रानी दरवार
दरवार राजा र रानी त हुदैनन क्यारे तैपनि पाल्पामा रहेको खड्ग शमशेरद्धारा निर्मित दरवारलाइ रानी महल पनि भनिन्छ । तत्कालिन श्री ३ खड्गशमशेरले आफ्नी स्वर्गीय रानी तेजकुमारीको इच्छा मुताविक वेलायती वास्तुशास्त्रीहरु वोलाएर कालीगन्डकीको पवित्र किनारामा वनाउन लगाएको यो दरवारलाइ कतिपयले नेपालको ताजमहल भनेको पनि पाइन्छ । वास्तुकलाको अनुपम नमुना रहेको यो दरवार केही वर्ष अगाडी जिविस पाल्पाको झन्डै ५ लाख लागतमा जिर्णोद्धारा गरिएको थियो । पर्यटनका दृष्टीले अत्यन्तै संभावनायुत्त यस दरवारको उचित संभार र संरक्षण नहुदा दिनप्रतिदिन भग्नावशेषमा परिणत हुदैछ । रानीघाटैमाः काली गन्डकीको पृष्ठभूमिमा रानीघाट दरवार । पछाडी छेर्लुगं पनि देखिन्छ । क्या राम्रो दरवारः दरवारको नजिकवाट लिइएको स्वरुप । रानीघाटको पुल : २०४५ सालमा तीजको दरखाने दिन यो पुल ढल्दा माइत हिडेका महिला र उनीहरुसंगै रहेका वालवालिका सहित १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । पाल्पा सदरमुकाम तानसेनवाट विर्घा जाने मुख्य वाटोपनि यही हो । पृष्ठभूमिमा सटुका र वैघा भन्ज्यागं ।
kasto ramro rahecha hai rani darbar ta, thanks
Comment by Mahesh Subedi — September 11, 2009 @ 8:09 am