April 21, 2009

६० प्रश्न बाबुरामलाई

१). के कस्ता काममा व्यस्त हुनुहुन्छ अचेल ?

नेपालमा आर्थिक क्रान्ति सम्पन्न गर्ने ध्याउन्नमा व्यस्त छु ।

२). तपाईंको नजरमा प्रेम ?

समान उद्देश्यप्रतिको लगाव नै प्रेम हो ।

३). तपाइको विवाह प्रेम कि मागी ?

प्रेम !

४). पहिलो प्रेम प्रस्ताव तपाईंले गर्नुभयो कि हिसिला यमीले ?

मैले !

५). तपाईंको जीवनमा सबैभन्दा पीडादायी क्षण ?

युद्ध मोर्चामा कमरेडहरू शहीद भएको क्षण ।

६). तपाई आफ्नो जीवनमा सबैभन्दा बढी खुसी भएको कुनै क्षण ?

गणतन्त्र घोषणा भएको दिन ।

७). नेपाल भित्र तपाईं नपुगेको कुनै जिल्ला ?

केही सूदूर पश्चिमका जिल्ला छन् जुन छिटै भ्रमण गर्दैछु ।

८). समय र फुर्सद पाए नेपालको कुन ठाउँमा गएर समय बिताउन चाहनुहुन्छ ?

हिमालको फेदीमा ।

९). तपाईका आदर्श व्यक्ति ?

कार्ल माक्र्स ।

१०). तपाईं प्रभावित भएको कुनै व्यक्ति ?

त्यस्तो कुनै व्यक्ति विशेषलाई किट्न सम्भव देख्दिनँ ।

११). तपाईंलाई कतिपय मानिस घमण्डी भन्छन् नि ?

भन्नेलाई नै सोध्नु उपयुक्त होला । म अन्तरमुखी भएको कारणले कतिपयलाई त्यस्तो भ्रम पर्न सक्छ ।

१२). तपाईंलाई मन पर्ने खाना ?

सुक्खा रोटी र करेलाको तरकारी ।

१३). खाना पकाउन र भाँडा माझ्ने काम मध्ये कुन रोज्नुहुन्छ ?

भाँडा माझ्ने । किनकि त्यसमा समयको वचत हुन्छ ।

१४). तपाईंका विदेश भ्रमणहरु ?

यूरोपका कतिपय देश, अमेरिका, जापान आदि ।

१५). तपाई हाँस्न निकै कन्जुस्याईं गर्नुहुन्छ भन्छन् नि ?

त्यो मेरो प्राकृतिक स्वभाव होला ।

१६). तपाईका कमजोरी र सफलताका पाटाहरु के के हुन् ?

मानिससंग कम घुलमिल गर्ने मेरो कमजोरी हो भने कडा परिश्रम शायद मेरो सफलता हो ।

१७). तपाई सबैभन्दा बढी विश्वास केमा गर्नहुन्छ ?

विज्ञान र कडा मेहनतमा ।

१८). ठट्टा/रमाइलो गर्न कत्तिको मन पराउनुहुन्छ ?

सामान्य रुपमा मन पराउँछु ।

१९). स्कूले जीवनमा तपाईको लक्ष्य राजनीति नै थियो या अरु केही ?

अमूर्त रुपमा देश र समाज सेवा गर्ने लक्ष्य थियो । तर ठोस विचार वनिसकेको थिएन ।

२०). तपाईको एस्.एल्.सी देखि संविधानसभाको चुनावसम्मका नतिजा बताईदिनुस् न ?

त्यो सवैको अगाडि रहेको खुला रहस्य हो ।

२१). तपाईको दृष्टिकोणमा मृत्यु के हो ?

जुन चीज जन्मन्छ त्यसको मृत्यु हुनैपर्छ, यो द्वन्दवादको नियम हो । त्यसैले मेरो निम्ति मृत्यु स्वाभाविक र अपरिहार्य प्रक्रिया र विज्ञानको नियमको पुष्टी हो । आफ्नो मृत्यु कसैले देख्न नसक्ने भएकाले मृत्युवारे कसैले सोच्नु र चिन्ता गर्नु नै व्यर्थ छ । त्यसैले म मृत्यु वारे सोच्दैसोच्दिनँ ।

राजनीति

२२). तपाईंको दृष्टिकोणमा राजनीति के हो ?

वर्ग संघर्षको हतियार हो ।

२३). राजनीतिको महत्व के देख्नुहुन्छ ?

वर्गीय मुक्ति ।

२४). तपाई राजनीतिमा लाग्नुको कारण ?

न्यायपूर्ण र समुन्नत समाज निर्माण गर्न ।

२५). राजनीति र जीवन वीचको अन्तरसम्वन्ध के पाउनुहुन्छ ?

मेरो निम्ति अव राजनीति नै जीवन हो र जीवन नै राजनीति हो ।

२६). पार्टी र सरकारको जिम्मेवारीमा के कस्तो फरक अनुभूति पाउनुभयो ?

पार्टीमा वढी वैचारिक-राजनीतिक काम हुन्थ्यो भने सरकारमा वढी व्यवहारिक काम ।

२७). नेपाल कस्तो भएको हेर्न र बनाउन चाहनुहुन्छ तपाई ?

विश्वको सम्पन्नतम र समतामूलक देश ।

२८). अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँगको तपाईको पहिलो भेट ?

२०३७ सालमा वनारसमा सम्पन्न अखिल भारत नेपाली विद्यार्थीसंघको चौथो सम्मेलनमा ।

२९). कहिल्यै दोस्रो नहुने तपाई, माओवादी आन्दोलनमा तपाईको स्थान सधैं दोस्रो रह्यो नि ?

मैले कहिल्यै आफुलाई पहिलो नम्वरमा राख्ने उद्देश्यले काम गरेको छैन । आन्दोलनमा स्थानको फैसला इतिहासले गर्छ ।

३०). पार्टीभित्र तपाईलाई गर्मीको चिसो कोक र जाडोको तातो चियाको रुपमा तपाईको क्षमतालाई प्रयोग गरिएको जनता महशुस गर्छन् नि ?

म आफुलाई त्यस्तो लाग्दैन । म सामान्य मान्छे हुँ ।

३१). अध्यक्ष प्रचण्ड र तपाईबीचको सम्वन्ध चिसिएको भन्ने हल्ला सत्य हो ?

सच्चा क्रान्तिकारीहरू वीचको सम्वन्ध सधैं एकता-संघर्ष-एकतामा आधारित हुन्छ ।

३२). साँच्चिकै गणतान्त्रिक नयाँ नेपाल निर्माणको निम्ति तपाईंको भिजन/विचार के छ ?

१० वर्षमा गरीवी र पछौटेपनको अन्त्य गर्ने, २० वर्षमा मध्यमस्तरको विकासको तहमा पुग्ने र ४० वर्षमा विश्वकै सम्पन्नतम देशको कोटीमा पुग्ने ।

३३). बढ्दो बेरोजगारी र युवा शक्तिहरु पलायन भइरहेको यो अवस्था रोक्न केही सोच्नुभएको छ कि ?

देशको तीव्र औद्योगिकरण गरेर देशभित्रै उत्पादनशील रोजगारीको सिर्जना गर्ने र विदेश पलायन रोक्ने । यस वर्ष शुरु गरिएको स्वरोजगार कार्यक्रम त्यसको शुरुवात हो ।

३४). तपाइलाई मन पर्ने नेता/नेतृ ?

लेनिन ।

३५). एकीकृत नेकपा माओवादी पार्टीका तमाम कार्यकता/योद्धाहरु तथा व्यारेकमा कष्टकर जीवन बिताई रहेका जनमुक्ति सेनाका कमरेडहरुलाई तपाई के भन्न चाहनुहुन्छ ?

मौलिक ढंगले क्रान्तिसम्पन्न गर्न प्रतिवद्ध वनौं र भविष्यप्रति आशावान वनौं । आवश्यक पर्दा थप वलिदानको निम्ति तयार रहौं ।

३६). आगामी बजेट कस्तो बनाउने तयारीमा हुनुहुन्छ ?

‘उत्पादनशील रोजगार, नयाँ नेपाल निर्माणको आधार’ आगामी वजेटको मुख्य नारा र अन्तरवस्तु हुनेछ ।

३७). पुँजीवादसँगै विश्वभर दिनप्रतिदिन माक्र्सवादीहरूको संख्या बढ्नुको कारण के होला ?

पुँजिवादकै गर्भवाट समाजवाद जन्मने हुनाले पुँजिवादी संकट वढ्दै जाँदा माक्र्सवादी क्रान्तिकारीहरूको संख्या वढ्दै जानु स्वाभाविक कुरा हो ।

३८). माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि अरू दलहरूवाट वढी आलोचित भएको छ नि ?

राम्रो काम गर्नेको आलोचना हुनु स्वाभाविक हो । साथै स्वस्थ आलोचनाले गल्ती सच्चाउन मद्दत पनि पुग्छ । यसवारे मलाई संस्कृतको यो श्लोक भन्न मन लाग्छ- ‘जिवन्तु मे शत्रुगणाः सदैव, एनाम् प्रासादात् सुविचक्षणोहम्, यदा यदा माम् विकृतिम् लभन्ते, तदा तदा माम् परिवोधयन्ति ।’ अर्थात् , मेरा शत्रुहरू सधैं वाँचिरहून् , जसको कृपाले म धेरै चनाखो वनेको छु । किनकि जव जव मैले गल्ती गर्नपुग्छु, तव तव उनहिरूले मलाई सतर्क गराइदिन्छन् ।

साहित्य/कला/मनोरंजन/विविध

३९). कुनै पुस्तक र आफ्नी एक्ली छोरी मध्ये कसलाई बढी प्रेम गर्नुहुन्छ ?

दुवैलाई वरावरी गर्छु ।

४०). अध्ययनको महत्व ?

दुनियाँलाई वुझ्ने र वदल्ने ज्ञान हासिल गर्नु ।

४१). तपाईलाई किताबको किरो भनिन्छ नि ?

त्यस्तो वन्न सके मलाई गौरवको अनुभूति हुनेछ ।

४२). कितावमा उल्लेख गरिने सैद्धान्तिक पक्ष र व्यावहारिक जीवनमा कस्तो अन्तर पाउनुभएको छ ?

सिद्धान्त र व्यवहार वीच नङ र मासुको सम्वन्ध हुनुपर्दछ । त्यस्तो हुन नसकेको सिद्धान्त अन्धो र व्यवहार लंगडो हुन्छ ।

४३). तपाईले सबैभन्दा वढी रुचाएको पुस्तक ?

मैले धेरै पटक भनेको छु , मेरो सर्वकालिक मन पर्ने पुस्तक स्टेफन हकिङको ‘ए वि्रफ हिष्ट्रि अफ टाइम’ हो ।

४४). कुनै मन पर्ने पात्र ?

लुस्युनको उपन्यास ‘आह क्यू को साँचो कथा’ को पात्र आह क्यू मेरो सवभन्दा मन पर्ने पात्र हो ।

४५). तपाईलाई खेल्न र हेर्न मन पर्ने खेलहरु के के हुन ?

