October 4, 2009

यसपालीको दशै, यस्तै भयो दशै

        अच्युत प्रसाद पौड्याल "चिन्तन"


यसपालिको दशैं डरलाग्दो भयो दशैं

बैंकनोटले लुकामारी गरेको दशैं

कामचलाउ नोटले बजार धानेको दशैं

नक्कली नोटले बजार हानेको दशै

यसपालिको दशै यस्तै भयो दशैं…..


यसपालिको दशै बढी दसा लागेको दशैं

फिलिपिन्सको मनिला पूरै डुबेको दशैं

एसियाकै भियतनामले पौडी खेलेको दशैं

हाम्रो गरीवीले विश्व विजय गरेको दशैं

इनडोनेशीयाका एकहजार जनाले विदा मागेको दशैं

यसपालिको दशै यस्तै भयो दशैं

यसपालिको दशै , चामलले हेलिकप्टर चढेको दशैं

बसवालाले दोव्बर भाडा असुलेको दशै.


ट्याक्सीचालकलाइ बढी दशैं आएको दशैं

धरानको चर्चमा रामनाम सत्य भएको दशैं

यसपालिको दशै यस्तै भयो दशैं


यसपालिको दशैं कैदीले कंचनपुर हानेको दशैं

बारामा बमले परंपरा धानेको दशैं

पच्चीसलाख मान्छेले काठमाण्डौ छाडेको दशैं

त्यहीवेला एकहजार सुरक्षावल थपिएको दशैं

यसपालिको दशै यस्तै भयो दशैं


यसपालिको दशैं भान्साबाट विरक्तिएको दशैं

ठिमीमा भान्सेले आत्महत्या गरेको दशैं

जुम्लाका आमाछोरीले घांटी अंठ्याएको दशै

अस्सीलाख मुटुरोगी नेपाली भएको दशैं

यसपालिको दशै यस्तै भयो दशैं


यसपालिको दशै लोडसेडिंगंको मारमा परेको दशैं

सुर्खेतको टान्सर्फमर सिराहा पुगेको दशैं

नेताहरुको दशैं अमेरिकी दशैं

जनताको दशैं भोकमरीको दशैं

हाम्रो गरिवीले विश्व विजय गरेको दशैं

यसपालिको दशै यस्तै भयो दशैं

यसपालिको दशै यस्तै भयो दशैं!!

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/10/04/p724/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com