खेलिरहेका छन । दशै एउटा त्यस्तो उत्सव हो जसले विछोडिएका आफन्तहरुको मिलन गराउछ । विर्सिएका पराइहरु आफन्त संझन्छन । टुटेका साथीहरु पुन जुट्छन ।  सम्पर्क नभएकाहरु सम्पर्कमा आउछन । संस्कृतिको यस्तो अनुपम संयोगमा पनि दुर दराजमा रहनेहरुलाइ लाग्नु दिक्क लाग्दो हो । वैसमा त स्यालपनि घोर्ले हुन्छ भने झै दंशैमा जस्तै नहुनेपनि हुने नै हुन्छ । आखिर ठुलो चाड न पर्यो ।

 सवैले संझने र मान्ने चाड भएकालेपनि दशैको महत्व गोरे वहादुर खपांगीहरुले पनि पुन स्मरण गरेका छन । सत्तावाहिरर हुदा वाहुनवादको आरोप लगाउदै दशै वहिस्कार गर्ने गोरेले राजाको मनोनित मन्त्रीमण्डलमा पाइला राख्ने ठांउ पाउने वित्तिकै दशैको वखान गाएका थिए ।  आखिर सस्तो राजनीतिकालागि दशै वहिस्कार गरेपनि मनमा वसेको त्यत्रो सांस्कृतिक चाड भुल्न विचरा सस्तो वादले कंहा सक्छ र । जतिसुकै टांढा भएपनि दशै उत्तिकै मुल्यवान छ । साउदीको धुंपमापनि नेपाली दाजुभाइ एकदिन काममा नगइ आफु आफुमा मिलेर घोर्ले खसी ठाल्ने र स्टिलकै थालमा रातो  टिका मुछेर लगाउने गर्छन । मलेसीयामा हुनेहरुले पनि एकआपसमा भेटेर घरका यादहरु ताजा वनाउछन ।

 आजभोली पढालीखा नेपाली युवाको सजिलो गन्तव्य वनेका वेलायत वा अष्टेलीयामा पनि दशै उत्तिकै चाख अनुसार गच्छे अनुसार मनाउने गरेका खवरहरु छन । महासक्ती अमेरिका वा मानव विकास सुचकांका उच्च रहेका नर्वे फिनल्यान्ड वा क्यानडामा रहने नेपालीले पनि सके जमरै राखेर नसके टिका थापेर दशैमा रमाइलो गरेका छन । कतिपय नेपाली वहुल स्थानमा त नेपाली कलाकार वोलाएर सास्कृतिक कार्यक्रम गरेर दशै मनाएको पनि पाइन्छ । खैर दशै मनाउने अवस्था,परिस्थिति अलग भएपनि यसको महत्ता गांउमा रहदा होस या शहरमा , देशमा या विदेशमा एक समान महत्व रहेको छ दशैको । 

  यी पल पल तपाइसंग अपडेट हुने रहर भएपनि मेरा लागि  प्रविधिका कारण त्यो संभव छैन । के गर्नु सके सम्म दशैका हरपलका तस्वीर तंपायहरुसंग ल्याउने चाहना छ । दशैपछि ती पल पलका तस्वीर तपाइहरुलाइ देखाउने मेरो यो उत्साहमा तंपाइको सानो कमेन्टको ठुलो भूमिका हुन्छ । मान्यवरवाट थापेको टिका र अंहिशा जस्तो त्यसैले कमेन्ट लेख्न कन्जुस्याइ नगरिदिनु होला । आगे दशैको शुभकामना ।

समुहमा टिका थापेपछि केही वर्ष अघि सामुहिक तस्वीर खिचाउदै कट्टीका युवा । यो जमघटकालागि हर दशै कुर्नु पर्छ ।

दशैको हार्दीकता मान्यवरवाट टिका र आषिश लिदाको क्षण। भावना, आत्मियता र सस्कृतिको अनुपम संगम । 