मलाई व्याडमिन्टन खेल्न मन पर्छ भने क्रिकेट हेर्न मन पर्छ ।

४६). मन पर्ने लेखक/लेखिका ?

स्टेफन हकिङ ।

४७). मन पर्ने साहित्यकार ?

पारिजात ।

४८). मन पर्ने संगीतकार ?

नेपालका रायन/रामेश र भारतका ए.आर्. रहमान ।

४९). मन पर्ने नायक/नायिका ?

मह जोडी ।

५०). चलचित्र कत्तिको हेर्नुहुन्छ ? हेरेका मध्य सबैभन्दा बढी तपाईंले मनपराएका चलचित्र ?

फुर्सद पाउँदा हेर्छु, तर आजकल धेरै भयो पाएको छैन । श्याम वेनेगलको फिल्म ‘अंकुर’ मेरो सवभन्दा मनपर्ने फिल्म हो ।

५१). अहिलेको परिवेशमा युवाहरुले पढ्नै पर्ने पुस्तक ?

चे ग्वेभाराको जीवनी ।

५२). पढ्दा कस्तो वातावरण मनपराउनु हुन्छ ?

शान्त र एकान्त वातावरण ।

५३). अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

Bad Samaritan

५४). पढ्न कति समय छुट्टाउनुहुन्छ ?

निश्चित् समय आजकल छैन । फुर्सद भएको सवै समय पढ्न मै खर्चन्छु ।

५५). तपाईको वेबसाइटमा आउने पाठक प्रतिक्रिया/सुझावहरुले तपाईलाई के कस्तो मद्दत पुगिराखेको छ ?

आफ्ना सकारात्मक र नकारात्मक पक्ष वुझ्न निकै मद्दत पुगेको ठान्छु ।

५६). वेबसाइटमा आउने सबै पाठकका सुझावहरु पढने समय पाउनुहुन्छ ?

केही दिन विराएर सवै सुझावहरू पढ्ने गरेको छु ।

५७). तपाईंको विचारमा सूचना के हो ?

सत्य र तथ्यको जानकारी नै सूचना हो ।

५८). तपाई सूचना पाउन कुन सञ्चार माध्यम बढी प्रयोग गर्नुहुन्छ ?

पत्रपत्रिका र टि.भी.

५९). विश्वव्यापीकरणलाई प्रतिभा पलायनसँग कसरी दाँजेर हेर्न सकिन्छ ?

प्रतिभा पलायन भनेको असमान विकासको परिणाम हो । देशहरू वीचको विद्यमान असमानता हटाएर मात्रै प्रतिभा पलायन रोक्न सकिन्छ ।

६०). देश/विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई के भन्न चाहनुहुन्छ ?

नयाँ समुन्नत र न्यायपूर्ण नेपाल वनाउन स्वदेशमै आˆनो उत्पादनशील उर्जा खर्च गरौं ।

 प्रस्तूति : विश्वदीप पाण्डे (साभार वावुराम भट्टराइको नीजि वेवसाइड www.baburambhattari.com )

September 5, 2008

मैले बोलेको कार्यान्वयन गरेरै छाड्छु: प्रचण्ड

तपाईंले बोलेका कुरालाई कार्यान्वयन गर्न सक्नुहुन्छ?

 
A. मैले जे बोलेको छु– त्यो कार्यान्वयन गरेरै छाड्छु। सबै राजनीतिक दलसँग सहकार्य र सहमतिका आधारमा आम नेपाली जनतासँग एकता गरेर म अघि बढ्छु।
 
 
Q. कांग्रेससँगको तपाईंको सम्बन्ध कस्तो हुन्छ?
A.

सबै दलसँग सहकार्य गरेर अघि बढ्ने मेरो सोचाइ छ। कांग्रेससँग पनि राम्रो सम्बन्ध विस्तार गर्दै अघि बढ्नुपर्छ भन्ने सोच बनाएको छु।सबै दलसँग सहकार्य गरेर अघि बढ्ने मेरो सोचाइ छ। कांग्रेससँग पनि राम्रो सम्बन्ध विस्तार गर्दै अघि बढ्नुपर्छ भन्ने सोच बनाएको छु।

 
Q. तपाईं प्रधानमन्त्री भइसकेपछि कांग्रेससँग कुरा गर्नुभएको छ?
A.

प्रत्यक्ष रुपमा म प्रधानमन्त्री भइसकेपछि कांग्रेससँग कुराकानी त भएका छैन। तर, म कुराकानी गर्ने सोचाइमा छु। प्रत्यक्ष रुपमा म प्रधानमन्त्री भइसकेपछि कांग्रेससँग कुराकानी त भएका छैन। तरम कुराकानी गर्ने सोचाइमा छु।

 
Q. तपाईं भारत जानुअघि नै कांग्रेससँग कुरा गर्नुहुन्छ?
A.

म भारत जानुअघि सबै राजनीतिक दलसँग कुराकानी गरेर सहमति लिएर नै जान्छु। नेपाली कांग्रेससँग पनि भारत जानुअघि म विशेष कुराकानी गर्ने पक्षमा छु। म भारत जानुअघि सबै राजनीतिक दलसँग कुराकानी गरेर सहमति लिएर नै जान्छु। नेपाली कांग्रेससँग पनि भारत जानुअघि म विशेष कुराकानी गर्ने पक्षमा छु।

 
Q. पहिलो राजनीतिक यात्रा भारतलाई नै किन रोज्नुभयो?
A.

१२ बुँदे समझदारीदेखि लोकतान्त्रिक आन्दोलनलाई सफल तुल्याउन र संविधानसभा निर्वाचन सम्पन्न गराउनसम्म भारतले जुन सहयोग गरेको छत्यो महत्वपूर्ण पक्ष हो। त्यसैगरी नेपाल र भारतको भौगोलिक, सांस्कृतिक र धार्मिक परम्परा समान छ। भारत मित्रराष्ट्र भएका कारणले पनि मैले पहिलो औपचारिक भ्रमणका लागि भारतलाई नै रोजेको हुँ।१२ बुँदे समझदारीदेखि लोकतान्त्रिक आन्दोलनलाई सफल तुल्याउन र संविधानसभा निर्वाचन सम्पन्न गराउनसम्म भारतले जुन सहयोग गरेको छत्यो महत्वपूर्ण पक्ष हो। त्यसैगरी नेपाल र भारतको भौगोलिकसांस्कृतिक र धार्मिक परम्परा समान छ। भारत मित्रराष्ट्र भएका कारणले पनि मैले पहिलो औपचारिक भ्रमणका लागि भारतलाई नै रोजेको हुँ।

 
Q. भारत भ्रमण सफल होला?
A.

एकदम, भारत भ्रमण सफल हुन्छ। एकदमभारत भ्रमण सफल हुन्छ।

 
Q. के कारण सफल हुन्छ?
A.

म अहिले सबै कारण त खोल्न सक्दिनँ। तर मेरो भारत भ्रमण सफलमात्र होइनऐतिहासिक पनि हुन्छ। भारत भ्रमणको संवेदनशीलतालाई हेर्दै म अहिले परामर्श र गृहकार्यमा जुटेको छु। म अहिले सबै कारण त खोल्न सक्दिनँ। तर मेरो भारत भ्रमण सफलमात्र होइनऐतिहासिक पनि हुन्छ। भारत भ्रमणको संवेदनशीलतालाई हेर्दै म अहिले परामर्श र गृहकार्यमा जुटेको छु।

 
Q. भारत भ्रमणको उद्देश्य के हो?
A.

नेपालभारतबीचको सदियौं पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने, दुई देशका बीचमा देखिएका समस्यालाई कूटनीतिक ढंगले समाधान गर्ने र कोशी तटबन्धलगायतका विषयमा देखा परेका अप्ठेरालाई समेत दीर्घकालीन समाधान गर्ने यो भ्रमणको उद्देश्य रहन्छ। तर भ्रमणका क्रममा के के एजेन्डा प्रस्तुत गर्ने भन्ने सन्दर्भमा छलफल जारी नै रहेकोले सवै कुरा खोल्न सक्दिनँ।

नेपालभारतबीचको सदियौं पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउनेदुई देशका बीचमा देखिएका समस्यालाई कूटनीतिक ढंगले समाधान गर्ने र कोशी तटबन्धलगायतका विषयमा देखा परेका अप्ठेरालाई समेत दीर्घकालीन समाधान गर्ने यो भ्रमणको उद्देश्य रहन्छ। तर भ्रमणका क्रममा के के एजेन्डा प्रस्तुत गर्ने भन्ने सन्दर्भमा छलफल जारी नै रहेकोले सवै कुरा खोल्न सक्दिनँ।
 
Q. सेना समायोजन कहिलेबाट सुरु गर्नुहुन्छ?
A.

 मन्त्रिपरिषद्ले पूर्णता पाइसकेको छ। अब हामी विशेष समिति बनाउँछौं। त्यो समितिले सेना समायोजनको प्रक्रिया सुरु गर्छ। मन्त्रिपरिषद्ले पूर्णता पाइसकेको छ। अब हामी विशेष समिति बनाउँछौं। त्यो समितिले सेना समायोजनको प्रक्रिया सुरु गर्छ।

 
Q. भनेपछि तपाईंको पहिलो काम सेना समायोजन पनि हो?
A.

मेरो काम भनेको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु हो। त्यसका लागि सेना समायोजनमा टुङ्गो लगाउनु अपरिहार्य छ। मेरो काम भनेको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु हो। त्यसका लागि सेना समायोजनमा टुुङ्गो लगाउनु अपरिहार्य छ।

 
Q. प्रधानसेनापति हटाउने हल्ला छ नि?
A.

त्यो गलत हल्ला हो। हामी अहिले सेनापति परिवर्तन गर्ने पक्षमा छैनौं। सबैको सहयोग र समर्थन लिएर सरकारले कसैलाई पूर्वाग्रही नराखी अघि बढ्छ। त्यो गलत हल्ला हो। हामी अहिले सेनापति परिवर्तन गर्ने पक्षमा छैनौं। सबैको सहयोग र समर्थन लिएर सरकारले कसैलाई पूर्वाग्रही नराखी अघि बढ्छ।

 
Q. माओवादी पार्टीमा कार्यवाहक अध्यक्ष कसलाई बनाउँदै हुनुहुन्छ?
A.

प्रधानमन्त्री भएपछि पार्टीको नेतृत्व छाड्नुपर्छ भन्ने दुनियामा कहीं पनि यस्तो नियम छैन। हाम्रो पार्टी भनेको केन्द्रीय र एकीकृत नेतृत्वमा चल्नुपर्छ भन्ने मान्यता राख्ने दल हो। त्यसैले अहिले मैले कसैलाई पनि कार्यवाहक अध्यक्ष दिने सोचाइ बनाएको छैन। प्रधानमन्त्री भएपछि पार्टीको नेतृत्व छाड्नुपर्छ भन्ने दुनियामा कहीं पनि यस्तो नियम छैन। हाम्रो पार्टी भनेको केन्द्रीय र एकीकृत नेतृत्वमा चल्नुपर्छ भन्ने मान्यता राख्ने दल हो। त्यसैले अहिले मैले कसैलाई पनि कार्यवाहक अध्यक्ष दिने सोचाइ बनाएको छैन।

