October 22, 2009

गहलाममा जिप पल्टिदा पांच घाइते

अर्चले माथीको गहलामको मोड । विहिवार विहान यसै ठांउमा जिप दुर्घटना भएको थियो । फाइल फोटो : विर्घा व्लग ।

पश्चिम स्याङ्जाको चण्डिभाज्याङबाट गल्याङतर्फ आउँदै गरेको ग१ज २९८३ नम्बरको जीप आज विहान स्याङ्जाको विर्घा गाविस-२ गहलाम भन्ने ठाँउमा दुर्घट्नाग्रस्त हुँदा ५ को अवस्था गम्भीर रहेको छ ।

प्रहरी चौकी विर्घाका अनुसार गम्भीर घाइतेहरुमा पर्वत लेखफाँट गाविसका ४० वर्षिय जनार्दन तिवारीआलमदेवी ६ स्याङ्जाका ५ वर्षिय सोनाम विकचण्डीभाज्याङ २ का ५६ वर्षिय टेकबहादुर रेश्मीमगरआलमदेवी ६ का वर्ष २०का माया रानासोही ठाँउकै वर्ष ३१ का खेमबहादुर विक र चण्डिभाज्याङ ६ कै ७१ व्र्षिय वृद्धा विमला राना रहेका छन् ।

घाइतेहरुलाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको प्रहरीले बताएको छ । जीपका चालकलाई विर्घा प्रहरीले नियन्त्रणमा लिएको छ । जीप सडकबाट करिब २० मिटर तल खसेको छ । कच्ची बाटोमा ओभरलोडका कारण जीप दुर्घट्नाग्रस्त भएको प्रहरीको दाबी रहेको छ ।

1 Comment »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/10/22/p737/trackback/

  1. “how sad ….......”

    Comment by Hum Kant Neupane — October 23, 2009 @ 5:12 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com