August 24, 2009

ह्याप्पी तिज

नेपाली महिलाहरुको महान पर्व तिजका अवसरमा हार्दीक मंगलमय शुभकामना । तंपांइहरुका सवै मनोकांक्षा पुरा होउन । हुनेका पतिको आयु लामो होस नहुनेलाइ राम्रो जीवन प्राप्त होस ।

 

 

 

July 10, 2009

आफ्नै जन्मदिनको शुभकामना

असार हाम्रा आदिकवि भानुभक्तवाजेको जन्मदिन हो । विद्यालय पढ्दा यस्तै पढियो । आदिकवी भानुभक्त आचार्य तनंहुको चुंदी रम्घामा असार २९ गते जन्मीएका थिए खुवै रटान लगाइयो यो तिथीलाइ । त्यतिन्जेल मलाइ मेरो आफ्नै जन्मदिनको त्यति हेक्का थिएन । कालो अक्षर भैसीवरावर भएकी मेरी जननी आमालाइपनि मेरो जन्मदिनको त्यति हेक्का हुने कुरै भएर ।

    पिताजीले वर्षको एकवार कालेजैसीका अगाडी चिना फुकाउदा मेरो जन्म दिन भन्नुहुन्थ्यो होला, त्यसवाहेक जन्मदिनको त्यो वेला के नै पो काम आउथ्यो र । पिताजीको स्वर्गवासपछी यो त्रःमपनि रोकिएको छ । तैपनि मेरो जन्मदिन तिनै आदीकवि भानुभक्त भन्दा दुइ दिन अगाडी परेको रहेछ । यो रहस्य शहरमा आगमनका धेरै वर्ष पछिमात्र संझनामा आयो । मेरो जन्ममिति २०३५ असार २७ गते मंगलवार हो । यद्यपि यो जन्ममिति ज्योतिषलाइ हात हेराउदा वाहेक काममा आएन ।

     पर्यो के भने मेरो जन्ममिति प्रमाणपत्रमा २०३५।०८।१५ लेखिएको छ । यो आठ भन्नाले मंसिर पर्छ क्यारे । त्यसैले मेरो खास जन्ममिति त्यति उपयोगमा पनि आएन र वांकी संझनामा पनि रहेन । शहरमा पसेपनि न त जन्मदिनको नाममा कुनै केक काटियो न त कसैको विशेष शुभकामना नै पाइयो ।

    हुन त आजभोली जन्मदिन भव्यताकासाथ मनाउने पुस्ताकै हुं म, यद्यपि मेरोलागि जन्मदिनले कहिल्यै त्यति ठुलो महत्व राखेन । व्लगकारिता शुरु गर्नु अघि जन्मदिन यसपटक त संझन्छु भनिन्थ्यो तैपनि कामको चटारो भनौ या महत्ताहिनताले जन्मदिन गुज्रीएको केही दिनपछि मात्र झल्यास भइन्थ्यो । यसरी मेरो ३० औ जन्मदिनहरु विना संझना गुज्रीएका छन ।

    जन्म कुनै व्यक्तिको जीवनको अत्यन्तै महत्वपुर्ण घटना हो । जन्मको जति महत्व मृत्युको पनि हुदैन । यद्यपि हाम्रो हिन्दु संस्कारमा जन्मले भन्दा मृत्युले वढि ठांउ राख्छ । मान्छेमरेपनि सन्तान दरसन्तान श्राद्ध त गरिन्छ । तैपनि जन्मदिनको उपलक्ष्यमा भने केही धार्मिक रित अनुसार केही कार्य भएको मलाइ संझना छैन । गर्नेले मन्दीर गएर पुजापाठ गर्दा हुन तर मेरो संदर्भमा भने त्यस्तो केही हुने गरेका छैन ।

     जन्म, महिना, वार, तिथिले मानव जीवनमा महत्वपूर्ण प्रभावपार्ने ज्यातिषीय साथै वैज्ञानिक आधारहरुपनि छन । त्यसमा मेरो विश्वास पनि छ । वैशाखमा जन्मिएको व्यक्ति जस्तो तेज, प्रतिभावान र सिर्जनशिल चैतमा जन्मेको व्यक्ति अवस्य नै हुदैन । भनाइ नै छ कस्तो चैते होला भन्ने।