 
Q. यो सरकार कति समय टिक्ला?
A.

यो सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा नपुर्‍याउन्जेल र संविधान निर्माण नहुनन्जेल पूरै अवधि टिक्छ। किनभने यो सरकार राष्ट्रिय सहमतिमा बनेको हो। दुई तिहाइ बहुमत प्राप्त गरेर बनेको सरकार हो यो। हामी अहिले जुन जुन पार्टी सरकारमा सहभागी भएका छौं, सबै दलबीच सम्वाद, सहमति र सहकार्यका साथ अघि बढ्छौं। त्यसैले हामी फेरि पनि अर्का निर्वाचनमा बहुमतमात्र हैनदुई तिहाई नै ल्याउन सक्छौं।

यो सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा नपुर्‍याउन्जेल र संविधान निर्माण नहुनन्जेल पूरै अवधि टिक्छ। किनभने यो सरकार राष्ट्रिय सहमतिमा बनेको हो। दुई तिहाइ बहुमत प्राप्त गरेर बनेको सरकार हो यो। हामी अहिले जुन जुन पार्टी सरकारमा सहभागी भएका छौंसबै दलबीच सम्वादसहमति र सहकार्यका साथ अघि बढ्छौं। त्यसैले हामी फेरि पनि अर्का निर्वाचनमा बहुमतमात्र हैनदुई तिहाई नै ल्याउन सक्छौं।
 
Q. तपाईंको सरकारले जनतालाई के राहत दिन्छ?
A.

अब हामी सरकारको नीति तथा कार्यक्रम चाँडै सार्वजनिक गर्दैछौं। त्यस्तै चाँडै नै आउने बजेट मार्फत जनतालाई तत्काल के राहत दिन सक्छौं त्यसबारेमा गम्भीर छलफलमा जुटेका छौं। हाम्रा दीर्घकालीन उद्देश्य के के छन् भन्ने कुरा तपाईंहरुले चाँडै देख्न पाउनुहुनेछ। अब सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत जनताले राहतको अनुभूति पाउनेछन्।

अब हामी सरकारको नीति तथा कार्यक्रम चाँडै सार्वजनिक गर्दैछौं। त्यस्तै चाँडै नै आउने बजेट मार्फत जनतालाई तत्काल के राहत दिन सक्छौं त्यसबारेमा गम्भीर छलफलमा जुटेका छौं। हाम्रा दीर्घकालीन उद्देश्य के के छन् भन्ने कुरा तपाईंहरुले चाँडै देख्न पाउनुहुनेछ। अब सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत जनताले राहतको अनुभूति पाउनेछन्।

कहिलेकाहीँ ठाकठुक त भैहाल्छ: प्रचण्ड पत्नी सीता

विवाह कलिलै उमेरमा गर्नुभा रैछ, अहिले भएको भए बालविवाह मानिन्थ्यो होइन ?

(हा हा.. हा हाँस्दै) अहिलेको भए त्यसै भनिन्थ्यो होला।

मागी विवाह हो ?

हो , मागी विवाह नै हो ।

विवाहभन्दापहिले उहाँलाई देख्नुभएको थियो ?

नाइँ , कुरा चलेपछि मात्र देख्या हुँ । त्यतिबेला गाउँ वा खोलाटोलामा जातभातको चलन थियो। त्यही सिलसिलामा विवाह भएको हो ।

त्यतिबेला कस्तो महसुस गर्नुभयो ?

पत्तै भएन , विवाह गर् याजस्तो देखिन्थ्यो। साथीहरू विवाह गर्नुपर्छ भन्थे तर विवाह गरेर के गर्ने, कसो गर्ने, केही मेसो थिएन ।

उसोभए पञ्चेबाजा घन्काएर विवाह गर्नुभयो  ?

अँ , धुमधाम साथ पञ्चेबाजा बजाएर भएको हो । जेहोस् त्यतिबेला गाउँमै नभएको विवाह भएको हो ।

तपाईंको पढाइ नि ?

अहँ , कत्ति पनि पढेकी छैन । सायद म पोखरामै भइदिएको भए पढ्न पाउथेँ होला । मेरा साथीहरूले सात आठ कक्षा पढ्या छन् । चितवनमा आएपछि वस्तु चराउने, थारू साथीभाइहरूसँग खेल्ने काम भयो । स्कुल धेरै टाढा थियो । बुवाआमाले पढाउन नखोज्या भने होइन । छोरो भैदिया भए जसरी पनि पढाउनुपर्छ भन्ने हुन्थ्यो होला । छोरी भएको नाताले त्यसो भएन । अर्को , ठाउँ र वातावरणले पढ्ने मौका मिलेन ।

तपाईं कत्ति पनि नपढेको मान्छे , पढेको केटासँग विवाह हुँदा अप्ठ्यारो मान्नुभएन ?

त्यतिबेलासम्म उहाँले पनि खासै पढ्नुभएको थिएन । उहाँ दस कक्षा पढ्दै हुनुहुन्थ्यो , विवाह गरेपछि काठमाडौँ पढ्न जानुभयो । त्यस्तो कुनै अप्ठ्यारो भएन ।

तपाईंहरू पुरानो इष्टमित्र पनि हो ?

केही न केही त जोडिएको हो । चितवन बट्यौनी गाविसको सुन्दरबस्ती हाम्रो माइती थियो , उहाँ श्रीनगरको । हिडेर जाँदा १५ मिनेट लाग्थ्यो ।

उहाँ काठमाडौं गएर पढ्न थालेपछि के गर्नुभयो ?

सुरूका दिनमा गाउँका महिलाले जे गर्थे त्यही गरियो । १२ वर्षसम्म सगोलमा बस्यौं । ०३५ सालमा परिवारबाट छुट्टियौं। ०३८ सालमा प्रकाश जन्मियो । त्यसअघि तीन छोरी जन्मिसकेका थिए ।

भनेपछि छोरो पाउने अभिलाषा धेरै ढिलो पूरा भयो , होइन ?

हाँस्दै , मलाई त त्यस्तो केही लाग्दैनथ्यो । सासूलाई नाति नै चाहिन्छ भन्ने थियो । मैले त छोरीहरू भएपछि परिवार नियोजन गर्ने भनेकी थिएँ । उहाँले पनि हुन्छ -हुन्छ भन्दाभन्दै छोरो पनि जन्मियो । प्रकाश जन्मिएपछि त उहाँ भूमिगत भैहाल्नुभयो ।

तपाईँ पनि भूमिगत हुनुभयो ?

त्यस्तै मान्नुहोस ।

तपाईँ राजनीतिमा कहिलेदेखि लाग्नुभयो ?

छोरी पनि भइयो , बुहारी पनि भइयो, महिलाको पीडा पनि भोगियो। ०३५ सालमा अमिक दाइकी श्रीमतीले कक्षा लिने कुरा चल्यो । ठीकै छ , त्यसमा जाऊ न त भन्नुभयो । त्यतिबेला घरबाट निस्कन गार् हो थियो । त्यहाँ गएपछि दिदीको भाषण सुनेर निकै प्रभावित भएँ । त्यसपछि अब आन्दोलन गर्नुपर्छ भन्ने अठोट लिएकी हुँ ।

श्रीमान् राजनीतिमा लागेका बेला कुनै गुनासो गर्नुभयो ?

मैले पढ्न पाइन , दुःख पाएँ भन्ने कुरामा उहाँसँग झगडा गरिन । तर, कयौं कुरा पार्टीसँग सम्बन्धित हुन्छन् नि, त्यहाँ महिलाले खेल्ने भूमिकामा मेलै संघर्ष गरेकी हुँ ।

कस्तो खाले संघर्ष ?

पार्टीभित्र गडबड हुने बेलामा पार्टी फुट्न आँटेको बेला सक्दो भूमिका खेलें । रोल्पामा पार्टीको मिटिङ बसिरहेको थियो , भारतबाट त्यहाँ जाँदा केही गडबड भएको पाएँ । अनि ल है, पार्टी कुनै पनि हालतमा फुटाउन हुन्न भनेर जोडदार कुरा रा राखें। तपाईं दायाँ -बायाँ गर्न पाउनुहुन्न भनेर उहाँलाई पनि भन्थें (हिसिलातिर इंगित गर्दै) । यस्तै कुरामा झगडा हुन्थ्यो, अरू व्यक्तिगत कुरामा होइन । एउटा कुरा त बाल्यकालमा विवाह भयो, हिँजोआजको जस्तो श्रीमान्-श्रीमतीको व्यवहार पनि भएन । प्रचण्डसँगै जन्मियाजस्तो, सँगै हुर्कियाजस्तो , जन्मदेखि नै सँगै रहेजस्तो फिलिङ हुन्छ मलाई, उहाँलाई पनि ।

तपाईंहरूबीच पारिवारिक कुरामा कहिल्यै झगडा भएन ?

पारिवारिक कुरामा , बूढाबूढी सँगै बस्दा त्यस्तो झगडा हुँदैनथ्यो । कहिलेकाहीँ ठाकठुक त भैहाल्छ । आफैभित्र द्वन्द्व हुँदा बेलाबेलामा सोचाइ परिवर्तन हुने भएको अवस्थामा दुई जनामा झगडै हुदैन भन्ने होइन ।

श्रीमान् - श्रीमतीबीच झगडा हुँदा धेरै दिनसम्म नबोलेको कुनै घटना छ ? कहिलेकाहीँ विवाद भए होलान तर आधा घन्टाभन्दा बढी नबोलेको रेकर्ड छैन । उहाँको स्वभावले पनि त्यसो गर्न दिँदैन । बरू मलाई रिस उठ्लाजस्तो हुन्थ्यो ।

तपाईंको बाल्यकालमै विवाह भयो, उहाँले कृषिमा स्नातक गरेपछि वा पछि पार्टीको नेता भएपछि तपाईंलाई छोड्ने त्रास भैरहन्थ्यो कि ?

बाल्यकालमै विवाह भयो । त्यसपछि आमाले खेल्ने भूमिका पनि खेलियो । छोराछोरीलाई पढाउँदा गहना बेचेर , दुनियाँ सास्ती खाएर जीवन यापन गरियो । यस्ता कुरा केही न केही त थाहा भैहाल्छ । यस्तो शंका न पहिले भयो , न पार्टीमा लागेपछि भयो न अहिले छ ।

तपाईंसँगै भूमिगत हुनुभएको हो ?

