ती नफर्कने दशैहरु
नेपालीको घर आगंनमा वडा दशैले पाइला टेक्नै लाग्दा तमाम देश विदेशमा रहेका दशै मनाउन पाउने र नपाउने सवै मित्रहरुको संझना एक तमास मनमा आइ रहेको छ । नेपाली मात्रको एकमात्र ठुलो चाडको कुरै ठुलो तयारी नै ठुलो र महत्व नै ठुलो । यसै पर्वमा वडाका अगाडी निधार थापेर आषिश लिदा वर्ष दिनलाइ पुग्ने इनर्जी पुग्दो रहेछ ।
यद्यपि जीवनका वसन्तहरुले वढोत्तरी पांउदै जांदा विगतका दशैहरु अझवढि संझन लायक वन्दा रहेछन । सानामा जस्तो दशैको मजा अहिले त केहोस र तैपनि दशै दशै नै हो यसको महत्ता उत्तिकै छ । गांउले भेट्नु, कोट जानु, फुलपातीमा वोका ढलाउनु (म शाकाहारी भएपनि वोका ढाल्नुको महत्व थोर वहुत महशुस गरेको छु ।) , घरछिमेकका इष्टमित्र भेट्नु वम्वे वाट आउने हुन या विदेशवाट, जागिरे हुन या व्यापारी सवै संग भेट्नु । सेल रोटी खानु र घर घरै आशिर्वाद थाप्दै पुग्नु , माइति वा मावली जानु दशैका हरेक पल विशेष पल हुन्छन ।
दशैले संझनाहरु त्रिव्र पार्दो रहेछ । घरी आफन्तका संझना घरी साथी भाइका त घरी घरगांउका संझनाहरु एक तमास मनमा खेलिरहेका छन । दशै एउटा त्यस्तो उत्सव हो जसले विछोडिएका आफन्तहरुको मिलन गराउछ । विर्सिएका पराइहरु आफन्त संझन्छन । टुटेका साथीहरु पुन जुट्छन । सम्पर्क नभएकाहरु सम्पर्कमा आउछन । संस्कृतिको यस्तो अनुपम संयोगमा पनि दुर दराजमा रहनेहरुलाइ लाग्नु दिक्क लाग्दो हो । वैसमा त स्यालपनि घोर्ले हुन्छ भने झै दंशैमा जस्तै नहुनेपनि हुने नै हुन्छ । आखिर ठुलो चाड न पर्यो ।
सवैले संझने र मान्ने चाड भएकालेपनि दशैको महत्व गोरे वहादुर खपांगीहरुले पनि पुन स्मरण गरेका छन । सत्तावाहिरर हुदा वाहुनवादको आरोप लगाउदै दशै वहिस्कार गर्ने गोरेले राजाको मनोनित मन्त्रीमण्डलमा पाइला राख्ने ठांउ पाउने वित्तिकै दशैको वखान गाएका थिए । आखिर सस्तो राजनीतिकालागि दशै वहिस्कार गरेपनि मनमा वसेको त्यत्रो सांस्कृतिक चाड भुल्न विचरा सस्तो वादले कंहा सक्छ र । जतिसुकै टांढा भएपनि दशै उत्तिकै मुल्यवान छ । साउदीको धुंपमापनि नेपाली दाजुभाइ एकदिन काममा नगइ आफु आफुमा मिलेर घोर्ले खसी ठाल्ने र स्टिलकै थालमा रातो टिका मुछेर लगाउने गर्छन । मलेसीयामा हुनेहरुले पनि एकआपसमा भेटेर घरका यादहरु ताजा वनाउछन ।
आजभोली पढालीखा नेपाली युवाको सजिलो गन्तव्य वनेका वेलायत वा अष्टेलीयामा पनि दशै उत्तिकै चाख अनुसार गच्छे अनुसार मनाउने गरेका खवरहरु छन । महासक्ती अमेरिका वा मानव विकास सुचकांका उच्च रहेका नर्वे फिनल्यान्ड वा क्यानडामा रहने नेपालीले पनि सके जमरै राखेर नसके टिका थापेर दशैमा रमाइलो गरेका छन । कतिपय नेपाली वहुल स्थानमा त नेपाली कलाकार वोलाएर सास्कृतिक कार्यक्रम गरेर दशै मनाएको पनि पाइन्छ । खैर दशै मनाउने अवस्था,परिस्थिति अलग भएपनि यसको महत्ता गांउमा रहदा होस या शहरमा , देशमा या विदेशमा एक समान महत्व रहेको छ दशैको ।
यी पल पल तपाइसंग अपडेट हुने रहर भएपनि मेरा लागि प्रविधिका कारण त्यो संभव छैन । के गर्नु सके सम्म दशैका हरपलका तस्वीर तंपायहरुसंग ल्याउने चाहना छ । दशैपछि ती पल पलका तस्वीर तपाइहरुलाइ देखाउने मेरो यो उत्साहमा तंपाइको सानो कमेन्टको ठुलो भूमिका हुन्छ । मान्यवरवाट थापेको टिका र अंहिशा जस्तो त्यसैले कमेन्ट लेख्न कन्जुस्याइ नगरिदिनु होला । आगे दशैको शुभकामना ।
समुहमा टिका थापेपछि केही वर्ष अघि सामुहिक तस्वीर खिचाउदै कट्टीका युवा । यो जमघटकालागि हर दशै कुर्नु पर्छ ।
दशैको हार्दीकता मान्यवरवाट टिका र आषिश लिदाको क्षण। भावना, आत्मियता र सस्कृतिको अनुपम संगम ।
tapai vegeterian bhaeko chain thah thiyena
Comment by karun — October 4, 2009 @ 8:32 am