     असारमा केही संझन लायक जन्महरु भएका छन । तर मेरो विचारमा अत्यन्तै प्रयास गरेर सफल भएपनि जस नपाउने ग्रह हुन्छ की असारको जन्म हुनेहरुको । नेपाली कांग्रेसका सभापती पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म असार मै भएको हो । उनी असार १८ गते जन्मिएका हुन । उनले कहिल्यै आफ्नो जन्मलाइ नभएर कर्मलाइ महत्व दिए ।  उनले जन्मदिन मनाएको अहिलेसम्म कुनै रेकर्ड छैन । अनेक त्याग र तपस्याका वावजुत कोइरालालाइ त्यति सफल राजनितिज्ञ मानिदैन ।

     विस्थापित राजा ज्ञानेन्द्र पनि असार महिनैमा जन्मिएका हुन । गते अनुसार उनको जन्म असार २३ गते भएको हो । मंगलवारको जन्म परेका ज्ञानेन्द्रको राशीपनि कन्या हो । उनले मीलेसम्म तामझाममा नै जन्मदिन मनाउन रुचाउछन । विचरालाइ परिस्थीतिले भने त्यति साथ दिएन । भर्खरै उनले आफ्नो ६३ औ जन्मदिन निर्मल निवासमा मनाएका छन ।

      दरवार सुत्रका अनुसार उनले आफ्नो जन्म तिथिअनुसार असार २७ गते पुजा पाठ गरेर मनाउदै छन अरे । तिव्वतका विस्थापित धार्मिक नेता दलाइ लामापनि असारमै जन्मिएका हुन । तिव्वती धार्मिक क्यालेन्डर उनुसार उनको जन्म जुलाइ ६ तारिखमा पर्दछ । जुलाइ ६ जतावाट जोडेपनि असारमै पर्दछ ।

      उनीपनि नोवेल पुरस्कार जितेपनि असफलताको कोटिमै छन । गुरु पूर्णिमा भनेर मनाइदै आएको व्यास जयन्तिपनि असारमै पर्दछ । चार वेद र अठार पुराणका रचयिता वेदव्यासपनि असार मै जन्मिएका थिए । यसै मेसोमा म ववुराको पनि जन्मदिनले यहि असारको मास भेटेको छ ।

     एउटा खुसीको कुरा असारमा जन्मनेहरुको शुक्र राम्रो हुन्छ रे ।  शुक्रलाइ सिर्जनाका देवता मानिन्छ । शुक्र राम्रो हुनेहरु लेखन र सिर्जनात्मक क्षेत्रमा राम्रो हुन्छन भनिन्छ । मलाइपनि कतै त्यहि काकताली परेर त होइन यो लेख्न जांगर चलेको । खैर जे भएपनि आफ्नो जन्मदिनको आफैलाइ शुभकामना ।

April 8, 2009

छापामारको सवारीमा परिक्षा केन्द्रसम्म

आज प्रशासनको अन्तिम पेपर । मेरो सेन्टर त्रिपुरेश्वरको विश्व निकेतनमा । आज फेरी कतै संघीयता मन नपराउने त कतै सरकारको विरोध गर्ने हरुको वन्द । वन्द कर्तामा थिए एकताकेन्द्र मशालका चित्रवहादुर के.सी., रिभोलुस्नरी लेफ्टविङका मणि थापा र नेकपा माओवादीको पुनर्गठन गरेका झोकी नेता मातृका यादव ।

