रानीघाटको सास्कृतीक महत्व
गएको वर्षमा लिइएको रानीघाट दरवार र काली गन्डकीको तस्वीर ।
पाल्पा जिल्लाको बौघा गुम्हा गाविस २ मा अवस्थित रहेको ऐतिहासिक एंव पर्यटकीय स्थल रानीमहल दरवार प्राकृतिक रुपमा जति सुन्दर छ त्यतिनै यसको सास्कृतीक महत्वपनि रहेको छ । द्वन्द्वको बेला यस स्थानको भ्रमणमा केही प्रभाव पारेको भएता पनि शान्ति शम्झौता भए पछि यंहा आउने भक्तजनको संख्यामा बृद्धि भएको छ ।
वालाचतुर्दशशीका अवसरमा काली किनारमा नुहाउनेको भिड ।
रानीमहल दरवारलाई नेपालको ताजमहल भनिने गरिन्छ यहाँ एकादशीमा उपवास बस्ने भक्तहरु यही स्थानमा नुहाउन जाने गर्दछन। यहाँ नुहाउनाले राम्रो हुने र प्रतिफल हुन्छ भन्ने धार्मीक मान्यता रहेको छ । कालिगण्डकीमा उत्तर बाहिनी भएको यही मात्र एक स्थान रहेकोले पनि धार्मीक रुपमा यसलाई अझ बढी महत्व दिईएको छ ।
यहाँ खास गरी पाल्पा-तानसेन बजार बौघागुम्हा खानीगाउँ यम्घा गाविस स्याङ्गजाका आलमदेवि विर्घा चण्डीभायाङ्ग श्रीकृष्ण गण्डकी गाविस र गुल्मीका रुद्रवेनी देखिका भक्तजनहरु नुहाउनको लागि यही आउने गरेको पाईन्छ । विशेष गरी यसस्थानमा एकादशी, औशी, पूर्णीमा, शिवरात्री, वैशाखे शक्रान्ती आदिमा ठुलो मेला लाग्ने गर्दछ ।
नजिकवाट रानीघाट दरवार ।
यहाँ भजन कृतन गाउने तोरन तार्ने शिवजीको पुजा गर्ने गरिन्छ । उक्त मेलामा करिब दुई÷तिन हजार मानिस आउनॆ सटुकाका रामप्रसाद पाण्डेयले बताए । यो दरवारलाई स्थानीय स्याङ्गजाको सटुकामा गठित समाजसेवा असल शासन क्लबले दरवारको रेखदेख र संरक्षण गर्दै आईरहेको छ । यंहा हुने मेलालाई व्यवस्थित रुपमा संचालन गर्नको लागि क्लब स्वयं सेवक र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरीहरु परिचालन गरिन्छ ।