उहाँ ०३८ सालमा भूमिगत हुनुभयो । उहाँ सुरूमा नारायणगढमा बस्नुहुन्थ्यो । त्यो सबैका लागि पायक ठाउँ थियो । सबैतिरका साथीहरु त्यहाँ आउँथे । उनीहरूलाई खाना पकाएर ख्वाउनुपथ्र्यो । ०४३ सालदेखि म पनि भूमिगत भएँ । ०४६ सालतिर प्रजातन्त्र आएपछि काठमाडौँ गएँ । जनयुद्ध सुरू नहुँदासम्म केटकेटीहरू काठमाडौंमै थिए । त्यतिखेर जेठी छोरीको विवाह भैसकेको थियो , माहिली छोरी पढ्दै थिइन् । त्यहाँ खर्चबर्च चलाइन्थ्यो । जनयुद्ध सुरू भएपछि केटाकेटी राख्नै गार् हो भयो । त्यतिखेर प्रहरीले स्कुल रस्कुलमा दाहाल नाम गरेका केटाकेटी खोज्दै हिँड्न थालेपछि सुरक्षाका लागि भए पनि सँगै लगियो । पछि छोरीहरूको १० /१० कक्षा पढ्दापढ्दै विवाह गरियो भने छोराले १२ कक्षासम्म पढ्न पायो ।

जनयुद्धसुरू गरेपछि काठमाडौँबाट कतातिर लाग्नुभयो ?

यतातिर नजाऊँ कि क्या हो । यो प्राविधिक कुरा पर् यो ।

एक्कासि भूमिगत हुँदा निकै अप्ठ्यारो भयो होला होइन ?

अप्ठ्यारोको त कुरै नगरौं । उकाली -ओराली त कति गरियो, गरियो ।

नेपालका कति जिल्ला घुम्नुभयो ?

त्यसको त मेसै पाइन । जहाँ-जहाँ उहाँ जानुहुन्थ्यो, त्यहीँ गइयो ।

अहिले पार्टीमा के हुनुहुन्छ ?

केन्द्रीय सल्लाहकार छु।

 

प्रचण्ड र बाबुरामबीच धेरै पटक खटपट भैसकेको छ , अहिले दुवै यहाँ हुनुहुन्छ । तपाईँहरू पनि झगडा गर्नुहुन्थ्यो ?

 

किन झगडा गर्ने रु उहाँलाई पनि सोध्नुहोस । मैले भन्थें , खबरदार, यसमा तपाईंको पनि हात छ, दायाँ- बायाँ गर्नुहुन्न । यद्यपी बाहिर जति कुरा आयो, उहाँहरूबीच त्यस्तो वैमनश्य भने थिएन । उहाँहरू (प्रचण्ड र बाबुराम) बीच छलफल पनि हुन्थ्यो , सँगै बस्नुहुन्थ्यो । हामी एकै ठाउँमा खाना खान्थ्यौं ।

तपाईंको विचारमा जनयुद्धले नेपाली महिलालाई के दियो ?

नेपालमा सामन्तवाद , पितृसत्तावाद थियो, अहिले हाम्रो पार्टीमा ४० प्रतिशत महिला सक्रिय छन् । त्यो हेर्दा महिलाको स्तर धेरै बढेको छ र पार्टीको माथिल्लो तहमा उहाँहरू पुग्नुभएको छ ।

तपाईं जनयुद्धमा लागेपछि पढ्न जान्नुभयो रे , हो ?

पढ्न अलिअलि आउँथ्यो । भूमिगत भए पनि अध्ययनलाई बढाउँदै लगें । पत्रिका पढ्छु । कहाँ हाम्रो राम्रो कुरा छ , त्यो पढ्छु ।

सामान्यतया कम्युनिस्ट पार्टीमा सर्वोच्च कमान्डर भनेपछि श्रीमती पनि उत्तिकै प्रख्यात हुने चलन छ । तपाईँ आफूलाई कस्तो महसुस गर्नुहुन्छ ? मलाई घमन्ड छैन । मलाई लाग्छ , पहिले गाउँमा जस्ती थिएँ, त्यस्तै छु । म यी जनता , यी महिलालाई कहिल्यै भुल्दिन । त्यो व्यवहारले देखाउने कुरा हुन्छ । यद्यपि श्रीमान् सँगै हिँड्दा मैले पाएको सम्मान देखेर खुसी लाग्नु स्वाभाविक हो ।

 तपाईहरु धेरै समयसम्म भारतमै बस्नुभयो ?

करिब आठ वर्षजति नेपाल आउने -जाने क्रम चलिरहन्थ्यो ।

आफ्नो छोराको विवाह पार्टीका प्रभावशाली नेताकी छोरीसँग धुमधामका साथ गराउनुको कारण ?

त्यस्तो केही होइन । उनीहरू आफैंले एक -अर्कालाई मन पराएका हुन् । हामी विवाह गर्छौं भने । ठीकै छ भनियो । अनि पार्टीले स्वीकृति दिएको हो ।

 

तपाईँलाई पनि कसैले प्रेम प्रस्ताव गरे होलान् नि ?

 

नाइँ, कहाँ राख्ने ? हरे, त्यो बेलामा प्रेम भनेको थाहै थिएन । त्यसमा पनि बाहुनका छोराछोरीले । एकैपटक आफ्नै बूढासँग प्रेम भयो हा हा.. हा.. (हाँस्दै )

सबै छोराछोरीको विवाह गरियो , जीवनमा धेरै दुःख पनि गरियो । धर्मकर्म गरौं, तीर्थधाम जाऊँजस्तो लाग्दैन ?

के को तीर्थ ? त्यसै तीर्थजस्तो हुन्छ हामीलाई त । जिन्दगीभर तीर्थ गए जस्तो भएको छ । ५३ वर्ष भइयो, घुमिएकै छ, यही हो तीर्थ हाम्रा लागि । धर्मप्रति त पहिलेदेखि नै पटक्कै विश्वास लाग्दैनथ्यो मलाई ।

बाहुनकी छोरी तथा बुहारी भएर पनि त्यस्तो कट्टर किन ?

बुवा १४ वर्ष बर्मा पुगेर आउनुभाको मान्छे । घरमा आमाले पूजाआजा गर्नुहुन्थ्यो । बुवाले हकार्नुहुन्थ्यो , ए बूढी ढुंगा पुजेर पनि धर्म हुन्छ र रु बुवाको त्यस्तो कुरा सुनेर होला, मलाई सानैदेखि धर्मप्रति आस्था जागेन ।

खाना आफै पकाउनुहुन्छ ?

आफ्नो कोठा भएको ठाउँमा भाँडा छन् भने पकाउँछु ।

कस्तो खानामा रुचि लाग्छ ?

दाल , भात, तरकारी । प्रायः साग पकाइन्छ । माछा-मासु पनि खाइन्छ ।

तपाईँ महिला भएर घर , परिवार, सासू - ससुराको सेवा गर्नुपर्नेमा अध्यक्षसँग बस्न थाल्नुभयो । यसले पारिवारिक कर्तव्य निर्वाह गर्न पाइन भन्ने लाग्दैन ?

व्यक्तिगततिर गइन म । यो पाइन , त्यो पाइन भनेर पनि कहिल्यै भनिन । पार्टीमा लागिसकेपछि व्यक्तिगत कुरातिर त्यति ध्यान गएन । यो कुरा उहाँहरूलाई पनि थाहा होला (  हिसिलातिर लक्षित गर्दै) । बाल्यकालमा सासू -ससुराको स्याहार गरियो । पार्टीमा लागेपछि परिवारभन्दा पनि पार्टीकै चिन्ता लाग्न थाल्यो । पार्टीलाई कसरी जोगाउने हो , उहाँ (अध्यक्ष) लाई कसरी बचाउने हो भन्ने कुरामै लागियो ।

तपाईँहरू यत्रो वर्ष भूमिगत हुनुभयो, कुनैबेला संयोगले जोगिएको अनुभव छ कि ?

त्यस्तो त कति परियो -परियो । डेढ वर्षअघि रोल्पा गएको बेला हामीहरू बसेकै घरमा सेनाले बमबारी गर्यो ।

भारतमा पनि अप्ठ्यारो हुन्थ्यो होला ?

भारतमा त कति हुन्थ्यो भनेर साध्य छैन । अर्काको देशमा बस्या छ , त्यही पनि खोजिराख्या छ । नेपालमा झोलामा टाउको ल्याऊ र झोलाभरि पैसा लिएर जाऊ भनेर मूल्य तोक्या छ । भारतमा कतिखेर के हुने हो , डरैडर थियो । मलाई पनि खुबै टेन्सन हुन्थ्यो ।

जनयुद्धमा लागेर निजी जिन्दगी नै दुःखैदुःखमा गएजस्तो लाग्दैन ?

जिन्दगीको त कुरै छोडौं । हाम्रो पीडा भन्नुहोस् त, यहाँभित्र खुसी पनि छन्, धेरै कुरा भोगियो । घरपरिवार पूरै छताछुल्ल हुँदोरहेछ । सम्पत्तिको नाममा चितवनमा एक कठ्ठा जमिन छ । त्यो पनि कहाँ छ , पत्तो छैन ।

 

तपाईं अहिले सासू हुनुहुन्छ , जनयुद्धमा १५ हजारभन्दा बढीको बिचल्ली भयो । हजारौं निमुखा सुरक्षाकर्मीका पत्नी विधवा भए । तिनमाथि दया लाग्दैन ? किन नलाग्नु ? दया मात्र होइन, हामी रातका रात नसुत्या बेला पनि छ । हाम्रा पीडा भन्नुहुन्छ भने यति मार्यो उति मार् यो भन्दा निकै पीडा हुन्थ्यो । शाही सेनाका अबोध जवानहरू मारिँदा तीनका परिवारले के गर्लान् , तिनीहरूमा कति पीडा भयो होला भनेर चिन्ता हुन्थ्यो ।

 

माडीजस्ता धेरै घटना गराएर थुप्रै निर्दोष मानिसको ज्यान पनि लिनुभयो नि ?

माडीको कुरै नगर्नुहोस् । माडीले कति दिन , कति हप्ता हामीलाई टेन्सन गरायो , मुडअफ गरायो । त्यत्रा जनतामाथि त्यस्तो हुनु दुर्भाग्य हो , ठूलो भूल हो ।

तपाइ रुनुहुन्छ ?

रोइन्छ कुनै बेला । चिने -जानेका साथीहरू पर्दा रुन्छु । अहिलेसम्म सबैभन्दा बढी पीडा भएको घटना लिस्नेको हो । जुन बेला सबै पत्र-पत्रिकाले आठ, नौ सय माओवादी मरे भनेर प्रचार गर् यो । रेडियो नेपालले पनि त्यस्तै भन्यो । त्यतिबेला फोन थिएन, सेटलाइट फोन पनि थिएन । मान्छे पठाउनुपथ्र्यो , अनि मात्र सही सूचना आउँथ्यो । अलि गार् हो थियो । ५र ६ दिनसम्म प्रस्ट कुरा नआउँदा उहाँलाई पनि निकै टेन्सन भयो । मलाई पनि त्यतिखेर खान मन लागेन , निद्रा पनि लागेन । जब बीबीसीले, सेनाले जे भन्या हो, त्यो उल्टो रै छ भन्यो अनि हामीलाई ठूलो राहत भयो । यस्ता थुप्रै घटना छन , जतिबेला हामी रोएका छौं । विस्तारै बानी पर्दै गयो । युद्ध हो , यस्तो हुन्छ । युद्धमा अघि बढ्नका लागि थुप्रै कुरा सहनुपर्छ भन्ने लाग्यो, त्यसरि नै चित्त बुझाइयो ।

प्रचण्ड र बाबुरामका छोराछोरी भारतमा सेभ गर्ने र अन्य गरिबका छोराछोरीलाई मर्न पठाएको भन्ने आरोप पनि छ नि ?