वन्दकाबीच भएको एउटा वाइकपनि चलाउने आंट आएन । भएको यही एउटा नासो कुनै मुर्खको निसाना पर्यो भने फेरी भोलीवाट लेफ्ट राइट । त्यो लफडा वेहोर्नु भन्दा आजै लेफ्ट राइट गर्ने मन भयो । लोकन्थलीको यस गल्छेडीवाट २ वजेको जांच भेट्न १२:३० वजे रवाना भए म । रेडियोको समाचारमा वन्दको प्रभाव नपरेको र यातायात सुचारु भएको के सुनेको थिंए । लाइनवसेर हालेको तेलको पनि याद आयो र पैदलै सवार थिंए ।
वाटोमा निस्केपछि वल्ल वन्दको स्वाद थाहा भयो र कोसेन्सरसिपमा संचालित र्डियाको हविगतपनि याद आयो । अव गर्ने के १२:४० भैसक्यो जांच छ २ वजेवाट चारवटा पेपरमा गुमनाम आमा र स्वर्गे भएका वाउ, हजुरवावुको वतन, नाम, दुनीया भर्न कम्तिमा पनि २० मिनेट लाग्छ । गर्ने के परिक्षा छुट्ने भयो । ज्यानलाइ पर्नु पिर पर्यो । आजै माओवादीले राजधानी लगायत देशका प्रमुख ८ शहरमा शक्ति प्रदर्शनपनि गर्दै थियो । यसैमेसोमा आयो गोडा दशेक वाइकको मोटरसाइकल र्याली । हात दिए वज्जियाहरुले के रोक्थे र रोकेनन । लौ त हिडाइ नै शही, कोटेस्वरसम्मको वाटो पैदलै नापे । त्यहापनि गाडी छैन । अव गर्ने के पर्यो फसाद कोठासम्म वाइक लिन आउ समय छैन ।
वाटो छ वरावर । अव गर्ने के । यक्तिकैमा धन्न काभ्रेतिरवाट ल्याइएका माओवादी छापामार सवार गोडा दुएक वस आए झन्डा हल्लाउदै । हात दिए । रोकेन अघिल्लोले । पछिल्लोलाइ अलि शानसंग हात झड्कारेको तै रोक्यो । त्यसैको छतमा चढेर लागे वानेश्वरतिर । वानेश्वर पुगेपछि छापामारको नेताले उर्दी फरमान गर्यो । ल सवैले नारा लगाउनु । अव गर्ने के हुंदा हुदै वाइसीयल नेपाल जिन्दावाद भन्नुपर्ने अवस्था आइलाग्यो । शुरुमा त वन्दको वेला वसको छतमा हिड्नु रमाइलै लागेको थियो । पर्यो फसाद अव नारा लगाउनु पर्ने भो । त्यसमाथि कोही चिनेकोले देखेमा गर्ने के । ढाक्यो पसिनाले । तै घाटी दुखेको छ भन्दै टारेर नारावाट जोगिए । नारालगाउने र झन्डा समाउनेको कुचा कुच छतमै पनि थियो ।तिनिहरुको हविगत देख्दाभने लाग्नु उदेक लाग्यो । बिचराकानेताहरु पजेरोमा शानसंग नेपाल आर्मिको सुरक्षामा हुइकिएका छन ।नारा लागउने तिनको हविगत छ त्यस्तो । अधिकांश नारा लाउनेका खुट्टामा चप्पल मात्र थिए ।
तिनिहरुको हविगत देख्दा कुनै शासन आएपनि केही नभएका देखिन्थे । वस नारा लाउदै सोझीयो त्रिपुरेश्वर तिर । सिंहदरवार निशेधित क्षेत्र भएकाले होला त्रिपुरेश्वर हुदै वस गयो ।
मलाइ त क्यावात भयो । त्रिपुरेश्वरमा ओर्लिएर लागे विश्व निकेतन तर्फ बिचरा नारा लाउनेले हेर्दै थिए । खुला मन्चमा प्रचन्डले के वोले कुन्नी । वत्ति छैन केही शुन्न र हेर्न पाइएको छैन । तर विडम्वना त्यति दुखले भेटेको मेरा जांच भने सोचेजस्तो भएन । वांकी अर्को भेटमा ।

