October 21, 2009

तिहार रमाइलै भयो

Filed under: ए हो र

तिहारको समाप्तिसंगै यस वर्षका ठुला चाडहरु सकिएका छन । अवका माघेसंक्रान्ति र हरिशयनी एकादशीले ठुला चाडको प्रतिनिधित्व गर्दैनन । तिहार अपेक्षाकृत राम्रै र रमाइलै रह्यो । देशमा शान्ति छाएको समयमा चाडवाडहरु रमाइलै रहन्छन । यद्यपि माओवदी हठ र दलहरुको अकर्मन्यताले छाइसकेका खुशीहरु धुमिल हुदै गइरहेका छन । मुलुक शान्तिमा उन्मत्त हास्छ । नेपाली मन न पर्यो खुशी हुनलाइ केको आइतवार । सिम्प्लसिटिकालागि त नेपालै जाति यार पल पल मिस गरीरहेको छु । हिजो टीका सकेर तास खेल्नै लाग्दा अष्टे्लीयामा रहेका मित्र अश्विनले फोन गरेर भने ।

तिहार मेरा लागि रमाइलो चाड हो । दशैमा खानापानका कारणले कहिले कांही म दिक्दार पनि हुने गरेको छु । आफु परियो पुर्ण शाकाहारी दशैमा जताततै वली र मासु । खानेवेलामा दुध र भात मात्रै खाएरपनि सुतेको अनुभव छ मसंग । तिहारमा त रोटी, सेल, मिठाइ, फलफुल र मशलाका कारण हामीजस्ता शाकाहारीलाइपनि रमाइलै हुन्छ । हिजोमात्रै नेपाली महावाणिज्य दुतावास अलिपुर कलकत्तामा रहेकी मेरी दिदी नेपाल फर्कनु भयो । दिदी फरएपछि तिहारको टीका रमाइलो हुनु स्वभाविकै हो । विहान दिदीको घर ववरमहलमा गएर टीका लगायौ , तास खेल्यौ ।

दशैमा दशहजार जितेर फुर्केको म तिहारमा तीसहजार जित्ने टार्गेट वनाएको थिंए तर त्यो मात्र पांच हजारमा सिमित भयो । एक महिना अघिदेखि तिहारको वाहनामा तासका खाल जमाएका हामी तिहारको मेसोमा फुल नाइटपनि चलायौ । खैर तिहार रमाइलो भयो यसैमा शन्तोष छ ।  भाइ विजय, दाइ मिस गरीरहेको छु भन्दै थियो । मैले पो कंहा नगरेको  हो र । आफ्नै घरआंगनमा जस्तो रमाइलो अन्त कंहा हुदो रहेछ र । यो काठमाण्डु मलाइ हर कुरामा कृतिम लाग्छ । तर के गर्नु कामकाजी भएपछि छोड्न नमिल्ने रहेछ । खैर तिहार रमाइलो रहेको सुचना दिन पाउदा म तपाइहरुसंगै वसेजस्तो अनुभव लिइरहेको छु । विजुली पत्र भेज्दै गर्नु होला ।

1 Comment »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/10/21/p735/trackback/

  1. Daju ko lekh paddha aja lageko cha ma daju sanga nai guf garirakheko chu…. sarai aatur chu ferkiyera aafno gau ma aaune ani daju- bhai ra ghar dailoma haskhel gerna… bhaili ko tyo madhur swor pani ajai kan ma gunjiraheko cha… bastabma daju hajurko lekh sarai bastabik lageko cha hajurko bhai biju lai….

    Comment by Bijaya Pandey — October 22, 2009 @ 5:21 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com