त्यो झूटो कुरा हो । हामीले छोराछोरीलाई पढाएर ठूला -ठूला स्कुलमा राख्या त होइन । जहाँ गए पनि पार्टीकै काम गरिरहेका छन उनीहरू ।

, आम समुदायलाई मिलिसियाकरण गराउँदै लाने भन्ने माओवादीको नीति छ । तपाईंले हतियारसम्बन्धी कुनै तालिम लिनुभएको छ ?

नाइँ लिएको छैन । युवावस्थ्मा पड्काउने बेलामा त्यो हामीसँग थिएन । अहिले छ , तर पड्काइएको छैन।

महिलालाई आरक्षण दिनुपर्छ भन्ने नारा आएको छ, तपाईंको धारणा के हो ? आरक्षण भनेको के हो , मैले बुझेकी छैन। महिलालाई यति चाहिन्छ भनेर तौलिने कुरा होइन। त्यो त महिलाले प्रयास गरेर धेरै लिनुपर्छ जस्तो लाग्छ । महिलाले कस्सिएर आफ्नो माग राख्नुपर्छ।

अन्तमा , जनयुद्धमा राज्य र माओवादी दुवैतिरका मानिसको ज्यान गयो । तिनको भविष्यप्रति माओवादीको के सोच छ ?

भोली सत्तामा पुगेपछि तिनीहरूलाई हेर्नुपर्छ जस्तो लाग्छ । द्वन्द्वमा पीडा पाएकाहरू केही अभिजात वर्गका होलान् त्यो छुट्टै कुरा हो । नभए धेरैजसो सामान्य परिवारका पुलिस , सिपाहीका परिवारले बढी दुःख पाएका छन। तिनीहरूमाथि मानवीय व्यवहार गरिनुपर्छ, उचित व्यवस्था गरिनुपर्छ। जनयुद्धमा पुलिस, सिपाहीका परिवारले बढी दुःख पाएका छन।

(यो नारीले लिएको अन्तर्वार्ता हो । अहिले उनका पती प्रचण्ड देशको प्रधानमन्त्री भएकाले रोचक होला भन्ने ठानेर यहाँ  साभार गरिएको हो )

August 8, 2008

राष्ट्रपति हारेर नमज्जा लाग्यो: रामराजाप्रसाद

आजभोलि के गर्दै हुनुहुन्छ ?
नवजनवादी मोर्चालाई पुनर्गठन गर्दै छु ।

चुनावमा देशभरि जम्मा पाँच हजार मत ल्याउनुभयो । मोर्चा अब ब्युँतला ?

ब्युँतन्छ ।
तपाईं अध्यक्ष रहेको नवजनवादी मोर्चाको एक घटक पूर्वी नेपालमा चौकी हान्दै हिँडेको छ । त्यसमा तपाईंको पनि समर्थन छ ?

छैन ।
तर मोर्चाको अध्यक्षका नाताले त्यसको नैतिक र राजनीतिक जिम्मेवारी तपाईंले लिनुपर्दैन ?

मैले हानेको होइन । उहाँहरूको कुरा हो ।
समर्थन नभए त तपाईंले उनीहरूलाई मोर्चाबाट हटाउनुपर्ने होइन ?

मलाई उहाँहरूसँग मिसिनु पनि थिएन, दबाब पनि दिनु थिएन । यत्ति हो, अहिले हाम्रो सम्बन्ध शिथिल छ ।
माओवादीले वाम तालमेलको सम्भावनासमेत त्यागेर तपाईंलाई राष्ट्रपति उठाए । तपाईंलाई राष्ट्रपति दिने माओवादीको कुनै कमिटमेन्ट थियो ?

हामीले माओवादीलाई सहयोग गरेका थियौं, साथ दिएका थियौं । तर, हामी त्यहाँभित्र थिएनौं । त्यसैले कमिटमेन्टको कुरै आएन ।
बाह्रबुँदे समझदारीमा पनि तपाईंको भूमिका थियो ?

मेरो रोल थिएन । मबाट त त्यसको विरोध भएको थियो । प्रेस रिलिज नै गरेको, मैले । मैले त्यसबेलै भनेको थिएँ- क्रान्तिमा सम्झौता हुँदैन । सम्झौताबाट क्रान्तिकारीहरू त बाँच्लान् तर क्रान्ति मर्छ ।
त्यसो भए तपाईं अहिलेसम्मको शान्तिप्रक्रियाका पक्षमा हुनुहुन्न ?

होइन, केवल बाह्रबुँदे समझदारीको, जुन दिल्लीमा भयो ।
दिल्लीमा नभएर काठमाडौंमा भएको भए……?

गर्दिनथें ।
तपाईंले सम्झौता गर्नुभएन तर न तपाईंको क्रान्ति रह्यो न तपाईंका क्रान्तिकारी । होइन ?

क्रान्ति सकिएन, नयाँ शक्तिका रूपमा माओवादी आए ।
माओवादीको क्रान्ति तपाईंहरूकै निरन्तरता थियो ?
त्यो श्रेय मलाई नदिनुस् । त्यो यदाकदा प्रचण्डजी नै भन्नुहुन्छ ।
तपाईंले ‘क्रान्ति’लाई जनताको माझमा लैजानुभएन । सोझै नारायणहिटी र रापंस भवन ताक्नुभयो । सोझै केन्द्र ताक्ने तपाईंहरू र गाउँ पस्ने माओवादी कसरी एउटै हुन् ?

हामी बढी स्वप्नदर्शी थियौं, माओवादी बढी व्यावहारिक देखिए । तर, लक्ष्य एउटै थियो ।
माओवादीहरूसँग पहिलो तपाईंको सम्पर्क कहिले भयो ?

उहाँहरू आफैंले सम्पर्क गर्नुभएको हो । नवजनवादी मोर्चाका धेरै मान्छे माओवादीमा आएका थिए । जस्तै राम कार्की, कुमार पौडेल र अरूहरू । पछि प्रचण्डले भन्नु पनि भयो- माओवादीले विस्फोट गरेको पहिलो बम जनवादी मोर्चाकै साथीहरूले बनाएर दिएका थिए ।
प्रचण्डसँग पहिलो भेट कहिले भयो ?

बाबुराम भट्टराई र उहाँको मिसेस आउनुभएको थियो, पटनामा । राम कार्कीसँग । उहाँले भन्नुभयो कि प्रचण्डजी भेट्न चाहनुहुन्छ, कहाँ भेट्ने ? मैले भने- ठाउँ भन्नुस्, म पुगिहाल्छु । अनि राम कार्कीले नै मलाई प्रचण्डसँग भेट गराइदिनुभयो ।
कहाँ ? कहिले ?
दिल्लीमा हो । विशाल तर ‘अनफिनिसिङ’ हाउजिङमा । नेपाली चौकीदार रहेछन्, त्यहाँ । बन्दै गरेको घरको कोठामा भेटेको । सातदलीय समझदारी भइसकेको थिएन, त्यतिखेर ।

के कुरा भयो ?

मैले भने- क्रान्तिमा सम्झौता हुँदैन । आफ्नै बाटो बगेर जान्छ, क्रान्ति । सम्झौता नगर्नुहोला ।
तर, उहाँहरू लगत्तै सम्झौतामा जानुभयो, तपाईंले के भन्नुभयो ?

मैले वक्तव्य निकालेर विरोध गरें ।
दिल्ली र माओवादीलाई जोड्ने कडी हो रे नि, तपाईं ?

होइन ।
अघि लबिङ गरेँ भन्नुभएको होइन ?

त्यस्तो लबिङ होइन । मैले त दूतावासहरूलाई आफ्ना डकुमेन्ट दिएको हुँ, माओवादीको समर्थनमा ।
माओवादी तपाईंलाई किन राष्ट्रपति बनाउन चाहन्थे ?

प्रथम गणतन्त्रवादी भनेर होला । गणतन्त्रको प्रतीक भनेर पनि होला ।
तर, तपाईं संविधानसभा चुनावमा देशभर कुल पाँच हजार मत ल्याएको मान्छे । राष्ट्रपति बन्न नैतिक असजिलो थिएन ?

मैले चुनाव लडिनँ । कसरी हारजितको प्रश्न उठ्छ ?
पार्टी त लड्यो नि ?

लड्यो तर हार्‍यो ।
पार्टी हारेपछि त्यसको अध्यक्ष हारेन त ?

पार्टीमा नरामै्र हार भो । पार्टी हारेपछि पक्कै म पनि हारँे । तर, म मेरो पार्टीबाट राष्ट्रपति त लडिनँ ।
प्रचण्ड र तपाईंले यस्तै जोडी बनाउन चाहनुहुन्थ्यो ?
प्रचण्डले त्यही त भन्नुभयो- यसैकारण त राष्ट्रपति बन्नुपर्‍यो तपाइं ।
तर, त्यसबेला माओवादीको एमालेसँग पनि कुरा भइरहेको छ भन्ने थाहा थियो नि तपाईंलाई ?

त्यो त मैले सोध्ने कुरा भएन ।
माओवादीले माधव वा अरू कसैलाई राष्ट्रपतिमा अघि सारेको भए ‘धोका’ महसुस गर्नुहुन्थ्यो तपाईं ?

ठीक छ, हिज च्वाइस । मलाई केही थिएन । प्रचण्डजीले माधव नेपाललाई मानेको भए म हार्दिकतापूर्वक छाडिदिन्थें ।
नारायणहिटी संग्रहालयको उद्घाटनका दिन भारतीय राजदूतले तपाईंलाई बधाई दिइसक्नुभएको होइन ?
मेरो पहिलो भेट त्यही दिन भएको हो, उहाँसँग । एकजनाले लिएर आए अनि चिनजान गराए- इन्डियन एम्बेस्डर भनेर । त्यस्तो बधाई दिएको त होइन ।
कति लामो कुरा भयो ?

हार्डली फ्यु सेन्टेन्सेस् ।
त्यो ‘फ्यु सेन्टेन्सेस्’भित्र तपाईं राष्ट्रपति बन्दै हुनुहुन्छ भन्ने थियो ?

एम्बेस्डर केम टु मि । र, उहाँले मलाई इन्ट्रड्युस गर्नुभयो । यत्ति भन्नुभयो- तपाईं ठूलो जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ, शुभकामना छ ।

नेपालमा भारतीय राजदूतको शुभकामना पनि त बरदानसरह मानिन्छ भन्ने थाहा छैन र तपाईंलाई ?
मेरो कहिल्यै त्यस्तो चिन्तन रहेन । फेरि उनले त्यसभन्दा बढी केही भनेका पनि होइनन् । हुन त अरू भन्नुपर्ने के थियो र ?
तपाईं राष्ट्रपतिमा किन हार्नुभयो ?

