कालीगण्डकी महोत्सव शुरु
कालीगण्डकी बेँसीलाई पर्यटकीय जलमार्ग बनाउने उद्देश्यका साथ मनाउन लागिएको दास्रो कालीगण्डकी रिभर र्याफ्टिङ फेस्टिबल तथा राष्ट्रिय नदी महोत्सव २०६६ यही कात्तिक १२ देखि १५ गतेसम्म स्याङ्जामा सञ्चालन हुनेभएको छ । नेपालकै बहुचर्चित कालीगण्डकी नदीको किनारामा रहेको स्याङ्जाका कुवाकोट, रत्नपुर, चापाकोट पक्वादी, साखरलगायतका गाउँ विकास समितिलाई पर्यटकीय स्थलका रूपमा घोषणा गराउने अभिप्रायले गत वर्षदेखि कालीगण्डकी रिभर र्याफ्टिङ तथा राष्ट्रिय नदी महोत्सव आयोजना गर्न लागिएको हो ।
सो महोत्सवका लागि स्याङ्जा र पाल्पा जिल्लाको सिमानास्थित राम्दीघाटदेखि रत्नपुर गाविसको ज्याग्दीघाटसम्मको २८ किलोमिटर जलयात्रा तय गरिएको आयोजक समितिका कोषाध्यक्ष विष्णु थापाले जानकारी दिनुभएको छ । तीन दिनसम्म चल्ने नदी महोत्सवका लागि आवश्यक तयारीका काम अन्तिम चरणमा पुर्याइएको आयोजकले बताएका छन् ।