March 31, 2009

काले जैसी, सांढेसाति शनी र मेरा पिताजी

<" alt="" border="0" />—[if gte mso 9]> < ![endif]-->

धेरैको भाग्य अजमाइदिने काले जैसी अव हाम्रासामु रहेनन । ८७ वर्षको जीवन भोगाइपछि गएको हप्ता काले जैसीले आफ्नै निवास निराम्सीलमा यस धर्तिवाट सधैकालागि आंखा चिम्ले ।

उनको खास नाम त के थियो कुन्नी यद्यपि पर्वतको पाडमा पढेको उनको ज्योतिष शिक्षाले विर्घा र यसका छिमेकी गांउहरुमा दर्हो प्रभाव जमाएको थियो । कालो वर्णका भएकाले नै काले जैसीको उपाधी पाएका यी ज्योतिषले मेरो जन्म पत्रिकापनि पटक पटक पल्टाएका छन । अझ मेरो चिना तयार गर्ने नै यिनै हुन ।

मेरा पिताजी भन्नुहुन्थ्यो वर्षको एक पटक काले जैसीलाइ चिना देखाउनु र ग्रहदशा कटाउनु भुल्नु हुदैन । मेरा पिताजी जानुभएकेा पनि दशौ वर्ष विति सकेकेा छ । यद्यपि मेरा पिताजीमा कालेजैसी प्रति ठूलो श्रद्धा थियो । उंहा स्वर्गे हुने वर्ष पटक पटक भन्नुहुन्थ्यो ख्वै यसपाला त जान्छु होला साढेसाति छ । कालेजैसीले पनि खड्को छ भनेका छन ।

नभन्दै मेरा पिताजीले त्यो वर्षको जाडोमा आंखा चिम्लिनु भयो । उंहा गएको धेरै वर्ष पछि काले जैसीलेपनि त्यही वाटो समाते । आखिर हामीपनि त त्यहीवाटो जानु छ । खैर यसै हप्ता स्वर्गे भएका तिनै काले जैसीप्रति श्रद्धान्जली स्वरुप ।

March 24, 2009

धोकेवाज प्रेमी, म र रमेशजी

धोकेवाज प्रेमीका जस्ता वाचा धेरै वाधियो । अव चै विशेष् काम सकियो नियमित हुन्छु है भन्ने । तर के गर्ने जनताका नाममा अनेक रोमान्टिक वाचा वाध्ने प्रचन्ड सरकार जस्तो भन्ने मात्र तर नगर्ने वन्नु परेकोमा आफैप्रति खेद छ । नेपालीको वानी खाली सरकारलाइ मात्र गाली गर्ने होइन की सरकार छ नै त्यस्तै ।

रहर गर्यो व्लग अपडेट गर्न के गर्ने वत्ति जान्छ झ्याप्प । यसै विडम्वनाको अन्त्य गर्ने पहलस्वर थोरै मेरो पसिना र धरै सह्दयी मित्र कुमार पुडासैनीको पहलमा एउटा काखे कम्प्युटर जोडजाम गर्न लागेको छु । चीनमा वनेर नेपाल भित्रिने त्यस्ता भांडाको कति भर होला त्यो त समयले नै वताउला >अं साच्चि तपाइहरुकेा पहल, खवरदारी र प्रेरणको पनि त्यसमा ठूलो हात छ । यस्तो खडेरी समयको मात्र नभएर अन्य विषयहरुको पनि बीच तपाइहरको संझना र प्रेरणा आखिर तिनै त हुन नी मेरो व्लगकारिताका आधार ।मित्र रमेश वस्नेतले कर्णाली उड्नु अघि लौन व्लग अली छिटो अपलोड गर्नु पर्यो स्याङजासंग मेरो त अत्यन्तै नजिकको भावना गांसिएको छ भन्नु भाथ्यो ।
रमेशजी जस्तो मनका मित्रलाइ स्याङजाको भावनात्मक साथी वनाउन पांउदा म कम्ति खुसी छैन । के ले तान्यो रमेशजी भनेर जिस्किदा फुस फुस हिंउ परे जस्तो हास्ने मित्र रमेशजी मात्र होइन भाइ सुरेश, माधव, अनि तंपाइहरु तमाम मेरा संझनामा हुनुहुन्छ । कमेन्ट लेख्न नछोड्नु होला ।
वांकी फेरी नियमित हुने वाचा सहित ।