जनताले भोट दिएनन् ।
जनता कहाँ थिए ? त्यहाँ त सबै नेता थिए ।

जनताका प्रतिनिधि नै त हुन् ।
प्रतिस्पर्धी रामवरणसँग तपाईंको कस्तो सम्बन्ध छ ?
रामवरणसँग मेरो भेट भएकोजस्तो लागेन, कहिल्यै । त्यही चुनावका दिन हात मिलाएजस्तो लाग्छ । त्यो पनि पछि टिभीमा उहाँको चेहरा हेरेर थाहा पाएँ- यो व्यक्तिले त मसँग हात मिलाएको थियो । उहाँसँग मेरो कहिल्यै दोहोरो संवाद भएजस्तो लागेन ।
तपाईं राष्ट्रपति भएको भए सरकार बनिसक्थ्यो अहिलेसम्म ?
हेर्नुस्, म पहिल्यै भन्छु- यो संविधानसभा देशका लागि धेरै खतरनाक हुनेछ । बरदान दियो भने पनि गजब बरदान दिनेछ, श्राप दियो भने पनि भयानक श्राप दिनेछ ।

हाम्रो प्रश्न सरकार गठन भइसक्थ्यो भन्ने हो ?

यदि म भएको भए शायद यस्तो डेडलक नहोस् भनेर सिरियस् कुरा गर्थें ।
त्यसो भए तपाईं चुनाव हार्नुमा इन्डियाको रोल छ ?
केही व्यक्तिको नाम त आएको छ तर म आफ्नो हार अस्वीकार गर्न चाहन्न । आई एसेप्टेड ।

बाहिर चर्चा छ, तपाईंलाई उठाउन र हराउन पनि इन्डियाको रोल थियो ….।

सब बेकार कुरा हो । मलाई उठाएको त प्रचण्डजीले हो ।
फोरमले सुरुमा तपाईंलाई समर्थन गर्छु भनेर पछि गरेन, किन ?

नेचुरल्ली उनीहरूको आफ्नो राजनीति थियो, स्वाभाविक हो ।
पटना बैठकपछि उपेन्द्र यादव तपाईंसँग रिसाउनुभएको थियो रे, हो ?

उहाँ त इन्कार गर्नुहुन्छ । बैठकमै थिइनँ, भन्नुहुन्छ ।
तर, तपाईंले त उहाँ हुनुहुन्थ्यो भन्नुहुन्छ, होइन ?

हुनुहुन्थ्यो त ।
पटना बैठक असफल बनाएको दण्ड हो त यो ?

हुन सक्छ । तर, म उपेन्द्रजीकहाँ दुई-तीनपटक गएको थिएँ । गोप्य मतदान हो, दिनुभयो-दिनुभएन उहाँको कुरा हो । समीकरण नै एगेन्समा थियो । तर, मधेसका धेरै नेता र फोरमकै पनि धेरैले मलाई भोट दिए । जयप्रकाशआनन्दले पनि मलाई भोट दिए, क्रस भोटिङ गरेर ।
तपाईं मधेसको सबैभन्दा ठूलो सिम्बोल मानिनुहुन्थ्यो । तर, चुनावले त्यो गलत प्रमाणित गरेन ?

दुःखद् कुरा भनौं । मैले मधेसमा कहिल्यै जितिनँ । जितेँ- काठमाडौंमा मात्र । मधेसमा म ०५१ सालमै हारेँ, आमचुनावमा । सिराहाबाट उठेको थिएँ । तर, काठमाडौंमा ०२८ सालमा स्नातकका तर्फबाट चुनाव जितेँ ।
राष्ट्रपति हारेर नमज्जा लागेन ?

आफ्नै आफन्तसँग पनि हार्नु नमज्जा लाग्छ नि । तासको बि्रज हुन्छ नि, त्यसमा हार्नु पनि मज्जा त हुन्न । पिन्च गर्छ नि- ब्याडमिन्टनमा, टेनिसमा जेमा हारे पनि ।  केही भएन, दुःख लागेन भनौं कि त झूट भइहाल्छ ।
कति पिन्च भयो ?

अलिकति । अब त अभ्यस्त भइसकेको छु । तर, एक दिन खल्लो लाग्यो । डिफिड डिफिड हो । मलाई एउटा के लाग्यो भने माओवादीका लागि राष्ट्रपति जित्न सकिनँ ।
राष्ट्रपति पनि माओवादीका लागि हुन्छ ?
म उनीहरूको क्यान्डिडेड नि ।
फोरमसँग रिस उठेन ?
केको रिस ?

उनीहरूकै कारण हार्नुभयो नि ?

उनीहरूलाई पनि आफ्नो उम्मेदवारलाई जिताउन थियो होला । आफ्नो राजनीति थियो होला ।
प्रचण्डलाई खेलौना राष्ट्रपति चाहिएको थियो रे, हो ?

म सिद्धान्तमा अडिने मान्छे । संविधान मिचेर म उहाँ (प्रचण्ड) का लागि पनि केही गर्दिनथेँ । यो प्रचण्डलाई थाहा थियो ।
चुनाव हारेपछि प्रचण्ड-बाबुरामसँग केही कुरा भयो ?

मतपरिणाम सार्वजनिक भइसकेपछि म फेरि संविधानसभा भवन गएको थिएँ, इलेक्टेड प्रेसिडेन्टलाई बधाई दिन र प्रचण्डजीलाई धन्यवाद दिन । तर, म पुग्दा त सबै हिँडिसकेछन् ।
प्रचण्डलाई के भन्न चाहनुहुन्थ्यो ?
थ्याङ्क्यु । सरी आई कुड नट विन फर यु ।
राष्ट्रपति चुनावले नयाँ धु्रवीकरणको सूत्रीकरण गर्‍यो । तपाईं त्यसको माध्यम बन्नुभयो, होइन ?
राष्ट्रपति चुनावको ध्रुवीकरण मविरुद्ध अलिअलि थियो, धेरै त माओवादीविरुद्ध नै थियो । क्रान्तिको यो फेजलाई धेरै देश असफल बनाउन चाहन्छन् । र, माओवादीलाई पनि ।

इन्डिया ?
‘मे वी ।’
तपाईंको हारमा इन्डिया कतै थियो कि थिएन ?
नो कमेन्ट ।

By: Naya Patrika

August 3, 2008

बुद्धि नपुर्‍याउँदा वामपन्थीहरू समाप्त भएका छन: माधव नेपाल

राष्ट्रपतिको निर्वाचनअघि र पछिको राजनीतिमा के भिन्नता पाउनुभयो?
हामी सहमतिबाट सङ्ख्यातर्फ गयौँ। मावादीले विचारको आधारमा अघि बढ्ने कुरा तोडेकाले यस्तो भएको हो। राजनीतिमा सदाको शत्रु र सदाको मित्र कोही हुँदैन। समयक्रममा समीकरण बदलिन सक्छ। मावादीले एउटा ठूलो अवसर गुमाए।

सरकार निर्माणमा सहमति हुन्छ?
संविधान निर्माण सबैको साझ् प्रतिबद्धता हो। जस्तै कटुता भए पनि कुनै पनि दल जनता र परिवर्तनको विपक्षमा जान सक्दैन। सरकार सञ्चालनमा मिलेसम्म मिल्छौँ, नमिले अलग्गिन्छौँ। तर संविधान निर्माणमा एकै ठाउँमा नआई सुख छैन। सरकारको बारेमा मावादीको कोसँग विश्वास र विचार मिल्छ उसैले जान्ने हो।

मावादीले त विभिन्न शर्तहरु अगाडि सारेको छ नि?
मावादी सरकारमा जान आतुरता देखाउँदै १० थरी प्रस्ताव राख्छ, जान्न पनि भन्छ! तिनमा सत्तामोह कति छ, सबैलाई थाहा छ। मावादीको कुराबाट तर्सनुपर्ने कुनै कारण छैन। नेपाली जनताले ज्ञानेन्द्रको दादागिरी त सहेनन् भने पुष्पकमलको किन सहन्छन्? तीन पार्टीको गठबन्धन अप्राकृतिक र अस्वाभाविक होइन, मावादी व्यवहारको स्वाभाविक परिणाम हो। यो टुट्दैन, अगाडि बढ्छ र अरू पनि सामेल हुन सक्छन्। मावादी पनि आए हुन्छ।

राष्ट्रिय राजनीतिमा तपाईंहरुको पार्टीको भूमिका हराउँदै गएको हो?
होइन, त्यसलाई क्यापिटलाइज गर्न नसकिएको हो। मुलुकको राजनीतिको सैद्धान्तिक पक्षमा एमालेको नेतृत्व स्थापित छ। लोकतान्त्रिक गणतन्त्रको मुद्दा पहिलो पटक एमालेले नै ल्याएको हो, २०६२ साउनमा। त्यतिबेला अस्पष्ट रहेको मावादीले असोजमा मात्रै निर्णय गर्‍यो। काङ्ग्रेसलाई पनि यो धारमा हामीले नै ल्याएका हौँ। सेनाको घेराबन्दीबीच बुटवलबाट शुरु भएको एमालेको अभियानले देशभर आन्दोलनको लहर ल्यायो। अहिलेको राष्ट्रिय कार्यभार राज्य पुनर्संरचना, समावेशी लोकतन्त्र र सामाजिक-आर्थिक रुपान्तरण मदन भण्डारीको नेतृत्वमा हामीले विकास गरेको बहुदलीय जनवादबाटै सम्भव छ। क्रान्तिकारी परिवर्तनकामी जनता मावादी एकदलीय उग्रवामपन्थी धारमा छैनन्, न काङ्ग्रेसको यथास्थितिवादी प्रजातन्त्रको पक्षमा छन्। एमालेको वास्तविक र गतिशील लोकतन्त्रबाटै प्रगतिशील परिवर्तन सम्भव छ।

राष्ट्रपतिमा तपाईंको नाम पार्टीमा कायम सत्तालिप्साको कारण आएको हो?
मलाई त्यस्तो लाग्दैन। पहिलो, व्यक्तिको मूल्याङ्कनको कुरा हो। दोस्रो, मुलुकलाई केही गरौं भन्ने भावना। दुई पार्टीबीच सम्बन्ध र विश्व्ाास बढ्ने, मुलुकलाई परिवर्तन गर्न सकिने, संविधान निर्माणमा सहयोगी हुने भनेरै पार्टीले त्यस्तो सोचेको हो। कतिपयले पार्टीको सक्रिय राजनीतिबाट अलग गर्ने षड्यन्त्र भने पनि मलाई त्यस्तो लाग्दैन।

मावादीसँगै राष्ट्रपति निर्वाचनको गठबन्धन गर्न कसरी पुग्नुभयो?
चुनावको पाटो समाप्त भएपछि हामीले राष्ट्रिय चुनौती सामना गर्न मावादीको उग्रवामपन्थी घेराभित्र नपर्ने तथा काङ्ग्रेसको यथास्थितिवाद र कुशासनको चक्रव्यूहबाट मुलुकलाई मुक्त गर्ने कार्यनीति बनायौंर सबैको साथ लिएर वामपन्थीहरूको नेतृत्वमा अघि बढ्न खोज्यौँ। मावादीको हामी नै पर्याप्त छौँ, अरूलाई किन साथ लिने भन्ने अधिनायकवादी र सर्वसत्तावादी सोच थियोतापनि अरूलाई सँगै लैजानुपर्नेमा उनीहरूसँग लामै कुरा भयो। तर अन्तिममा धोका भयो।

