आलमदेवीको शौन्दर्य
शाह राजाहरुकी कुल देवी आलमदेवी स्यागंजाको पश्चिम क्षेत्रको एक मानक तिर्थस्थल पनि हो । पहाडी पदयात्रा गर्दै पुग्न सकिने आलम देवीको दर्शनवाट पुन्य प्राप्त हुने त छदै छ मनोरन्जनपनि प्रशस्त पाउन सकिन्छ । आलमदेवी गाविस ७ लसर्घाडांडामा अवस्थीत आलमदेवी यस क्षेत्रकी प्रख्यात देवि हुन । विसं १४९५ मा स्थापना गरिएको विस्वास गरिने आलमदेवी हालसम्म पनि पिठ शैलीको मन्दिरमा अवस्थित छन । यिनै आलमदेवीका थप तस्विरहरु ।
आलमदेवीको मुख्य पुजा स्थल । आलमदेवी यही अलप भएको विश्वास गरिन्छ । यहा एउटा प्वाल छ जंहा कान राखेर सुन्दा काली गन्डकी कराएको आवाज सुनिन्छ ।
आलमदेवीको मुख्य मन्दिर । मन्दिर भित्र परापुर्वकालदेखि भिमसेन पातीको रुख हरीयाली अवस्थामा रहेको छ । यो मिन्दर राजा विरेन्द्रको पहलमा विसं २०३२ सालमा निर्माण भएको हो ।
मन्दिरवाट पछाडीपट्टी देखिने १२ घर पुजारी मास्की रानाहरुका घर । पृष्ठभूमिमा गुल्मीको लुम्पेक पनि देखिन्छ ।
लौ ढल्योः दशैको नवमीको दिन मार हानेको रागो ढल्नै लाग्दा ।
कुहिरो भित्र स्कुल छ : कुहिरोमा विर्घा गाविस । कुहिरोको बिचमा अर्चलेको जनतामावी भने ठम्याउन सन्छि ।
Ammmmm ho Anup sir ani mar ko photo ta gagaba ko chha ni ta yo shot chhai aphai lino vako ho ki ka ho ?
Comment by Administrator — November 3, 2009 @ 5:00 am