February 24, 2009

म आइपुगे है

लामो समयको अन्तरालपछि म यंहाहरुसंग हाजिर भएको छु । विगत लामो समय सम्पर्क विहिन हुनु पर्दा म आफैलाइ खल्लो महशुस भइरहेको थियो । जुन उद्देश्यले सम्पर्क विविहन वनेको थिंए त्यसको नतिजा कस्तो आउछ ख्वै अरु केही महिना त्यसकोलागि धैर्य गर्नु पर्ने छ । तयारी आफुसक्दो भएतापनि म आफै प्रस्तुतिवाट त्यति वढि ढुक्क हुन सकेको छैन । हेरौ समयले कंहा पुर्याउछ ।

यसबीचमा मुलुकले त्यस्तो खासै कोल्टो फेरेको छैन । कहिलेपो फेरेको थियो र । वस एमालेको महाधिवेशन सकियो । दुइ चार हजार कर्मचारिको सरुवा भयो, मातृकाले नंया पाटी खोले यक्ति त हो नी ।

वांकी सकेसम्म नियमित हुने वाचा गर्दै । तर के गर्ने वक्ति हुदैन , वत्ति भएको वेला नेट हुदैन यस्तै विसंगतिका बीच तपाइहरुको न्यानो संझना ।

December 30, 2008

मेरा सिमितताहर र तंपांइका संझनाहरु

नियमित व्लग अपलोड हुन नसकेकोमा तपांइहरुका मांयाका सुस्केराहरु वढेका छन । म हराउनुमा मेरा व्यक्तीगत कारण भन्दा वढि राष्ट्रका समस्याहरु कारक छन । मुलुकमा चमत्कार हुने भविष्यवाणी गर्दै गांउ र शहरलाइ एकै वनाउछू भन्ने कमरेड प्रचन्ड नेतृत्वको सरकारले शहरमा पनि टुकी वाल्न वाध्य पारेर शहर र गांउको सिमा खतम पारेपछि यो कम्प्युटर भन्ने चिज मट्टीतेललले वोल्ने रहेनछ । के गर्ने अध्यारामो खुइया गरेर सुस्तायो व्लग संझियो वस ।

यसैगरी अलिवढि औपचारिकतामा र रमाइलामा दिनहरु विताउदा पछि पछुतो होलाकी भनेर एउटा व्यक्तिगत काममा म अलि वढि अल्झेको छु । मलाइ विश्वास छ केही समयपछि नतिजा आउने त्यो व्यक्तिगत काममा मलाइ सफलता तंपाइहरुको आशिर्वाद र मेरो लगनले मिल्ने छ ।

म सानैमा पिताजी गुमाएको मानिस मेरा तिनै श्रद्धेय पिता जसले दोश्रो विश्वयुद्ध वेलायतका तर्फवाट वर्मा र जापानमा लडेर वेलायतलाइ विजय र परिवारलाय दाम र मामको व्यवस्था गर्नुभयो उंहाको श्राद्ध कर्मकालागि राजधानीवाट वाहिरिनै परेकाले पनि केही दिन व्लग अपलोडमा विलम्व भएको हो ।

त्यस्तै जांगरपनि अलि वढेन व्लगमा यद्यपि तंपाइ अर्थात भाइ शुरेश र विजय, मित्र अर्थात रमेशजी, दैनिक भिजिटर करुण किशोर, कपिल अनि तंमाम देश विदेशमा रहेका विर्घा व्लगका सुभेच्छुकहरुले लौ न वेलैमा अपलोड गर्नुस्न भन्दा पनि । हेरौ आगामी दिनमा तंपाइहरुसंग अलि वढि नियमित गर्ने वाचा सहित

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com