तपाईंहरुको गठबन्धनले काङ्ग्रेसलाई एक्ल्याउन खोजेको हैन र?
होइन।मैले पुष्पकमल दाहाललाई प्रस्टै भनेको थिएँ― ६० वर्षदेखि नेपालको राजनीतिमा क्रियाशील र स्थापित शक्तिलाई सङ्क्रमणकालको यो चरणमा माइनस गर्ने गल्ती गर्नुहुन्न, तर सधँैभरी काङ्ग्रेसको नेतृत्व नै चाहिने मानसिकताबाट पनि मुक्त हुनुपर्छ। वैशाली होटलमा मावादीसँग वार्ता हुँदा गिरिजाबाबुले फोन गरेर शेरबहादुर र रामशरण महतले भेट्छन् भन्नुभयो। शेरबहादुरले आफ्नै घरमा बोलाएपछि म र अमृत बोहरा गयौँ। उहाँले मलाई राष्ट्रपतिमा गिरिजाबाबुका लागि प्लिड गरिदिनुपर्‍यो भन्नुभयो। म त स्तब्ध भएँ। मैले त माधवजी अब तपाईंको काँधमा जिम्मेवारी आयो भन्ने सन्देश पठाउनुभएको होला भन्ठानेको थिएँ।

गिरिजाप्रसादलाई राष्ट्रपति बनाउन एमाले किन तयार नभएको नि?
मावादी काङ्ग्रेसलाई राष्ट्रपतिमा स्वीकार्ने पक्षमा थिएन। यसको अर्को पाटो पनि थियो― काङ्ग्रेसले आजसम्म मुलुकलाई योग्य नेतृत्व दिन सकेन। आन्दोलन, सङ्क्रमणकाल, संविधान निर्माण सबै काम एउटैको नेतृत्वमा हुनुपर्छ भन्ने छैन। गिरिजाबाबुले पटक-पटक आन्दोलनपछि आफ्नो मिसन पूरा हुने र आफूलाई सत्ताको लोभ नभएको बताए पनि उहाँ नै प्रधानमन्त्री हुनुभयो। पछि चुनावपश्चात् मिसन पूरा हुन्छ भन्नुभयो, फेरि राष्ट्रपतिको इच्छा गर्नुभयो। राजा ज्ञानेन्द्रकै पालामा प्रमका लागि मलाई प्रस्ताव गरेकाले गिरिजाबाबुले आन्दोलनपछि भन्नुहोला भन्ने लागेको थियो, तर भन्नुभएन। यहाँ गुन कसैले नहेर्ने रहेछ। स्वार्थी र मतलवीकै हाईहाई हुने तथा त्याग र बलिदानको कुनै मूल्य नहुने! अब के सत्ता पाउन मैले पनि स्वार्थी र मतलबी नै हुनुपर्ने!

तपाईंलाई त पदलोलुप भन्ने आरोप लाग्छ!
आन्दोलनपछि मैले गिरिजाबाबुलाई प्रमको प्रस्ताव गरेँ। यसमा मेरो आलोचना भयो,शेरबहादुरजी समेत रिसाउनुभयो। राजाबाट शासनाधिकार खोसेको दुई दिनसम्म प्रमको नाम तय नहुँदा नकारात्मक सन्देश जाने भएकाले उहाँलाई प्रस्ताव गरेको र आफू पदको लागि आतुर छैन भन्ने सन्देश दिएको थिएँ। राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्दलाई प्रम बनाउनुअघि मलाई प्रस्ताव गरेका थिए। समाचारपत्रका पुष्करलाल श्रेष्ठ घरमै आएर जवाफ खोज्नुभएको थियो, हुन्न भनेर पठाएँ। त्यसअघि सेना र राजाको एडीसीमार्फत पनि प्रस्ताव आएको थियो। अहिले पनि साथीहरूबाट दबाब आएपछि राष्ट्रपतिका बारेमा नबोलेको हुँ, तर मावादीप्रति विश्वास थिएन। मैले पार्टीमा राष्ट्रपतिको चक्करमा फस्दिनँ जनतालाई भन्छु भनेँ, तर साथीहरूले यो मेरो कुरा मात्र नभई देश, पार्टी र समयको माग हो भनेपछि चुप लाग्नु पर्‍यो। ब्राजिल जानुअघि राष्ट्रपतिमा अकारण नाम लिएर मेरो चरित्रहत्या नगर्नुस् भन्ने सन्देश चाहिँ दिएर गएको थिएँ। पदको मोह भएको भए यहीँ ढुकेर बस्थेँ।

दुई-दुई ठाउँबाट हारेको भएर राष्ट्रपति स्वीकार्न गाह्रो भएको हो त?
चुनावको जीत-हारले महासचिव पदबाट राजिनामा दिन आवश्यक थिएन भन्ने पुष्पकमल र उनका हितैषीहरू हामीलाई हरूवा भनेर सार्वजनिक अपमान गर्छन्। कस्तो द्वैध चरित्र हो यो? २०४८ सालको चुनावमा हामीले कृष्णप्रसाद भट्टराईलाई हरायौँ, तर हरूवा भनेनौँ। २०५१ मा काङ्ग्रेसलाई हरायौँ, अपमान गरेनौँ। तर मावादीले एकपटक चुनाव जित्दा तलदेखि माथिसम्म अपमान गरेका छन्। मेरो स्वाभिमानमाथि हमला गरेका छन्। अरू भए बहुलाउँथे।

राष्ट्रपतिमा तपाईंको नाम कसरी अगाडि आयो?
मावादीले गिरिजाप्रसादलाई स्वीकार नगर्ने बताएपछि साथीहरूले तपाईंले किन आँट नगर्ने भन्न थाल्नुभयो। वामपन्थी नेतृत्वको तर्क गरियो। मैले जानु ठीक हुँदैन भने पनि उहाँहरूले गिरिजाप्रसादपछिको व्यक्तित्व तपार्इं नै हो भन्न थाल्नुभयो। यो मुलुकमा गिरिजाप्रसाद कोइरालाले प्रमुख हुन पाउने हो भने माधव नेपालले किन नपाउने भन्ने प्रश्न पनि छ। भूमिकाकै कुरा गर्दा कसैले भन्न सक्छ, शान्तिप्रक्रियालाई यहाँसम्म ल्याउन वा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न मेरो भूमिका छैन भनेर?

तर तपाईं अस्वीकार्य हुनुभयोनि त!
कतिको खेती नै भएको छ, मेरो चरित्रहत्या गर्ने। फोहोर चलायो गन्ध भनेर, प्रतिवाद गरेको छैन। मैले नैतिकताको आधारमा राजिनामा दिएँ। नैतिकताकै आधारमा २६ जनामा मनोनीत हुन र संविधान मस्यौदा कमिटिको संयोजक बन्न अस्वीकार गरेँ। तर चरित्रहत्या गर्नेहरूको आँखा यसतर्फ नपुगेको देख्दा अचम्म लाग्छ। जसले राजद्रोहको आरोप लाग्ने जोखिम मोलेर तिनलाई सधैँ साथमा ल्याउन कोशिश गर्‍यो, त्यसको चरित्रहत्या गर्न मावादी कति तल र्लियो, दुनियाँले देखेको छ। सोझ्ो भएर, आक्रामक नभएर, सहमति र समझ्दारी खोज्ने भएर आजसम्म धोका पाएको हो कि! मलाई त जिउँदै मार्ने काम गरियो। त्यस्ताहरूसँग अब कस्तो व्यवहार गर्ने? बेलाबेलामा दाम चढाएको कुरा पनि उछालिने गरेको छ। तत्कालीन प्रधानमन्त्री गिरिजाबाबु र सभामुख रामचन्द्रजीले चढाउनुभयो। चलन त्यही थियो, स्वाभाविक रूपमा सबैले त्यही गरे। शुभकामना दिँदा फूल दियो कि दाम चढायो भन्ने ठूलो कुरा होइन, मुख्य कुरा नीति हो। राजाको राज्यारोहण मान्नुहुन्थ्यो, हुन्थेन भन्ने प्रमुख कुरा हो।

मावादीसँग कुन तहमा सहमति भएको थियो र कसरी बदलियो?
१ साउन बिहान वामदेव गौतमसँग पुष्पकमलले मेरो नाममा सहमति जनाउनुभयो। राति ११ बजे विष्णु पौडेलले मेरो बारेमा टुङ्गो लागेको र भोलि बिहान सहमतिमा हस्ताक्षर हुने बताउनुभयो। मेरो मनमा चिसो पस्यो, दिउँसो रामराजाप्रसादले मनोनयनको कागज लगेकाले कतै चुनावमा उठाएर लडाउने त होइनन् भन्ने लाग्यो। भोलिपल्ट जब झ्लनाथजीलाई बोलाइयो, म साथीहरूसँग भन्दैथिएँ, मैले सकिनँ माफ गर्नुहोला भन्ने जवाफ आउँछ। नभन्दै झ्लनाथजीले त्यही कुरा ल्याउनुभयो।

मावादीले त गृहमन्त्रालयका कारण कुरा नमिलेको बताएको छ।
त्यस्तो शर्त थिएन। त्यस्तो थियो भने मलाई थाहै नदिई घरमा भेट्न आउने पुष्पकमल दाहालले फोनबाट भन्न सक्नु हुन्थेन र!

के भएको हो त?
धोका! राष्ट्रपतिको कुरा दुई पार्टीको सम्बन्ध सुधारको परीक्षा हो भनेर मैले पुष्पकमललाई भनेको थिएँ, त्यसमा उनीहरू असफल भए। उनीहरू उपयोगितावादी राजनीतिमा छन्। दलहरूलाई सिध्याउन राजा ज्ञानेन्द्रलाई उपयोग गर्न खोजे। १९ माघअघि ज्ञानेन्द्रसँग भेट्ने तय भएको पुष्पकमलले नै बताउनुभएको छ। राजावादीहरू सच्चा देशभक्त हुन् भनी उहाँले नै भन्नुभएको हो। सेनाको घेरामा पर्दा ठूला नेताहरू निशानामा नपरुन् भन्ने निर्देशन हुन्थ्यो भनेर सैनिक अधिकारीहरूले मलाई भनेका छन्। पूर्व मावादी नेता रवीन्द्र श्रेष्ठले पनि यसलाई पुष्टि गर्नुभएको छ।

मावादी यो हदको अविश्वासी हो त?
एउटा घटना सुनाउँछु, आफैँ ठम्याउनुस्। २०६४ असोजताका मावादी मङ्सिरमा चुनाव नगराउने पक्षमा थिएर गिरिजाबाबुलाई अविश्वासको प्रस्तावबाट हटाउन खोज्दै मलाई प्रमका लागि तयार रहन भनिरहेका थिए। चुनाव गराउँछु भनेका बेला बीचमै हटाउन मिल्दैन भनेको थिएँ। यो कुरा एकताकेन्द्र मसालका महामन्त्री प्रकाशकै सामुन्ने बालुवाटारमा भएको थियो। त्यसपछि गिरिजाबाबुले माथि बोलाउनुभयो। कोठामा छिर्नेवित्तिकै पुष्पकमलले गिरिजाबाबुलाई तपाईंको कुनै विकल्प छैन भन्दा तीनछक परियो। मेरो र प्रकाशबीच हेराहेर भयो। कति अविश्वासी मान्छे! उनीसँगका यस्ता घटना धेरै छन्, पछि समयक्रममा बाहिर आउलान्। पुष्पकमल दाहाललाई या त आफू के बोलिरहेको छु भन्ने थाहा हुँदैन, या उहाँ खेलाउन सिपालु हुनुहुन्छ, या त उहाँलाई छिटो बिर्सने बिमारी वा कुरैपिच्छे प्रस्ताव राख्ने बानी छ। २०४० सालदेखि सङ्गत भए पनि मैले उहाँलाई बुझन सकिनँ। प्रचण्डपथले उहाँलाई बिगारेको छ। उहाँले पुष्पकमल दाहाल भएर आउनुपर्छ। लोकतान्त्रिक मूल्य र मान्यतालाई अवलम्वन गर्नुपर्छ। त्यसो नगरेसम्म उहाँमा सुधार आउँदैन। त्यसैले राष्ट्रपतिको प्रकरणमा पनि पटक पटक साथीहरूसँग भनेको थिएँ― के विश्वास? के विश्वास? के विश्वास?

