September 11, 2009

शुरु भयो दशैको चहलपहल

सोर्ह श्राद्ध सकिन केही दिनमात्र वांकी रहदा काठमाण्डौमा दशैको माहोल जवरजस्त शुरु भएको छ । किनमेलमा निस्कने देखि वसका लाइन वस्ने हरुका मुहारमा खुशीका झुल्काहरु देखिन्छन । अस्तव्यस्त वनेको पुर्वमा पनि वन्द कर्ताहरुले वन्द फिर्ता लिएपछि खुशीयालीमा अलिकता दम थपिएको छ ।

 माइक्रोहरु गुडेका गुड्यै छन । कसै कसैले हैन हो रिजर्भै गंरु भनेर लागेका छन । मकालु र अग्नीले गाडी थपेका छन । राष्ट्र वैंकमा नंया नोटकालागि लाम वस्नेहरुपनि वाक्लै छन । शुदुर घरमा हुनेहरुकालागि मिठाइ कपडा या अरु केही किन्न सवैको हुल न्यूरोड या खिचापोखरीतिर वढेको छ ।

 यसो व्यापार व्यावसाय चलाउनेहरुपनि दशैको माचोले व्यस्त वनेका छन । यतिवेला म रुफ टप शैलीआकारको यो अफिसमा वसेर की वोर्ड एक समान वजाइ रहेको छु । कृष्ण टावर तिर मान्छेहरु देखिएका छन । शायद ट्याम्पु कुरेका होलान । दशै तिहारमा फलफुलको राम्रो व्यापार हुने भएर होला साइकल व्यापारीहरुपनि ताजा र नंया स्याउका रास लिएर छहारीमा ग्राहक पर्खेका छन । अव जमरा राख्ने तयारी चल्दै गर्दा असनमा जमराका सामन किन्नेहरुको भिडले खुट्टा टेक्ने ठांउ छैन ।

सडक व्यापारीहरुको त के कुरा गर्नु । बीच सडकमा पसल थापेर भर्खरै खासावाट झरेको सर्टलाइ असी असी भन्दै वटुवाको पाखुरै पक्डिएका छन । अव व्लग अपडेट हुन थोरै दिनमात्र वांकी छ । म पनि राजधानी वाहिरको यात्रामा निस्किन लागेकाले दशैका सामाग्रीहरु दिइरहु भन्ने लागेर यी सामाग्री टाइप गर्दै छु । अव विदेशमा रहनेहरुले घर हौला भन्ने वेला भइसक्यो ।
खैर दशैका यी सामाग्रीहरु तंपाइलाइ दशैका उपहार हुन ।

चचहुइ भन्दै पिङ खेल्न नपाएपनि, आमा म त, आइपुगे भनेर वृद्धा आमाको खुट्टा ढोग्न नपाएपनि, कता छौ यार अचेल भनेर संगी साथीको हाल वुझ्न नपाएपनि, लौ ठुला बा टिका लाइदिनुस भन्दै निधार थाप्न नपाएपनि, के छ, हो नानी भनेर कसैलाइ जिस्काउन नपाएपनि, गांउमा हुने समारोहमा सहभागी हुन नपाएप्नि, खसी ढाल्न नपाएपनि, वोको डोर्याउदै मन्दिर पुग्न नपाएपनि, ससुराली या माइतमा गएर वृद्ध वावुआमा, सासु ससुराको हातवाट टिका र आशिस लिन नपाएपनि तंपाइलाइ दशैको शुभकामाना ।

राजधानी छोडेर गांउघरमा लाग्ने मित्रहरुका सुभकामना म्यासेजले मोवाइलको इनवक्स भरिएको छ । दशैमा कहिले आउछौ त भनेर आक्कल झुक्कल फोन गर्ने वालसखाहरु, अनि लौ है दशै राम्रोसंग मनाउनु है भनेर सुस्केरा हाल्दै भ्वाइस मेलमा टुपल्किने विदेशमा रहेका मित्रहरुको एक साथ झल्को आइरहेको छ । शारदीय याममा वजारमा किनमेल गर्नेहरुको लर्को लागेको छ । राजधानीवाट वाहिरिनेहरुको तांती वसपार्क र कलंकीमा लामै छ । यसै मेसोमा म पनि विर्घाकालागि तयारी चलाउदै छु ।

(कृपया तपाइ तपाइका आफ्ना आफन्तसंग दशैको शुभकामाना यंही वाट पनि साट्न सक्नुहुन्छ । प्रतिकृया लेख्नु होला।)

3 Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/09/11/p716/trackback/

  1. विजयादशमी तथा शुभदिपावलीको पुनित पावन अबसरमा सम्पूर्ण बिर्घेली आमाबुवा,दाजुभाई तथा दिदीबहिनीहरुमा म विष्णु पाण्डेयको हार्दिक मंगलमय,दिर्घायु तथा उत्तरोत्तर प्रगतीको शुभ कामना >> विष्णु पाण्डेय दोहा कतार

    Comment by Bishnu Pandey — September 11, 2009 @ 9:06 am

  2. विजयादशमीको पावन अबसरमा सम्पूर्ण आमाबुवा,दाजुभाई तथा दिदीबहिनीहरुमा
    हार्दिक मंगलमय शुभ कामना..
    राजन पाण्डे
    थोत्राबरी,हाल :अल्लहाबाद ,ईन्डिया

    Comment by Rajan Pandey — September 13, 2009 @ 10:25 am

  3. विजयादशमीको पावन अबसरमा सम्पूर्ण आमाबुवा,दाजुभाई तथा दिदीबहिनीहरुमा
    हार्दिक मंगलमय शुभ कामना..

    Comment by Suresh — September 21, 2009 @ 7:21 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com