October 16, 2009

तिहार शुरु, भाइटिका २ कात्तिकमा

आज यमपञ्चक को पहिलो दिन अर्थात आज काग तिहार । आजको दिन सबैको घरघरमा बिहानै देखी बिभिन्न प्रकारका फल्फूल तथा मिष्ठान्नले काग लाई सर्वप्रथम भोजन गराईन्छ, अनि मात्र घर का अरु सदस्यहरुले खाने परम्परा छ । परापूर्व  कालमा दानव र देवता बीच समुन्द्र मन्थन गर्दा निस्केको अमुल्य बस्तु हरु मध्य अमृत (जस्ले पिउछ उ अमर हुन्छ रे)पहिला कागले पिएको हुँदा उ अमर मानिन्छ र काल लाई उस्ले सजिलै देख्ने हुँदा पनि कालको संबाहक रुपमा हामीले मान्दै आईरहेका छौ ।

किन तिहारलाई सर्वत्र महान चाडको रुपमा लिइन्छ ?

कुनै एक समयमा एउटा राजा आफ्नो जीवनको अन्तीम समय गन्दै रहेछन्  ज्योतिषिहरुले राजाको मृत्यु साधारण नभै कुनै सर्प(नाग) को टोकाई बाट हुने भविश्यवाणी गरेका रहेछन तर राजा लाई यो मृत्यु स्विकार्य भएन र ज्योतिषी लाई यो अस्वभावीक मृत्यु बाट बच्ने कुनै उपाय बताउनलाई भने ।
जसअनुसार दरवारलाई सफा सुग्घर गरेर दरबार को चारैतिर अनि आफ्नो सयन कक्ष को वरिपरी पनि लक्ष्मीपूजाको दिन दियो(तेलको बत्ति) बालेर राख्न सुझाव दिइयो र त्यसै अनुसार चारैतिर दियो पनि बालियो, ता की माता लक्ष्मीले नाग सँग परामर्श गरी राजालाई अभय दान दिन बाध्य होस । त्यस्तै नै भयो पनि, जब यमराजले नागलाई खोइ त राजालाई किन यमलोक नल्याएको भन्दा समयनै नपुगी कसरी ल्याउनु? नागले भनेछन ।
यमराजले आफ्नो बहीखाता खोलेर हेर्दा राजाको आयु त अझै ७० बर्ष बाकी देखेछन, भएको के रहेछ त भन्दा खातामा राजाको आयु शुन्य (०) बर्ष लेखिएको रहेछ र नाग बाठो भएर शुन्यको अघिल्तिर ७ थपिदिएका रहेछन जस्ले गर्दा राजा थप ७० बर्ष बाचेछन । त्यहाँ उप्रान्त यसैको खुशियालीमा आज पनी जताततै दियो बालेर लक्ष्मी माता को पूजा गर्ने चलन रहदै आएको रे । तिहार लाई कसैले कतै दीपावली पनि भन्ने गर्छन ।

कुकुर तिहार शनिवार

यमपञ्चक को दोस्रो दिन अर्थात कुकूर तिहार । कुकूर मानिस को एक असल साथिको रूपमा जताततै चिनिन्छ र बिशेष गरी घरमा पहरेदारको रुपमा पाल्ने पनि गरिन्छ । किम्बदन्ती मा उल्लेख गरिए अनुसार यमलोक मा यमराजको दरवार को गेटमा कुकूरले नै सुरक्ष्या दिने गर्छन रे, फेरी यसलाई बिनाशको देवता भैरव को बाहन को रुपमा मान्नेपरम्परा छ भन्दा फरक नपर्ला । आज को दिन कुकूरलाई टाउकोमा रातो पहेलो टिका लगाइदिएर घाटीमा रंगीचंगी फूलको माला पहिल्याएर पूजा गर्ने चलन रही आएको छ । आजै को दिन मा मिठी मिठो भोजन गराउने गरिन्छ त्यसैले त आजको दिन कुकूर को जुनी मा ठुलो मानिन्छ ।  

हामी ले घरमा कुकूर पाल्नु को पनि अर्थ छ, घरको चौकिदारी गर्ने र आइपर्ने आपत बिपत को सुचना, खबरदारी गराओस भनेर पाल्ने गर्छौ हैन त ?

लक्ष्मीपुजा शनिवार वेलका

 लक्ष्मीपूजा, तिहारको सबै भन्दा महत्वपूर्ण दिन पनि हो । आजको दिन बिहान गाईलाई धनको प्रतिक को रूपमा पूजा गरिन्छ र बिशेष गरी साझ धनधान्यकी देवी माता लक्ष्मी को पूजा गर्ने गरिन्छ । सबैले आ-आफ्नो घर गल्ली चोक सफा सुग्घर गरिसके पछी गाईको गोबरले लिपपोत गरिन्छ । साझ घर लाई चारै तिरबाट दियो बालेर झिलिमिली पार्न चलन छ , बत्ती नबलेको घरमा माता लक्ष्मी ले बास गर्दिनन रे त्यसैले पनि घर को हरेक ठाउमा बत्ती बालिन्छ ।

घरका हरेक झ्याल ढोका मा दियो बालिन्छ, आजको दिनमा साझमा घरको ढोका खोलेर राखिन्छ ता कि धन कि देवी लक्ष्मी यही बाटो भएर पूजा कोठा सम्म पुग्न गार्हो नहोस । अमुल्य गर- गहना, प्राचीण मुद्रा लगायत बहुमुल्य धातुहरुको पूजा गर्ने चलन पनि रही आएको छ । अधिक आवस्यक परिस्थिती बाहेक यी सामान हरु लाई अत्यन्त सुरक्षित राख्न परम्परागत बाकस (सन्दुक) मा राख्ने गरिन्छ जुन बाकस एक पुस्ता बाट अर्को पुस्तामा हस्तान्तरण गर्दै ल्याईन्छ पनि । सम्पूर्ण पुजा सके पछी घरका सदस्यहरु मनोरन्जन को लागी कोही तास,कोही लङूर बूर्जा त कोही कौडी खेल्ने गर्छन । आजको दिनमा खेलिने जुवा तास लाई कानून बिपरीत मानिदैन त्यसैले पनि जताततै खेलेको हेर्न पाईन्छ । 

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/10/16/p733/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com