मावादीले अवसर गुमाएकै हुन् त?
हो, गुमाएकै हुन्। हिजो पद दिने ठाउँमा रहेको मावादी आज पद लिने ठाउँमा आइपुगेको छ। राष्ट्रपतिमा हारेपछि नैतिक आधारमा सरकारमा जान्नौं भन्नु अस्वाभाविक होइन, जानुपर्छ भनेर धेरै आग्रह गर्न पनि आवश्यक छैन। सरकार बनाउन सक्छन् भने अवसर दिनुपर्छ। मावादीकै नेतृत्वमा सरकार बन्ने हो भने पनि प्रचण्ड र बाबुराम बाहेक अरू कोही अघि सरे पनि त भयो नि! रामबहादुर थापा बादल अघि बढ्न सक्नुहुन्छ। उहाँ दूतावास धाएको, जालझ्ेल गरेको, झ्ूटो बोलेको, विवादमा परेको थाहा छैन; मान्छे भद्र देखिनुहुन्छ।

तपाईं र गिरिजाप्रसाद कोइराला मूलधारको राजनीतिबाट बाहिर बस्दा शान्ति प्रक्रिया के होला?
शान्ति प्रक्रियामा प्रतिकूल असर पार्नुहुन्न। त्यसका लागि सकारात्मक भूमिका निर्वाह गर्छु। नेपालको कम्युनिज्म उग्रवामपन्थवाद होइन, त्यसैले एकदलीयता र सर्वसत्तावादको दिशामा जानुहुँदैन। आर्थिक विकासको नियममा हस्तक्षेप गर्नुहुँदैन। मैले मावादीलाई पेरु, कम्बोडियालगायत विभिन्न देशमा समयमा बुद्धि नपुर्‍याउँदा वामपन्थीहरू समाप्त भएका इतिहास पढ्न भनेको छु।

BY: Kiran Nepal

July 27, 2008

माओवादीको नेतृत्वमा सरकार बन्नुपर्छ: नेम्वाङ

 
 
Q. साझा विन्दुमा दलहरुबीच सहमति कायम होला?
A.

हाम्रो मूल जिम्मेवारी भनेको संविधान निर्माण हो। २५ वटै राजनीतिक दल संविधान निर्माणमा कटिबद्ध छन्। संविधान निर्माण गर्ने कुरामा उहाँहरुले सार्वजनिक रुपमा पनि आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्यसैले २५ सै राजनीतिक दललाई सहमतिको विन्दुमा ल्याउन सकिन्छ। त्यसको लागि म कुनै कसर बाँकी राख्दिनँ।

 
Q. सविधानसभाको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभयो कस्तो लागिरहेको छ?
A.

यो एउटा सुखद र सकारात्मक घटना हो। राजनीतिक दलहरुले प्रयास र पहल गर्दा दलहरु एउटै साझा विन्दुमा पुग्न सक्छन् भन्ने कुरालाई यो घटनाले पुष्टि गरेको छ।

 
Q. तपाईं बहुमतीय सरकारको पक्षमा हुनुहुन्न?
A.

माओवादीले सबै दलसँग सहमति गरेर अघि बढ्नुपर्छ र माओवादीको नेतृत्वमा सर्वदलीय, सर्वपक्षीय र राष्ट्रिय सरकार बन्नुपर्छ। मैले सधैं सहमतिको सरकारको कुरा गरेको छु, बहुमतको छैन। संविधानले पनि सहमतिकै सरकारलाई प्राथमिकता दिएको छ।

 
Q. सरकार सहमतिको बन्छ कि बहुमतको?
A.

सरकार सहमतिकै बन्नुपर्छ।

 
Q. माओवादीको नेतृत्वमा बन्नुपर्छ कि?
A.

माओवादी संविधानसभाको सबैभन्दा ठूलो दल हो। पहिलो पार्टीको नाताले माओवादीले सरकारको नेतृत्व गर्नुपर्छ। त्यसको लागि सबैले सहमति दिनुपर्छ।

 
Q. सरकार बनाउन पनि तपाईको नाममा झैं सहमति होला त?
A.

मैले त निरन्तर आग्रह गरिरहेको छु। दलहरु एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन। किनभने संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्‍यौं। संविधान निर्माण सफलतापूर्वक सम्पन्न गर्न बाँकी छ। यसका लागि दलहरुबीच उच्चस्तरीय समझदारी हुनुबाहेक अर्काे विकल्प छैन।

 
Q. राष्ट्रपति र उपराष्ट्रपतिमा चुनाव भयो, तपाईंको नाममा मात्र किन सहमति भयो?
A.

सबै राजनीतिक दलले उपयुक्त ढंगले प्रयास गर्ने हो भने नहुने केही छैन। साझा निष्कर्षमा पुग्न सक्छौ भन्ने कुराको यो एउटा उदाहरण हो।

 
Q. तपाईंमात्र साझा व्यक्तित्व किन?
A.

मेरो बारेमा अरु व्यक्तिले बोल्दा नै राम्रो हुन्छ। २५ दलले नै मलाई जुन किसिमको सहमति गरेर निर्विरोध गर्नुभयो। त्यसका लागि म सबै दललाई धन्यवाद दिन चाहन्छु। म कस्तो हुँ भन्नेमा अरुले टिप्पणी गर्दा नै राम्रो हुन्छ। म केमात्र भन्न सक्छु भने दलहरु साझा निष्कर्षमा पुग्न सक्दा रहेछन् भन्ने यो एउटा महत्वपूर्ण उदाहारण हो।

 
Q. अब कस्तो संविधान बन्छ त?
A.

निश्चय पनि संविधान निर्माण प्रक्रियामा सिंगो मुलुकलाई तराईमधेस अनि पहाडदेखि हिमालसम्मका सबै जाति, भाषा, धर्म र संस्कृतिका जनतालाई हामीले समावेश गर्न सक्नुपर्छ। त्यसका लागि प्रक्रिया निर्माण गरिरहेका छौं र चाँडै टुंगोमा पुग्नेछौं। प्रक्रियाबाट सबै नेपाली जनता सहभागी भएर बनाएको संविधान निश्चय पनि सबल र सफल बन्नेछ।

 
Q. कति समयभित्र संविधान निर्माण हुन्छ?
A.

अन्तरिम संविधानले तोकेका समयभित्रै हामी लोकतान्त्रिक संविधान निर्माण गर्न सफल हुनेछौं। हामी दुई वर्षभित्र नयाँ संविधान बनाउन सक्छौं।

 
Q. अब संविधान बनाउन कुनै बाधा आउँदैन?
A.

निश्चिय पनि हाम्रो अघि अप्ठ्यारा र चुनौतीहरु छन्, हामीले जेठ १५ गते लोकतान्त्रिक गणतन्त्र घोषणा कार्यान्वयनपछि संविधान निर्माण प्रक्रियामा केही ढिला भइसकेका छौं। तर मलाई विश्वास छहामी समयमै संविधान निर्माण गर्न सफल हुनेछौं।

 
Q. पच्चीसतिर फर्केका दलहरुबीच कसरी सहमति बनाउनुहुन्छ?
A.

कतिपय विषयहरुमा दलहरुको विचार फरक देखिएको छ। तर भर्खरै सबैभन्दा पछिल्लो घटना त हिजो बिहीवार संविधानसभाको अध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा भएको छ। यसले संविधानसभाका २५ दल एकै ठाउँमा उभिन सक्छन् र सहमति जुटाउन सक्छन् भन्ने यो ज्वलन्त उदाहरण र सन्देश हो।

 
Q. भनेपछि सहमतिका साथ संविधान बन्न सक्छ?
A.

यस विषयमा म पूर्ण रुपमा आशावादी र विश्वस्त छु। मैले भनेको पनि छुसंविधानसभा सहमति र सहकार्यको थलो बन्नुपर्छ। सिंगो मुलुकलाई एकताबद्ध बनाउने संगमको थलो बन्नुपर्छ।

 
Q. दलहरु संविधान संशोधन गरेर गणितीय खेलमा जाने भइसके त?
A.

सहमति हुन नसकेको अवस्थामा मात्रै बहुमतीय प्रणालीमा जाने समझदारी भएको हो। दलहरुबीच सहमतिबाहेक अर्को विकल्प छैन।

 
Q. सहमति हुन सकेन भने कस्तो सरकार बन्छ?
A.

सहमति हुन सक्छ र सहमतिकै सरकार बन्छ। सहमति भएन भने के हुन्छ भनेर मैले टिप्पणी गर्नु उपयुक्त हुदैन। नयाँ संविधान बनेर जबसम्म हाम्रो चाहना र भावनाबमोजिमको सिस्टम स्थापित गर्न सक्दैनौं। त्यतिबेलासम्म हामीले सहमतिमै चल्नुपर्छ। म त अझ हुन सक्छ भने नयाँ संविधान बनिसकेपछि पनि त्यसलाई सफल कार्यान्वयनका लगि सहमतिमा जानुपर्छ भन्ने पक्षधर व्यक्ति हु। तर त्यसलाई कतिपयले आदर्श कुरा भन्लान्। जनआन्दोलनको बेलादेखि अहिलेसम्मको दलहरुको त्यही प्रतिबद्धता हो।

 
Q. कांग्रेसले त माओवादीलाई सरकारमा जान नदिने भनिरहेको छ नि?
A.

मैले त्यस्तो कहीं सुनेको छैन। सबै जिम्मेबार राजनीतिक दलले सहमतिकै आधारमा अघि बढ्नुपर्छ भन्ने हो।

 
Q. राष्ट्रपति डा. रामवरण यादवको बारेमा तपाईंको धारणा के छ?
A.

राष्ट्रपतिको निर्वाचनपछि लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको व्यावहारिक अनुभूति भइरहेको छ। म राष्ट्रपति डा. यादवलाई बधाइ दिन्छु र सफलताको लागि शुभकामना व्यक्त गर्दछु।

By: Rishi Dhamala

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com